टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

  • २७ मंसिर २०७८, सोमबार २२:४९ मा प्रकाशित
  • काठमाडौ, २६ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    लाग्दैन म झैँ वरिष्ठ, कोही छ मानिस अरू,
    होलान् मेरो प्रगतिमा, आरिसले जल्नेहरू।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    हजुर नै हो वरिष्ठ मान्छे, यो सारा जगतको,
    आफैंले आफैं स्वघोषणा गर्ने मूर्ख फगतको ।
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    बेअर्थमा खुसी थिएँ यथार्थमा छ जलेकाे,
    नमीठो त्याे बचनले प्रतिदिन छ मरेकाे।
    ✍️
    भावना मञ्जु

    माेरङ

    ३//
    सर्वेसर्वा म नै हुँ भाँड भैलाेमा अघि सर्छु,
    अरुकाे बालै छैन् खाने थालमा फाेहार गर्छु।

    ✍️ ताराप्रसाद चापागाईं

    ४//
    वरिष्ठ नै मै हुँ भनी हंगामा गर्दै उठेको,
    आफैंले खाएको थालमा लौ कसरी चुठेको ।
    ✍️

    बेदु न्यौपाने काठमाडौ

    ५//
    मुल्यांकन गर्ने अर्काले,
    पीडित रुदै छ मर्काले ।
    ✍️
    भुपेन्द्र राना मगर

    धादिङ

    ६//
    केही हुँदैन् जल्नेलाई जल्न दिनुपर्छ,
    जो जसले सक्छ उसले प्रगति गर्छ ।
    ✍️
    रत्ना पुन मगर

    रुकुम

    ७//
    देशभरि समृद्धिको बाटो मात्र खोजी गर्छु,
    काम बन्ने उद्देश्यले सुनचाँदी पैसा भर्छु।
    ✍️
    पौडेल विमुन्स

    पोखरा कास्की 💕

    ८//
    कुनै खाले दोष देख्दिनँ म आँफु भित्र,
    ईर्ष्या डाहाले भुतुक्क भएका हुन् मित्र।
    ✍️
    चिरञ्जीवी ढकाल

    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ९//
    जल्नेहरु जल्दै गरुन् म त आफ्नै कर्म ठूलो देख्छु ,
    प्रगतिका पाइला चाली सफलताका कथा लेख्छु ।
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    १०//
    जान्ने बुझ्ने ठुलाबडा को छ म झैँ वरिष्ठ ,
    खुट्टा तान्न खोज्छन् मेरा महामूर्ख कनिष्ठ ।
    ✍️
    विबश पारदर्शी,

    भद्रपुर न० पा० -२ झापा

    ११//
    गुणगान अरुले आहा भन्दै ,गाएको नै राम्रो,
    परिस्थिति जे आएपनि, बुद्धि नगुमाऔं हाम्रो।
    ✍️
    दुर्गा अाचार्य

    मोरङ

    १२//
    एउटा फिस्टो तिमी हौं, थाम्दछौ क्यारी आकास,
    उछिट्टिई पुग्छौ कहाॅ, आएमा सानो बतास।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक

    पोखरा

    १३//
    आफ्नै बखान त आफैले नगरेकै राम्रो
    बालीनाली अर्कैको भन्छन् बालबच्चा हाम्रो ।
    ✍️

    कमला देवकोटा, पाल्पा

    १४//
    नसोध्नुस् हजुर वरिष्ठको चाल हुन्छ कस्तो,
    भुलेर भूइँलाई आकाशलाई छोए जस्तो ।
    ✍️

    बी.कुलुङ ( दार्जिलिङ )

    १५//
    मनमा अहंकार अनि द्वेष सबै पाल्यौ,
    आफैलाई सबैभन्दा वरिष्ठ ठान्न थाल्यौ ।
    ✍️
    राजेशराज गड्तौला

    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    १६//
    बरिष्ठको छेउमा पुग्न म छु नसक्ने साच्चै
    कोही कोही बरिष्ठ त बुद्धिले पनि छन् काँच्चै ।
    ✍️

    पुष्पा शायरा । बिराटनगर ।

    १७//
    भुसुनो आफैँ मपाईँ, उसले कसैलाई टेर्दैन,
    आफु नाङ्गै छ सर्वाङ्ग, ऊ आफ्नो अनुहार हेर्दैन।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)

    असम भारत

    १८//
    थाक्नु हुँदैन् गर्नुपर्छ निरन्तर काम काज,
    मुर्छा परी ढलुन् जो गर्छन् अर्काको रिस आज ।
    ✍️

    बिके माकजु , भक्तपुर ।

    १९//
    मै हुँ हर्ताकर्ता मै हुँ सारा जगतको मालिक,
    मलाई नै सधैं पुज ! नपुज अरुको सालिक ।
    ✍️
    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गाउँपालिका-६, दोलखा

    २०//
    आफुलाई संसारकै ठुलो मान्छे ठान्छन्
    भगवानले घमण्ड गर्नेलाई हान्छ्न ।
    ✍️
    बिक्रम तिरुवा सलिन

    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    २१//
    आर्काको शान देखेर जल्नेलाई के भनौं,
    छनलाई त यस्ता कति छन् संख्यामा गनौं।
    ✍️

    सुरेश कुमार पाण्डे

    २२//
    मै हुँ जान्ने मै हुँ मालिक कसैलाई गन्दिनँ,
    कसैको रिस र डाहाको बाधक म बन्दिनँ ।
    ✍️
    बुद्धिमान चौधरी

    कनकाई नगरपालिका ४ झापा

    २३//
    मपाईत्व छोड्न मानविय पाठ पढ,
    खुट्टा तान्ने तान्दै गर्छन् तिमी अघि बढ।
    ✍️
    ज्ञानेन्द्र श्रेष्ठ

    मोलुङ गा. पा. १, ओखलढुंगा

    २४//
    भन्छौं आफूलाई वरिष्ठ, के छ तिमीमा उत्कृष्ट ?
    धेरै मपाईंत्व गरेमा आफैमा हुन्छ अनिष्ट ।
    ✍️
    गाेपालकृष्ण डङ्गाेल

    इटहरी, सुनसरी

    २५//
    म हुँदा हुँदै कसरी बरिष्ठ हुनुभयो तपाइँ?
    अरूले मानून नमानून मचाहिं मेरै मपाइँ!
    ✍️
    भूषण जंग

    अस्ट्रेलिया

    २६//
    आफ्नो काममा ध्यान दिई रहनु नसुन्नु अरुको कुरा,
    जारी राख्नु सँधै आफ्नो काम तिमी ध्यान दिइकन पुरा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’

    संखुवासभा हाल मलेसिया

    २७//
    जल्नेहरू जल्दै गर्छन् वास्ता गर्नु हुन्न,
    आफ्नो डम्फू ठोक्नै पर्छ नभन्नु है छुन्न।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान कालेबुङ्ग,भारत।

    २८//
    देखायौ दम्भ असाध्यै भन्छौं शक्ति छ मेरै,
    धरातल बिर्सियौ साँच्चै अहंकार धेरै ।
    ✍️
    सूर्य मणि रेग्मी

    चितवन

    २९//
    आफुलाई ज्ञानी ठान्ने अज्ञानीका जात,
    सारालाई रुवाएर चढेको छ मात।
    ✍️
    ईशहाक हुसैन

    सिमरा बारा प्रदेस न २

    ३०//
    लाेभ लाभ गर्ने बानी मेराे छदै छैन्,
    पाएदेखि लुकाएर खान्छु देखिदैन् ।
    ✍️
    रामकृष्ण दुवाडी

    पाेखरा ।

    ३१//
    जो छ पढालेखा उही हुने छ समाजमा गुन्डो,
    त्यसैले त पाउँछ गाली शब्दका लात्ति भकुन्डो।
    ✍️
    लक्ष्मी श्रेष्ठ

    बिर्तामोड झापा

    ३२//
    के गरे राम्रो के गरे नराम्रो यत्ति जान्नुहोस्,
    बेकार मा आफुलाई धेरै ठुलो नठान्नुहोस् ।
    ✍️
    रिदम परियार

    शि न पा ४ डोटी

    ३३
    म हुँ सानो कसैलाई, लाग्दैन पृय लौ सुन
    मर्ने छन् ति सबै आफैँ , आफैंमा जल्दछन् जुन ।१ ।
    ✍️
    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    ३४//
    खै कसरी ठुलो मान्छे हुनुभयो तपाइ,
    कस्ले दियो यो पगरी हुने गरी मपाइ ।

    नवशिला

    बेलबारी-२,लालभित्ती,मोरङ हाल: गोदावारी लालितपुर ।

    ३५//
    जान्नु सुन्नु केही छैन् बनेको छ ठुलो नेता,
    सेतालाई काला भन्दछ कालालाई सेता ।
    ✍️

    भगवती दवाडी

    ३६//
    जो जले पनि गले पनि गर्ने नै माथि गयो,
    कलिमा छलि गर्ने कर्मले “म”वरिष्ठ भयो?
    ✍️
    मित्र कुमार आचार्य

    काठमाडौं ।

    ३७//
    नसंझ स्वभिमान मर्छ रात पर्छ मेरो जुनि ,
    म त घाम हुँ बिहानीको तिमी हाम्रो छाया मुनि।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ३८//
    संक्षिप्त जीवनि बनाऔं सौन्दर्य सहज र सरल,
    सुनैका थालिमा भोजन गर्दा नि जाने हो मूत्र मल ।
    ✍️
    जिकुमार गौतम

    भद्रपुर १ (पृथ्विनगर) झापा

    ३९//
    सर्वज्ञानी प्राणी म नै हुँ ! धनीमानी पनि,
    सर्वोपरि दखल राख्छु के चाहियो अनि !
    ✍️
    रचना मोक्तान “यात्री”

    नमोबुद्ध नगरपालिका -५, काभ्रे ।

    ४०//
    मै हुँ भन्नेहरु नै हेर! पछि गलेर जान्छन्,
    आफू केही नगर्ने अरुलाई बेकार ठान्छन्।
    ✍️
    परिक्रमा श्रेष्ठ

    धरान- सुनसरी।

    ४१//
    आरिसले जल्नेहरु आफैँ घायल हुन्छन् ,
    पश्चातापले जलेर सधैँभरि नै रुन्छन् ।
    ✍️
    गंगा खड्का

    बूढानीलकण्ठ १, काठमाडौँ

    ४२//
    प्रगतिमा जल्नेलाई जलाउँदै जान्छु,
    गर्दिन म कसैको रिस न खुट्टा तान्छु।
    ✍️
    ललिता अभागी

    सुनकिशी५सिन्धुली

    ४३//
    भन्छौं आफैलाई वरिष्ठ, गर्छौं ठुला कुरा,
    देख्दा लाग्दछ तिमी त हिजो अस्तिकै भुरा।
    ✍️
    सहयात्री शाेभा अर्याल

    रुपन्देही , बुटवल

    ४४//
    आफू मात्र ठुलो हुँ भन्ने गर्छन् ठूला कुरा,
    माखो मार्दैनौं गर्नु पर्दा कुनै काम पुरा ।
    ✍️
    तारा घिमिरे

    सङ्खुवासभा

    ४५//
    सत्तकाे साँचो लिन मात्र रह्याे सबैकाे नि खेल,
    नीति नियम खल्ती भित्र सके जति गरे झेल ।
    ✍️

    प्रद्युम्न चालिसे

    ४६//
    अरुको प्रगति देखेर जसले डाहा गर्छ,
    गर्न दिनुस् न हामीलाई के नै फरक पर्छ।
    ✍️
    निर्मला शाही ठकुरी

    दैलेख, हाल दार्जिलिङ

    ४७//
    आफूलाई वरिष्ठ नठान, छन् है अरु पनि,
    तिम्रो प्रगतिमा नजलेर के गरौँ त अनि।
    ✍️
    कल्पना थामी

    सिन्धुपाल्चोक

    ४८
    सेक्छ कान कसैको बातहरु हुँदै गर्छ,
    अघि बढ्ने गर जलेर ति आत्तिई मर्छ।
    ✍️
    सुरेखा चाम्लिङ्ग**

    भक्तपुर

    ४९//
    अति नै ज्ञानी वरिष्ठ हुनुहुन्छ तपाई,
    अरुले नभनी आफै बन्नुहुन्छ मपाई।
    ✍️
    बिके मुखिया

    दार्जीलिङ, भारत।

    ५०//
    मै खाऊ मै लाऊ भन्ने संस्कार बिग्रेको छ पारा,
    सबै जान्ने वरिष्ठ भए हेर मन्त्री, राजा सारा ।
    ✍️
    शान्ता निरौला

    पाँचथर कन्याटार

    ५१//
    म सँग छ मै हुँ भन्ने रावण झैं घमण्ड सज्जित,
    शक्तिशाली हुँदाहुँदै कसरी हुन सक्छु ? लज्जित।
    ✍️
    शर्मिला श्रेष्ठ

    भैंसेपाटी ,ललितपुर

    ५२//
    मपाईँत्वकाे अहंकारले स्वघाेषित ती व्यक्ति ठुला,
    कामभन्दा कुरा चर्का गर्छन् हिँड्दा तिनकै खुट्टा लुला।
    ✍️
    रामकृष्ण रिजाल

    बा न पा १३ बाग्लुङ

    ५३//
    संसारमै आफुलाई सर्वश्रेष्ठ ठान्छन्
    अरु सबै व्यक्तिलाई निरिह नै मान्छन् ।
    ✍️
    दुर्गा भट्टराई

    मोरङ

    ५४//
    न विज्ञता न छन् नै दक्षता,
    घमण्ड अघि झुक्छ क्षमता।
    ✍️

    म्यामराज राई,भोजपुर

    ५५//
    आफैले आफैलाई वरिष्ठ ठान्नेहरू,
    तिनै हुन् बज्रस्वाँठ त छैनन् बरु अरू ।
    ✍️
    मित्र उराठी गाैतम

    अमरपुर- गुल्मी हाल: बुटवल

    ५६//
    भो ठुला कुरा अब नगरे हुन्छ लिखे,
    जसको सिङ्ग छैन उसैको नाम तिखे।
    ✍️
    गणेश नेपाली

    बगनासकाली-१,बगनास,पाल्पा।

    ५७//
    भाँजो हाल्न नसक्नेलाई त अगुवा नै मानिदैन,
    जसको शक्ति उसकै भक्ति, कहाँ हुन्न जानिदैन ।
    ✍️
    केशव प्रसाद ढकाल `प्रीतबीज ´

    गाेरखा

    ५८//
    काँडाबिना अब फूल फुल्दैन है साथी,
    झर्ने मानिस चाहिन्छ जानलाई माथि ।
    ✍️
    धनुष न्यौपाने

    जुम्ला

    ५९//
    अरूको प्रगतिमा जल्ने जल्दै गर्छन् आफू जल्नु हुन्न,
    त्यस्ताहरू जल्न मात्र होइन खप्पिस् हुन्छन् जाल बुन्न।
    ✍️

    दीपक ठटाल

    जय टुक्का ! जय साहित्य !!

    2 thoughts on “टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

    1. बधाई छ सबैजना टुक्का लेख्नेलाई ,
      बिकृति र बिसंगती ढुक्क देख्नेलाई ।।१।।

    2. विसंगति देखाउँदै हानिन्छ मार ,
      टुक्कामाथि टुक्काकाे यै त हाे नि सार।

    Leave a Reply