
टुक्का लेख्नेहरु माझ थियोे केही भन्नु,
दुबै लाईन लेखेर बराबरी गन्नु ।
१//
आधा अक्षर काटिएका बिल्कुल गनिदैन,
बराबर अक्षर नभई टुक्का भनिदैन ।
२//
अन्तिमकाे अनुप्रासलाई मुटु माने हुन्छ,
अर्थपूर्ण बन्दछ लेखाइ भित्रसम्म छुन्छ ।
३//
टुक्का हुन्थ्याे माैलिक खालकाे परापूर्व कालकाे,
हिजोआज देखिने गर्छ टुक्का फरक खालको ।
४//
टुक्का वाचन गर्दा बिश्राम भुल्नु हुन्न,
जथाभावी भन्ने गर्दा कतैपनि छुन्न ।
५//
हुनुपर्छ टुक्का मीठाे जनबाेली बाेल्ने,
ब्यङ्ग्य टुक्का सुनेपछि मुटु काम्ने पाेल्ने ।
६//
शुद्धतामा विशेष ध्यान दिए हुन्छ राम्रो,
अपनत्व बढेर जान्छ स्वामित्व याे हाम्रो ।
७//
टुक्का काव्य साहित्यकाे लघुतम रुप अरे,
हुँदा सभ्य लालित्यकाे उन्नयन भित्र भरे ।
८//
✍️
रामकृष्ण दुवाडी
पाेखरा
२०७८/०८/१०


हार्दिक धन्यवाद !
हिमालय दृष्टि अनलाइन परिवारलाई ।।