नबोलिकन काम गर्ने वडा प्रमुख तिवारी–जनतालाई खुशी वनाउने धेरै काम भएको छ ।

  • १४ भाद्र २०७८, सोमबार १३:०८ मा प्रकाशित
  • कपिलवस्तु संवददाता ,


    कपिलवस्तु , कपिलवस्तु मायादेबी गाउपालिका वडा नंबर ८ का वडा अध्यक्ष कृष्णनारायण तिवारी नबोलिकन काम गर्ने निर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ।
    मायादेवी गाउपालिका वडा नंबर ८ विजुवा गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडा अध्यक्ष तिवारीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको थियो।
    ती चुनौतिलाई पनि सहज ढंगवाट कार्य सम्पादन गर्न सिपालु वडा अध्यक्ष तिवारीसंग हिमाल दृष्टिले लिएको विशेष अन्तरवार्ताको सार–संक्षेप यहाँ प्रस्तुत छ ।
    यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ?
    –केही योजनाहरु पुरा हुन बाँकी छ । मुख्य काम भनेको सडक चौडा गर्ने काम शुरुवात भएको छ । खानेपानी वितरणमा समस्या भएर बोरिङ गर्ने काम भएको छ, भने शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएको छ ।

    वडाले गर्ने काम भनेको ढल व्यवस्थापन पनि हो ढल निर्माणको काम कहाँनिर पुग्यो ?
    –हुन त निर्वाचन गर्ने समयमा ढल निर्माणको काम योजनामा थिएन, यहाँका जनताको मुख्य समस्या मध्ये ढल निर्माण पनि एक हो । त्यसै कारण हामीले यसलाई पनि मुख्य समस्याका रुपमा राखेका छौं ।
    जति विकास निर्माणका कुराहरु यहाँले अघि सार्नु भएको थियो, जुन उपलब्धीहरु हासिल भएको छ , त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
    –आफ्नो काम प्रति सन्तुष्ट नहुने त कुरै भएन । तर, जति सन्तुष्ट हुनुपर्ने हो– त्यति चाँहि भएको छैन् । नयाँ वडा भएको हुनाले भौतिक पूर्वाधारको कुरा धेरै छन्। गर्न चाहेर पनि कतिपय कतिपय काम गर्न नसकिएको अवस्था छ । जनताको चाहना कस्तो हुन्छ भने अहिले नै गर्नु पर्छ तुरुन्तै हुन पर्छ भन्ने छ। एकै ठाउँमा बजेट खर्च गर्न सकिदैन र गर्न पनि हुँदेैन । काम धेरै भएको छ तर, देखिएको छैन ।
    आफ्नो कार्यकालको जति अवधि छ । अब यो अवधिमा कस्ता विकासका मुद्दाहरु प्राथमिकतामा राखेर अघि बढ्नु भएको छ ?
    –हामीले अबको योजनामा शिक्षा र स्वास्थ्यलाई जोड दिदै भौतिक पूर्वाधार, चौडा बाटो निर्माण, त्यसै गरी हाम्रो जमिन भनेको भूक्षय बढी हुने खालको छ। त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना छ ।
    अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ ? यही पदमा उठ्ने कि के गर्ने ? फेरि आफू निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ ?
    –जनताले के भन्छन् , जनताको कुरा हो, पार्टीको कुरा हो । तर, सेवामा निरन्तर रुपमा लागिरहन्छु । पार्टी र जनताको निर्णय नै हामी आत्मसाथ गछौं । अब निर्वाचित भएर जनताको मन जित्ने कुरा चाहिँ के हो भने दुईवटा मुख्य काम एउटा जनतालाई सेवा दिने र अर्को विकास निर्माणको काम हो । हामीले वडामा जनतालाई कुनै पनि सेवामा कन्जुस्याई गरेका छैनौं । जनतालाई निरास पनि बनाएका छैनौं। मेरो विचारमा जनता खुशी छन् ।
    यस्तो खालको काम गरिरहँदा चुनौति पनि धेरै हुन सक्छन्, यसको सामना र समाधान कसरी गर्नु भएको छ ?
    चुनौती हरेक काममा हुन्छन् । धेरै वर्ष सम्म स्थानिय निर्वाचन नहुँदा मान्छेहरुमा बढी स्वतन्त्रता भए । जसले गर्दा मानिसहरु सबै बिज्ञ भए । सबै जान्ने भए, यसको मतलब तँ भन्दा म जान्ने छु भन्ने भावनाको विकास भयो । राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो अवस्था आयो । सोचे अनुरुपको काम गर्न सकिएन । चुनौतीको कुरामा जहाँ जस्तो चुनौती आउँछ। चुनौतीको अध्ययन गरेर त्यही अनुरुप समाधान गर्दै जान्छौ।

    Leave a Reply