• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

नयाँ वर्ष २०७७ मा ग्रान्ड आई १० नियोस नेपाल आउने

  • २५ मंसिर २०७६, बुधबार ००:४४ मा प्रकाशित
  • काठमाडौं । हुन्डाई ग्रान्ड आई १० नेपालको लागि नयाँ नाम होइन । वार्षिक ८ सयदेखि हजार यूनिटसम्म बिक्री हुँदै आएको छ । अब भारतीय बजारमा ग्रान्ड आई १० को नयाँ मोडल सार्वजनिक भइसकेको छ ।

    कम्पनीले ग्रान्ड आई १० नियोस गत अगस्टमा बजारमा ल्याएको भएपनि यसलाई नेपाली बजारमा ल्याउन यसको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ढिला गरिरहेको छ । यसो गर्नुको मुख्य कारण यसमा रहेको इन्जिन बताइएकाे छ ।

    हुन्डाईले आफ्नो नयाँ मोडल नियोसमा बीएस ६ इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनमा लाग्ने मापदण्ड अनुसारको इन्धन नेपालमा आउन सुरु नभएकाले यसलाई तत्काल नेपाल नल्याएको जनाएको छ ।

    नेपाल आयल निगमले आगामी चैत १९ गतेबाट बीएस ६ मापदण्डको इन्धन ल्याउने जनाएसँगै नयाँ वर्ष २०७७ मा ग्रान्ड आई १० नियोस नेपाल आउने छ । यस्तोमा उक्त मोडलमा रहेका केही महत्वपूर्ण फिचरहरु यस प्रकार रहेका छन् । 

    एक्सटेरियर 

    ग्रान्ड आई १० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक्स दिएर नियोस तयार गरिएको छ । नयाँ कारमा १५ इन्चको अलोय ह्वील लगाइएको छ भने पछाडि नयाँ बम्पर दिइएको छ । 

    रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प, स्लिकर डिजाइन, नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल जस्ता परिवर्तन नयाँ नियोसमा पाउन सकिन्छ । यसमा दिइएको मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट र न्यू टेलाइटले कारलाई निकै आकर्षक बनाएको छ । 

    इन्टेरियर

    प्रिमियम फिचर समेटिएको कारमा इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीललाई नयाँ स्वरुप दिइएको छ । ड्याश बोर्डको बीच भागमा राखिएको इन्फोटेनमेन्ट सिस्टमले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ । 

    कम्पनीले हुन्डाई भेन्यूमा दिइएको कनेक्टेड कार टेक्नोलोजी यसमा पनि प्रयोग गरेको छ । कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट रहेको छ । साथै, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी चार्जर, रियर एसी भेन्ट, कुल्ड ग्लोबबक्स, रियर पार्किङ क्यामरा लगायतका फिचर उपलब्ध रहेका छन् यसको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम रहेको छ । २४५० एमएम ह्वीलवेश भएको यो कार पुरानो मोडल भन्दा ४० एमएम लामो, २० एमएम फराकिलो रहेको छ ।  यसको ह्वीलवेश समेत रेगुलर मोडलको २५ एमएम लामो रहेको छ ।

     

    इन्जिन

    ग्रान्ड आई १० नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यस्तै, यसमा उपलब्ध यु टु  १.२ लिटर सिआरडिआई  डिजेल इन्जिनले ७२ पीएस पावर प्रदान गर्छ ।

    प्रतिस्पर्धी मोडल

    यसले फिचर तथा मूल्यका आधारमा मारुती सुजुकी स्विफ्टसँग सिधा प्रतिस्पर्धा गर्नेछ । 

    भेरियन्ट र कलर 

    नयाँ इरा र आस्टा भेरियन्ट बाहेक नियोस यसको रेगुलर मोडलकै भेरियन्टमा उपलब्ध हुदै आएको छ । नियोस बिभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ । 

    माइलेज

    पेट्रोल भेरियन्ट अन्तर्गत पाँच स्पीड म्यानुअल ट्रान्समिसन युक्त मोडलले प्रतिलिटर २०.७ किलोटिर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । साथै, पाँच स्पीड एएमटी भेरियन्टले प्रतिलिटर २०.५ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ । 

    त्यस्तै, दुबै ट्रान्समिसनमा उपलब्ध डिजेल भेरियन्टले प्रतिलिटर २६.२ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । 

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on नयाँ वर्ष २०७७ मा ग्रान्ड आई १० नियोस नेपाल आउने

    तपाइको आजको राशिफल

  • २५ मंसिर २०७६, बुधबार ००:३० मा प्रकाशित
  • आज २०७६ साल मंसिर २५ गते बुधवार, तदअनुसार ११ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल चतुर्दशी, नक्षत्र: कृतिका, नेपाल संवत: ११४० थिंलाथ्व चतुर्दशी, राशी: वृष

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज सफल यात्राको योग छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी छाउला । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक विवाद बढ्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बहुमुल्य वस्तु हात पर्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । भूमि लाभ रहला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २४ मंसिर २०७६, मंगलवार ००:२७ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २४ गते मंगलवार, तदअनुसार १० डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल त्रयोदशी, नक्षत्र: कृतिका, नेपाल संवत: ११४० थिंलाथ्व त्रयोदशी, राशी: मेष

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा हुनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक पक्ष कमजोर रहला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २३ मंसिर २०७६, सोमबार ००:५५ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २३ गते सोमवार, तदअनुसार ९ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल द्वादशी, नक्षत्र: भरणी, नेपाल संवत: ११४० थिंलाथ्व द्वादशी, राशी: मेष

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेकोछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज तिर्थाटनको योगछ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    अध्यक्ष भट्टराईलाई स-सम्मान बिदाई

  • २२ मंसिर २०७६, आईतवार २३:०९ मा प्रकाशित
  • रियाद – साउदी अरब

    गैर आवसिय नेपाली संघ साउदी मातहदमा रहेको स्थानिय समन्वय समिति दम्मामका अध्यक्ष शंकर भट्टराईको विधिवत बिदाई गरेका छन्। भट्टराई विगत आठ वर्ष देखी साउदी स्थित प्रतिष्ठित एक होटलमा कार्यरत रहे तापनि गैर आवसिय नेपाली संघ साउदीका पंजिकृत सदस्यमा रही संघको विभिन्न कार्यक्रममा सहभागी हुँदै सामाजिक काममा जुट्दै आएका थिए भने २०१९/२०२१ कार्यकालका लागी स्थानिय समन्वय समितीको अध्यक्षमा निर्विरोध चयन भएका थिए।

    भट्टराई आफ्नो स्वनिर्णय अनुसार साउदी अरबको बसाईलाई बिट मार्दै नेपाल फर्किने क्रममा एनआरएनए एनसिसी साउदीले विधिवत बिदाई गरेका छन। उक्त विशेष कार्यक्रममा एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल (जोन), भू.पू. मध्यपूर्व सह संयोजक राजु सैयद, निवर्तमान मध्यपूर्व महिला सह संयोजक यशमिन वैगम, एनसिसी साउदीका अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई, उपाध्यक्ष द्वय रोशन श्रेष्ठ, भोलानाथ पौड्याल लगायतका केन्द्रीय पदाधिकारीहरू साथै स्थानिय समन्वय समिति खोबार र दम्मामका पदाधिकारी हरूको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा भट्टराईलाई नेपाल बसाईको क्रममा सहजताको शुभेच्छा सहित आँटेको कार्य सफलताको शुभ कामना दिएका थिए भने उनलाई दम्माम कार्यसमितिमा रही सामाजिक कार्यमा सहयोग गर्दै संघको लागी महत्वपूर्ण भूमिका निभाएकोमा सम्मान सहित कदर पत्र प्रदान गर्दै खाता ओडाएर बिदाई गरेका छन्।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, समाजLeave a Comment on अध्यक्ष भट्टराईलाई स-सम्मान बिदाई

    तपाइको आजको राशिफल

  • २२ मंसिर २०७६, आईतवार ०१:२३ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २२ गते आईतवार, तदअनुसार ८ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग: तिथि: मङ्सिर शुक्ल एकादशी, नक्षत्र: अश्विनी, नेपाल संवत: ११४० थिंलाथ्व एकादशी, राशी: मेष

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धपनि सकारात्मक नै देखिन्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

  • २२ मंसिर २०७६, आईतवार ००:५३ मा प्रकाशित
  • कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं ।

    • मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।
    •  दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।
    •  आजभोलि मिठास खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।
    •  साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।
    •  घमण्डले मानिसलाई केही समयसम्म त ठुलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।
    •  दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।
    •  बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।
    •  मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।
    •  केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।
    • संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।

    स्रोत : खबरहब

    Posted in विचार, समाज, साहित्यLeave a Comment on साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

    १ लाख ४९ हजार रुपैयाँमा नेपालमै बनेको इलेक्ट्रीक स्कुटर

  • २१ मंसिर २०७६, शनिबार १५:५४ मा प्रकाशित
  • काठमाडौं । इलेक्ट्रीक स्कुटरको मोडल ‘एसडी १’ नेपाली बजारमा एसेम्बल गरिएको क्लासिक स्कुटर हो । उक्त स्कुटरलाई कम्पनीले १ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ । 

    इलेक्ट्रीक स्कुटर मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले नेपाली बजारमा इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा एसेम्बल गरेर बिक्री वितरण गरिरहेको हो ।

    कम्पनीले अहिले बिक्री गरिरहेको मोडलमा जेवाइ १, एलवाइ १, वाइवाइजेड, सिजेवाई १, टिएन सिक्स र एसडी १ रहेका छन् । यी मोडल मध्ये एसडी १ कम्पनीको क्लासिक डिजाइनमा तयार भएको इलेक्ट्रीक स्कुटर हो ।

    लिथियम आयोन र लिड एसिड दुबै ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरमा ७२ भोल्ट क्षमताको व्याट्री दिइएको छ । यसमा रहेको लिड एसीड व्याट्री फुलचार्ज गर्न ६ घण्टासम्म लाग्छ भने लिथिएम आयोन व्याट्री चारघन्टामा फुलचार्ज हुने छ । अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ ।

    यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ भने, एक पटकको फुलचार्जमा यसले १०० किलोमिटर माइलेज दिने दाबी गरिएको छ । 

    पूर्ण डिजिटल स्पीडोमिटर रहेको यो स्कुटर चोरी हुने सम्भावना अत्यन्त न्यून रहेको छ । यसमा दिइएको रिमोट युक्त साँचोको प्रयोग गरेर यसको पछाडिको चक्का लक गर्न सकिने छ । 

    बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ । 

    यो मोटरसाइकलको उच्च गति ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । करिब ७० किलोग्राम कुल तौल रहेको यो स्कुटर कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा एसेम्बल गरिरहेको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on १ लाख ४९ हजार रुपैयाँमा नेपालमै बनेको इलेक्ट्रीक स्कुटर

    हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच बिशेष सम्झौता |

  • २१ मंसिर २०७६, शनिबार १५:३७ मा प्रकाशित
  • काठ्माण्डौँ – हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच एक अर्काका ग्राहक लाइ बिशेष छुट दिने बारे सम्झौता भएको छ ।
    यही मंसीर २०७६ को दोस्रो साता ब्लुबर्ड मार्ट दरबारमार्गमा भएको सम्झौतामा ब्लुबर्डका तर्फ बाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फ बाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका थिए।

    उक्त सम्झौतामा ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहक लाई समान खरिद गरेबापत बिशेष छुट दिने र हेरचारले ब्लुबर्ड मार्ट संग सम्बन्धित ग्रहाकहरुलाई आफुले दिने सुबिधा बापत लिने सेवा सुल्कमा बिशेष छुट दिने उल्लेख गरिएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताएका छन्।


    हेरचार एक व्यावसायिक सेवा प्रदायक कम्पनि रहेको र हेरचार ले बिगत डेड बर्ष देखि व्यावसायिक घराना तथा आम जनतामा पर्ने समस्या हरु जस्तै बिजुली बत्ति मर्मत, धारा पानी सम्बन्धि मर्मत, काठको फर्निचर मर्मत, रंगरोगन सम्बन्धि, सिसाको काम, अल्मुनियम सम्बन्धि काम साथै घर अफिस सरसफाई लगाएत १२ विभिन्न किसिमका सेवाहरु दिँदै आइरहेको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताए ।

    हेरचारका प्रबन्धक भट्टराईका अनुसार “समस्या हामीलाई समाधान हजुरलाइ” भन्ने मूल नाराका साथ अगाडी बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा बिशेष ध्यान दिँदै समयमै समाधान गर्दै आएको छ। छोटो समयमै ५०० भन्दा बडी ब्यावासिक घराना तथा ७०० भन्दा बढी आम ग्राहकलाई सेवा दिँदै आएको छ।

    Posted in अर्थ, समाजLeave a Comment on हेरचार डट कम प्रा लि र ब्लुबर्ड मार्ट, दरबारमार्ग बीच बिशेष सम्झौता |

    तपाइको आजको राशिफल

  • २१ मंसिर २०७६, शनिबार ०२:१९ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २१ गते शनिबार, तदअनुसार ७ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल दशमी, नक्षत्र: रेवती, नेपाल संवत: ११४० थिंलाथ्व दशमी, राशी: मिन

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । जोश जाँगर र हिम्मत बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्त बाट मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सेतो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।

    वृश्चिक  ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा भने मन लाग्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P