• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्र मन्त्री ज्ञवाली द्वारा उद्घाटन:

  • १० माघ २०७७, शनिबार १४:१४ मा प्रकाशित
  • गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो  औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताउँदै गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै, उहाँले भन्नुभयो,  संकटको  यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।
    ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गर्नुभयो । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले  नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताउनुभयो । उहाँले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गर्नुभयो । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।  
    विशेष महाधिवेशनलाई  सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको  पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताउनुभयो । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व  प्रशंसायोग्य भएको उहाँको भनाई थियो । राजनीतिक लडाँईमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादन मूलक क्षेत्रमा  लगानी ल्याउन जोड दिनु पर्ने उहाँले बताउनुभयो ।
    विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा,  दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उहाँको भनाई थियो ।
    अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिनुभयो ।  
    विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले  गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताउनुभयो । उहाँले  अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।  उहाँले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र  संघको शाख बचाई राख्न सबैलाई आग्रह गर्नुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आव्हान गर्नुभयो  । उहाँले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गर्नुभयो ।  भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिनुभयो ।
    कार्यक्रममा शुभकानमा मन्तव्य दिनु हुँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराउनुभयो । उहाँले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रुपमा  हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिनुभयो  ।
    महाधिवेशनमा संघका सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
    भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रको सञ्चालन संघका महासचिव डा. हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राख्नुभएको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्र मन्त्री ज्ञवाली द्वारा उद्घाटन:

    साउदीको पुर्बी क्षेत्र जुबेलमा NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत राहदानी सहजिकरण सम्पन्न

  • ३ माघ २०७७, शनिबार ०९:१५ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” घुम्ती सेवा कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: १५–जनवरी–२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्बी क्षेत्र जुबेल स्थित एभरेष्ट नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ।

    उक्त कार्यक्रम मार्फत गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष तेज थापाका अनुसार नविकरणका लागि रियाद देखी दुर्गाम क्षेत्रमा रहेका नेपालीहरुलाई राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम  कूल १३३ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्। साउदी अरबका बिभिन्न शहरहरुमा हाल सम्म आठौं चरणको क्याम्पिङ सम्पन्न भएका छन् भने साउदी अरबको पुर्बी क्षेत्रका लागि यो पाँचौं चरणको रहेको छ । उनका अनुसार यस सहजीकरण कार्यमा गैरआवासीय नेपाली संघका विभिन्न तह र ओहदाका पदाधिकारीहरूले सहयोगी भूमिका निभाई रहेको छ।

    उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका बिभिन्न तह र तप्काका  पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो।

    नेपाली राजदुतावास रियाद बाट: बालराम पाण्डे–तृतिय सचिव, सरोज चन्द्र अधिकारी–कार्यालय सहयोगी, हरि घिमिरे–स्थानिय कर्मचारी पुर्वी क्षेत्र र रोशन मण्डल–कार्यालय सहयोगीको उपस्थिती रहेको थियो भने  एनआरएनएको तर्फ बाट सहभागिहरूः राजु सैयद–संरक्षक NRNA NCC, राजेन्द्र अर्याल–सह-संयोजक NRNA ICC मध्यपुर्व, डमर कुमार यादव-प्रमुख सल्लाहकार NRNA NCC, तेज थापा–अध्यक्ष  NRNA NCC, रोशन श्रेष्ठ–उपाध्यक्ष NRNA NCC, रमेश भट्टराई–सचिव, NRNA LCC, दम्माम, गणेश अर्याल–सदस्य NRNA LCC दम्माम, पदम महतो NRNA LCC खोबर, राजेन्द्र पन्त–सदस्य NRNA LCC दम्माम, भिम कार्की – NRNA LCC जुबेल, ओम कुमाल-परियोजना फिल्ड अफिसर साउदि अरब, मुस्ताक मदानि-परियोजना फिल्ड अफिसर साउदि अरब, अक्कल प्रधान–संयोजक नेपाली साझा मञ्च, साउदि अरबको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ७ बजे बाट संचालन भइ साझ ६ बजे सम्पन्न भएको थियो।

    साभार: एनआरएनए साउदी

    Posted in ताजा अपडेट, समाजLeave a Comment on साउदीको पुर्बी क्षेत्र जुबेलमा NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत राहदानी सहजिकरण सम्पन्न

    साउदीको पुर्बी क्षेत्र अल-हासामा NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत राहदानी सहजिकरण सम्पन्न

  • २५ पुष २०७७, शनिबार १०:२१ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ८-जनवरी-२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्वी क्षेत्र अलहासा स्थित मज्र बोक्शा भन्ने स्थानमा सम्पन्न भएको छ। 

    नविकरणका लागि रियाद देखी दुर्गाम क्षेत्रमा रहेका नेपालीहरुलाई राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम २ जना महिला सहित कूल ६९ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्। साउदी अरबका बिभिन्न शहरहरुमा हाल सम्म सातौं चरणको क्याम्पिङ सम्पन्न भएका छन् भने साउदी अरबको पुर्बी क्षेत्रका लागि यो चौथो चरणको रहेको छ।

    उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो।

    नेपाली राजदुतावास रियाद बाट: आनन्द सुवेदी-तृतिय सचिव, सरोज चन्द्र अधिकारी–कार्यालय सहयोगी, हरि घिमिरे–स्थानिय कर्मचारी, पुर्वी क्षेत्रको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: राजु सैयद–संरक्षक, एनआरएनए एनसिसि, राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसि मध्यपुर्व, नारायण पासवान–सदस्य, एनआरएनए आइसिसि,तेज थापा–अध्यक्ष, एनआरएनए एनसिसि, रोशन श्रेष्ठ–उपाध्यक्ष, एनआरएनए एनसिसि, गणेश अर्याल–सदस्य, एनआरएनए एलसिसि दम्माम, अफ्रोज आलम-साउदी अरबका परियोजना फिल्ड अफिसरको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ८ बजे बाट संचालन भइ साझ ४ बजे सम्पन्न भएको थियो।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on साउदीको पुर्बी क्षेत्र अल-हासामा NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत राहदानी सहजिकरण सम्पन्न

    NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको खामिस र दम्माममा राहदानी सहजिकरण सम्पन्न

  • ११ पुष २०७७, शनिबार ०९:४६ मा प्रकाशित
  • संवाददाता

    राहदानी सहजिकरणका लागि NRNA साउदीले शुरुवात गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली महावाणिज्य दुतावास जेध्दाको संयुक्त अभियानमा मिती: २५-डिसेम्बर-२०२० शुक्रबारका दिन साउदी अरबको खामिस मुसैत स्थित Crown Hall, Khamish Mushait मा राहदानी(पासपोर्ट) नविकरण कार्यक्रम सम्पन्न भएको छ। नविकरणका लागि नेपाली दुरदराजका स्थान बाट मावाणिज्य दुतावास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा नेपालीहरुलाई सहज रूपमा सेवा प्रदान  गर्ने उदेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम शुरु गरिएको क्याम्पिङ(घुम्ती सेवा) मार्फत खामिस मुसैतमा कूल ५५ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्।

    त्यसै गरी गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको तेस्रो चरण मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: २५-डिसेम्बर-२०२० शुक्रबारकै दिन साउदी अरबको पुर्वी क्षेत्र दमाम स्थित मुगल रेष्टुरेन्टमा सम्पन्न गरेको जनाएको छ।

     नविकरणका लागि नेपाली राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम २ जना महिला सहित कूल जना १६६ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्।

    उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो। 

    दम्माममा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास रियाद बाट: बलराम पाण्डे–तृतिय सचिव, सरोज चन्द्र अधिकारी-कार्यलय सहयोगी र दुताबासका लागि पुर्बी क्षेत्रका स्थानिय कर्मचारी हरि घिमिरेको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसी मध्यपुर्व, एनआरएनए साउदी:-अध्यक्ष तेज थापा, संरक्षक-राजु सैयद, डमर कुमार यादव-प्रमुख सल्लाहकार, रोशन श्रेष्ठ–उपाध्यक्ष, सत्य नारायण केसी-सदस्य,बाल कृष्ण पंगेनी-सदस्य,ढल बहादुर थापा-भुतपुर्व उपाध्यक्ष आरसिसी पुर्बी क्षेत्र, पूर्ण सुनार-सचिव स्थानिय समिती खोबर, रमेश भट्टराई-सचिव स्थानिय समिती दमाम, ओम कुमाल – परियोजना फिल्ड अफिसर, साउदि अरब पदम महत- एनआरएनए कर्मी गोपाल बस्नेत – एनआरएनए कर्मी तुलसि राम आचार्य – मिडिया कर्मी (हिमालयन दृष्टी) नवराज तामाङ – मिडिया कर्मी (शैलुङ अनलाइन)  श्याम कुमार महतो – हेल्प मदेश, साउदि अरबको उपस्थिती रहेको थियो। 

    यसै गरी सोही दिनको खामिस मुसैत स्थित सम्पन्न  कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका कर्मचारीको संयुक्त उपस्थिती रहेको थियो। नेपाली महावाणिज्य दुतावास जेध्दा बाट: श्रम सहचारी प्रेम प्रसाद उपाध्याय र कार्यालय सहयोगी  राजु बास्कोटा र सुजन वाग्लेको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु:लाल बहादुर मगर-एनआरएनए एनसिसी सचिव, कृष्ण कुमार श्रेष्ठ- एनसिसी सदस्य, होमनाथ दाहाल-क्षेत्रीय सदस्य, शंकर पौडेल-एनआरएनए कर्मी र दावा लामा-स्वयं सेवक को उपस्थिती रहेको थियो।

    गैर आवासीय नेपाली संघका प्रवक्ता विष्णु न्यौपनेका अनुसार राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली नियोग संगको संयुक्त अभियानको बिभिन्न चरणमा गरी हाल सम्म कूल ५७१ जना श्रमिकहरु प्रतक्ष लाभान्वित भएका छन्।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको खामिस र दम्माममा राहदानी सहजिकरण सम्पन्न

    “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो NRNA Mobile Blood Bus हस्तान्तरण :

  • ६ पुष २०७७, सोमबार १३:४१ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ | प्रतिकुल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन संचालन भएको  एनआरएनको “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो घुम्ती रगत बस गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकाको मार्फत नेपाल रेडक्रस सोसईटी चितवन क्षेत्रीय रक्तसंचार, भरतपुरलाई १८ डिसेम्बर ,२०२० (पौष ३, २०७७ ) को दिन हस्तान्तरण गरिएको छ ।

    संघको उपाध्यक्ष डा. बद्रि के. सी. को अध्यक्षता , भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहालको प्रमुख अतिथ्यता र नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाको  सभापति ज्ञानशाली न्यौपानेको विशिष्ट अतिथ्यता मा भएको उक्त कार्यक्रममा संघको तर्फबाट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिव आर. के. शर्मा,सह- कोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह र सोम सापकोटा, मध्य पूर्वीय उप-संयोजक मनोज गोर्खाली, विभिन्न् कार्यदल तथा समितिहरुक  संयोजक तथा सदस्यहरु, राष्ट्रिय समन्वय परिषदहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो भने चितवनको प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद भट्टराई, जिल्लाको स्वास्थ्य प्रमुख, प्रहरी प्रमुख, आर्मी प्रमुख,ए.पी.एफ. प्रमुख, वाणिज्य संघहरुका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय पदाधिकारीहरु तथा जिल्लाका पदाधिकारीहरु,मानगरपालिकाको  उप-प्रमुख, प्रमुख कार्यकारी निर्देशक,निर्देशकहरु,  वडा अध्यक्षहरु,  चितवन  क्षेत्रीय रक्तसंचारका कर्मचारीहरु, रक्तदान गर्ने संघ संस्थाहरु र रक्तदाताहरुको सहभागिता रहेको थियो ।

    नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रति जिम्मेवारी पुरा गर्न धेरै गैरआवासीय नेपालीहरुले आर्थिक तथा प्राविधिक ज्ञान र शिप हस्तान्तरण गर्नको लगानी काम गरिरहेका छन् । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत भण्डारण सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्दै आएको छ । सन् २०१८ मा यस कार्यदलका संयोजक फणिन्द्र पन्तको नेतृत्वको विज्ञ टोलीले  एक कार्यशाला गरि घुम्ती रगत बस परियोजनालाई अगाडी बढाएको  थियो । त्यस कार्यदलले- २०१७-१९ कार्यकालमा १५ लाख जति संकलन गरेको थियो  ।  यो परियोजनालाई अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको सभापतित्वमा  २०१९-२१ मा गैरआवासीय नेपाली संघले आफ्नो गौरवको परियोजना अन्तर्गत राखेको र कोभिड-१९ ले रक्तसंचार क्षेत्रमा निम्तयाएको प्रतिकुलता कम गर्न द्रुत गतिमा काम गरि हस्तान्तरण गररेको  थियो ।

    रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडलले रक्तसंचारलाई गुणस्तरीय बनाउनको लागि गैरआवासीय नेपाली संघको रक्तसंचार कार्यदलले तालिमको लागि नेथरल्यांड्स लगेको थियो र निरन्तर कार्य गरिरहेको  कुरा उदृत गर्दै अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको भए पनि दैनिक ५० युनिट रगत पुर्‍याउन पनि कठिन परिरहेको बताए । रगत बस सञ्चालनमा आएपछि मागअनुसार रगत पुर्‍याउन सक्ने आशामा आफूहरु रहेको उनले बताए । रगतबस सहयोग गरेर पूण्यको काम गरेको भन्दै उनले एनआरएनएप्रति आभार प्रकट गरे ।

    संघका सचिव आरके शर्माले विदेशमा वा स्वदेशमा जहाँ पनि अप्ठ्यारोमा परेका नेपालीहरुका लागि संघले सहयोग तथा सहकार्य गर्दै आएको बताउँदै गैरआवासीय नेपालीहरुको सहयोगमा उक्त बस हस्तान्तरण गरिएको बताएका थिए । त्यसै गरी संघका सह- कोषाध्यक्ष लोक प्रसाद दाहालले यो परियोजनाको लागि छोटो समयमा पर्याप्त सहयोग गर्ने गैरआवासीय नेपालीहरूलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

    एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मेडिकल हवको रुपमा विकास भइरहेको भरतपुरमा ब्लड बसको आवश्यकता महशुस गरी बस सहयोग गरिएको  बताए ।‘देश जनताले नै बनाउने हो । जनताले नै सहयोग गर्नुपर्छ । त्यसैले हामीले सहयोग गरेका हौं’ उनले भने । नेपालीहरु उपचार गर्न विदेश जानु नपर्ने गरी मेडिकल सिटी बनाउनु नेपालमा अति आवश्यक भएको उनले बताए ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले गैरआवासीय नेपाली संघले देशको विकट तथा संकट परेको स्थानहरुमा सहयोग गर्दै आएको र हाल मेडिकल सिटीको  रुपमा विकास भइरहेको भरतपुरमा रगत  बस आवश्यक रहेको बताउँदै त्यसलाई परिपूर्ति गर्न सहयोग गरेकोमा संघलाई धन्यवाद दिएकी थिइन् ।

    संघका उपाध्यक्ष केसीले यस परियोजनामा करिब ४००  जना भन्दा बढी  गैरआवासीय नेपालीहरुले गैरआवसीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदहरु  तथा विभिन्न संघसंस्थाहरुको माध्यमबाट सहयोग प्राप्त भएको र   करिब ७६  लाख नेपाली रुपैया संकलन भएकोमा  बस किनेर हस्तान्तरण गर्दा करिब ६१ लाख खर्च भएको जानकारी गराएका थिए । उनका अनुसार रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उनले बताए ।

    गैरआवासीय नेपाली संघ,  भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाईटी चितवन रक्तसंचार क्षेत्रको प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्धघाटन भए पछि  भरतपुर महानगरका मेयर र कार्यकारी निर्देशकले संयुक्त रुपमा रक्तदान गरेका थिए ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो NRNA Mobile Blood Bus हस्तान्तरण :

    साउदीमा ११ वर्ष देखी बन्धक रहेको महिलाको उद्धार:

  • ४ पुष २०७७, शनिबार ००:२६ मा प्रकाशित
  • संवाददाता

    रियाद/साउदी| बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमालको ११ बर्ष पछी उद्धार भएको गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीले जनाएको  छ।अर्कैको नाममा जारी गरीएको राहदानीमा साउदी अरब पुर्याईएको उनी ताबुक शहर स्थित साउदी नागरिकको घरमा बिगत ११ बर्ष देखी बिना तलब  बन्धक जिबन बिताएको खबर पाए लगत्तै नेपाली महावाणिज्य दुताबास जेद्दाको बिशेष पहल र गैर आवासिय नेपाली संघ साउदी अरबको समन्वयमा उनको उद्धार गरी नेपाल फिर्ता पठाईएको छ।  

    उनको उद्धारमा नेपाली महावाणिज्य दुताबास जेद्दाका श्रम सहचारी प्रेम प्रसाद उपाध्याय सहितको टोली ताबुक पुगेर कानुनी प्रकृया थाली उद्धार  गर्नुका साथै वर्षौं देखी नपाएको तलब सुविधा तथा क्षतिपूर्ती उपलब्ध गराएको थियो। 

    गैर आवसिय नेपाली संघ साउदीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरी निजलाई स्वदेश फर्काईएको छ भने यस प्रक्रियामा पिडितलाई करिब दुई साताको लागि आवश्यक कानुनी प्रकृया पुरा नहुन्जेल सम्म गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले खाना र बस्नको ब्यबस्था मिलाउनुको साथै, हवाइ टिकटको लागि अंशिक रकम र पिसिआर टेस्टको लागि रकम उपलब्ध गराएको थियो। 


    उक्त कार्यमा गैर आवासिय नेपाली संघ साउदी अरबका सल्लाहकार भक्त हमाल र एनआरएनए क्षेत्रिय समन्वय समिती ताबुकको सहयोग रहेको जनाएको छ ।  

    Posted in ताजा अपडेटLeave a Comment on साउदीमा ११ वर्ष देखी बन्धक रहेको महिलाको उद्धार:

    कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ३ पुष २०७७, शुक्रबार १६:३२ मा प्रकाशित
  • संवाददाता

    काठमाडौं | सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस-२ घर भई ललितपुर साविक सैबु गाविस-४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


    सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो ।


    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

    मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

  • २९ मंसिर २०७७, सोमबार १५:४३ मा प्रकाशित
  • संवाददाता

    काठमाडौं | मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


    २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेकी उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल कुमारीगालबाट पक्राउ गरेको हो । साथै सोही  घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको थियो । 


    उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

    अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

  • २२ मंसिर २०७७, सोमबार १५:३१ मा प्रकाशित
  • संवाददाता

    सुर्खेत | वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका-३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् ।
    बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका-२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

    ATM तेड्दै गरेको अवस्थामा पक्राउ :

  • २२ मंसिर २०७७, सोमबार १५:२४ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ | काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


    उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।


    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on ATM तेड्दै गरेको अवस्थामा पक्राउ :

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P