१ तराई सुन्दर तोरीबारी वरिपरि मौरीको रसपान ! २ स्वार्थ सम्बन्धको पतन धरातल बिर्सने मानिस ! ३ भोक सुकेको आँत चुनौती भोकमरी अभाव ! ४ अन्धकार हाँडीगाउँको जात्रा सस्तो आँटोले पखाला ! ५ बिहान उषाको लाली कतै पानीको छिटा ! ६ लालित्य बिहानी आश भोकाएको पेटलाई गास ! ७ ग्रहण जूनको दाग मनमा लुप्त सौन्दर्य ! ८ स्वदेश माटोको सुगन्ध हिमाल पहाड तराई ! ९ कमलासन ब्रह्माजीको नामैले खुसी भो मन ! १० कमलनाल पानीमा तैरिएको पात यो फूल ! ११ सखरसाला सखरमा रमाए ज्यान यो जाला ! १२ खग्रास धमिलो आकाश मनमा नमिठो आभाष ! १३ मानिस सन्तानमा लगाम नियतिमा कुकुर अनुपम ! १४ औँसी सुनसान सडक व्यर्थ भुक्ने कुकुरहरू ! १५ शिशिर जाडोको जोहो रुई फुई दुई !
‘काठमाडौ, १९ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको एघारौंं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको एघारौं शृङ्खलाको लागि टुक्का साहित्य समाजकी सल्लाहकार एवं वरिष्ठ टुक्काकार शर्मिला श्रेष्ठले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
जसले सार्वजनिक जग्गा सम्झन्थ्यो बाबुको बिर्ता , अधिकरणको जग्गा उसकै नाममा भयो फिर्ता । ✍️ शर्मिला श्रेष्ठ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१// डाडुपन्यु आफ्नै हात, किन हुन्थे भोको?, जता हेर्यो हरियाली, पुगेकै छ धोको । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ——————————– २// लुट्नेहरुकै चलनचल्ती बड्दै गयो फेरि, आज अचम्ममा परेको छु टुलुटुलु हेरि । ✍️ ललिता अभागी सुनकोशी५सिन्धुली ——————————– ३// जग्गा जमिन त छोराछोरीले रोज्छन्, यहाँ बाआमालाई कसले पो खोज्छन्। ✍️ जगत थापा बझाङ ——————————– ४// हेर्दाहेर्दै डाँडा तिर बग्न थाल्यो खोला, लुटी खान पल्केकाले किन छाड्थे होला। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे ——————————– ५// सर्वहारालाई बर्षौंदेखि जस्ले दिदै आयो चोट, सर्वोच्चले लगाइदियो सम्मान दिदै कालो कोट। ✍️ शर्मिला श्रेष्ठ भैंसेपाटी,ललितपुर ——————————– ६// सरकारी बलको आडमा जमिन जति नाउँमा, सोझा सिधा जनताहरु नै ठगिएका छन् गाउँमा । ✍️ दुर्गा अाचार्य मोरङ ——————————– ७// माैका पर्दा यसाेउसाे मिलाएर खाने, अनेकाै यि दाउपेच खै कसरी जाने ? ✍️ ताराप्रसाद चापागाईं धुुनिबेसी । ——————————– ८// जनतालाइ काशी तर्फ गरेर निकासी, नेताले देश लुटिसके हेर हाँसीहाँसी । ✍️ गोमा गुरागाई इटहरी ——————————– ९// जिताएर पठाएको छु त त्यहाँ मेरै मान्छे, सार्वजनिक जमिन मलाई पस्किने भान्छे! ✍️ भूषण जंग अस्ट्रेलिया ——————————– १०// सर्वहारा जनतालाई लगाएका छन् ऐन, लुकिछिपी जनता लुटे गरे खुसीले चैन । ✍️ बेदु न्यौपाने काठमाडौ ——————————– ११// जिउ ज्यान सकियो तिम्रै यादमा, तिमी भने प्रिय अर्कैको साथमा । ✍️ सुमन कुसुमाकर ——————————– १२// पर्ति जमिन जति सबैमा अधिकार जमाए? कठै ! देशलाई दलालीले लैनो गाई बनाए । ✍️ श्रीकृष्ण शर्मा पोखरा ——————————– १३// राज्यको सम्पत्ति आफ्नै बिर्ताझैँ गरि लुट्दथ्यौँ, बाहिर बाहिर भुक्थ्यौँ भोजमा सब जुट्दथ्यौँ। ✍️ रामजी लामिछाने ——————————– १४// राजनीतिका नाममा जनताको सम्पत्ति लुटेर लाने, नपाए फेरि धम्क्याएर पनि बलजफ्ती खोसेर खाने । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास ——————————– १५// ठूलाबडाकै यो देशमा भएको छ चैन, सरकारी जमिन आफ्नो पार्ने रैछ ऐन ? ✍️ भगवती दवाडी ——————————– १६// सार्वजनिक जग्गा नेता ज्यूलाई देख्नै भएन, साना तिना त के छन् कुन्नी ठूला पलट रहेन । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु ——————————– १७// खै कस्तो नियम आयो, मिलिजुली बाँडी खायो । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया ——————————– १८// हामीले न जमीन नत बिर्ता पायौं, उल्टै लुट्नेहरुको गुणगान गायौं। ✍️ दीपक ठटाल जलन खरसाङ,दार्जीलिङ। ——————————– १९// फोहोरो राजनीतिको आडमा भ्रष्ट नेताले गर्नु गर्दैछ, निर्धा जनता पिढी दर पिढी सुकुम्बासी सरह मर्दैछ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत। ——————————– २०// पुर्खाको आर्जन खाने हामी नै त हौं भूमिपुत्र, मिलाइरन्हछौ परिबन्ध यसको जानी सुत्र। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ——————————– २१// खुकुरीले आफ्नै सन्तानको टाउको काँटेर, बसेका छन् ती गोर्खाली वीर छौं भन्दै ढाँटेर। ✍️ बी.कुलुङ ——————————– २२// लुटेर आमालाई आफ्नै ती सन्तानले आज, बसिनसक्नु भएकाे छ याे गाउँ र समाज । ✍️ भावना मञ्जु झापा – हाल माेरङ —————————–— २३// राज्यको सम्पत्ति माथि हस्तक्षेप किन हुन्छ? यस्तो देख्दाखेरि मन मेरो भित्रैदेखि रुन्छ ! ✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका ३ कुडारी जुम्ला ——————————– २४// मूल नीति अंगालेर गर्छु काम भन्याै, जात्तिबिति संगालेर कति दाम गन्याै ? ✍️ रामकृष्ण दुवाडी पाेखरा । ——————————– २५// जसले जे भने नि आफ्नै हो बिर्ता, कसले सक्छ गर्न आँट यो फिर्ता ! ✍️ रचना शर्मा प्रतीक्षा महालक्ष्मी नपा, ललितपुर । ——————————– २६// आफैँ शक्तिले उन्मत्त लाग्छ ठूला उनै आज, आफ्नो नाममा ल्याए नाम सारी मान्दैनन् लाज । ✍️ सूर्य मणि रेग्मी चितवन ——————————– २७// कलि युगमा ओरालाेबाट उकालो तर्फ फर्कियाे खाेला, हामी साेझा जनताबाट नै घुस खाना कहाँ छाेड्थे हाेला। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही, बुटवल ——————————– २८// आफ्नाले हाँस्न दिदैनन् रुँदा आँखा टाल्छन्, भित्र जरा काटेर बाहिर मल हाल्छन् । ✍️ रिजाल विनोद मोरङ ——————————– २९// देशको अर्थ तन्त्र जति सबै आफ्नै गोजीमा भर्छौ हावादारी गफले जनताको आँखामा छारो छर्छौ । दुर्गा भट्टराई मोरङ ——————————– ३०// कालो कोट नै तानातानी न्याय मर्दै गयो , जस्को शक्ति उस्को भक्ति भने जस्तै पो भयो । ✍️ मित्र कुमार आचार्य,काठमाडौं । ——————————– ३१// ऐलानी सार्वजनिक जग्गा ,कसैका बाउको विर्ता हैन, किर्ते गरि आफ्नो नाममा पार्न पाउने अधिकार छैन । ✍️ विबश पारदर्शी भद्रपुर न० पा० वडा नं० २ झापा ——————————– ३२// देश ढाट्ने जनता मास्ने भए ठूला , अन्याय सही बस्ने हामी भयौं लुला । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे सु न पन ५ ——————————– ३३// यस्तै हुन्छ नेपालमा बोल्नेको नै पिठो बिक्छ, कलियुग भएर हो कि असत्य सधैँ टिक्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ ——————————– ३४// बिर्तावाल नै सत्ताको मालिक भएको देशमा , हडप्छ जग्गा कसैले थाहा नपाउने भेषमा । ✍️ कर्ण दयाल मेलौली नगरापालिका ७, बैतडी ——————————– ३५// सार्वजनिक जग्गा पनि कस्तो आफ्नै ठान्ने, गरीबको भाग्य लुटी लाेकतन्त्र याे मान्ने । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा ——————————– ३६// छोराले आमाबाको सम्पत्ति चाहिन्छ भन्छ, बृद्धाश्रममा राखी मर्ने दिनहरू गन्छ। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही१८ —————————-—- ३७// भित्रभित्र मेल हुन्छ, बाह्य मात्र अर्को, अप्ठ्यारोमा पर्दाखेरी, न घाट न घर्को! ✍️ कमला देवकोटा,पाल्पा ——————————– ३८// सरकारमा बस्ने नेताले जे गरेपनि हुन्छ, छ फुटको चिहान छैन जनताको कस्ले सुन्छ? ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड झापा ——————————– ३९// पर्ति जग्गा नेता कै नाउँमा झुपडीमा जनताकाे बास, पैसाले लुकायो न्यायको तराजु अब गर्नु कस्काे आस? ✍️ सुमिना तिमल्सिना भक्तपुर ——————————– ४०// म त पार्टीको दाहिने हात हजुर बिना पैसा जग्गा मेरो, चाहे बालुवाटार चाहे सिंहदरबार मेरै सेरोफेरो। ✍️ पौडेल विमुन्स 💕 पोखरा कास्की 💕 —————————–— ४१// जनताको बिश्वास लिइ सिंहदरबार छिर्यौ, अहिले आफ्नै पेट भर्न यति तलसम्म गिर्यौ । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा ——————————– ४२// के गर्नु र लोभिले सातपुस्ता पुग्ने थुपारे पनि बिर्ता, मरेपछि लासको चिहान पनि धर्तीले लैजान्छिन् फिर्ता । ✍️ Gkumar Gautam ——————————– ४३// जसको शक्ति उसको भक्ति हुन्छ है सधैं यो देशमा, लाटो देशको गाँडो तन्नेरीले जहिल्यै जित्छ रेशमा। ✍️ श्रेस्ठ ” परिक्रमा ” , धरान – सुनसरी। ——————————– ४४// बालुवाटारकाे जग्गा पनि मन्त्री ज्यूकाे नाउँमा , गरीब दुखी निमुखाकाे आँसु भएन भाउँमा, ✍️ रामकृष्ण रिजाल बा न पा १३ बाग्लुङ ——————————– ४५// सार्वजनिक जग्गा बेचे लाेभी अनि पापी मनले । एकदिन खाेरमा जाक्नुपर्छ मिली हामी जनले ।। ✍️ निरज काेइराला बेलका १ उदयपुर हालः इटहरी ——————————– ४६// नम्बरी, ऐलानी, नदी किनार जे भए नि हुन्छ, सबै मेरै नाममा गर्छु मलाई कसले छुन्छ ? ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गाउँपालिका-६, दोलखा ——————————– ४७// देश डुब्न नदेऊ है नेता हामी गर्छौ खबरदार, विकास गर्ने भन्दै बजेट चट नपार लगातार । ✍️ तारा घिमिरे संखुवासभा ——————————– ४८// टुँडिखेल नामसारी गरिदिन्छु, बालुवाटार पनि भन्दैछ, निशाना धितोमा राखेर चुनाव जित्ने रे नोट पनि गन्दैछ। ✍️ अमृत भट्टराई मोरङ, हाल काठमाडौं ——————————– ४९// सार्वजनिक जग्गा पनि आफ्नै नाम गर्छु, कुम्ल्याएर धन दाैलत समुन्द्र नै तर्छु । ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´ गाेरखा ——————————– ५०// नालिबेली सबै आफ्नो नाममा गर्न खोज्छन्, कमाएर होइन गुमाएर नाम रोज्छन् ! ✍️ mr नब्बु जोशी प्रदेश ७ कैलाली ——————————– जय टुक्का! जय साहित्य !!
नोट : रचनामा व्यक्त भएका भावहरू स्रष्टाहरूको निजी विचार हुन् । यस प्रति सम्बन्धित स्रष्टाहरू नै जवाफदेही हुनुहुनेछ।
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचन कार्यक्रमको सातौँ शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको १९ गते आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नवराज भट्टले समाजको सांस्कृतिक धरोहर जोगाउने महत्वपूर्ण माध्यम भएकोले साहित्य लेखनमा निरन्तरता दिनुपर्नेमा जोड दिँदै साहित्यलाई सबैले पढ्न आवश्यक भएको बताउनुभयो ।
उक्त उदक वाचन कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले उदक साहित्यको समुद्री छाल भएकोले उदकमा काव्यिक रस प्राप्त हुने र उदकलाई विभिन्न शैलीमा लेख्न सकिने कुरा उदाहरणसहित आफ्नो महत्वपूर्ण धारणा राख्नुभएको थियो ।
त्यस्तै विशिष्ठ अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले उदक समग्र जीवनको पर्याय भएकोले ६ शब्दमै सिङ्गो काव्यात्मकता अभिव्यक्त गर्न सकिने भावपूर्ण विचार राख्नुको साथै साप्ताहिक उदक अभ्यासमा यसको मूल्याङ्कनमा जोड दिन अनुरोध गर्नु भएको थियो ।
२७ जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन शृङ्खलामा पुष्प रानामगर, चन्द्रावती अधिकारी, प्रेम बहादुर थापा, लक्ष्मी बस्याल, भवानी घिमिरे, जमुना कायस्थ, सोम लुइटेल, खगेन्द्रप्रसाद बस्याल, कमला देवकोटा, रोशन पराजुली, कविता आचार्य, सीता बिष्ट कार्की, सुरेशचन्द्र घिमिरे, हरि शर्मा पङ्गेनी, श्रद्धा आचार्य, सरस्वती श्रेष्ठ, देवेन्द्र शाक्य, सुशिला पौडेल, सुधा बाँस्कोटा ढकाल, धर्मी शाक्य, घनश्याम पौडेल, उर्मिला पन्त पाण्डेय आदि उदक यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उदक यात्रीहरूद्वारा रचिएका उदकहरूमा लेक, बेसी, समाज, संस्कृति र प्रकृतिसँग सम्बन्धित विषयवस्तुका साथै समाजमा व्याप्त विकृती विसङ्गतिप्रति तिखो व्यङ्ग्य गर्दै राष्ट्रिय भावले ओतप्रोत भएका उत्कृष्ट उदकहरू वाचन तथा गायनले कार्यक्रमको शोभा बढाएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उदक स्रष्टा अकुलीनले उदकको संरचनागत अवधारणाको जानकारी गराउँदै उत्कृष्ट उदक सिर्जना गर्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
काठमाडौ, १८ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २९ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
photo: social media
अभ्यास क्रममा सृजना गरिएकाउदकहरू
१// मान्छे अनौठो चित्र उदेकलाग्दो दृश्य बिचित्र ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२// पराजय मान्छेको हार कलियुग भित्रको मान्छे ! ✍️ गुणनिधि घिमिरे मोरङ हाल अमेरिका
काठमाडौं: कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन खाडी मुलुकमा पनि देखिन थालेको छ। साउदी अरबले यसको पुष्टि गरेको छ। त्यहाँको सरकारी न्युज एजेन्सीले यसको पुष्टि गर्दै देशमा पहिलो ओमिक्रोन संक्रमित फेला परेको जनाएको छ।
त्यहाँका अधिकारीहरुका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै जनालाई क्वारेन्टीमा राखिएको छ। रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्।अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट १४ भन्दा धेरै देशमा पुगेको बताइएको छ। विश्व स्वास्थय संगठनले यो ओमिक्रोन भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ। यसैक्रममा विभिन्न देशहरुले बाह्य उडाहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन्।
काठमाडौँ ।चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।
यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।
प्रवासी नेपाली समन्वय समिति पि.एन.सि.सि को सहकार्यमा साउदी अरबको सकाकाक्षेत्रमा नेपाली राजदूतावास रियादद्वारा राहदानी आवेदन संकलन घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
साउदी अरबको राजधानी रियाद देखि झण्डै ११०० कि.मी को दुरीमा रहेको यो क्षेत्रमा नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेकोले उनीहरूको दुताबासमा सहज पहुँच पुगोस भन्ने मनशायले यो कार्यक्रम सम्पन्न गरिएको र शिविरबाट यहाँ अवस्थित ८४ जना सेवाग्राही यस कार्यक्रमबाट लाभान्वित भएको प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक श्री देव नारायण चौधरीले बताउनुभयो।
२६ नाेभेम्वर २०२१ शुक्रबार सकाका अल जाेफ किङ्ग खालीद रोड स्थित होटेल अन्डलुसियाको प्राङ्गनमा भएको उक्त कार्यक्रममा
नेपाली दूतावास रियादका द्वितीय सचीव श्री टिकाराम उपाध्याय ज्युको नेतृत्व र प्रवासी नेपाली समन्वय समिति लगायत एनआरएनए, हेल्प मधेसी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सहजीकरणमा राहदानी नवीकरणकाे लागि ५८ जनाको विबरण संकलन, २२जनाको श्रम स्वीकृति तथा राहदानी हराएको ३ लगायत गैरकानुनी(ईलिगल)तवरले रहेको एकजनालाई घर फिर्ती यात्रा अनुमती पत्र, (बहिगर्मन) भिषा लागि एक जनाको आवेदन सहित गरी जम्मा ८४नेपाली श्रमिक हरुद्वारा शिविरबाट लाभ लिन सफल भएका थिए।
यसक्षेत्रमा धेरै जसाे खेतीफार्ममा कार्यरत नेपाली हरुकाे बाक्लो उपस्थित रहेको हुदा र श्रम स्वीकृतिको कार्यक्रम पनि समावेश गरिएकोले अझै पनि कति जना शिविरमा आउन नसकेको र सेवा बाट बञ्चित रहेको अनुमान गरिएको हुनाले उक्त क्षेत्रमा सम्पर्कमा आउने नेपाली श्रमिकको लागि पुनः शिविर राख्ने दुतावास अधिकारीद्वारा प्रतिबद्धता पनी जनाउनु भयो ।
उक्त राहदानी नवीकरण फारम संकलन कार्यक्रममा नेपाली दूतावास रियादबाट सहचारी श्री वलराम पाण्डे, द्वितीय सचिव श्री टीकाराम उपाध्याय, श्रमिक समस्या, भाषा अनुवादक माे. साजिद अंसारी तथा नेपाली प्रवासी समाजकाे पदाधिकारी सल्लाहकार श्री ज्ञानु राइ, अल जाेफ सकाका एरिया अध्यक्ष श्री सुर्य न्याैपाने, उपाध्यक्ष श्री चन्द्रमणी अधिकारी, द्वितीय उपाध्यक्ष श्री गणेश बिक, सचिव श्री देवबहादुर कार्की, सहसचिव श्री माेतिराम भट्टराई, काेषाध्यक्ष श्री सालिक राम पाेखरेल, सहकाेषाध्यक्ष श्री रुद्रप्रसाद गाैतम, सदस्य श्री ईन्द्र पाेखरेल, श्री नेत्र गुरुङ, श्री राेशन कुमार चाैधरी, श्री खगेन्द्र ओली, श्री भिम बहादुर, श्री राजु नेपाली, सहयोगी राेशन न्याैपाने, लगायत सहजीकरणका लागी पिएनसिसि संयोजक श्री देवनारायण चाैधरी, एनआरएन एनसीसी उपाध्यक्ष श्री गन्तव्य नेपाल, एनआरएन एनसीसी उपाध्यक्ष श्री भक्तवीर राइ, एन आर एन ए एनसिसि साउदीका स्वयंसेवक (भाेलेन्टिएर) श्री श्याम कुमार महताे, एन आर एन ए एन सी सी सदस्य श्री जाेगेन्द्र कुमार यादव, लगायतका पदाधिकारीहरू, हेल्प मधेसी संस्थाको तर्फ बाट प्रथम उपाध्यक्ष श्री श्याम कुमार महतो, दितिय उपाध्यक्ष माे. फिराेज राईन, हेल्प मधेसी संस्था मिडिया रिपोर्टर श्री जाेगेन्द्र यादव, अल जाेफ क्षेत्रीय संयाेजक (Area Coordinator) श्री जलन्धर यादव, समाज सेवी सहयोगी श्री कृष्णा चन्द ठकुरी, श्री सुदिप कुमार ठाकुर लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न नेपाली दूतावास रियाद, दूतावास परिवार विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा नेपाली दुतावास रियाद साउदी अरबद्वारा हार्दिक धन्यवाद ज्ञापन गर्दै साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यहाँहरूको सहयोग साथकाे अपेक्षा राखेको जानकारी गराइयो ।
साथै, साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेकोले भिडभाड हुन नदिन राहदानी आवेदनका लागि शिविरमा आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध गरिएको थिए, त्यही अनुरुप सुरक्षित तरिकाले शिविर सम्पन्न भएको थियो ।