सामाजिक संस्थाहरू राजनितिक पार्टीको झोलेहरुको कृडास्थल:

  • १३ श्रावण २०७८, बुधबार २१:४४ मा प्रकाशित
  • जेन वाईबा

    साउदी अरब | नेपालीहरुको नाम जोडेर गठन गरिएको सँस्थाहरु गैर राजनितिक भन्छन् तर त्यहाँ जति राजनितिक सायद राजनितिक पार्टीमा पनि त्यति साह्रो हुँदैन होला । राजनितीले गैर आवाशिय नेपाली सङ्घ मात्रै होइन नेपाल रेडक्रस सोसाइटी जस्तो पबित्र सँस्था अन्य थुप्रै सँस्थाहरु राजनितिक पार्टीको झोले भाईरसहरुको कृडास्थल बनिसकेको छ । पार्टीको बिभिन्न कमिटीमा आबद्ध ब्यक्तिहरु नै नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घ र अन्य थुप्रै सँस्थाहरुको उच्च ओहोदा पदासिन रहेको छ । यसको ज्वलन्त उदाहरण भनेको नेपाल रेडक्रस सोसाइटी र गैर आवाशिय नेपाली सङ्घमा देखिरहेको छ । 

    अहिले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबले बिभिन्न सङ्घ सँस्थाहरुसङ्ग सहकार्य समन्वय गर्ने निती लिएको छ यो साह्रै सह्रानिय र मनन योग्य छ र आगामी दिनहरुमा पनि यस्तो निती रहिरहोस जसले नेपालीहरुमा परेको समस्याको र नेपालमा भैपरि आउने बिपदलाई समाधान गर्न सक्छौं । यस्तो बिपदको बेलामा सबै सँस्थाको हातेमालो अति महत्वपुर्ण छ र हुने छ । गैर आवाशिय नेपाली सङ्घ साउदी अरबको यो कदमले उत्प्रेरणा हौसला थपेको छ भने एकता नै बल हो भन्ने दोश्रो कोभिडको महामारीमा अक्सिजन सिलिण्डर अभियानले पनि देखाएको छ यो सह्रानिय पनि छ ।


    केहि बर्ष पहिले एउटा बादशाहले गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हालीमुहाली चलाउँदा अन्य सँस्था र सँस्थाको प्रतिनिधीहरुलाई मान्छे नै नगन्ने र अरु सँस्थाहरुको अस्तित्व स्विकार नगर्ने अहमता घमण्डले ओतप्रोत भएको एउटा बादशाहको शासन थियो, अहिले बादशाहको  अन्त्य भएर सबै सँस्थासङ्ग हातेमालो गर्ने अभियान ल्याउँदा अरु सँस्थाहरुले एकता पहललाई सहर्ष स्विकार गर्नु पर्छ भन्ने लाग्छ तर एउटा बादशाहको अन्त्य हुँदा अर्को बादशाहको जन्म नहोस भन्ने सजग र सतर्कता अपनाउन जरुरी छ । मैले जे बोले पनि ठिक भन्ने हिजोको हुकुमी शैली जस्तो नयाँ पदाधिकारी हुनु भएन । स्पष्ट भनौं गैर आवाशिय नेपाली सङ्घ साउदी अरबमा हुकुमी शासनले अरुको अस्तित्वलाई स्विकार गर्न नसक्ने दम्भि भएर  नै दमाममा अन्तर सँस्था समन्वय समितीको गठन भएको हो भन्दा सायद दुईमत नहोला नै । अन्तर सँस्था समन्वय समितीको उद्देश्य ठिक छ । सङ्गठित र शक्ति नै बल हो भन्ने कुरा बिगतको केहि महिना अघिको महाबिर पुन जिको आबिष्कार केन्द्रलाई रु. ३६०००० ( तिन लाख साट्ठी हजार ) दिएको महान कार्यले देखाएको छ ।
    सबै सँस्थासङ्ग हातेमालो गरेर अगाडी बढेमा हामी माथी आईपरेको समस्याहरु सहजै समाधान गर्न सक्ने छौं भन्ने पनि लाग्छ । अबको नेतृत्व हिजो कै बादशाह हुकुमी शैलीमा नभै नेपाल मजदुरको जनजनमा उत्कण्ठ हुने लायकको बन्नु पर्छ हरेक सँस्थाहरुसङ्ग सहकार्य र समन्वय अनि अन्तर्कृया गरेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ । यहाँ एकले अर्कोलाई उछितो काड्ने र एकले अर्कोमा बैमनस्यता फैलाएर अनेकतामा उभिएमा पक्कै नेपालीहरुको हित हुने छैन त्यसैले गैर आवाशिय नेपाली सङ्घ साउदी अरब लगायत सबै सङ्घ सँस्थाहरु एकताबद्ध भएर हातेमालो गरेर अगाडी बढेमा अझ हाम्रो बिच भाईचारा नाता प्रगाढ रहने छ । 


    मैले पनि जिवनमा राम्रो काम सिक्ने अवसर दिएको यो समाज नै हो र नराम्रो काम सिकाउने पनि यो समाज नै । मेरो गल्ति छैन भन्न सकिन्न तर राम्रो काम सिक्ने प्रयासमा छु सिक्ने छु अनि गलत कामलाई छोडेर सकरात्मक कदमलाई अगाडी बढाउन हर प्रयत्न गरिरहने छु । म दानव होइन मानव भएर जिउने प्रयत्न गरिरहने छु । मैले जिबनमा गल्ति गरेछु भने गल्ति औंल्याई दिनु होला ता कि मैले आफ्नो गल्ति स्विकारेर अगाडी बढ्न पाओस । गल्तिहरुबाट नै पाठ सिकेर हरेक कदमहरु नयाँ उद्देश्यका साथ सकरात्मक बिचार लिएर मिर्मिरे बिहानीको उदय हुने गर्दछ । 
    मलाई लाग्छ एक अर्कामा आरोप प्रत्यारोप के का लागी ? सबै जना सल्लाह गरेर एक आपसमा भाईचाराको नाता राखेर अगाडी बढेमा हाम्रो समाजको भबिष्य उज्ज्वल छ नत्र कम्पनीमा काम गर्न आको हो काम गरौं यो शत्रुतापुर्ण ब्यबहार बन्द गरौं । जय नेपाली ।

    (प्रस्तुत कर्ता विगत लामो समय देखी साउदी अरबलाई कर्मथलो बनाई आफ्नो व्यबसाय संचालन् गर्दै सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आउनु भएका एक सफल व्यबसायी तथा सामाजिक अभियान्त हुनुहुन्छ।)

    One thought on “सामाजिक संस्थाहरू राजनितिक पार्टीको झोलेहरुको कृडास्थल:

    1. जेन सर अत्यन्तै सान्दर्भिक बिचार , यी बिचार मा कतै र धेरै कुरा म संग पनि नजिक र आफ्नै भोगे देखे जाने र बुझेका जस्ता पनि लागे ! तर समाज मा ब्यक्ति ले एकै समय सबै पाउनु पर्ने,हुनु पर्ने र म मात्रै भन्ने अहंकार ले ग्रस्त भएर पनि समस्य निम्त्याउन सक्दो रहेछ कि ? र उ ब्यक्ति मा ती आकांक्षा गरिएनुसार क्षमता,अनुभव,ज्ञान् ,सीपकला र शिक्षा साथै धैर्यता पनि छ छैन त्यो पनि ख्याल राख्नु पर्ने होला ! फेरि प्रस्न नैतिकता ,ईमान्दारिता,लगन मिहिनेत र जिम्मेवारी को पनि हुन जरुरी छ ! त्यसैले संसारिक समाज भनिएको हुन सक्छ जहाँ भिन्नता, भिन्नमत र बेग्लाबेग्लै मानिस हुने गर्द्छन,शायद सबै एकैनास भैदिएको भए यो समाज को अर्कै रुप हुने थियो होला !

    Leave a Reply