• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

दूतावास रियादको श्रमिक सचेतना कार्यक्रम सम्पन्न:

  • ९ पुष २०७८, शुक्रबार २३:३७ मा प्रकाशित
  • साउदीअरबको पूर्विय प्रान्त दम्मामको अल फैसलिहा स्थित एक दिने श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहजीकरण र नेपाली दूतावास रियादको आयोजनामा २४ डिसेम्बर २०२१ शुक्रवारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।


    नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेलको नेतृत्वमा द्वितीय सचिव टिकाराम उपाध्याय सहितको टोलीले मुख्यतः धेरै नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको प्रतिनिधि श्रमिकहरूलाई साउदीअरबको कानुनबारे जानकारी गराउँदै सचेत र सजग रहन सुझाएका छन्। केही सामान्य बेवास्ता तथा लापार्वाहीका कारण विभिन्न जटिल समस्याहरूको उदाहरणहरू दिँदै केही लाभको लागी कुनै पनि लापार्वाही नगर्न आग्रह गरेका छन् भने कुनै पनि समस्या वा उजुरी रहेमा नेपाली दूतावासलाई पत्राचार/ई-मेल मार्फत लिखित निवेदन पठाउन दूतासको तर्फ बाट आग्रह गरेका छन्।


    दूई सय भन्दा बढी प्रतिनिधि श्रमिकको उपस्थिति रहेको उक्त कार्यक्रममा सहजीकरणको लागी एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज थापा, एनआरएनए साउदीका अध्यक्ष लगायतका राष्ट्रीय, क्षेत्रिय र स्थानिय तहका पदाधिकारीहरू संगै विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उस्थिती रहेको थियो। 

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on दूतावास रियादको श्रमिक सचेतना कार्यक्रम सम्पन्न:

    दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

  • ३ पुष २०७८, शनिबार ००:३३ मा प्रकाशित
  • दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न भएको छ। एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर सम्पन्न भएको छ।१७ डिसेम्बर २०२१ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट साउदीअरबको पूर्वीय प्रान्त दम्माममा कार्यरत ९ सय जना भन्दा बढी आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका थिए।

    उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १३ नोबेम्बर र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागी फारम संकलन गरेको थियो।नेपाली दूतावास रियादको तृतीय सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ६ सय भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागी ३ सय २४ जनाको फारम संकलन गरिएको छ।

    उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक तथा संरक्षक ओम घले, राजु सैयद, बिरेन्द्र चौधरी, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका उपाध्यक्ष पदम महत, सचिव पूर्ण सुनार, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, डिबी थापा, हिक्मत तमु गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, रबिन राई लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल लगायतका पदाधिकारीहरू, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्लेको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद ज्ञापन गरेको छ। यसका साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यस्तै साथ र सहयोगको अपेक्षा सहीत संघले नेपाली समाज र क्रियाशील संघ संस्थाहरू संग हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता समेत जनाएको छ।

    Posted in ताजा अपडेटLeave a Comment on दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

    परिवर्तनको लागि दाहालको उम्मेद्बारी ।

  • १७ मंसिर २०७८, शुक्रबार २१:१५ मा प्रकाशित
  • बिगत ११ बर्ष देखि बैदेशिक रोजगारिको शिलशिलामा युएइमा रहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौमा भइरहेको एकता महादिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन । 
    १८ बर्ष देखि राजनितिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर रही एनआरएनए युएइमा एक कार्यकाल युवा संयोजक र हाल महासचिव पदमा कार्यरत छन् । 
    नेपाली राजनीति प्रति युवाहरुको बढ्दो बितृष्णा देखेर “अबको आवश्यकता युवा पुस्ताको राजनितिमा सक्रियता”को नारा लिएर उनी चुनावी मैदानमा होम्मिएको बताउछन् । 
    देशले अब परिवर्तन खोजेको छ, उदारवादी चरित्रका राजनितीज्ञ चाहेको छ । लोभ लालचमा नपरी समाजलाई दिने मात्र संकल्प बोकेको त्यागी युवा मागेको छ, दाहालले भने । युवाहरुको साथ लिएर जनताको नेता हैन, सेवक हुन म राजनितिमा होम्मिएको हो, उनले भने । 
    आज आफुले राजनीतिको कखरा पनि नसिक्दै देखि नेतृत्वमा रहनु भएका नेतागणहरुले अझ नेतृत्वमा दावी गरिरहेको देख्दा अब पनि पुस्ता हस्तान्तरण नभए कहिले हुने हो ? दाहाल प्रश्न गर्छन् । 
    झापा जिल्ला कचनकवल गाउँ पालिका वार्ड नं ६ मा बसोबास गर्ने दाहालले सोही निर्वाचन क्षेत्रका राप्रपाका एक मात्र सांसद राप्रपा नेपालका अध्यक्ष पदका प्रत्यासी राजेन्द्र प्रसाद लिङ्देनको प्यानलबाट आफु केन्द्रिय सदस्य पदमा दावेदारी दिएका हुन् । 
    “मलाइ राजेन्द्र दाइको शालिनता, भ्रष्टाचार विरुद्धको कठोरता र परिवर्तन प्रतिको बफादारिता मन पर्छ, म राजेन्द्र दाइको साथ हिडेर मेरो आफ्नो क्षेत्रमात्र हैन, सम्पुर्ण देशको परिवर्तन गर्न अग्रसर हुन्छु। ” दाहालले भने । 
    पहिचानको मुद्दा जुरमुराएको समयमा आदिम सभ्यता बोकेको हिन्दु धर्मावलम्बीहरुको पहिचान विश्व जगतमा नेपालले मात्र बोक्न सक्ने र यो नै बिश्वमा नेपालको चिनारी बन्नेमा बिस्वस्त दाहाल आफुलाई मतदान गरेर कसैले पनि पछुताउन नपर्ने बताउछन् । 
    “म मेरा भोटर्सहरुको भावनासॅग खेल्दिन, त्यस्को प्रतिनिधित्व गरेर वहाँहरुको आवश्यकतालाई मेरो कर्तब्य बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु”, दाहलले थपे। 
    राजेन्द्र लिङ्देनको अध्यक्षतामा बन्ने केन्द्रिय समितिमा रही राप्रपा नेपाललाइ देशको अत्यावश्यक शक्ति बनाउन सम्पुर्ण प्रतिनिधिहरुमा दाहालले आव्हान गरेका छन।  राप्रपाको निर्वाचन शनिबार हॅुदैछ ।

    Posted in राजनीतिLeave a Comment on परिवर्तनको लागि दाहालको उम्मेद्बारी ।

    झुटो मुस्कान र अव्यक्त पिडा संगै प्रवासीको बडा दशैँ:

  • २६ आश्विन २०७८, मंगलवार ०१:०१ मा प्रकाशित
  • शुक्र मोक्तान

    हिन्दू धर्मावलम्बीहरू र नेपाली समुदायको सबैभन्दा ठूलो पर्व बडा दशैँ तथा नव रात्रको विजय दशमी संघारमा आईपुग्दा स्वदेशमा मात्र नभई वैदेशिक रोजगारीको शिलशिलामा खाडी लगात अन्य मुलुकमा पुगेका नेपालीहरूमा पनि दशैँको रौनकले सरगर्मी बढेको छ। महिनौँ अगाडी देखी पूर्व तयारीका साथ हवाई टिकट लिएर बसेकाहरू धमाधम स्वदेश फर्किरहेका छन्। परिवार आफन्तजनहरू संग दशैँ मनाउन जानेहरूको फेसबुक स्टाटसहरूले हिजोआज सामाजिक संजाल रंगिन भएका छन्।


    त्यसो त सधैँ झैँ यस पालीको दशैँमा पनि स्वदेश फर्किनेहरू भन्दा विभिन्न कारणले स्वदेश फर्किन नपाएको नेपालीहरूको संख्या अधिक छ। विगत ६ वर्ष देखी साउदीमा कार्यरत सिराहको विनोद रायले यस बिचमा एउटा पनि दशैँ परिवार संग मनाउन नपाएको बताउँछन्। उनले गह भरी आँशु लिएर यस पालीको दशैँमा परिवार संगै मनाउँने र छोराको व्रतबन्ध गर्ने योजना बनाए पनि कम्पनीले छुट्टी नदिएकोले घर जान नपाएको  बताए।उनी भन्छन् “७० वर्ष कटेको दमको बिरामी हजुरआमाले बोलाई रहनु भएको छ, श्रीमती त्यस्तै गुनासो गर्छिन्। आफू संग जवाफ नभए पछि …..” । उनी मौन भए , उनको मौनताले वाध्यताको भारीले थिचिँदा निस्शासिनुको पिडा बयान गरीरहेको थियो।


    साउदीकै अर्को एक कम्पनीमा कार्यरत प्युठानका ओबीराम पौडेल पनि यस पालीको दशैँमा घर जान पाएनन्।वर्षदिन अगाडी देखी नै गाउँको एक देवी मन्दिरमा करीब २ लाख बराबरको दुई तामाको कलश चढाउने योजना अनुरूप सबै तयारी पुरा भएर पनि व्यक्तिगत समस्याको कारण उनी नेपाल जान सकेनन्। घरको कान्छो छोरो दशैँमा घर आईपुग्ने बुबा आमाको आशा निराशामा बदलिएको छ। पौडेल  ८७ वर्षीय आमा बुवाको कुरा सम्झदैँ भन्छन् “ के गर्नु यतिका समय देखी तयारी गर्दा पनि अन्तिम समयमा घर जान सकिएन, बुवा आमालाई म आउँदिन पनि भन्न सकिएन….।” एक सुर्को कालो कफीको सुर्को लिए पछी आफ्नो बुबा आमा संगै आफ्नो ७ र १३ वर्षीय छोराहरू सम्झन पुगे। अवरुद्ध गला तर मन्द मुस्कानमा भने “आफू घर जना नपाए पनि यो दशैँको फूलपातीका दिन पूजा सहित पूर्व योजना अनुरूप कलश चाहीँ परिवारले मन्दिरमा चढाउने भएको छ।” उनका अवरुद्ध गलाले सपना र मनोकांक्षहरू निमोठीँदाको चित्कारलाई बयान गरिरहे जस्सो आभास हुन्थ्यो।


    त्यसतै विगत १४ वर्ष देखी एक सुपर मार्केटमा कार्यरत कास्कीका गणेश भुजेलले पनि यो दशैँ परिवार संग मनाउन नपाउने भएको छ। पछिल्लो वर्ष कोरोना महामारीकै कारण घर किन्दाको ऋणको किस्ता घटाउन नपाएकोले उनको ध्यान चक्रवर्ती व्याजे बैंकको किस्ता तिर छ। उनि भन्छन् “ एकातिर बैंकको किस्ता अर्को तिर परिवारलाई दशैँ खर्च……।” ओठ लेब्र्याउँदै थप्छन् “परिवार संगै दशैँ मनाउने चहाना छ नी  तर चहाना भन्दा पनि वाध्यता ठूलो हुँदा रहेछन्।” आँखा पिल्पिलाउँदै  व्यंग्यात्मक हाँसो हाँस्दै “दशैँ भन्ने वित्तिकै छोरा र परिवारको सारै याद आउँछ हो।” भन्दै थिए। उनको यो व्यंग्यात्मक हाँसो आफैँ माथी थियो की खाडीमा कार्रत आफूजस्तै युवाहरू माथी मेसो पाईएन।

    यो त केवल प्रतिनिधि पात्रहरू मात्र हुन्। दशैँ मनाउन घर फर्किँदै गरेको साथीको फेसबुकमा “शुभ यात्रा “ लेख्दै गर्दा आफ्नो चहाना र पिडालाई लुकाउँदै साथीलाई झुठो मुस्कान सहित बिदाईका हात हल्लाई रहेका छन् लाखौँ नेपाली श्रमिक युवाहरू…..।
    दुर्गा माताले सबैको कल्याण गरून् सम्पूर्ण पाठकहरूमा विजया दशमीको हार्दिक शुभकामना!

    Posted in समाजLeave a Comment on झुटो मुस्कान र अव्यक्त पिडा संगै प्रवासीको बडा दशैँ:

    एनआरएनए दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलन स्थगित:

  • २५ आश्विन २०७८, सोमबार १५:०७ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघको दशौँ अन्तर्राष्ट्रियमहाधिवेशन र विश्व सम्मेलन हुन दुई साता मात्र बाँकी रहेको समयमा हाललाई स्थगित भएको छ। संघका प्रवक्ता तथा अगामी २१/२३ कार्यकालका लागी उपाध्यक्षको प्रत्याशी डिबि क्षेत्री द्वारा जारी गरिएको विज्ञप्ति अनुसार १० अक्टोवर २०२१ आइतबारका दिनभर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

     गैरआवासीय नेपाली संघको १० औँ  अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र उपर छलफल गरी मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित  २३ देखि २५ अक्टोबर २०२१ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय  गरेको  विज्ञप्तिमा उल्लेख गरिएको छ । 

     उक्त विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आईसकेका र आउन तयार रहेका प्रतिनिधिहरुमा पुगेको असुविधा प्रति क्षमायाचना गरेको छ। संघले परराष्ट्रको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरु सँग  परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने जनाएको  छ ।

    विज्ञप्ति:

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलन स्थगित:

    एनआरएनए आउटरिच अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर तथा राहदानी वितरण सम्पन्न:

  • २३ आश्विन २०७८, शनिबार २२:५८ मा प्रकाशित

  • साउदीअरब । एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको पहिलो नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ८ अक्टूबर २०२१ का दिन एकै पटक साउदी अरबको अलकासिम क्षेत्र र पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट अलकासिममा  १ सय ४६ जना र दम्माममा १ सय १५ जना आप्रवासी  नेपालीहरूले आधारभूत स्वास्थ्य परिक्षण गरेका थिए।


    उक्त स्वास्थ्य शिविर संगै दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १४ सेप्टेम्बर र त्यस भन्दा अघि संकलन गरिएको नवीकृत राहदानी वितरण पनि गरेको छ ।नेपाली दूतावास रियादको प्रतिनिधी हेमन्त आचार्यको नेतृत्व र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ८ सय २५ जनाको राहदानी वितरण गरिएको छ भने प्राविधिक समस्याका कारण पुन: तस्वीर खिच्नु पर्ने २० जनाको पुनः तस्वीर पनि लिएको छ।


    उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी नारायण पासवान संगै लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्षको उम्मेदवार याशमिन वैगम, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी साउदीका अध्यक्ष डम्मर कुमार यादव, महासचिव उमेश भट्टराई लगायत क्षेत्रीय र स्थानिय पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतोको उपस्थिति रहेको थियो ।त्यसै गरी साउदी अरबको अलकासिम क्षेत्रमा संचालित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सहजीकरणको लागी एनआरएनए एनसीसी साउदीका उपाध्यक्ष भक्तविर राई लगायत त्यस क्षेत्रका क्षेत्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
    यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरूलाई एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद दिँदै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा विभिन्न संघ संस्थाहरू संगै हातेमालो गर्दै अगाडी बड्ने प्रतिबद्धता समेत संघले गरेको छ।

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए आउटरिच अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर तथा राहदानी वितरण सम्पन्न:

    नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा वलीउद्दीनले गरे उमेदवारीको घोषणा ॥

  • १६ आश्विन २०७८, शनिबार २२:३१ मा प्रकाशित
  • कपिलवस्तु १६ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखिकेन्द्रसम्मनै यसको सरगर्मी बढेको छ । यति बेला कपिलवस्तु जिल्लामा पनि कांग्रेसकोमहाधिवेशन लाई लिएर निकै चर्चा परिचर्चा हुन थालेको छ। जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र‘ख’ मा पनि अधिवेशन को माहोल तात्न थालेको छ ।

    कांग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र ‘ख’ मा यतिबेला अधिवेशनको मिति नजिकिदैगर्दा क्षेत्रिय सभापतिको पदमा कांग्रेसका त्यागी नेता तथा लामो समय कांग्रेसमा रहेर राजनीतिगरेका वलीउद्दीन मुसलमानको उमेद्वारी शशक्त रूपमा अगाडि देखिएको छ । कांग्रेसको राष्ट्रियमहाधिवेशन अाएता पनि जिल्ला तहमा सम्पन्न भएको छ । पटक पटक महाधिवेशन प्रतिनिधिरहदै अाएका मुसलमानले यसअघि १३ महाधिवेशनमा पनि क्षेत्रीय सभापति भएको थिए।

    को हुन मुसलमान ?

    विक्रम संवत २०४६ शालको जनआन्दोलन देखी राजनिती गर्दै आएको मुसलमान झण्डा समाएरजन आन्दोलनमा होमिएका थिए । निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकामुसलमानको कपिलवस्तु को पूर्वी दक्षिणी क्षेत्रमा सामाजिक विकासमा महत्वुर्ण योगदान समेतरहेको छ ।

    Posted in राजनीतिLeave a Comment on नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा वलीउद्दीनले गरे उमेदवारीको घोषणा ॥

    एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजकमा ५ बुँदे घोषणा पत्र राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा ।

  • १४ भाद्र २०७८, सोमबार १३:३५ मा प्रकाशित
  • दम्माम साउदीअरब | गैर आवासीय नेपाली संघको राष्ट्रीय समन्वय परिषदहरूको अधिवेशन सकिए संगै केन्द्रीय समन्वय परिषदको अन्तर्राष्ट्रीय महाधिवेशनको सरगर्मी निक्कै बढेको छ। विभिन्न केन्द्रीय पदहरूमा आफ्नो उम्मेदवारी दिनेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ।
    मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २१/२३ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ एनसीसी साउदीलाई प्रतिनिधित्व गर्दै आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्।
    क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै मध्यपूर्वको श्रमिक हकहितलाई प्राथमिकता दिंदै ५ बूँदे घोषणा पत्र पनि जारी गरेका छन्।

    घोषणा पत्र: 

    १.राहतर उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।

    २.बैदेशिकरोजगारऎन२०६४लाई पुर्णरूपमाकार्यान्वयन गर्न/गराउन सरोकारवालाहरूसँग पहल गर्नेछु ।

    ३.एनआरएनएद्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।

    ४.अन्य सामाजिक संघ/संस्थासँग मिलेर सहकार्य गर्नेछु ।

    ५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजकमा ५ बुँदे घोषणा पत्र राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा ।

    नेपाल आदीवासी जनजाती महासंघ साउदीको पूनर्गठन- अध्यक्षमा खेम तमु

  • ११ भाद्र २०७८, शुक्रबार २१:२२ मा प्रकाशित
  • रियाद साउदीअरब| नेपाल आदीवासी जनजाती महासंघ साउदीको खोबार स्थित क्लासिक रेस्टोरेन्टको सभाहलमा २७ अगस्ट २०२१ का दिन  पूनर्गठन भेला सम्पन्न भएको छ । २००५ मा गठन भएको जनजाति महासंघ राष्ट्रीय समन्वय समिति साउदी अरब २०१२ देखी निस्कृय रहेको थियो  भने पुनर्गठन भेलाले खेम तमुलाई  अध्यक्षमा चयन गरिएको छ।
    त्यसतै भेलाले वरिष्ठ उपाध्यक्षमा नवराज योन्जन, उपाध्यक्षहरू बसन्त लिम्वु, भिमसरी पुन मगर र लाल बहादुर मगर मनोनित भएको छ। संघको महासचिवमा रोशन कुमार श्रेष्ठ, उप महासचिव रबिन राई, सचिव सुमन सहयात्री योंग्हाङ, सह सचिव मोती चेमजोङ चयन भएको गरिएको छ। त्यसतै  चित्र कुमार राई कोषाध्यक्ष, ओम कुमाल सहकोषाध्यक्ष र विजय लामा प्रवक्ताको रूपमा चयन गरेको छ भने सदस्यहरूमा मित्र मणि राई, भिमा लिम्बु, प्रेम ईजम लिम्बु, बल बहादुर कुमाल, दुर्गा आले मगर, अकल प्रधान, अन्जान गुभाजु, राम माया तमाङ, जित मान तमु, मिना तमाङ, राज श्रेष्ठ, भिम बुढा मगर र पुष्पा राई चयन गरिएको छ ।


    संघले पुनर्गठन भेला बाट प्रमुख   सल्लाहकारहरूमा विरेन्द्र कुमार चौधरी सहित सल्लाहकारहरूमा प्रेम सिंजाली मगर, राजेश सेंदाङ, सुर्य श्रेष्ठ, जयदेव चाम्लिं नारायण गुरूङ र तुलसी गुरूङलाई चयन गरेको छ।
    खेम तमुको सभापतित्व रहेको  कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका श्रम काउन्सेलर जिवन राईको उपस्थिति रहेको थियो भने  विशेष अतिथिको रूपमा आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा दूतावासका जनसंपर्क अधिकारी हरी घिमीरे, संघिय लोकतांत्रिक राष्ट्रीय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन रविन राईले गरेको थियो भने चित्र कुमार राईले स्वागत मन्तव्य राखेको थियो।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, समाजLeave a Comment on नेपाल आदीवासी जनजाती महासंघ साउदीको पूनर्गठन- अध्यक्षमा खेम तमु

    एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा घुम्ति शिविर कार्यक्रम सम्पन्न ।

  • ३१ श्रावण २०७८, आईतवार ००:२८ मा प्रकाशित
  • दम्माम साउदीअरब | राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने  नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले  दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माम फैसलियाह स्थित अल असेमाह रेस्ट हाउसमा १३ र १४ अगस्त २०२१ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।


    उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो दिन ४ सय जना भन्दा बढी सेवा ग्राहीले सेवा प्राप्त गरे भने सेवा ग्राहीको अत्याधिक चाप रहेको कारण पूर्व कार्य योजना नरहे पनि १४ अस्टमा पनि उक्त सेवा प्रधान गरिएको दूतावासका प्रथम सचिव ऋषी आचार्यले बताएका छन्। उनका अनुसार सेवा ग्राहीको सहजतालाई ध्यानमा राखी दोस्रो दिनको लागी समय निर्धारण सहित टोकन बितरण गरिएको थियो । कुल ७५० टोकन बितरण गरिएकोमा ४ सय भन्दा बढीलाई शुक्रवार बिहान ७ बजे देखी रातको १० मा सेवा दिईए पनि बाँकीलाई समय अभावका कारण दोस्रो दिन पनि निरन्तर राहदानी नवीकरणको फारम संकलन गरिएको र कुल ७ सय ५३ जनाको राहदानी नवीकरणको आवेदन फारम संकलन गरिएको  जनाएको छ। भने  सोही अवधीमा नवीकरण भएर आएको ५२९ जनाको राहदानी मध्ये ३०० जनाको राहदानी  वितरण पनि गरेको छ ।


    उक्त दुईदिने अस्थाई शिविर मार्फत गैर आवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालका अनुसार   उपचाररत अशक्त बाँकेका राजेश परियार लगाएत कुल १ हजार ३ सय  ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने राहदानी नवीकरणको लागी फारम संकलन गर्न दूतावासका प्रथम सचिव ऋषी आचार्यको नेतृत्वमा स्थानिय जनसंपर्क अधिकारी हरी घिमिरे लगायतको टोलीको उपस्थिती रहेको थियो । उक्त कार्यमा सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा सहयोग गर्न गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अन्तर्गत नव निर्वाचित आईसीसी सदस्य तेज बहादुर थापा, राष्ट्रीय समन्वय परिषद अध्यक्ष डमर कुमार यादव लगायत राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय समितिका विभिन्न तहमा रही कृयाशिल  पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेटLeave a Comment on एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा घुम्ति शिविर कार्यक्रम सम्पन्न ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P