
रियाद/साउदीअरबः वर्तमानमा राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीको भातृ प्रवास संगठन “प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरब” को मातहतमा रहेको रियाद क्षेत्रिय समन्वय समितिको कार्य समिति घोषणा भएको छ। उक्त घोषणाले अमर सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्य समितिको घोषणा भएको हो ।
यही ४ नोभेम्वर २०२२ शुक्रवारका दिन रियाद स्थित एक सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पानस साउदीअरबले आफ्नो रियाद क्षेत्रिय समन्वय समितिको घोषणा गरेका छन्। पानस साउदीअरबको अध्यक्ष कुबेर हुमाँगाईको सभापतित्वा एवम् नेपाली दूतावास रियादका कार्यवाहक नियोग उप-प्रमुख प्रथम सचिव ऋषि राज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रम बाट सापको नेतृत्वमा रहेको क्षेत्रिय समन्वय समितिको घोषणा भएको हो ।

सापकोटाको नेतृत्व रहेको उक्त पानस क्षेत्रिय समन्वय समितिको उपाध्यक्षमा सुजन घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी कुमारी गिरी, महामन्त्रीमा किरण कुमार पुरी र जिवन सहमहामन्त्रीमा रहेका छन्।
त्यसै गरी सचिवमा निरज सिंह, सह सचिवमा ईन्द्र कुमार खनाल, कोषाध्यक्षमा राकेश कुमार यादव, सहकोषाध्यक्षमा पूजा सिंह, प्रवक्तामा, किशन जग बि.क. र सह-प्रवक्तामा अस्मिता सुनार रहेका छन् भने सदस्यहरुमा रोशन बस्नेत, प्रेम कुमार गुरुङ, रोहन परियार र लोक बहादुर पुरी रहेका छन्।

प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरबका महामन्त्री नविन मुडभरी द्वारा संचालित उक्त कार्यक्रममा अतिथिको रूपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक महासचिव विमल गौतम, एनआरएनए एनसीसी साउदीअरबका उपाध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंचका वरिष्ठ उपाध्यक्ष कृष्ण कार्की लगायत साउदीअरब स्थित क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न पेशा तथा व्यावसायामा आवद्ध व्यक्तित्वहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरू र नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।

