• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • ६ पुष २०७८, मंगलवार १८:२७ मा प्रकाशित
  • १.
    प्रेम
    पवित्र बन्धन
    आत्मविश्वास आपसमा माया !

    २.
    प्रेम
    मायाको महासागर
    कहिल्यै नरित्तिने वात्सल्य !

    ३.
    प्रेम
    मनको संसार
    विश्वासको डोरीले बाँधिने !

    ४.
    प्रेम
    पवित्र सम्बन्ध
    भावार्थ बुझ्ने ज्ञानी !

    ५.
    प्रेम
    अथाह मायाजाल
    देख्न छुन नसकिने !

    उर्मिला पन्त पाण्डेय

    ज्ञानेश्वर, काठमाण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    उदक वाचन कार्यक्रमको नवौँ शृङ्खला सम्पन्न; २० जना उदक यात्रीको उत्साहजनक सहभागिता

  • ४ पुष २०७८, आईतवार २२:२९ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको नवौँ शृङ्खला सम्पन्न भएको छ ।

    सो उदक वाचन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले उदक साहित्य समाज नेपालले जिम्मेवारीपूर्ण तवरले कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै छोटो समयमा पनि उदकले आफ्नो गति लिएकोले यसले व्यापकता पाओस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ‌।

    उक्त कार्यक्रममा प्रमुख अतिथि बस्यालले वाचन गरिएका उदकहरूमा नेपालीपन, भावको गाम्भीयर्ता, माटोको आवाज र व्यङ्ग्यात्मक अभिव्यक्ति प्रकट भएको धारणा राख्नुभएको थियो ।

    साप्ताहिक उदक वाचन कार्यक्रमको सो शृङ्खलामा लक्ष्मी बस्याल, लक्ष्मीप्रसाद मिश्र, सोम लुइटेल, प्रेम थापा, उर्मिला पन्त, वसन्त अनुभव, श्रद्धा आचार्य, अवोध निर्मल, सुरेशचन्द्र घिमिरे, जमुना कायस्थ, रोशन पराजुली, निर्मला सुवेदी, राजेश भट्टराई, बादल वियोगी गुरूङ, सुशिला पोखरेल, देवेन्द्र शाक्य, धर्मी शाक्य लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक काव्यिक विधाका प्रवर्तक तथा उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावमा जोड दिन अनुरोध गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको नवौँ शृङ्खला सम्पन्न; २० जना उदक यात्रीको उत्साहजनक सहभागिता

    टुक्कामाथि टुक्का’ को १३औं शृङ्खला सम्पन्न; ५५ जना सर्जकहरूको सहभागीता

  • ४ पुष २०७८, आईतवार २१:२९ मा प्रकाशित
  • काठमाडौ, ३ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १३औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १३औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    मरिगए छोड्दिनँ हजुर, हातको राजपाट,
    छोडुला त्यतिबेला जब, म पुग्नेछु आर्यघाट ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    पाएको छु तालाचाबी , गरेको छु राजपाट ,
    सजिलै कहाँ छोडिन्छ , जानुपर्छ आर्यघाट ।
    ✍️
    बुद्धिमान चौधरी

    कनकाई नगरपालिका ४ झापा

    २//
    काम गर्ने कालु मकै खाने भालु रे अब किन गोड्नुु,
    हातमा आएको लड्डु पेडा नखाई के को त्यसै छोड्नु ।
    ✍️
    पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”

    पनौती-३,काभ्रे

    ३//
    जान्ने सुन्ने ठुलाे मै हुँ अनुभवी पनि,
    राजकाज सबै मेरै बस्छु राजा बनी ।
    ✍️
    ताराप्रसाद चापागाईं

    धुनिबेसी ।

    ४//
    अगाडिको भाग पाउँदा छोडि भाग्ने को पो छर,
    आए आँप आउँछ गए झटारो हो के को डर ।
    ✍️

    गुणनिधि घिमिरे #पाँचथर

    ५//
    सत्ता र शक्तिबिना मचाहिँ सक्दिनँ सास फेर्न,
    पद र पैसाबिना बाँच्दिनँ ओओस् मृत्युले घेर्न!
    ✍️
    भूषण जंग

    अस्ट्रेलिया

    ६//
    मृत्यु नै भागमा परोस् छोड्ने छैन राजकाज,
    मरेपछि दुईदिन हुन्छ मोज गर्छु आज ।
    ✍️
    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गाउँपालिका-६, दोलखा

    ७//
    हनुमान भइन्जेल छोडिन्न कुकुरले बरु हड्डी छोड्ला,
    पुस्तौं पुग्ने मैले जोड्दा केवल एउटा घर अरुले जोड्ला।
    ✍️

    म्यामराज राई,भोजपुर

    ८//
    सत्ता र कुर्सी छोड्दिन मैले कसको के चल्दछ,
    छोडुला तब जुन दिन मेरो शरीर ढल्दछ ।
    ✍️
    विबश पारदर्शी

    भद्रपुर न०पा० २ झापा

    ९//
    नेताको कुर्चिमा मलाई बिराजमान बनाए,
    जनता सकभर छाड्दैन तिमि शोक मनाए।
    ✍️

    सुरेशकुमार पान्डे।दाङ घोराही१८

    १०//
    भेडै हुन् यि जनता मेरा राख्नुपर्छ मुठ्ठीमा कजाइ,
    किन छोड्नु बल्ल भेटे बाघको छाला स्यालको रजाई।
    ✍️

    शान्ता निरौला कन्याटार , पाँचथर

    ११//
    सत्ताकै लागि सत्रहजार सिध्याएँ मौका कसैलाई दिन्न,
    सफलतामा एकछिन उफ्रे पनि भरे तयार छुँ किन्न।
    ✍️
    शर्मिला श्रेष्ठ

    भैंसेपाटी , ललितपुर

    १२//
    बिदेशीकाे इशारामा नाच्ने तिमी डलर साटासाट,
    एमसिसीकाे झाेला थाम्यौँ भने तिमी पक्कै आर्यघाट ।
    ✍️

    निरज काेइराला बेलका १ उदयपुर हालः इटहरी

    १३//
    आदत लागेको छ सत्तामा बसी हरामको कमाई खाने,
    छोडिंदैन कसैगरी हजुर यसलाई बरू सती जाने।
    ✍️

    दीपक ठटाल, जलन,खरसाङ,दार्जीलिङ।

    १४//
    मिठो बोल्नुस् राम्रो गर्नुस् बाँचुन्जेल,
    मर्दामा अन्त हुन्छ, सबैको खेल ।
    ✍️
    रत्ना पुन मगर

    रुकुम पश्चिम्

    १५//
    सत्ता पाए सधै अमर म हुन्छु छोड्ने आशै नगर जन,
    टॉसिएकै छु सत्तामा लिसो समान छोड्दछ कसले भन ।
    ✍️
    इन्दिरा देवकोटा

    कपिलवस्तु

    १६//
    मेरै मान्यता हुन्छ सबैभन्दा उँचो,
    बैरिहरु मात्र देख्छन् मलाई छुँचो।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    १७//
    इमानदारीताले मेरो राजनिती चल्दै चल्दैन भने,
    घरखेत बेची पैसा खन्याइदिन्छु हार्न तयार बने।
    ✍️
    अनिल खग्रास

    फनपा ९, पर्वत

    १८//
    हातको माछो छाडी दुलामा हात,
    भूल गरी मनाउन्न म विष्मात ।
    ✍️

    कमला देवकोटा, पाल्पा

    १९//
    सत्ता तिम्रो राजपाट, पैसा तिमीलाई पात्रो,
    कति गर्छौ लोभलाभ, मर्दा पाउँनेछौ कात्रो ।
    ✍️
    राजेशराज गड्तौला

    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    २०//
    जति राम्रो गर्न खोजे पनि त्यति नराम्रो,
    अरूले राम्रो गरे रिस मान्ने बानी हाम्रो ।
    ✍️
    (बिनु)बिनिता विश्वकर्मा

    बुढीगंगा नगरपालिका ९ बाजुरा

    २१//
    देश सखाप नपारी छोड्दै छोड्दिनँ,
    जनतासँग म हात जोड्दै जोड्दिनँ।
    ✍️
    लक्ष्मी श्रेष्ठ

    बिर्तामोड झापा

    २२//
    नछोड राजपाट आफ्नै धोक्रो भर नमानीकन लाज,
    आर्यघाट जाँदा नाङ्गै जानु पर्दछ नबुझे हुन्छ आज।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान कालेबुङ्ग,भारत।

    २३//
    कस्तो गजबको कुरा छ राजपाटको,
    जताजतै देखिरहेछु बात हाटको ।
    ✍️

    रचना शर्मा प्रतीक्षा, लपु ।

    २४//
    मेरो मृत्यु किन नहोस् छोडेर जान्न,
    यहाँ त म झुठो वाचा कसम खान्न ।
    ✍️
    बिक्रम तिरुवा सलिन

    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    २५//
    तिमीले हो बाचुन्जेल मलाई घात गरेको,
    अब केही समयपछि हेर्नेछौ म मरेको ।
    ✍️
    ललिता अभागी

    सुनकोशी ५-सिन्धुली

    २६//
    नबस गम्किएर हो यो राजनीतिको खेल,
    साथी दुई दिनको हो रहदैँन सँधै मेल ।
    ✍️
    अनुग्रह राना मगर ‘पुस्प’

    संखुवासभा हाल मलेसिया

    २७//
    देशका निम्ति मर्ने हो भने, ठिकै हो नमस्कार,
    समय बोल्छ गफले हुन्न, गरौंला बहिष्कार ।
    ✍️

    मित्र कुमार आचार्य,काठमाडौं ।

    २८//
    साम,दाम,दण्ड,भेद राजनीतिकाे सूत्र ,
    छाेड्न परे छाेडाैंला नि तयार भए पुत्र ।
    ✍️
    मित्र उराठी गाैतम

    अमरपुर-गुल्मी हाल बुटवल

    २९//
    बिर्ता नै रहेछ राजकाज, हालीमुहाली गर,
    देशको ढुकुटी आफ्नै पेवा, निर्धक्क मार तर ।
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    ३०//
    मै हुँ राम्रो मै हुँ असल हमेशा म नै भनि,
    कलियुगका आधार स्तम्भ यस्तै नै त बनि ?
    ✍️

    गृष्मा पौड्याल

    ३१//
    नभत्कियोस् कुनै ईच्छा आकांक्षा, पुगोस् कामना,
    जीवनको अन्त्यसम्म सत्तामा बस्ने चाहना ।
    ✍️

    श्रेष्ठ “परिक्रमा”, धरान, सुनसरी

    ३२//
    सिद्धान्तको आधारमा चल्ने पछि परे,
    खेल्छ जस्ले जाली खेल सधैं मस्ती गरे ।
    ✍️

    सूर्य मणि रेग्मी

    ३३//
    ज्यानै दिन्छु बरु कुर्सी लिएर छोड्छु,
    गाडी मोटर बङ्गला अवश्यै जोड्छु।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)

    असम भारत

    ३४//
    राल काढी ज्यूँनार गर्छु बिटा खेप्न पाए,
    कुर्षि दिन्छु मृत्युु पछि घाटमा भेट्न आए ।
    ✍️
    रामकृष्ण दुवाडी

    पाेखरा ।

    ३५//
    तिम्रो दु:खले आर्ज्याको मुलुक भएपो बन्थ्यो देश,
    जाइ कटक गरिन्छ अब चाहिन्छ योग्य नरेश ।
    ✍️

    जिकुमार गौतम भद्रपुर-१(पृथ्विनगर) झापा

    ३६//
    लेखेर मात्र पनि भएन अब सखे राेधन ,
    जुरूक्क उठेर त्याे घाँटी समाई गराै शाेधन ।
    ✍️

    प्रद्युम्न चालिसे

    ३७//
    हिरा मोती जीउ भरि सुखी छ यो माथ,
    रुँदारुँदै जुनी जाला छोडौँ भने साथ।
    ✍️

    पौडेल विमुन्स 💕 पोखरा कास्की 💕

    ३८//
    नाराबाजी जति गर वैभवकै काम भर्छु,
    मरेपनी छोड्ने छैन अब आफ्नै सुर गर्छु ।
    ✍️
    बेदु न्यौपाने

    काठमाडौ

    ३९//
    राजपाट सधै हो नसोच्नु आफ्नै बाउको बिर्ता,
    हुत्तिभए बेचिएको भुमी ल्याउनु पर्छ फिर्ता ।
    ✍️
    निर्मला शाही ठकुरी

    दैलेख

    ४०//
    नि:स्वार्थ सेवा गरिरहेछौ देशमा खै को पसेछ चोर ?
    हानाथापमै मर्नेछौं हामी सत्यलाई हुल्नु पर्छ खोर ।
    ✍️
    रिजाल विनोद

    बेलबारी ०२ मोरङ

    ४१//
    आफू खुसि हुन्न हेर मन लागि गर्न,
    जनताले जानेका छन् तिम्रो कर्म हर्न।
    ✍️
    दुर्गा आचार्य

    मोरङ

    ४२//
    राजनीतिमा आफू सधैँ सर्वेसर्वा पनि,
    जनतामा शासन गरेँ हकदार बनी।
    ✍️
    सहयात्री शाेभा अर्याल

    रुपन्देही बुटवल

    ४३//
    बुढो कहाँ भएको छु, दिनेछु सब सेवा,
    फेरियो मेरो बानी, हुँदैहुन्न सत्ता पेवा ।
    ✍️

    भगवती दवाडी

    ४४//
    आफ्नै हातमा डाडु पन्यू कुर्सी छाेड्दिनँ,
    नमरुन्जेल मेरै राज वाचा ताेड्दिनँ ।
    ✍️
    अम्बिका अधिकारी

    काठमाडाैँ ।

    ४५//
    प्रजातान्त्रिक देशमा प्रजा नै हो राजा,
    सत्ताभोगी नेताको बजाऔं अब बाजा।
    ✍️
    बिके मुखिया,

    दार्जीलिङ, भारत।

    ४६//
    लास होस् न बरु कुर्सीमै, छोडिदैन सास हुँदासम्म,
    रित्तिएको ढुकुटी भरिन्छ, खाइन्छ अघाइन्छ टम्म ।
    ✍️
    कर्ण दयाल

    मेलौली नगर पालिका ७, बैतडी

    ४७//
    कमाउनु र जमाउनुमा ध्यान केन्द्रीत भएपछि,
    सेवाभाव कहाँ जाग्छ कमिसनमा आँखा गएपछि ।
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    ४८//
    म मरेर गएपनि हुनुपर्छ मेराे राजपाट,
    नत्र कहाँ पाउँनु र शव जलाउन आर्यघाट।
    ✍️
    भावना मञ्जु

    माेरङ

    ४९//
    मदान्ध हुनुहुन्छ उहाँ सत्ता माेहकाे मातले,
    आफ्नै हात डाडु पन्यु छन् खान्छन् पस्केर हातले ।
    ✍️
    रामकृष्ण रिजाल

    बा न पा 13 बागलुङ

    ५०//
    नेता माथि आजभोलि छैन् विश्वास,
    केही गर्लान् देशमा भन्ने छैन् आस ।
    ✍️

    तारा घिमिरे सङ्खुवासभा

    ५१//
    मेरै पुर्खाको हो त्यो सत्ता राजपाट,
    मगन्ते तिम्रो हत्याउने त्यत्रो आँट ।
    ✍️
    टिकाराम पुन TP

    छत्रेश्वरी २ सल्यान

    ५२//
    मन्दिरलाई शाेभा दिने सुनैसुनकाे गजुर,
    यसमा जति कमाइ अन्त कहाँ छ र हजुर।
    ✍️
    रामप्रसाद बेल्बासे ‘एक्लो यात्री ‘
    बुद्धभूमि-३,कपिलवस्तु

    कार्यरत-तमानखाेला-३,बागलुङ ।

    ५३//
    बनाउन यो राजपाट, मेरै पुर्खाको छ हात,
    त्यहीँ भिख मागी हैरान पार्यौ मगन्तेका जात ।
    ✍️
    दुर्गा भट्टराई

    मोरङ

    ५४//
    भन्थे म भन्दा ठूला जनता हुँदै होइनन्,
    त्यसैले ऊ मर्दा एकरत्ति आमा राेइनन्।
    ✍️
    रतन पाण्डे ‘पारतन’

    दार्जिलिङ्ग

    ५५//
    बत्तिस गुँणले युक्त जति नै भएपनी केही कमि हुन्छ,
    पछाडी कुरा काट्नेको कमि हुदैन र यो आत्मा धेरै रून्छ।
    ✍️

    कमला पाण्डे पराजुली झापा

    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on टुक्कामाथि टुक्का’ को १३औं शृङ्खला सम्पन्न; ५५ जना सर्जकहरूको सहभागीता

    घर फर्कन नसकेका कमल घर्ति र सत्रुधन महतो एनआरएनए अल कासिमको सहयोगमा नेपाल फर्किन सफल ।

  • ३ पुष २०७८, शनिबार १९:२० मा प्रकाशित
  • १८ डिसेम्बर २०२१ ! साउदी अरब । नेपाल म्याग्दी घर भइ २३ महिना देखि साउदी अरबको अल कासिम क्षेत्रमा पर्ने अल रासमा रहेको साले फाले अल रसिदि कम्पनिमा कार्यरत कमल घर्ती र सत्रुधन महतो ७ महिना देखि कम्पनी बन्द हुँदा पनि इकमा नभएका कारण आफ्नो जन्म भुमि नेपाल फर्किन नसक्दा एनआरएनए आरसिसि अल कासिमको सहयोगमा आज नेपाल फर्किन सफल भएका छन् ।

    साउदीमा रहेका एजेन्ट दिपक थापाको माध्यमबाट फाइजल इन्टरनेसनल मेनपावर हुँदै आएका घर्ती र महत्त्व ले तीन महिना देखि आफुले पाउनु पर्ने तलब पनि नपाएको, बिना लाइसेन्स पानी बोक्ने गाडी चलाउदै गरेको, घर जानलाइ सहयोगको लागि साउदीमा रहेका एजेन्ट थापालाई बारम्बार भन्दा एक महिना पहिले रियाद बोलाएर दूतावास बाट साउदिको अध्यागमन बिभागलाइ इक्सिट भिसा प्रक्रियाको लागि आउट पास बनाएर दिलाएका तर त्यसपछि कुनै सहयोग नगरेका बताएका थिए ।

    तर उक्त पेपर पाएपनी अध्यागमन बाट समयमा इक्सिट भिसा नलागेको र आफुहरुलाइ खानको समस्या हुँदा आफुले साउदीका एजेन्ट थापालाइ बारम्बार अनुरोध गर्दा समेत सहयोग गर्न नसक्ने र जे गर्छौ गर, जहाँ जान्छ जा भन्ने जस्ता धम्कि दिएपछी दूतावास रियादलाइ खबर गर्दा दूतावासबाट पनि आफुले सहयोग नपाएको बताउदै एनआरएनए आरसिसि अल कासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।

    उहाँको अनुरोध आए लगत्तै एनआरएनए साउदी अरबको सहयोगमा आरसिसी अल कासिमका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी तथा समाजसेवी धर्मेन्द्र कार्किले एक महिनाको लागि खाद्यान्न सामान प्रदान गर्नुको साथै उहाँ लगायत संरक्षक बिशाल कुमार श्रेष्ठ तथा आरसिसि टिम द्वारा अलरासको अध्यागमन बिभागमा बारम्बार गएर उहाँको इक्सिट भिसा लगाउन सफल भएका थिए ।
    सत्रुधन महत्त्व भने सबै प्रक्रिया पूरा गरि पछिल्लो हप्ता ९ डिसेम्बर २०२१ का दिननै नेपाल फर्की सकेका छन् ।

    कमल घर्तीको सबै फाइनल इक्जिट प्रक्रिया पूरा भएपनि कम्पनी तथा एजेन्टले टिकट उपलब्ध नगराउँदा आरसिसी अल कासिमका अध्यक्ष रम्जान दिन मियाँले एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित समन्वय गरि पिसिआर गर्न र हवाई टिकट सहयोगका लागी गरिएको अनुरोधमा एनआरएनए साउदी अरबले पीडित घर्तीलाई अल कासिम बाट काठमाडौ जाने हवाई टिकट उपलब्ध गरे सँगै पीडित कमल घर्ती आज नेपाल फर्किन सफल भएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on घर फर्कन नसकेका कमल घर्ति र सत्रुधन महतो एनआरएनए अल कासिमको सहयोगमा नेपाल फर्किन सफल ।

    साप्ताहिक उदक अभ्यासको ३१औं शृङ्खला सम्पन्न; ४९ जना उदक स्रष्टाहरूको सहभागीता

  • ३ पुष २०७८, शनिबार १८:५९ मा प्रकाशित
  • काठमाडौ, ०३ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३१ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    अभ्यास क्रममा सृजना गरिएका उदकहरू

    १//
    समय
    सिखाइठ पाठ
    जिन्गीक हर डगरामे !
    ✍️
    सागर कुस्मी, कैलाली ।

    २//
    जीवन
    अवुझकाे भिडमा
    अपमानित सृष्टि कर्म!
    ✍️
    राेशन पराजुली,धरान

    ३//
    छाउपडी
    प्रथा हटाउ
    चेलीको ज्यान बचाउ!
    ✍️
    देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही लुम्बिनी प्रदेश

    ४//
    छाउमा
    जिन्दगी सधैं
    किन हो दाउमा ?
    ✍️
    रमेश प्रभात , चितवन

    ५//
    कुसंस्कार
    छाउपडी प्रथा
    चेलीको जीवन संकटमा !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ६//
    नारीलाई
    अत्याचार झन
    दुख्छ मुटु मन!
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी,जुम्ला

    ७//
    छाउगोठ
    शिक्षाको कमी
    बस्दै धर्म मानी !
    ✍️
    अनुग्रह राना मगर ‘पुस्प’
    संखुवासभा हाल मलेसिया

    ८//
    कानुन
    अबुझ नबनौ
    छाउपडी व्यवस्था हटाउन!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ९//
    गृहणी
    छाउगोठको त्रास
    अझै चेतनाको कमी!
    ✍️
    चेतराज जैशि हाल UAE.

    १०//
    अन्धविश्वास
    शिक्षाको अभावमा
    नारीको जीवन खतरामा!
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नगरपालिका -९,तम्घास ,गुल्मी ।

    ११//
    छाउगोठ
    रूढिवादी परम्परा
    अशिक्षा गरिबी कारक!
    ✍️
    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    १२//
    संस्कृति
    हटाऊँ विकृति
    स्वीकार गरौं प्रकृति!
    ✍️
    केशब न्यौपाने नुवाकोट

    १३//
    महिनावारी
    प्राकृतिक प्रकृया
    चेतना जागरण आवश्यक
    ✍️
    गुणनिधि घिमिरे, पाँचथर

    १४//
    सामाजिक
    समस्या अथाह
    चेतना अभाबको नागरिक !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    १५//
    हटाऔ
    सम्पूर्ण छाउगोठ
    चेलिको ज्यान जोगाऔ!
    ✍️
    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    १६//
    छाउपडी
    कस्तो चलन
    चित्र देख्दै जलन!
    ✍️
    सुमित्रा पोखरेल

    १७//
    महिला
    जिर्ण छाउगोठ
    दुख्दै कलेटी ओठ!
    ✍️
    टिकाराम पुन
    सल्यान छत्रेश्वरी २

    १८//
    छाउपडी
    रूडीवादी परम्परा
    गुमाउँदै अकालमा ज्यान!
    ✍️
    खेमराज पुरी

    १९//
    प्रकृति
    सृष्टिको प्रारम्भ
    अपवित्र मान्ने संस्कार !
    ✍️
    घनश्याम पौडेल, गौरीगंगा कैलाली

    २०//
    छाउ
    नदेखिने घाउ
    प्राकृतिले बनाएको माउ !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    २१//
    चेत
    कुसंस्कारी सोच
    देखिँदै नहुँदा सचेत
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    २२//
    अन्धविश्वास
    विद्यमान छाउगोठ
    कुसंस्कार पिडाका चोट!
    ✍️
    कमला देवकोटा , पाल्पा

    २३//
    अन्धविश्वास
    नयाँ पीढि
    गरून् सधैँ अविश्वास!
    ✍️
    तेजप्रसाद खनाल

    २४//
    विश्वास
    कठोर एकान्तवास
    कति नमीठो त्रास!
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २५//
    कुरिती
    एक्काईसौ शताब्दी
    अन्धविश्वासमै नया पिँढी !
    ✍️
    पशपती राई खोटाङ ।।

    २६//
    अन्धबिश्वास
    बदलाै साेच
    भत्काउ तमाम छाउगाेठ!
    ✍️
    बलराज गिरी
    कैलाली

    २७//
    छाउमा
    धेरै नारीको
    ज्यान जान्छ गाउँमा !
    ✍️
    सुशीला पौडेल

    २८//
    छाउपडी
    कुसंस्कारी चलन
    नारीको जीवन जाेखिममा!
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    २९//
    छाउपडी
    हटाउँ कुप्रथा
    नगरौं कसैमाथी घात!
    ✍️
    धनमाया चौधरी कैलाली

    ३०//
    रुढीबादी
    परम्परामा रुमलिन
    बाध्य नारीको जीवन!
    ✍️
    साबित्री अधिकारी

    ३१//
    छाउपडी
    गोठमा असह्य
    भयावह अवस्था रितिथिति!
    ✍️
    जमुना कायस्थ

    ३२//
    छाउपडी
    अन्धविश्वासी जालो
    निर्मूल पार्ने पालो !
    ✍️
    मित्र कुमार आचार्य,काठमाडौं ।

    ३३//
    महिला
    छाउगोठमा नबसौं
    अन्धविश्वासमा कोही नफसौं !
    ✍️
    मंगला उपाध्याय
    कलैया उ म न पा १

    ३४//
    सुत्केरी
    घिउ खानी
    छाउपडी कोदेको रोटो !
    ✍️
    थापा कर्ण

    ३५//
    छाउगोठ
    नारी बसाइले
    मृत्यु सर्प डसाइले!
    ✍️
    लक्ष्मी प्रसाद फुयाल
    पथरी शनिश्चरे मोरङ

    ३६//
    आवश्यक
    छाउपडि उद्धार
    चेतनशील समाज जिम्मेवार!
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    ३७//
    छाउ
    कालो दाग
    हटाऔं चेलीको माग !
    ✍️
    बिके माकजु , भक्तपुर

    ३८//
    महिनावारी
    स्वभाविक प्रक्रिया
    बुझुन छोरी बुहारी !
    ✍️
    जीवन न्यौपाने

    ३९//
    अज्ञानता
    प्रचलित मान्यता
    विचारमा ल्याऔं प्रखरता !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर , कटुञ्जे सु * न * पा * ५ *

    ४०//
    विकृत
    जिर्ण छाउगोठ
    सुदूर मनको दाग !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ४१//
    नछुनी
    दुर छाउगाेठ
    कुरीति अलग्गै बास !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    ४२//
    नारी
    कठोर एकान्तवास
    दिउसै यमराजको भय!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    ४३//
    छाउपडी
    नारीको बेदना
    कुसंस्कार रहेको गाउँमा!
    ✍️
    लक्ष्मी बस्याल बर्दिया

    ४४//
    कुरिती
    कुसंस्कारकाे गाँठाे
    फुस्काउन नसकिने सितिमिति !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    ४५//
    विस्थापन
    गरौं छाउगोठ
    सुरक्षा ध्यानमा राखी !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    ४६//
    अन्धविश्वास
    परिवर्तन खोइ?
    अझै छोइ छिटो!
    ✍️
    निर्मला सुवेदी
    जैमिनी-९, बागलुङ।

    ४७//
    दाउ
    स्वार्थी पुरुषले
    बनायो तृष्णाको छाउ!
    ✍️
    श्रीकृष्ण शर्मा

    ४८//
    कुसंस्कार
    छाउपडी वहिस्कार
    साेचलाई बनाऔं परिस्कार!
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन ,पाल्पा

    ४९//
    छाउप्रथा
    असह्य पीडा
    गराैँ अन्त्य सबैजना !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३१औं शृङ्खला सम्पन्न; ४९ जना उदक स्रष्टाहरूको सहभागीता

    दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

  • ३ पुष २०७८, शनिबार ००:३३ मा प्रकाशित
  • दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न भएको छ। एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर सम्पन्न भएको छ।१७ डिसेम्बर २०२१ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट साउदीअरबको पूर्वीय प्रान्त दम्माममा कार्यरत ९ सय जना भन्दा बढी आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका थिए।

    उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १३ नोबेम्बर र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागी फारम संकलन गरेको थियो।नेपाली दूतावास रियादको तृतीय सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ६ सय भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागी ३ सय २४ जनाको फारम संकलन गरिएको छ।

    उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक तथा संरक्षक ओम घले, राजु सैयद, बिरेन्द्र चौधरी, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका उपाध्यक्ष पदम महत, सचिव पूर्ण सुनार, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, डिबी थापा, हिक्मत तमु गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, रबिन राई लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल लगायतका पदाधिकारीहरू, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्लेको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद ज्ञापन गरेको छ। यसका साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यस्तै साथ र सहयोगको अपेक्षा सहीत संघले नेपाली समाज र क्रियाशील संघ संस्थाहरू संग हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता समेत जनाएको छ।

    Posted in ताजा अपडेटLeave a Comment on दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

    उदक स्रष्टा मित्र कुमार आचार्यका उत्कृष्ट उदकहरू

  • १ पुष २०७८, बिहीबार २२:५६ मा प्रकाशित
  • १
    धर्म
    दृष्टि भर
    सोचाइ वर पर !

    २
    जीवन
    ईश्वराधिन संयोग
    सुन्दर प्राकृतिको योग ।

    ३
    बाँच्ने
    अधिकार समान
    बुझी नगरौँ अभिमान !

    ४.
    मान्छे
    सार समान
    मिली बढाउँ मान !

    ✍️ मित्र कुमार आचार्य, काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक स्रष्टा मित्र कुमार आचार्यका उत्कृष्ट उदकहरू

    मेला महोत्सवका बिरुद्ध तुलसीपुर बजार बन्द

  • २८ मंसिर २०७८, मंगलवार १०:४९ मा प्रकाशित
  • दाङ्ग तुलसीपुर
    २८ मंसिर/ तुलसीपुर चेम्वर अफ कमर्शले मेला महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका ब्यबसायीले बजार बन्द गराएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको ब्यबसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै आन्दोलनमा उत्रिएका हुन ।

    सडक प्रदर्शनमा उत्रिएका फेन्सी,जुत्ता,कस्मेटिक लगायतले तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघमा समेत ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि आन्दोलीत भएका हुन । तुलसीपुर चेम्वर अफ कमर्शले आगामी पुस १ गतेदेखि १२ गते सम्म तुलसीपुरमा सञ्चालन गरेको मेलाबाट आर्थिक संकलन गरि भवन निर्माण गर्ने उदेश्य राखेको बताउदै मेला लाई सहयोग गर्न अनुरोध गरेको छ ।

    मेलामा फेन्सीका सामान नराखे भवन निर्माणका लागि आबश्यक ७ लाख बढी रकम सहयोग गर्ने फेन्सी ब्यबसायहरुले बताउदै आएका छन् ।तर उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै मेला लगाउने दुढताका साथ चेम्वर अगाडी बढेको उनिहरुको आरोप छ ।

    मेला लगाउने समय उपयुक्त नभएको फेन्सी ब्यबसायीहरुको भनाई छ । जाडो मौसमको न्यानो कपडा पसलबाट कम बिक्रि हुने र मेलामा बढि आकर्षित हुने फेन्सी ब्यबसायीहरुको तर्क छ । व्यावसायी द्वारा तुलसीपुर बजारमा बिरोध र्याली  समेत निकालिएको छ।

    Posted in ताजा अपडेटLeave a Comment on मेला महोत्सवका बिरुद्ध तुलसीपुर बजार बन्द

    कांग्रेस सभापतिको लागि फेरि मतदान हुने : अब देउवा र शेखरबीच प्रतिस्पर्धा

  • २८ मंसिर २०७८, मंगलवार ०९:४१ मा प्रकाशित
  • काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

    सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।

    तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।

    अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on कांग्रेस सभापतिको लागि फेरि मतदान हुने : अब देउवा र शेखरबीच प्रतिस्पर्धा

    टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

  • २७ मंसिर २०७८, सोमबार २२:४९ मा प्रकाशित
  • काठमाडौ, २६ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १२औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    लाग्दैन म झैँ वरिष्ठ, कोही छ मानिस अरू,
    होलान् मेरो प्रगतिमा, आरिसले जल्नेहरू।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    हजुर नै हो वरिष्ठ मान्छे, यो सारा जगतको,
    आफैंले आफैं स्वघोषणा गर्ने मूर्ख फगतको ।
    ✍️
    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    बेअर्थमा खुसी थिएँ यथार्थमा छ जलेकाे,
    नमीठो त्याे बचनले प्रतिदिन छ मरेकाे।
    ✍️
    भावना मञ्जु

    माेरङ

    ३//
    सर्वेसर्वा म नै हुँ भाँड भैलाेमा अघि सर्छु,
    अरुकाे बालै छैन् खाने थालमा फाेहार गर्छु।

    ✍️ ताराप्रसाद चापागाईं

    ४//
    वरिष्ठ नै मै हुँ भनी हंगामा गर्दै उठेको,
    आफैंले खाएको थालमा लौ कसरी चुठेको ।
    ✍️

    बेदु न्यौपाने काठमाडौ

    ५//
    मुल्यांकन गर्ने अर्काले,
    पीडित रुदै छ मर्काले ।
    ✍️
    भुपेन्द्र राना मगर

    धादिङ

    ६//
    केही हुँदैन् जल्नेलाई जल्न दिनुपर्छ,
    जो जसले सक्छ उसले प्रगति गर्छ ।
    ✍️
    रत्ना पुन मगर

    रुकुम

    ७//
    देशभरि समृद्धिको बाटो मात्र खोजी गर्छु,
    काम बन्ने उद्देश्यले सुनचाँदी पैसा भर्छु।
    ✍️
    पौडेल विमुन्स

    पोखरा कास्की 💕

    ८//
    कुनै खाले दोष देख्दिनँ म आँफु भित्र,
    ईर्ष्या डाहाले भुतुक्क भएका हुन् मित्र।
    ✍️
    चिरञ्जीवी ढकाल

    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके

    ९//
    जल्नेहरु जल्दै गरुन् म त आफ्नै कर्म ठूलो देख्छु ,
    प्रगतिका पाइला चाली सफलताका कथा लेख्छु ।
    ✍️
    त्रिलोचन भण्डारी

    मेचीनगर,झापा

    १०//
    जान्ने बुझ्ने ठुलाबडा को छ म झैँ वरिष्ठ ,
    खुट्टा तान्न खोज्छन् मेरा महामूर्ख कनिष्ठ ।
    ✍️
    विबश पारदर्शी,

    भद्रपुर न० पा० -२ झापा

    ११//
    गुणगान अरुले आहा भन्दै ,गाएको नै राम्रो,
    परिस्थिति जे आएपनि, बुद्धि नगुमाऔं हाम्रो।
    ✍️
    दुर्गा अाचार्य

    मोरङ

    १२//
    एउटा फिस्टो तिमी हौं, थाम्दछौ क्यारी आकास,
    उछिट्टिई पुग्छौ कहाॅ, आएमा सानो बतास।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक

    पोखरा

    १३//
    आफ्नै बखान त आफैले नगरेकै राम्रो
    बालीनाली अर्कैको भन्छन् बालबच्चा हाम्रो ।
    ✍️

    कमला देवकोटा, पाल्पा

    १४//
    नसोध्नुस् हजुर वरिष्ठको चाल हुन्छ कस्तो,
    भुलेर भूइँलाई आकाशलाई छोए जस्तो ।
    ✍️

    बी.कुलुङ ( दार्जिलिङ )

    १५//
    मनमा अहंकार अनि द्वेष सबै पाल्यौ,
    आफैलाई सबैभन्दा वरिष्ठ ठान्न थाल्यौ ।
    ✍️
    राजेशराज गड्तौला

    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    १६//
    बरिष्ठको छेउमा पुग्न म छु नसक्ने साच्चै
    कोही कोही बरिष्ठ त बुद्धिले पनि छन् काँच्चै ।
    ✍️

    पुष्पा शायरा । बिराटनगर ।

    १७//
    भुसुनो आफैँ मपाईँ, उसले कसैलाई टेर्दैन,
    आफु नाङ्गै छ सर्वाङ्ग, ऊ आफ्नो अनुहार हेर्दैन।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)

    असम भारत

    १८//
    थाक्नु हुँदैन् गर्नुपर्छ निरन्तर काम काज,
    मुर्छा परी ढलुन् जो गर्छन् अर्काको रिस आज ।
    ✍️

    बिके माकजु , भक्तपुर ।

    १९//
    मै हुँ हर्ताकर्ता मै हुँ सारा जगतको मालिक,
    मलाई नै सधैं पुज ! नपुज अरुको सालिक ।
    ✍️
    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गाउँपालिका-६, दोलखा

    २०//
    आफुलाई संसारकै ठुलो मान्छे ठान्छन्
    भगवानले घमण्ड गर्नेलाई हान्छ्न ।
    ✍️
    बिक्रम तिरुवा सलिन

    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    २१//
    आर्काको शान देखेर जल्नेलाई के भनौं,
    छनलाई त यस्ता कति छन् संख्यामा गनौं।
    ✍️

    सुरेश कुमार पाण्डे

    २२//
    मै हुँ जान्ने मै हुँ मालिक कसैलाई गन्दिनँ,
    कसैको रिस र डाहाको बाधक म बन्दिनँ ।
    ✍️
    बुद्धिमान चौधरी

    कनकाई नगरपालिका ४ झापा

    २३//
    मपाईत्व छोड्न मानविय पाठ पढ,
    खुट्टा तान्ने तान्दै गर्छन् तिमी अघि बढ।
    ✍️
    ज्ञानेन्द्र श्रेष्ठ

    मोलुङ गा. पा. १, ओखलढुंगा

    २४//
    भन्छौं आफूलाई वरिष्ठ, के छ तिमीमा उत्कृष्ट ?
    धेरै मपाईंत्व गरेमा आफैमा हुन्छ अनिष्ट ।
    ✍️
    गाेपालकृष्ण डङ्गाेल

    इटहरी, सुनसरी

    २५//
    म हुँदा हुँदै कसरी बरिष्ठ हुनुभयो तपाइँ?
    अरूले मानून नमानून मचाहिं मेरै मपाइँ!
    ✍️
    भूषण जंग

    अस्ट्रेलिया

    २६//
    आफ्नो काममा ध्यान दिई रहनु नसुन्नु अरुको कुरा,
    जारी राख्नु सँधै आफ्नो काम तिमी ध्यान दिइकन पुरा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’

    संखुवासभा हाल मलेसिया

    २७//
    जल्नेहरू जल्दै गर्छन् वास्ता गर्नु हुन्न,
    आफ्नो डम्फू ठोक्नै पर्छ नभन्नु है छुन्न।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान कालेबुङ्ग,भारत।

    २८//
    देखायौ दम्भ असाध्यै भन्छौं शक्ति छ मेरै,
    धरातल बिर्सियौ साँच्चै अहंकार धेरै ।
    ✍️
    सूर्य मणि रेग्मी

    चितवन

    २९//
    आफुलाई ज्ञानी ठान्ने अज्ञानीका जात,
    सारालाई रुवाएर चढेको छ मात।
    ✍️
    ईशहाक हुसैन

    सिमरा बारा प्रदेस न २

    ३०//
    लाेभ लाभ गर्ने बानी मेराे छदै छैन्,
    पाएदेखि लुकाएर खान्छु देखिदैन् ।
    ✍️
    रामकृष्ण दुवाडी

    पाेखरा ।

    ३१//
    जो छ पढालेखा उही हुने छ समाजमा गुन्डो,
    त्यसैले त पाउँछ गाली शब्दका लात्ति भकुन्डो।
    ✍️
    लक्ष्मी श्रेष्ठ

    बिर्तामोड झापा

    ३२//
    के गरे राम्रो के गरे नराम्रो यत्ति जान्नुहोस्,
    बेकार मा आफुलाई धेरै ठुलो नठान्नुहोस् ।
    ✍️
    रिदम परियार

    शि न पा ४ डोटी

    ३३
    म हुँ सानो कसैलाई, लाग्दैन पृय लौ सुन
    मर्ने छन् ति सबै आफैँ , आफैंमा जल्दछन् जुन ।१ ।
    ✍️
    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    ३४//
    खै कसरी ठुलो मान्छे हुनुभयो तपाइ,
    कस्ले दियो यो पगरी हुने गरी मपाइ ।
    ✍
    नवशिला

    बेलबारी-२,लालभित्ती,मोरङ हाल: गोदावारी लालितपुर ।

    ३५//
    जान्नु सुन्नु केही छैन् बनेको छ ठुलो नेता,
    सेतालाई काला भन्दछ कालालाई सेता ।
    ✍️

    भगवती दवाडी

    ३६//
    जो जले पनि गले पनि गर्ने नै माथि गयो,
    कलिमा छलि गर्ने कर्मले “म”वरिष्ठ भयो?
    ✍️
    मित्र कुमार आचार्य

    काठमाडौं ।

    ३७//
    नसंझ स्वभिमान मर्छ रात पर्छ मेरो जुनि ,
    म त घाम हुँ बिहानीको तिमी हाम्रो छाया मुनि।
    ✍️
    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ३८//
    संक्षिप्त जीवनि बनाऔं सौन्दर्य सहज र सरल,
    सुनैका थालिमा भोजन गर्दा नि जाने हो मूत्र मल ।
    ✍️
    जिकुमार गौतम

    भद्रपुर १ (पृथ्विनगर) झापा

    ३९//
    सर्वज्ञानी प्राणी म नै हुँ ! धनीमानी पनि,
    सर्वोपरि दखल राख्छु के चाहियो अनि !
    ✍️
    रचना मोक्तान “यात्री”

    नमोबुद्ध नगरपालिका -५, काभ्रे ।

    ४०//
    मै हुँ भन्नेहरु नै हेर! पछि गलेर जान्छन्,
    आफू केही नगर्ने अरुलाई बेकार ठान्छन्।
    ✍️
    परिक्रमा श्रेष्ठ

    धरान- सुनसरी।

    ४१//
    आरिसले जल्नेहरु आफैँ घायल हुन्छन् ,
    पश्चातापले जलेर सधैँभरि नै रुन्छन् ।
    ✍️
    गंगा खड्का

    बूढानीलकण्ठ १, काठमाडौँ

    ४२//
    प्रगतिमा जल्नेलाई जलाउँदै जान्छु,
    गर्दिन म कसैको रिस न खुट्टा तान्छु।
    ✍️
    ललिता अभागी

    सुनकिशी५सिन्धुली

    ४३//
    भन्छौं आफैलाई वरिष्ठ, गर्छौं ठुला कुरा,
    देख्दा लाग्दछ तिमी त हिजो अस्तिकै भुरा।
    ✍️
    सहयात्री शाेभा अर्याल

    रुपन्देही , बुटवल

    ४४//
    आफू मात्र ठुलो हुँ भन्ने गर्छन् ठूला कुरा,
    माखो मार्दैनौं गर्नु पर्दा कुनै काम पुरा ।
    ✍️
    तारा घिमिरे

    सङ्खुवासभा

    ४५//
    सत्तकाे साँचो लिन मात्र रह्याे सबैकाे नि खेल,
    नीति नियम खल्ती भित्र सके जति गरे झेल ।
    ✍️

    प्रद्युम्न चालिसे

    ४६//
    अरुको प्रगति देखेर जसले डाहा गर्छ,
    गर्न दिनुस् न हामीलाई के नै फरक पर्छ।
    ✍️
    निर्मला शाही ठकुरी

    दैलेख, हाल दार्जिलिङ

    ४७//
    आफूलाई वरिष्ठ नठान, छन् है अरु पनि,
    तिम्रो प्रगतिमा नजलेर के गरौँ त अनि।
    ✍️
    कल्पना थामी

    सिन्धुपाल्चोक

    ४८
    सेक्छ कान कसैको बातहरु हुँदै गर्छ,
    अघि बढ्ने गर जलेर ति आत्तिई मर्छ।
    ✍️
    सुरेखा चाम्लिङ्ग**

    भक्तपुर

    ४९//
    अति नै ज्ञानी वरिष्ठ हुनुहुन्छ तपाई,
    अरुले नभनी आफै बन्नुहुन्छ मपाई।
    ✍️
    बिके मुखिया

    दार्जीलिङ, भारत।

    ५०//
    मै खाऊ मै लाऊ भन्ने संस्कार बिग्रेको छ पारा,
    सबै जान्ने वरिष्ठ भए हेर मन्त्री, राजा सारा ।
    ✍️
    शान्ता निरौला

    पाँचथर कन्याटार

    ५१//
    म सँग छ मै हुँ भन्ने रावण झैं घमण्ड सज्जित,
    शक्तिशाली हुँदाहुँदै कसरी हुन सक्छु ? लज्जित।
    ✍️
    शर्मिला श्रेष्ठ

    भैंसेपाटी ,ललितपुर

    ५२//
    मपाईँत्वकाे अहंकारले स्वघाेषित ती व्यक्ति ठुला,
    कामभन्दा कुरा चर्का गर्छन् हिँड्दा तिनकै खुट्टा लुला।
    ✍️
    रामकृष्ण रिजाल

    बा न पा १३ बाग्लुङ

    ५३//
    संसारमै आफुलाई सर्वश्रेष्ठ ठान्छन्
    अरु सबै व्यक्तिलाई निरिह नै मान्छन् ।
    ✍️
    दुर्गा भट्टराई

    मोरङ

    ५४//
    न विज्ञता न छन् नै दक्षता,
    घमण्ड अघि झुक्छ क्षमता।
    ✍️

    म्यामराज राई,भोजपुर

    ५५//
    आफैले आफैलाई वरिष्ठ ठान्नेहरू,
    तिनै हुन् बज्रस्वाँठ त छैनन् बरु अरू ।
    ✍️
    मित्र उराठी गाैतम

    अमरपुर- गुल्मी हाल: बुटवल

    ५६//
    भो ठुला कुरा अब नगरे हुन्छ लिखे,
    जसको सिङ्ग छैन उसैको नाम तिखे।
    ✍️
    गणेश नेपाली

    बगनासकाली-१,बगनास,पाल्पा।

    ५७//
    भाँजो हाल्न नसक्नेलाई त अगुवा नै मानिदैन,
    जसको शक्ति उसकै भक्ति, कहाँ हुन्न जानिदैन ।
    ✍️
    केशव प्रसाद ढकाल `प्रीतबीज ´

    गाेरखा

    ५८//
    काँडाबिना अब फूल फुल्दैन है साथी,
    झर्ने मानिस चाहिन्छ जानलाई माथि ।
    ✍️
    धनुष न्यौपाने

    जुम्ला

    ५९//
    अरूको प्रगतिमा जल्ने जल्दै गर्छन् आफू जल्नु हुन्न,
    त्यस्ताहरू जल्न मात्र होइन खप्पिस् हुन्छन् जाल बुन्न।
    ✍️

    दीपक ठटाल

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on टुक्कामाथि टुक्का’ को १२औं शृङ्खला सम्पन्न; ५९ जना सर्जकहरूको सहभागीता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P