क्षेत्रिय अध्यक्षमा विष्णु भण्डारी र खुम बहादुर सार्की निर्विरोध निर्वाचित:

  • २१ जेष्ठ २०७८, शुक्रबार २३:१० मा प्रकाशित

  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीका मातहतका क्षेत्रिय समन्वय समितिहरू मध्ये पूर्व क्षेत्र र जीजान क्षेत्रको क्षेत्रिय  समन्वय समितिको ४ जुन २०२१ का दिन संयुक्त अधिवेशन सम्पन्न भएको छ । अधिवेशन  कोरोना महामारीलाई मध्यनजरमा राखी भौतिक उपस्थिति नभई भर्च्युअल माध्यम जुम मार्फत गरिएको थियो भने अधिवेशनमा एनआरएनए एनसीसी साउदीका प्रवक्ता विष्णु नेउपाने द्वारा स्वागत मन्तव्य राखिएको थियो।
    सातौँ पूर्व क्षेत्रिय अधिवेशन र दोस्रो जीजान क्षेत्रिय अधिवेशन कार्यक्रममा   नयन गौरी मगरले एनआरएनए जिजान क्षेत्रिय समन्वय समितिको कार्य प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको  थियो भने उक्त अधिवेशनमा पूर्व क्षेत्रिय समन्वय समितिको कार्य प्रगति तथा आर्थिक प्रतिवेदन एनसिसी महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो ।
     अधिवेशन कार्यक्रममा जिजान क्षेत्रिय समन्वय समितिका कार्यवाहक अध्यक्ष  केशव राईले २०१९/२१ कार्यकालको लागी गठित क्षेत्रिय समन्वय समिति विगठन गरिएको  घोषणा गरिएको थियो ।
    त्यसतै एनआरएनए साउदीका पूर्वीय क्षेत्र क्षेत्रिय समन्वय समितिको लागी एनसिसी साउदीका प्रमुख सल्लाहकार डम्मर यादवको संयोजकत्वमा गठित ५ सदस्यीय सातौँ अधिवेशन समितिले विष्णु भण्डारीको अध्यक्षतामा नव गठित ११ सदस्यीय पूर्व क्षेत्रिय समन्वय समितिका नामावली सार्वजनिक गरिएको थियो । छैठौँ महाधिवेशन द्वारा निर्वाचित कार्यसमितिले पूर्ण कार्यकाल पूरा गर्न नपाई गठन भएको केही महिनामा नै विगठित गरिएको थियो भने तत् पश्चात उक्त समन्वय समिति पुनर्गठन हुन सकिएको थिएन। अन्ततोगत्वा २०२१/२०२३ कार्यकालका लागी  अध्यक्षमा विष्णु भण्डारी निर्विरोध चयन भएको छ भने उनको कार्य समितिमा पदम महत- उपाध्यक्ष, पूर्ण सुनार -सचिव, गणेश आचार्य -सहसचिव, रमेश भट्टराई -कोषाध्यक्ष, यज्ञ प्रसाद भट्टराई -सहकोषाध्यक्ष, गणेश अर्याल -प्रवक्ता, सनोज राज पुरी, सन्जिता महर्जन, गोमा पौडेल र निलकुमार श्रेष्ठ सदस्यको रूपमा रहेको छ ।  उक्त कार्यसमितिको बाँकी पदाधिकारीहरू पूर्वी क्षेत्रिय समन्वय समितिको पहिलो बैठक बाट मनोनित गरिने जनाएको छ।
    त्यसैगरी कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा गठित दुई सदस्यीय जीजान क्षेत्रिय समन्वय समितिको अधिवेशन समितिले खुम बहादुर सार्कीको अध्यक्षतामा १५ सदस्यीय जीजान क्षेत्रिय समन्वय समितिमा निर्वाचित पदाधिकारीहरूको नामावली सार्वजनिक गरिएको थियो । अध्यक्ष खुम बहादुरको जीजान क्षेत्रिय समन्वय  समितिमा उपाध्यक्ष: प्रितम आले मगर, उपाध्यक्ष: सन्तोष परियार, सचिव: होमनाथ रेग्मी, सहसचिव: दिपक थापा, कोषाध्यक्ष: नयन गौरी मगर, सहकोषाध्यक्ष: खुमराज शर्मा, युवा संयोजक: दिपक बस्नेत, महिला संयोजक: कोपिला गोले, प्रवक्ता: क्षितिज  वली सदस्यहरू: प्रेम ढुंगेल, ईश्वर श्रेष्ठ, हिरा ढुंगाना, शान्ति थिङ  र चुत्र आले मगर रहेको छ।


    उक्त सातौँ र दोस्रो अधिवेशनमा नव गठित क्षेत्रिय समन्वय समितिहरूका पदाधिकारीहरूलाई सम्बोधन तथा शुभकामना दिने क्रममा गैर आवासीय नेपाली संघको उदेश्य तथा कार्य विधी बारे जानकारी गराउँदै एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले क्षेत्रिय समन्वय समितिहरूको हरेक सामाजिक कार्यमा राष्ट्रीय समन्वय परिषदको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
    जीजान क्षेत्रिय समन्वय समितीका कार्यवाहक अध्यक्ष केशव राईको अधिवेशन उद्घाटन सत्रको सभापतित्व र सातौँ पूर्व क्षेत्रिय अधिवेशन समिति संयोजक डम्मर यादवको दोस्रो बन्द सत्रको सभापतित्व रहेको उक्त अधिवेशनमा एनआरएनए आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालक प्रमुख अतिथिको रूपमा उपस्थित  रहनु भएको थियो भने अतिथिहरूमा एनआरएनए साउदीका संस्थापक सदस्य राजु सैयद, आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरू, एनआरएनए एनसीसी साउदीका अध्यक्ष तेज बहादुर थापा  लगायत एनसीसी साउदीका पदाधिकारीहरू र विभिन्न समन्वय समितिहरूमा आवद्ध पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अधिवेशन कार्यक्रमको संचानको भुमिकामा एनसिसी साउदीका महासचिव उमेश भट्टराई रहनु भएको  थियो ।

    Leave a Reply