• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

तपाइको आजको राशिफल

  • १३ पुष २०७६, आईतवार ०१:१३ मा प्रकाशित
  • आज २०७६ साल पौष १३  गते, आईतबार , तदअनुसार २९ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल तृतीया, नक्षत्र: श्रवण, नेपाल संवत: ११४० पोहेलाथ्व तृतीया , राशी: मकर 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बोलीवचन एवं प्रवचन–भाषण आदिमाप्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावलेमहत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) औपचारिकतामा अल्लि बढी व्यस्तरहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाकाबिच खिन्नता बढ्नेछ ।  

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीतहुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमताप्रदर्शन गर्ने अवसर जुट्ला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफन्त, सहयोगी र मित्रवर्गकोसहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएकोक्रियाकलापमा सफलता पाउनुहुनेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काम बिगार्न चाहनेहरू अगाडि बढ्नसक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दाध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ  । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल रमनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमालगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज परोपकार तथा सहयोग आदिमापनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हातपर्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) परिणाममुखी जिम्मेवारीवहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जाप्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लत्ता कपडामा बढी खर्च हुनेछ ।प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामादाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) नाता–कुटुम्बको आगमन हुने र परिवारमानयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने रघरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १२ पुष २०७६, शनिबार ००:४६ मा प्रकाशित
  • आज २०७६ साल पौष १२  गते, शनिबार , तदअनुसार २८ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल द्वितीया , नक्षत्र: उत्तरषाढा, नेपाल संवत: ११४० पोहेलाथ्वद्वितीया, राशी: मकर 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ कमको थालनी हुनेछ ।अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमाकान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमाराम्रो सफलतापनि मिल्ला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लत्ता कपडामा बढी धन खर्च हुनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम देखाएर अरूको मन लोभ्याउनसकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिनेबेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  श्रमको उचित मुल्याङ्कन हुनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज नयाँ सवारी साधन प्राप्तिको योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।  दिनको उत्तरार्ध सुखद् रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) बाहिरी खानपान तथा मनोरञ्जनमासमयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मनखिन्न हुने स्थिति आउनसक्छ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनमा रुचि जाग्नुका साथैयात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वामित्रबाट विशेष सहयोग पाईनेछ ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज प्रणयसम्बन्ध र रतिराग बढाउनेसमय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ ।  कार्यसम्पादनमा सहजता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अधुरो काम पूरा हनेछ ।व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।बोलीको प्रभाव पनि बढ्नेछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • ११ पुष २०७६, शुक्रबार ०२:०६ मा प्रकाशित
  • आज २०७६ साल पौष ११  गते, शुक्रबार, तदअनुसार २७ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल प्रतिपदा, नक्षत्र: पूर्वषाढा, नेपाल संवत: ११४० पोहेलाथ्व पारू, राशी: धनु 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दान–पुण्यजस्ता कार्यमा सहभागीभइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टिमिल्नेछ । शुभकार्यको चर्चा रहला ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घर व्यवहारमा झमेला आउला । मनमादुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनुउचित होला । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङन हुनेछ । व्यापारव्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँकामको थालनी हुनेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  सद्विचारले अभिप्रेरित हुनेहरूलाईबिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेषसहयमेग मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नजिकका व्यक्तिबाट कार्यमा बाधाआउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिलगर्न केही समय कुर्नुपर्नेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यबाट अरूको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापारव्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफन्तको प्रगतिमा मन रमाउनेछ ।विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमासोचेजस्तै लाभ लिन सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सोचेजस्तो लाभ हासिल गर्नकेही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमासवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्धहुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगरर हिम्मत बढ्नेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १० पुष २०७६, बिहीबार ०१:४७ मा प्रकाशित
  • आज २०७६ साल पौष १०  गते, बिहिबार , तदअनुसार २६ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण औँसी , नक्षत्र: मुल, नेपाल संवत: ११४० थिंलागा आमै, राशी: धनु 

    खण्डग्रास सुर्यग्रहण

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक लेनदेनमा समस्या देखा पर्ला ।नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चबढ्नेछ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) महिलावर्गबाट विशेष सहयोगमिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरकोकारोवारमा सफलता मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तियसंस्थाबाट सहयोग पाईनेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिककार्यमा प्रगति हुनेछ ।  

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नयाँ योजना कार्यान्वयनमा ल्याउनमुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।घर व्यवहारमा झमेला रहला । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति रअनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीकोलाभदायक यात्रा रहला । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिककार्यमा सफलता मिल्नेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिकोकारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।मनमा निराशा र शरीरमा आलस्य आउला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नै दक्षतामा विभिन्न कार्यहरूसम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिकसुखद् रहनेछ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) दैनिक कार्यमा सफलता पाईनेछ ।सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गकालागि पनि श्रेष्ठ समय रहेकोछ । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

  • ९ पुष २०७६, बुधबार ०१:१२ मा प्रकाशित
  • नर्सिङ संघको चुनावी माहोल देशभरका नर्सहरुलाई लागिसकेको छ । नर्सहरुले भोगेका पीडालाई कम गर्नको लागि भनेर कैयौं बुँदाहरु घोषणापत्रमा समेटिइसकेका छन् । राजनीतिक रुपमा नेकपा र काँग्रेसको झण्डाभित्र बसेर उम्मेदवारी दिएका मनकुमारी राई र मुना राणाको दुई पक्षले चुनावमा उम्मेदवारी दिएको छ । यस अघि पनि कैयौं यस्ता घोषणापत्रहरु आए । तर, तिनीहरुले पनि नर्सको पीडालाई कम गर्न सकेको छैन ।

    यही सन्दर्भमा यो चुनावमा पनि दुई प्यानलले मिलेर ४० वटा बुँदाहरु नर्सहरुको हकहितको लागि भनेर उठाइएका छन् । यी बुँदाहरुबाट पनि नर्सहरुले आफ्नो पेशागत सम्मान र सुरक्षाको अनुभूति गर्न सक्ने देखिँदैन ।

    नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले आफ्नो कार्यकालमा धेरै कामहरु भएको भएपनि विविधकारणहरुले आफ्नो कार्यकालमा आँटेका जति काम गर्न नसकेको स्वीकार गरिन् । नर्सिङ तथा सामाजिक सुरक्षा ईकाईको अवधारणा, ‘विद्यालयमा नर्स’ भन्ने परियोजना मार्फत् विभिन्न ७ वटै प्रदेशहरुमा त्यसको कार्यान्वयन गराउने जस्तो काम आफूहरुकै कार्यकालमा भएको भन्दै केही भएन भन्ने आधार नरहेको बताइन्।

    उनले आफूहरुको कार्यकालमा नै श्रम शोषणको अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु गरेको, भोलेन्टेयर प्रथाको अन्त्य गर्न नसकेपनि न्यूनीकरण गरिरहेको उनले जानकारी दिइन् । सन् २०१५ मा भूकम्प जाँदा  पीडित भएकाहरुलाई सेवा गरेबापत अन्तराष्ट्रिय अवार्ड समेत पाएको उनले बताइन् ।

    केही समयअघिको माथेमा आयोगले आफ्नो प्रतिवेदनमा निःशुल्क नर्सिङ सेवा दिनुपर्ने विषय उल्लेख गर्यो । यो विषयलाई कसैले पनि आफ्नो घोषणापत्रमा उठाएका छैनन् । कोरा राजनीतिक झण्डा लिएर चुनाव लड्नेहरुले नर्सहरुको हकहितको बारेमा कहिलै पनि गम्भीर भएर नसोचेको नर्सहरुको आरोप छ । सबैभन्दा पहिलो कुरा त लाखौं रुपैयाँ खर्च गरेर नर्स पढेकाहरुलाई उचित पारिश्रमिक छैन भने संघको चुनावमा राखिने अरु एजेण्डाहरुको कुनै औचित्य नरहेको नर्सहरु बताउँछन् ।

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    महंगो शुल्कमा अध्ययन गरेर सकेसम्म निःशुल्क र नभएपनि अति न्यून शुल्कमा रात दिन नभनी काम गर्नुपर्ने पेशा हो नर्स । अझ कार्यक्षेत्रमा हुने जोखिम र त्यसको समस्यालाई त गौण मान्ने हो भने त्यो भन्दा ठूला पीडाहरु नर्सहरुले भोग्ने गरेका हुन्छन् । बिरामीको पीडा भुलाउने नर्सहरु अहिले आफैं पीडै पीडाको भारी बोकेर कार्य क्षेत्रमा पुग्ने गर्छन् ।

    स्कूले जीवनमा नै अस्पतालमा पाइला टेकेकाहरुले सेतो पहिरनमा बिरामीको हेरचाह गर्न आउने नर्सहरु देखेपछि आफ्नो पनि त्यही ठाउँमा पुग्ने लक्ष्य लिन्छन् । अधिकांश त्यसमा महिलाहरु नै हुन्छन् । जब लाखौं पैसा खर्च गरेर निःशुल्क वा अति कम शुल्कमा अस्पतालमा काम गर्नुपर्ने हुन्छ । त्यसपछि एकाएक नर्सहरुको अनुहारमा बनावटी हाँसोको श्रृंखला सुरु हुन्छ ।

    नर्सिङ पढ्नेहरुको वास्तविक पीडा पिसिएल सकेर अस्पतालमा भोलेन्टियरको रुपमा काम गर्ने ६ महिनामा नै देखिन्छ । आफ्ना छोराछोरीहरुको सपना पूरा गर्नको लागि ऋण काढेर नर्सिङ पढाएका आमाबुबाहरुले पिसिएल सकेलगत्तै छोराछोरीहरुले ऋण तिर्न सुरु गरुन् भन्ने सोचाई राख्छन् । तर, पिसिएल तहको अध्ययन गर्दासम्म एक व्यक्तिले कम्तीमा पनि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन् ।

    तर, त्यो तह पूरा गरेपछि उनीहरुको ६ महिनाकोलागि भोलेन्टियर बनेर काममा जानु पर्ने हुन्छ । कोटा थोरै र जनशक्ति धेरै भएका कारण काम पाउन मुस्किल छ । काम नपाउँदासम्म भोलेन्टियर बनेर काम गर्नेदेखि कामै पाए पनि ६ हजारदेखि २० हजार रुपैयाँ मासिक तलब बुझेर काम गर्नुपर्ने बाध्यतामा धेरै नर्सहरु रहेको नर्सिङ संघले जनाएको छ । अहिलेसम्म कतिले यो समस्या समाधान गर्छु भनेर आए । तर, उनीहरुले यसको समाधान रोक्न सकेनन् ।

    नर्सिङ संघले अझैसम्म पनि न्यूनतम पारिश्रमिक १८ हजार तोक्नको लागि संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा त्यति महंगो शुल्क तिरेर गरेको अध्ययनको औचित्य के ? भन्ने प्रश्नले नै नर्सहरुमा बेचैन हुने गरेको अनुभव सुनाउँछन् ।

    वर्षौं भइसक्यो सरकारी अस्पतालहरुमा नर्सको कोटा खुलाईएको छैन । झण्डै ७५ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेकोमा नर्सिङ संघको तथ्यांक अनुसार ८ हजारको हाराहारी नर्स मात्रै सरकारी अस्पतालहरुमा कार्यरत छन् । बाँकी ६७ हजारले भोग्नु पर्ने पीडाहरु भिन्दा भिन्दै छन् ।

    सपना विदेशको, आधा भन्दा धेरै असन्तुष्ट

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    नर्सिङ पेशा यति असुरक्षित हुँदा हुँदै पनि किन मरिहत्ते गरेर यही पेशा तिर आाकर्षण बढ्ने गरेको त ? हरेक वर्ष देशभरबाट ५ हजार नर्सहरुले आफ्नो अध्ययन पूरा गर्ने गरेका छन् । तर, केही समय अघि गरिएको एक अध्ययनका अनुसार ५५.२२ प्रतिशत नर्सहरु आफ्नो पेशाप्रति सन्तुष्ट नरहेको देखिएको थियो । यति हुँदा हुँदै पनि नर्सिङ क्षेत्रप्रतिको यो आकर्षण केवल विदेश जानको लागि मात्रै देखिएको हुनसक्ने नर्सिङ संघका अधिकारीहरु बताउँछन् ।

    नर्सहरुका पीडाहरु

    सबैभन्दा ठूलो त नर्स बनिसकेपछि जागिर पाउन र न्यून पारिश्रमिकको पीडा नै सबैभन्दा ठूलो हो । महंगो अध्ययन शुल्क र सबैभन्दा सस्तो जागिरमा समेत हुने श्रम शोषण अर्काे समस्याको पाटो हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन ।

    त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरु बताउने गर्छन् ।

    Posted in कला /जीवनशैली, बिज्ञान/प्रविधि, विचार, समाजLeave a Comment on नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

    तपाइको आजको राशिफल

  • ९ पुष २०७६, बुधबार ००:५३ मा प्रकाशित
  • आज २०७६ साल पौष ९ गते, बुधवार, तदअनुसार २५ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:
    तिथि: पौष कृष्ण चतुर्दशी , नक्षत्र: ज्येष्ठा, नेपाल संवत: ११४० थिंलागा चतुर्दशी, राशी: वृश्चिक


    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।


    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रा पनि हुनसक्छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ । वाहान सुखपनि मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रापनि हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    गैर आवासिय नेपाली संघ साउदी अरबको दिर्घकालिन लक्ष्यहरू सार्वजनिक

  • ९ पुष २०७६, बुधबार ००:३५ मा प्रकाशित

    साउदी संवाददाता

    रियाद-साउदी गैर आवासिय नेपाली संघ साउदी अरबले लियो दिर्घकालिन लक्ष्य 
    गैर आवासिय नेपाली संघ साउदी अरबको २०डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्ष्यतामा बसेको तेस्रो पूर्ण बैठकले २०१९-२१ कार्यकाल अवधी भर गरिने  कार्ययोजनाको खाका तयार पारेको छ। बैठकमा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,आइसिसी मध्यपूर्ब सह संयोजक राजेन्द्र(जोन)अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसी मानार्थ सदस्य रमेश भण्डारी,एनसिसी साउदीका प्रमुख सल्लाहकार डमर यादव,  संस्थापक तथा भूतपुर्ब मध्यपुर्ब सह संयोजक राजु सैयद, संस्थापक तथा संरक्षक बिरेन्द्र कुमार चौधरी लगायत स्थानिय समितिका सदस्यहरुको बिशेष भेलाले बिभिन्न प्रस्ताव तथा निर्णयहरु पारित गर्दै वार्षिक कार्यतालिका साथ बिभिन्न समिती तथा उपसमिती निर्माण गरी जिम्मेवारी बाँडफाँड गर्दै संघले आफ्नो गतिबिधिलाई तिब्र बनाएको छ।

    नेपाल पर्यटन  प्रवर्धन समिती: नेपाल भ्रमण बर्ष २०२०(Visit Nepal 2020) लाई लक्षित गरी साउदी अरबमा रहेको नेपाली दुताबास र महावाणिज्य दुतावास तथा बिभिन्न सरोकारवालाहरु संग समन्वय गरी पर्यटनलाई बिकास र प्रवर्धन गर्न यो समिती गठन भएको हो। उक्त समितीमा संघका केन्द्रिय उपाध्यक्षको संयोजकत्व रहेको छ भने राजकुमार श्रेष्ठ, शुक्र मोक्तान,राजकुमार गिरी,राम बहादुर क्षेत्री र अर्जुन थापा सदस्य रहेका छन।

    परोपकारी मेघा परियोजना समिती: संघका केन्द्रिय उपाध्यक्ष बिशाल कुमार श्रेष्ठको संयोजकत्वमा रबिना अर्याल र रमजानदिन मियां सहितको समिती गठन भएकोछ। उक्त समितिले नेपालका दुर्गमा जिल्लामा बिभिन्न भौतिक संरचनाहरु निर्माण गर्ने,अती बिपन्न बर्गका बिद्यालयमा आधारभुत आवश्यकतामा सहयोग गर्ने लगायत अन्य परोपकारी कार्यका साथ अगी बढने लक्ष्य  राखेको छ।

    एनसिसी साउदी अरबको सामुहिक लगानिमा नेपालमा परियोजना स्थापना समिती: गैर आवासिय नेपाली संघ साउदीमा आबध्द सदस्यहरुको सामुहिक लगानिमा नेपालमा उद्योग सन्चालन गर्नको निम्ती यसै संघका केन्द्रिय कोषाध्यक्ष सन्तोष लुइंटेलको संयोजकत्वमा एनसिसी अध्यक्ष तेज थापा, महासचिव उमेश भट्टराई सहित योगेन्द्र श्रेष्ठ,लाल बहादुर मगर,बिष्णु न्यौपाने,नरेन्द्र कार्की,राम बहादुर क्षेत्री,सत्य केसी रहेका छन भने परियोजनाको सल्लाहकारको रूपमा मध्यपूर्व सह संयोजक राजेन्द्र(जोन्)अर्याल रहेका छन। नेपालमा परियोजनाको लागि सम्भावित क्षेत्र तथा वस्तुको अध्ययन गरी कलकारखाना या कृषि भन्ने विषयमा समितिको घनिभुत छलफल पछी परियोजनाको खाका सार्वजनिक गर्ने संयोजकको योजना रहेको छ।


    लेवर टास्कफोर्स समिती: साउदी अरबमा अवस्थित नेपाली नियोग तथा सरोकारवाला संग समन्वय गरी बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब पुगेर बिभिन्न कारणले जेल जीवन बिताइरहेका,अलपत्र परेका,दुर्घटनामा परेका पीडितको न्याय उध्दार गर्नको निम्ती संघका बरिष्ठ उपाध्यक्ष धुर्ब रिजालको संयोजकत्वमा चन्द्रमणी भण्डारी लगायत बिभिन्न क्षेत्रिय तथा स्थानिय समितिका अध्यक्षहरुको सदस्यता रहने गरी समितिको निर्माण भएकोछ।

    साहित्य-कला तथा साँस्कृतिक समिती: बिदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गरी बिदेशमा पनि नेपालको पहिचान गराउने उधेश्यले उपाध्यक्ष मनोज बरालको संयोजकत्वमा सन्तोष लुइंटेल, बिष्णु न्यौपाने र गणेश खडका सहितको समिती निर्माण गरिएको छ।


    यसैगरी चित्र कुमार राइको संयोजकत्वमा खेलकुद समिती, भोला पौडेलको संयोजकत्वमा सदस्यता अद्यावधी तथा संगठन बिस्तार समिती बिष्णु न्यौपानेको संयोजकत्वमा नयां क्षेत्र गठन जस्ता कार्ययोजनाहरु यसै बैठक द्वारा तय गरिएका छन। बैठकले संघका संस्थापक र बिज्ञहरुलाई समेटेर संरक्षक मन्डलको गठन गर्दै, बिभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण, स्वास्थ्य जनचेतना कार्यक्रम गर्दै २०१९-२१ कार्यकाललाई ऐतिहासिक बनाउने गरी एनसिसी साउदी अरबले लक्ष्य  तय गरिएको  छ ।

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on गैर आवासिय नेपाली संघ साउदी अरबको दिर्घकालिन लक्ष्यहरू सार्वजनिक

    तपाइको आजको राशिफल

  • ८ पुष २०७६, मंगलवार ०१:०४ मा प्रकाशित
  • आज २०७६ साल पौष ८  गते, मंगलवार , तदअनुसार २४ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण त्रयोदशी, नक्षत्र: अनुराधा, नेपाल संवत: ११४० थिंलागात्रयोदशी , राशी: वृश्चिक 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी रप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशाखर्च हुने योगछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आँटेको र ताकेकोकार्य पुरा होला ।कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) जोश जाँगर र हिम्मत बढ्नेछ ।चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।वैदेशिक कार्य अघी बढ्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । आफन्त रसाथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिनफलदायी रहनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अनावश्यक ठाउँमा धन खर्च होला ।राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भरपर्दा धोका पाइनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) लगनशीलताले कामहरू अगाडीबढ्नेछन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभमिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) नयाँ कार्यको थालनी होला । जोश,जाँगरर हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा  सफलतामिल्नेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको मित्रसँग भेटघाट हुनेछ ।कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमाधन खर्च हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।  अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरेफाइदा लिन सकिनेछ ।  

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मनमा हर्ष,उमङ्ग र उत्साहछाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोगमिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) शुभ समाचार सुन्न पाईएला ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ ।वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मनोरञ्जनमा सहभागीता भइएला । मानप्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमाऔसत लाभ हुनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • ७ पुष २०७६, सोमबार ००:३४ मा प्रकाशित
  • आज २०७६ साल पौष ७  गते, सोमवार, तदअनुसार २३ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण द्वादशी, नक्षत्र: विशाखा, नेपाल संवत: ११४० थिंलागा द्वादशी, राशी: तुला

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  हेलचेक्र्याइँले काममा उल्टो परिणामदिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटाआरोपपनि लाग्न सक्छ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ भने काममासफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँगभेटघाट हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धर्म, तथा समाजसेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नरहनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभसमाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज सानो भूलका कारण अपमानितबन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दीआउनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसरआउनेछ ।  

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्नथप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभबमिल्नेछ । शत्रु पराजित हुनेछन् ।  

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक साधन जुटाउने समय छ ।अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममासाथ दिनेछन् ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज दुष्ट व्यक्तिको संगतले आत्मघातीकाम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायकक्षमतामा कमी आउने छ ।   

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चाचल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । नयाँ वस्त्रपनि प्राप्ति हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमाप्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने वेला छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • ६ पुष २०७६, आईतवार ०५:३३ मा प्रकाशित
  • आज २०७६ साल पौष ६  गते आईतवार , तदअनुसार २२ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष कृष्ण एकादशी , नक्षत्र: स्वाति, नेपाल संवत: ११४० थिंलागाएकादशी , राशी: तुला

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ ।  दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथैपारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीकोप्रभाव पनि बढ्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धार्मिक कार्य सफल रहनेछन । नयाँज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धकसिलो होला । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनिप्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछसचेत रहनुहोला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँकमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ हुनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) व्यवसायका लागि यात्राको सम्भावना पनिछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णयलिन सकिनेछ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा बाधा आउनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) क्षमता प्रदर्शन गर्ने क्रममापदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउनसहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिकोमार्ग प्रशस्त हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P