उदक लेखनको १२ औं अभ्यास शृङ्खला सम्पन्न

  • ३० श्रावण २०७८, शनिबार १९:०५ मा प्रकाशित
  • साप्ताहिक उदक लेखनको १२ औं अभ्यास शृङ्खला शनिबार सप्पन्न भएको छ । ‘उदक साहित्य यात्रा’ नामक पेजको आयोजना आयोजित उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका नेपाली भाषी ८० जना उदक यात्रीको सहभागिता रहेको अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक कविताका प्रवर्तक आर्त अकुलिनले बताउनुभयो ।

    प्रशिक्षक अकुलिनका अनुसार उदक श्रष्टाहरूलाई तस्बिर उपलब्ध गराई सोही अनुसारको गहन भाव झल्किने १/१ उदक अपरान्ह ५ बजेसम्म लिंकमा राख्न भनिएको थियो । प्रशिक्षक अकुलिनले अभ्यास शृङ्खलामा सहभागी सम्पूर्ण श्रष्टाहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    काव्य विधा अन्तर्गत उपविधाको रुपमा परिचित उदक कविता नविनतम विधा हो । उदक भनेको तीन हरफको कविता हो । जसको पहिलो हरफमा एक शब्द, दोश्रो हरफमा दुई शब्द र तेश्रो हरफमा ३ शब्द रहेको हुन्छ । उदक कविताको उन्नयन र विकासका लागि उदक साहित्य यात्रा नामक पेजले साप्ताहिक रुपमा अभ्यास शृङ्खला संचालन गर्दै आएको छ ।

    उदक लेखन अभ्यासमा दिइएको तस्बिर

    प्रस्तुत छ तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू


    लाली
    सूर्योदयको बेला
    देखिने मेची महाकाली !
    ✍️ राम न्यौपाने, कैलाली


    सूर्योदय
    सुन्दर दृश्य
    अनेकन कहानी अदृश्य !
    ✍️ वसन्त अनुभव, दाङ


    अस्ताउँदैन
    सूर्य कहिल्यै
    फेरि नयाँ बिहानी !
    ✍️ परमेश्वर कार्की, कैलाली


    सूर्योदय
    पारिलो किरण
    स्वास्थ्य लाभदायक युक्त !
    ✍️ चक्र शाही, कैलाली


    बुढ्यौली
    अपरिहार्य प्रक्रिया
    नगर्नुहोस् कहिल्यै  ठट्यौली ।
    ✍️ तिला लेकाली, मोरङ


    गोधूलि
    अस्ताउँदै रवि
    एउटा बुढो रूख !
    ✍️ आर्त अकुलीन, कैलाली


    सूर्योदय
    उजाड जीवनमा
    आशाको किरण छर्दै !
    ✍️ विनय तामाङ, भक्तपुर


    उषाकिरण
    उजाड वातावरणमा
    मिठो प्रेमील अङ्गालाे !
    ✍️ मञ्जु बस्नेत, खाेटाङ


    सूर्योदय
    लाभदायक युक्त
    बिहानीको झुल्के घाम !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    १०
    छाया
    घामपानीको माया
    सुनौलो बिहानीको परिकल्पना !
    ✍️ ईश्वरी अधिकारी, लमजुङ

    ११
    जलाशय
    लालित्यमय सूर्याेदय
    अद्भुत सुन्दर मनाेरम !
    ✍️ मुना दाहाल, ललितपुर

    १२
    दृश्य
    बिछट्टै मनोरम
    परोक्षार्थ प्राकृतिक निरूपम !
    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत

    १३
    रवि
    गोधूलि साँझ
    चर्खा जस्तै जीवन !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    १४
    साँझमा
    ढल्कियो सूर्योदय
    फैलियो लालीमा किरण !
    ✍️ खेमराज पुरी, कैलाली

    १५
    साथी
    बूढो रुख
    सूर्य तलाउ माथि !
    ✍️ बालकृष्ण खनाल, टीकापुर

    १६
    दृश्य
    अस्ताउँदो सूर्य
    जलाशय  रुखको चित्र !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    १७
    सूर्यास्त
    उजाड जिन्दगी
    कालो रातको पर्खाइमा !
    ✍️ रघु थापा, भक्तपुर

    १८
    सूर्याेदय
    लालिकिरण साैन्दर्य
    मनाेरम जलाशय क्रिडास्थल !
    ✍️ रामसुन्दर थारु, कैलाली

    १९
    मस्त
    सूर्य अस्त
    भोलि फेरि झुल्किन !
    ✍️ बिके माकजू, भक्तपुर

    २०
    अस्तमा
    रवि जलधारी
    बुढो रुखमा छायाँ !
    ✍️ शान्ता रिमाल, उर्लाबारी-१, मोरङ

    २१
    तेजाेमय
    प्रात:कालीन सूर्याेदय
    स्वर्णिम जलाशय सूर्यकिरण !
    ✍️ नवराज भट्ट, महेन्द्रनगर

    २२
    क्षणिक
    जीवन मोती
    अस्ताँउदो रवीको ज्योति !
    ✍️ शिव खनाल ‘जीवम’, रुपन्देही

    २३
    कथा
    बुढाे रूखको
    आफ्नै भाेलिकाे  व्यथा !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’,गाेरखा

    २४
    जीवन
    उदाउँदो अस्ताउँदो
    निरन्तर प्राकृतिक नियम !
    ✍️ विष्णुदीप सङ्कल्प, भक्तपुर

    २५
    गोधूलि
    झिसमिसे साँझ
    प्राकृतिक सौन्दर्य छटा !
    ✍️ रामचन्द्र ढकाल, चितवन

    २६
    क्षितिजमा
    घामको लुकामारी
    हलुङ्गो मनको भारी !
    ✍️ विक्रम शिशिर, कोहलपुर

    २७
    प्रभात
    उमङ्गको लाली
    पोतियो नेपालीको छाती !
    ✍️ निर्मलरमण पराजुली, सामाखुशी, काठ्माण्डौँ

    २८
    दृश्य
    रुखसँगै रवि
    तापनि प्यारो प्रकृति !
    ✍️ टेकप्रसाद कट्टेल, जनकपुर

    २९
    उज्यालो
    टिक्न सकेन
    छिटै हुँदैछ अँध्यारो
    ✍️ खगेन्द्र बस्याल, रुपन्देही

    ३०
    प्रकृति
    स्वर्णिम सौन्दर्य
    अलौकिक सृष्टिको निरन्तरता !
    ✍️ सुधा बाँस्काेटा ढकाल, काठमाडौँ

    ३१
    सुर्य
    उदाउछ बिहान
    सुनौलो  किरण छर्दै।
    ✍️ राजकुमार राजभण्डारी, भक्तपुर

    ३२
    ठिङ्ग
    बूढो रुख
    सूर्यास्त जीवन परास्त !
    ✍️ हीरा खनाल, काठमाडौँ

    ३३
    सूर्यास्त
    गोधूलि साँझ
    बुढो रूखको कथा
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

    ३४
    उदय
    जीवन दिँदैछ
    आज निश्चिन्त बाँच्ने !
    ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

    ३५
    साँझमा
    सूर्यास्तको समय
    टोलाएको एक वृक्ष !
    ✍️ भाजुराम के.सी., धादिङ

    ३६
    प्रकृति
    अलौकिक छटा
    बिहान भाष्कर निस्कँदा !
    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

    ३७
    समय
    अन्तिम घडी
    अस्ताचलमा जाँदै सूर्य !
    ✍️ पशपती राई, खोटाङ

    ३८
    अस्त
    व्यस्त मस्त
    शुभ दिन साम !
    पुष्कर अथक रेग्मी, श्रीनगर, तानसेन पाल्पा

    ३९
    जिन्दगी
    केही दिनकाे
    घाम र छाया !
    ✍️ ताेयानाथ सुवेदी, काठमाडौँ

    ४०
    तलाउ
    सुनाैलाे साँझ
    प्रतिबिम्बित बुढाे रूख !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    ४१
    भित्रियो
    सूर्यको किरण
    दिन राम्रो बनोस् !
    ✍️ सुस्मिता भट्टराई, बुटवल

    ४२
    प्रकृति
    सुनाैला किरण
    मनाेरम दृश्य गाेधूलि !
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा 

    ४३
    उदायो
    सूर्य बिहानी
    सुन्दर दिनको थालनी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा, हाल: मलेसिया

    ४४
    समय
    सन्ध्या कालीन
    प्राकृतिक सौन्दर्यको झलक !
    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल: यूएई

    ४५
    सूर्यास्त
    प्राकृतिक दृश्य
    सुकेको बोट ताल !
    ✍️ रिता खराल, रुपन्देही

    ४६
    उदय
    आहा अभय
    शान्त सुनाैलाे प्रकृति !
    ✍️ मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ

    ४७
    उदाउँदो
    सूर्यसँग दैनिक
    नवीन दिनको सुरुवात !
    ✍️ सुशीला पौडेल, काठमाडौँ

    ४८
    सुन्दरता
    मनै लोभियो
    जादुमय प्राकृतिक उपहार !
    ✍️ दुर्गा अधिकारी’भमरकोटे’, काठमाडौँ

    ४९
    क्षितिज
    पारिको दृश्यमा
    प्राकृतिक नियम उज्यालो !
    ✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, पाल्पा, हाल: युगाण्डा

    ५०
    वृक्षकाे
    छैन अस्तित्व
    सुकेर अस्थिरपञ्जर बाँकी !
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर

    ५१
    सूर्य
    पहेँलो रङ्ग
    गोधूलिमा मन दङ्ग !
    ✍️ सविता के.सी., काठमाडौँ

    ५२
    लालिमा
    पात झरेको
    बूढो रूखको डालीमा !
    ✍️ रमेश प्रभात, चितवन

    ५३
    सुनाैला
    प्रकृतिकाे उपहार
    क्षितिज परकाे संसार !
    ✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ

    ५४
    सन्ध्या
    जीवन जस्तै
    डुब्दै गरेकाे घाम !
    ✍️ रामराजा के. सी., काठमाडौं

    ५५
    प्रभात
    कृशतरु उष्णादित्य
    तालमा निशेषको प्रतिबिम्ब !
    ✍️ कण्ठराज गिरी, टीकापुर, कैलाली

    ५६
    जिन्दगी
    डुब्दो घाम
    पतझर रुख जस्तै !
    ✍️ हृदय लेकाली, भैरहवा

    ५७
    दिवाकर
    प्रकृति माझ
    सुनौलो गोधूली साँझ !
    ✍️ इन्दिरा ज्ञावली, बुटवल

    ५८
    पतझर
    वृक्षको स्वागत
    सूर्यको सुनौलो किरणलाई !
    ✍️ सावित्री अधिकारी, काठमाडौँ

    ५९
    क्षितिज
    उज्यालोको आगमन
    धर्तिमा लाली किरण !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    ६०
    जीवन
    सुकेको वृक्ष
    डुब्न लागेको घाम !
    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

    ६१
    प्रकृति
    लाली किरण
    सुनौलो समधुर बिहानी !
    ✍️ साहित्य सहयात्री, रुपन्देही

    ६२
    अस्ताचलमा
    अरुण लालिमा
    मनोहर वृक्षछायाँ सरोवरमा !
    ✍️ टीकाराम जाेशी, टीकापुर

    ६३
    देश
    डुब्दै  सूर्य
    ठिङ्ग बूढो रुख !
    ✍️ कमला देवकोटा, पाल्पा

    ६४
    गोधूलि
    ओइलिँदै लाली
    रुखले झल्किने बुढ्यौली !
    ✍️ पूर्णकुमार राई, झापा

    ६५
    बिहानी
    सुनौलो जवानी
    तालमा प्रतिबिम्बको रुमानी !
    ✍️ सरस्वती श्रेष्ठ, बुटवल, रूपन्देही

    ६६
    सुन्दर
    लाली किरण
    पश्चिममा अस्ताउँदै सूर्य !
    ✍️ वीरेन्द्र चौधरी, कैलाली

    ६७
    सूर्यको
    अस्त समय
    दिनको बिदाई गर्दै !
    ✍️ कमला गौतम, रुपन्देही

    ६८
    सुन्दर
    लाली फैलिएको
    प्राकृतिक मनमोहक सूर्यछवि !
    ✍️ उर्मिला पन्त पाण्डे, काठमाडौँ

    ६९
    सन्ध्या
    सुकेको रूख
    सजीवको बिम्ब प्रतीक !
    ✍️ कविता आचार्य, कैलाली

    ७०
    साँझ
    अमुक रूख
    मानव जिन्दगी जस्तै !
    ✍️ अनुपम प्रकृति, कैलाली

    ७१
    रविको
    सुन्दर दृश्य
    धर्ती जल आकाशमा !
    ✍️ विजया घिमिरे, जनकपुर

    ७२
    सुनौलो
    जता हेर्यो
    त्यतै लाग्छ अनौठो !
    ✍️ घनश्याम पौडेल, पोखरा

    ७३
    जीवन
    हरेक बिहानी
    ढल्केर जाने प्रकृति !
    ✍️विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली

    ७४
    समय
    जीवनको प्रवाह
    सन्ध्यामा घामको विलय !
    ✍️ डीपी दोभान, कैलाली

    ७५
    छायाँबिम्ब
    तरलताकाे आभाष
    सृष्टिकाे अद्भूत सिद्धान्त !
    ✍️ राेशन पराजुली, धरान

    ७६
    सजीव
    सूर्यको अस्त
    प्रतिबिम्बित जीवन प्रक्रिया !
    ✍️ रमा पन्त, पाल्पा

    ७७
    चाहिन्न
    तिम्रो उदारता
    जीवन डुब्ने बेला !
    ✍️ कृष्ण संयम पन्त, कञ्चनपुर

    ७८
    विहानी
    उज्यालाे मन
    सबै दु: खकाे अन्त्य !
    ✍️ लक्ष्मी कँडेल, कैलाली

    ७९
    सुनसान
    गोधूलि समय
    जीवनको एक छाया !
    ✍️ अनुपमा आकृति, कैलाली

    ८०
    जीवन
    सौर्य बिम्ब
    समानता रश्मि किरण
    ✍️ अविराज व्यञ्जन, नवलपुर

    Leave a Reply