दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

  • ३ पुष २०७८, शनिबार ००:३३ मा प्रकाशित
  • दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न भएको छ। एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर सम्पन्न भएको छ।१७ डिसेम्बर २०२१ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट साउदीअरबको पूर्वीय प्रान्त दम्माममा कार्यरत ९ सय जना भन्दा बढी आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका थिए।

    उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १३ नोबेम्बर र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागी फारम संकलन गरेको थियो।नेपाली दूतावास रियादको तृतीय सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ६ सय भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागी ३ सय २४ जनाको फारम संकलन गरिएको छ।

    उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक तथा संरक्षक ओम घले, राजु सैयद, बिरेन्द्र चौधरी, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका उपाध्यक्ष पदम महत, सचिव पूर्ण सुनार, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, डिबी थापा, हिक्मत तमु गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, रबिन राई लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल लगायतका पदाधिकारीहरू, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्लेको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद ज्ञापन गरेको छ। यसका साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यस्तै साथ र सहयोगको अपेक्षा सहीत संघले नेपाली समाज र क्रियाशील संघ संस्थाहरू संग हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता समेत जनाएको छ।

    Leave a Reply