• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन 

  • १३ असार २०८०, बुधबार २१:०३ मा प्रकाशित
  • श्रमिकका सरोकार र समस्याबारे बृहत छलफल हुने

    आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधवार बाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको  माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो । सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्रसहित गैरआवासीय नेपाली संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल हुनेछ । यस्तै, दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विभिन्न सत्रमा घनीभूत छलफल हुनेछ । 

    मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ । 

    यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत छ । 

    सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघिय संसदका माननीय सांसद रघुवीर महासेठ,वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राम चन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दुतावास, बहराईनका महामहिम राजदुत श्री तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका महामहिम राजदुत श्री नवराज सुवेदी, नेपाली दुतावास, कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका महामहिम राजदुत श्री डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा  रहेको छ । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शनिबार (३० जून, २०२३) सम्पन्न हुनेछ ।

    Posted in UncategorizedLeave a Comment on आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन 

    आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

  • १३ जेष्ठ २०८०, शनिबार ०२:०१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका मातहतमा रहेको पूर्वी क्षेत्रदम्मामको क्षेत्रिय समन्वय समितिको २०२३–२०२५ कार्यातालका लागी अध्यक्षमा विष्णुभण्डारीलाई चयन गर्दै आठौँ अधिवेशन २६ मेई २०२३ का दिन सम्पन्न भएको छ।

    संघका वरिष्ठ उपाध्यक्ष रविना अर्यालको संयोजकत्वमा रहेको तिन सदस्यीय क्षेत्रिय समन्वयसमिति अधिवेशन समितिले सर्वसम्मतिमा १५ सदस्ययी कार्यसमितिको चयन गरेको हो। उक्तअधिवेशन बाट वरिष्ठ उपाध्यक्षमा काशिन्द्र पासमान, उपाध्यक्षमा धनकुमार तामाङ चयन गरिएकोछ  भने सचिवमा पूर्ण सुनार, सहसचिवमा तोयानाथ अधिकारी चयन गरिएको छ ।

    त्यसै गरी उक्त आठौँ अधिवेशन बाट कोषाध्यक्षमा संजिता महर्जन, सहकोषाध्यक्षमा दिपक खाँड, युवा संयोजकमा मोती राज चेम्जोङ चयन भएका छन्।

    विष्णु भण्डारीको नेतृत्व रहेको उक्त कार्यसमितिको सदस्यहरूमा मित्रलाल बगाले, सुजेन्द्र जित, घनेन्द्र ईजम, रूद्र बहादुर थापा, राम ललित यादव, ललित मण्डल र निरज कुमार राय चयन भएकाछन्।

    अधिवेशन कार्यक्रममा एनआरएनए आरसीसी पूर्वी क्षेत्र दम्मामका अध्यक्ष विष्णु भण्डारी द्वारासांगठनिक तथा कार्य प्रगति विबरण प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन समितिकाकोषाध्यक्ष संजिता महर्जन द्वारा प्रस्तुत गरिएको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

    साउदीअरबमा ३२ आत्माहत्या सहित २०२२ मा १ सय ९७ जना नेपाली श्रमिकहरूको मृत्यु: 

  • १ माघ २०७९, आईतवार १४:४३ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदीअरब-रियाद/ नेपाली यूवाहरूको लागी वैदेशिक रोजगारको गन्तव्य मुलुक मध्ये प्रमुख मुलक साउदीअरब पनि एक हो ।१३ वटा प्रान्तीय शासन व्यवस्था रहेको साउदी अधिराज्यको पूर्वी प्रान्त प्रमुख औद्योगिक शहर भएकै कारण पनि त्यस प्रान्तमा अत्यधिक श्रमिक जनघनत्व रहेको छ भने बाँकी अन्य विभिन्न प्रान्तहरूमा कार्यरत छन्। पछिल्लो तथ्यांक अनुसार हाल साउदीअरबमा ४ लाख भन्दा अधिक नेपाली श्रमिकहरू कार्यरत रहेका छन्।

    सुखद भविष्यको सपना बुनेर साउदीअरबमा पसिना बेच्न आएका नेपाली श्रमिकहरू मध्ये २०२२ को वर्ष दिनमा मात्रै १ सय ९७ जनाको ईहलिला समाप्त भएका छन्। जस मध्ये रियाद स्थित रहेको नेपाली दूतावासको पहलमा १ सय ७९ जना श्रमिकको शव आफन्तलाई बुझाई सकेको छ।जसमा विभिन्न कारणले अवैध रूपमा काम गरिरहेका ६ जना श्रमिकहरूको पनि शव रहेको जनाएको छ।

    स्वदेश पठाईएको शवहरू मध्ये २६ जनाको मृत्यु आत्माहत्याका कारण भएको आधिकारिक स्वास्थ्य संस्थान बाट उपलब्ध गराएको कागजातमा उल्लेख गरिएको छ। स्रोतका अनुसार उक्त १ सय ७९ जनामा ३० जना सडक दूर्घटना, ७ जना सासप्रस्वासमा कठिन हुने गरी गुम्सिएर र ७ जना कार्यक्षेत्रमा दुर्घटनाका कारण मृत्यु भएकाको शवहरू रहेको थियो ।

    त्यस्तै हृदयघात, विद्युतिय झट्का, डुवान र उचाई बाट खसेर १/१ जनाको मृत्यु भएको थियो भने २ जनाको हत्या र १२ जनाको मृत्यु कारण पत्ता नलागेको अवस्थाको थियो । अन्य भने प्राकृतिक मृत्यु भएको जनाएको छ ।

    स्वदेश पठाउन बाँकी शवहरू मध्ये ४ जनाको शवको लागी नेपाली दूतावास रियादले NOC जारी गरी सकेको छ भने त्यसमा पनि २ जनाको मृत्युको कारण आत्माहत्या रहेको छ र १ को मृत्यु सडक दुर्घटना अनि अर्को १ को कारण नखुले स्रोतले जनाएको छ।

    पारिवारिक समजदारीमा ६ जना नेपाली श्रमिकहरूको भने साउदीअरबमै अन्तिम दाहसंस्कार गरिएको छ। जसमा २ जनाएको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो भने १ जनाको सडक दुर्घटना र १ को मृत्युको कारण नखुलेको जनाएको छ ।

    स्रोतका अनुसार बाँकी ८ जनाको भने अनुसन्धानकै प्रक्रियामा रहेको छ जसमा पनि ३ जनाको मृत्यु आत्माहत्याको कारण हुन सक्ने आशंका गरिएको छ । तथापि आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ।त्यसै गरी सुखद भविष्यको सपना बोकेर साउदीअरब आएका मध्ये २०२२ मा ४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    २०२३ को सुरूवाती २ सातामै पनि थप ५ जनाको मृत्यु भई सकेको छ जसमा पनि एक जनाको मृत्यु आत्माहत्या हुन सक्ने आशंका गरिएको छ भने आधिकारिक पुष्टिको लागी अनुसंधानकै क्रममा रहेको स्रोतले जनाएको छ ।

    विगतको वर्षहरूको तुलनामा २०२२ मा आत्मा हत्याको संख्यामा धनात्मक भएको छ। आत्मा हत्या जस्तो गम्भीर कदम चाल्नुको पछाडी पारिवारिक समस्याहरू र उच्च महत्वाकांक्षा रहेको अनुमान लगाउन सकिन्छ।त्यसै गरी विभिन्न सामान्य तथा गम्भीर प्रकारको  कुलतमा लागेका यूवाहरूलाई सुधार केन्द्रको रूपमा खाडी मुलुकलाई देख्ने परिवारको दृष्टिकोण पनि आत्माहत्याको प्रमुख कारण रहेको आधारहरू प्रशस्त पाईने गरेका छन् भने केही दाम्पत्य जीवनको उतार-चढावलाई थेग्न नसकी आत्माहत्याको बाटो तय गरेको देखिन्छ ।

    Posted in ताजा अपडेटLeave a Comment on साउदीअरबमा ३२ आत्माहत्या सहित २०२२ मा १ सय ९७ जना नेपाली श्रमिकहरूको मृत्यु: 

    प्रवासी नेपाली एकता समाज रियाद क्षेत्रिय अध्यक्षमा सापकोटाः 

  • २१ कार्तिक २०७९, सोमबार २३:५७ मा प्रकाशित
  • रियाद/साउदीअरबः वर्तमानमा राजेन्द्र  लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीको भातृ प्रवास संगठन “प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरब” को मातहतमा रहेको रियाद क्षेत्रिय समन्वय समितिको कार्य समिति घोषणा भएको छ। उक्त घोषणाले अमर सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्य समितिको घोषणा भएको हो ।

    यही ४ नोभेम्वर २०२२ शुक्रवारका दिन रियाद स्थित एक सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पानस साउदीअरबले आफ्नो रियाद क्षेत्रिय समन्वय समितिको घोषणा गरेका छन्। पानस साउदीअरबको अध्यक्ष कुबेर हुमाँगाईको सभापतित्वा एवम् नेपाली दूतावास रियादका कार्यवाहक नियोग उप-प्रमुख प्रथम सचिव ऋषि राज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रम बाट सापको नेतृत्वमा रहेको क्षेत्रिय समन्वय समितिको घोषणा भएको हो ।

    सापकोटाको नेतृत्व रहेको उक्त पानस क्षेत्रिय समन्वय समितिको उपाध्यक्षमा सुजन घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी कुमारी गिरी, महामन्त्रीमा किरण कुमार पुरी र जिवन सहमहामन्त्रीमा रहेका छन्।

    त्यसै गरी सचिवमा निरज सिंह, सह सचिवमा ईन्द्र कुमार खनाल, कोषाध्यक्षमा राकेश कुमार यादव, सहकोषाध्यक्षमा पूजा सिंह, प्रवक्तामा, किशन जग बि.क. र सह-प्रवक्तामा अस्मिता सुनार रहेका छन् भने सदस्यहरुमा रोशन बस्नेत, प्रेम कुमार गुरुङ, रोहन परियार र लोक बहादुर पुरी रहेका छन्।

    प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरबका महामन्त्री नविन मुडभरी द्वारा संचालित उक्त कार्यक्रममा अतिथिको रूपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक महासचिव विमल गौतम, एनआरएनए एनसीसी साउदीअरबका उपाध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंचका वरिष्ठ उपाध्यक्ष कृष्ण कार्की लगायत साउदीअरब स्थित क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न पेशा तथा व्यावसायामा आवद्ध व्यक्तित्वहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरू र नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।

    Posted in राजनीतिLeave a Comment on प्रवासी नेपाली एकता समाज रियाद क्षेत्रिय अध्यक्षमा सापकोटाः 

    मायादेवीको आगामी आवको ६२ करोड बढीको बार्षिक बजेट सर्वसम्मत रुपमा पारित ।। 

  • ३० असार २०७९, बिहीबार १०:४५ मा प्रकाशित
  • राघवेन्द्र चौवे

    कपिलवस्तु

    मायादेवी गाउँपालिकाको दशौं गाउँसभाले आगामी आव ०७९/०८० को बार्षिक बजेटसहितको योजना तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ। मंगलबार बसेको चालु गाउँसभाको दशौ बैठकले उक्त बजेटसहितको कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो। गाउँसभामा अध्यक्ष वलीउद्दिन मुसलमानले प्रस्तुत गरेको आगामी आव ०७९/०८० का लागि ६२ करोड ७९ लाख ६१ हजार बजेट सभामा पेश गर्नु भएको थियो।

    बजेटमाथि विभिन्न छलफल पश्चात मंगलबार गाउँसभाले पास गरेको हो। मायादेवीले विशेष गरि बजेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई मजबुत बनाउने लक्ष्यसहितको कार्यक्रमलाई प्राथमिकता दिएको छ। बजेट भाषण गर्दै गाउँपालिका भित्रका ८ वटै वडाको विकासका लागि सुक्ष्म ढङ्गबाट बजेटले समेट्ने प्रयास गरिएको पनि अध्यक्षले दाबी गर्नुभएको छ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on मायादेवीको आगामी आवको ६२ करोड बढीको बार्षिक बजेट सर्वसम्मत रुपमा पारित ।। 

    प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

  • २३ बैशाख २०७९, शुक्रबार ००:५३ मा प्रकाशित

  • रियाद/साउदीअरब। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिन साउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीय अधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
    उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौला इस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी महामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।


    उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुर नाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाई चयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपक उपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङ राई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमार कार्की निर्वाचित भएका छन्।


    उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीय समन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा बुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।


    नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसको दोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेको थियो ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

    प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

  • २३ बैशाख २०७९, शुक्रबार ००:२८ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्वइदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिनसाउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीयअधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीयकार्यसमिति निर्वाचित भएका छन्।

    उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौलाइस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरीमहामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।

    उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुरनाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाईचयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपकउपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङराई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमारकार्की निर्वाचित भएका छन्।

    उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुखअतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीयजनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीयसमन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथाबुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।

    नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसकोदोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेकोथियो ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

    साउदीअरब देखी नेपाल सम्मको हवाई उडान अवरुद्ध सम्बन्धमा एनआरएनए साउदीको ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति!

  • २८ माघ २०७८, शुक्रबार २३:४६ मा प्रकाशित
  • साउदीअरबको दम्माम र रियाद बाट नेपालको काठ्माण्डौँका लागी सिधा उडान भर्दै आएको हिमालयन एयरलाइन्सले एक सुचना जारी गर्दै अचानक अनिश्चित समयावधिको लागी सबै उडान रद्ध गरिएको कारण सयौँ यात्रीहरू मर्कामा परेका छन्।हिमालयन एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण उल्लेख गर्दै सबै उडान स्थगित गरिएको सुचनामा जनाएको छ।


    अनपेक्षित र पूर्व सुचना विना यसरी उडान स्थगित हुँदा पूर्व निर्धारित उडान तालिका बमोजिम टिकट लिएर तयारी सहित एयरपोर्ट पुगेका यात्रीहरू विचल्लिमा पुगेका छन्। यस प्रकार सयौँ यात्रुहरू मर्कामा परेको जनाउँदै एनआरएनए एनसीसी साउदीअरबले आफ्नो ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति जारी गरेको छ। संघको अध्यक्ष डमर कुमार यादव र महासचिव उमेश भट्टराई द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ “ आफ्नो बासस्थान छोडेर घर फर्किने आशाका साथ खाली हात रहेका नेपाली यात्रीहरुलाई तत्काल उडान नहुन्जेल सम्मका लागि होटेलको ब्यबस्थापन तथा तत्काल रद्द फ्लाइट सुचारू गरि जिम्मेवारी बहन गरिदिनुहुन सम्बन्धित हिमालय एयरलाइन्स र नियामक निकाय नेपाल पर्यटन बिभागको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”


    एनआरएनए एनसीसी साउदीअरबले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तैः
           प्रेस बिज्ञप्तिः

     साउदि अरबको दमाम र रियाद देखी काठमाडौ नियमित उडान गर्दै आइरहेको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सबाट बिना सूचना एक्कासि उडान रद्द गरेको कारण सयौं नेपालीहरु विमान स्थलमा अलपत्र परिरहेको प्रति गैर आबासिय नेपाली संघ, साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ । सयौं किलोमिटर दुरि तय गरि आ आफ्नो बासस्थान छोडेर घर फर्किने आशाका साथ खाली हात रहेका नेपाली यात्रीहरुलाई तत्काल उडान नहुन्जेल सम्मका लागि होटेलको ब्यबस्थापन तथा तत्काल रद्द फ्लाइट सुचारू गरि जिम्मेवारी बहन गरिदिनुहुन सम्बन्धित हिमालय एयरलाइन्स र नियामक निकाय नेपाल पर्यटन बिभागको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीअरब देखी नेपाल सम्मको हवाई उडान अवरुद्ध सम्बन्धमा एनआरएनए साउदीको ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति!

    एनआरएनए एनसीसी साउदीअरब द्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न ।

  • २१ माघ २०७८, शुक्रबार २३:३८ मा प्रकाशित
  • रियाद साउदीअरब । स्वास्थ्य विमा र ईकामा नभई स्वास्थ्य उपचार नपाईएका नेपाली श्रमिकलाई लक्षित  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। साउदीअरबको पूर्वीय प्रान्तको औद्योगिक क्षेत्र जुबैल स्थित गल्फ एसियन मेडिकल सेन्टरमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीले कार्यक्रमको आयोजना गरेको थियो। 
    उक्त सिविर बाट १ सय ५१ जना नेपाली श्रमिकहरूले स्वास्थ्य परिक्षण तथा औषधिउपचारको सेवा प्राप्त गरेका छन्। सेवा ग्राहीले उक्त निःशुल्क स्वास्थ्य सिविर बाट रक्तचाप, मधुमेह, यूरिक एसिड, मृगौला सम्बन्धी र कलेजो सम्बन्धीत प्रयोगशाला परिक्षण गराएका थिए ।


    कार्यक्रममा स्वास्थ्य सेवाको साथै उपस्थित श्रमिकहरूलाई स्वास्थ्य सम्बन्धी सचेत पनि गराएको थियो। गल्फ एसियन मेडिकल सेन्टरका MBBS DNB डा. सैयद अश्फकले स्वस्थ रही एलोपैथिक औषधीय उपचार बाट टाढा रहँदै स्वस्थ रहने तरिका बारे जानकारी दिएका थिए भने उक्त कार्यक्रममा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र दम्मामका लागी जन सम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो।


    त्यसै गरी उक्त सिविरमा स्वयंसेवकको भूमिकामा एनआरएनए आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक सदस्य तथा संरक्षक राजु सैयद, एनआरएनए आईसीसी सदस्य तेज बहादुर थापा, याशमिन वैगम,एनआरएनए एनसीसी साउदीका अध्यक्ष डमर यादव, उपाध्यक्ष रबिना अर्याल, सल्लाहकार रामदूलार मण्डल लगातका पदाधिकारीहरू, हेल्प मधेशका तर्फ बाट कासिन्द्र पासमान लगायतका पदाधिकारीहरू, तमुधी साउदीअरबका अध्यक्ष खेम गुरूङ्को उपस्थिति रहेको थियो ।

      Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए एनसीसी साउदीअरब द्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न ।

      साउदीअरबको जेलमा नेपालीको मृत्यु:

    • ११ पुष २०७८, आईतवार ००:३२ मा प्रकाशित
    • साउदी अरबलाई रोजगारीको गन्तव्य बनाई साउदी आएका एक नेपाली श्रमिकको जेलमा मृत्यु भएको छ ।मोरङ जिल्लाको बेलबारी स्थाई घर भएका सोम बहादुर धिमालको साउदी स्थित जेलमा मृत्यु भएको हो।कैदी अवस्थामै रहेको अवस्थामा यही ९ डिसेम्बरमा उनको मृत्यु भएको हो । उनि एभरब्राईट ओभरसिज् मेनपावर मार्फत करिब ४ वर्ष अघि साउदी प्रवेश गरेका थिए।
      उक्त मेनपावर बाट साउदी अरबको प्रतिष्ठित अजमेल कम्पनीमा श्रमिकको रूपमा उनि आएका थिए भने पचासौँ हजार कामदार रहेको उक्त कम्पनी विश्व आर्थिक मन्दी र मध्यपूर्व द्वन्द संगै आफ्नै व्यवस्थापकिय कम्जोरीका कारण कम्पनी धारासाही हुँदै बन्द हुन पुगे पछी धिमाल संगै हजारौँ कामदार अलपत्र परी अवैध हुन पुगेका थिए।


      आफू अवैध भएरै पनि बाहिर काम गर्दै आएका थिए । यसै क्रममा केही लालशा र छिट्टै स्वदेश फर्किन पाउने प्रलोभनमा साउदी कानुन विपरित मदिरा ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको उनकै छिमेकी रूद्र खड्काले जनाएका छन्।


      मृतकको शव सिघ्र नेपाल पठाई दिन परिवारले नेपाली नियोग र विभिन्न संघ संस्थाहरूलाई अनुरोध गरेका छन् भने नेपाली दूतावासले जेलमै मृत्यु भएको कारण हाल जाँचबुझ चलिरहेको बताएको छ। दूतावासका अनुसार धिमाललाई अवैध काममा लगाई दिएका विचौलियालाई समेत अनुसंधानको लागी खोजी रहेको जनाएको छ।


      नेपाली दूतावास रियादले जनाए अनुसार अहिले सम्म प्राप्त जानकारीमा जेल भित्रै साथीहरू संग कुरा गर्दा गर्दै ढलेर मृतकको मृत्यु भएको सुचना रहेको छ। मृतकको शव स्वदेश पठाउन सिघ्रताको प्रयास जारी रहे पनि धिमालको शव नेपाल फर्किने निश्चित समय तोक्न नसकिने अवस्था रहेको छ।

      Posted in मुख्य खबरLeave a Comment on साउदीअरबको जेलमा नेपालीको मृत्यु:

      Posts navigation

      Older posts

      Himalayan Dristi Team

      • प्रधान सम्पादक

        अनिल आचार्य

      About us

      • हाम्रोबारे

      Follow us on Facebook

      Contact Us

      Kathmandu, Nepal
      Email: himalayandristi@gmail.com
      Phone:-00977-9868990772
      Web:
      www.himalayandristi.com/
      विज्ञापनका लागि
      कृष्ण गिरि 00977-9860341922

      © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P