
दम्माम साउदीअरब | गैर आवासीय नेपाली संघको राष्ट्रीय समन्वय परिषदहरूको अधिवेशन सकिए संगै केन्द्रीय समन्वय परिषदको अन्तर्राष्ट्रीय महाधिवेशनको सरगर्मी निक्कै बढेको छ। विभिन्न केन्द्रीय पदहरूमा आफ्नो उम्मेदवारी दिनेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ।
मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २१/२३ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ एनसीसी साउदीलाई प्रतिनिधित्व गर्दै आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्।
क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै मध्यपूर्वको श्रमिक हकहितलाई प्राथमिकता दिंदै ५ बूँदे घोषणा पत्र पनि जारी गरेका छन्।
घोषणा पत्र:
१.राहतर उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।
२.बैदेशिकरोजगारऎन२०६४लाई पुर्णरूपमाकार्यान्वयन गर्न/गराउन सरोकारवालाहरूसँग पहल गर्नेछु ।
३.एनआरएनएद्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।
४.अन्य सामाजिक संघ/संस्थासँग मिलेर सहकार्य गर्नेछु ।
५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।


