• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

बिजुवा – पाठकीय टिप्पणी

  • ९ पुष २०७८, शुक्रबार ०९:५२ मा प्रकाशित
  • पाठकीय टिप्पणी
    लघुकथा -: बिजुवा
    लघुकथाकार -:दिनेश निरौला

    लघुकथाकार दिनेश निरौलाले आज मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा
    ” बिजुवा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

    अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त ५, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनु भई दैनिक लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका सय भन्दा बढी कथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढन सकिन्छ ।

    बि.सं.२०३७/७/ १२ मा पिता सुर्य प्रसाद र आमा जानुका निरौलाको कोखबाट पाँचौ संतानको रुपमा साहित्यकार दिनेश निरौला ओखलढुंगा साविक कुईभिर -९, हाल चिसंखुगढी -१ मा जन्मिनु भएको हो । हाल उहाँ नेपाल प्रहरीको हवल्दार पदमा दुहबी सुनसरीमा कार्यरत हुनुहुन्छ । लघुकथा बाहेक अन्य बिधामा पनि कलम चलाउनुहुने साहित्यकार दिनेश निरौलाको “आशाको त्यान्द्रो ” गजल संग्रह २०६४ प्रकाशित छ ।

    प्रस्तुत कथा “बिजुवा” मा मुख्य पात्रको रुपमा बिजुवा र अन्य सहायक पात्रहरुको रुपमा ढोलेहरु र दर्शकहरु रहेकाछन् ।कथाको शुरुवात यसरी भएको छ । ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिरामीलाई त कहिले कालो बोकोलाई लिसो छर्किँदै बिभिन्न देवी देवताहरूको नाम पुकार्दै कामी रहेको थियो बाह्र बजे राती सम्म । ठिक बाह्र बजे कालो बोकोको भोग दियो बिरामीलाई वनको शिकारी लागेर दु:ख दिएको हो सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ बिजुवाको भनाई त्यस्तै थियो ।

    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ । उसले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो । रातभर बिजुवा बस्ने उसले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन, तपाईहरू चाँडै तयार गर्नोस् बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ ।” यसरी कथाको समापन गरिएको छ ।

    ग्रामीण समाजको यथार्थ र परम्परागत धामीझाँक्री बस्ने प्रचलनलाई उजागर गर्दै बिजुवाले अस्पताल लानुपर्ने र जन्डिस बोको चढाएर ठिक हुदैन भन्दै सचेत गराएको छ भने धामीझाँक्रीले बोको खाने दाउछोप्दै बोको खाईसकेपछि मात्रै अस्पताल लानुपर्छ भनेर भन्छन भन्ने तितोसत्य पनि उजागर गरिएको छ ।कथाको भाषा सरल छ । स्थानियपन झल्किएको छ । सेउली र फुर्को लिएर बसेको बिजुवाले बोको चढाएर सम्पूर्ण रोग निको पार्ने कोसिस गर्ला कि भन्ने पाठकीय अनुमान बिपरित अस्पताल लैजानु पर्छ भन्दै कथाको समापनले झट्का दिन सक्षम रहेको छ । १७३ शब्दमा लेखिएको कथा पाठकलाई खुलदुली जगाउदै अन्त्यमा अस्पतालमै लानुपर्ने गहकिलो र महत्त्वपूर्ण संन्देश दिन सफल भएको छ। कथा मन परेकोले होला मेरो पाठकीय मनले कथामा खोट लगाउने ठाउँ देखेन ।

    अन्त्यमा, साहित्यकार दिनेश निरौलाको साहित्यिक यात्रा सप्तकोसी नदी जस्तै अविरल बगिरहोस , सगरमाथाको शिखर चुमोस् । लघुकथाहरुको संग्रह यथाशीघ्र प्रकाशित होस् भन्दै अग्रिम बधाई तथा कोटी कोटी शुभकामना सहित सुस्वास्थ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।

    बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर

    लघुकथा -: बिजुवा ,
    दिनेश निरौला
    ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिमारीलाई त कहिले कालो बोकोलाई ।लिसो छर्किँदै काम्न थाल्यो । उ बिभिन्न देवी देवताहरूको नाम पुकारी रहेको थियो । यो क्रम बाह्र बजे राती सम्म निरन्तर चलेको थियो ।
    ठिक बाह्र बजे कालो बोकोको भोग दियो ।बिमारीलाई वनको शिकारी लागेर दु:ख दिएको हो ।सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ । बिजुवाको भनाई त्यस्तै थियो ।
    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ ।उस्ले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो ।र रातभर बिजुवा बस्ने उस्ले आज यत्तिमै दियो थन्क्याएको थियो ।
    बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन । तपाईहरू चाँडै तयार गर्नोस् । बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ “

    २०७८।०९।८ गते
    ओखलढुंगा , हाल – दुहबी सुनसरी

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, विचार, साहित्यLeave a Comment on बिजुवा – पाठकीय टिप्पणी

    टुक्का कविता – ‘ईतिहास र वर्तमानमा नेपाली शासकहरु’

  • ९ पुष २०७८, शुक्रबार ०८:२२ मा प्रकाशित
  • ग्वालाहरु शासन गर्थे परापूर्व कालमा,
    लिच्छवि र अंशुबर्मा फिरे मध्य नेपालमा ।।१।।

    पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले,
    हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले ।।२।।

    मध्य पहाड मधेस पूर्व थिए राजा भिन्न,
    सयाैं राज्य कयौं शासक कसले सक्थ्यो चिन्न ।।३।।

    मल्लकालमा उपत्यका थियोे भरिपूर्ण ,
    शाहकालमा एकीकरण भयाे चट्चूर्ण।।४।।

    (छिन्नभिन्न)
    बाईसकाेटे चाैबिसकाेटे मूलुक अलग थियाे,
    नेपाल भन्थे तीन शहरलाई ननिभेकाे दीयाे ।।५।।

    डाँडै पिच्छे काेट बन्थ्याे मन्दिर मूर्ति बन्थे,
    शिक्षा दीक्षा रजाैटाले पेवा आफ्नो भन्थे ।।६।।

    गाउँ पिच्छे राजा हुन्थे तानाबाना बुन्थे ,
    कजाएर रैतीलाई आफू गाना सुन्थे ।।७।।

    आठपहरिया सयस् लिई घाेडा सवार गर्ने ,
    राजा हिंडदा ख्वामित् सरकार जदाै गर्नु पर्ने ।।८।।

    उबेलामा शक्तिशाली गाेर्खा राज्य थियोे ,
    एउटै पार्ने भनी आदेश फर्मान् दियाे ।।९।।

    लमजुङ कास्की पाल्पा हुँदै नुवाकोटमा हाने ,
    उपत्यका शहर हान्न किर्तिपुरलाई छाने ।।१०।।

    चतुराईले लडाइँ लडे ईन्द्रजात्रा पारि ,
    नेपाल शहर कब्जा भयाे लिए जिम्मेवारी ।।

    सुत्राधार एकताको थिए नारायण,
    पुत्र निस्के बहादुर हाँके सैन्य गण ।।११।।

    मेची पारी टिष्टा पुग्याे कब्जा गर्दै जाँदा ,
    देहरादुन काँगडा टेक्थे खाजा खाँदा ।।१२।।

    विशाल नेपाल अभियानले सार्थकता पायाे ,
    अढाईसय वर्ष चल्नेगरि शाहबंश आयाे ।।१३।।

    जब आयाे जहाँनिया शासनको बाढी ,
    दुनियाँलाई दवाई घिचे माडीमाडी ।।१४।।

    अन्त भयाे राणा शासन दुई हजार सातमा ,
    प्रजातन्त्र आयाे बल्लतल्ल जनताको हातमा ।।१५।।

    त्यही शिशु प्रजातन्त्र मास्ने दाउ पाे रचे ,
    निरंकुश पञ्चायतकाे हाैदा काँटी जचे ।।१६।।

    नेता थुने काँङ्ग्रेसका र कम्यूनिष्टका सबै ,
    महेन्द्रले शासन गरे बाेल्न नदिई कबै ।।१७।।

    जनताले पञ्चायत ढालिदिए पनि ,
    नेताहरु आपसमा कुर्ले ठूलो बनि ।।१८।।

    द्वन्द्व भयो मुलुकमा हताहती भयाे,
    पञ्चायत सत्ता पनि डाडापारि गयाे ।।१९।।

    नयाँ बन्याे संविधान नै राजा हटाएर,
    गणतन्त्र ल्यायाैं सबैले ताली ठटाएर ।।२०।।

    जनताका छाेराछाेरी राष्ट्रप्रमुख भाछन् ,
    समृद्धि र बिकास भनी दिनै घाेक्न लाछन् ।।२१।।

    नत छाेयाे समृद्धिले नत बिकासले,
    याैटा बिन्दु चुमाेस् चाँडाे स्वच्छ निकासले ।।२२।।

    रामकृष्ण दुवाडी
    पाेखरा ।।
    २०७८/०८/०४

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on टुक्का कविता – ‘ईतिहास र वर्तमानमा नेपाली शासकहरु’

    ‘हेमन्त’ – कविता

  • ९ पुष २०७८, शुक्रबार ०७:३० मा प्रकाशित
  • चिसाे बाेकेर
    बहेकाे सिरेटाे
    धुम्म लागेकाे
    बादल
    आङ्भरि
    घाम ताप्न
    पर्खाइमा
    बसेका मान्छेहरू
    मानाैँ सूर्यकाे
    दयादृष्टिकाे
    पर्खाइमा छन्
    कतै आँत
    हरहर छ
    तीव्र भाेकमा
    जठराग्नि तीव्र
    भएकाे बेला
    खानपानकाे उचित
    ब्यवस्थापन नभएकाे
    टिठलाग्दाे अवस्था

    कतै विशेष
    व्यवस्था
    गरिष्ठ भाेजन
    पाैष्टिक आहार
    न्याना वस्त्रहरू
    विशेष रमाइलो
    गुलावी जाडाेकाे
    स्वागतका लागि
    आतुर हँसिला
    अनुहारहरू

    कतै
    विवशता
    शीतलहर
    आङ् ढाक्नै धाै धाै
    ओढ्ने ओछ्याउनेकै
    दुख
    सुकेका शरीर
    पट्पटी फुटेका
    अनुहार
    पेटभरि खानकाे रहर
    हेमन्तले सिकिस्त
    पारेकाे अवस्था
    उफ!
    कस्ताे विवशता
    हाे याे
    कति ठुलाे
    खाडल हाे
    हुने खाने
    र हुँदा खाने बिचकाे

    कतै हेमन्त
    रहर बनेकाे छ
    सुक्सुकाउँदाे
    मायालाग्दाे
    कतै
    कहर बनेकाे छ
    भयङ्कर डरलाग्दो
    प्राणघाती
    जहर बनेकाे छ
    के हाे यस्ताे
    विभेद
    र कस्ताे
    हाे याे प्रकृति पनि
    धरा एउटै छ
    गगन एउटै छ
    सूर्य एउटै छ
    तथापि
    मानवहरूबिच
    किन यस्ताे
    विषमता ??

    • सुधा बाँस्कोटा ढकाल
      काठमाडौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘हेमन्त’ – कविता

    हिन्दू परिषद नेपालको पौष ९ र १० हुने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षणको सम्पूर्ण तयारी पूरा ।

  • ८ पुष २०७८, बिहीबार १७:०७ मा प्रकाशित
  • पर्सा संवाददाता,


    वीरगंज, ०८ पौष ।
    हिन्दू परिषद नेपालले वीरगंजमा यही पौष ९ र १० गते गर्न लागेको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    परिषदले बिहीबार सम्मेलन एवं प्रशिक्षण स्थल सोल्टी गार्डेन होटल एंड पार्टी पैलेसमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

    देशभरिका करीब एक हजार सदस्य सहित हिन्दूहरूको सहभागिता रहने लक्ष्य रहेको परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताउनु भयो ।

    दुई दिने सो कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरूले प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको अध्यक्ष पटेलले बताउनु भयो ।

    कार्यक्रममा सहभागी हुनकालागि हिन्दू परिषदले सम्पूर्ण सनातनी, ओमकार, हिन्दू समाजलाई हिन्दू परिषदले खुल्ला आमन्त्रण समेत गरेको छ ।

    पत्रकार सम्मेलनमा परिषदका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, समाजसेवी जगरनाथ प्रसाद कुर्मी, केन्द्रिय सदस्य सचितानन्द दुबे, रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल, केन्द्रिय सदस्य अनिता देवी पटेल, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी,चिरञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, लगायतको सहभागिता रहेको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on हिन्दू परिषद नेपालको पौष ९ र १० हुने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षणको सम्पूर्ण तयारी पूरा ।

    उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

  • ८ पुष २०७८, बिहीबार ०७:४० मा प्रकाशित
  • १
    भेटमा
    रुमाल चिनो
    रत्नपार्क शहिद गेटमा
    २
    माया
    फूलको गुच्छा
    जुनी भरी छायाँ
    ३
    बन्धन
    अंग अंगमा
    पहिलो भेटको कम्पन
    ४
    परिवेश
    आनन्दको अनुभूति
    समस्या उपाय समावेश
    ५
    बन्धन
    समुचित चलन
    ब्यवहार सुन्दर कन्चन
    ६
    नियति
    जन्म मृत्यु
    सुख दुःख जिन्दगी
    ७
    संसार
    गहन अर्थ
    असार अपार अपरम्पार
    ८
    सृष्टि
    उदय विलय
    आवश्यक दिव्य दृष्टि
    ९
    मायाले
    सम्झना हरपल
    झझल्को र छायाँले
    १०
    स्मरण
    गहिरो छाप
    मुटु भित्र जलन
    ~~~~
    गुणनिधि घिमिरे #पाँचथर

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

    टुक्का अन्ताक्षरी

  • ७ पुष २०७८, बुधबार २२:०३ मा प्रकाशित
  • टुक्काकारद्वय श्रीकृष्ण शर्मा र वसन्त अनुभव बिच घम्साघम्सी

    टुक्का एक काव्य विधा अन्तर्गतको एक नविनतम प्रविधाको रुपमा चिनिन्छ । जसमा समान अक्षर संख्या भएका दुई हरफ मात्र रहेका हुन्छन्। जसमा पहिलो हरफले विषयवस्तुको उठान र बिस्तार गर्दछ भने दोस्रो हरफले समर्थन र समापन गर्दछ। टुक्का छन्द र स्वच्छन्द रुपमा लेख्न सकिन्छ तर अन्त्यानुप्रास अनिवार्य हुनुपर्दछ । टुक्का सम्पूर्ण रसमा लेख्न सकिन्छ । हाल टुक्का ५ अक्षर देखि २७ अक्षरको सिमा भित्र रहेर लेख्न सकिन्छ ।

    टुक्का कविताका प्रवर्तक धादिङ निवासी वरिष्ठ साहित्यकार ताराप्रसाद चापागाईं हुनुहुन्छ । टुक्का साहित्य समाज नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका चापागाईंले विभिन्न पदाधिकारीहरू तथा टुक्काकारहरूको सहयोगमा टुक्का कविताको उन्नयन र विकासका लागि विभिन्न क्रियाकलापहरू सन्चालन गर्दै आउनुभएको छ ।

    टुक्का कविता लेखनमा नयाँ नयाँ तरिका अपनाउने गरिदै आएको छ । जसमध्ये टुक्का अन्ताक्षरी पनि एक हो । टुक्का इतिहासमा संभवत पहिलो टुक्का अन्ताक्षरी टुक्का साहित्य समाज नेपालका महासचिव एवं वरिष्ठ साहित्यकार श्रीकृष्ण शर्मा र साहित्यकार वसन्त अनुभव विच भएको थियोे । प्रस्तुत छ उक्त टुक्का अन्ताक्षरीको केही अंश ।

    टुक्का अन्ताक्षरी

    कोरोनाले भयो अचेल जिन्दगी नै जेल जस्तो,
    के छ त साथी हालखबर ज्यानलाई छ कस्तो ?
    ✍️ श्रीकृष्ण शर्मा

    तोप जस्तै पड्किराछ यता पनि कोरोनाको महामारी,
    ज्यान त मेरो ठिक छ मित्र अरुलाई पो लग्यो ओसारी ।
    ✍️ वसन्त अनुभव

    रीढ भाँचियो संसारको मान्छेको बेहाल
    जतातिर हेरे पनि छ कोरोनाकै जाल ।
    ✍️ श्रीकृष्ण शर्मा

    लहर चल्यो मान्छे मर्ने रोक्न पनि सकिन्न,
    देख्दा साह्रै दु:ख लाग्छ साथी हुन्छ मन खिन्न ।
    ✍️ वसन्त अनुभव

    नभन्नू है पराई हुन् मलाई केही भाछैन
    मानवता गुण नभएको मानिस नै हैन ।
    ✍️ श्रीकृष्ण शर्मा

    नडराउनु त्यसै मित्र भन्याछैन पराई,
    ढुक्कसँग बस्दा हुन्छ सजकता अपनाई ।
    ✍️ वसन्त अनुभव

    ईश्वरको नाम लिन्छु आत्मबल बढाउँछु
    साथीको साथ पाए कोरोना झ्याप्पै लडाउँछु ।
    ✍️ श्रीकृष्ण शर्मा

    छुन्न भन्छन् कोरोनाले सजकता अपनाए,
    डर मान्नु पर्दैन आफ्नो आत्मबल बढाए ।
    ✍️ वसन्त अनुभव

    एकदिन मर्नु छँदै छ नि डर मान्नु हुँदैन
    सावधानी अपनाएमा यसले कैल्यै छुँदैन ।
    ✍️ श्रीकृष्ण शर्मा

    नडराउँ भन्छु तर मन रत्ति मान्दैन,
    साह्रै अनपढ भयो क्यारे केहि जान्दैन ।
    ✍️ वसन्त अनुभव

    नरमाइलो लाएको छ यस्तै कुरा सुनेर
    पढेर के भयो मानिस बस्छन् मुटु थुनेर ।
    ✍️ श्रीकृष्ण शर्मा

    रमाउनु पर्छ साथी दु:खपीडा भुलेर,
    तिज आउँदैछ नजिक नै नाँचौ खुलेर ।
    ✍️ वसन्त अनुभव

    रमाउने हो दुवै साथी एकैसाथ भेटेर
    बर्साैँदेखि बाँकी भएको यो तिर्सना मेटेर ।
    ✍️ श्रीकृष्ण शर्मा

    रहर त थियो भेट्ने दुबै टाढा परियो,
    सँगै हाँस्न र नाच्न हुन्थ्यो जाँगर मरियो ।
    ✍️ वसन्त अनुभव

    योजना क्यै बनाएमा पक्कै भेट हुन्थ्यो
    एकैपल्ट देख्न पाए किन मन रुन्थ्यो ?
    ✍️ श्रीकृष्ण शर्मा

    यो सालमा भेट हुने योजना केहि बनाऔं,
    मिल्छ भने आउनु दाङ तिज सँगै मनाऔं ।
    ✍️ वसन्त अनुभव

    औँलामा गन्छु अझै कति दिन छन् तीजलाई
    दाङ घुमी हाँसी – खेली रमाउने दाजुभाइ ।
    ✍️ श्रीकृष्ण शर्मा

    ईच्छा पुरा पक्कै हुन्छ हामी दुईले सोचेको,
    सच्चा मनले बरदान मागौँ पुग्छ खोजेको ।
    ✍️ वसन्त अनुभव

    कोरोना पनि अब त अलिक कम हुन्छ सुनेको
    म बुद्ध एयर चढेर आउँला भनी छु गुनेको ।
    ✍️ श्रीकृष्ण शर्मा

    कोट पाइन्ट लगाएर बाइक चढी आउँछु,
    दाङ जिल्लाका मठ मन्दिर सम्पूर्ण घुमाउँछु ।
    ✍️ वसन्त अनुभव

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का अन्ताक्षरी

    उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • ७ पुष २०७८, बुधबार १८:३४ मा प्रकाशित
  • १
    कादम्बिनी
    सुन्दर मेघमाला
    असाध्यै मनाेहर गगन !

    २
    शैल
    उच्च अटल
    दृढ समर्थ अचल !

    ३
    चट्टान
    दृढ सङ्कल्प
    सदा सर्वदाकाे अडान !

    ४
    प्रभात
    अरूणाेदयकाे बेला
    सुन्दर चराहरूकाे नाद !

    ५
    व्यापक
    अत्यन्त ठुलाे
    सम्पूर्ण ह्रदयकाे आकाश !

    • सुधा बाँस्कोटा ढकाल
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    बोधिलाल योगी स्मृति पुरस्कारका लागि पचास हजार पाँच रुपैयाँको अक्षयकोष स्थापना

  • ७ पुष २०७८, बुधबार १२:४२ मा प्रकाशित
  • दाङ जिल्लाको घोराही १७ मा अवस्थित दाङ जिल्लाकै एकमात्र गुरुकुल गोरखनाथ वैदिक गुरुकुलमा बाेधिलाल याेगी स्मृति पुरस्कारकाे लागि रु ५०,००५/- राशिको अक्षयकोष खडा गरिएको छ । गाेरक्ष रत्ननाथ मठद्वारा विगत २ वर्षदेखि संचालित उक्त गुरुकुलमा प प उ मा वि भरतपुर दाङकी पूर्व शिक्षिका खिमा याेगी तथा परिवारले आफ्ना श्रीमान् बाेधिलाल याेगीकाे स्मृतिमा स्थापना गर्नुभएको हो ।

    अक्षयकोष संस्थापक योगीका अनुसार उक्त पुरुस्कार कक्षा ६ र ७ मा राम्राे अंक ल्याउने तथा अनुशासित छात्र/छात्रालाई प्रदान गरिनेछ।

    डा.नारायणनाथ योगीद्वारा स्थापित श्री बाेधि उमाशंकर स्मृति पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै समाजसेवी खिमा योगीले उक्त अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।

    पीर मठाधीस याेगी सन्ताेषनाथकाे प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा गुरुकुलमा अध्ययनरत जेहेन्दार तथा अनुशासित छात्र/छात्राहरु मध्ये प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना प्राप्त ३ जनालाई प्रमाणपत्र सहित नगद पुरस्कार याेगीजीकै हातबाट वितरण गरिएकाे थियो। उक्त कार्यक्रममा डा.योगीले बटुक तथा कन्यालाई कापी तथा दक्षिणा समेत वितरण गर्नु भएकाे थियाे ।

    संस्थापक डा. नारायण योगी महाराजले गत साल आजकै दिनमा आफ्ना मातापिताको नाममा स्थापना गरिएको रु १५,०००/- राशिको अक्षयकोषमा पुनः आफ्नो जन्मदिनको अवसर पारेर रु १५,०००/- नै थप गरि रु ३०,०००/- पुर्याउनु भएको थियोे। त्यस्तै घाेराहि १७ निवासि विष्णुदेवी घिमिरेले आफ्नाे पनातिकाे नाममा संकलन गर्नुभएकाे रकम रु ६,०५५/- गुरुकुलकाे अक्षय काेषमा जम्मा गरिदिनुभएको थियोे ।

    कार्यक्रममा गुरुकुल कार्यसमिति सदस्य सुष्मा कुमारी रेग्मि वैदिक सनातन हिन्दू परिषद्का केन्दिय अध्यक्ष दधिराम शर्मा ,पूर्व पीर मठाधीश याेगी देवनाथले गुरुकुल शिक्षाकाे महत्वका वारेमा जानकारी गराउनु हुदै दाताज्यूहरुलाई धन्ववाद प्रदान गर्नुभएकाे थियाे।

    उक्त अवसरमा गुरुकुलका वटुकहरूले स्वस्तिबाचन गरेका थिए भने कार्यक्रमको संचालन गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएको थियोे । साथै संचालक भट्टराईले सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियोे ।

    कार्यक्रमका केही झलकहरू

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बोधिलाल योगी स्मृति पुरस्कारका लागि पचास हजार पाँच रुपैयाँको अक्षयकोष स्थापना

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ७ पुष २०७८, बुधबार १०:३६ मा प्रकाशित
  • १
    फूल
    सुन्दर रूप
    तिम्रो मेरो यौवन !

    २
    सुन्दरता
    आँखाको दृष्टि
    प्रकृतिले गरेको सृष्टि !

    ३
    प्रकृति
    सुन्दर आकृति
    पहाडका ती झरना !

    ४
    अकबरे
    पीरो विशेषण
    खुर्सानीका अनेक विश्लेषण !

    ५
    घर
    जग छानो
    जीवनका अनेक पाटाहरू !

    ६
    सपना
    परदेशी भूमि
    देशको माया छातीमा !

    ७
    सम्झना
    अतीतका पलहरू
    यौवनमा रसिला गाला !

    ८
    सम्बन्ध
    अदृश्य सपना
    सिन्दुर पोते चिनो !

    ९
    यात्रा
    लक्ष्यमा परदेश
    गुन्द्रुक मस्यौराको पोको !

    १०
    युवा
    हातका ठेला
    परदेशी भएका चेला !

    ११
    कर्तव्य
    बाध्यतामा पिता
    खाडीको असह्य गर्मी !

    १२
    शीतलता
    चौतारीको हावा
    मनमा वरपिपलको छाया !

    १३
    बिहानी
    सूर्यको किरण
    धपधप पोल्ने सविता !

    १४
    आर्त
    संसार भवसागर
    आँसुको झरना सुन्दर !

    १५
    विचित्र
    रमझम संसार
    फूलको थुँगा मनमा !

    • सविता के.सी.
      काठमाडौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • ६ पुष २०७८, मंगलवार १८:२७ मा प्रकाशित
  • १.
    प्रेम
    पवित्र बन्धन
    आत्मविश्वास आपसमा माया !

    २.
    प्रेम
    मायाको महासागर
    कहिल्यै नरित्तिने वात्सल्य !

    ३.
    प्रेम
    मनको संसार
    विश्वासको डोरीले बाँधिने !

    ४.
    प्रेम
    पवित्र सम्बन्ध
    भावार्थ बुझ्ने ज्ञानी !

    ५.
    प्रेम
    अथाह मायाजाल
    देख्न छुन नसकिने !

    उर्मिला पन्त पाण्डेय

    ज्ञानेश्वर, काठमाण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P