१४ मंग्सिर २०७८ ! त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंले विदेशबाट नेपाल आउने यात्रुहरुका लागि एक महत्वपूर्ण सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीहरुले के के सामान लेराउन सक्छन् भनेर सूचना जारी गरेको छ ।
नेपाली दुतावासले रियादले पनि आफ्नो अधिकारीक फेसबुकपेजबाट साउदिमा रहनुहुने नेपालीहरुलाई मध्यनजर गर्दै उक्त सूचना प्रसारण गर्दै सम्पूर्ण नेपालीहरुलाई सुचित गराएको छ । उक्त सूचनामा भनिएको छ त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल आउने नेपालीहरु हरुले प्रचलित कानुनले दिएको सुविधा भन्दा बढी परिमाण र स्वरूपमा आफ्नो साथमा सुन तथा सुनका गहना मोबाइल फोन ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको र सो उपर कानुन बमोजिम कारबाही हुँदा यात्रुहरुले प्रचतिल कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाई फकाए त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको तर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले भन्सार ऐन 2064 को दफा 9 को उपदफा 3 ले दिएको अधिकार प्रयोग गरी मिती 2070 जेष्ठ 15 गतेदेखि लागू हुने गरी जारी गरेको यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि तल उल्लेखित मालवस्तु देहायबमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउनेछन् ।
50 ग्राम भन्दा थप 210 ग्राम सम्म सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने छ ।
व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम 100 ग्रामसम्म लाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने सो भन्दा बढी परिणामको सनु ल्याएमा त्यस्तो बढी परीणाम जफत गरिने
व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
व्यक्तिगत प्रयोगको मोबाइल फोन एकभन्दा बढी भएमा भन्सार महसुल लाग्नेछ ।
मदिरा 1 लिटरसम्म बोतल 1 मात्र लेराउन पाउने छ सोभन्दा बढीको परिणाममा भए मदिरा जफत गरिने छ
यस सम्बन्धी विस्तृत जानकारी नेपाल राजपत्र लिङ्कमा हेर्न हुन समेत सबैमा अनुरोध गरिन्छ साथै विगतमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाई फकाई कुनै मालवस्तु जस्तै टर्चलाइट आईरन, मिक्चर, रेडियो स्पिकर, पानी तान्ने मोटर आदि आफ्ना आफन्तलाई पुर्याई दिन भन्ने अनुरोध गर्ने र भन्सार चेकजाँचका क्रममा त्यस्ता मालवस्तु भित्र लुकाई छिपाई सुन चांदि वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानुनबमोजिम कारबाही भोग्नु परेको अवस्था छ । अत त्यस्तो मालवस्तुमा अन्य कुनै अबैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको पनि मालवस्तु नलिनु नल्याउनु हुनसमेत ध्यानकार्षण गरिएको छ । पूरा विवरण तलको सूचनामा हेर्नु होला ।
काठमाडौ, १३ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
कति आँटी छोरो म अद्वितीय छ पराक्रम, छोडेर आएकोछु आफ्नै बाआमा वृद्धाश्रम ।
वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१// साह्रै राम्रो मान्छे हजुर लाग्छ महापुरुष, छुट्याउनै गाह्रो भो हजुर मान्छे कि उडुस। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२// तपाई मानव हो या दानव बुझ्न मन लाग्यो, बाआमा वृद्धाश्रम छोड्ने कसरी हिम्मत जाग्यो? ✍️ जगत थापा बझाङ
३// यस्तो बुद्धिमानी मान्छे कसले जन्मायो, भगवान बेचेको देख्दा आँखा रसायो। ✍️ भुपेन्द्र राना मगर धादिङ
५// बाबुआमा बुढाबुढी झ्याउँझ्याउँ लाग्छ जहिले, कति धेरै बाँचेका हुन् कालले लैजाला कहिले? ✍️ भूषण जंग अस्ट्रेलिया
६// सभामा नेता चर्का चर्का भाषणमात्र गर्छ, तिम्रा भाषण सुनेर जनताको छाक टर्छ । ✍️ भगवती दवाडी ,झापा
७// ए! छोरा बुझ त कति हुन्छ बृद्धाश्रम बस्दाको दर्द, आफ्नै बाउ आमासँग छुटिएर बस्ने छोरा नामर्द। ✍️ ललिता अभागी सुनकोशी५सिन्धुली
८// न त ऊ हाे पराक्रमी न त हो ऊ आँटी, वृद्धाश्रम ठुलाे देख्ने कस्ताे कुरा खाँटी । ✍️ त्रिलोचन भण्डारी मेचीनगर,झापा
९// देशभित्र जहाज अनि रेलको भिड भयो, नेताको धागमा नागरिकको जीवन गयो। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
१०// बाआमालाई वृद्धाश्रम पठाउने तँ पापी, सधैभरी नै बस्छन् तलाई उनले सरापी। ✍️ निर्मला शाही ठकुरी दैलेख हाल दार्जिलिङ
११// पढीलेखी ठुलो मान्छे बनें राजनीतिमा चर्चा कमाएँ, बाआमा बृद्धआश्रम छोडेँ आफ्नै सन्तानसँग रमाएँ । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
१२// कसैले सोधिहाले भने फलानाको छोरा हुँ भनेर नाक फुल्याउँछस्, देउतासरह बाआमाको गुनलाई बिर्सी वृद्धाआश्रम पुर्याउँछस्। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
१३// बाआमाका पालो ऐले आफ्नो घुँडा मुनि, बल्ल बुद्धि पलाउँला काट्दा त्यस्तै जुनि। ✍️ मन्दिरा सेढाई धादिङ ,मलेखु
१४// ज्ञान सिकाउने श्रीमती बुद्धिमानी, उनले भनिन् मैले लगे जानिजानी। ✍️ होम प्रसाद धरान,सुनसरी ।
१५// वृद्धआश्रम बाबा र आमा पुर्याई म आएँ, मन्दिरमा पुगी ढुङ्गा पुजेँ लड्डु नै चढाएँ । ✍️ श्रीकृष्ण शर्मा पोखरा
१६// नेता बन्छन् भाषण गर्छन् देखाई पराक्रम, हाकिम बन्छन् बा आमालाई छोडी वृद्धाश्रम | ✍️ विबश पारदर्शी भद्रपुर -२ झापा
१७// मत शहरिया मान्छे बाबा आमा गाउँले पाखे, साथै राखे मेरो सान घट्छ वृद्धाश्रम नराखे । ✍️ सूर्य मणि रेग्मी चितवन
१८// बाआमालाई भारी सम्झी वृद्धाश्रममा बिसाउने मलाई पनि त्यसै गर्नमै छोरालाई सिकाउने । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
१९// खुट्टी दर्हाे बनाए हुर्काई बढाई गरे पहिले, पराई भए ती नै बाबुआमा घाँडाे भयाे अहिले । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी ।
२०// बुढेसकालको साहारा थिएँ बाआमा राखे बृद्धाश्रम, भोक प्यास नभनी खाडीमा चल्दैछ मेहनतको क्रम । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा
२१// सेना अख्तियारको प्रशासन परेन नचाउन, चोरलाई तालाचाबी दिएको ढुकुटी बचाउन । ✍️ रिजाल विनोद बेलबारी०२मोरङ
२२// बृद्धाश्रम लगेर किन सराप थाप्छौ छोरा? तिम्रो पनि आँसु बग्ला होस् गर ए मेरो मोरा । ✍️ कल्पना थामी सिन्धुपाल्चोक
२३// बाआमाको चोखो प्रेमलाई सन्तानले बुझेन, वृद्ध अवस्थामा गर्नुपर्ने सेवा किन गरेन ? ✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका ३ कुडारी,जुम्ला
२४// किन मलाई पार्यों भ्रममा, एक्लै यहाँ वृद्धआश्रममा । ✍️ साहित्य प्रेमी प्रयासी श्री लिम्बू ठेगाना : पाँचथर
२५// लौ बधाई छ आमाबालाई पुर्याएकोमा बृद्धाश्रम, अग्रिम शुभकामना पनि छ चाँडै आवस् तिम्रो क्रम। ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ्ग,भारत।
२६// पुर्ख्याैली सम्पती अंश बाँडियो ती वयाेवृद्ध माता पिता वृद्धाश्रम पुगे, सन्तानकाे मनमा स्नेहकाे मुहान सुक्याे तिनैकाे खुसीमा ती ईश नुगे । ✍️ सुमिना तिमल्सिना भक्तपुर
२७// बाबु सत्कर्ममा हिड भन्छु म हिड्छन् कुकर्म गरी, आमाबुबालाई कुभलाे गर्ने जान्छन् जिउदै मरी । ✍️ ल्युजर शर्मा बागलुङ गल्काेट हटिया
२९// तिमीलाई माया गरेर डोर्याउँदै हुर्काउने त बा आमाकै थिए हात, तिनै हातले बृद्धाश्रम भित्र आँशु पुछ्न बाध्य पारेर गर्यो ठुलै घात! ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
३०// स्वास्नी, सासू ससुराको सेवामुनि डुबी, भोकै बस्छन् बढेको छ बा आमाको खुबी। ✍️ पौडेल विमुन्स पोखरा कास्की
३१// वृद्धाश्रम जाऊ भनेर दिनहुँ घरमा झगडा गर्छ छाेरा, तिमीहरू पनि मेरो जस्तो भाेलि पालाे आउँछ हाेस् गर माेरा। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही बुटवल
३२// जिउँदाेमा बाआमा वुद्धाश्रम हाे लानी, मरे पछि रूदै गर्दछु म पिण्ड पानी । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे सु** न** पा** ५
३३// खुसीसँग बोली वचन सेवा सत्कार भरे, भगवान हुन आमाबा पुण्य हामीले गरे । ✍️ कृष्ण आनन्द भट्ट पञ्चेश्वर ०५ बैतडी
३४// भोकले पेटमा मुसा दौडाईरहेछिन जहान, जिउँदै स्वर्गमा पुर्याउने तिमी त रैछौ महान। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
३५// नामर्दलाई यहाँ आँटी भनिएको थियो, वृद्धआश्रम पितालाई उपहार दियो । ✍️ धनुष न्यौपाने गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
३६// म घुस खाएर पैंसा हैन मान्छे कमाउँछु , दियो भने कसैले नाइ भन्दिनँ समाउँछु । ✍️ कर्ण दयाल मेलौली ७, बैतडी
३७// घरको देवी देवता पर बृद्धाश्रममा फाली, नरमाउनु है भोली तिम्रो पनि आउँछ पाली। ✍️ बिके मुखिया दार्जीलिङ,भारत।
उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको छैटौँ शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको बाह्र गते आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्रप्रसाद बस्यालले आजको कार्यक्रममा उत्कृष्ट र मर्मस्पर्शी उदकहरू वाचन गरिएको जानकारी गराउँदै उदकको भविष्य सुन्दर रहेको र उदकमा विभिन्न नवीन प्रयोगसँगै उदकलाई विभिन्न किसिमले लेख्न र प्रस्तुत गर्न सकिने बताउनुभयो ।
समग्र कार्यक्रमको समीक्षात्मक विचार सहित प्रमुख अतिथि बस्यालले साहित्य मानवतावादी हुनुपर्ने र यसले विश्व बन्धुत्वको भावनाको विकास गराउने भएकोले साहित्य सिर्जना मार्फत समाजलाई सही बाटोमा ल्याउन सचेत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।
चौबिस जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन शृङ्खलामा अबोध निर्मल, भवानी घिमिरे, सुशिला पौडेल, सोमनाथ लुइटेल, जमुना कायस्थ, बालकृष्ण खनाल, लक्ष्मी बस्याल, पुष्प रानामगर, शोभा पोखरेल, कविता देवकोटा, हरि शर्मा पङ्गेनी, सविता केसी, रोशन पराजुली, मन्दिरा सेँढाइ, घनश्याम पौडेल, बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, प्रेम बहादुर थापा, देवेन्द्र शाक्य, धर्मी शाक्य, तिला लेकाली आदि उदक यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उदक यात्रीका उदकहरूमा माया, प्रेम, देश, प्रकृतिसँग सम्बन्धित विषयवस्तुका साथै समाजमा व्याप्त विकृती विसङ्गतिप्रति तिखो व्यङ्ग्य गर्दै राष्ट्रिय भावले ओतप्रोत भएका उदकहरू वाचन गरिएका थिए ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उदक स्रष्टा अकुलीनले उदकको संरचनागत अवधारणाको जानकारी गराउँदै उत्कृष्ट उदक सिर्जना गर्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अहिले ११ घण्टा ढिलो गरेर बन्दसत्र सुरु हुन लागेको छ। तर, बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक जारी छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय कमिटीको नाम अघि सारेका छन् ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।
ओलीले पेश गरेको नामावलीमा भीम रावललगायतले असहमति जनाए ती पदमा चुनाव हुने पनि एमालेले तयारी गरेको छ । अहिले अध्यक्ष मण्डलको बैठक जारी छ । File Photo
जाजरकोट जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।
बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
काठमाण्डाै – दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।
दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।
सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा क्वरेण्टीन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा उहाँको जोड दिनुभएको छ । नेपालमै भेरियन्ट पहिचान गर्न सक्ने भएकाले कोरोना सङ्क्रमण देखिएका यात्रुको विवरणको आधारमा जिन सिक्वेसिङ गरिरहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो।
काठमाडौ, ११ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २८ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
source : social media
अभ्यास क्रममा सृजना गरिएकाउदकहरू
१// ममता भोका बचेरा तृप्ति पार्ने प्रयास ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२// नाता बचेराको भोक आमाको मीठो ममता! ✍️ श्रीकृष्ण शर्मा पोखरा
३// आमा मायाको खानी लालनपालनमा बित्यो जिन्दगानी! ✍️ देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश
हिन्दू परिषद नेपाल द्वारा ७ औ स्थापना दिवस मनाईयो बीरगंज ११ मंसिर हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आफ्नो ७ औ स्थापना दिवसको अवसरमा गीता मन्दिर बीरगंजमा चियापान समारोह सम्पन गरेको छ।जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको समारोहमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सचिव परमानन्द चौधरी, लोकतांत्रिक समाजवादी पार्टीका केन्द्रिय युवानेता शिव पटेल,नेपाल काँग्रेस पर्साका उपसभापति अधिवक्ता प्रकाश उपाध्याय,हिन्दू परिषद नेपालका पूर्व केन्द्रिय महासचिव अधिवक्ता अनिरूद्ध सिंह, जगतगुरु शकराचार्य पूरी पीठ नेपालका संरक्षक डा. अनिल झा,साधु समाज पर्साका अगुवा सुरेन्द्र दास लगायतकाले शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अजिता देवी पटेल,चित्तरंजन श्रीवास्तव, सचितानन्द दुबे,सुनील गुप्ता,भरत सरार्फ,अधिवक्ता बिनोद प्रसाद कुर्मी, रमेश रौनियार, उमेश साह कानू, पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ,बीरगंज नगर उपाध्यक्ष मनीष वर्णवाल,महिलानेत्री मीनू ठाकुर,हिन्दूवादी अगुवाहरु भूपेन्द्र पौडेल,अरबिन्द साह कानू, संतोष गुप्ता, दिलीप गुप्ता,अमोद कुमार केवट,मुना सोनी,पत्रकार संतोष मिश्रा लगायतकाको सहभागीता रहको थियो।
टुक्का लेख्नेहरु माझ थियोे केही भन्नु, दुबै लाईन लेखेर बराबरी गन्नु । १// आधा अक्षर काटिएका बिल्कुल गनिदैन, बराबर अक्षर नभई टुक्का भनिदैन । २// अन्तिमकाे अनुप्रासलाई मुटु माने हुन्छ, अर्थपूर्ण बन्दछ लेखाइ भित्रसम्म छुन्छ । ३// टुक्का हुन्थ्याे माैलिक खालकाे परापूर्व कालकाे, हिजोआज देखिने गर्छ टुक्का फरक खालको । ४// टुक्का वाचन गर्दा बिश्राम भुल्नु हुन्न, जथाभावी भन्ने गर्दा कतैपनि छुन्न । ५// हुनुपर्छ टुक्का मीठाे जनबाेली बाेल्ने, ब्यङ्ग्य टुक्का सुनेपछि मुटु काम्ने पाेल्ने । ६// शुद्धतामा विशेष ध्यान दिए हुन्छ राम्रो, अपनत्व बढेर जान्छ स्वामित्व याे हाम्रो । ७// टुक्का काव्य साहित्यकाे लघुतम रुप अरे, हुँदा सभ्य लालित्यकाे उन्नयन भित्र भरे । ८//
काठमाडाैँ, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसर पारेर २०७८ मङ्सिर ९ गते टुक्का साहित्य समाजले “लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-२६” सम्पन्न गरेकाे छ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा विश्वका विभिन्न स्थानबाट ९२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमकाे समापनकाे क्रममा संयाेजक/ अध्यक्ष चापागाईंले कानुनमा उल्लेख भएता पनि कार्यन्वयन पक्ष फितलाे भएका कारण विश्वमा नारी र पुरुष बिचमा विभेद र हिंसा कायम नै रहेकाेमा चिन्ता व्यक्त गर्दै, लैङ्गिक आधारमा फरक नछुट्याई समाजमा “नर हाेस या नारी, समान जिम्मेवारी” भन्ने कुरामा सबैलाई सचेत गराउनु पर्नेमा जाेड दिँदै उत्साहपूर्वक टुक्का लेखनमा सहभागी हुने सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे ।
अभ्यासका क्रममा सङ्कलन गरिएका लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध सिर्जना गरिएका टुक्काहरू [१] १. मानव हामी समान देखाै नरनारि बराबरी, समान हक र कानुन बनाउँ फरक नगरी । २. लैङ्गिक समानता सबकाे अधिकार, हिँसा हैन अब सबलाई गराैँ प्यार । ✍️ ताराप्रसाद चापागाई धुनिबेसी ।
[२] १. महिला पुरुष बराबरी, अलग नठानौँ एकलाई उच्च अर्कोलाई अछुत नमानौँ । २. सम्मान गरौँ महिलाको हामी, उनी छिन् महान रातदिन गर्छिन् हेरचाह परिवार जहान । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[३] १. महिला हिंसा अन्त्य बारे मनाउँदै छु दिवस, बिहानै ससुराले टोकसेको सम्झन्छु सकस। २. सङ्घर्ष घरभित्र मर्दै बाँचेको छ चुलो चौकामा नै किन, पुरुष सर्दैन अघि स्वास्नी बिमारी हुँदा पनि खान दिन। ✍️ पौडेल विमुन्स पोखरा कास्की
[४] १. महिला हिंसामा हजुर हुन्छन् महिला नै अगाडि, पुरुष त दर्शक रे महिला हुन् राष्ट्रिय खेलाडी । २. हिंसा र विभेद अन्त्य गर्नलाई शुरु घरबाटै गरौ, निरङ्कुशताको अन्त्य गरेर मायाप्रेम सर्वत्र छरौ। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४ दाङ
[५] १ महिला पुरुष भन्ने गर्छौ पाङ्ग्रा एकै रथका, देखिंदैन कहिल्यै पनि हिड्ने एउटै पथका। २ समान हक र व्यवहारले मात्रै हुन्छ असल, भेदभाव रहित हुनुपर्छ मित्रताको पसल। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[६] १. थोपा थोपा मिली सागर बने झैं घरै पिच्छे आवाज उठाऔं, चेतना नै महत्वपूर्ण कुरा हो महिला हिंसा आफैँ भगाऔं । २. दिनानुदिन हाम्रो समाजमा असुरक्षित छिन् अबोध बालिका, विविध पक्षमा नारी बन्नै पर्ने अवस्था आयो माँ दुर्गा कालीका । ✍️ शर्मिला श्रेष्ठ भैंशेपाटी, ललितपुर
[७] १. हेपिदै थेचिंदै कुटिदै कति फुटे चुरा, खोज्न उठ नारी अब अधिकारका कुरा। २. सहदै बसे त लुटिन्छ अस्मिता अझै कति, आगो बाल्नु पर्छ फुकेर झिल्को रहेको जति । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[८] १ लैङ्गिक विभेद हो अमानवीय, दण्डनीय अनि पाशविक कार्य समाजको विकासमा आधा अकाश नारीहरू नि छन् अपरिहार्य । २ नारीकै कोखबाट जन्मिएर सुन्दर मुहारमा तेजाब छर्कनेहरू यिनै पुरुष नामका जनावर हुन् धराका कलङ्क कोही होइनन् अरू । ✍️ श्रीकृष्ण शर्मा, पोखरा
[९] १• महिला पुरुष एकै रथका दुई पाङ्ग्रा भए, भिन्न जाति बनाएर हेर्ने ति दिनहरु गए। २• आमा दिदी बहिनी नै, हुन् महिला भने पनि, यति ठूलो भेदभाव, बनाउॅछौ किन अनि। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
[१०] १. समानताकाे के कुरा गर्नु बुझ्नु पर्छ सबैले कसि , सूर्यको अघि बिलिन हुन्छ देखिन्न कतै हेर शशी। २. अधिकार खोज्दै नलडेसम्म हुँदैन तिम्रो भलो कदापि, दबाई इच्छा चाहना सबै खुसीयाली बाड्छौ तिमी तथापि। ✍️ अनिल खग्रास
[११] १ यो श्रृष्टि महिला पुरूष बिना सम्भव छैन, किन होला महिलाहरू लाई सम्पत्ति भैन। २ नारी पनि त मानिसहरू हुन हिंसा किन, जगतको कल्पना गर्न सकिन्न नारी बिन। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही-१८
[१२] १. सेवा गर्छाे पुरुषलाई सधै भरी न्यानाे ताताे महिलाले केही बाेल्नु परे डरले मुख राताे । २. घरेलु ती पेशाहरु, उनका नाममा छाप, संस्कार पनि उनकै पेवा नत्र लाग्ने पाप। ✍️ मनोहरी पौडेल गैडाकोट १-नवलपुर
[१३] १ महिला हिंसा अन्त्य गर्न सबै जुट्नुपर्छ, आ-आफ्नाे ठाउँ बाट नारीहरू उठ्नुपर्छ। २ बस्नु हुदैन नारी तिमीले चुलाे चम्काे समाई समानता ल्याउनु पर्छ समान हुन्छ कमाई। ✍️ सीता काफ्ले सि न पा-८ ,भैरहवा
[१४] १. महिला हिंसा विरुद्धमा ऐक्यबद्धता गर्नु , देवी हुन् नारी, उनको जीवन खुसीले भर्नु। २. एउटै रथका दुई पाङ्ग्रा नारी जाति सारा यिनलाई पनि दिनुपर्छ छुन जुन तारा। ✍️ गङ्गा खङ्का बुढानिलकण्ठ, काठमाडाैं ।
[१५] १. नारी पुरुष समान हुन् अलग नठान छोरी पनि त तिम्रै सन्तान भिन्न नमान । २. बढेको छ हिंसा नारी माथी झन नारी बिना सृष्टि चल्छ भने भन । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१६] १. महिला न्यायको प्राप्ति हिंसामुक्त समाजको , निर्माण गर्न लौ जाग युवा माग छ आजको । २. नारीले नारीका माथि हिंसा शोषण जे जति, गर्दछौ सब ती च्याती बढाउ समता गति । ✍️ रामजी लामिछाने, पोखरा-२७
[१७] १. लुकेर होइन अब नारी जुटेर आऊ अन्धविश्वासको जेलबाट छुटेर जाऊ । २. सम्मान गर्नु छोरीलाई ऊ बिना श्रृष्टी चल्दैन अन्धकार हुन्छ घर, कुनै दिन चुलो बल्दैन । ✍️ सीता आस्था ढुङ्गेल हाल: काठमाडौँ
[१८] १. कहिले हट्ने हाेला महिला हिंसा अत्यचार न्याय पाउने आशमा वित्याे जीवनकाे सार । २. एकपछि अकाे परिरह्याे पीडा बारम्बार सहँदा सहँदै हराई गयाे बाँच्ने आधार। ✍️ भावना मञ्जु झापा, हाल – माेरङ
[१९] १. एक रथका दुई पाङ्ग्रा सधै हाम्रो नारा नारालाई सार्थक पार्न बाेकाैं अभिभारा। २. हत्या, हिंसा, बलात्कार निर्मूल पार्न जुटाैं सम भाव फैलाउन नारी पुरुष उठाैं। ✍️ मित्र उराठी गाैतम अमरपुर-गुल्मी हाल:बुटवल
[२०] १. गर्भमै धेरै नारीको वध गरेर पुत्र पाल्यो उसैले बेसहारा बनाएर वृद्धाश्रम फाल्यो । २. तेल छैन भने सुख्खा दियो बल्दैन नारीविना पुरुषको घर चल्दैन । ✍️ रिजाल विनोद बेलबारी-०२, मोरङ
[२१] १, लैङ्गिक समानता भनेर कानुनमा मात्र लेखियो, कार्यान्वयन भएको नत आज सम्म कतै देखियो। २, महिला का हिंसा दिन दहाडै गरिरहन्छन् जहिले, सर्वसाधारण जेलमा ठोसेर दोषी छुट्छन् पहिले। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड, झापा
[२२] १. हुर्किदै गरेकाे बिरुवालाई नमार, बढ्न दिनुहाेस यस धर्ति मै उमार। २. छाेरी चेली माथि बारम्बार हिंसा किन, नारी बिना संसार चल्दैन कुनै दिन । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही
[२३] १• नारी बिनाको संसार कस्तो होला सबैले सोच्नु, महिला हिंसाको अन्त्य गर्न सुन्दर बाटो रोज्नु। २• सबै मिली हत्या हिंसा हटाउ बलात्कार, नगरौ है नारी माथि अन्याय अत्याचार। ✍️ निर्मला शाही ठकुरी, दैलेख
[२४] १. सृष्टि वाहकका लागि सम्मान गर्ने दिन आअाेस् महिला हिंसा गर्नेले अब कडा सजाय पाअाेस्। २. जीवन चक्र पूर्ण हुन महिला नै चाहिन्छ, पुरुषको प्रगतिमा पनि साथ उनकै पाइन्छ। ✍️ कमला देवकोटा, पाल्पा हाल काठमाडौ
[२५] १. किन होलान् सासू बुहारीमा मिल्दैन् तालमेल नारीद्वारा नै भएका छन् नारी हिंसाको खेल। २. सुन ए! राक्षस सुन! अत्याचारी जननी हुन् नारी सृष्टिकी पुजारी । ✍️ बी.कुलुङ दार्जिलिङ
[२६] १. खस्किदै गयाे हाम्रो देशको राजनीति झन्झन्, बलियो बनाउनु पर्छ महिला सङ्गठन। २. राष्ट्र नै कमजोर भएसी अन्तर्राष्ट्रिय के गर्छ, महिला हिंसा अन्त्य गर्न राष्ट्र बलियो हुनुपर्छ। ✍️हिउँकला हाँसी खतिवडा, कैलाली,
[२७] १. समयले सभ्यता माग्छ मान्छे जंगली बन्दै गयो, महिला माथिको हिंसा अपराध डर लाग्दो भयो। २. अब चेली बेटी बेचबिखन विरुद्ध सशक्त आवाज उठाऊँ, जनताले अपराधी समात्न सरकारलाई सचेत गराऊँ। ✍️ रवीन्द्रनाथ पोखरेल देबचुली,नवलपरासी
[२८] १. महिला अपमान तिरस्कार को जालो तोडौ नारी माथि हुने हिंसा बन्द गरेर नै छौडाै । २. कमजोरी नठान नारी को महानता जान नारी माथि हिंसा हैन सदैव गरौं सम्मान । ✍️ सूर्य मणि रेग्मी चितवन
[२९] १. नारीलाई खेलौना सम्झिने पुरुष अझैपनी संसारमा छन्, यिनै पुरुषको अत्यचार सहँदा लजित भएर रुन्छन् झन्। २. गर्भ लाग्छ नारीहरू अघि बढेकाे देखेर, नराेकाै है नारीले नै नारीकै भाग्य छेकेर। ✍️ कमला पाण्डे पराजुली, झापा
[३०] १. नभए नारी यो सारा जगत् सृष्टि नै चल्दैन संसार नै अन्धकार हुन्छ दृष्टि नै बल्दैन । २. जन्मिन्छे छोरी भनेर पहिल्यै गर्भमा नमार, उन्मुलन गरौ महिला हिंसा धर्ममा उमार । ✍️ विबश पारदर्शी भद्रपुर – २ झापा
[३१] १. मानवता मरेको देशमा खै के भन्नु, लाखौं छन् महिला हिंसा, ती कसरी गन्नु । २. कानुन लेख्छन् पानाभरि महिला हिंसा नानाथरी । ✍️ सावित्री पाैडेल काठमाडाैं ।
[३२] १. नारी हिंसा अन्त्य पार्न सबै लागि परौ शान्ति हुन्छ एकदिन बरु दु:ख गरौं। २. गर्नै पर्ने देखियो फेरी यहाँ त क्रान्ति हुनु पर्छ समाजमा नारीलाई शान्ति। ✍️ बिक्रम तिरुवा सलिन तिला गाउँपालिका-३ कुडारी जुम्ला
[३३] १ . नारी पुरुष बराबर ,सडकमा कति रट्ने बलात्कार , हिंसा र शोषण अब कहिले हट्ने । २. नारीलाई सम्मान गरे, घर स्वर्ग बन्छ छोरी, बुहारी एकै हुन, समाजले भन्छ । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका-४ झापा
[३४] १. समान भाव लिएर नारी पुरुष जुटाैँ, समानताको हक ल्याउन अब नछुटौँ। २. यिनै नारी नभए यो सारा सृष्टि चल्दैन जगत हत्या हिंसा नारी माथि पुरुष किनगर्छौ फगत । ✍️ बेदु न्यौपाने, काठमाडौ
[३५] १. जुनै सरकार आए नि सत्यता तर्फ ध्यान गएन जति नै बखान गरे नि महिला हिंसा कम भएन। २. देशमा अब महिला कानुन मन्त्री होस स्त्री दोहन गर्नेको सर्वस्व नै खोसियोस। ✍️ परिक्रमा श्रेष्ठ धरान
[३६] १. ललाइ फकाइ सहर बजार रात बिरात घुमायेा अनेक जालमा फसाई बेहाेसमा नै इज्जत गुमायाे । २. यस्तै छ यहाँको स्थिति बिश्वास र भर कसैको हुन्न अरुलै भन्दा पढेकालै नैतिकताका पाठले छुन्न । ✍️ पवन कुमार बुढाथाेकी
[३७] १. गंगा सागरको छालले झै पर किन फाल्छौ ? मरूभूमि बनाई नारीलाई रापमा गाल्छौ ? २. परिवार समाजमा टाढा हुँदा नढल अब । अन्धकार हटाउँदै ज्योति स्वरुप बल तब । ✍️ दुर्गा आचार्य मोरङ
[३८] १. नारी बिना चल्दैन कसैको घर सम्मान गरौ परौ उनको भर। २. सरकार नारी हिंसा खारेज गर, महिला हेप्न काेही नि अघि नसर। ✍️ प्रेम सुनार, दैलेख
[३९] १. महिला माथि घरेलु हिंसा अन्त भएको छैन यसैमा लेखे प्रतिवेदन र कति लेखे ऐन। २. पुरूष प्रधान समाजमा महिला हिंसा अति विवाह प्रणाली नै थोत्रो चलन दासीको पति। ✍️ भूषण जंग अस्ट्रेलिया
[४०] १. महिला हत्या हिंसा रोक्नु पर्छ अब नारी पुरुष सक्रिय भै लागौं सब। २. एक रथको दुई पाङ्ग्रा भन्छन् हाम्रो नारा नारा मात्र सीमित राख्ने के हो हाम्रो पारा। ✍️ सरस्वती श्रेष्ठ, इटहरी
[४१] १. नारीको पहिचान हुन्न लगाउँदैमा सारी। काँधमा बोकेर हिँडेका छन् लाखौं जिम्मेवारी । २. नारीलाई किन हाे यति कमजोर ठानेको, देख्दैनन् यो संसार मीठो ममताले बानेको। ✍️ ज्याेती घिमिरे गाेदार, धनुषा ।
[४२] १. महिला हिंसा र अत्याचार अन्य गर्न लागाै, अाजै देखि एकजुट भई आऊ सबै जागाैं । २. सद्भाव, सहयाेग र प्रेमले सम्बन्ध प्रगाढ बनाऊँ, आउ अन्तराष्ट्रिय महिला हिँसा अन्त्य दिवस मनाऊँ । ✍️ वसन्ती भण्डारी, सुर्खेत ।
[४३] १. आफ्नो मुटुको टुक्रा अर्कैलाई सुम्पिएको हुन्छ, सबैको सामु हाँसे पनि नारी एक्लै हुँदा रुन्छ। २. असल बुहारी बनी आमा भई सुनाउँछन् कहानी भिखारीलाई पनि राजा झैं बनाई आफू बन्छिन् रानी। ✍️ प्रशान्ती राई सामसिङ्ग खासमहल, कालेबुङ्ग
[४३] १. भाकल पूरा नभए पनि मन्दिर त धाउँदैछन् महिला हिंसा बन्द गर नत्र काली आउँदैछन् । २. हिजो तिमी आमा नहुँदा बाँच्न सकेनाै श्रीमती पायाै आमाकाे पक्षमा बकेनाै । ✍️ गृष्मा पौड्याल टोकियो जापान
[४५] १. नबिर्स पुरुषहरूको आधी हिस्सेदार नारी हुन् भनेर सम्मान गर नारी पुरुषको जिन्दगी बराबर गनेर। २. नारी पुरुष एक भई उन्नतिमा लागाैं नारी हिंसा विरुद्धमा आवाज लिई जागाै। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[४६] १, दु:खी भएका महिलालाई हसाउनु, महिला हिंसा र दास प्रथा हटाउनु । २. नमानी सरम लाज मनको कुरा खोल्नु, महिला हिंसा बारे पुरुषले पनि बोल्नु । ✍️ साहित्य प्रेमी प्रयासी श्री लिम्बू पाँचथर
[४७] १. महिलालाई सम्मान गर्नु जोगाउनु होला पति पत्नि मात्र नभएर पार्वती र भोला । २. महिलाको सुन्दरता उनको आनन्द होस् काली बनी हिड्न दिनुस् आँखा नलाउनुहोस् । ✍️ पुष्पाशायरा, बिराटनगर ।
[४८] १. साक्षर नारी सुखी परिवार, नर नारी समान अधिकार। २. नारी बिनाको जग हुनेछ अन्धकार जगमा नहोस अबलाको बलात्कार। ✍️ बि के मुखिया दार्जिलिङ्ग
[४९] १. चर्मचक्षु अनि ज्ञानचक्षु स्निग्ध पारेर, छोरीलाई हक दिलाउ हुँदैन टारेर । २. हिमशैलमा टल्कने त्यो हिउँ जस्तै गोरी, भेदभाव नगर अमूल्य रत्न हुन् छोरी । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गाउँपालिका-६, दोलखा ।
[५०] १. घरभित्रै छन् विभेदका नियम सुधारौँ सबैले, नारीलाई सम्मान दिऊँ हिंसा नगराै है कसैले । २. तिमी नारी म पुरुष मिलि बसौं कसैगरि एउटै रथका दुई पाङ्ग्रा हामी बराबरी। ✍️ लक्ष्मण समीर बर्दिया ।
[५१] १. महिला हिंसा बलात्कार बढ्दै गाएको थाहा छैन हाम्रो देशमा खै के भएको । २. आफ्नै घर समाजमा लैङ्गिक असमानता हुन्छ महिला हिंसा भयो भन्दा त मेरो झनै मन रुन्छ। ✍️ ललिता अभागी सुनकोशी ५, सिन्धुली
[५२] १ बाहिर जागिरमा जानु नै हुन्न भन्छन्, धेरैको नारी परिवारमा दासी बन्छन् । २ सचेत नभएर हिंसा बेहोर्नु परेको छ नारीले, घरैमा बस्नु पर्ने बाध्यता छ घुम्टो ओडेर सारीले । ✍️ भगवती दवाडी दमक, झापा
[५३] १. समान छौँ तिमी हामी भेद गर्नुहुन्न, हात छोड्न आवेगमा अधि सर्नुहुन्न। २. आऊ एक माला उनौँ पिरतीले गाँसी। यात्रा गरौँ जिन्दगीको सदा हाँसिहाँसी। ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगर पालिका-९,फर्पिङ,काठमाडौ।
[५४] १. कहिले बढ्ने अघि सधैं डराई पछि पर्ने भए हुदैन हिंसा अन्त्य चुल्हो चौको मात्रै गर्ने भए । २. आएको छ फेरि पनि हातमा हात मिलाउने आफैंले हो नारी पुरुषमा समानता ल्याउने। ✍️ हिमा आर सी मेहेलकुना सुर्खेत
[५५] १. महिला हिँसा विरुद्ध ज्ञान छराैँ, समान हककाे लागि केही गराैँ । २. महिलाहरू हिंसामा नपर्नु खराब काम कसैले नगर्नु । ✍️ अरुण नदी खत्री काठमाडाैं ।
[५६] १. नारी हुन् सृष्टिको सुन्दर अनमोल फूल, संरक्षण गरौं, नगरौं अत्याचार भुल। २. जगतलाई सुन्दर बनाउन महिलाको खाँचो, सफलताको हर पाईलामा उसैको साथ साँचो। ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७
[५७] १. अँध्यारो समाजमा ज्ञानको ज्योति बाल्छन् छोरीले पनि युद्धको गाण्डीव उचाल्छन् । २. पापी, दुष्टहरूले लिंदै आए छोरीहरूको ज्यान, सबै मिली सफल पारौं बेटी बचाउ अभियान । ✍️ रचना मोक्तान “यात्री” नमोबुद्ध नगरपालिका-५, काभ्रे ।
[५८] १. पितृसत्ता नै हो नि नारी हिंसा कारक देखियो पुरुष हिंसक रुप धारक । २. हुनुपर्छ अब बहुमतको कदर गर्नुपर्छ नारीले पितृ सत्ता बदर। ✍️ ईशहाक हुसैन सिमरा उ. म. न. पा. १४ जि.बारा २ नं. प्रदेश
[५९] १. लैंगिक समानताको कुरा भ्रमजाल झै भयो यो देशमा वकालत गर्नेले नै चीरहरण गर्छन् साधुको भेषमा। २. महिला विरुद्धको हिंसा कलंक हो समाजको यस विरुद्ध लड्नु नै आवश्यकता हो आजको। ✍️ दीपक ठटाल जलन खरसाङ,दार्जीलिङ।
[६०] १. सेवा भावना सबैमा बढेर आओस् समानताको नारा सबै मिली गाओस्। २. नारी पुरुष समान मुखले भनेर हुँदैन, कागजी नाराले मात्र कसैको दिल नैं छुँदैन। ✍️ सुशीला पाैडेल अर्घाखाँची
[६१] १. महिला हिंसा अन्त्य गर्न कानुन निकै बलियो बनाउनु महिला, जनता र सरकार सबैले अगाडि बढाउनु । २. समान शिक्षा दिनु पर्छ कानुन बनेको कार्यन्वयन नभय र हिंसा यो बढेको। ✍️ नविन जोशी प्रदेस ७, कैलाली
[६२] १. अर्काकै मुख ताकेर बसेमा केही हुन्न चेली, हिंसा बिरूद्ध आफै उठ्नु पर्छ चमेली र बेली। २. महिलाले महिलालाई कहिल्यै हिंसा नगर्नु, लैङ्गिक समानताको जुलुसमा भर नपर्नु। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[६३] १. पुरुष तिमी जन्म लियौ नारी कै यो कोखमा नारी माथी नै हिंसा गर्छौ ठुलो बन्ने सोखमा। २. तिम्रो मनको मैलोहरु सबै लुकाएर नारी माथि सम्मान गर दिल फुकाएर । ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ
[६४] १. समर्पित हुन्छिन् नारी सबलाई माया गर्छिन् त्यही नारी कुनै न कुनै खाले हिँसामा पर्छिन् । २. नियति हैन नारीको सधैं नै हिंसा सहने सधैं चुप लागि नबस्नु गर्नु पर्छ कहने । ✍️ रचना शर्मा प्रतीक्षा ललितपुर , इमाडोल ।
[६५] १ इरादा सहि हुँदा मन्जिल टाडा भए पनी लक्ष्यमा पुग्न सक्छिन नारी उधारिएका दु:ख टाली छिचोल्छिन् सफर पूरा गर्छिन साह्रा जिम्मेवारी। २ लैङ्गिक समानता र महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय महिला दिवस थिचोमिचोमा पारेर नारामा सिमित राखी मनाउनु बाध्यता की विवश? ✍️ अबजस चन्द्र, झापा
[६६] १. महिला हिंसा अपराध हाे भन्ने कुरा जान्नुपर्छ, नारी पुरुष एकै रथका दुई पाङ्ग्रा ठान्नुपर्छ । २. सरकार सामु राखेका छाैँ लिखित माग हाम्रो , महिला हिंसा गर्नेलाई मृत्युुदण्ड दिनु राम्रो । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[६७] १. परिवर्तन ल्याउनु छ ए छोरी सासू बुहारी हिंसा सहेर मौन नबसौ बन्नलाई संस्कारी। २. शिक्षा,स्वतन्त्रता,कानुन समान हुनु पर्छ नारी माथि बज्रने पहाडहरू यसै टर्छ। ✍️ अरुणा श्रेष्ठ ‘अनु’ भद्रपुर ३, झापा
[६८] १. नारी हिंसाको गराैं सधै खुलेर प्रतिकार नारी हुन आधा शक्ति सबैले शुभ विचार । २. नारी पुरुष दुबै उस्तैे हुन् आधार सृष्टिको असमान व्यवहार मात्र भ्रम हो दृष्टिको। ✍️ रुपा पाैडेल कुपण्डाेल, ललितपुर ।
[६९] १. नारी उठाैँ जागौ गाउँ बस्तीबाट उठाैँ अन्याय र नारी हिंसा अन्त्य गर्न जुटाैँ । २. समाजमा नारी हिंसा सधैं हुन्छ बलात्कार रास्ट्रपति नारी हुँदा रोक्न लागौं लगातार। ✍️ तारा घिमिरे सङ्खुवासभा ।
[७०] १. किन हुन्छन् आफ्नैबाट चेली बलात्कार मरण? अझै पनि बारम्बार ती द्रौपदीकै वस्त्र हरण। २. हामी सबै मिलेर महिला हिंसा अन्त्य गराैँ समाज आधुनिकीकरण गरि अघि सराैँ। ✍️ पूजा जिज्ञासु पाल्पा, हाल बुटवल ।
[७१] १. आमा दिदी, बहिनी भाउजू देवीका रुप थरीथरी नगराैँ कसैले भेदभाव नारी पुरुष बराबरी । २. उठ नारी अवसर खाेजी लड्नुपर्छ माैकामा, संकुचित हुनु हुँदैन केवल चुला चाैकामा । ✍️ रामकृष्ण रिजाल बा न पा १३ बाग्लुङ
[७२] १. महिलामाथि राेकिएन हिंसा अत्याचार , पुरुष भए हाबी निकै राखे व्यभिचार । २. हिंसा राेक्ने अभियान हाे याे नरनारी नछुटाै , व्यभिचार निर्मूल पार्न अाउ मैदानमा जुटाै । ✍️ रामकृष्ण दुवाडी पाेखरा
[७३] १. नारी जगतकाे जननी हुन उनकाे सम्मान गरौ अत्याचार र बलात्कार राेकेर मनमा खुसी छराै। २. नारी कहिल्यै तिमिले कमजोर छु नभन्नु अाफुमाथि हिंसा परिअाए दुर्गा, काली बन्नु। ✍️ रिना याेल्माे दार्जिलिङ्ग
[७४] १. महिला हिंसा समाजबाट निर्मुल हुनुपर्छ, समानताको नाराले सबैलाई नि छुनुपर्छ । २. महिला प्रति हेर्ने दृष्टि सकारात्मक राखौं, सभ्य समाज सिर्जनाको प्रतिफल लौ चाखौं । ✍️ त्रिलोचन भण्डारी मेचीनगर,झापा
[७५] १. घरदेखि बाहिर असुरक्षित हुन्छिन् नारी सधैं बोक्नु पर्छ काँधमा ती सारा जिम्मेवारी। २. कमजोर नसम्झ यहाँ नारीलाई देश हाँकेकिछन् बलात्कार, हत्यारा देखि कयौं अपराध ढाकेकिछन् ✍️ रिना सापकाेटा बारा
[७६] १. इश्वरको अनमोल सिर्जना नारी प्रकृति हुन गरौँ इज्जत बचाउ लाज उनै वसुमती,जून। २. बढ्दो छ हिंसा नारी जाति माथि भो मानवता म्लान आउ गरौँ अन्त्य हिंसाको चिनाऔं जननी महान। ✍️ अर्जुन उप्रेती (अप्रतिम) असम (भारत)
[७७] १. दुराचारी भ्रष्टाचारी, देशका ती बलात्कारी । २. दिन्छन् नारा लैङ्गिक हिंसा विरूद्ध अपार , हरे शिव हुन्छ दैनिक यहाँ अत्याचार । ✍️ प्रद्युम्न चालिसे भक्तपुर
[७८] १. हत्या हिंसा अन्त्य गर्न अब जुट्नू, गाउँ बस्तीबाट सबै नारी उठ्नू। २ नबसौं नारी सधैं चुल्हो चौकाे मात्रै समाई समानता ल्याउनु छ समान हुन्छ कमाई। ✍️ दुर्गा भट्टराई मोरङ
[७९] १. सच्चा हुन् एक हाम्रा विधाता समान हुन् दुबै मातापिता। २. समान ज्याला समान अंश आगाडि बढौ हात दिएर अन्त हुन्छ लैङ्गिक समानता हत्या हिंसा साथ लिएर। ✍️ कृष्ण आनन्द भट्ट पञ्चेश्वर-०५, बैतडी
[८०] १. अकालैमा चेलीलाइ पार्छौ मर्न वाध्य, हिंसा भाेग्ने कति भए छैन भनि साध्य। २. संस्कारी होइन सुरक्षित हुन सिक नारी नबाेक आफू माथि यस्तो अत्याचारको भारी। ✍️ नानीबाबा अधिकारी काठमांडाै
[८१] १ वंशले बाबा अंशले छोरा खुशी हुनेभयो त्यही खूनको छोरी रुँदै पराई घर गयो। २ बाबा आमाबाटै छ छोरा र छोरीमा विभेद छोराछोरी समान भन्न खुल्छ कहाँ संवेद। ✍️ जित बुढाथोकी छन्त्याल म्याग्दी नेपाल,हाल बेलायत।
[८२] १. हत्या हिंसा र बलात्कार गर्नेहरूलाई कडा कानुन लेऊ, सरकार नारी अस्मितामा खेलवाड गर्नेलाई फासी देऊ। २. आफू महान देख्ने पुरुषहरूले बुझ नारीको मर्म, नारीले घरगृहस्थिमा दैनिक गरेको हजारौँ कर्म । ✍️ उषा के सी ललितपुर
[८३] १ महिला हिंसा अझै अन्त्य भएको छैन , अब अघि नबढी दिदी बहिनी भैन। २ महिला समानता कहिले हुन्छ , सोचे भने मेरो मन सारै रून्छ। ✍️ कान्छी बिनिता विश्वकर्मा बाजुरा
[८४] १. सोह्र दिने अभियान चल्छ हरेक वर्ष , मात्र ब्यानरमा लेखिन्छ महिला संघर्ष । २. काम दाम सम्मान बराबर पाउनु पर्छ , लागु गर्दैन सरकार कानुन पास गर्छ । ✍️ कर्ण दयाल मेलौली ७ बैतडी
[८५] १. रगत सबैको रातो हो पुरुष र नारी, भेदभाव कसैले नगरौ हृदय पारी । २. किन हुन्छ हिंसा महिलामाथि मात्र महिला यहाँ हुदैछन् हत्याका पात्र । ✍️ अम्बिका गिरी बिराटनगर
[८६] १. नारीले सोचेको हुन्न कि जीवन के हुन्छ भनेर जन्म घर आउने बस्दै छिन किन दिन गनेर। २. हाँसो अनि खुशीमै लजाउछ्यौ तिमी दु:ख किन महिला हिंसा सम्बन्धी कुरा गराै न एकै छिन। ✍️ साधना पाैडेल अाेखलढुङ्गा ।
[८७] १. नदेख्नु ठुला सपना तिमीले पूरा हुदैनन् तिम्रा रहर नारी हिंसा गरी कुरिती ल्याउनेले नै छाएको छ सहर। २. कलम चलाउछिन् नारीले युद्ध गर्न परे पनि सर्छिन् मनमा हेँला हिंसा लुकाई मुस्कुराउँदै हिडने गर्छिन्। ✍️ सुमिना तिम्सिना भक्तपुर ।
[८८] १. नारी शक्ति ज्याेती घरकाे उज्यालाे जून, हेला नगर्नु कहिल्यै उनी लक्ष्मी हुन । २. सधै पटुकी बाँधेर भोक खप्दै सन्तान पाल्ने, तिनै आमालाई फेरि किन बृद्धाश्रममा फाल्ने । ✍️ रश्मि रिमाल, झापा
[८९] १. एकै तराजुमा तौल जोखिएको थियो महिला भन्दा पुरुष लाई मान दियो। २. नरनारीले चलाएको यो हाम्रो सार सबै मिलेर महिला हिंसा गरौँ पार। ✍️ धनुष न्यौपाने गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[९०] १. अझैपनि महिला हिंसा छैन रोकिएको, कालो बादल न फारेर छैन चोखिएको । २. जगाउनु छ यी चेतना हिंसा गर्नेलाई, मानवरूपी दानव ती आँखा तर्नेलाई । ✍️ ऋषिराम खनाल मध्यविन्दु ६, नवलपुर
[९१] १. हातमा हात मिलाई उठ अब, रोकिन्न महिला हिंसा त्यहाँ तब । २. के पायौ मान्छे लैङ्गिक हिंसा गरेर , बोल्छन् सधैं झुटा प्यार गर्छु भनेर । ✍️ कल्पना थामी सिन्धुपाल्चोक
[९२] १. महिला हिंसा हट्याे भन्छ सरकार खै त हटेकाे कस्ताे मानिस राखिस् डिउटीमा देख्दिन म खटेकाे । २. कहीँ बलत्कार , कहीँ अपहरण महिलानै बन्छन् घट्छ हाेला भन्याे सरकार किन बढ्दैछ यहाँ झन् झन् । ✍️ ल्युजर शर्मा बाग्लुङ गल्काेट ।