आउँदो विश्व कप फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का

  • ११ मंसिर २०७८, शनिबार १७:१६ मा प्रकाशित
  • काठमाण्डाै – फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् ।

    दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।

    हिजो भएको ‘ड्र’ मा इटली र पोर्चुगल समूह ‘सी’ मा परेका छन् ।यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ ।

    पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।

    Leave a Reply