मिति २०८३/०४/०१ मा त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियाद्वारा सञ्चालित झिल्का लेखन अभ्यास शृङ्खलामा सहभागी झिल्काकारहरूका झिल्का कविताहरू-
झिल्का कविता —<•>— क) चुरा अनि सारी हरियो रङमा चिटिक्क वाह मेरी प्यारी! ख) गर्दै शिवको भक्ति निराहार बस्छिन् व्रत देखाई धैर्य शक्ति! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही दाङ —<•>— झिल्का कविता क) प्रणय मुटुको गाँठो निःस्वार्थ भावनाको दीप साँचो बोलीको बाटो। ख) मृत्तिका,जन्मभूमि,जननी मायाको अदृश्य उज्यालो स्वच्छ शान्त धरणी। ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका —<•>— झिल्का कविता क) मनको रहर कस्तो? दुनियाँलाई बुझाउने कसले फूल फुलेकै जस्तो। ख) कति मीठो आयो झिल्काको स्वाद आहा मन साह्रै रमायो। ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत —<•>— झिल्का कविता क) साउन महिना आयो हरियो चुरा मेहदीले बजार भाउ पायो। ख) हरियो सारी लर्काएर आए दिदीबहिनी आहा! शिवजीलाई पानी अर्पाएर। ✍️ कला ढकाल, झापा —<•>— झिल्का कविता क) साउन महिना आयो नारीले चुरा लगाउँदा सारा धर्ती जगमगायो। (ख) शिवको पूजाअर्चना गरौँ दिदीबहिनी सबै मिलेर हृदयमा आस्था भरौँ। ✍️ अम्बिका राणा खरसाङ दार्जिलिङ —<•>— झिल्का कविता क) साउन महिना आयो देख्दा हरियाली जताततै मनमा खुसी छायो। ख) बिन्ती सुनिदेऊ कुरा रहर छ लगाउने हातभरी साउने चुरा। ग) मनमा मायाको पोको तिम्रै नाउँको मेहदी लगाउने छ धोको। ✍🏻 शब्दयात्री लम्साल लम्सु, दैलेख —<•>— झिल्का कविता क) साउने सङ्क्रान्ति आज घरमा शिवको धुनी हुने शान्तिको राज। ख) मन पवित्र हुने कालो मैलो आफ्नै मनभित्र छ धुने। ग) सादा जीवन हाम्रो उच्च विचारै सुन्दरम् सधैँ हुन्छ राम्रो। घ) दुःखमा साथ मित्रको देखिन्छ यस जगमा दोष, गुण चरित्रको। ✍️ कार्की डिबी माकुम सुनवल नवलपरासी —<•>— झिल्का कविता क) तोड्नुहुन्न सम्बन्धको बाँध चल्छ जीवन हाम्रो बोकेमा जिम्मेवारी काँध। ख) सकारात्मक सोचले मान्छेलाई असल बाटो हिडाउँछ चिन्ता गर्दछौ केलाई ? ✍️ नम्रत प्रधान तकदाह, दार्जिलिङ —<•>— झिल्का कविता क) पवित्र राखेर दैलो साउने सङ्क्रान्ति मनाऔँ फालेर धुलो मैलो । ख) शिवको भक्ति मनमा राखेर अघि बढौँ सफल भइन्छ जीवनमा। ✍️ सावित्री प्याकुरेल धादिङ —<•>— झिल्का कविता क) सुनौलो न्यानो घाम जिन्दगी मुस्कुराउने यात्रा जपौँ रामको नाम। ख) माटोको सुगन्ध छाया प्रेमले भरियो मन गरौँ देशको माया। ✍️ रिमेन आलोक अष्ट्रेलिया —<•>— झिल्का कविता क) स्वागत तँलाई साउन बाढी पहिरो नआओस् लोकका सबै रमाउन। ख) सफा पानी पिउनु यो बर्खाको बेलामा स्वस्थ भएर जिउनु। ✍️ रामकृष्ण ढकाल टाँडी बजार , चितवन —<•>— झिल्का कविता क) साउने सङ्क्रान्तिको शुभकामना सकारात्मक ऊर्जा आओस् सबैको पुगोस् मनोभावना। ख) हातमा हरिया चुरा साडीमा सजिएकी चेली नगरौँ कसैका कुरा। ग) गरौँ आराधना शिवको देउ शक्ति सबैलाई हत्या नगरौँ जीवको । ✍️ सुनिता निरौला पौडेल राधे राधे भक्तपुर —<•>— झिल्का कविता क) धर्ममा ऎक्यबद्धता जनाऔँ दैवीप्रकोप नआओस् भन्दै साउने सङ्क्रान्ति मनाऔँ। ख) पुर्खाको संस्कृति मान्नुपर्छ लुतो फाल्ने चलनचल्ती पुरानो परम्परा धान्नुपर्छ। ✍️ शोभाकान्त रेग्मी स्याङ्जा —<•>— झिल्का कविता क) उज्यालो घाम लाग्यो निभ्यो कालो रात नयाँ आशा जाग्यो। ख) पसिना बगाएर आज भोक, प्यास मेटाए रमाउँछ पूरै समाज। ग) आउँछ समय घुमी बदलिन्छ सारा संसार बसौँ सफलता चुमी। घ) हाँस्छन् ती फूल सजाउँदै यो धर्ती नगर्नू निमोठ्ने भूल। ङ) अघि बढ्दै जाऊ नथाकिकन कहिल्यै तिमी आफ्नो लक्ष्य पाऊ। ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —<•>— झिल्का कविता क) हेर्छु पूर्णिमाको जून एकान्तमा एक्लो बसी चल्दा विरहको धून। ख) तिमीलाई पाउने चाहाना पूरा हुन्छ कहिले गर्दछौ जहिल्यै बाहाना। ग) कविता पढी रमाएँ लाग्यो लेख्न मन कापी पेन्सिल समाएँ। घ) प्रशस्त रुपैयाँ कमाएँ गरेर मेहनत मजदुरी आमाको हातमा थमाएँ। ✍️ विद्युत गुरुङ गोरुबथान —<•>— झिल्का कविता क) हरियो चुरा लगाई हिँड्छिन् साउनको महिनामा प्यारी सिन्दुर सजाई। ख) मेहदी हातमा लाउँछु हेर श्रावण महिनामा तिमीलाई भेट्न आउँछु । ग) आहा दार्जिलिङ घमाइलो गुम्बैगुम्बाहरूको सुन्दर सहर मनमोहक अनि रमाइलो । ✍️ प्रेम शर्मा “एकान्त प्रेमी” कालेबुङ —<•>— झिल्का कविता क) साउने सङ्क्रान्ति मनाऔँ हिलो मैलाे फालेर स्वस्थ शरीर बनाऔँ। ख) कति राम्रो चाहना झिल्का कविता लेख्ने तिमीमा जाग्यो भावना। ग) कापी, कलम समाएँ मीठो सिर्जना लेखेर आज भने रमाएँ। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर —<•>— झिल्का कविता क) साउनमा पहिरो जान्छ भरोसा हुन्न बाढीको कतिबेला बढारेर लान्छ। ख) पञ्चाङ्ग दक्षिणायण लाग्यो लुतो फाल्ने सङ्क्रान्ति आज खुसीयाली जाग्यो। ✍️ ध्रुव खड्का फेदीखोला १ स्याङ्जा —<•>— झिल्का कविता क) रोकिएन अविरल झरी गरिखाने निमुखा जनले हातमुख जोर्ने कसरी? ख) हिजोदेखि लागिरहेछ झरी थामिने छाँट देखिँदैन रुँदैछे बचेरासँगै चरी। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ —<•>— झिल्का कविता क) आज साउने सङ्क्रान्ति बर्खामास परेको खडेरीले खोस्यो किसानको शान्ति l ख) भिजिनन् आजसम्म वसुधा कसरी मेट्छ किसानले? आश्रित परिवारको क्षुधा! ✍️ बाबुराम गौतम गुल्मी —<•>— झिल्का कविता क) मनभित्र दु:खका कथा उदेकलाग्दो छ परिवेश कसैले बुझ्दैनन् व्यथा। ख) उर्लदो भित्रि राप सपना भए चकनाचुर मस्तिष्कमा बोझिलो चाप। ✍️ तोयानाथ चापागाईं दमक, झापा —<•>— झिल्का कविता क) सस्तो लोकप्रियताको लागि कलाकारिता किन गर्छौं? संस्कार बिर्सिने अभागी। ख) सबैमा हुनुपर्छ देशभक्ति जन्म लिएपछि देशमा देखाऔँ निर्माणको शक्ति। ग) साउने सङ्क्रान्तिकाे अवसरमा सबै नेपालीमा शुभकामना नबाँचौँ अरूको भरमा। घ) साउने सङ्क्रान्ति मेलामा दुःख, सुख बाँडेर घर आउनुपर्छ बेलामा। ✍️ लक्ष्मी रेग्मी ‘शब्दयात्री’ उर्लाबारी, मोरङ —<•>— झिल्का कविता क) तात्तातो अगुल्टाले हानेर देशको लुतो हटाऔँ विकृति, विसङ्गति फालेर। ख) भलायो, सिस्नु धसिङ्गरे सबै कुविचारहरू राखेर लुतो फाल्नुपर्छ भरे। ग) वनस्पति अमिलो राखेर वर्षायामको चर्मरोग फालौँ कण्डारक पूजा गरेर। ✍️ ईश्वर लामिछाने धरान —<•>— झिल्का कविता क) लगाएर हरिया चुरा व्रत बस्छन् नारीहरू मनोकामना गर्न पूरा। ख) गरेमा शिवजीको भक्ति साउन महिनामा सबैले मिल्दछ आन्तरिक शक्ति । ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ ,स्याङ्जा —<•>— झिल्का कविता क) साउनको पहिलो दिन सुखमय बनेर आओस् काढ्न नपरोस रिन। ख) आजदेखि हरियो चुरा तिम्रो हातमा सजिन्छ याे परम्परादेखिको कुरा। ✍️ विनोद खाती मिरिक —<•>—