साप्ताहिक उदक लेखन अभ्यासको २८औं शृङ्खला सम्पन्न, ५२ जना स्रष्टाहरूको सहभागीता

  • ११ मंसिर २०७८, शनिबार २२:१३ मा प्रकाशित
  • काठमाडौ, ११ मंसिर। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २८ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    source : social media

    अभ्यास क्रममा सृजना गरिएका उदकहरू

    १//
    ममता
    भोका बचेरा
    तृप्ति पार्ने प्रयास !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    नाता
    बचेराको भोक
    आमाको मीठो ममता!
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    ३//
    आमा
    मायाको खानी
    लालनपालनमा बित्यो जिन्दगानी!
    ✍️
    देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही लुम्बिनी प्रदेश

    ४//
    गुँड
    भोका बचेरा
    अपार आमाको ममता !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ५//
    ममता
    हेर आमाको
    डालीमा झुन्डिई ख्वाइरहेकी! 
    ✍️
    धर्मी शाक्य
    बुटवल ,लुम्बिनी प्रदेश

    ६//
    डालीमा
    बचेराकाे जिन्दगी
    अतृप्त आमाकाे माया!
    ✍️
    गिरी बलराज

    ७//
    सन्तान
    आफू नखाई
    निस्वार्थ पोखिएको वात्सल्य!
    ✍️
    तिला लेकाली

    ८//
    बचेरा
    गुँडमा बसेका
    आमाको पर्खाइमा रहेका!
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ९//
    आमा
    त्यागकि मुर्ती
    बचाउन जीवन संघर्ष !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    १०//
    आमा
    गहिरो प्रेम
    सन्तानप्रति सदा समान!
    ✍️
    बिक्रम तिरुवा सलिन
        कुडारी,जुम्ला

    ११//
    गुँड
    भाेका बचेराहरू
    मातृवात्सल्य अनि कर्तव्य!
    ✍️
    खड्गबहादुर

    १२//
    चरीले
    पातहरू जोडेर
    निर्मित सुन्दर बासस्थान!
    ✍️
    खेमराज पुरी कैलाली

    १३//
    जीवन
    बाँच्नै पर्ने
    भाेक प्यास मेट्दै!
    ✍️
    राेशन पराजुली,धरान।

    १४//
    आमाको
    सन्तान दायित्व
    अनि जिम्मेवारी पनि!
    ✍️
    रामराजा के.सी.

    १५//
    कर्तव्य
    आमाको नाम
    आधिकारिक गुँडका बचेरा !
    ✍️
    सविता के.सी.

    १६//
    महत्त्व
    सन्तानका लागि
    आमाको माया अपरम्पार!
    ✍️
    सावित्री अधिकारी

    १७//
    मातृत्व
    भाेकै आफू
    सन्तान प्यार  अपार!
    ✍️
    चन्द्रावती अधिकारी

    १८//
    घरमा
    सन्तानको प्राण
    छोडी मातृबात्सल्यको भरमा!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    १९//
    हुन्छ
    आफ्नो सन्तान
    प्राण जत्तिकै प्यारो!
    ✍️
    बालकृष्ण खनाल

    २०//
    बचेरा
    खाेज्दै अामा
    भाेकले चाराकाे प्रतिक्षामा !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    २१//
    जननी
    ममताकी खानी
    सदा सन्तानको माया !
    ✍️
    कविता आचार्य, कैलाली

    २२//
    बचेरा
    सन्तति आफ्नो
    अतृप्त माया आमाको!
    ✍️
    रामसुन्दर थारु

    २३//
    भाेक
    सहेर  बसेका
    आमा पर्खेर बचेरा!
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
                भक्तपुर ।

    २४//
    माया
    भन्दा पर
    कर्तव्यको दह्रो छाया !
    ✍️
    घनश्याम पौडेल,पोखरा

    २५//
    ममता
    उच्च काेटीकाे
    लाग्ने  आफ्नो सन्तानकाे ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    २६//
    जिम्मेवारी
    सन्तानको आशा
    त्यसैमा अल्झेको जिन्दगी!
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    २७//
    मातृत्व
    आमा बेगर
    सन्तानको छैन अस्तित्व!
    ✍️
    सरस्वती श्रेष्ठ

    २८//
    आमा
    आपार स्नेह
    जीवन जगतकी सृष्टिकर्ता!
    ✍️
    राजाराम रत्गैया

    २९//
    चराे
    गुडँमा बचेरा
    खुवाउँदै चाराे मुखमा !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ३०//
    जन्मदाता
    सन्तानको माया
    रनभुल्ल प्रकृति काया!

    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली

    ३१//
    चारा
    ममतामयी  माता
    भर्ने  गर्छिन्   आहारा!
    ✍️
    कमला  देवकोटा

    ३२//
    आमा
    ठूलो नवजातमा
    स्रष्टा भगवान ऊनी!
    ✍️
    पुष्पाशायरा । बिराटनगर ।

    ३३//
    आमा
    सुन्दर सृष्टिकर्ता
    लालनपालन सबैलाई एकनास!
    ✍️
    शिव ज्ञवाली
    गुल्मि

    ३४//
    जननी
    बिचरा चरी
    माया भरीपुर्ण  सन्तानको!
    ✍️
    चेतराज जैशी  from UAE.

    ३५//
    परिश्रम
    हुर्काउन बचेरा
    आमाको नि:स्वार्थ माया !
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    ३६//
    संसार
    असीमित आवस्यकता
    आमाको माया अपार
    ✍️
    बादल गुरुङ वियोगी
          संखुवासभा,हाल काठमाडौँ

    ३७//
    आमा
    जस्तै अफ्ठ्यारोमा
    पनि दिने छत्रछाया।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ३८//
    आमा
    प्राण हत्केलामा
    धड्किन्छ मुटु बचेरामा!
    ✍️
    पशपती राई खोटाङ ।

    ३९//
    बचेरा
    आमाको ममता
    केवल सन्तानका निम्ति!
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    ४०//
    आमा
    ममताकाे खानी
    हेरचाहमौ बित्याे जिन्दगानी!
    ✍️ 
    सहयात्री शाेभा अर्याल
          बुटवल  रुपन्देही

    ४१//
    गौंथली
    बचेरालाई आहार
    खोजी जुटाउने आधार!
    ✍️
    जमुना कायस्थ, पोखरा

    ४२//
    ममता
    अपरम्पार जननी
    सन्तान सुख रहस्य!
    ✍️
    किशोर खनाल
      तानसेन १,पाल्पा

    ४३//
    आमा
    छरेर मातृत्व
    भर्छिन् सन्तानको पेट!
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    ४४//
    माया
    सहारा संरक्षण
    सून्दर संसार दर्पण!
    ✍️
    Chakra Alemagar “Lapha” kailali

    ४५//
    मातृवात्सल्य
    अाहारको अल्पता
    साझा घरको बास !
    ✍️
    निलकण्ठ भृगु।
    टीकापुर

    ४६//
    ममता
    गाँस ओकलेर
    सन्तान पालन पोषण!
    ✍️
    उर्मिला पन्त पाण्डेय*
            *ज्ञानेश्वर , काठमाण्डौँ*

    ४७//
    आहा
    आमाको माया 
    आत्मीय  सम्बन्ध कायम !
    ✍️
    रिता खराल,रुपन्देही

    ४८//
    बचेरा
    आमाको माया
    पोको पारी पात!
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ४९//
    आमा
    सँसारकै महान
    बच्चाको निम्ति भगवान!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ५०//
    पन्छी
    बचेराकाे आस
    शैशवकालमा जीवन्त गाँस!
    ✍️
    मनोज थापा

    ५१//
    बचेरा
    सहाराको खोजी
    आमाको न्यानो माया!
    ✍️
    मिलन के .सी.(थापा)पोखरा

    ५२//
    माया
    सृष्टि चक्र
    घाम र छाया !
    ✍️
    चक्र शाही


    One thought on “साप्ताहिक उदक लेखन अभ्यासको २८औं शृङ्खला सम्पन्न, ५२ जना स्रष्टाहरूको सहभागीता

    Leave a Reply