• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

सामाजिक संस्थाहरू राजनितिक पार्टीको झोलेहरुको कृडास्थल:

  • १३ श्रावण २०७८, बुधबार २१:४४ मा प्रकाशित
  • जेन वाईबा

    साउदी अरब | नेपालीहरुको नाम जोडेर गठन गरिएको सँस्थाहरु गैर राजनितिक भन्छन् तर त्यहाँ जति राजनितिक सायद राजनितिक पार्टीमा पनि त्यति साह्रो हुँदैन होला । राजनितीले गैर आवाशिय नेपाली सङ्घ मात्रै होइन नेपाल रेडक्रस सोसाइटी जस्तो पबित्र सँस्था अन्य थुप्रै सँस्थाहरु राजनितिक पार्टीको झोले भाईरसहरुको कृडास्थल बनिसकेको छ । पार्टीको बिभिन्न कमिटीमा आबद्ध ब्यक्तिहरु नै नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घ र अन्य थुप्रै सँस्थाहरुको उच्च ओहोदा पदासिन रहेको छ । यसको ज्वलन्त उदाहरण भनेको नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घमा देखिरहेको छ । 

    अहिले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबले बिभिन्न सङ्घ सँस्थाहरुसङ्ग सहकार्य समन्वय गर्ने निती लिएको छ यो साह्रै सह्रानिय र मनन योग्य छ र आगामी दिनहरुमा पनि यस्तो निती रहिरहोस जसले नेपालीहरुमा परेको समस्याको र नेपालमा भैपरि आउने बिपदलाई समाधान गर्न सक्छौं । यस्तो बिपदको बेलामा सबै सँस्थाको हातेमालो अति महत्वपुर्ण छ र हुने छ । गैर आवाशिय नेपाली सङ्घ साउदी अरबको यो कदमले उत्प्रेरणा हौसला थपेको छ भने एकता नै बल हो भन्ने दोश्रो कोभिडको महामारीमा अक्सिजन सिलिण्डर अभियानले पनि देखाएको छ यो सह्रानिय पनि छ ।


    केहि बर्ष पहिले एउटा बादशाहले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हालीमुहाली चलाउँदा अन्य सँस्था र सँस्थाको प्रतिनिधीहरुलाई मान्छे नै नगन्ने र अरु सँस्थाहरुको अस्तित्व स्विकार नगर्ने अहमता घमण्डले ओतप्रोत भएको एउटा बादशाहको शासन थियो, अहिले बादशाहको  अन्त्य भएर सबै सँस्थासङ्ग हातेमालो गर्ने अभियान ल्याउँदा अरु सँस्थाहरुले एकता पहललाई सहर्ष स्विकार गर्नु पर्छ भन्ने लाग्छ तर एउटा बादशाहको अन्त्य हुँदा अर्को बादशाहको जन्म नहोस भन्ने सजग र सतर्कता अपनाउन जरुरी छ । मैले जे बोले पनि ठिक भन्ने हिजोको हुकुमी शैली जस्तो नयाँ पदाधिकारी हुनु भएन । स्पष्ट भनौं गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हुकुमी शासनले अरुको अस्तित्वलाई स्विकार गर्न नसक्ने दम्भि भएर  नै दमाममा अन्तर सँस्था समन्वय समितीको गठन भएको हो भन्दा सायद दुईमत नहोला नै । अन्तर सँस्था समन्वय समितीको उद्देश्य ठिक छ । सङ्गठित र शक्ति नै बल हो भन्ने कुरा बिगतको केहि महिना अघिको महाबिर पुन जिको आबिष्कार केन्द्रलाई रु. ३६०००० ( तिन लाख साट्ठी हजार ) दिएको महान कार्यले देखाएको छ ।
    सबै सँस्थासङ्ग हातेमालो गरेर अगाडी बढेमा हामी माथी आईपरेको समस्याहरु सहजै समाधान गर्न सक्ने छौं भन्ने पनि लाग्छ । अबको नेतृत्व हिजो कै बादशाह हुकुमी शैलीमा नभै नेपाल मजदुरको जनजनमा उत्कण्ठ हुने लायकको बन्नु पर्छ हरेक सँस्थाहरुसङ्ग सहकार्य र समन्वय अनि अन्तर्कृया गरेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ । यहाँ एकले अर्कोलाई उछितो काड्ने र एकले अर्कोमा बैमनस्यता फैलाएर अनेकतामा उभिएमा पक्कै नेपालीहरुको हित हुने छैन त्यसैले गैर आवाशिय नेपाली सङ्घ साउदी अरब लगायत सबै सङ्घ सँस्थाहरु एकताबद्ध भएर हातेमालो गरेर अगाडी बढेमा अझ हाम्रो बिच भाईचारा नाता प्रगाढ रहने छ । 


    मैले पनि जिवनमा राम्रो काम सिक्ने अवसर दिएको यो समाज नै हो र नराम्रो काम सिकाउने पनि यो समाज नै । मेरो गल्ति छैन भन्न सकिन्न तर राम्रो काम सिक्ने प्रयासमा छु सिक्ने छु अनि गलत कामलाई छोडेर सकरात्मक कदमलाई अगाडी बढाउन हर प्रयत्न गरिरहने छु । म दानव होइन मानव भएर जिउने प्रयत्न गरिरहने छु । मैले जिबनमा गल्ति गरेछु भने गल्ति औंल्याई दिनु होला ता कि मैले आफ्नो गल्ति स्विकारेर अगाडी बढ्न पाओस । गल्तिहरुबाट नै पाठ सिकेर हरेक कदमहरु नयाँ उद्देश्यका साथ सकरात्मक बिचार लिएर मिर्मिरे बिहानीको उदय हुने गर्दछ । 
    मलाई लाग्छ एक अर्कामा आरोप प्रत्यारोप के का लागी ? सबै जना सल्लाह गरेर एक आपसमा भाईचाराको नाता राखेर अगाडी बढेमा हाम्रो समाजको भबिष्य उज्ज्वल छ नत्र कम्पनीमा काम गर्न आको हो काम गरौं यो शत्रुतापुर्ण ब्यबहार बन्द गरौं । जय नेपाली ।

    (प्रस्तुत कर्ता विगत लामो समय देखी साउदी अरबलाई कर्मथलो बनाई आफ्नो व्यबसाय संचालन् गर्दै सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आउनु भएका एक सफल व्यबसायी तथा सामाजिक अभियान्त हुनुहुन्छ।)

    Posted in विचार1 Comment on सामाजिक संस्थाहरू राजनितिक पार्टीको झोलेहरुको कृडास्थल:

    आखिर यो किसिमको शोषण कहिले सम्म ?

  • ४ श्रावण २०७८, सोमबार २३:११ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद, साउदी अरब | ग्रेगोरियन नयाँ वर्ष २०२० सुरू हुनै लाग्दा देखा परेको कोरोना महामारीले विश्वको हरेक क्षेत्र र व्यक्ति विशेषलाई प्रभाव पारेको छ। त्यस मध्येमा वैदेशिक रोजगार पनि एक हो। देशको अर्थतन्त्रमा २८ प्रतिशत रेमिटेन्स् मार्फत टेवा पुर्याउने वैदेशिक रोजगार त्यसै माथी रेमिट्यान्सको ५० प्रतिशत रेमिट्यान्स  खाडी मुलुकको रहेको छ।तर यति ठुलो योगदान पुर्याईरहेको खाडी मुलुकमा पसिना बगाई रहेको नेपाली श्रमिक युवाहरू नै सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको छ। 

    कोरोना महामारीको दोस्रो लहरले नेपालमा उग्ररूप लिए संगै नेपाल सरकारले सबै अन्तर्राष्ट्रीय हवाई उडानहरूमा गत ६ मेई देखी १४ मेई २०२१ सम्म रोक लगाईयो भने पुनः त्यसैलाई निरन्तरता दिँदै ३१ मेई २०२१ सम्म लम्ब्याउने सुचना प्रकाशित गरियो र  १ जुन २०२१ बाट लागु हुने गरी भारत, कतार र टर्की हुँदै नेपाल फर्कीनको लागी मापदण्ड तोकी उडान अनुमति दियो तर खाडीको अन्य मुलुकलाई प्रतिबन्ध कायम राखियो।
    खाडी मुलुक मध्ये साउदीका लागी नेपाली कुटनितिक नियोगको पहलमा विश्वको कयौँ मुलुक लगायत दक्षिण एशियाका राष्ट्रहरूलाई आगमनमा साउदी सरकारले प्रतिबन्द लगाउँदा पनि नेपालको लागी आवागमनमा रोक लगाएन। तर पछिल्लो समयमा कोरोना महामारीको दोस्रो लहरको प्रकोपले नेपालमा  उग्ररूप लिए संगै नेपाल सरकारले  अन्तर्राष्ट्रिय हवाई यातायातमा रोक लगाउँदै गर्दा  साउदी अरबमा कार्रत नेपाली श्रमिक वर्ग प्रभावित भएको थियो/छ।

    एकातिर सरकारले उडान अनुमति दिएको थिएन भने अर्को तिर नेपाल-साउदी बिचको हवाई उडान जारी थियो/छ। यस बिचमा चार्टर्ड उडान र संस्थागत क्वारेन्टिनको हवाला दिँदै हवाई टिकटमा चरम अनियमितता भएको प्रमाणहरू बाहिरिएको छ। सामान्य अवस्थामा २०-३० हजारमा उपलब्ध रहेको एकतर्फी एयर टिकटको मुल्य अहिले १ लाख ८० हजार देखी २ लाख १५ हजार सम्ममा बिक्री भई रहेको छ। 
    पछिल्लो समयमा नेपाल सरकारले १ जुलाई २०२१ बाट लागु हुने गरी नियमित तथा व्यबसायिक उडानको अनुमति दिएको छ यद्यपी हवाई भाडा दरमा भने खासै अन्तर आएको छैन। एका तिर चर्को हवाई भाडा अर्को तिर मान्यता प्राप्त कम्पनिको कोरोना विरूद्धको खोप नलगाएका हरूलाई अनिवार्य संस्थागत क्वारेन्टिनको व्यवस्थाले गर्दा खाडी मुलुकहरू मध्ये साउदी अरब बाट छुट्टीमा नेपाल गएका नेपाली श्रमिकहरू प्रभावित भएका छन्। 

    साउदीको एक प्रतिष्ठित कम्पनीमा कार्यरत एक श्रमिक विनोद राय भर्खरै नेपाल बाट  फर्किएका छन्। आवातजावातको दुई तर्फी एयर टिकटको बावजुत रू. एक लाख ट्राभल एजेन्सीलाई बुझाएर उनी साउदी फर्किएका हुन्। उनले भने “दूतावासले सुचना जारी गरेर भन्छ संस्थागत क्वारेन्टिनको खर्च कम्पनिले व्यहोर्छ, कम्पनी भन्छ क्वरेन्टिनको व्यवस्था हामी आफैं व्यस्थित गराउछौँ अन्य क्वारेन्टिनको खर्च व्यक्ति स्वयंको हो। अब म के गरौँ ? चाहे सरकार होस या कम्पनी चपेटामा पर्ने त हामी कामदार नै हो।”

    करिब ६ वर्ष साउदीको बसासाई पश्चात छुट्टीमा नेपाल गएका कुमार थापाले पनि साउदी फर्किने टिकट हुँदाहुँदै  क्वारेन्टिन् वापतको रू. ९८  हजार ट्राभल एजेन्सीलाई बुझाई उडान पर्खी रहेका छन्। उनी भन्छन् पैसा नतिरौँ फर्किन पाईन्न, नफर्कौँ त कम्पनी संग वर्षौँको हिसाब लिन बाँकी छ। अर्को तिर नेपालमा केही गरौँ त विभिन्न समस्याहरू आँखै सामु छन्।

    विभिन्न देशहरूले वैदेशिक रोजगारीका लागी खोपहरूको व्यवस्था मिलाएका छन् भने त्यस सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण भएको देखिँदैन। यति बेला २५-३० हजारको टिकट मुल्य रहेको  विशेषत: खाडी मुलुकमा फर्किँदै गरेको नेपाली श्रमिक युवाहरूले टिकट मुल्य सहित १ लाख ८० हजार देखी २ लाख ५० हजार सम्म तिरेर कर्म भूमीमा फर्किरहेका छन्। सस्तो चरम अनियमितता हुँदा पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र सामाजिक संघ संस्थाहरू मौन रहेको देखिन्छ। आखिर यो किसिमको शोषण कहिले सम्म ?

    Posted in ताजा अपडेटLeave a Comment on आखिर यो किसिमको शोषण कहिले सम्म ?

    एनआरएनए साउदीको आठौँ राष्ट्रीय महाधिवेशनको मिती सार्वजनिक:

  • २ असार २०७८, बुधबार १७:३२ मा प्रकाशित
  • साउदी अरब | गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रीय महाधिवेशन नजिकिदै गर्दा  संघको अन्तर्राष्ट्रीय समन्वय परिषद मातहतका राष्ट्रीय समन्वय परिषदहरूको कामकार्बाहीहरु राष्ट्रीय महाधिवेशन तर्फ केन्द्रित भएको छ। ओमन लगायत केही राष्ट्रीय महाधिवेशनहरू सम्पन्न भईसकेको छ भने अन्य राष्ट्रीय समन्वय परिषदहरू सोही कार्यमा होमिएको देखिन्छ। अन्तर्राष्ट्रीय महाधिवेशनमा यसको ठूलो प्रभाव रहने भएकोले पनि राष्ट्रीय महाधिवेशनहरूलाई महत्त्वका साथ हेरिने गरिन्छ।
    यसै सन्दर्भमा संघका राष्ट्रीय समन्वय परिषद साउदीको अन्तिम तथा १२ औँ पूर्ण बैठकले निर्वाचन आचार संहिता जारी गर्दै अगामी जुलाई महिनाको ३० तारिकमा आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२१-२३ का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । 
    अन्तर्राष्ट्रीय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२१ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ । उक्त महाधिवेशन बारे जानकारी दिँदै संघका महासचिव उमेश भट्टराईले संघका उपाध्यक्षहरूको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको र सम्बन्धीत समितिहरूले महाधिवेशनको लागी छुट्टा छुट्टै आ-आफ्नो जिम्मेवारी बहन गरिने जनाएको छ।

    महासचिव भट्टराईका अनुसार संघले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमतिले पारित गर्दै आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न मध्यपूर्व क्षेत्रीय सह संयोजक राजेन्द्र अर्यालको संयोजकत्वमा ३ सदस्यिय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति गठन गरेको छ भने उक्त निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाई आधार मानी आफ्नो कार्यभार पूरा गर्ने छन् ।


    तसैगरी आइसिसि सदस्य यास्मिन बेगम संयोजक रहने गरि ५ सदस्यीय महाधिवेशन अनुगमन समिति र उनै बेगमकै संयोजकत्वमा समितीले एक जना सदस्य थप्ने गरी ४ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ। संघले उक्त १२ औँ नियमित बैठक बाटै संघको बरिष्ठ उपाध्यक्ष ध्रुव जिजालको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक कोष अडिट तथा लेखा समिति, उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा क्षेत्रिय अध्यक्षहरू सहितको ९ सदस्यीय कार्यप्रगती प्रतिवेदन समिति र अर्का उपाध्यक्ष रोशन श्रेष्ठको संयोजकत्वमा १० सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ। 


    यो राष्ट्रीय महाधिवेशन संगै २०१९/२०२१ कागी निर्वाचित  गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको कार्यकाल यही आउँदो जुलाई मसान्तमा सकिने छ।

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए साउदीको आठौँ राष्ट्रीय महाधिवेशनको मिती सार्वजनिक:

    क्षेत्रिय अध्यक्षमा विष्णु भण्डारी र खुम बहादुर सार्की निर्विरोध निर्वाचित:

  • २१ जेष्ठ २०७८, शुक्रबार २३:१० मा प्रकाशित

  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीका मातहतका क्षेत्रिय समन्वय समितिहरू मध्ये पूर्व क्षेत्र र जीजान क्षेत्रको क्षेत्रिय  समन्वय समितिको ४ जुन २०२१ का दिन संयुक्त अधिवेशन सम्पन्न भएको छ । अधिवेशन  कोरोना महामारीलाई मध्यनजरमा राखी भौतिक उपस्थिति नभई भर्च्युअल माध्यम जुम मार्फत गरिएको थियो भने अधिवेशनमा एनआरएनए एनसीसी साउदीका प्रवक्ता विष्णु नेउपाने द्वारा स्वागत मन्तव्य राखिएको थियो।
    सातौँ पूर्व क्षेत्रिय अधिवेशन र दोस्रो जीजान क्षेत्रिय अधिवेशन कार्यक्रममा   नयन गौरी मगरले एनआरएनए जिजान क्षेत्रिय समन्वय समितिको कार्य प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको  थियो भने उक्त अधिवेशनमा पूर्व क्षेत्रिय समन्वय समितिको कार्य प्रगति तथा आर्थिक प्रतिवेदन एनसिसी महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो ।
     अधिवेशन कार्यक्रममा जिजान क्षेत्रिय समन्वय समितिका कार्यवाहक अध्यक्ष  केशव राईले २०१९/२१ कार्यकालको लागी गठित क्षेत्रिय समन्वय समिति विगठन गरिएको  घोषणा गरिएको थियो ।
    त्यसतै एनआरएनए साउदीका पूर्वीय क्षेत्र क्षेत्रिय समन्वय समितिको लागी एनसिसी साउदीका प्रमुख सल्लाहकार डम्मर यादवको संयोजकत्वमा गठित ५ सदस्यीय सातौँ अधिवेशन समितिले विष्णु भण्डारीको अध्यक्षतामा नव गठित ११ सदस्यीय पूर्व क्षेत्रिय समन्वय समितिका नामावली सार्वजनिक गरिएको थियो । छैठौँ महाधिवेशन द्वारा निर्वाचित कार्यसमितिले पूर्ण कार्यकाल पूरा गर्न नपाई गठन भएको केही महिनामा नै विगठित गरिएको थियो भने तत् पश्चात उक्त समन्वय समिति पुनर्गठन हुन सकिएको थिएन। अन्ततोगत्वा २०२१/२०२३ कार्यकालका लागी  अध्यक्षमा विष्णु भण्डारी निर्विरोध चयन भएको छ भने उनको कार्य समितिमा पदम महत- उपाध्यक्ष, पूर्ण सुनार -सचिव, गणेश आचार्य -सहसचिव, रमेश भट्टराई -कोषाध्यक्ष, यज्ञ प्रसाद भट्टराई -सहकोषाध्यक्ष, गणेश अर्याल -प्रवक्ता, सनोज राज पुरी, सन्जिता महर्जन, गोमा पौडेल र निलकुमार श्रेष्ठ सदस्यको रूपमा रहेको छ ।  उक्त कार्यसमितिको बाँकी पदाधिकारीहरू पूर्वी क्षेत्रिय समन्वय समितिको पहिलो बैठक बाट मनोनित गरिने जनाएको छ।
    त्यसैगरी कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा गठित दुई सदस्यीय जीजान क्षेत्रिय समन्वय समितिको अधिवेशन समितिले खुम बहादुर सार्कीको अध्यक्षतामा १५ सदस्यीय जीजान क्षेत्रिय समन्वय समितिमा निर्वाचित पदाधिकारीहरूको नामावली सार्वजनिक गरिएको थियो । अध्यक्ष खुम बहादुरको जीजान क्षेत्रिय समन्वय  समितिमा उपाध्यक्ष: प्रितम आले मगर, उपाध्यक्ष: सन्तोष परियार, सचिव: होमनाथ रेग्मी, सहसचिव: दिपक थापा, कोषाध्यक्ष: नयन गौरी मगर, सहकोषाध्यक्ष: खुमराज शर्मा, युवा संयोजक: दिपक बस्नेत, महिला संयोजक: कोपिला गोले, प्रवक्ता: क्षितिज  वली सदस्यहरू: प्रेम ढुंगेल, ईश्वर श्रेष्ठ, हिरा ढुंगाना, शान्ति थिङ  र चुत्र आले मगर रहेको छ।


    उक्त सातौँ र दोस्रो अधिवेशनमा नव गठित क्षेत्रिय समन्वय समितिहरूका पदाधिकारीहरूलाई सम्बोधन तथा शुभकामना दिने क्रममा गैर आवासीय नेपाली संघको उदेश्य तथा कार्य विधी बारे जानकारी गराउँदै एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले क्षेत्रिय समन्वय समितिहरूको हरेक सामाजिक कार्यमा राष्ट्रीय समन्वय परिषदको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
    जीजान क्षेत्रिय समन्वय समितीका कार्यवाहक अध्यक्ष केशव राईको अधिवेशन उद्घाटन सत्रको सभापतित्व र सातौँ पूर्व क्षेत्रिय अधिवेशन समिति संयोजक डम्मर यादवको दोस्रो बन्द सत्रको सभापतित्व रहेको उक्त अधिवेशनमा एनआरएनए आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालक प्रमुख अतिथिको रूपमा उपस्थित  रहनु भएको थियो भने अतिथिहरूमा एनआरएनए साउदीका संस्थापक सदस्य राजु सैयद, आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरू, एनआरएनए एनसीसी साउदीका अध्यक्ष तेज बहादुर थापा  लगायत एनसीसी साउदीका पदाधिकारीहरू र विभिन्न समन्वय समितिहरूमा आवद्ध पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अधिवेशन कार्यक्रमको संचानको भुमिकामा एनसिसी साउदीका महासचिव उमेश भट्टराई रहनु भएको  थियो ।

    Posted in समाजLeave a Comment on क्षेत्रिय अध्यक्षमा विष्णु भण्डारी र खुम बहादुर सार्की निर्विरोध निर्वाचित:

    एनआरएनए साउदी द्वारा राजदूत सिंहको बिदाई

  • १४ जेष्ठ २०७८, शुक्रबार २३:०९ मा प्रकाशित

  • गैर आवासीय नेपाली संघ साउदी अरबले नेपाली दूतावास रियादका राजदूत प्रा.डा. महेन्द्र सिंह राजपूतलाई कार्यकाल पुरा गरी स्वदेश फर्किने क्रममा एक कार्यक्रम गरी विदाई गरेको छ। यही २०७८ जेष्ठ १९    मा राजदूत सिंहले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फिर्ता हुनुहुँदैछ । 


     कोभिड १९ महामारीको प्रकोपलाई मध्यनजर गरी गैर आवासीय नेपाली संघ साउदी अरबले दूतावास प्रांगण रियादमा बिदाई समारोह कार्यक्रम गरी राजदूत सिंहलाई बिदाई गरेको हो। कार्यक्रममा जेद्धा महावाणिज्य दूतावासका का.बा. महावाणिज्यदूतको विशेष उपस्थिति सहित दूतावास परिवार रियाद, गैर आवासीय नेपाली संघको विभिन्न तह र समितिमा आवद्ध पदाधिकारीहरूको अलावा जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष लगायत अन्य नेपाली जनसमुदायको समुपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।


    उक्त बिदाई कार्यक्रममा एनआरएनए आईसीसी सदस्य नारायण पासवान, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष शिवराज जैशी, जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष दिपक रेग्मीले बिदाई शुभकामना मन्तव्य राख्नु भएको थियो भने दूतावास परिवार रियादको तर्फबाट श्रमसहचारी जिवन राई तथा महावाणिज्य दूतावास जेद्धाको तर्फ बाट शत्रुघन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसै गरी एनआरएनए आईसीसी  मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल तथा एनसिसी साउदीका संस्थापक सदस्य एवम् संरक्षक राजु सैयदले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो।


    बिदाई कार्यक्रममा बोल्दै आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फर्कने तयारीमा रहनु भएका महामहिम राजदूतले अवधिमा  आफू राजदूतको रूपमा साउदी अरब आए पश्चात  यहाँ रहेका नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा गरी  संगालेको अनुभवहरू तथा अविस्मरणीय क्षणहरू कोट्याउनु भएको थियो । 


    कार्यक्रमको अन्त्यमा महामहिम राजदूतलाई दोसल्ला ओडाई गैर आवासीय नेपाली संघ साउदीको तर्फ बाट  मायाको चिनो र प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो भने बिदाई कार्यक्रमका सभाध्यक्ष एवम् गैर आवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका आप्रवासी नेपाली कामदारहरूको तर्फ बाट बिदाई शुभकामना मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम एनसिसी साउदीका उपाध्यक्ष विशाल श्रेष्ठले संचालन गर्नु भएको थियो । 

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए साउदी द्वारा राजदूत सिंहको बिदाई

    एनआरएनए अफ्रिका द्वारा पश्चिम नवलपरासी जिल्लामा ६० थान अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

  • ३० बैशाख २०७८, बिहीबार ००:१५ मा प्रकाशित
  • हिक्मत थापा

    एनआरएनए अफ्रिकाको  स्वदेशमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत आज पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण  गरिएको छ । 

       पुर्व मन्त्री  मा.देवेन्द्र कंडेलज्युको बिशेष पहलमा एनआरएनएका अफ़्रिकिन शाखाहरुको  आर्थिक सहयोग,लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्राम को ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज लुम्बिनी प्रदेश सभा सद्स्य  मा.वैजनाथ जैसवाल ज्यु,जिल्ला समन्वय प्रमुख श्री शिव शंकर राय,रामग्राम कार्यपालिका सद्स्य श्री सुनिता श्रेष्ठ,समाजसेवी त्रिलोक श्रेष्ठ ,युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र मिश्र ज्युलाई प्रारम्भिक सुरुवातमा ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको छ ।   

      लायन्स कल्ब बुटवल स्टार  एवं लायन्स 325B2 एरिया चिफ (संयोजक श्री सन्दिप कसौधन),लियो क्लब रामग्राम शाखा (अध्यक्ष श्री बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ) लाई बुटवल  क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरि रहनु भएका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले बिशेष  आभार ब्यक्त गर्नु भएको छ ।

        बुटवल क्षेत्रका पुर्व नवलपरासी , पश्चिम नवलपरासी , पाल्पा , अर्धाखाची र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो , मोजाम्बिके , घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरि रहेका छन ।   त्यस क्षेत्रको एनआरएनए अफ्रिकाको तर्फबाट संयोजन गरिरहनु भएका  एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री  संग थप सहयोग संयोजनका लागि सम्पर्क गर्न हुन समेत  एनआरएनएका मित्रहरू र मनकारी महानुभावहरुमा अनुरोध गरिएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए अफ्रिका द्वारा पश्चिम नवलपरासी जिल्लामा ६० थान अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

    NRNA मध्यपूर्वले ६ सय अक्सिजन सिलिंडर नेपाल पठाउने

  • २८ बैशाख २०७८, मंगलवार ००:५७ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ मध्यपूर्वले १० मेई २०२१ क दिन एक  पत्रकार सम्मेलन गरि कोरोना महामारीका कारण अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान नगुमोस भन्ने उदेश्यले ६०० वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने जानकारी गराएका छन् |
    गैर आवासीय नेपाली संघ मध्यपूर्वको कार्य योजना र ओमान स्थित रहेको नेपाली दूतावासको कुटनीतिक सहयोगमा ४० लिटर क्षमताको ६०० वटा अक्सिजन सिलिन्डर र सोहि मात्रामा रेगुलेटर बढीमा एक साता भित्रमा नेपाल पठाउने गैर आवासीय नेपाली संघका सचिव आर के शर्माले जानकारी दिनु भएको छ | उहाँका अनुसार उक्त अक्सिजन सिलिन्डर नेपाल सम्म पुर्याउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  ओमानका अध्यक्ष विकल झा र आईसीसी प्रवक्ता डी बि क्षेत्रीले व्यवस्थापन तथा समन्वय गरिरहनु भएको  छ | 
    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानका अध्यक्ष विकल झाका अनुसार ५५० वटा अक्सिजन सिलिन्डर अहिले उपलब्ध रहेको र कागजी कामकारबाहीका लागि नेपाली दूतावास ओमानले सहयोग गरिरहेको छ | उनका अनुसार उक्त सिलिन्डर सबै कानुनी प्रक्रिया पुरा गरि एक साता भित्र नेपाल पठाई सकिने छ |
    संघका सल्लाहकार टि बि क्षेत्रीले करिब एक लाख अमेरिकी डलर लागत रहेको उक्त सिलिन्डर नेपाल सरकारको रोहबरमा अति आवश्यक रहेको सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई वितरण गरिने छ  भने अति प्रभावित क्षेत्र र विशेषत: स्वास्थ्य चौकीहरुलाई प्राथमिकतामा राखी सिलिन्डर वितरण गरिने बताउनु भएको छ |
    जानकारी दिने क्रममा मध्यपूर्व सहसंयोजक मनोज श्रेष्ठका अनुसार नेपाल पठाउने अक्सिजन सिलिन्डरको लागि लाग्ने लागत रकम मध्यपूर्वका राष्ट्रिय समन्वय परिषदहरु र मध्यपूर्वमा कार्यरत गैर आवासीय नेपालीहरु बाट संकलन गरिने छ | हाल सम्ममा राष्ट्रिय समन्वय परिषदहरु साउदीले ५ लाख ५० हजार, बह्राईनले ६ लाख, ओमानले ३ लाख, कतारले ७ लाख, कुवेतले २ लाख र यूएईले २ लाख रुपैयाँको प्रतिवद्धता जनाईएको छ  भने रकम अपुग रहेमा थप रकम राष्ट्रिय समन्वय परिषदहरुले  उपलब्ध गरिने वचन प्राप्त भएको  छ |

    कार्यक्रममा मध्य पूर्व सहसंयोजक राजेन्द्र अर्यालले स्वदेशमा नेपाली दाजु भाई दिदीबहिहरू उपचारको क्रममा अक्सिजन अभावको कारण मृत्यु शैय्यामा छट्पटिँदै गरेको दर्दनाक घटनाहरूले जो कोहीको मनमा पिडा हुने भन्दै अक्सिजनकै अभावका कारण कसैले मृत्युवरण नगरोस भन्ने उदेश्यले अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेको जनाउनु भएको छ भने उहाँले यस पुण्यको कार्यमा सहभागी भई आ-आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्न मध्य पूर्वमा कार्यरत श्रमिक दाजु भाई दिदीबहिनीहरू, सामाजिक संघ संस्थाहरू र सम्बन्धित संघ संस्थाहरूमा आवद्ध सामाजिक अभियान्तहरूलाई अपिल गर्नु भएको छ।
    मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालको संचालन र मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आर के शर्मा, प्रवक्ता डी बि क्षेत्री, सल्लाहकार टि बि कार्की लगायत क्षेत्रीय पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो |

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on NRNA मध्यपूर्वले ६ सय अक्सिजन सिलिंडर नेपाल पठाउने

    NRNA द्वारा कोरोना बिरामीका लागि १ सय अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाउने ।

  • २६ बैशाख २०७८, आईतवार १२:५५ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका  लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु  पठाउने निर्णय गरेको हो ।
    बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल  अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित  अघि बढ्नु पर्ने सुझाव दिए ।
    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल  हुदाहुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी  रहँदा  विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए ।
    बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग  जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन संचालन भै  रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।  
    बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिड बिरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न  सकृय रहन सबै राष्ट्रिय समितिलाई आब्हान गरे  ।
    बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
    बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।
    बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको  संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए ।
    संघका महासचिव डा हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद,  पदाधिकारी तथा  आइसीसी सदस्यहरुको उपस्थिती थियो ।
    बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ बिरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव  दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमित हरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on NRNA द्वारा कोरोना बिरामीका लागि १ सय अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाउने ।

    उद्धारका क्रममा आर्थिक हिनामिनामा संलग्न देखिए कानूनी कारवाही गरिने: एनआरएन

  • ७ फाल्गुन २०७७, शुक्रबार ००:४३ मा प्रकाशित
  • संवाददाता

    कोभिड १९ का कारण मध्यपूर्वका देशहरुमा समस्यामा परेका नेपाली कामदारहरुको उद्वार गर्न मध्यपूर्वका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले विभिन्न चरणहरुमा भुक्तानी लिएको थियो । कोभिड- १९ को कारण मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरुलाई समस्या परेको भन्दै एनआरएनए मार्फत अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) ले दिएको रकम विभिन्न चरणहरुमा भुक्तानी लिएका थिए। गैर आवासीय नेपाली संघले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) को सहयोगमा मध्यपूर्वका मुलुकहरु र मलेशियामा कोरोनाका कारण समस्यामा परेका नेपाली कामदारहरुको सहयोग र उद्वारको लागि ५ करोड रकम सम्झौता गरेको थियो ।

    अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) बाट प्राप्त उक्त रकममा भ्रष्टाचार गरेको भन्दै सामाजिक संजालहरुमा  आलोचना भए पछि संघले उद्दार राहत कार्यमा उठेको टिका टिप्पणीप्रति संघ संवेदनशील रहेको जनाएको छ भने  गैर आबासीय नेपाली संघ (एनआरएनए) आईसीसीले सुपरिबेक्षण समिति गठन गरेको जनाएको छ ।  संघका प्रबक्ता डिबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै सचिब आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र महिला सँयोजक भोमा लिम्बु सहितको ३ सदस्यीय समिति गठन गरेको जानएको छ  । समितिले बिभिन्न मुलुकहरुमा उपसमिति गठन गरी खर्चको अनुगमन गर्ने जनाएको छ ।

    उक्त बिज्ञप्तिमा विभिन्न देशहरुबाट हालसम्म १६५ जनाले हावाइ टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा र ४५३ जनालाई कानूनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु-याईएको जनाईएको छ |

    एनआरएन आईसीसीले जारी गरेको बिज्ञप्ति

    प्रेस विज्ञप्ति:

    कोभिड १९ को महामारी पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।

    सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई  वेलाबेलामा दिइएको छ ।

    श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

    राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ ।  उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरु प्रति संघ संवेदनशील छ ।

    राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।

    हाल सम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु-याईएको छ ।

    साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।

    साथै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना ब्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै बर्षदेखि मलेशियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।

    डिबि क्षेत्री

    प्रवक्ता

    गैरआवासीय नेपाली संघ ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on उद्धारका क्रममा आर्थिक हिनामिनामा संलग्न देखिए कानूनी कारवाही गरिने: एनआरएन

    एनआरएनएको विशेष महाधिवेशन बाट विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित, दोस्रो दिन आर्थिक प्रतिवेदनमाथि छलफल जारी

  • ११ माघ २०७७, आईतवार १५:१७ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा संघका पूर्व प्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साझा प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरेका थिए ।
    संशोधन प्रस्तावमाथि ५ घण्टा लामो छलफल पछि अध्यक्ष कुमार पन्तको संशोधित विधान पारित गरियोस् भन्ने प्रस्तावलाई ध्वनिमतका साथ सर्वसम्मतिले पारित गरिएको हो । संशोधित विधानमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिनाभित्र गरि सक्नुपर्ने , केन्द्रीय प्रतिनिधिको नामावली १५ अगष्टसम्म सार्वजनिक गर्नुपर्ने, थप एक युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
    यस्तै दुई सह–कोषाध्यक्ष मध्ये एक महिला अनिवार्य, क्षेत्रीय युवा उपसंयोजक थपिने, निर्वाचन समिति संख्या आवश्यकताअनुसार राख्ने, पाँच सदस्यीय निर्वाचन अनुगमन समिति बनाइने, एक महिलासहित २ जना सचिव थपिने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना कायम गर्ने, पेशागत तथा शैक्षिक समन्वय इकाई गठन प्रावधान राखिएको छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक थपिने, निर्वाचन अनलाइन माध्यमबाट गरिने, आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति कारबाहीमा पर्ने, केन्द्रीय प्रतिनिधि चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने र .अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान राखिएको छ ।संशोधित वुंदाहरू:


    १. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिनाभित्र गरि सक्नुपर्ने ।


    २. केन्द्रीय प्रतिनिधिको नामावली १५ अगष्टसम्म सार्वजनिक गर्नुपर्ने ।

    ३. थप एक युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने ।

    ४. दुई सह–कोषाध्यक्ष मध्ये एक महिला अनिवार्य ।

    ५. क्षेत्रीय युवा उपसंयोजक थपिने ।

    ६. निर्वाचन समिति संख्या आवश्यकताअनुसार राख्ने ।

    ७. ५ सदस्यीय निर्वाचन अनुगमन समिति बन्ने ।

    ८. एक महिलासहित २ जना सचिव थपिने ।

    ९. केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना कायम गर्ने ।

    १०. पेशागत तथा शैक्षिक समन्वय इकाई गठन ।

    ११. क्षेत्रीय महिला उपसंयोजक थप ।

    १२. निर्वाचन अनलाइन माध्यमबाट गरिने ।

    १३ आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति कारबाहीमा पर्ने ।

    १४. केन्द्रीय प्रतिनिधि चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने ।

    १५. अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने ।

    संशोधित विधान नेपाल सरकारको परराष्ट्रमन्त्रालयले प्रमाणित गरेपछि लागू हुनेछ भने २३ जनवरी बाट सुरु भएको  विशेष महाधिवेशनको दोस्रो  सत्र आइतबार आर्थिक प्रतिवेदनमाथि छलफल जारी छ।

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनएको विशेष महाधिवेशन बाट विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित, दोस्रो दिन आर्थिक प्रतिवेदनमाथि छलफल जारी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P