एनआरएनए साउदीको सहजीकरण र नेपाली दूतावासको सहकार्यमा घुम्ति शिविर कार्यक्रम सम्पन्न ।

  • ३१ श्रावण २०७८, आईतवार ००:२८ मा प्रकाशित
  • दम्माम साउदीअरब | राहदानीको म्याद सकिएर नवीकरण गर्नु पर्ने  नेपाली नागरिकहरू कोरोना महामारी र अन्य कारणले  दूतावास रियाद सम्म जान नसकिएकाहरूलाई अस्थाई घुम्ति शिबिर संचालन गरी दूतावासको सेवा प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सउदीको सहजीकरण र नेपाली दूतावास रियादको सहकार्यमा साउदी अरबको पूर्वीय प्रान्तको दम्माम फैसलियाह स्थित अल असेमाह रेस्ट हाउसमा १३ र १४ अगस्त २०२१ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।


    उक्त राहदानी सहजीकरण अस्थायी शिविर बाट पहिलो दिन ४ सय जना भन्दा बढी सेवा ग्राहीले सेवा प्राप्त गरे भने सेवा ग्राहीको अत्याधिक चाप रहेको कारण पूर्व कार्य योजना नरहे पनि १४ अस्टमा पनि उक्त सेवा प्रधान गरिएको दूतावासका प्रथम सचिव ऋषी आचार्यले बताएका छन्। उनका अनुसार सेवा ग्राहीको सहजतालाई ध्यानमा राखी दोस्रो दिनको लागी समय निर्धारण सहित टोकन बितरण गरिएको थियो । कुल ७५० टोकन बितरण गरिएकोमा ४ सय भन्दा बढीलाई शुक्रवार बिहान ७ बजे देखी रातको १० मा सेवा दिईए पनि बाँकीलाई समय अभावका कारण दोस्रो दिन पनि निरन्तर राहदानी नवीकरणको फारम संकलन गरिएको र कुल ७ सय ५३ जनाको राहदानी नवीकरणको आवेदन फारम संकलन गरिएको  जनाएको छ। भने  सोही अवधीमा नवीकरण भएर आएको ५२९ जनाको राहदानी मध्ये ३०० जनाको राहदानी  वितरण पनि गरेको छ ।


    उक्त दुईदिने अस्थाई शिविर मार्फत गैर आवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालका अनुसार   उपचाररत अशक्त बाँकेका राजेश परियार लगाएत कुल १ हजार ३ सय  ५३ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने राहदानी नवीकरणको लागी फारम संकलन गर्न दूतावासका प्रथम सचिव ऋषी आचार्यको नेतृत्वमा स्थानिय जनसंपर्क अधिकारी हरी घिमिरे लगायतको टोलीको उपस्थिती रहेको थियो । उक्त कार्यमा सेवा ग्राहीको सहजताको लागी सहजीकरण तथा सहयोग गर्न गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अन्तर्गत नव निर्वाचित आईसीसी सदस्य तेज बहादुर थापा, राष्ट्रीय समन्वय परिषद अध्यक्ष डमर कुमार यादव लगायत राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय समितिका विभिन्न तहमा रही कृयाशिल  पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    Leave a Reply