
✍️ आर्त अकुलीन
१
तराई
सुन्दर तोरीबारी
वरिपरि मौरीको रसपान !
२
स्वार्थ
सम्बन्धको पतन
धरातल बिर्सने मानिस !
३
भोक
सुकेको आँत
चुनौती भोकमरी अभाव !
४
अन्धकार
हाँडीगाउँको जात्रा
सस्तो आँटोले पखाला !
५
बिहान
उषाको लाली
कतै पानीको छिटा !
६
लालित्य
बिहानी आश
भोकाएको पेटलाई गास !
७
ग्रहण
जूनको दाग
मनमा लुप्त सौन्दर्य !
८
स्वदेश
माटोको सुगन्ध
हिमाल पहाड तराई !
९
कमलासन
ब्रह्माजीको नामैले
खुसी भो मन !
१०
कमलनाल
पानीमा तैरिएको
पात यो फूल !
११
सखरसाला
सखरमा रमाए
ज्यान यो जाला !
१२
खग्रास
धमिलो आकाश
मनमा नमिठो आभाष !
१३
मानिस
सन्तानमा लगाम
नियतिमा कुकुर अनुपम !
१४
औँसी
सुनसान सडक
व्यर्थ भुक्ने कुकुरहरू !
१५
शिशिर
जाडोको जोहो
रुई फुई दुई !
कैलाली

