साप्ताहिक उदक लेखन अभ्यासको २९औं शृङ्खला सम्पन्न, ६१ जना स्रष्टाहरूको सहभागीता

  • १८ मंसिर २०७८, शनिबार १९:२५ मा प्रकाशित
  • काठमाडौ, १८ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २९ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo: social media

    अभ्यास क्रममा सृजना गरिएका उदकहरू

    १//
    मान्छे
    अनौठो चित्र
    उदेकलाग्दो दृश्य बिचित्र !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    पराजय
    मान्छेको हार
    कलियुग भित्रको मान्छे !
    ✍️
    गुणनिधि घिमिरे
    मोरङ हाल अमेरिका

    ३//
    कलिमा
    सबथोक उल्टा
    देखिन्छन् उदेकलाग्दा अनौठा !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    ४//
    मान्छे
    अति सस्तो
    भएन कुकुर जस्तो !
    ✍️
    खड्गबहादुर गुरुङ  शंकरपुर-३;कैलाली ।

    ५//
    देखाउने
    कस्तो चमत्कार
    उल्टो कलिको संस्कार!
    ✍️
    रमा पन्त

    ६//
    मानिस
    सन्तानमा लगाम
    नियतिमा कुकुर अनुपम !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ७//
    बालक
    समयको बन्धन
    कुकुरलाई ज्यादा स्पन्दन!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ८//
    बालकमा
    हिड्ने रहर
    सुन्दर  ठाउँमा  देखेर!
    ✍️
    राज कुमार राजभण्डारी खाेटङ्गे
              भक्तपुर ।

    ९//
    जीवन
    अनेक रहर
    मानिस हुनुको परिचय !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    १०//
    बालक
    भोलिको मान्छे
    रमाएर हिँड्ने रहर !
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ११//
    उफ!
    बन्धनमा बालक
    अति निकृष्ट मानसिकता!
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    १२//
    गाईजात्रा
    कुकुर बुईमा
    छाेराेलाई कुकुरकाे लगाम!
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कंचनपुर

    १३//
    मान्छे
    कलो पर्खन्छ
    कुकुर बन्छ भान्छे!
    ✍️
    घनश्याम पौडेल, पोखरा

    १४//
    कस्तो
    अनौठो संस्कार
    मानिसलाई पशु बनाएको!
    ✍️
    सुमित्रा पोखरेल

    १५//
    आमा
    कुकुर बोकेर
    सानो बालख डोर्‍याउदै!
    ✍️
    बालकृष्ण खनाल

    १६//
    पशुमोह
    नवीन चेतना
    विचरा मान्छेको छाउरो ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    १७//
    समय
    नकारात्मक परिवर्तन
    एक्काइसौं शताब्दीकाे पराकाष्ठा!
    ✍️
    रामराजा के. सी.

    १८//
    लगाम
    मानवीय  नियत
    आधुनिक  पशुको  भोग!
    ✍️
    कमला  देवकोटा

    १९//
    कस्तो
    विडम्बना यो
    आमा कि आया?
    ✍️
    गृष्मा पौड्याल
    टोक्यो जापान

    २०//
    उदक
    —–
    सजिलो
    यस्तै नहोला
    कुकुर डोर्‍याउन भन्दा !
    ✍️
    पुष्पाशायरा । बिराटनगर ।

    २१//
    हृदय
    बिदारक दृश्य
    सकिन आँसु रोक्न!
    ✍️
    मंगला उपाध्याय
    बारा, कलैया उपमहानगर पालिका १

    २२//
    ममता
    पोखियो आज
    सन्तान छोडी पशुमा !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    २३//
    मानिस
    समयको प्रभाव
    आधुनिकतामा उजाडिएकाे संस्कार !
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    २४//
    झल्किएको
    छैन कतै
    गर्वको कुरा आमा !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २५//
    मानिस
    पशुभन्दा पृथक
    तैले के जानिस?
    ✍️
    पशपती राई खोटाङ

    २६//
    आमा
    माया सन्तानको
    हातमा सुरक्षाको डोरी!
    ✍️
    चक्र शाही, कैलाली

    २७//
    मानिस
    अनौठो चित्र
    संसार छ बिचित्र !
    ✍️
    रिता खराल,रुपन्देही

    २८//
    विचार
    संकिर्ण भाव
    मन मस्तिस्कमा अभाव!
    ✍️
    रोशन पराजुली

    २९//
    चर्चामा
    कसरी आइन्छ
    भन्दै रच्छन् नाटक!
    ✍️
    ताेयानाथ सुवेदी

    ३०//
    / उदक /
    मानिस
    अनेकौं चरित्र
    जानेरै बनेको विचित्र !
    ✍️
    सहयात्री शोभा अर्याल, रुपन्देही

    ३१//
    जमाना
    बद्लिदो समय
    नकारात्मक सोचको विकास!
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    ३२//
    आडम्बरी
    आधुनिक मान्छे
    चित्र बिचित्र चित्र
    ✍️
    विष्णुदीप सङ्कल्प

    ३३//
    मानिस
    आधुनिकताको नाम
    खोक्रो आडम्बरताको पुजारी!
    ✍️
    तिला लेकाली

    ३४//
    दाँजौ
    ममतालाई हेरि
    कलिको बिचित्र चित्र!
    ✍️
    धर्मी शाक्य,बुटवल ,लुम्बिनी प्रदेश

    ३५//
    जमाना
    कस्तो आयो
    मानिसभन्दा जनावर प्यारो!
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश।

    ३६//
    देखावटीपन
    सांसारिक बिकृती
    उदाङ्गो मानव प्रवृत्ती !
    ✍️
    राजाराम रत्गैंया, अमौरा कैलाली

    ३७//
    आधुनिकता
    फेशनको चरमता
    पसुप्रेममा मानवताको पराकाष्ठा!
    ✍️
    चक्र आलेमगर “लाफा” कैलाली

    ३८//
    माया
    पशुमा बढी
    आफ्नो सन्तानमा भन्दा!
    ✍️
    प्रकाश कुइँकेल, असम

    ३९//
    आमा
    गहन जिम्मेवारी
    रम्दैछिन् आडम्बर वरिपरि!
    ✍️
    वासुदेव ज्ञवाली, पाल्पा, तानपा १

    ४०//
    आमा
    तिनी होइनन्
    ममताको शिकार बालक!
    ✍️
    सोमनाथ लुइटेल “रवि”

    ४१//
    अनौठो
    देखियो कलियुगमा
    सन्तानप्रती प्रेम समाप्त!
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    ४२//
    आधुनिकता
    बुद्धिमता हराएछ
    पशुप्रेम मानवप्रति घृणा!
    ✍️
    खेमराज पुरी कैलाली

    ४३//
    आधुनिकता
    आडम्बरी खोक्रो
    ममता हराएको युग!
    ✍️
    राम न्यौपाने”बिन्ती”
    कैलाली

    ४४//
    चरित्र
    देखाउने एक
    भाेग्ने हाेला अनेक !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    ४५//
    देखावटीपन
    मान्छेकाे चरीत्र
    कुकुरको जिवन पवित्र!
    ✍️
    बलराज गिरी
    कैलाली

    ४६//
    अपार
    ममताको सार
    आमा नै आधार !
    ✍️
    प्रेम थापा ,बागलुङ

    ४७//
    युग
    बदलिदो समय
    खोक्रो आडम्बरीताको जमात!
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ४८//
    उदाहरण
    बिकृतिको जन्म
    अबुझ सन्ततिको मर्म!
    ✍️
    जमुना कायस्थ

    ४९//
    कलियुग
    बाँच्नु पर्छ
    अनेक देख्न पाइन्छ!
    ✍️
    किशोर खनाल
       तानसेन १,पाल्पा

    ५०//
    आमा
    सन्तानको माया
    हरघडि स्नेह छाया!
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    ५१//
    कता?
    छोरो साङ्लामा
    कुकुर बोकेर पिठ्युँमा !
    ✍️
    कर्ण थापा
    लम्की कैलाली ।

    ५२//
    ममता
    भित्री विवशता
    दृष्टि प्रमत्ततामा समता !
    ✍️
    मित्र कुमार आचार्य,काठमाडौं ।

    ५३//
    दृश्य
    बिचित्र  देख्दा
    आफैं चिम्लिएँ नयन!
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    ५४//
    समयक्रम
    परिवर्तित साेंचमा
    फरक जिम्मेवारी बहन !
    ✍️
    रामकृष्ण दुवाडी
          पाेखरा ।।

    ५५//
    काखहरू
    टाढिँदै आमाको
    बिचरा ! बालक रणभुल्लमा।
    ✍️
    राम ब. चौधरी, गोरखा।

    ५६//
    ममता
    नाङ्गो दृश्य
    आधुनिक सभ्य मान्छे !
    ✍️
    ललिता कालु विन्दास

    ५७//
    मानव
    अनौठो व्यवहार
    आधुनिकताको नौलो उपहार
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    ५८//
    मानव
    कलियुगको समय
    खै सन्तानको माया ?
    ✍️
    शाही सुरेन्द्र

    ५९//
    आमा
    वर्तमान अवस्था
    भाैतिक सुखकाे खाेज !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ६०//
    बालहठ
    झुक्दै ममता
    अनौठो माया साटफेर !
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    ६१//
    पराधिनता
    पाशविक पीडा
    मानिसको कृत्रिम विवशता!
    ✍️
    वेद प्रसाद रिजाल इलाम

    जय उदक ! जय साहित्य !!

    Leave a Reply