• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

जीपले सब-फोर मिटर एसयूभी बजारमा ल्याउने

  • २० मंसिर २०७६, शुक्रबार १४:३२ मा प्रकाशित
  • काठमाडौं । भारतमा जीपले हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजाजस्तै सब-फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो बजार हिस्सा बढाउन र भारतीय बजारमा छोटा एसयूभीको मागमा भइरहेको बढोत्तरीलाई आफ्नो पक्षमा पार्न सब-फोर मिटर एसयूभी ल्याउन लागेको हो । 

    जीपले भारतीय बजारमा सुरुवाति दिनमा जसरी कम्पासको बिक्री गर्न सकेको थियो अबभने क्रमिकरुपमा बिक्रीमा गिरावट आइरहेको छ । सुरुवाति महिनामा ३ हजार यूनिट हाराहारीमा बिक्री हुने गरेको जीप कम्पासको बिक्री घटेर अहिले मासिक ६/७ सयमा आईपुगेको छ ।

    अमेरिकी चर्चित कम्पनी जीपले भारतीय बजारमा आफ्नो व्यवसाय बिस्तार गर्न कम्पास बाहेक अर्को मोडल नभएर हो भन्ने धेरैको बुझाई रहेको थियो । त्यसैले कम्पनीले अब भारतीय बजारमा जीप कम्पासको फेसलिफ्ट, कम्पास ७ सिटर र सब फोर मिटर नयाँ एसयूभी समेत ल्याउने भएको हो ।

    कम्पनीको कम्प्याक्ट एसयूभीमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन रहने छ भने मूल्यका हिसावले यी एसयूभीको मूल्य हुन्डाई क्रेटा, किया सेल्टोस, निशान किक्स र महिन्द्रा स्कर्पियोको जस्तै रहने छ ।

    अहिले विभिन्न एजेन्सीले गरेको अनुमान अनुसार भारतमा यसको सुरुवाति भेरियन्टको मूल्य १० लाखदेखि टप भेरियन्टको मूल्य १५ लाख भारुसम्म रहने छ ।

    अटोमेटिक र म्यानुयल दुबै गियरबक्समा आउने यो मोडलमा टर्बो चार्ज्ड पेट्रोल र डिजेल इन्जिन दिइने अनुमान गरिएको छ । कम्पनीले यो मोडललाई सन् २०२० को तेस्रो क्वाटरसम्ममा बजारमा उतार्ने तयारी गरिरहेको छ ।

    बिगत १८ महिनादेखि नेपाली बजारमा बिक्री वितरण भइरहेको जीप कम्पासले निकै राम्रो बजार पाउन सफल भएको एमएडब्ल्यू लाइफले जनाएको छ । 

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on जीपले सब-फोर मिटर एसयूभी बजारमा ल्याउने

    यो संसारमा धेरैलाई दाम प्यारो छ

  • २० मंसिर २०७६, शुक्रबार १४:२० मा प्रकाशित
  •             गजल

    ************ ***********

    यो संसारमा धेरैलाई दाम प्यारो छ
    कसै कसैलाई त फेरि नाम प्यारो छ

    दिन रातै पसिनाले निथ्रुक्क हुनेलाई
    पापी पेटकालागि हरेक काम प्यारो छ

    आफ्नो भागमा परेका दु:ख सुख पछि
    घरका बा-आमालाई चारधाम प्यारो छ

    जतै देखाउने र देखिने होड जोडिएको
    आधुनिक युगमा ताम झाम प्यारो छ

    सबैको खुशी देख्ने यो समीपलाई भने
    आकाशका जून तारा र घाम प्यारो छ

    सन्तोष लुइंटेल (समिप)

    Posted in Uncategorized, साहित्यLeave a Comment on यो संसारमा धेरैलाई दाम प्यारो छ

    तपाइको आजको राशिफल

  • २० मंसिर २०७६, शुक्रबार ०९:१५ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २० गते शुक्रबार, तदअनुसार ६ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल नवमी , नक्षत्र: उत्तरभात्र, नेपाल संवत: ११४० थिंलाथ्व नवमी , राशी: मिन

    तपाइको आजको राशिफल
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्या्उनेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।         

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) ।शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

    वृश्चिक  ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झै–झमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रापनि होला ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १९ मंसिर २०७६, बिहीबार ००:५७ मा प्रकाशित
  • आज २०७६ साल मंसिर १९ गते बिहिबार, तदअनुसार ५ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल नवमी, नक्षत्र: शतभिषा, नेपाल संवत: ११४० थिंलाथ्व नवमी, राशी: कुम्भ  

    तपाइको आजको राशिफल
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

                                                     
    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

    वृश्चिक  ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १७ मंसिर २०७६, मंगलवार १९:३६ मा प्रकाशित
  • आज २०७६ साल मंसिर १८ गते बुधबार, तदअनुसार ४  डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल अष्टमी, नक्षत्र: शतभिषा, नेपाल संवत: ११४० थिंलाथ्व अष्टमी, राशी: कुम्भ  

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।


    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

    वृश्चिक  ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला, तर भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in Uncategorized, कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    नेपाली दुताबास रियाद र विभिन्न संघ संस्था बिच नेपाल भ्रमण वर्ष २०२० को विषयमा अन्तर्कृया सम्पन्न ।

  • १७ मंसिर २०७६, मंगलवार ०९:३७ मा प्रकाशित
  • नवराज तमाङ्ग

    रियाद- साउदी अरब साउदी अरेबियामा नेपाली दूतावासले भिजिट नेपाल २०२०लाई बृहत प्रचारप्रसार गर्न शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    रियादस्थित दूतावासको प्राङ्गणमा गरेको अन्तरक्रिया कार्यक्रममा झण्डै तीन दर्जन सङ्घसंस्थाका साथै विविध पेशामा कार्यरत नेपालीहरुको बाक्लो उपस्थितिरहेका थिए ।

    अन्तरक्रियामा साउदीका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपाल सरकारले लिएको लक्ष्य तथा नेपाल भ्रमण वर्ष २०२० को बारे सरकारी स्तरबाट भएको प्रयासहरुका बारे प्रकाश पारेका थिए । साउदी अरेबिया सरकारको पर्यटन, प्रवर्द्धन मन्त्रालयबाट प्रचारप्रसारका लागि सहज वातावरण बनाउन उक्त मन्त्रालयबाट स्वीकृति लिन पहल भइरहेको राजदूत सिंहले जानकारी दिए ।

    राजदूत सिंहले साउदीमा रहेका नेपाली समुदाय तथा सङ्घसस्थाहरुले भिजिट नेपाल २०२०लाई सफल बनाउन आफ्नो तवरबाट सहयोग गरी प्रचारप्रसार गर्न आग्रह गरे । नेपाल पर्यटन बोर्डका अनुसार प्रत्येक वर्ष नेपालमा विभिन्न मुलुकका १२ लाख पर्यटकहरू भित्रिरहेको तथ्याङ्क रहेको छ, राजदूत सिंहले भने, यसवर्ष थप ८ लाख भित्र्याउदा २० लाख पर्यटकहरू नेपाल आउने छन् ।’ राजदूत सिंहले अर्को छलफल तथा अन्तरक्रियामा सबैलाई समेट्ने गरी गर्न केही दिन भित्रै मिति तोकेर जानकारी दिने बताए ।

    त्यसैगरी दूतावासका नियोग उपप्रमुख दिलीपकुमार पौडेलले साउदी अरेबिया सरकारको सम्बन्धित निकायहरुसँग भिजिट नेपाल २०२०का लागि भेटघाट तथा छलफल बाक्लिएको बताए । उपप्रमुख पौडेलले हालसम्म भिजिट नेपालका लागि साउदी सरकारसँग कानूनी प्रकृयामा रहेका जटिलताका बारेमा छलफल भइरहेको जानकारी दिए ।

    साउदी अरेबियाका पत्रकारहरुका एक टोलीलाई नेपाल पठाई अरेबियन छापा पत्रीका तथा टेलिभिजनमा देखाउने प्रयास भइरहेको उपप्रमुख पौडेलले बताए । दूतावासले भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि अरेबियन भाषा र अङ्ग्रेजी भाषामा डकुमेण्ट्रीहरू बनाउँदै छ, उपप्रमुख पौडेलले भने, तयार भएपछि सबैलाई इमेलबाट उपलब्ध गर्छौं ।

    उपप्रमुख पौडेलले दूतावासले सबैलाई समान रुपले हेर्दै आएको विभेद नगरेको स्पष्ट पारे । उनले थपे, नेपाल सरकारको निर्देशिका अनुसारनै गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रोपटक राजनीति दलका प्रवास सङ्गठन र तेस्रोपटक सामाजिक सङ्घसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको बताए ।

    त्यसैगरी श्रम सहचारी अम्बिका प्रसाद अधिकारीले पर्यटन र पर्यटक ले नेपालको अर्थतन्त्रलाई धेरै सहयोग गर्ने बताए । उनले धेरै भन्दा धेरै नेपालमा पर्यटन भित्र्याउनको लागि प्रचारप्रसारनै मेरुदण्ड भएको औल्याए ।

    नेपाली र नेपालको झल्किने सामाग्रीहरु, साउदीका विभिन्न ठाउँमा होडिङ बोर्ड बनाएर राख्ने सके सरकारको लक्ष्य वर्ष नसकिदै पुरा हुने श्रम सहचारी अधिकारीले बताए । आआफ्ना तरिकाबाट नेपालको बारेमा लेखिएका वा देखाएका सामाग्रीहरु उपलब्ध गरि प्रचारप्रसारमा सहयोग गर्ने आग्रह गरे ।

    श्रम सहचारी अधिकारिले दूतावासले क्रमिक रुपमा साउदी अरेबियामा रहेका सामाजिक संघसंस्थाहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको बताए । यसअघि `गैरआवासीय नेपाली संघ(एनआरएन) र राजनीति दलका प्रवास संगठन´ सँग भिजिट नेपाल वर्षका लागि छुट्टाछुट्टै अन्तरक्रिया गरिसकेका छौंँ, अधिकारीले भने ।

    काभ्रे सेवा समाजका अध्यक्ष तथा नेपाल तामाङ घेदुङका क्षेत्रीय संरक्षक जेन लामाले दूतावासले अन्तरक्रिया गरि भिजिट नेपाललाई व्यापक बनाउनेतर्फ लागेकोमा धन्यवाद दिए । अध्यक्ष लामाले दूतावासले छुट्टाछुट्टै अन्तरक्रिया गर्नु भनेको आफुले विभेद गरेको ठानेको बताए । जेजस्तो भएपनि हामी सबै नेपाली हो,`कसैले सुन र कसैलाई पित्तल ठान्छन् भने यसले गलत सन्देश जान्छ´, लामाले भने ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on नेपाली दुताबास रियाद र विभिन्न संघ संस्था बिच नेपाल भ्रमण वर्ष २०२० को विषयमा अन्तर्कृया सम्पन्न ।

    तपाइको आजको राशिफल

  • १६ मंसिर २०७६, सोमबार १८:४८ मा प्रकाशित
  • आज २०७६ साल मंसिर १७ गते मंगलबार, तदअनुसार ३ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल सप्तमी, नक्षत्र: घनिष्ठा, नेपाल संवत: ११४० थिंलाथ्व सप्तमी, राशी: कुम्भ  

    तपाइको आजको राशिफल
    मेष
    आफन्तहरुको प्रगातिमा मन रमाउने छ । विशिस्ट व्यक्तिबाट परस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ ।

    वृष

    लाभ दयाक यात्रा रहनेछ । लाभ, हानी,आय,व्यय,सुख,दुख,बराबरी मध्यम खालको समय छ । मेहनातिहरुका लागि दिन फलदायी नै रहनेछ ।


    मिथुन
    अनुहारमा कान्ति मनमा शान्ति छुनेछ । आफन्त संग रमाइलो भेटघाट हुनेछ । मनोरंजनमा सहभागी भईएला ।प्रेममा मधुरता छाउनेछ ।

    कर्कट
    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

    सिंह

    श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

     
    कन्या

    बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।


    तुला
    बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

    वृश्चिक
    विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्यापनि आइपर्ला, तर रातो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

    धनु
    महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

    मकर
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

    कुम्भ
    जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

    मीन
    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on तपाइको आजको राशिफल

    “हृदयघात, मधुमेह र उच्च रक्तचापको कारण सुत्न नजान्नु हो” डा. भगवान कोईराला

  • १६ मंसिर २०७६, सोमबार ०९:४४ मा प्रकाशित
  • काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन । सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् । अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ ।एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालापनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्नुहुन्छ ।

    केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । उहाँ कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण हो भन्नुहुन्छ । अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने बताएके हो । अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा धेरै हुने गर्दछ ।

    ‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् । यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मान्न सकिन्छ ।

    अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन ।’ मेन्डोजा अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुसन्धान तथा उपचार सेन्टरका निद्रा साइकोलजिस्ट हुन् ।

    तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित भएको कुरा सत्य नभएको पनि बताए । उनका अनुसार त्यस्ता व्यक्ति (मेटाबोलिक सिन्ड्रोम भएका) र अपर्याप्त निद्राबीच सम्बन्ध हुनसक्ने बताए । यसरी हेर्दा यो कुरालाई हामी दावा गर्न सक्दैनौ कि कम सुत्नेहरु मुटु रोगका कारण मर्छन तर खत्तरा भने हुन्छ ।

    उनी भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग वा हृदयघातको जोखिम बढ्नुमा धेरै तत्वले प्रभाव पारेको हुनसक्छ । स्वभावजन्य र जीवनशैलीका दृष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् । साथै जसलाई मेटाबोलिक सिन्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जोखिम बढ्ने सम्भावना हुन्छ ।’

    उनले भने, ‘अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूममा मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ ।’ यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने उनको बुझाइ रहेको छ ।

    अव्यवस्थित निद्रासम्बन्धी रोगको (अनिद्रा र निद्रा नपुग्नेमा समेत) स्वभाव–बानी परिवर्तन र औषधि प्रयोगबाट प्रभावकारी उपचार गर्न सकिने उनी बताउँछन् । यस्तै अमेरिकाको सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको इलेक्ट्रोफिजियोलोजी लेबोरेटरिज एन्ड क्लिनिक्सका निर्देशक डा।बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’

    उनका अनुसार जेसुकै भए पनि यस्तो जोखिममा रहेका व्यक्तिले भने निद्रामा ध्यान दिनैपर्छ । लीले भने ‘यस्ता व्यक्तिले पर्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्याप्त निद्रा लिनु उचित हुन्छ ।’

    तपाईलाई जानकारी गराउँ अध्ययनका लागि फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छनौट गरेका थिए । औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिएको उनिहरु बताउँछन् ।

    अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए । मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् । उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले जानकारी दिए ।

    त्यस्तै अर्को महत्वपुर्ण कुरा ६ घन्टाभन्दा बढी सुत्नेहरुमा मेटाबोलिक सिन्ड्रोमग्रस्त मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो । फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे । उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो ।

    अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेनन् । एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ भन्न नसक्ने जनाइएको छ । न्युयोर्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडिसिन डाइरेक्टर डा। स्टिभन फेन्सिल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। पर्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने ।’ यसरी हेर्दा धेरै सुत्नेहरु र कम सुत्नेहरुमा स्वास्थ्य समस्या धेरै हुने गर्दछ । साभार श्राेतः स्वदेश नेपालबाट

    Posted in कला /जीवनशैली, मुख्य खबर, विचार, समाजLeave a Comment on “हृदयघात, मधुमेह र उच्च रक्तचापको कारण सुत्न नजान्नु हो” डा. भगवान कोईराला

    विपद् व्यवस्थापनमा ८ महिनामा हेलिकोप्टरमा मात्र ७ करोड खर्च

  • १५ मंसिर २०७६, आईतवार १९:३४ मा प्रकाशित
  • अच्युत पुरी

    १५ मंसिर, काठमाडौं । पछिल्लो ८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड रुपैयाँ खर्च भएको छ । विपदमा परी घाइते भएकाको उपचार, क्षतिपूर्ति र हेलिकोप्टरको परिचालनमा यो रकम खर्च भएको हो ।

    विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट अनुमोदन हुने गरी केन्द्रीय विपद् कोषबाट यस्तो रकम निकासा दिने गरिन्छ । मन्त्रालयको तथ्यांकअनुसार वैशाख २०७६ यता कात्तिकसम्म यति रकम निकासा भएको छ । यसमध्ये सबैभन्दा ठूलो रकम हेलिकोप्टरको परिचालनमा खर्च भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यस अवधिमा हेलिकोप्टर उडानमा मात्र ६ करोड ८३ लाख ५३ हजार ९ सय ७१ रुपैयाँ खर्च भएको छ । घाइतेको उपचार र क्षतिपूर्तिमा भने ४ करोड ३७ लाख ३९ हजार ५ सय ४२ रुपैयाँ खर्च भएको छ ।

    गृह मन्त्रालय अन्तर्गत रहेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले निकासा भएको रकम अनुमोदन गर्ने निर्णय हालै गरेको छ । अब केन्दि्रय विपद् व्यवस्थापन कोषमा १ अर्ब ४५ करोड ७५ लाख २८ हजार ८ सय १३ रुपैयाँ मौज्दात रहेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ ।

    सीमाका अग्ला सडकले डुबान

    समितिले सीमा सुरक्षाका नाममा भारतले बनाएका अग्ला सडकले बाढी तथा डुबानको समस्या निम्त्याएको भन्दै समस्या समाधानका लागि सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी समस्या समाधान गर्नुपर्ने समितिको धारणा छ ।

    सीमा क्षेत्रमा पूर्वाधार प्रकोप न्यूनिककरण हुने गरी निर्माणको व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिले भनेको छ । तराई क्षेत्रका केही जिल्लामा नदी नियन्त्रणकै आयोजनाका कारण नदीको पानी गाउँमा बसेको, तटबन्धको निर्माण कमजोर अवस्थामा रहेको र नदीको बहाव रोक्नेगरी पुल पुलेसा निर्माण हुन नसकेका कारण त्यसको व्यवस्था मिलाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    चिसोबाट बच्न पूर्वतयारी

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हिमपात, चिसो तथा शीतलहरसम्बन्धी पूर्वतयारी थाल्नसमेत सरोकारवालालाई निर्देशन दिएको छ । सम्बन्धित स्थानीय सरकारहरुले हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्रका गरिब तथा विपन्न नागरिक र परिवारको पहिचान गरी आकस्मिक उद्दारका लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ ।

    इन्धन, दाउरा, कम्बलजस्ता सामग्रीको भण्डारणको काम समेत समयमै थाल्न बैठकले निर्देशन दिएको छ । सेना, प्रहरी तथा सशस्त्र प्रहरीले समेत आफ्नो तर्फबाट पूर्वतयारी थाल्न बैठकले निर्देशन दिएको छ ।

    कुहिरो लाग्ने सडकको म्यापिङ गरिने

    कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दूर्घटनालाई न्यूनीकरण गर्न एक सर्वे समूह गठन गरी त्यस्तो स्थानको म्यापिङ गरिने भएको छ । नेपाल प्रहरीसँगको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    यसका आधारमा हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दूर्घटना हुन सक्ने जोखिमयुक्त/सम्भावित सडकमा विभिन्न सांकेतिक चिह्न र सूचनामुलक सन्देश राख्ने काम सडक विभागले गर्ने भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on विपद् व्यवस्थापनमा ८ महिनामा हेलिकोप्टरमा मात्र ७ करोड खर्च

    तपाइको आजको राशिफल

  • १५ मंसिर २०७६, आईतवार १९:१४ मा प्रकाशित
  • आज २०७६ साल मंसिर १६ गते सोमबार, तदअनुसार २ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल षष्ठी, नक्षत्र: श्रवन, नेपाल संवत: ११४० थिंलाथ्व षष्ठी, राशी: मकर

    तपाइको आजको राशिफल
    मेष
    आज पुरानो समस्या सुल्झाउन सकिने छ। शुभचिन्तकहरुले पूर्ण समर्थन प्रधान गर्ने छ ।  मनमा उत्साह छाउने र बोलीमा बिक्ने समय छ ।

    वृष

    बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सरात्मक बनाउने समय रहेको छ।वित्तिय संस्था बाट सहयोग मिल्ने छ । स्वादिस्ट भोजन पनि मिल्ने छ ।


    मिथुन
    कार्यमा वाधा आउने छ। सरकारी निकायको भय रहला । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

    कर्कट
    शुभ कार्यको चर्चा चल्ने छ । टाढाका नातागोता वा परिवारजन संग भेटघाट हुनेछ । आँटेको र सोचेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुने छ ।

    सिंह

    कीर्तिमानी काम गर्ने समय छ । वाक चतुर्याईले संकल्प सिद्ध हुने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

     
    कन्या

    नयाँ कार्ययोजना बन्नेछ । नजिकको व्यक्ति बाट आँटेको कार्य सफल हुने छ । निकरिमा स्थानान्तर तथा पदोन्नतिको योग रहेको छ ।


    तुला
    अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । व्यापार व्यवसाय बाट बिशेष लाभ मिल्नेछ ।

    वृश्चिक
    रमणीय र सुखद यात्राको योग रहेको छ। मनोरन्जनमा सहभागी भइएला । विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । काममा विभिन्न अवसर फेला पर्ने छन् ।

    धनु
    नयाँ जिम्मेवारी पाईएला। घरमा अतिथिको आगमन हुनेछ ।साझेदारी र सट्टा पट्टामा विशेष लाभ मिल्नेछ ।शुभ कार्यको चर्चा चल्नेछ ।

    मकर
    नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।चिताएको कमले तीव्रता लिनेछ ।

    कुम्भ
    अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कम्जोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा सफल भईने छ ।

    मीन
    आज शुभ कार्यको योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछन । दिनको ओत्तारार्धामा धन खर्च हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on तपाइको आजको राशिफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P