• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

तपाइको आजको राशिफल

  • ४ पुष २०७६, शुक्रबार ०१:२१ मा प्रकाशित
  • आज २०७६ साल पौष ४  गते शुक्रवार, तदअनुसार २० डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण नवमी, नक्षत्र: हस्ता, नेपाल संवत: ११४० थिंलागा नवमी, राशी: कन्या

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पाईनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • ३ पुष २०७६, बिहीबार ००:१५ मा प्रकाशित
  • आज २०७६ साल पौष ३ गते बिहिवार, तदअनुसार १९ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण अष्टमी, नक्षत्र: उत्तर  फल्गुनी, नेपाल संवत: ११४० थिंलागा अष्टमी, राशी: कन्या

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बौद्धिक काममा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फलदायी यात्रा नहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २ पुष २०७६, बुधबार ०१:१६ मा प्रकाशित
  • आज २०७६ साल पौष २ गते बुधवार, तदअनुसार १८ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण सप्तमी, नक्षत्र: पूर्व फाल्गुनी, नेपाल संवत: ११४० थिंलागा सप्तमी, राशी: सिंह

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वैदेशिक कार्यभने अघि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला तर, लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न ।

  • १ पुष २०७६, मंगलवार ०१:०६ मा प्रकाशित
  • प्रवास सम्वातादाता – दोहा कतार

    गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एनसिसी कतारले आफ्नो स्थापना दिवस शुक्रबार कतारको दोहामा एक कार्यक्रम आयोजना गरी भब्य रूपमा सम्पन्न गरेको हो। उक्त कार्यक्रममा गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षता रहेको थियो भने कार्यक्रममा प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेका थिए | कार्याक्रम महासचिव पदम गिरिको सञ्चालनमा सम्पन्न भएको थियो |

    उक्त स्थापना दिवसको कार्याक्रममा गैर आवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद २०१९-२०२१ कार्यकालका लागि नवनिर्वाचित एनआरएनए आइसिसी सचिव राजेन्द्र कुमार शर्मा, आइसिसी सल्लाहकारमा मनोनीत हुनुभएका टिबि कार्की, नवनिर्वा्चित मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल (जोन), एनाआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी तथा आइसिसी सदस्यहरु रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, केवि हमाललाई सम्मानित गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नवनिर्वाचित मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याल (जोन)ले सम्मानको लागी धन्यवाद व्यक्त गर्दै उक्त सम्मानले थप जिम्मेवारी बढेको बताए । मध्य पुर्वमा कार्यरत नेपाली श्रमिक हक र हितका लागी निरन्तर काम गर्ने प्रेरणा मिलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।

    कार्यक्रममा बोल्दै कतारका लागि नेपाली राजदुत डा. नारद नाथ भारद्वाजले कतारमा नेपाली बाट नेपाली ठगिने क्रम बढेको प्रती दुतावास गम्भीर भएको बताए । उनले व्यवसायको नाममा नेपालीबाट नेपालीनै ठगिनु दुःखद् रहेको भन्दै ब्यबसाय गर्दा मानविय धर्म नभुली श्रमबजारलाई स्वस्थ्य र सम्मानित बनाउन आग्रह गरेका थिए ।उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु प्रवासमा रहेका सम्पुर्ण नेपालीको दायित्व रहेको बताउंदै कतारबाट पनि अधिकतम पर्यटक नेपाल पठाउने पहल गर्न गैर आवासीय नेपाली संघ लगाएत सबैलाई आग्रह गरेका थिए |


    कतारका युवा पुस्ता साहाशिक पर्यटनको लागि विभिन्न मुलुकमा जाने गरेको भन्दै राजदुत भारद्वाजले उनिहरुलाई नेपाल पठाउन सके ठूलो उपलब्धि हुने बताए । परिवार सहित कतारमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरि नेपाली विद्यालय संचालनको लागि पहल भैरहेको भन्दै उनले नेपाल सरकारको शिक्षा मन्त्रालय मार्फत कतार सरकार संग कुराकानी अगाडि बढेको बताए ।

    कार्यक्रममा आइसिसी सल्लाहकार टिबि कार्की, आइसिसि पुर्व संरक्षक एवं संस्थापक उपाध्यक्ष देवकाजी डङ्गोल, मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल जोन, एनाआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी, एनसिसि पुर्व अध्यक्ष बिनेश तामाङ, आइसिसी पुर्व उपाध्यक्ष एवं एनसीसी संस्थापक सागर नेपाल, निवर्तमान आइसिसी मानार्थ सदस्य राजु सैयद, निवर्तमान आइसिसी मानार्थ सदस्य बिमल गुरुङ, निवर्तमान आइसिसी सदस्य बिमल सुवेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका संरक्षक हिराधन राई, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली मुस्लिम समाजका युवा संयोजक मोहम्मद सद्दाम हुसेन अन्तर्रा्ष्ट्रिय मुस्लिम समाजका सल्लाहकार अजिज अलि, प्रदेश नम्बर १ समन्वय परिषदका अध्यक्ष चुडामणि कार्की, प्रदेश ३ समन्वय परिषदका अध्यक्ष समीर केसी, प्रदेश ५ समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष प्रेम चलाउने, जिल्ला संस्थाको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमद अलि लगाएत अन्य उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, समाजLeave a Comment on गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न ।

    तपाइको आजको राशिफल

  • १ पुष २०७६, मंगलवार ००:५८ मा प्रकाशित
  • आज २०७६ साल पौष १ गते मंगलवार , तदअनुसार १७ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण षष्ठी , नक्षत्र: मघा , नेपाल संवत: ११४० थिंलागा षष्ठी , राशी: सिंह

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । ज्ञानमा वृद्धि हुनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा मनमुटाव आउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • ३० मंसिर २०७६, सोमबार ०५:५२ मा प्रकाशित
  • आज २०७६ साल मंसिर ३०गते सोमवार , तदअनुसार १६ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण पञ्चमी , नक्षत्र: अश्लेषा , नेपाल संवत: ११४० थिंलागा तृतिय, राशी: कर्कट

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • २९ मंसिर २०७६, आईतवार ०३:५५ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २९ गते आइतवार, तदअनुसार १५ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण तृतिय, नक्षत्र: मृगशिरा, नेपाल संवत: ११४० थिंलागा तृतिय, राशी: कर्कट

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) वैचारिक मनमुटाव बढ्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । गरेको कार्यमा बाधा आउनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारी संस्था बीच सम्झौता

  • २६ मंसिर २०७६, बिहीबार २१:४६ मा प्रकाशित
  • काठमाडौँ । हेरचार डटकम प्रालि र काठमाडौँ बसुन्धारामा रहेको छिन्नमस्ता बहुउद्देश्यीय सहकारी संस्था बीच सम्झौता भएको छ ।

    छिन्नमस्ताको केन्द्रीय कार्यालयमा भएको सम्झौतामा हेरचारका प्रमुख उत्सब भट्टराई र छिन्नमस्ताको तर्फबाट उपाध्यक्ष कमलप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका हुन् । काठमाडौँ भरी क्षेत्राधिकार भएको सहकारीका ५००० भन्दा बढी ग्राहकलाई सुपथ मूल्यमा सेवा दिने सम्झौता पत्रमा उल्लेख छ । उक्त दैनिक रुपमा आइपर्ने बिभिन्न घरायसी समस्याहरू धारा पनी मर्मत, बिज़ुली मर्मत तथा अरु धेरै मर्मत तथा सम्भार सम्बन्धी समस्याहरुको सुपथ मूल्यमा मर्मत तथा सम्भार गर्ने हेरचार प्रमुख उत्सब भट्टराईले बताए ।

    विषम परिस्थितिमा पनि आफना ग्राहकहरुलाई न्यूनतम ब्याजमा ऋण प्रभाह गरी बचतमा उच्च ब्याज दिंदै आएको र हेरचारसँगको सम्झौतापछि ग्राहकहरुलाई थप सुबिधा हुने सहकारीका उपाध्यक्ष ढुङ्गेलले बताए ।

    Posted in अर्थ, कला /जीवनशैलीLeave a Comment on हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारी संस्था बीच सम्झौता

    लगानी बोर्डको झण्डै १२ अर्ब रुपैयाँको लगानीमा नेपालमा गाडी कम्पनी खुल्ने पक्का

  • २६ मंसिर २०७६, बिहीबार ००:४३ मा प्रकाशित
  • @IBNOffice

    काठमाण्डौ – नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ । 

    लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईए)मा सम्झौता भएको हो ।

    सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर  गरेका छन् । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ । 

    @IBNOffice

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महाप्रसाद अधिकारीले उज्यालोसँग भन्नुभयो, ‘मोट्रेक्ससँग आजसम्म हामीले छलफल मात्रै गरिरहेका थियौँ, आजदेखि भने टुंगोमा पुगेका छौँ, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उहाँहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नुहुनेछ ।’

    ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिनुभयो । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on लगानी बोर्डको झण्डै १२ अर्ब रुपैयाँको लगानीमा नेपालमा गाडी कम्पनी खुल्ने पक्का

    तपाइको आजको राशिफल

  • २६ मंसिर २०७६, बिहीबार ००:३२ मा प्रकाशित
  • आज २०७६ साल मंसिर २६ गते बिहिवार, तदअनुसार १२ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल पूर्णिमा, नक्षत्र: मृगशिरा, नेपाल संवत: ११४० थिंलाथ्व पुन्हि, राशी: वृष

    तपाइको आजको राशिफल


    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटावपनि आउला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P