• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

  • २७ मंसिर २०७८, सोमबार २२:४९ मा प्रकाशित
  • काठमाडौ, २६ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    लाग्दैन म झैँ वरिष्ठ, कोही छ मानिस अरू,
    होलान् मेरो प्रगतिमा, आरिसले जल्नेहरू।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    हजुर नै हो वरिष्ठ मान्छे, यो सारा जगतको,
    आफैंले आफैं स्वघोषणा गर्ने मूर्ख फगतको ।
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    बेअर्थमा खुसी थिएँ यथार्थमा छ जलेकाे,
    नमीठो त्याे बचनले प्रतिदिन छ मरेकाे।
    ✍️
    भावना मञ्जु

    माेरङ

    ३//
    सर्वेसर्वा म नै हुँ भाँड भैलाेमा अघि सर्छु,
    अरुकाे बालै छैन् खाने थालमा फाेहार गर्छु।

    ✍️ ताराप्रसाद चापागाईं

    ४//
    वरिष्ठ नै मै हुँ भनी हंगामा गर्दै उठेको,
    आफैंले खाएको थालमा लौ कसरी चुठेको ।
    ✍️

    बेदु न्यौपाने काठमाडौ

    ५//
    मुल्यांकन गर्ने अर्काले,
    पीडित रुदै छ मर्काले ।
    ✍️
    भुपेन्द्र राना मगर

    धादिङ

    ६//
    केही हुँदैन् जल्नेलाई जल्न दिनुपर्छ,
    जो जसले सक्छ उसले प्रगति गर्छ ।
    ✍️
    रत्ना पुन मगर

    रुकुम

    ७//
    देशभरि समृद्धिको बाटो मात्र खोजी गर्छु,
    काम बन्ने उद्देश्यले सुनचाँदी पैसा भर्छु।
    ✍️
    पौडेल विमुन्स

    पोखरा कास्की 💕

    ८//
    कुनै खाले दोष देख्दिनँ म आँफु भित्र,
    ईर्ष्या डाहाले भुतुक्क भएका हुन् मित्र।
    ✍️
    चिरञ्जीवी ढकाल

    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ९//
    जल्नेहरु जल्दै गरुन् म त आफ्नै कर्म ठूलो देख्छु ,
    प्रगतिका पाइला चाली सफलताका कथा लेख्छु ।
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    १०//
    जान्ने बुझ्ने ठुलाबडा को छ म झैँ वरिष्ठ ,
    खुट्टा तान्न खोज्छन् मेरा महामूर्ख कनिष्ठ ।
    ✍️
    विबश पारदर्शी,

    भद्रपुर न० पा० -२ झापा

    ११//
    गुणगान अरुले आहा भन्दै ,गाएको नै राम्रो,
    परिस्थिति जे आएपनि, बुद्धि नगुमाऔं हाम्रो।
    ✍️
    दुर्गा अाचार्य

    मोरङ

    १२//
    एउटा फिस्टो तिमी हौं, थाम्दछौ क्यारी आकास,
    उछिट्टिई पुग्छौ कहाॅ, आएमा सानो बतास।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक

    पोखरा

    १३//
    आफ्नै बखान त आफैले नगरेकै राम्रो
    बालीनाली अर्कैको भन्छन् बालबच्चा हाम्रो ।
    ✍️

    कमला देवकोटा, पाल्पा

    १४//
    नसोध्नुस् हजुर वरिष्ठको चाल हुन्छ कस्तो,
    भुलेर भूइँलाई आकाशलाई छोए जस्तो ।
    ✍️

    बी.कुलुङ ( दार्जिलिङ )

    १५//
    मनमा अहंकार अनि द्वेष सबै पाल्यौ,
    आफैलाई सबैभन्दा वरिष्ठ ठान्न थाल्यौ ।
    ✍️
    राजेशराज गड्तौला

    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    १६//
    बरिष्ठको छेउमा पुग्न म छु नसक्ने साच्चै
    कोही कोही बरिष्ठ त बुद्धिले पनि छन् काँच्चै ।
    ✍️

    पुष्पा शायरा । बिराटनगर ।

    १७//
    भुसुनो आफैँ मपाईँ, उसले कसैलाई टेर्दैन,
    आफु नाङ्गै छ सर्वाङ्ग, ऊ आफ्नो अनुहार हेर्दैन।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)

    असम भारत

    १८//
    थाक्नु हुँदैन् गर्नुपर्छ निरन्तर काम काज,
    मुर्छा परी ढलुन् जो गर्छन् अर्काको रिस आज ।
    ✍️

    बिके माकजु , भक्तपुर ।

    १९//
    मै हुँ हर्ताकर्ता मै हुँ सारा जगतको मालिक,
    मलाई नै सधैं पुज ! नपुज अरुको सालिक ।
    ✍️
    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गाउँपालिका-६, दोलखा

    २०//
    आफुलाई संसारकै ठुलो मान्छे ठान्छन्
    भगवानले घमण्ड गर्नेलाई हान्छ्न ।
    ✍️
    बिक्रम तिरुवा सलिन

    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    २१//
    आर्काको शान देखेर जल्नेलाई के भनौं,
    छनलाई त यस्ता कति छन् संख्यामा गनौं।
    ✍️

    सुरेश कुमार पाण्डे

    २२//
    मै हुँ जान्ने मै हुँ मालिक कसैलाई गन्दिनँ,
    कसैको रिस र डाहाको बाधक म बन्दिनँ ।
    ✍️
    बुद्धिमान चौधरी

    कनकाई नगरपालिका ४ झापा

    २३//
    मपाईत्व छोड्न मानविय पाठ पढ,
    खुट्टा तान्ने तान्दै गर्छन् तिमी अघि बढ।
    ✍️
    ज्ञानेन्द्र श्रेष्ठ

    मोलुङ गा. पा. १, ओखलढुंगा

    २४//
    भन्छौं आफूलाई वरिष्ठ, के छ तिमीमा उत्कृष्ट ?
    धेरै मपाईंत्व गरेमा आफैमा हुन्छ अनिष्ट ।
    ✍️
    गाेपालकृष्ण डङ्गाेल

    इटहरी, सुनसरी

    २५//
    म हुँदा हुँदै कसरी बरिष्ठ हुनुभयो तपाइँ?
    अरूले मानून नमानून मचाहिं मेरै मपाइँ!
    ✍️
    भूषण जंग

    अस्ट्रेलिया

    २६//
    आफ्नो काममा ध्यान दिई रहनु नसुन्नु अरुको कुरा,
    जारी राख्नु सँधै आफ्नो काम तिमी ध्यान दिइकन पुरा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’

    संखुवासभा हाल मलेसिया

    २७//
    जल्नेहरू जल्दै गर्छन् वास्ता गर्नु हुन्न,
    आफ्नो डम्फू ठोक्नै पर्छ नभन्नु है छुन्न।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान कालेबुङ्ग,भारत।

    २८//
    देखायौ दम्भ असाध्यै भन्छौं शक्ति छ मेरै,
    धरातल बिर्सियौ साँच्चै अहंकार धेरै ।
    ✍️
    सूर्य मणि रेग्मी

    चितवन

    २९//
    आफुलाई ज्ञानी ठान्ने अज्ञानीका जात,
    सारालाई रुवाएर चढेको छ मात।
    ✍️
    ईशहाक हुसैन

    सिमरा बारा प्रदेस न २

    ३०//
    लाेभ लाभ गर्ने बानी मेराे छदै छैन्,
    पाएदेखि लुकाएर खान्छु देखिदैन् ।
    ✍️
    रामकृष्ण दुवाडी

    पाेखरा ।

    ३१//
    जो छ पढालेखा उही हुने छ समाजमा गुन्डो,
    त्यसैले त पाउँछ गाली शब्दका लात्ति भकुन्डो।
    ✍️
    लक्ष्मी श्रेष्ठ

    बिर्तामोड झापा

    ३२//
    के गरे राम्रो के गरे नराम्रो यत्ति जान्नुहोस्,
    बेकार मा आफुलाई धेरै ठुलो नठान्नुहोस् ।
    ✍️
    रिदम परियार

    शि न पा ४ डोटी

    ३३
    म हुँ सानो कसैलाई, लाग्दैन पृय लौ सुन
    मर्ने छन् ति सबै आफैँ , आफैंमा जल्दछन् जुन ।१ ।
    ✍️
    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    ३४//
    खै कसरी ठुलो मान्छे हुनुभयो तपाइ,
    कस्ले दियो यो पगरी हुने गरी मपाइ ।
    ✍
    नवशिला

    बेलबारी-२,लालभित्ती,मोरङ हाल: गोदावारी लालितपुर ।

    ३५//
    जान्नु सुन्नु केही छैन् बनेको छ ठुलो नेता,
    सेतालाई काला भन्दछ कालालाई सेता ।
    ✍️

    भगवती दवाडी

    ३६//
    जो जले पनि गले पनि गर्ने नै माथि गयो,
    कलिमा छलि गर्ने कर्मले “म”वरिष्ठ भयो?
    ✍️
    मित्र कुमार आचार्य

    काठमाडौं ।

    ३७//
    नसंझ स्वभिमान मर्छ रात पर्छ मेरो जुनि ,
    म त घाम हुँ बिहानीको तिमी हाम्रो छाया मुनि।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ३८//
    संक्षिप्त जीवनि बनाऔं सौन्दर्य सहज र सरल,
    सुनैका थालिमा भोजन गर्दा नि जाने हो मूत्र मल ।
    ✍️
    जिकुमार गौतम

    भद्रपुर १ (पृथ्विनगर) झापा

    ३९//
    सर्वज्ञानी प्राणी म नै हुँ ! धनीमानी पनि,
    सर्वोपरि दखल राख्छु के चाहियो अनि !
    ✍️
    रचना मोक्तान “यात्री”

    नमोबुद्ध नगरपालिका -५, काभ्रे ।

    ४०//
    मै हुँ भन्नेहरु नै हेर! पछि गलेर जान्छन्,
    आफू केही नगर्ने अरुलाई बेकार ठान्छन्।
    ✍️
    परिक्रमा श्रेष्ठ

    धरान- सुनसरी।

    ४१//
    आरिसले जल्नेहरु आफैँ घायल हुन्छन् ,
    पश्चातापले जलेर सधैँभरि नै रुन्छन् ।
    ✍️
    गंगा खड्का

    बूढानीलकण्ठ १, काठमाडौँ

    ४२//
    प्रगतिमा जल्नेलाई जलाउँदै जान्छु,
    गर्दिन म कसैको रिस न खुट्टा तान्छु।
    ✍️
    ललिता अभागी

    सुनकिशी५सिन्धुली

    ४३//
    भन्छौं आफैलाई वरिष्ठ, गर्छौं ठुला कुरा,
    देख्दा लाग्दछ तिमी त हिजो अस्तिकै भुरा।
    ✍️
    सहयात्री शाेभा अर्याल

    रुपन्देही , बुटवल

    ४४//
    आफू मात्र ठुलो हुँ भन्ने गर्छन् ठूला कुरा,
    माखो मार्दैनौं गर्नु पर्दा कुनै काम पुरा ।
    ✍️
    तारा घिमिरे

    सङ्खुवासभा

    ४५//
    सत्तकाे साँचो लिन मात्र रह्याे सबैकाे नि खेल,
    नीति नियम खल्ती भित्र सके जति गरे झेल ।
    ✍️

    प्रद्युम्न चालिसे

    ४६//
    अरुको प्रगति देखेर जसले डाहा गर्छ,
    गर्न दिनुस् न हामीलाई के नै फरक पर्छ।
    ✍️
    निर्मला शाही ठकुरी

    दैलेख, हाल दार्जिलिङ

    ४७//
    आफूलाई वरिष्ठ नठान, छन् है अरु पनि,
    तिम्रो प्रगतिमा नजलेर के गरौँ त अनि।
    ✍️
    कल्पना थामी

    सिन्धुपाल्चोक

    ४८
    सेक्छ कान कसैको बातहरु हुँदै गर्छ,
    अघि बढ्ने गर जलेर ति आत्तिई मर्छ।
    ✍️
    सुरेखा चाम्लिङ्ग**

    भक्तपुर

    ४९//
    अति नै ज्ञानी वरिष्ठ हुनुहुन्छ तपाई,
    अरुले नभनी आफै बन्नुहुन्छ मपाई।
    ✍️
    बिके मुखिया

    दार्जीलिङ, भारत।

    ५०//
    मै खाऊ मै लाऊ भन्ने संस्कार बिग्रेको छ पारा,
    सबै जान्ने वरिष्ठ भए हेर मन्त्री, राजा सारा ।
    ✍️
    शान्ता निरौला

    पाँचथर कन्याटार

    ५१//
    म सँग छ मै हुँ भन्ने रावण झैं घमण्ड सज्जित,
    शक्तिशाली हुँदाहुँदै कसरी हुन सक्छु ? लज्जित।
    ✍️
    शर्मिला श्रेष्ठ

    भैंसेपाटी ,ललितपुर

    ५२//
    मपाईँत्वकाे अहंकारले स्वघाेषित ती व्यक्ति ठुला,
    कामभन्दा कुरा चर्का गर्छन् हिँड्दा तिनकै खुट्टा लुला।
    ✍️
    रामकृष्ण रिजाल

    बा न पा १३ बाग्लुङ

    ५३//
    संसारमै आफुलाई सर्वश्रेष्ठ ठान्छन्
    अरु सबै व्यक्तिलाई निरिह नै मान्छन् ।
    ✍️
    दुर्गा भट्टराई

    मोरङ

    ५४//
    न विज्ञता न छन् नै दक्षता,
    घमण्ड अघि झुक्छ क्षमता।
    ✍️

    म्यामराज राई,भोजपुर

    ५५//
    आफैले आफैलाई वरिष्ठ ठान्नेहरू,
    तिनै हुन् बज्रस्वाँठ त छैनन् बरु अरू ।
    ✍️
    मित्र उराठी गाैतम

    अमरपुर- गुल्मी हाल: बुटवल

    ५६//
    भो ठुला कुरा अब नगरे हुन्छ लिखे,
    जसको सिङ्ग छैन उसैको नाम तिखे।
    ✍️
    गणेश नेपाली

    बगनासकाली-१,बगनास,पाल्पा।

    ५७//
    भाँजो हाल्न नसक्नेलाई त अगुवा नै मानिदैन,
    जसको शक्ति उसकै भक्ति, कहाँ हुन्न जानिदैन ।
    ✍️
    केशव प्रसाद ढकाल `प्रीतबीज ´

    गाेरखा

    ५८//
    काँडाबिना अब फूल फुल्दैन है साथी,
    झर्ने मानिस चाहिन्छ जानलाई माथि ।
    ✍️
    धनुष न्यौपाने

    जुम्ला

    ५९//
    अरूको प्रगतिमा जल्ने जल्दै गर्छन् आफू जल्नु हुन्न,
    त्यस्ताहरू जल्न मात्र होइन खप्पिस् हुन्छन् जाल बुन्न।
    ✍️

    दीपक ठटाल

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

    उदक वाचन कार्यक्रमको आठौँ शृङ्खला सम्पन्न; २१ जना उदक यात्रीको उत्साहजनक सहभागिता

  • २७ मंसिर २०७८, सोमबार १९:३० मा प्रकाशित
  • काठमाडौ, २६ मंसिर । उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको आठौँ शृङ्खला सम्पन्न भएको छ ।

    सो उदक वाचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले साहित्यमा राजनीतिको गन्ध आउन नहुने बताउँदै उदकले छोटो समयमा पनि आफ्नो गति लिएकोले उदकले व्यापकता पाओस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ‌।

    उक्त कार्यक्रममा विशिष्ट अतिथि बेलबारी साहित्य विकास समितिका अध्यक्ष साहित्यकार तिला लेकालीले उदकको भविष्य उज्ज्वल भएको र वर्तमान समयमा नेपाली साहित्यिक माटोमा लघु विधाको आवश्यकता भएकोले समयसँग हिँड्न सम्पूर्णमा अनुरोध गर्नुभएको थियो ।

    उदक वाचनको सो आठौँ शृङ्खलामा उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार सविता केसीले उदक लेखनमा संरचनामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    साप्ताहिक उदक वाचन कार्यक्रममा चन्द्रावती अधिकारी, जमुना कायस्थ, कविता देवकोटा, केशव न्यौपाने, लक्ष्मी बस्याल, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, प्रेम बहादुर थापा, श्रद्धा आचार्य, सीता बिष्ट कार्की, सोम लुइटेल, सुशिला पोखरेल, देवेन्द्र शाक्य, घनश्याम पौडेल, गुणनिधि घिमिरे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार वसन्त अनुभवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन साहित्यकार आर्त अकुलीनले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको आठौँ शृङ्खला सम्पन्न; २१ जना उदक यात्रीको उत्साहजनक सहभागिता

    अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा टुक्का लेखन अभ्यास कार्यक्रम; विश्वका ८२ जना नेपाली भाषी सर्जकहरूको सहभागीता

  • २६ मंसिर २०७८, आईतवार १३:१८ मा प्रकाशित
  • काठमाडौं, टुक्का साहित्य समाज, काठमाडौले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकाे अवसर पारेर यहीँ मिति मङ्सिर २४ गते ‘विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-२७ सम्पन्न गरेको छ ।

    नियमित एवं विशेष अवसर पारेर टुक्का लेखन अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको समाजले संयुक्त राष्ट्रसंघकाे महासभाले मानव अधिकार घाेषणा पत्र पारित गरेकाे ऐतिहासिक दिन डिसेम्बर १० काे सम्झना स्वरुप विशेष शृङ्खला सञ्चालन गरेको शृङ्खला संयोजक/प्रशिक्षक एवं समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    उक्त अवसरमा संकलित टुक्काहरूकाे भाषिक सम्पादन समाजकी सचिव विमुन्स पाैडेलले गर्नुभएको अध्यक्ष चापागाईंले जानकारी दिनुभयो।

    नेपाल लगायत बिश्वका राष्ट्रमा रहेका नेपाली भाषी ८२ जना सर्जकहरूकाे सहभागिता रहेकाे थियो । सहभागीहरूले मानव अधिकार बिषयमा केन्द्रित भई चाेटिला टुक्काहरू सिर्जना गरेका थिए ।

    टुक्का काव्य विधा अन्तर्गतको एक नविनतम प्रविधा हो । जसको लेखन प्रारम्भ २०७७ श्रावण २५ गतेबाट भई आएपनि विविध कारणवश मिति २०७७ पाैष १७ गते औंपचारिक रुपमा प्रकाशन प्रारम्भ भएकाे थियो। दुई हरफमा लेखिने टुक्का कविता छाेटाे समयमा नै धेरै सर्जक तथा पाठकहरू माझ लाेकप्रिय बन्दै गएकाे समाजका अध्यक्ष चापागाईंले बताउनुभयो ।

    अभ्यासका क्रममा सङ्कलन गरिएका मानवअधिकार सम्बन्धी चाेटिला टुक्काहरू

    [१]
    १.
    मानवजातिका साझा अधिकारहरू प्रत्याभूत गराैँ,
    सुखी समृद्ध समाज बनाई संसारभर  शान्ति छराैँ।
    २.
    भेदभाव नहाेस् जात जाति,राष्ट्रियता, लिङ्ग र धर्ममा,
    मानव अधिकार रक्षार्थ नपाराैँ कसैलाई मर्ममा ।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    १.
    अधिकार छन् मलाई माटो र म वीच मायाँ गाँस्न
    सक्दैन अपमान गरी यो धूलो निधारमा टाँस्न।
    २.
    मानवीय मूल्य अधिकार को नाममा नभत्कियोस्,
    मान्छे मर्ने दिनका लागि पनि आत्मीयता राखियोस्।
    ✍️ विमुन्स पाैडेल
    पाेखरा

    [३]
    १.
    आफ्नो अधिकार खोज्दा अरूको खोसिनु हुन्न,
    यदि खोसियो भने कस्को पो यहाँ मन रुन्न।
    २.
    हामी मानवहरू सधैँ मिलेर बस्नुपर्छ,
    एकजुट भएर बस्यौं भने कस्ले पो हर्छ।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [४]

    १.
    एक्काइसौं शताब्दीमा पनि कुरा काट्दछन् नानाभाती,
    मानव अधिकार कतै छैन भेदभाव जातजाति।
    २.
    बलिष्ठले निर्धोलाई दबाउँदै विश्वभर फैलिदै युद्ध,
    पुन: जगमा जन्म लिएर शान्तिको सन्देश पुर्याऊ बुद्ध।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर

    [५]
    १.
    कति गर्छन् नेताहरू मानव अधिकारको कुरा
    व्यवहारिक जीवनमा कहिले हुन्छ होला पूरा ?
    २.
    यस धर्ती सबैको हो सबैले बाँच्न पाउनु पर्छ
    मानवले सबै अधिकारलाई सुरक्षित गर्छ!
    ✍️ निशा शाही ठकुरी
    दैलेख, हाल दार्जिलिङ्ग

    [६]
    १•
    मान्छेले मान्छे हुॅ भन्न नपाउने,
    हुॅदैन कोही एक्लिँदा सघाउने।
    २•
    मानव अधिकार पोको पारेर,
    मानवता बेचियो दफा सारेर।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [७]
    १.
    हतकडी पर्यो क्या हो ए! दैव! तेरो हाथमा
    कोही छन् महलमा ,कोही किन फुटपाथमा?
    २.
    एउटै त हो संसार जिउने सबैलाई बराबर छ अधिकार
    यो उचनीच जातपात छुवाछूत सबै व्यर्थैको कुरा हुन् यार।
    ✍️ बी.कुलुङ
    दार्जिलिङ

    [८]
    १.
    मानव बेच बिखन होला रोकिने कहिले
    संकटै अघि बादल कालो घुमेको जहिले ।
    २.
    गास ,वास ,कपास ,शिक्षा र स्वास्थ्य पूरा गरेर बॉच
    मानव अघिकार प्राप्त गरेर स्वतन्त्र भई नाच।
    ✍️ इन्दिरा देवकोटा
      कपिलवस्तु न .पा .३

    [९]
    १
    यही देशमा देखियो मानव अधिकार हनन भएको
    जुनै सरकार आए तापनि व्यवस्था चाहिँ खेर गएको।
    २
    वलात्कृत अबला नारी मानव अधिकारको गुहार लगाउँदैछिन्
    न्याय नपाएपछि दैत्यहरूलाई तरवार लिएर भगाउँदैछिन्।
    ✍️ दिपक ठटाल
    दार्जिलिङ्ग

    [१०]
    १
    औपचारिकता मात्र किन भएछ यो दिन,
    स्मरण गरौँ अन्तरराष्ट्रिय एकछिन।
    २
    मान्छेले अधिकार पाउँन संघर्श गर्छ,
    न्यायको लागि लड्ने किन अन्यायमा पर्छ।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ

    [११]
    १.
    मानव र मानवताका धेरै कुरा गर्छन्
    त्यही नाममा सबै आफ्नै मात्र पेट भर्छन्।
    २.
    सेवा गर्नु मानविय धर्म मानिन्छ,
    मानवता दर्शाउनु कर्म ठानिन्छ।
    ✍️ सुशिला पाैडेल
    अर्घाखाँची

    [१२]
    १.
    विश्वमा ढाेल पिटिन्छ मानव- अधिकार ,
    बलियाको नै  देखिन्छ सर्वत्र अत्याचार ।
    २.
    यत्र तत्र सर्वत्र लिपिबद्ध छ मानवाधिकार ,
    निमुखाकाे पक्षमा बोलिदिने देखिदैन खै मुहार।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर

    [१३]
    १. 
    मेरो देशमा आयाे  मानव अधिकार
    पुरुष  सिकारी भए महिला सिकार ।
    २.
    मानव अधिकार कराको सबैले सुन्छन्
    सरकारले कानमा नुन ठोसेर थुन्छन्।
    ✍️ गणेश तिमल्सिना गति
    गणेशमान चारनाथ नगरपालिका १० 
    धनुषा / गाेदार

    [१४]
    १.
    मानवले पाऊन् अधिकार लोकमा
    बस्न चाहिँ नपरोस् जीवन भोकमा।
    २.
    अधिकार मात्र होइन कर्तव्य पूरा गरौँ
    समाज हामीले आदर्श नै आदर्शले भरौँ।
    ✍️ तेजप्रसाद खनाल
    लमही दाङ।

    [१५]
    १.
    मानिसमा ठूलो सानू उचनिचको भेदभाव कसैलाई पनि नहोस् ,
    बिश्वमा पाएको गास बास कपास शिक्षा सुनिश्चित यो देशमा हवोस् ।
    २..
    मानवअधिकार वादीहरू हो  अधिकारको नाराले मात्र छुन्न ,
    सबै अधिकार पुग्नुपर्छ कसैलाई पनि चोट पुर्‍याउन हुन्न।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ

    [१६]
    १.
    संविधानको खोस्टोमा मात्र मानवअधिकार लेखेर के गर्नु,
    गरिब जनता झुपडीमा भोकले लडेका छन् भै बाच्नु न मर्नु।
    २.
    मानवअधिकार लोकतन्त्रको सुन्दर उपहार,
    जनताको हकको सुनिश्चित गरेमा हुनेछ सार।
    ✍️ रवीन्द्रनाथ पोखरेल
    देबचुली,नवलपरासी

    [१७]
    १.
    मानवता नै हरायो खै मानव अधिकार
    मान्छेले मान्छे बेच्छ मौलायो मान्छेकै व्यापार।
    २.
    गरिबको गास काटी’यो हो अधिकार’भन्यो,
    निमुखाको कुरा गर्दै आफैं तानाशाह बन्यो।
    ✍️ भूषण जंग
    अस्ट्रेलिया

    [१८]
    १.
    समानता , स्वतन्त्रता र न्यायको संरक्षण गरौँ,
    द्वन्द्व हटाएर मानवअधिकारको प्राण भरौँ ।
    २.
    मानव अधिकारको ख्याल गरी शान्ति दीप बाल्नुपर्छ,
    सुख, अमनचैनको लागि राम्रो काम आजै  थाल्नुपर्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    [१९]
    १.
    सबैले स्वतन्त्र भएर हिड्न पाउँनुपर्छ
    अनि मात्रै मान्छेले चाँहेको अनुसार गर्छ |
    २.
    मानव माथि अत्याचार कसैले पनि नगरौं ,
    आफ्नो अधिकार पालना गर्न हामी अघि सरौ ।
    ✍️ बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    [२०]
    १.
    कसैको अधिकार खोसिनु हुन्न अत्याचारले थिचेर,
    सबै मानव बराबर हुन् गर्नु हुन्न शोषण मिचेर !
    २.
    सुख र दुखको जिन्दगी सबैले पाउनु पर्छ बाँच्न,
    यो हो मानव अधिकार सबैले पाउनु पर्छ साँच्न !
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

    [२१]
    १.
    गरीव  भन्दै  हिंसा गर्दै  मार्छेऊ  जलाई
    यो जीवन हाँसी खुसी बाँच्न देऊ मलाई।
    २.
    होचो अग्लो जाती धर्म छुट्याएर अनि पानी पिउने
    हामी पनि तिमी जस्तै मानव हो देऊ अधिकार जीउने।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [२२]
    १.
    खोलिएका छन् मानव अधिकार भनेर संघ संस्था हरू,
    खै केभएको छर कैयौँ बेचिरहेका छन् चेलिबेटी बरु।
    २.
    एनअार एन जस्ता संस्था खोले नेपालीका लागि अन्तराष्ट्रमा पनि,
    सचेत बन्नुछ हामी मानव अधिकारको बारेमा जानकार बनी।
    ✍️ दुर्गा आचार्य
      मोरङ

    [२३]
    १.
    पाउँनपर्छ सबैजना मानव भएर  हाँस्न
    सुरक्षित रहौँ सबै हुदैन अधिकार नास्न।
    २.
    जात,जाति सबै धर्म मानवताका साथी
    सबै मिली बिगुल फुकाैँ पुर्याउनु  माथि ।
    ✍️ सीता काफ्ले खुसी
    सिनपा ८ भैरहवा, नेपाल

    [२४]
    १.
    हिंसा र असमानताबाट मुक्ति पाईन्छ कहिले?
    सबैले मानव अधिकार बारे बुझ्नेछन् जहिले ।
    २.
    समानता हाेस् सबैलाई काेही नि पिडामा बाँच्नु नपराेस्,
    मानव अधिकारकाे चेतनाले समाजमा शान्ति छराेस् ।
    ✍️ रश्मि रिमाल
    झापा

    [२५]
    १
    दिनहुँ मानव हत्या छाप्छ अखबार
    छाेरी बलात्कृत सुनाउँछ समाचार।
    २
    जे गर्न पनि डर सम्झिऊँ त्रास हजार
    खै कहाँ गयाे स्वतन्त्र मानवअधिकार।
    ✍️ सरु बस्नेत
    निजगढ, बारा

    [२६]
    १.
    जन्मदैमा प्राप्त मानव अधिकार, किन आज खोसियो
    हिंसा सही बस्ने सानी बाट पनि मृत्युको बाटो रोजियो।
    २.
    खै मानव अधिकार पीडितको आँखामा आँसु सुके
    हिंसा को पहाड ठुलो थियोे अपराधी त त्यहीँ लुके ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।

    [२७]
    १.
    केवल स्वयं उच्च अन्यलाई निच कदापि नदेख
    द्वन्द्व मेट्ने समानता र करुणा हृदयमा लेख ।
    २.
    गल्ती अनि गलतलाई असल मार्गको द्वार खोल्नु
    स्फुर्त आउँछ मानवी अधिकार पर्दैन केही बोल्नु।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’ भद्रपुर ३ झापा

    [२८]
    १.
    तिमी बंगलामा बस्ने बिस्तारामा जाऊ
    यही गल्ली  मेरो घर हो  यता नआऊ ।
    २.
    जब मान्छेलेनै मान्छे मारेर खायो
    धर्म, नीति र मानवीयता  हरायो ।
    ✍️ लक्ष्मण समीर
    बर्दिया, हाल काठमाडौ

    [२९]
    १.
    नसाेचाैँ है ठुलाे सानाे कसकाे जीत अनि हार
    सबैलाई समान देखिने मानवअधिकार।
    २.
    जात जाति वर्ग लिंङ्ग सिमाना नछुट्याईयाेस्
    समान हक अधिकार लिई बाँच्न पाईयाेस् ।
    ✍️ लक्ष्मी धिमिरे दहाल
    दमक, झापा ।

    [३०]
    १.
    मानव अधिकारको कुरा गरेर मात्र लौ!कहाँ हुन्छ र पूरा
    जब उनीहरुले कामै पूरा नगरी छोडिदिने गर्छन् अधुरा।
    २.
    “मानव मात्रको अधिकार” नै लौ! मानव अधिकार हो हेर!
    “सबैलाई समान हुनुपर्छ,” यो भन्दा के कुरा गर्नु र धेर ।
    ✍️ श्रेस्ठ “परिक्रमा”
    धरान, सुनसरी ।

    [३१]
    १,
    यहाँ  प्रतिष्पर्धा हतियारको ज-जसले गर्छन् ,
    उनै मानव  अधिकारको कुरामा  लागि पर्छन्।
    २,
    कसलाई  रहर  छैन  र  यहाँ  बाँच्न?
    तर साह्रै कठिनछ यो ढुक्ढुकी साँच्न।
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज-२०
    राँझा एयरपोर्ट बाँके

    [३२]
    १.
    आफ्नो अधिकार उपभोग गर्दा अरूको हनन् नहोस्,
    ख्याल राखौँ हाम्रो व्यवहार द्वन्द्वको कारण नबनोस् ।
    २.
    सबैको उचित सम्मान गरौँ अनि समान व्यवहार,
    सुरक्षित छ प्रत्येकको सम्मानित भै बाँच्ने अधिकार ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३३]
    १
    मानव अधिकारको हक हितका बारेमा म जानकारी लिन्छु,
    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना दिन्छु।
    २
    मानिसले पाउने अधिकारको  संरक्षण गर्छ,
    मानवअधिकार मौलिक हक अन्तर्गत पर्छ।
    ✍️ भगवती दवाडी
    झापा

    [३४]
    १.
    धरती यो सबैको सबैले टेकुन्
    सुर्यको किरण कसैले नछेकुन्।
    २.
    मानवमा नहोस् पशु तुल्य ब्यबहार
    कसैमा नगर्नु थिचोमिचो अत्याचार।
    ✍️ बिके मुखिया
    दार्जिलिङ्ग

    [३५]
    १.
    मानवको अधिकार मानवले लुट्यो
    थोरै थियो बाँच्ने आशा त्यही पनि टुट्यो।
    २.
    अधिकार खोज्छनआज कर्तव्य थाछैन
    संविधान बन्यो हजुर पालना भाछैन।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३६]
    १.
    गास बास र कपास नै हो प्रारम्भिक मानव अधिकार
    ठूला आश्वासन धेरै बाँडिए साना हुनसकेन स्वीकार।
    २.
    स्वास्थ्य र शिक्षामा सुनिश्चित हुनुपर्छ मानव अधिकार विश्वभरि,
    गरिव देशहरू लाचार हुनाले सम्पन्न देशको भयो मनपरी।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [३७]
    १.
    बालबच्चा र महिला,अपाङ्ग र जेष्ठ नागरिकको ख्याल गरौं,
    यिनीहरूको अधिकार सुनिश्चित गर्नलाई सधैँ अघि सरौं।
    २.
    संविधान प्रदत्त कानुनको राज्यले कार्यान्वयन गर्नु पर्छ,
    यस्तो प्रक्रियाले नागरिकको मौलिकअधिकारको रक्षा गर्छ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३८]
    १.
    मानव अधिकारले मानिस स्वाभिमानी बन्छ
    संसारमा भइ रहनू सबै बराबरी भन्छ।
    २.
    तनमन देखि हट्नु पर्छ हाम्रो कुविचार
    रहनु हुन्न कतै पनि भेदभाव जन्य धार।
    ✍️ दस्ता कौशिक
    पाँचथर

    [३९]
    १.
    हर एक काे हृदयमा मानवताकाे बीउ छरौँ
    सबैकाे हित अनि अधिकारकाे लागि अघि सरौँ।
    २.
    सानाे ठुलाे भेदभाव बिना खुशीले बाँच्नु पाउनु पर्छ
    अादर सत्कार गराैँ सबैलाई दुख पिडा पर सर्छ।
    ✍️ रिना याेल्माे
    दार्जिलिङ्ग

    [४०]
    १
    मानवका अधिकारले मन मुटु छोओस्
    दु:ख पीडा वेदनालाई आजीवन धोओस्।
    २
    न्याय निम्ति आवाजहरू उठिरहनुपर्छ
    सहयोग खातिर हात पाउ जुटिरहनुपर्छ ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [४१]
    १.
    साझा सवाल हुन्छन् सबैका आवश्यकता पनि उस्तै हुने ,
    मानव जाति हामी नगरौँ व्यवहारमा कसैको दिल रुने।
    २.
    मानवता अनि समानता अाधारभूत रुपमा पाअोस,
    जीवन बाँच्न र बचाउन विश्वबन्धुत्वमा शान्ति छाअोस।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४२]
    १.
    जीउँदाे लास बनेर काेहीपनि बाँच्न नपराेस् कहिले ,
    हाँसी खुसी बाँच्नलाई पाउँनु पर्छ मानवले जहिले।
    २.
    सीमित नहुँन् मात्र नारामा हाम्रा हक  र अधिकार,
    अमानवीय जति सबैलाई गर्नुपर्छ है प्रतिकार ।
    ✍️ भावना मञ्जु
    माेरङ

    [४३]
    १.
    उन्नाईस सय अठ्चालिसकाे डिसेम्बर दशमा ,
    पास भई अायाे दस्तावेज दूनियाँ पर्याे वसमा ।
    २.
    विश्वव्यापी घाेषणाले सुनिश्चितता छायाे ,
    यूद्धबन्दि पिडित सबले राहत पायाे ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [४४]
    १.
    समान अधिकार को नारा लागेको धेरै भयो साथी
    निमुखा को मानव अधिकार खोसी पुग्यौ निकै माथि ।
    २.               
    शक्तिको आडमा सबै अधिकार खोसिएको छ आज
    जागौ धर्ती पुत्र हो साँच्चै नङ्ग्याउनू छ जन समाज।
    ✍️ सूर्य मणि रेग्मी
    चितवन

    [४५]
    १.
    मानिस नै दुनियाँमा  सर्वश्रेष्ठ  नामी,
    व्यर्थै किन जात,धर्म, छुट्याउँछाैँ हामी ।
    २.
    विवेकशील मान्छे भित्रै हुन्छ  मारामार ,
    जन्मसिद्ध किन छैन मानवअधिकार ?
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४६]
    १.
    पृथ्वी भरीका मान्छेले समान अधिकार पाउन्
    भेदभाव रहित भएर  खुशीको  गीत गाउन् ।
    २.
    जाति लिङ्ग ठुलो सानो भेदभाव हटेर जाओस्
    मान्छेले यहाँ मान्छे भएर शान्तिले बाँच्न पाओस् ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर — मोरङ हाल अमेरिका

    [४७]
    १.
    जताततै मानव अधिकार हनन
    गरीवलाई छैन सुख शान्ति चयन ।
    २.
    नेता जी ! गर्नुहुन्छ मानव  अधिकारको कुरा
    भोकै मर्दैर्छन् कति बिचरा बेसाहारा बबुरा ।
    ✍️ बिके माकजु , भक्तपुर

    [४८]
    १.
    मानव अघिकार कसैको हनन हुन्न गर्नु
    समान ठानी सबैमा समान माया पर्छ भर्नु ।
    २.
    अधिकार बोल्ने पढ्ने बाँच्न पर्छ पाउन
    सुरक्षित खाना साथै खोप पर्छ लाउन ।
    ✍️ तारा घिमिरे,
      सङ्खुवासभा

    [४९]
    १.
    हुनेखाने ठालुलाइ कानुन बन्दव्यापार,
    निमुखा गरीवले मात्र के जानुन् सबै सार।
    २.
    नढक्ढक्याई फैलियोस् समता सन्देश
    एउटै अर्थ बोकी हिड्छ मानव भेष।
    ✍️ जिकुमार गौतम 
      झापा भद्रपुर- १

    [५०]
    १.
    कठोर कानून बोकी सरकार अब आऊ,
    बलात्कार र हत्याबाट छोरीहरू बचाऊ ।
    २.
    मानव  अधिकार  उल्लंघन  गर्नु  हुँदैन,
    शान्ति कायम भएपछि यहाँ कोही रुँदैन ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध नगरपालिका-५, काभ्रे ।

    [५१]
    १
    सिङ्गो ब्रमाण्ड नै हो हामी सब मानवजातिको घर
    नीतिनियममा ”मानव अधिकार” सुरक्षित गर ।
    २
    सबै राष्ट्र एकतामा बन्धुत्वको सन्देश छरौँ
    स्वास्थ शिक्षासगै, आर्थिक क्षेत्रमाथि क्रान्ति गरौँ ।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    [५२]
    १.
    मान्छे मान्छे बीच किन हुन्छ यहाँ भित्र भित्रै मारामार,
    हामीले राम्रोसँग पाउनु पर्छ नि मानव अधिकार।
    २.
    अनेकौं नारा लगाएर भन्छन् पाउँनु पर्छ मानव अधिकार,
    तर यहाँ हाम्रो याे सरकारले गर्दैन केही पनि सराेकार।
    ✍️ सहयात्री शाेभा अर्याल
      रुपन्देही , बुटवल

    [५३]
    १
    द्वन्द चल्छ जात र धर्ममा, मेटिन्न भेदभावको राँटो
    भाषणमा मात्र सिमित छ मानव अधिकारको पाटो।
    २
    हुँदा खाने गरीवलाई के थाहा अधिकारका कुरा
    विकृति र बिसंगतीले बन्दछन् काम सबै अधुरा।
    ✍️ अबजस चन्द्र
    झापा

    [५४]
    १
    मानवले अझै मानवलाई बुझ्ने कहिले होला
    मानवलाई चोट दिई पत्थर पुज्दा मन रोला
    २
    मानवमा  प्रेम  जगाइ  दिए हुन्छ
    पीडा कहिल्यै नदिनु है मन रुन्छ
    ✍️ विशाल सुवेदी
    मनहरी-९ मकवानपुर

    [५५]
    १.
    अधिकार सँगै थियो हाम्रो नि युद्ध
    सरकार आई पुनः हौँ भन्छ बुद्ध ।
    २.
    मन भित्र भित्रै जल्यो, माया हरायो
    भइ सत्रु भाइ यहाँ भाइ फुटायो।
    ✍️ मोहन तरामु मगर
    गुल्मी नेपाल, हाल- यूएई (अरब)

    [५६]
    १.
    जुन  ठाउँमा  भए  पनि  भयानक  युद्ध,
    मानवताको रक्षा होस् मनमा राखी बुद्ध ।
    २.
    समाजमा विकृति र हिंसाको नथोपरौं भार,
    बाँच्न पाउने अधिकार हो मानव अधिकार ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५७]
    १.
    मानवअधिकारका नारा र  भाषणले मात्रै हुने छैन केही  यहाँ
    समान रुपमा गास वास कपास र शिक्षाको सुनिश्चित होस जहाँ ।
    २.
    विश्व भरिका मानिसले समान अधिकार पाइ रमाउन्
    भेदभाव रहीत सुखी जीवन साथ घरबार जमाउन् ।
    ✍️ दुर्गा भट्टराई
      मोरङ

    [५८]
    १.
    मान्छेले मान्छे भै पाउने पूर्ण  अधिकार जति सब,
    मानव अधिकार भनी जान हटाउ भ्रम लौ अब ।
    २.
    गास, बास, कपास ,खोज शिक्षा स्वास्थ्य सबै कुरा ,
    प्रविधि, चेतना , ज्ञान अधिकार बुझ है पूरा ।
    ✍️ रामजी लामिछाने
    पोखरा

    [५९]
    १.
    समानता र सामाजिक न्याय सहितको लोकतन्त्र ,
    मर्म बुझौं मानव अधिकारको यही हो मुलमन्त्र ।
    २.
    महामारीबाट पनि बच्न पाउने खोपका कुरा ,
    मानव अधिकार भित्र पर्छ कहिले होला पूरा ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी

    [६०]
    १.
    मान्छे -मान्छे सबै उस्तै काेही हुन्न जहर
    मानवतालाई विभेद गर्ने अझै कस्तो रहर।
    २.
    मान्छेलाई समान देख्ने धेरै अघि बढिसके
    विभेदकारी नजरहरू आफैभित्र सडिसके।
    ✍️ रामप्रसाद बेल्बासे `एक्लाे यात्री´
    बुद्धभूमि -३ कपिलवस्तु
    रकार्यरत- तमानखाेला,बागलुङ ।

    [६१]
    १.
    माथि पुग्ने धेरै माथी नै छन् पिडित तलको तलै झरेका छन्,
    मानव अधिकारको कुरा गर्छौं कैयौं भोक भोकै मरेका झन्।
    २.
    सक्छौ भने महोदय यो मानव अधिकार जनाउँनू पर्छ,
    अनि मात्र कुना काप्चा का मानव को अधिकार कसरी टर्छ।
    ✍️ कमला पाण्डे पराजुली
      झापा

    [६२]
    १.
    मानव जाति सबै मिली फैलाऊँ  है,शान्ति र सद्भाव,
    जात धर्म लिङ्ग वर्णको आधारमा,नरहोस् दवाव ।
    २.
    गास बास कपास र शिक्षा स्वास्थ्य बराबर रहोस्,
    मानिसको हित,अधिकारमा तानाशाही नठोस्।
    ✍️ विबश पारदर्शी,
    भद्रपुर  न० पा०, वडा  नं० २
    झापा

    [६३]
    १.
    मानवले मानवको मनमा मानवता नै भरौँ,
    सबै मिली मानव अधिकारको सम्बर्धन गरौँ।
    २.
    दिवस मात्र मनाउने हैंन व्यवहारमा नि उतारौ,
    मानव अधिकारको विचारलाई सधैँ सफल पारौँ।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही
    हाल सुर्खेत

    [६४]
    १.
    भुलेर पनि कसैले हत्या र हिँसा नगर्नु
    मानव सबै समान हुन भ्रममा नपर्नु ।
    २.
    कर्तव्य नभुलाैं सचेतना जगाऊँ
    मानव अधिकार दिवस मनाऊँ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [६५]
    १.
    थिचाे मिचाे सहेर हुन्न सबैले आवाज उठाऊँ,
    आफ्नाे अधिकार पाउनकाे निम्ति हिम्मत जुटाऊँ ।
    २.
    सबैलाई समानता र सम्मान गर्ने गराै,
    समान पहुँच र अधिकार सबैमा छराैं ।
    ✍️ रिना सापकोटा खनाल
      बारा सिमरा

    [६६]
    १.
    हामी सबैले खुसी साथ बाँच्नुपर्छ यहाँ,
    न्याय दिऊँ अन्यायमा परेकाछन् जहाँ।
    २.
    सबैको साझा धर्ती घमन्ड गर्छौ किन?
    हातमा हात मिलाई मिली सबै हिन।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक

    [६७]
    १,
    खुशी देख्न पाऊँ बारम्बार,
    सबैलाई  मिलोस् अधिकार ।
    २,
    मानव बिना अँध्यारो संसार,
    बराबर  पाईयोस् अधिकार ।
    ✍️ साहित्य प्रेमी प्रयासी श्री लिम्बु आङ्बुहाङ
    पाँचथर

    [६८]
    १.
    मानवताको भावना लिई अघि अघि बढौं
    राम्रो काम गरि प्रगतिको शिखरमा चढौं।
    २.
    मानव हामी सबैको मनमा एउटै रहोस् भावना
    सबैलाई यो मानव अधिकारको धेरै शुभकामना ।
    ✍️ ललिता अभागी
    सुनकोशी५-सिन्धुली

    [६९]
    १.
    नलगाऊँ महिलाहरूलाई बोक्सीको आरोप
    गल्ती गर्नेलाई सजाय होस् नगर्नु ढाकछोप
    २.
    गरौँ मानवअधिकारका आवाज बुलन्द
    अनि हुन्छ यो जिन्दगानी साह्रै आनन्द
    ✍️ रत्ना पुन
    रुकुम

    [७०]
    १.
    सडक र सदनमा मात्रै नगरौँ, मानव अधिकारका कुरा
    बोली ,व्यबहारमा पनि हटाऊँ छुवाछूत, गरौँ वचन पूरा ।
    २.
    जात र धर्मको नाममा गरिने हिंसा  सबै छोडौँ
    स्वच्छ र सुन्दर समाज, भाइचाराको नाता जोडौँ ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [७१]
    १
    साना देखि ठूलालाई सम्मान गरेको देखूँ ,
    त्यत्तिकै मानव अधिकारको पोष्ट नलेखूँ।
    २
    गास ,बास ,कपास मात्र पाएर केही हुदैन ,
    शिक्षा,स्वास्थ्य सबै ज्ञान पाए पछि कोही रूँदैन।
    ✍️ कान्छी बिनिता विश्वकर्मा  बाजुरा

    [७२]
    १.
    पाउनु पर्छ सबै अधिकार, कसैको नजाओस् खेर श्रम
    गराऔँ ध्यानाकर्षण सरकारको, गरी राम्रो कार्यक्रम ।
    २.
    अधिकारको गरेर दुरुपयोग, नखोसून् अरूको अधिकार
    यदि त्यस्तो भए कतै, बस्नु हुन्न सहेर, गर्नु पर्छ प्रतिकार ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल ललितपुर ।

    [७३]
    १.
    मान्छेलाई मान्छे हुनुकाे अर्थ बाेध हुनुपर्छ
    नारामा होइन, व्यवहारमा मन छुनुपर्छ  ।
    २.
    भाइचारा र सद्भावका सयपत्री फुलीरहून्
    निर्धक्क भई चराजस्तै मान्छे पनि डुलीरहून् ।
    ✍️ दुर्गा वनवासी
    झापा

    [७४]
    १.
    अन्तर्राष्ट्रिय मानव अधिकारको प्रयोग
    समानता दिगो विकास सबैको सहयोग।
    २.
    कार्यस्थलमा कामको सम्मान
    नगरियोस् कसैको तानातान।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर-०५, बैतडी

    [७५]
    १.
    विश्व भरका मानवलाई आफ्नै सम्झौँ हामी
    एक अर्काको हृदयलाई संधैँ रहौँ  छामी।
    २.
    मानव रूपमा जन्मेपछि पहिले मानव बन्न सिकौँ
    मानव अधिकार  सुनिश्चित गरौं वैषम्य काँडा झिकौँ।
    ✍️ अर्जुन उप्रेती (अप्रतिम)
    असम भारत।

    [७६]
    १
    आफ्ना सबै अधिकारका निम्ति लडेर,
    चारै पुस्ता सवालहरू पूरा गरेर ।
    २
    जन्मसिद्ध अधिकार माैलिक हक सहित,
    उठाैं जागाैं बनाऊ देश हत्या हिंसा रहित ।
    ✍️ शान्ति याक्साे, ताप्लेजुङ
    हाल काठमाडौं ।

    [७७]
    १.
    सबले  हाँस्न  पाउनु  पर्छ  सबले बाँच्न  पाउनु  पर्छ,
    मानिस बनी जुन मानवले सधैँ  हितको  काम गर्छ।
    २.                               
    अधिकार प्राप्त गर्न हामीले जिम्मेवारी नि लिनु पर्छ,
    समानता  दिलाई  सबलाई  भेदभावको  पीडा  हर्छ।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    हाल गोदावारी, लतितपुर।

    [७८]
    १.
    मानव जातिलाई महसुस होस् यो अधिकार
    हिंसा ,अशिक्षा ,गरीवी लाग्नेछ यसबाट पार
    २.
    अधिकारक‍ो सुनिश्चितता हुन गर्नुपर्छ कर्तव्य पूरा
    हिंसाको अन्त्य आफैँबाट थालौँ हुन्न केवल गरेर कुरा
    ✍️ मिसु श्रेष्ठ
    काँडाघारी काठमाडौं

    [७९]
    १.
    मानव अधिकार दिवस मनाएर मात्र हुँदैन  कसैको भलो
    जबसम्म बन्दैन सबलाई दिने समान न्याय कानुनको  थलो।
    २
    थिचो र मिचो नगरौँ है हामी कसैलाई
    समान नजरले हेर्ने गरौं सबैलाई ।
    ✍️ काेकिला चाैधरी
    बाँके ।

    [८०]
    १.
    हर्षकासाथ मनाइरहन पाऊँ  मानव अधिकार
    अमानवीय क्रियाकलापकाे नबनाेस् काेही सिकार।
    २.
    मालिकहरूले श्रमिककाे यहाँ  गर्दैछन् शाेषण,
    गाह्रो छ दैनिक ज्यालाले जहान पालन पाेषण।
    ✍️ रामकृष्ण रिजाल
    बा न पा १३ बागलुङ

    [८१]
    १.
    सबै मानव समान देख्न हुनु पर्छ महानता,
    भेदभाव सबै हटाई ल्याऊँ हामीले समानता।
    २.
    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे शुभकामना
    आफ्नाे अधिकार प्राप्तिकाे लागि एक जुट बनाै सबै जना।
    ✍️ वसन्ती भण्डारी
    सुर्खेत

    [८२]
    १.
    सुचित गरिएका  नै आधिकार थिए
    कुल्चीएका केही लाई बल्ल उठ्न दिए।
    २.
    टल्किने तारा बनी सुगन्ध छोड्न खोजे
    पाए खुसी भए सुखी राम्रो पथ रोजे।
    ✍️ धनुष न्यौपाने

    >>> जय टुक्का! जय साहित्य!! <<<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा टुक्का लेखन अभ्यास कार्यक्रम; विश्वका ८२ जना नेपाली भाषी सर्जकहरूको सहभागीता

    जे.भि.फाउन्डेसनद्वारा गोरखनाथ वैदिक गुरुकुल दाङमा न्यानो कपडा वितरण

  • २६ मंसिर २०७८, आईतवार ००:४८ मा प्रकाशित
  • दाङ, २५ मंसिर । जे.भि.फाउन्डेसन नेपालले घोराही उपमहानगरपालिकाको कार्यक्षेत्र भित्र अवस्थित गोरखनाथ वैदिक गुरुकुलका बटुक तथा कन्यालाई न्यानो कपडा वितरण गरेको छ । जे.भि.फाउन्डेसन, लुम्बिनी प्रदेश प्रमुख प्रकाश भट्टराईले उक्त सामग्री वितरण गर्नुभएको हो ।साथै उहाँले ३० हजार भन्दा बढी रकम बराबरको कपडा वितरण गरिएको जानकारी दिनुभयो।

    विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा कार्य गर्दै आएको फाउन्डेसनले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरू लगायत देश भरिका मठ, मन्दिर, गुरुकुल, अनाथालय, बाल गृह जस्ता संस्थाहरूमा प्रा.डा.जगदिश वैद्यको सक्रियतामा हरेक वर्ष खाद्यान्न लगायत लत्ताकपडा वितरण गर्दै आएको फाउन्डेसनका लुम्बिनी प्रदेश प्रमुख भट्टराईले बताउनुभयो।

    पीर मठाधीश याेगी सन्ताेषनाथकाे प्रमुख उपस्थितिमा भएको कार्यक्रममा गुरुकुलका विद्यार्थीहरूले स्वस्ति वाचन र वैदिक मन्त्रोच्चारण गरेका थिए।

    अभिभावक,साधु,सन्त मठ तथा गुरुकुल समितिका सदस्य सहभागी रहेकाे कार्यक्रममा गुरुकलका सचिव ताेयनाथ याेगी ,लमहि पतञ्जलि याेग प्रभारी भेषराज भट्टराई ,वैदिक सनातन हिन्दू परिषदका केन्द्रीय अध्यक्ष दधिराम शर्मा, लगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on जे.भि.फाउन्डेसनद्वारा गोरखनाथ वैदिक गुरुकुल दाङमा न्यानो कपडा वितरण

    साप्ताहिक उदक अभ्यास शृङ्खला सम्पन्न; ६४ जना स्रष्टाहरूको सहभागीता

  • २५ मंसिर २०७८, शनिबार २०:१२ मा प्रकाशित
  • काठमाडौ, २५ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३० औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo: social media

    अभ्यास क्रममा सृजना गरिएका उदकहरू

    १//
    बुवा
    जन्मदाता कर्मदाता
    सन्तानको भाग्य विधाता !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    गगन
    निश्चल मन
    सन्तानको सदा पालनपोषण !
    ✍️
    भावना मञ्जु

    ३//
    बुवा
    सृष्टिकर्ता परमेश्वर
    आनन्दमय जीवनको अनुभव!
    ✍️
    गुणनिधि घिमिरे
    पाँचथर, मोरङ हाल अमेरिका

    ४//
    बा
    जीवन रथ
    मीठो चित्र कल्पना !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    ५//
    अकाट्य
    सत्य भावना
    सन्तान प्रतिकाे सम्बन्ध!
    ✍️
    राेशन पराजुली,धरान।

    ६//
    बाबा
    जीवनको मार्ग
    सुन्दर सृष्टिको उत्पत्ति !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ७//
    बाबा
    जिन्दगी दाउमा
    आफ्नै सन्तानका खातिर !
    ✍️
    वेद प्रसाद रिजाल

    ८//
    पिता
    जीवनको पुल
    पारी तार्ने जिम्मा!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    ९//
    बाबा
    सुन्दर संसार
    जीवनको मार्ग निर्देश !
    ✍️
    सरस्वती श्रेष्ठ, इटहरी

    १०//
    पिता
    माताकाे ममता
    सन्तान आदर्श पुञ्ज!
    ✍️
    खड्गबहादुर गुरुङ।

    ११//
    बाबा
    जिबनको मार्गदर्शन
    सांसारिक जिवन चक्र!
    ✍️
    रमा पन्त

    १२//
    बुबा
    सन्तानको लागि
    प्राणभन्दा अधिक प्यारो !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    १३//
    बाबा
    जीवन दान
    संसारकै अमुल्य बलवान!
    ✍️
    सरस्वती वली
    बर्दिया

    १४//
    स्कूल
    खाेला पारी
    तर्न पुलकाे खाँचाे !
    ✍️
    नवराज भट्ट, महेन्द्रनगर

    १५//
    सन्तान
    भविष्यको दर्पण
    आमाबाबुको प्राण समर्पण!
    ✍️
    चक्र आलेमगर “लाफा” कैलाली

    १६//
    पिता
    जिन्दगीको प्रेरणा
    कठिन मोडमा पुल !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा – ९ , कैलाली

    १७//
    सन्तान
    प्राणभन्दा प्याराे
    संसार सुन्दर यसैमा !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    १८//
    सहारा
    जीवनको भरोसा
    उज्यालो संसारको आशा!
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    १९//
    बाबा
    संसार देखाउने
    कठिन माेडमा पुल!
    ✍️
    राम सुन्दर थारु
    जानकी कैलाली

    २०//
    बाबा
    सन्तानका निमित्त
    जीवन दिन तयार !
    ✍️
    सुशीला पौडेल

    २१//
    बुवा
    आदर्श पुरुष
    विश्वासको मार्ग दर्शन !
    ✍️
    बासुदेव दनुवार सिन्धुली

    २२//
    पिता
    श्रेष्ठ सहजकर्ता
    प्रेरणाको स्राेत जीवनका!
    ✍️
    मुना दाहाल

    २३//
    बाबा
    तारणहार रक्षक
    सन्तानकाे जीवनकाे मार्गदर्शक !
    ✍️
    सुधा बाँस्काेटा ढकाल
    काठमाडौं

    २४//
    पिता
    सफलताका सोपान
    शिक्षा सन्तानप्रेम महान !
    ✍️
    वासुदेव ज्ञवाली,पाल्पा,तानसेन-१

    २५//
    बुवा
    सन्तानको इच्छा
    पुरा समस्याको समाधान !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २६//
    पिता
    अफ्नो सन्तान
    कठिन अबस्थामा साथ!
    ✍️
    चक्र शाही ,कैलाली ।

    २७//
    सम्पूर्ण
    बाबाको साथ
    बिनाको जीवन अपूर्ण
    ✍️
    घनश्याम पौडेल, पोखरा

    २८//
    उडान
    एक सपना
    लक्ष्य भेटाउन पितासँग!
    ✍️
    सोमनाथ लुइटेल रवि पाल्पाली

    २९//
    पिता
    सहयोगी हरबखत
    अप्ठ्यारोमा बन्दै सहजकर्ता !
    ✍️
    बिके माकजु , भक्तपुर ।

    ३०//
    पिता
    त्यस्तो ब्यक्ति
    आँफू मरेर बचाउँछ !
    ✍️
    बालकृष्ण खनाल

    ३१//
    बाबा
    जोडेर किनार
    बन्छन् सफलताको आधार!
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ३२//
    सन्तानको
    खुसीको निम्ति
    पिताको संघर्ष अनगिन्ती !
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    ३३//
    उत्कर्ष
    सन्तानका लागि
    बाबाको जीवन संघर्ष ।
    ✍️
    प्रेम थापा बागलुङ

    ३४//
    पिता
    दायित्व निर्वाह
    सन्तान प्रतिको कर्तव्य!
    ✍️
    देवेन्द्र राज शाक्य

    ३५//
    बुवा
    सन्तानको जिवनदाता
    समृद्ध मार्गकाे पथप्रदर्शक ।
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    ३६//
    बुवा
    सन्तानको भविष्य
    अक्करको झोलुङ्गे पुल !
    ✍️
    तिला लेकाली

    ३७//
    भर्याङ्ग
    जीवन आधार
    पिता ईश्वर समान !
    ✍️
    शिव खनाल जीवम

    ३८//
    पिता
    पुल बनेको
    बनाउन भविष्य छोराको!
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    ३९//
    बुबा
    सृष्टिकर्ता पहरेदार
    जगदीश्वरको एक अंश !
    ✍️
    टिकाराम पुन
    सल्यान छत्रेश्वरी २

    ४०//
    पिता
    सन्तानको निम्ती
    हरदम वाधासँग जुझ्ने!
    ✍️
    सरस्वती श्रेष्ठ

    ४१//
    माया
    बाबुको हेर
    सुनेर चीत्कार छोराको!
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही ,लुम्बिनी प्रदेश

    ४२//
    पिता
    प्रेरणाकाे स्रोत
    सुन्दर भविष्यकाे चित्र !
    ✍️
    बलराज गिरी
    कैलाली

    ४३//
    पिता
    सर्बश्रेष्ठ ज्ञाता
    जन्म एवं कर्मदाता !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ४४//
    पिता
    अर्थको सार
    बुझ्नेले नबुझे बेकार !
    ✍️
    बुद्धि प्रसाद लामिछाने कैलाली

    ४५//
    पिता
    प्रेरणाको खानि
    उज्ज्वल भविष्य निर्माता !
    ✍️
    राम न्यौपाने

    ४६//
    पिता
    एक जीवनदाता
    सत्मार्ग देखाउने ज्ञाता!
    ✍️
    पशपती राई खोटाङ

    ४७//
    पुल
    छुट्कारा भवसागर
    सेबक पिता अपरम्पार!
    ✍️
    जमुना कायस्थ

    ४८//
    बुवा
    हुन् सन्ततिको
    श्रोत सदा समुन्नतिको !
    ✍️
    मित्र कुमार आचार्य
    काठमाडौं ।

    ४९//
    बुवा
    भविष्यका आधार
    हटाउदै बाधा अबरोध !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    ५०//
    बाबा
    पुलको काम
    सन्तानको खुशीको लागि !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    ५१//
    पिता
    जीवनको आधार
    ईश्वरको रुप धरोहर!
    ✍️
    कमला देवकोटा
    पाल्पा

    ५२//
    संघर्ष
    कठोर अग्निपरीक्षा
    सफलताको खुड्किलाे पार !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ५३//
    बा
    जिन्दगीको बहार
    साँचो प्रेमको आधार!
    ✍️
    किशोर खनाल
    तानसेन १,पाल्पा

    ५४//
    बुवा
    आफु मेटिएरै
    सन्तानलाई पार लगाउँछन्!
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौ

    ५५//
    नरमाइलो
    कष्टकर जिन्दगी
    बाबा जिम्मेवारीमा तल्लीन !
    ✍️
    नारायण कोइराला
    युएई।

    ५६//
    बाबा
    सन्तानकाे चाहाना
    सदा पूर्णताको भावना !
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही

    ५७//
    बुवा
    हाम्रा आधार
    प्रस्थान जीवन सिकाएर!
    ✍️
    रामचन्द्र दुलाल
    सोयाक, इलाम

    ५८//
    अभ्यास
    निरन्तर प्रयास
    असम्भव केही नहुने !
    ✍️
    भवानी घिमिरे
    सर्लाही

    ५९//
    अभिभावक
    जीवनका साधक
    सदैव बाटो देखाउने !
    ✍️
    कविता आचार्य, कैलाली

    ६०//
    बाबा
    सन्तानको लागि
    सधै सङ्घर्षमा तल्लीन !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    ६१//
    मानव
    अधिकार खोस्ने
    नेपालका नेता दानव!
    ✍️
    लक्ष्मी प्रसाद मिश्र
    लमजुङ।

    ६२//
    जिन्दगी
    कर्म गरे
    के हुन्न र ?
    ✍️
    तोयनाथ सुवेदी

    ६३//
    बुवा
    सन्तानको भविष्य
    उज्ज्वल बनाउन तल्लीन !
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    ६४//
    बा
    बोकेर भार
    सन्तानको गर्छन् उद्धार !
    ✍️
    इन्दिरा देवकोटा

    :::::: जय उदक ! जय साहित्य !! :::::::

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यास शृङ्खला सम्पन्न; ६४ जना स्रष्टाहरूको सहभागीता

    गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

  • २४ मंसिर २०७८, शुक्रबार २१:०४ मा प्रकाशित
  • १
    जीवन
    तिम्रै संसारमा
    न्यानो मायाको तापमा!
    २
    कहानी
    पहिलो भेटको
    अविष्मरणीय आनन्दको अनुभूति!
    ३
    विश्वास
    तिम्रो मेरो
    नशा नशामा तरल!
    ४
    अतितहरु
    बल्झिएको घाउ
    तिम्रो कोमल हात!
    ५
    छाती
    भित्र भित्रबाट
    गलामा आँसुका थोपा!
    ६
    छाप
    त्यो मिलन
    गहिरो यो मुटुमा!

    ✍️ गुणनिधि घिमिरे पाँचथर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

    जीपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

  • २४ मंसिर २०७८, शुक्रबार ११:२६ मा प्रकाशित
  • तुलसीपुर,
    २४-मंसिर/ दाङमा जीपले र मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका ७ : ४५ मा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ च ३८५ नं. को जीपले घोराहीदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ४०२ नं. को मोटरसाइकललाई घोराहीको क्रिजल पेट्रोल पम्प नजिकै ठक्कर दिएको थियो ।

    जीपको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा निवासी ४३ वर्षीय युवराज चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on जीपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    साउदीको रियादमा १० जना नेपाली बिचल्लीत,शिघ्र उद्दारका लागि एनआरएनए साउदीलाई अनुरोध ।

  • २४ मंसिर २०७८, शुक्रबार १०:२९ मा प्रकाशित
  • समर्पण रम्जान

    १० डिसेम्बर २०२१, साउदी अरब ! करिब डेड महिना अगाडी नेपालको माउन्टेज मेन पावर बाट सास इन्टरनेसनल कम्पनीमा आउनु भएका १० जना नेपालीहरु बिचलित भएर शिघ्र उद्दारका लागि अनुरोध गरेका छन् ।

    सामाजिक संजाल “साउदी अरेबिया हामी नेपाली” भन्ने फेसबुक पेजमा पेजका एडमिन रवि सापकोटा द्वारा सेयर गरि सहयोगको लागि गरिएको अनुरोध लाई उदृत गर्दै उक्त पेजका अर्का एड्मिन तथा एनआरएनए आरसिसिका अध्यक्ष रम्जान दिन मियाँले पीडितहरु सित समन्वय गरि एनआरएनए राष्ट्रिय समितिका अध्यक्ष डम्बर यादव लाई सहयोगको लागि अनुरोध गरेका छन् ।

    अहिले रियाद ३४ नम्बर मा बस्दै आएका १० जना नेपालीहरुलाइ नेपाल बाट आउँदा १०००+३०० को एग्रीमेन्ट गराएता पनि यहाँ साउदी आए पछि जम्मा ४०० मा एग्रीमेन्ट गराएको एक पिडित वीर बहादुरले जानकारी गराएका छन् ।
    अहिले बिना काम रुममा बसाएको तर , खानको लागि अत्यन्तै समस्या रहेको केही दिन रियादका यम तमुले खानको ब्यबस्था गर्नु भएको पीडितले बताएका छन् ! केहि दिन त पानी मात्रै पिएर बसेको र धेरै कराए कराएपछी २०-२२ दिनमा १०० रियाल दिएको र त्यतिले केही गुजारा नहुने जानकारी गराउदै उहाँहरुको शिघ्र उद्दारका लागि एनआरएनए साउदी तथा नेपाली दूतावास रियाद लाई विनम्र अनुरोध गरेका छन् ।

    उहाँहरुको खानको समस्या तत्काल समाधानका लागि एनआरएनए साउदीले गराउने र स्यालरिको समस्या समाधान लाइ दूतावास सँग समन्वय गरेर छिटोभन्दा छिटो समाधान गराउन पहल गर्ने एनआरएनए साउदिका अध्यक्ष डम्बर यादवले जानकारी दिए ।

    उक्त कम्पनीमा पहिले देखिनै स्यालरी नपाउने तथा समयमा घर जान नपाउने समस्याले पिडित बनिरहेका अन्य श्रमिकहरुले पनि समस्या समाधानका लागी एनआरएनए साउदी तथा दूतावास मा निवेदन दिएका र केहिको समस्या समाधान भएर नेपाल फर्किएका र केहिको अझै समाधान को प्रक्रियामा रहेको कुरा पनि यादवले जानकारी गराए ।

    दूतावासले उक्त कम्पनीको भिसा उपलब्ध गराउन रोक लगाउनु पर्ने र यसका लागि दूतावासलाइ अनुरोध गर्ने अध्यक्ष यादव ले बताए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीको रियादमा १० जना नेपाली बिचल्लीत,शिघ्र उद्दारका लागि एनआरएनए साउदीलाई अनुरोध ।

    अक्षयकोष स्थापनाको लागि प्रोफेसर मोहम्मद रमजान अलि मियाँद्वारा एक लाख एक हजार सहयोग ।

  • २३ मंसिर २०७८, बिहीबार २३:०४ मा प्रकाशित
  • समर्पण रम्जान

    २३ मंगसीर २०७८! कतारका राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक तथा अन्तर्राष्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँ द्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सयको सहयोग गरेका छन्।
    हाल काठमाडौ घर भएका मियाँले गोरखाको सिरानचोक-३, हर्मी बयापानी स्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति उक्त सहयोग गरेका हुन्।

    उक्त बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा विभिन्न वक्ताले सहयोगको खुलेर प्रसंशा गरेका थिए।मियाँले बिक्रम सम्बत २०४२ तिर सो बिद्यालयबाट आफ्नो प्रारम्भिक शिक्षाको शुरूवात गरेका थिए। काठमाडौ स्थाइ घर भएता पनि मियाँको पुर्ख्यौली गाउँभने हर्मी बयापानी रहेको र यसरी सम्झेर आफ्नो गाउँको बिकासमा उल्लेख्य सहयोग गरेकोमा उपस्तिथ सबैले मियाँको खुलेर प्रसंशा गरेका थिए।
    कार्यक्रममा सिरानचोक गाउँ पालिका सदस्य एवं समाजसेवी योगेन्द्र बहादुर सुनार, विभिन्न समयमा बिद्यालयलाइ सहयोग गर्ने सहयोगी एवं समाजसेवी तथा राजनीति दलका प्रतिनिधि र वडा सदस्य ज्यु ,शिक्षक अभिभावक संघका सदस्य लगायत बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।यसैगरि विद्यार्थी तथा अभिभावकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियोे।


    कार्यक्रममा विद्यालयका प्रधानध्यापक रामचन्द्र थापा लगायत बिशिस्ट व्यक्तिहरुले मियालाई खादा ओढाएर सम्मान गर्नु भएको थियोे।
    सोही कार्यक्रममा मियाँले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रीहरु पनि वितरण गर्दै उक्त विद्यालयमा पठनपाठन गर्ने बिद्यार्थीहरुको उज्ज्वल भविस्यको कामना गर्नु भएको थियोे।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on अक्षयकोष स्थापनाको लागि प्रोफेसर मोहम्मद रमजान अलि मियाँद्वारा एक लाख एक हजार सहयोग ।

    भारतीय सेनाका सर्वोच्च कमाण्डर सिडिएस बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना

  • २२ मंसिर २०७८, बुधबार १४:४३ मा प्रकाशित
  • काठमाडौं। भारतका सबै सेनाका प्रमुख चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो ।

    सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय मिडियाले जनाएका छन् । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समाचारमा जनाइएको छ ।

    मौसममा आएको खराबीका कारण दुर्घटना भएको बताइएको छ तर दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । यो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, उनकी पत्नी समेत भएको बताइएको छ ।

    दुर्घटनामा ३ जना गम्भीर रुपले घाइते भएको बताइउको छ । यी सबैलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । अरुको उद्धार जारी छ ।

    Posted in ताजा अपडेटLeave a Comment on भारतीय सेनाका सर्वोच्च कमाण्डर सिडिएस बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P