“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपैँतीसौ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१०/२९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५[एकसय पैँतीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१ हरिया वनमा छहरा देखियो चारैतिर हेर्दा पहरा देखियो सुन्दर मनमोहक अति हेर्दा, टम्म मिलेको लहरा देखियो बस्न बनाएको टहरा देखियो। -सुशीला पौडेल
पञ्चाङ्ग::०२ हरियो प्रकृति सँगको मित छहरा पनि रहेछ सँगसँगै मितेरी लगाउने पहरा पनि रहेछ रमाइलो उमङ्गले भरिपूर्ण छ मनै लोभ्याउने, धुम्न आउँदा समाउँदै जाने लहरा पनि रहेछ बस्नको बनाएका वरिपरि टहरा पनि रहेछ। -दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०३
खोलानाला र झरनाको मान हुन्छ जलचरको नि सूर्यमा जान हुन्छ जलचर थलचर उभयचर , सबै जीवमा आफ्नै खाले भान हुन्छ। आ-आफ्नो ठाउँमा सबैको सान हुन्छ।
-मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग-०४ झर झर गर्दै तलतिरै झर्ने झर्नाको पानी हेर हराभरा बनाइदिन्छ धर्ती कति राम्रो बानी हेर भएभरका जीवले पिएका छन् तैपनि सिद्धिदैन, पानीमै त छ धर्ती भेटिन्न कतै यसको खानी हेर पानी नै हो सृष्टि पानी नै हो सृष्टिको जिन्दगानी हेर। -पशपती राई खोटाङ ।
दाङ चैत्र २१ राप्ती साहित्य परिषद् दाङ शाखाको १८औँ वार्षिकोत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आधा दर्जन साहित्यिक व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण गरिएको थियोे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा भाषा आयोगका निवर्तमान सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्य र राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’बाट डा. टीकाराम उदासी, ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’बाट हरि पोख्रेल, ‘नेत्रमोहनादेवी साहित्य पुरस्कार’बाट डिल्लीराज श्रीधर र ‘वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार’बाट खगेश्वर भण्डारीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकहरू मध्येबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक घरपरिवारलाई सम्मान गरिएको थियाे । पुरस्कृत स्रष्टाहरूको परिचय प्रतिभा छनोट समितिका संयोजक राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समीर’ गर्नुभएको थियो ।
कार्यक्रममा दुई दर्जन बढी कवि एवम् साहित्यकारहरूले काव्य वाचन गर्नुभएको थियो । डा. हिमलाल पन्थी, धनसिंह गिरी, देवेन्द्र रिजाल, शंकर घर्ती मगर, पदमप्रसाद पोखरेल, महेश कुमार न्यौपाने, दीप बहादुर खत्री, कपिल किशोर घिमिरे, वसन्त अनुभव, पुरण शर्मा, नारदप्रसाद भण्डारी, शारदा शर्मा, सुरेशकुमार पाण्डे, डा. लोकराज पराजुली, अनुजा शर्मा संस्कृति लगायत पुरस्कृत स्रष्टा हरि पोख्रेल, डिल्लीराज श्रीधर र खगेश्वर भण्डारीले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नुभएको थियोे ।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक तथा पुरस्कृत स्रष्टा डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, सल्लाहकार पदमप्रसाद शर्मा, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापा, प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली, झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। त्यसैगरी सम्मानित स्रष्टा गुरुप्रसाद रेग्मी तथा वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो।
प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार तथा भाषा आयोगका निवर्तमान सदस्य डा.अमर गिरीले साहित्यकारले साहित्यको विधागत चेतनाका साथसाथै साहित्यको गुणस्तरमा पनि स्रष्टाले ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियो। विशिष्ट अतिथि रूपमा रहनुभएका राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले राप्ती साहित्य परिषद्का विभिन्न जिल्लाहरूमा छ वटा शाखा रहेको र सबै शाखाहरू सक्रिय रूपमा अगाडि बढेकोमा आफूलाई गर्व लागेको बताउनुका साथै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
उक्त अवसरमा वार्षिक कार्यक्रम सञ्चालनमा आर्थिक सहयोग प्रदान गर्ने संस्थाहरू पार्वता स्मृति साहित्य प्रतिष्ठान, घोराही, दाङ र धनलक्ष्मी कानुनी सेवा, घोराही दाङलाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा परिषदका कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन र सचिव घनश्याम केसीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
दाङ चैत्र १७ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कृत,साधारण सभा तथा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ। २०८२ सालको पुरस्कार समर्पणका लागि यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ। त्यसैगरी यस वर्ष विगतका वर्षहरू झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसी सम्मान गर्ने भएको छ । माथिका पुरस्कार समर्पणका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको थियो । उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी गराउनुभयो।
दाङ चैत्र ३ विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत २१ गते शनिबारको दिन स्रष्टा सम्मान, साधारण सभा, साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ।
२०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङमा विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका चारवटा पुरस्कारहरू रहेका छन् ।
प्रतिभा छनोट समिति सिफारिस गरेको स्रष्टाहरूलाई पुरस्कृत गर्ने, २/३ जना अग्रज श्रष्टालाई विगतका वर्षहरूमा झैँ सम्मान गर्ने, साधारण सभा तथा साहित्यिक कार्यक्रम गर्ने कुरा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी बताउनुभयो।
राप्ती साहित्य परिषद् जिल्ला शाखाको दाङले ७७ औँ छन्द सङ्गम कार्यक्रम घोराहीमा सम्पन्न गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम म रेग्मीको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकारहरू गणेश विषम उत्तम कृष्ण मजगैयाँ पुरुषोत्तम खनाल खगराज न्यौपाने यम रेग्मी, नारदप्रसाद भण्डारी, महेशकुमार न्यौपाने, नगेन्द्र गुरु, शरद गौतम, रिमा गौतम, वीणा रोका क्षेत्री, कपिलकिशोर धनसिंह गिरी, घिमिरे ,एकराज शर्मा अधिकारी,अनुजा शर्मा “संस्कृति” लगायत छन्द कविहरूले आआफ्नो रचना वाचन गर्नुभएको थियो।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, प्रगतिशील लेखक दाङका सचिव पुरण शर्मा, त्यसैगरी साहित्यकारहरू रामप्रसाद जैसी, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, सुवास न्यौपाने, शंकर मगर, गोपाल भुसाल अभिलाषी, दामोदर पौडेल, दीपबहादुर क्षेत्रीलगायतको गरिमामय उपस्थिति रहेको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यही चैत २१ गते साधारण सभा, काव्योत्सव, स्रष्टा सम्मान तथा पुरस्कृत गर्ने भएको छ। २०८२ सालको पुरस्कार प्रदानको लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र गीतकार प्रकाश केसीलाई चयन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
जेद्दा, साउदी अरब । साउदी अरबको मदिनामा विगत केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीहरूको नेपाली महावाणिज्य दूतावास जेद्दाले उद्धार गरेको छ। मध्यपूर्वमा उत्पन्न तनाव र उडान रद्द भएपछि स्वदेश फर्किन नपाएर बिचल्लीमा परेका उनीहरूलाई दूतावासको विशेष पहलमा नेपाल फर्काउने व्यवस्था मिलाइएको हो।
गत १७ फेब्रुअरीमा ‘सादाब नेट्रो ट्राभल्स’ मार्फत ३६ जनाको समूह उम्राका लागि मक्का-मदिना आएको थियो। कपिलवस्तुका मोहम्मद ताहिर अलीको नेतृत्वमा आएको यो समूह आफ्नो तीर्थाटन सकेर ३ मार्चमा नेपाल फर्किने तालिका थियो। तर, क्षेत्रीय द्वन्द्वका कारण विमानस्थलहरू बन्द हुँदा उनीहरूको उडान अचानक रद्द भयो। ३६ जनाको समूहमध्ये ७ जना आफ्नै खर्चमा भारतको बाटो हुँदै नेपाल फर्किए पनि बाँकी २९ जनासँग पुनः टिकट काट्ने रकम नहुँदा उनीहरू मदिनामा अलपत्र परेका थिए।
लामो समयसम्म खान र बस्न समेत समस्या भएपछि र विभिन्न सामाजिक संघ-संस्थाहरूबाट सहयोगको अपेक्षा पूरा नभएपछि उनीहरूले जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सहयोगको अपिल गरेका थिए। नेपाली नागरिकहरू समस्यामा परेको खबर पाउनासाथ महावाणिज्यदूताबासका प्रतिनिधि शौकत अलीको टोली मदिना पुगेर उनीहरूको आवास र भोजनको व्यवस्थापन गरेको थियो।
महावाणिज्य दूतावासको समन्वयमा उनीहरूलाई आज (१० मार्च) मदिनाबाट बसमार्फत रियाद पठाइसकिएको छ। दूतावासका अनुसार, रियादबाट भोलि (११ मार्च) बिहान १० बजेको उडानमार्फत उनीहरूलाई नेपाल पठाइने तयारी पूरा भएको छ।
अप्ठ्यारो परिस्थितिमा दूतावासले अभिभावकीय भूमिका निभाउँदै उद्धार र स्वदेश फिर्तीको प्रबन्ध मिलाएको भन्दै तीर्थयात्रीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले दूतावासका पदाधिकारीहरूलाई धन्यवाद दिँदै दुआ र आशीर्वाद समेत प्रदान गरेका छन्।
जेद्दा, साउदी अरब २८ फेब्रुअरी, २०२६ साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले पवित्र रमदान महिनाको अवसरमा स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली मुस्लिम समुदायका लागि भव्य ‘इफ्तार’ कार्यक्रम आयोजना गरेको छ।
गत २७ फेब्रुअरी २०२६ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा जेद्दा र यसका आसपासका क्षेत्रमा कार्यरत नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। दिनभरि व्रत (रोजा) बस्नुभएका नेपाली दाजुभाइहरूलाई महावाणिज्यदूत पारस पण्डित तथा उहाँको टिमले न्यानो स्वागत गर्दै अफ्तारी गराउनुभएको थियो। महावाणिज्य दूतावासले हरेक वर्ष रमदानको अवसरमा नेपाली मुस्लिम समुदायलाई निमन्त्रणा गरी अफ्तारी गराउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको हो। अफ्तारी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा व्रत तोड्नका लागि विभिन्न प्रकारका फलफूल, जुस, लेबन र समोसाको व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा सहभागीहरूका लागि विशेष भोजनको प्रबन्ध गरिएको थियो। उक्त अवसरमा एनआरएनए आरसीसी अल कासिमका पूर्व अध्यक्ष रमजान दिन मियाँ, इस्लामिक दावा सेन्टरका मन्जुर अलि मियाँ र विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दूतावासको निमन्त्रणा र आतिथ्यताप्रति आभार प्रकट गरे। परदेशमा रहेर पनि अभिभावक संस्थाले मीठो भोजनका साथ सम्मानपूर्वक अफ्तारी गराएकोमा उनीहरूले दूतावास परिवारलाई विशेष धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा महावाणिज्यदूत पारस पण्डितले निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बर्तालुहरूलाई अफ्तारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उपस्थित सबैमा रमदानको शुभकामना आदानप्रदान गर्नुभयो। यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र भाइचारालाई अझ प्रगाढ बनाएको महसुस गरिएको छ।
मध्यपूर्व क्षेत्रको आकाशमा उत्पन्न भइरहेको परिस्थितिका कारण हिमालयन एयरलाइन्सले मध्यपूर्वका गन्तव्यहरू — दुबई, दमाम र दोहा — का सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जनाएको छ।
एयरलाइन्सले यात्रुहरूलाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ। साथै, यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सहयोग र समझदारीका लागि धन्यवाद व्यक्त गरेको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल आफूलाई अगाडि सारेर चर्चा गर्न रुचाउने नेतामध्ये पर्दैनन्। तर राजनीतिक हैसियत, नीति–निर्माणमा पहुँच र संगठनात्मक प्रभावका हिसाबले खुमबहादुर खड्कापछि दाङबाट उदाएका नेतामध्ये उहाँजस्तो उचाइ अरू कुनै दलमा देखिँदैन। दुर्भाग्य, यस्तो अन्तर्मुखी तर प्रभावशाली नेतृत्वलाई चिन्न र मूल्याङ्कन गर्न हाम्रो समाज सधैं ढिलो गर्दै आएको छ।
रु. १० बाँडेर हजारको गफ चुट्ने संस्कृतिमा रमाएको समाजले दीर्घकालीन सोच, संस्थागत विकास र मौन कर्ममा विश्वास गर्ने नेताको योगदान पहिल्याउन नसक्नु अस्वाभाविक होइन। सायद यही कारणले प्रदेश राजधानी दाङ ल्याउन निर्णायक भूमिका खेलेका शंकर पोखरेललाई दंगाली जनताले २०७९ को निर्वाचनमा पराजित गरिरहँदा उत्सव मनाए। यो प्रवृत्ति त्यति अचम्मको पनि होइन, किनकि सिंहदरबारजस्तो राष्ट्रिय धरोहरमा आगो लगाएर सेल्फी खिच्ने सामाजिक चेतनास्तरले गुणवान नेतृत्व चिन्न नसक्नु स्वाभाविक नै ठहर्छ। तर निर्वाचनमा पराजय भोगेपछि पनि दाङको विकासप्रति शंकर पोखरेलको प्रतिबद्धता कमजोर भएन। घोराही–तुल्सीपुर फोरलेन सडकको वर्षौँदेखि अल्झिएको कामले गति लिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ४०० शय्याको भवन निर्माण भइरहेको छ। इन्जिनियरिङ कलेजको संरचनागत काम अघि बढ्दैछ। साथै, टरिगाउँ विमानस्थल विस्तार र सञ्चालनका विषयमा पनि आगामी दिनमा पहल गर्ने प्रतिबद्धता उहाँले सार्वजनिक गर्दै आउनुभएको छ।
नेकपा एमाले अध्यक्ष केपी ओली पश्चात पार्टीको भावी अध्यक्ष र भविष्यको प्रधानमन्त्रीको रुपमा चर्चा पाएका शंकर पोखरेलले व्यक्त गरेको एउटा भनाइ विशेष अर्थपूर्ण छ— अब आउँदो चुनावमा दंगाली जनताले ज्ञापनपत्र बुझाउन जाने उम्मेदवार होइन, बुझ्ने हैसियत राख्ने उम्मेदवारलाई जिताउनुपर्छ। यो भनाइ केवल राजनीतिक कटाक्ष होइन, बरु नेतृत्वको मापदण्ड पुनःपरिभाषित गर्ने आह्वान हो।
सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमाथि आगजनी गर्ने, व्यक्ति विशेषका घर–व्यवसाय ध्वस्त पार्ने, सामाजिक संरचना खलबल्याउने प्रवृत्तिलाई हतोत्साहित गर्न र कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता आज झनै टड्कारो बनेको छ। यसका लागि जिम्मेवार राजनीति र संस्थागत दलहरूको भूमिका अपरिहार्य छ—र यही सन्देशका साथ शंकर पोखरेलले नेकपा एमालेसहित आफूलाई समर्थन गर्न आग्रह गरेका छन्। अन्ततः प्रश्न नेतृत्वको हार–जितभन्दा ठूलो छ। प्रश्न हो—हामी कस्तो नेतृत्व चाहन्छौँ? चर्को भाषण गर्ने, भीड तताउने नेतृत्व कि मौन तर परिणाम दिने नेतृत्व? दाङको विकासक्रमलाई हेर्दा, यो प्रश्नप्रति पुनर्विचार गर्ने समय आएको छ।
१) पूज्य मेरो गुरु ब्रान्डका पिता हजुर हजुरबाट सृष्टि सुरु । २) उघारी आँखा मेरा जहाँतहीँ देखूँ तिमीलाई तोडेर सम्पूर्ण घेरा । ३) दिनपछि कालो रातमा भगवान् शिव छन् हरहमेसा मेरो साथमा । ४) म भक्त शिवकाे उनकै पछि लाग्छु कल्याण हुन्छ जीवकाे । ५) गुरुका पनि गुरु हजुरै त हुनुहुन्छ हजुरबाटै काम सुरु । ६) माया र स्नेह गर्नुहुन्छ आफ्नाे भक्तकाे सम्झी आफ्नै देह । ७) बनेर म अन्धभक्त लागिरहेछु रातदिन सदा भएर कट्टर सशक्त । ८) लगाई बाघको छाला बस्नु हुन्छ ध्यानमा पहिरिई रुद्राक्ष माला । ९) समातेर डमरु हातमा गर्नुहुन्छ उहाँ ध्यान केशरी जटाका साथमा । १०) सारा पृथ्वी चलाउने सृष्टिदाता भगवान् उनै पापीलाई सिधैँ जलाउने । ✍️ ईश्वर साउद(भिक्षु ) रामाराेशन गाउपालिका ६ सुदुरपश्चिम अछाम