संवाददाता

साउदी अरब | गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” घुम्ती सेवा कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: १५–जनवरी–२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्बी क्षेत्र जुबेल स्थित एभरेष्ट नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम मार्फत गैरआवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष तेज थापाका अनुसार नविकरणका लागि रियाद देखी दुर्गाम क्षेत्रमा रहेका नेपालीहरुलाई राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम कूल १३३ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्। साउदी अरबका बिभिन्न शहरहरुमा हाल सम्म आठौं चरणको क्याम्पिङ सम्पन्न भएका छन् भने साउदी अरबको पुर्बी क्षेत्रका लागि यो पाँचौं चरणको रहेको छ । उनका अनुसार यस सहजीकरण कार्यमा गैरआवासीय नेपाली संघका विभिन्न तह र ओहदाका पदाधिकारीहरूले सहयोगी भूमिका निभाई रहेको छ।

उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका बिभिन्न तह र तप्काका पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो।
नेपाली राजदुतावास रियाद बाट: बालराम पाण्डे–तृतिय सचिव, सरोज चन्द्र अधिकारी–कार्यालय सहयोगी, हरि घिमिरे–स्थानिय कर्मचारी पुर्वी क्षेत्र र रोशन मण्डल–कार्यालय सहयोगीको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फ बाट सहभागिहरूः राजु सैयद–संरक्षक NRNA NCC, राजेन्द्र अर्याल–सह-संयोजक NRNA ICC मध्यपुर्व, डमर कुमार यादव-प्रमुख सल्लाहकार NRNA NCC, तेज थापा–अध्यक्ष NRNA NCC, रोशन श्रेष्ठ–उपाध्यक्ष NRNA NCC, रमेश भट्टराई–सचिव, NRNA LCC, दम्माम, गणेश अर्याल–सदस्य NRNA LCC दम्माम, पदम महतो NRNA LCC खोबर, राजेन्द्र पन्त–सदस्य NRNA LCC दम्माम, भिम कार्की – NRNA LCC जुबेल, ओम कुमाल-परियोजना फिल्ड अफिसर साउदि अरब, मुस्ताक मदानि-परियोजना फिल्ड अफिसर साउदि अरब, अक्कल प्रधान–संयोजक नेपाली साझा मञ्च, साउदि अरबको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ७ बजे बाट संचालन भइ साझ ६ बजे सम्पन्न भएको थियो।
साभार: एनआरएनए साउदी

