
दाङ जिल्लाको घोराही १७ मा अवस्थित दाङ जिल्लाकै एकमात्र गुरुकुल गोरखनाथ वैदिक गुरुकुलमा बाेधिलाल याेगी स्मृति पुरस्कारकाे लागि रु ५०,००५/- राशिको अक्षयकोष खडा गरिएको छ । गाेरक्ष रत्ननाथ मठद्वारा विगत २ वर्षदेखि संचालित उक्त गुरुकुलमा प प उ मा वि भरतपुर दाङकी पूर्व शिक्षिका खिमा याेगी तथा परिवारले आफ्ना श्रीमान् बाेधिलाल याेगीकाे स्मृतिमा स्थापना गर्नुभएको हो ।
अक्षयकोष संस्थापक योगीका अनुसार उक्त पुरुस्कार कक्षा ६ र ७ मा राम्राे अंक ल्याउने तथा अनुशासित छात्र/छात्रालाई प्रदान गरिनेछ।
डा.नारायणनाथ योगीद्वारा स्थापित श्री बाेधि उमाशंकर स्मृति पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै समाजसेवी खिमा योगीले उक्त अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।
पीर मठाधीस याेगी सन्ताेषनाथकाे प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा गुरुकुलमा अध्ययनरत जेहेन्दार तथा अनुशासित छात्र/छात्राहरु मध्ये प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना प्राप्त ३ जनालाई प्रमाणपत्र सहित नगद पुरस्कार याेगीजीकै हातबाट वितरण गरिएकाे थियो। उक्त कार्यक्रममा डा.योगीले बटुक तथा कन्यालाई कापी तथा दक्षिणा समेत वितरण गर्नु भएकाे थियाे ।
संस्थापक डा. नारायण योगी महाराजले गत साल आजकै दिनमा आफ्ना मातापिताको नाममा स्थापना गरिएको रु १५,०००/- राशिको अक्षयकोषमा पुनः आफ्नो जन्मदिनको अवसर पारेर रु १५,०००/- नै थप गरि रु ३०,०००/- पुर्याउनु भएको थियोे। त्यस्तै घाेराहि १७ निवासि विष्णुदेवी घिमिरेले आफ्नाे पनातिकाे नाममा संकलन गर्नुभएकाे रकम रु ६,०५५/- गुरुकुलकाे अक्षय काेषमा जम्मा गरिदिनुभएको थियोे ।
कार्यक्रममा गुरुकुल कार्यसमिति सदस्य सुष्मा कुमारी रेग्मि वैदिक सनातन हिन्दू परिषद्का केन्दिय अध्यक्ष दधिराम शर्मा ,पूर्व पीर मठाधीश याेगी देवनाथले गुरुकुल शिक्षाकाे महत्वका वारेमा जानकारी गराउनु हुदै दाताज्यूहरुलाई धन्ववाद प्रदान गर्नुभएकाे थियाे।
उक्त अवसरमा गुरुकुलका वटुकहरूले स्वस्तिबाचन गरेका थिए भने कार्यक्रमको संचालन गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएको थियोे । साथै संचालक भट्टराईले सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियोे ।
कार्यक्रमका केही झलकहरू








