• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक

  • १५ मंसिर २०७६, आईतवार ०९:२६ मा प्रकाशित
  • नवराज तमाङ्ग

    काठ्माण्डौँ-नेपाल  ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

    कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

    प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक

    तपाइको आजको राशिफ

  • १४ मंसिर २०७६, शनिबार १९:०० मा प्रकाशित
  • आज २०७६ साल मंसिर १५ गते आइतबार, तदअनुसार १ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:
    तिथि: मङ्सिर शुक्ल पञ्चमी, नक्षत्र: उत्तरषढा, नेपाल संवत: ११४० थिंलाथ्व पंचमी, राशी: मकर
    तपाइको आजको राशिफल
    मेष
    धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक तथा सृजनशील क्षेत्रमा रुची बढ्ने छ । काम देखाएर अरुको मन प्रभावित पार्न सकिने छ ।
    वृष
    इच्छा र आकांक्षा पूर्ण हुनेछ । धन आर्जनमा नया स्रोतहरु पत्ता लाग्नेछ । लामो समय देखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन ।
    मिथुन
    विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ ।सौन्दर्यतामा खर्च हुनेछ तर शुभ यात्राको योग रहेको छ ।
    कर्कट
    सहयोगी हातहरु अघि बढ्नेछन । आफन्तको प्रगतिमा मन रमाउने छ । व्यापार व्यवसायमा फाईदा होला । पुनर्मिलनको योग रहेको छ ।
    सिंह
    मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।आम्दानी बढाउने काम सुचारु गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता प्राप्त हुनेछ ।
    कन्या
    साथी भाईको संगको भेटघाटले मन प्रफुल्ल रहला ।व्यवसायिक काममा राम्रै फड्को मर्न सकिन्छ ।धार्मिक यात्राको योग रहेको छ ।
    तुला
    अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नु होला ।
    वृश्चिक
    मंगल कार्यको योग छ । आँटेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्ने छ । एक पछी अर्को अवसर आउनाले मन प्रसन्न रहने छ।
    धनु
    अतिथिको रुपमा सत्कार पाईएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाईदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरु सम्पन्न हुनेछन।
    मकर
    शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सम्पन्न हुनेछ।
    कुम्भ
    स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रमा कम्जोर रहने देखिन्छ।
    मीन
    जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यLeave a Comment on तपाइको आजको राशिफ

    शेयर बजारको गिरावट निरन्तर जारी

  • १४ मंसिर २०७६, शनिबार ०९:५१ मा प्रकाशित
  • मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ ।

    यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार अन्तिम कारोबार दिन बिहीबार ४.६७ अंकले घट्दा परिसूचक १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा खसेको छ । बिहीबार नोभेम्बर महिनाकै अन्तिम कारोबार दिन समेत हो ।अघिल्लो साता पनि बजारमा सिथिलता नै छाएको थियो । साताको अन्तिम कारोबार दिन ११३५.९५ बिन्दुमा बजार बन्द भएको थियो ।

    नोभेम्बर महिनाभरको सेयर कारोबारको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक ३३ दशमलव ३८ अंकले घटेको देखिन्छ । नोभेम्वर ३ तारिखका दिन पहिलो कारोबार सुरु हुँदा ११४६.१७ विन्दुमा रहेको नेप्से परिसुचक महिनाको अन्तिम कारोबार दिन २८ तारिखमा १११२.७९ बिन्दूमा खुम्चिएको छ ।

    यसरी बजार लगातार ओरालो लाग्दा सेयर लगानीकर्ताहरुले भने सरकारलाई दोष दिएका छन् । बजार उकास्न सरकारले कुनै रणनीति नबनाइ टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।

    नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले सेयर बजार धराशयी हुँदा लगानिकर्तामा मनोवैज्ञानिक असर परिसकेको बताउँछिन् । तत्काल बजारमा सुधार ल्याउने र लगानिकर्ताको मनोबल उकास्ने काम सम्बन्धित निकायबाट हुनुपर्नेमा उनले जोड दिइन् ।

    ‘सम्पत्ती सुद्दिकरणको बिषयलाईर् सम्बन्धित निकायले बुझाउन नसक्नु तथा लगानिकर्ताको पनि गलत बुझाईको कारण पहिले खुलेर कारोबार गर्नेहरु अहिले हच्किएका छन्,’ पोखरेलले भनिन् ।

    केही समय पहिले आफूहरुले सरकारलाईर् बुझाएको बजारसुधारका लागी ५८ बुँदेे माग कार्यान्वयन नभएको उनको गूनासो छ ।

    पोखरेल भन्छिन्, ‘छिमेकी मुलुक भारत सरकार पुँजी बजारप्रती संवेदनशिल हुँदा सेन्सेक्सले ४०,००० को रेकर्ड बनाइसक्यो । हाम्रो मुलुकमा भने परिस्थिती सहज हुँदाहुँदै पनि सरकारी बेवास्थाको कारण लगानीकर्ताको मनोबल दिन प्रतिदिन कमजोर भइरहेको छ ।’

    सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला पनि बजार लगातार ओरालो लाग्दा लगानीकर्तामा निराशा छाएको बताउँछन् । उनले भने, ‘मुख्य चाडपर्वपछि खुलेको बजार ओरोलो लाग्नु त्यति स्वभाविक मान्न सकिन्न । कम्पनीहरुले दिने लाभांश पहिलाको भन्दा राम्रो छ र कम्पनीहरुको पहिलो त्रैमासिक रिपोर्ट पनि राम्रै आएको छ । बजार घट्नुपर्ने कुनै कारण छैन ।’

    पुँजी बजारप्रति सरकारले हेर्ने दृस्टिकोण नै सकारात्मक भएको बास्तोलाको आरोप छ । पुँजी बजारको विकास र विस्तार गर्नका लागि प्रविधि र पुर्वाधारयुक्त बनाउन घोषणा गरिएका कामहरु समेत नभएको उनी बताउँछन् ।

    बास्तोला भन्छन्, ‘लगानीकर्ताहरुमा पछिल्लो समय बजारप्रति वितृष्णा बढेको छ । सरकारी नीतिहरु लगानीकर्तामैत्री छैनन । यहि तरिकारले बजार ओरालो लाग्दै जाने हो भने दुर्घटनाको खतरा छ ।’

    सेयर बजारमा सक्रियतापूर्वक लगानी गरिरहेका युवा लगानीकर्ताहरुको धारणा पनि उस्तै छ । सक्रिय लगानीकर्ताहरु बजार निरन्तर घटिरहनुमा सरकारको कमजोरी कारक रहेको बताउछन् । बजार घटबढ हुनु स्वभाविक नियम भए पनि लगातार घट्नुलाई स्वभाविक मान्न नसकिने उनीहरुको धारणा छ ।

    लगानीकर्ता केशव अधिकारीले बजार सुधार हुनु पर्ने धेरै कारणहरु रहेको भए पनि अर्थ मन्त्रालय सकारात्मक नबनिदिदा त्यसको असर नकारात्मक परेको बताए । यसको समाधानका लागि अर्थमन्त्री नै बजारबारे सकारात्मक हुनुपर्ने उनको धारणा छ ।

    अर्का लगानीकर्ता कमल पन्थी पनि बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेको बेला बजार घट्नु दुखद भएको बताउँछन् ।

    ‘यतिबेला बजार घट्ने समय होइन, बढ्नुपर्ने हो’ पन्थीले भने, ‘तर लगातार ओरालो लागिरहेको छ, अहिले नेप्से टर्नओभर रेसियो तल झरेको छ, यो खतरानाक अवस्था हो ।’ बजारको अवस्थाले लगानीकर्ताकोहरुको भावना एकदमै कमजोर भएको उनको बुझाई छ ।

    साभार: अनलाईन खबर

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on शेयर बजारको गिरावट निरन्तर जारी

    नव निर्वाचित एनआरएनए आईसिसी डिआरसी राजेन्द्र अर्याल (जोन)लाई साउदीमा सम्मान तथा बधाई ।

  • १३ मंसिर २०७६, शुक्रबार ०९:१८ मा प्रकाशित
  • रियाद-साउदी अरब

    रियाद स्थित रहेको नेपाली राजदुताबास रियादले एक अनौपचारीक कार्यक्रम गरी गत अक्टूबर १५/१७ को एनआरएनए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन बाट २०१९/२०२१ कार्यकालका लागी निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई बधाई तथा सफल कार्यकालको लागी शुभ कामना दिएका छन्।
    बधाई तथा शुभकामना दिने क्रममा नेपाली राजदुताबास रियादका तर्फ बाट  साउदीका लागी राजदुत प्रा.डा. महेन्द्र सिं राजपूतले सामाजीक तथा साउदी अरबमा रहेका नेपालीहरूको हितमा गरिने काम-कार्वाहीहरूमा नेपाली राजदुताबास रियादको सदैव साथ र सहयोग रहने बताएका छन्। उक्त कार्यक्रममा नेपाली राजदुताबास रियादका लागी राजदुत प्रा.डा. महेन्द्र सिं राजपूत, नियोग उप प्रमुख दिलीप पौड्याल, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी लगायत दुताबास परिवारको उपस्थिती रहेको थियो साथै नव निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका संस्थापक सदस्य राजु सैयद लगायत २०१९/२०२१ कार्यकालका लागी नव गठित एनआरएनए एनसिसी साउदीका पदाधिकारीहरूको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम नेपाली राजदुताबार रियादको सभाहलमा भएको थियो ।


    प्रवासी नेपाली एकता मंच साउदी अरबले पनि एक औपचारीक  कार्यक्रम गरी २०१९-२०२१ कार्यकालका लागी नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल (जोन) लाई सम्मान तथा बधाई दिएका छन्।
    शिव राज जैशीको सभापतित्व रहेको उक्त कार्यक्रममा राजु खनालले कार्यक्रम संचालकको भुमिका निभाएका थिए भने प्रमुख अतिथीको रूपमा नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल उपस्थिती रहेको थियो ।साथै पूर्व मध्य पूर्व सह संयोजक तथा एनआरएनए साउदीका संस्थापक सदस्य राजु सैयद लगायत नव निर्वाचित एनआरएनए एनसिसी साउदीका पदाधिकारीहरू अतितको रूपमा उपस्थित रहेका थिए।साथै उक्त कार्यक्रममा  प्रवासी नेपाली एकता मंच साउदी अरबका कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।कार्यक्रमको दौरान शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले अगामी दिनमा नेपाली श्रमिकहरूको हितमा काम गर्न सदैव एनआरएनए एनसिसी साउदी संग समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए।


    सम्मान तथा बधाई दिने क्रममा जन संपर्क समिती साउदी अरबले पनि रियाद स्थित एक रेष्टुरेण्टमा अनौपचारीक कार्यक्रम गरी नव निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई सम्मान तथा बधाई दिँदै सम्मान पत्र प्रदान  गरेका छन्। उक्त कार्यक्रममा जनसम्पर्क समिती साउदीका अध्यक्ष दिपक रेग्मी, महामन्त्रि सुरेश राज त्रिपाठी लगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on नव निर्वाचित एनआरएनए आईसिसी डिआरसी राजेन्द्र अर्याल (जोन)लाई साउदीमा सम्मान तथा बधाई ।

    सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राम अवरुद्ध हुनुको कारण यस्तो थियो ।

  • १३ मंसिर २०७६, शुक्रबार ०८:२६ मा प्रकाशित
  • दुनियाको सबैभन्दा लोकप्रिय सोसल मिडिया साइट फेसबुक तथा फोटो शेयरिङ एप इन्स्टाग्राम विहिबार विश्वका धेरै भागमा अवरुद्ध भए । अमेरिका तथा क्यानडाका अधिकांस भाग तथा युरोप र एसियाका विभिन्न देशहरुमा यी सोसल साइट डाउन भएको डाउन डिटेक्टर नामक वेबसाइटले जनाएको छ ।
    फेसबुक तथा इन्स्टाग्रामका कैयन् प्रयोगकर्ताहरुले यी प्लाटफर्मका विभिन्न फिचरहरुले काम नगरेको गुनासो गरेका थिए ।

    इन्स्टाग्राम अवरुद्ध भएको रिपोर्ट गर्नेमध्ये ७४ प्रतिशतले न्यूजफिडमा समस्या आएको बताए भने १४ प्रतिशतले स्टोरिज फिचरमा तथा १० प्रतिशतले वेबसाइटमा समस्याको सामना गर्नुपरेको गुनासो गरे । त्यस्तै कतिपयले कमेन्ट गर्न तथा स्टोरी पब्लिस गर्नमा समस्या भएको बताए ।
    त्यस्तै फेसबुक डाउन भएको रिपोर्ट गर्नेमध्ये ६५ प्रतिशतले लगइनमा समस्या भएको बताएका थिए भने २२ प्रतिशतले फोटो नदेखिएको बताए । त्यस्तै ११ प्रतिशतले चाहीँ फेसबुक कत्तिपनि नचलेको गुनासो गरे ।
    भएको के हो ?
    लाखौँ प्रयोगकर्ताले समस्या बेहोर्नुपरेको गुनासो गरिरहेपछि फेसबुक र इन्स्टाग्रामले स्पष्टिकरण दिएका थिए । फेसबुक लगइन गर्दा एउटा मेसेज देखिन्थ्यो । जसमा लेखिएको थियो, ‘फेसबुक आवश्यक मर्मतका लागि अहिले बन्द छ । केही मिनेटपछि नै तपाइँले फेसबुक पुनः चलाउन सक्नुहुनेछ ।’
    त्यस्तै इन्स्टाग्रामले पनि एक ट्वीट गर्दै फेसबुक तथा इन्स्टाग्राम लगायतका फेसबुक परिवारका सोसल मिडिया एपहरुमा समस्या उत्पन्न भएको विषयमा आफू जानकार रहेको भन्दै समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको थियो ।
    केही समय पश्चात् फेसबुक तथा इन्स्टाग्राम पूर्ववत् रुपमा सुचारु भएका थिए । फेसबुकले एक विज्ञप्ती मार्फत केही बेरका लागि प्रयोगकर्ताहरुले फेसबुक परिवारका एपहरु प्रयोगमा समस्या बेहोर्नुपरेको भएपनि अहिले समस्या समाधान भैसकेको र शत प्रतिशत पुनरागमन गरेको जनाएको छ । साथै फेसबुकले असुविधाका लागि माफी समेत मागेको छ ।
    एजेन्सी
    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधिLeave a Comment on सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राम अवरुद्ध हुनुको कारण यस्तो थियो ।

    यामाहा बाईकको मुल्य वृद्धि, नयाँ मुल्य यस्तो रहेको छ।

  • १३ मंसिर २०७६, शुक्रबार ०८:०५ मा प्रकाशित
  • काठमाडौं । यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना अधिकांस मोटरसाइकल तथा स्कुटरहको मूल्य बढाएको छ । 

    विभिन्न मोडलका १९ भेरियन्ट बिक्री गर्दै आएको कम्पनीले सबै बाइक तथा स्कुटरको मूल्य करिब पाँच हजारका दरले बढाएको हो ।

    कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ लागेपछि एफजेडएस एफआई भी थ्री, एफजेड २५ डबल च्यानल एबीएस, मोटोजिपी डबल एबीएस, एमटी १५ र आर १५ भी थ्री मोटोजिपी गरि पाँच नयाँ बाइक नेपाल भित्र्याएको थियो । 

    यी बाइकको नयाँ मूल्यसूची आएको हो भने अन्य बाइक तथा स्कुटरको मूल्य बढेको हो । 

    हाल, सबैभन्दा सस्तो बाइकको रुपमा चिनिएको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ । कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटरको मूल्य पनि एकै पटक पाँच हजारले बढेको छ । 

    कम्पनी स्रोतका अनुसार यामाहाले थप गरेका सुरक्षा फिचर सिबीएस वा यूबीएसका कारण १२५ सीसीसम्मका मोटरसाइकलमा ५ हजारसम्मले महंगो भएको जनाएको छ । साथै केही माेडलकाे भने मूल्य बढेकाे छैन ।

    कुन मोडलको मूल्य कति ?

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on यामाहा बाईकको मुल्य वृद्धि, नयाँ मुल्य यस्तो रहेको छ।

    प्रधानमंत्री वलीको मृगौला प्रत्यरोपण तत्काल गर्न नसकिने।

  • १२ मंसिर २०७६, बिहीबार १८:४६ मा प्रकाशित

    काठमाडौँ– 

    एपेन्डिसाइटिसको शल्यक्रियामा सफलता प्राप्त गरी संक्रमणबाट जाेगिन अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गर्ने भनिएको मृगौला प्रत्यारोपण तत्काल असम्भव देखिएको चिकित्सकले बताएका छन्।

    मृगौला प्रत्यारोपणपछि त्यसलाई बचाउनका लागि ओलीले निरन्तर रुपमा खाइरहेको ‘इमिनोसप्रेसन’ नामको औषधि हाल पूर्णरुपमा बन्द गर्नुपरेको छ। उनमा संक्रमण फैलिएको र एपेन्डिक्स काटेर फ्याँकेको अवस्थामा थप संक्रमण हुन नदिन वा उनको ज्यान बचाउन ‘इमिनोसप्रेसन’ बन्द गर्नुपर्ने अवस्था आएको हो।

    तर ओलीको जीवनको संरक्षणका लागि हाललाई उक्त औषधि रोक्दा अहिलेलाई राम्रो भएपनि विस्तारै उनको शरीरमा एन्टिवडी बढ्ने निश्चित भएको त्यस मामिलामा जानकार चिकित्सक बताउँछन्।

    एन्टिवडी बढ्दै गएको खण्डमा त्यसलाई घटाउन पुनः प्लाज्मा फेरेसिस गर्नुपर्ने हुनसक्छ। गत भदौ पाँच गते शरीरमा एन्टिवडी बढी भएपछि त्यसलाई हटाउन ओली सिंगापुर पुगेका थिए।

    त्यसलाई हटाएर आएको केही समयमै उनको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि डायलासिस गर्नुपर्ने अवस्था आएको थियो।

    २५ दिनको फरकमा चार पटक डायलासिस गरिसकेका ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मंगलबार अर्थात मंसिर १० गते महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको तत्काल शल्यक्रिया गरी एपेन्डिक्स काटेर फ्याँकिएको थियो। र पेटमा फैलिएको संक्रमणको स्रोतहरु हटाउन विभिन्न औषधिहरु चिकित्सकले उनलाई दिएका छन्।

    अप्रेशन लगत्तै भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई भोलिपल्ट मात्रै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो।

    यता एपेन्डिसाटिसको शल्यक्रिया गर्ने क्रममा चिरिएको भाग निको हुन पनि समय लाग्ने देखिन्छ। कारणमा एक सरकारी चिकित्सक भन्छन्,‘ओलीको शरीर अन्य स्वस्थ मानिसको जस्तो छैन। पटक–पटक संक्रमण देखिएको उहाँको शरीर कमजोर छ। त्यो निको हुन पक्कै समय लाग्छ।’

    अर्कोतर्फ शल्यक्रियाको क्रममा रगत चढाइएको हो भने त्यसलाई पनि संक्रमणका लागि जोखिम मानिन्छ। ओलीको शल्यक्रियाको क्रममा रगत चढाइएको हो वा होइन भन्नेबारे उनका निजी चिकित्सक र उनलाई उपचार गरिरहेको अस्पतालले औपचारिक रुपमा जानकारी गराएका छनैन्।

    ‘अप्रेशनका बेलामा यदी ‘ब्लड ट्रान्स्फ्यूजन’ गरिएको हो भने त्यो बिरामी किड्नी ट्रान्सप्लान्टका लागि रिस्की मानिन्छ। अर्को, दोस्रो पटक ट्रान्सप्लान्ट आफैमा पनि जोखिममुक्त मानिदैन’, अर्का एक ट्रान्प्लान्ट सर्जनले बताएका छन्।

    साभार: देश संचार

    Posted in राजनीतिLeave a Comment on प्रधानमंत्री वलीको मृगौला प्रत्यरोपण तत्काल गर्न नसकिने।

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P