• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

३८ वर्षको निष्ठावान सेवा पछि शिक्षक रामशरण अर्याललाई पन्चेबाजा सहित बिदाई

  • ४ फाल्गुन २०८२, सोमबार २२:०३ मा प्रकाशित
  • नुवाकोट। विदुर नगरपालिका–१३, अजिङ्गरेस्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयमा करिब ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही स्वेच्छिक अवकाश लिनु भएका शिक्षक रामशरण अर्यालको बिदाई तथा सम्मान कार्यक्रम अत्यन्तै सम्मानपूर्ण र भावुक वातावरणमा सम्पन्न गरिएको छ।

    वि.सं. २०४४ साल चैत ८ गतेदेखि २०८२ साल कार्तिक ३० गतेसम्म सोही विद्यालयमा अध्यापन गराउँदै आउनु भएका गुरु अर्यालले शिक्षण पेशालाई केवल रोजगारी होइन, सेवाको पवित्र साधनाका रूपमा अंगाल्दै हजारौँ विद्यार्थीको शैक्षिक, नैतिक र जीवन–निर्माणमा अमूल्य योगदान पुर्‍याउनु भएको विद्यालय परिवारले जनाएको छ।

    दीर्घकालीन निष्ठा, इमान्दारिता, अनुशासन र जिम्मेवारीबोधका साथ शिक्षण यात्रामा समर्पित उहाँको योगदानको कदरस्वरूप आज विद्यालय परिसरबाट पञ्चेबाजासहित भव्य बिदाई गरिएको हो। विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षक अर्यालप्रति सम्मान, कृतज्ञता र भावनाको अनुपम दृश्य देखिएको थियो।

    बिदाईका क्रममा भावुक हुँदै शिक्षक अर्यालले भन्नुभयो,

    “यो विद्यालय मेरो कर्मथलो मात्रै होइन, मेरो जीवनकै ठूलो पहिचान हो। यहाँका विद्यार्थी, सहकर्मी र अभिभावकबाट पाएको माया र सम्मान मेरो जीवनको अमूल्य पूँजी हो। अब औपचारिक सेवा समाप्त भए पनि शिक्षा र संस्कारप्रतिको मेरो दायित्व कहिल्यै समाप्त हुने छैन।”

    यसअघि तय गरिएको कार्यक्रमअनुसार उहाँको औपचारिक बिदाई तथा सम्मान समारोह मिति २०८२ साल फागुन ४ गते सोमबार आयोजना गरिने विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ। उक्त कार्यक्रममा भूतपूर्व विद्यार्थी, अभिभावक, वर्तमान विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहने जनाइएको छ।

    विद्यालय व्यवस्थापन समितिले सबै भूपू विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई शिछक अर्यालप्रतिको सम्मानलाई अझ उचाइ दिन हार्दिक अनुरोध गरेको छ । शिछक अर्यालको दीर्घ सेवायात्रा भावी पुस्ताका लागि प्रेरणाको दीप बनेर रहने विद्यालय परिवारको विश्वास छ। अर्यालले अध्यापन गरिएको पुर्ब बिधार्थीद्वारा स्वतस्फुर्त सहयोग सन्क्लन गरी पन्चेबाजा ब्यबस्स्थापन गरिएको भुपु बिधार्थी श्रीकृष्ण थापाले बताए ।अनुको अनुसार साबिक कल्याणपुर बिदुर – 13 पहिलो पट्क शिछकलाई सम्मान सहित यसरी बिदाई गरिएको हो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १५३

  • ३० माघ २०८२, बिहीबार २२:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाउन्नौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/१०/१५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५३[एकसयत्रिपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    माघ १६ गते शहीद दिवस परेको हुनाले,शहीद दिवस विशेष पञ्चाङ्ग लेख्नु हुन सबैमा हार्दिक अनुरोध छ।

    पञ्चाङ्ग:०१
    आफ्नाे हृदयमा भरेर सहिदको सम्झना
    भावनाकाे गंगा तरेर सहिदको सम्झना
    श्रद्धा सुमन ज्ञात अज्ञात सहिदहरुमा,
    समर्पण अघि सरेर सहिदको सम्झना
    आजकाे दिनमा गरेर सहिदको सम्झना।
    -सुशीला पौडेल
    पञ्चाङ्ग-०२
    न कसैले आफ्नो डिउटी गर्छ न कसैले आफ्नो काम गर्छ
    अर्काको काममा हस्तक्षेप गरेर गाली तथानाम गर्छ
    सहिद भने गेटमा उभिएर हेरिरहेछ चर्तीकला,
    कोही कुर्सी तानातान छ कोही भने सडकमा जाम गर्छ
    सहिदको भर्र्याङ् चढी सत्तामा पुगेपछि छलछाम गर्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग- १७३

  • ३० माघ २०८२, बिहीबार २२:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय त्रिहतरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७३———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/१०/१९

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    प्रगतिमा लगाउनु हो जिन्दगी
    दुष्टलाई भगाउनु हो जिन्दगी
    दुईचार मानिसले खेदो खनोस्,
    यस्तालाई डगाउनु हो जिन्दगी
    खुशीयाली जगाउनु हो जिन्दगी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-:०२
    देश दनदनी जल्दाखेरि कसले आँसु झार्यो यहाँ
    आफू एक्लै बाजी मारौंला भन्दै सयौं काजी मार्यो यहाँ
    मुर्दावाद जिन्दावादको नारा घन्किदैथ्यो सडकमा
    मुर्छित् थिइन् आमा एकछाक नुन कसले बार्यो यहाँ
    गाली र तालीले जित्यो लोकतन्त्र देशले हार्यो यहाँ
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    बलिदान अन्याय परेरगयो देशमा,
    जनताको धड्कन मरेर गयो देशमा
    धेरै गरिबको बास उजाडिएको देखेँ,
    आमा बुबाको भाग्य हरेर गयो देशमा
    सहिदको सपना टरेरगयो देशमा।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    आँधी तुफान खाेलाकाे प्रवाह गरेनौ
    बम बारुद गाेलाकाे प्रवाह गरेनौ
    देशको निम्ति दिएर आफ्नो बलिदान,
    अमुल्य मान्छे चाेलाकाे प्रवाह गरेनौ
    शिव शंकर भाेलाकाे प्रवाह गरेनौ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    ॐ
    पञ्चाङ्ग:०५
    “”””””””
    मित्रहरूले पठाएको म खाँदै छु मिठाे सेल साथी
    स्वार्थ मिल्यो भने हजुर हाम्रो हुन्छ छिटाे मेल साथी
    अब उधारोमा काराेबार चल्ने समय गयाे प्रभु!
    राजनीतिमा जहिलेसुकै हुन्छ ठेलमठेल साथी
    सत्तारूढ हुन यहाँ अवश्य हुन्छ जालझेल साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १५१

  • ३० माघ २०८२, बिहीबार २२:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकाउन्नौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/१०/०१

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५१[एकसयएकाउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१

    योग गरौं र रोग भगाऔ हामी

    तन मनमा उर्जा जगाऔं हामी

    योग दिवसको शुभकामना छ,

    स्वस्थ रहेर खुशी बगाऔं हामी

    सुखकाे पहिरन लगाऔं हामी।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    योग गरौँ रोग भगाउनु सबैले
    घर घर नारा जगाउनु सबैले
    योग गरेर हामी नै स्वस्थ हुनेछौ,
    मुहर्तमा मन लगाउनु सबैले
    योगको नारामा सगाउनु सबैले।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग- ०३
    स्वस्थ शरीर भएपछि मन पनि स्वस्थ हुन्छ हजुर
    स्वस्थ मनले नै राम्रा- राम्रा सपना पनि बुन्छ हजुर
    तन-मन दुवैलाई स्वस्थ राख्न योग गरौं नियमित,
    नगरे योग तनमन दुवै वियोगले रुन्छ हजुर
    त्यस्तो बेला करुणाको गीत पनि कसले सुन्छ हजुर।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    झिल्का कविता

  • ३० माघ २०८२, बिहीबार २१:१९ मा प्रकाशित
  • झिल्का कविता
    १)
    बनाएर चुनावी ढाल
    एउटै घरभित्र पनि
    किन बनायौ पर्खाल ?
    २)
    सङ्घीयता भयो अपच
    मुलुक कङ्गाल हुनथाल्यो
    विदेशी भरिए खचाखच ।
    ३)
    साम्राज्यवाद ठूलो रोग
    गर्छन् नेताहरू सधैँभरी
    किन उसैलाई ढोग ।
    ४)
    मतदान नागरिक अधिकार
    जनतालाई चिन्ता देशको
    गर्नुहुँदैन भोटको व्यापार ।
    ५)
    तराई पहाड हिमाल
    जनता मिलेर सबै
    बलियो बनाउँ नेपाल ।
    ६)
    गाउँ हाम्रो सहर
    भए देश बलियो
    सुन्दर बन्छ घर ।
    ७)
    सबैले अबको पालो
    बलियो नेता देशभक्त
    छानौँ देशकै गोठालो ।
    ८)
    पाखा लगाउँ पोल्ने
    गर्ने देशमा भ्रष्टाचार
    विदेशीकै भाषा बोल्ने ।
    ९)
    देश सङ्कटमा गयो
    बने विदेशी दलाल
    भगाउँ अति भयो ।
    १०)
    देशबाट हटाउँ भ्रष्टाचार
    सुधार्न देशको व्यवस्था
    नेताहरू छानौँ इमान्दार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    ‘स्वतन्त्रताको स्वास’ मुक्तक सङ्ग्रहको समीक्षा सम्पन्न

  • ३० माघ २०८२, बिहीबार २१:१० मा प्रकाशित
  • माघ २३ दाङ

    राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९८औँ शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ माथि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

    शुक्रबार राप्ती साहित्य परिषद् दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रम परिषद् जिल्ला शाखा, दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा, संस्कृतिविद् डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
    कार्यक्रममा साहित्यकार तथा स्रष्टा दीपबहादुर खत्रीद्वारा लिखित ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रहको समीक्षा डा. लोकराज पराजुलीले गर्नुभएको थियो। समीक्षक पराजुलीले दीपबहादुर खत्रीको मुक्तक सङ्ग्रह ‘स्वतन्त्रताको श्वास’ मा समाजको यथार्थ, बदलिँदो मूल्य र मान्यता, आत्मसङ्घर्षका साथै व्यङ्ग्यात्मक भाव, करुणाका तरङ्ग, विद्रोही स्वर र श्रद्धाजस्ता अनुभूतिहरू अभिव्यक्त भएको उल्लेख गर्नुभयो। उहाँले ‘स्वतन्त्रताको श्वास’ मुक्तक सङ्ग्रह हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताउँदै लेखकलाई निरन्तर सिर्जनामा लागिरहन सुझावसमेत दिनुभयो।

    कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा (समीर), लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका अध्यक्ष चन्द्रबहादुर थापा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, वरिष्ठ साहित्यकार गणेश विषमलगायत साहित्यप्रेमी, पत्रकार तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
    परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

  • २७ माघ २०८२, सोमबार १४:२१ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाइ (फेरि भेटौला) कार्यक्रम गरियो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुबाट यस चिकित्सालयमा सरुवा भई आउनुभएका कविराज निरीक्षक वसन्त रावतलाई स्वागत तथा लामो समय यस चिकित्सालयको पञ्चकर्म विभागमा काम गरी हाल कोशी प्रदेश, भोजपुरमा नयाँ नियुक्ति भई जानलाग्नुभएका कविराज राजन चौधरीको विदाइ, अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगी र चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले संयुक्त रूपमा टीका, माला तथा दोसल्ला ओढाएर गर्नुभएको थियोे । साथै उक्त अवसरमा राजन चौधरीलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियोे ।

    अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव स्वागत तथा विदाइ मन्तव्य दिनुभएको थियोे । विदाइ हुँदै गर्नुभएका राजन चौधरीले पनि चिकित्सालयमा काम गर्दै गर्दा आफूले अनुभूत गरेको राख्नुभएको थियोे ।

    कार्यक्रमको सञ्चालन चिकित्सालयका वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी बसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजTagged वसन्त अनुभव

    व्यङ्ग्यात्मक झिल्का कविता: मतदान

  • २६ माघ २०८२, आईतवार २३:२२ मा प्रकाशित

  • १)
    बाँड्छन् राति नोट
    देखाउँछन् अनेक सपना
    चाहियो मात्रै भोट ।
    ​२)
    रक्सी र मासु
    मिल्छ चुनावको बेला
    नेता बन्छन् आँसु ।
    ​३)
    आफ्नो मत दिएर
    पछि अन्धो भई
    उल्टी हुन्छ पिएर ।
    ​४)
    बन्छन् साह्रै सोझा
    नजितेसम्म त नेताले
    बोकाउँछन् पछि बोझा ।
    ​५)
    आयो फेरि मेला
    झुटा आश्वासन सुन्ने
    चुनावी यो बेला ।
    ​६)
    गर्छन् ठूला कुरा
    भ्रष्ट ती अनुहार
    भाषण मात्रै पूरा ।
    ​७)
    चिल्ला गाडी कुद्ने
    धुलो उडाउँदै गाउँमा
    सोझा जनता गुद्ने ।
    ​८)
    हाम्रो होइन राम्रो
    नखोजौँ अब विकल्प
    परिवर्तन हो हाम्रो ।
    ​९)
    पाँच वर्ष रुने
    एक दिन बिकेर
    देशै सिध्याउने हुने ।
    ​१०)
    सयको नोटमा बिक्ने
    सचेत नभए नागरिक
    हार मात्रै सिक्ने ।
    ​११)
    झुसिलकिरा ती नेता
    चुनावमा पुतली बन्छन्
    खान्छन् हाम्रै जेथा ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    रास्वपा प्रवास संगठन साउदी अरबको दोस्रो अधिवेशन सम्पन्न, सभापतिमा भुपाल भण्डारी चयन

  • २६ माघ २०८२, आईतवार ०१:५२ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ

    साउदी अरब

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास संगठन “‘प्रवास नेपाली सम्पर्क विभाग” साउदी अरबको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । साउदीमा कार्यरत रास्वपाका नेता भुपाल भण्डारीको सभापतित्वमा २०२६–२०२८ कार्यकालका लागि 15 सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

    संस्थाका का.बा. सचिब घनश्याम खत्रीद्वारा संचालित उक्त कार्यक्रम निवर्तमान का.बा. सभापति प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा साउदी अरबस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेती, अतिथिहरुमा समाजसेवी यम तमु, पत्रकार महासंघ साउदीका अध्यक्ष विष्णु घिमिरे, पत्रकार लालबहादुर श्रीपाली तथा पत्रकार लोकेन्द्र खड्का, रियाद क्षेत्रीय समितीका सभापति मनिष लामा रहेका थिए।

    रास्वपाको चुनाव चिन्ह घन्टि बजाएर उद्घाटन गरिएको कार्यक्रममा अधिकांस रास्वपा प्रेमि दाजुभाई दिदिबहीनीहरुको बाक्लो उपस्थिति रहेको थियो । निर्वाचन प्रक्रिया निर्वाचन समिति प्रमुख उमेश भट्टज्यूको नेतृत्वमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक ढङ्गले सम्पन्न गरिएको थियो ।

    उक्त अधिबेशनद्वारा नव निर्वाचित सभापति भण्डारीद्वारा आफ्नो कार्यकालमा प्रवासमा रहेका नेपालीहरूको समस्या न्यूनीकरणका लागि व्यापक, व्यवहारिक गरिने महत्वपूर्ण चरणबद्ध ६ बुँदे कार्ययोजना, बाचाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालभित्रमा पूरा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

    नवनियुक्त सभापति भुपाल भण्डारीको ६ बुँदे कार्ययोजनाहरु

    १. कानुनी सहायता र श्रमिक अधिकार संरक्षण
    प्रमुख शहरहरूमा कानुनी सहायता संयन्त्र स्थापना गर्ने, श्रम विवाद परेका कामदारलाई दूतावास र सम्बन्धित निकायसँग समन्वय गरी सहयोग उपलब्ध गराउने, श्रम सम्झौता, भिसा प्रक्रिया र रोजगारदाता परिवर्तनसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना ।

    २. सूचना प्रवाह र डिजिटल प्लेटफर्म विस्तार
    प्रवासी नेपालीहरूका लागि एकीकृत डिजिटल प्लेटफर्म विकास गरी श्रमिक अधिकार, दूतावास सेवा, आपतकालीन सम्पर्क नम्बर, कानुनी प्रक्रिया, बीमा र स्वास्थ्य सेवासम्बन्धी जानकारी उपलब्ध गराइनेछ। अनलाइन उजुरी प्रणालीमार्फत समस्याको छिटो समाधान खोजिने।

    ३. सामाजिक सुरक्षा र आपतकालीन सहयोग
    आपतकालीन सहयोग कोष स्थापना गर्ने, मृतक श्रमिकको शव स्वदेश फर्काउन तथा परिवारलाई सहयोग पुर्‍याउने संयन्त्र बनाउने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने योजना बनाईने।

    ४. मानसिक स्वास्थ्य र सामाजिक एकता
    नियमित सामाजिक भेटघाट, सांस्कृतिक कार्यक्रम र सामुदायिक संवाद सञ्चालन गर्ने, मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने, तथा युवाहरू, महिला श्रमिक र कमजोर वर्गका लागि विशेष कार्यक्रम ल्याइनेछ।

    ५. सीप विकास र पुनःस्थापनाको योजना
    प्रवासी नेपालीहरूको सीप अभिलेख तयार गर्ने, व्यवसायिक तालिम, उद्यमशीलता विकास कार्यक्रम र लगानी जानकारीसँग जोड्ने, तथा सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी पुनःस्थापनाका अवसर सिर्जना गर्ने ।

    ६. संगठन सुदृढीकरण र पारदर्शिता
    नियमित बैठक, सार्वजनिक प्रतिवेदन, लेखा परीक्षण, डिजिटल सदस्यता प्रणाली, तथा नीति निर्माण प्रक्रियामा प्रवासी नेपालीहरूको सुझाव समावेश गर्दै संगठनलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने ।

    यी मुख्य बाचाहरु बाहेक समय समयमा भैपरी आउने अन्य श्रमीक समस्याहरुमा सदैव कटिबद्द रहेर निस्वार्थ भावनाले सहयोग गर्ने पनि सभापति भण्डारीले बताए ।

    कार्यक्रममा अहिलेसम्म पार्टिको उथ्थान तथा पार्टि बिस्तारमा योगदान दिने सबैलाई सम्मान स्वरुप खादा, दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो

    कार्य समितिमा

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीमा कार्यरत तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

  • २६ माघ २०८२, आईतवार ००:५५ मा प्रकाशित
  • साउदी अरब । सिन्धुली घऱ भई बिगत लामो समयदेखि साउदी अरबको जेद्दामा कार्यरत लोकगायक तथा सर्जक तेज सिलवालले आफ्नो क्षेत्रका प्रतिनीधि सभा सदस्का उमेद्वार समर्पित नयाँ चुनावी गीत ‘आशिष गजुरेल जिताऔँ यसपालि’ बोलको गित सार्वजनिक गरेका छन्।

    जनजी आऩ्दोलनपछिको अन्तरिम सरकारले तय गरेको फागुन 21 को चुनाब नजिकिँदै गर्दा, देशमा चुनावी माहोल तातिरहेको सन्दर्भमा तयार गरिएको यो गीत सिन्धुली क्षेत्र नम्बर २ बाट घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तर्फबाट उम्मेदवार बनेका यातायात विज्ञ आशिष गजुरेललाई लक्षित गरिएको छ।

    गीतमा “महान युवा नेता आशिष गजुरेल जिताऔँ यसपालि” भन्ने सन्देश प्रस्तुत गरिएको छ। सर्जक तेज सिलवालको शब्द सिर्जनामा तयार भएको गीतमा सिन्धुलीकी चेली कविता कुमारी श्रेष्ठ र ओमप्रसाद प्रसाईंको स्वर रहेको छ। गीत निर्माणमा गायिका मिना बेलबासेले विशेष सहयोग गर्दै मुख्य भूमिका निर्वाह गर्नुभएको छ।

    उक्त गीत TejSilwal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो देखिएको छ। उम्मेदवार आशिष गजुरेल यातायात व्यवस्थापन विज्ञका रूपमा परिचित छन्। उनी सवारी साधनमैत्री मात्र होइन, मानवमैत्री सडक र सुरक्षित यातायात प्रणालीको अवधारणामा जोड दिन्छन्। “सडक बनाउँदा पैदलयात्री र साइकल प्रयोगकर्तालाई बेवास्ता गरिन्छ,” गजुरेल भन्छन्, “मानवमैत्री पूर्वाधारले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न सक्छ।” जर्मनीबाट उच्च शिक्षा हासिल गरेका इन्जिनियर गजुरेलको नेतृत्वमा चोभार परियोजना सम्पन्न भइसकेको छ भने अन्य थुप्रै विकास योजनाहरू अघि बढिरहेका छन्। गोबिन्द ओलीको लय रहेको उक्त गीत सार्वजनिक भएसँगै मतदाता माझ सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिएको छ। गीतले आगामी चुनावी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

    पुरा गित यसमा हेर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P