म जहाज चढेर परदेश गएको मान्छे फर्किदा पनि जहाजनै चढेर फर्किएको छु फरक यति मात्रै हो जाँदा सिटमा बसेर रमाइला दृश्यहरु हेर्दै मिठा मिठा खानेकुरा खादै रमाइला गफ गर्दै उज्ज्वल भविष्यको मिठो सपना देख्दै गएको थिएँ । फर्किदा आँखा बन्द गरेर चुपचाप कहिले नउठने गहिरो निद्रामा बिना सपना मस्त निदाएर फर्किएको छु ।
म जाँदा पनि एयरर्पोर्टमा आफन्त आएका थिए । म फर्किदा पनि आफन्त एयरर्पोर्ट आएका छन् । फरक यति मात्रै हो जाँदा छोड्न आएका थिए छिट्टै भेट्ने र रमाइलो गर्ने आशा साथ। अन्तिम बिदाईका हात हल्लाएका थिए ।
फर्किन त छिट्टै फर्किएँ । तर ती आफ्न्तलाई कहिले नदेख्ने र कहिले नबोल्ने गरेर वृद्ध बाले कान्छा म मरे भने दाग बत्ती दिन झिट्टै आउनु भनेका थिए बा म फर्कन त छिट्टै फर्किएको छु तर फरक यत्ती हो म दाग बत्ती दिन होइन लिन आएको छु ।
म जाँदा पनि प्यारी रोएकी थिइन् । म फर्कदा पनि प्यारी रोइरहेकी छिन् । फरक यति मात्रै हो । जादा उनको आँसु पुछ्न सक्थे फर्किदा सक्दिन । पहिले उनीसँग बोल्न सक्थे अहिले सक्दिन । जाने बेला छिट्टै आउनुस् भनेकी थिइन् आउन पनि छिट्टै आएँ तर फरक यत्ति मात्रै हो जादा मान्छे भएर गएको थिएँ । आउदा मुर्दा बनेर ।
अभिराज खाती अन्जान थाहा नगरपालिका ४ मकवानपुर (हाल काठमाडौं)
छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै सामाजिक बिक्रितिमै छुटिरहेको छ मानव अझै चल्दैन यो छोरी बिना मानव चक्र को संसार छोरीलाई नै तिरस्कार गरि किन खोसिन्छ उसको अधिकार छोरी पढाउछौ स्कुलमा छोराको छरे बोडिङमा मन दिदीभाइ बिचको बिभेदले नि कति दुखाउछ छोरिको मन छोरा छोरी बिच समानता छ मुखले भनिन्छ जहाँ छोरी लाई नै तिरस्कार गरि किन पछारिन्छ त्यहाँ छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै छोरी भएर छोरिकै मर्म बुझ्दिदैनन किन यहाँ अशिक्षित छोरिको पीडा सोच्दिदैनन किन यहाँ छोराले नराम्रो गर्यो होनहार भयो भनिदिन्छ छोरीहरुले राम्रै गरेनि बदनामि हुन्छन् किन छोरालाइ बोडिङ पठाउछौ मिठो खाजा र राम्रो ब्याग बोकाएर छोरीलाई चाहिँ रित्तो झोलानी बोक्न दिदैनौ किन छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै छोरी हरु स्कुल जान्छन् हतार तहार घास दाउरा गरेर छोरा हरु बिहान भरी सुतेपनी औंला उठाउदैन किन कहाँ छर छोरा छोरी बिच शिक्षामा समानता हामी आफुलाई चेतनशील प्राणी भन्छौ तर त्यही चेतनशील प्राणी भएर पनि छोरी लाई पशु सरह व्यबहार गरिन्छ किन छोरिले नि छोराले झै शिक्षा पाउनै पर्छ शिक्षा पाए छोरिले नि देश चलाउन सक्छ छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै सामाजिक बिक्रितिमै छुटिरहेको छ मानव अझै छोरा आउछ बोडिङ बाट खान अनि खेल्न पाउछ छोरीलाई चाइ खानै नदिइ काम लगाइन्छ किन छोरिले गरेको राम्रो काम पनि गलत ठानिन्छ यहाँ छोराले गरेको गलत काम लाई राम्रो मानिन्छ किन अझै पनि सोध्छ समाजले छोरी पडेर के गर्छ भनेर तर सोच्दैनन् अवसर पाए के-के गर्न सक्छ छोरी को शिक्षा पनि होनहार हुन्छ भनी बुझ्दैनन् किन छोराछोरी बिच समान शिक्षा,अधिकार छ त भनिन्छ तर त्यही छोरीको शिक्षा र अधिकार खोस्न खोजिन्छ किन छोरिले नि छोरा सरह अधिकार पाको छैन अझै सामाजिक बिक्रीतिमै छुटिरहेको छ मानव अझै
घोराही, १४ कार्तिक दङ्गाली गीतकार प्रकाश केसीद्वारा रचित एवं विश्व कीर्तिमानी संगीतकार सन्ताेष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतिसङ्ग्रह ‘गहना’ काे समीक्षा कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद्काे अायाेजनामा आयोजित उक्त कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा सँस्कृतिविद् डा. गाेविन्द आचार्यको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो । गीतिसङ्ग्रह ‘गहना’ मा संग्रहित गीतहरुकाे समीक्षा साहित्यकार एवं समालोचक नारायण नेपालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा आचार्य र अध्यक्ष खनालले गहना गीतिक्षेत्रमा भएको यो महत्वपूर्ण उपलब्धि हाे भएको उल्लेख गरेका थिए । साथै उनीहरुले स्रष्टाहरूप्रति शुभेच्छा समेत प्रकट गरेका थिए ।
उक्त अवसरमा एल्बमका गीतकार केसी र संगीतकार श्रेष्ठले गीत सिर्जनाका सन्दर्भमा मन्तव्य राखेका थिए ।
उक्त अवसरमा हालसालै मृत्युवरण गरेका परिषद्का आजीवन सदस्य एवं लाेकगायक मथुरा श्रेष्ठकाे सम्झनामा एक मिनेट माैनधारण समेत गरिएको थियो ।
कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य डा. प्रेम याेगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकाेटाले गरेका थिए ।
कविता कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन भन्नत सबैले भन्छन् मेरो देश सब जातजाति को सुन्दर फुलबारी तर त्यहि देशमा धर्म विच किन बिभाद सरकार भन्नत सबै धार्मिक स्थललाई संरक्षण गरौं भन्छौ तर पुस्तौ देखि देखिएको धर्मस्थान लाई क्षतिग्रस्त गरि हटाउन खोजिन्छ किन यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन धर्म निरपेक्षता भएको देश भन्छौ सरकार तर धर्मको धार्मिक स्थलनै बिनाश गर्ने कोशिश गरियो किन मुस्लिम समुदायको सदासाहयता लाई किन कमजोर ठान्छौ सरकार आ-आफ्नो धर्म स्थल सबैलाई प्यारो लाग्छ भनेर बिर्सिन्छौ किन यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन सबैको चाडपर्व एउटै हो भनेर किन बुझ्दैनौ सरकार कसैको पर्वमा कोरोनानै नहुदा पनि बन्द गरेर राखेउ कसैको पर्वमा यति महामारी फैलिदा पनि अँखा खोल्दैनौ किन राम्रो काम गर्नेलाई गलत ठानी सजाय दिन्छौ सरकार तर अपराधीको चाहिँ सोध खोज पनि गरिदैन किन यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ तर व्यबहार उतारिदैन किन बहुमत को कुर्सीमा बसेर धार्मिक स्थलको संरक्षण गरेको खोइत आफै धामी आफै झक्री बन्ने यस्तो लाई पनि नियम भन्छ र सरकार यस्तो समसामुहिक धरना लाई पनि गम्भीरतामा लिदैनौ किन अपराधी को खोजी गर्दैनौं भने हामी आन्दोलन मा उत्रिन तयार छौ सरकार यो कस्तो नियम बनयौ सरकार कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन धर्म निरपेक्षता देश भनी घोषणा गर्छौ नै किन यदि नियमलाइ व्यबहारमा उतार्दैनौ भने कागज मा मात्र लेखेर के गर्छौ सरकार नेताहरू लाई हल्का चोट लाग्दा चाहिँ आन्दोलन गर्नुपर्ने धार्मिक स्थललाइ नै हटाउन खोज्दा चाहिँ बहिरो बन्छौ किन धर्मको नाममा कसैलाई पनि हस्तक्षेप गर्न पाइदैन सरकार आ-आफ्नो धर्मको सबैलाइ उत्तिकै महत्त्व हुन्छ सरकार यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन..
कविता एउटा विरामी पैसाको अभावमा/धरौटीको अभावमा उपचार त के अस्पताल छिर्न समेत नपाई गेट बाहिर पिडाले तड्पिरहँदा उसका विवश आँखा नियाल्न खोज्दैछ सरकार कहाँ छ ?
एउटा किसान कठोर परिश्रमका वावजुद समयमा मल,बीउ केही नपाउँदा खुईय्य सुस्केरा हाल्दै सोच्दैछ सरकार कहाँ छ ?
एउटा ब्यापारी ब्यापार/ ब्यवसायमा भोटे ताल्चा मारी कर तिर्न किस्ता तिर्न अनि घरभाडा तिर्न पैसाको जुगाडमा चारैदिशा भौतारिइरहँंदा उसका पाइलाहरु खोज्दैछ सरकार कहाँ छ ?
एउटा गरिब/ मजदुर साँझ बिहानको दुई छाक टार्न नसकी कामको खोजीमा लखर लखर सडक गल्ली छिचोल्दै फुटपाथमा टुक्रुक्क बसी पुर्पुरोमा हात राख्दै सोच्दैछ सरकार कहाँ छ ?
एउटा डेरावाल कोठाभाडा तिर्न नसकी कोठाबाट निकालिइ फुटपाथ, पार्कमा आश्रय लिदै केवल एक छाक खानाको लागि रित्तो प्लेट बोकी ढुकिरहनु पर्दा उसको अन्तस्करण भनिरहेछ सरकार कहाँ छ ?
एउटी नारी आफ्नो अस्मिता जोगाउन नसकी खेतबारी, बनपाखा पानी पँधेरोमा बलात्कृत हुन्छे अनि मारिन्छे उनको आत्मा भनिरहेछ सरकार कहाँ छ ?
एक आम नागरिक लामो लकडाउनले आर्थिक रुपमा टुटेको गलेको, खोक्रो भएको बेला बजारको मनोमानी र अप्रत्याशित चरम मुल्यवृद्वीको सगरमाथा आरोहण गर्न नसकेर थचक्क बसी सोच्दैछ महंगी नियन्त्रण गर्छु भन्दै आँफुले खाईनखाई तिरेको करमा रजाइँ गर्ने सरकार कहाँ छ ?
बितेको समयको पछुतो गर्दै सास्कृतिक एकतामा रमाउन सिकायौ ।। गाउघरँमा रहेर स्वजन सगं रमाउदै अनुकरणीय मर्म बुझ्न सिकायौ ।। मेरो सलाम छ कोरोना तिमि ले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।। अरुको देशमा रगत पसिना बगाएर हिड्ने नेपाली लाई आफ्नै देशमा रगत पसिना बगाउन सिकायौ ।। धेरै लगानि गरेर बिदेश जानेका लागि आफ्नै देशमा समृद्ध , सङ्घर्षशिल, आत्मनिर्भर बन्न सिकायौ ।। मेरो सलाम छ कोरोना तिमी ले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।। शहरमा मात्र खुशि मिल्छ भनेर खोज्ने हरुका लागि गाउँ घरमा बेसेर खुशि हुँदै उत्सुख हुन सिकायौ ।सहरमा बसेर मिठो मिठो मःम चाउमिन खाजा नभै नखानेका लागि गाउँ घरमा बाझो रहेको खेतबारीमा कोदो मकै रोपि रोटि मकै खान सिकायौ ।। मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ।।
अहिले कमाए अहिले खाने रमाउने नेपालीका लागि केही सञ्चिता गर्न पर्छ भन्ने कुरा सिकायौ ।। शहरमा बसेर चाडपर्वमा मात्र गाउँ प्रत्यागमन गर्ने हजारौं गाउलेबासि लाई गाउँ प्रत्यागमन गरेर माया साट्न सिकायौ ।। मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।। हामी नेपालीका लागि अथाह, अप्रान्य भएको बिचार लाई नेपालको गौरव र गाउँ घरको स्मृति गर्न सिकायौ।।
नेपाल छोडेर धन कमाउन बिदेश गएका नेपाली लाई प्रत्यागन गराएर उन्नति प्रगति गर्न सिकायौ ।।
मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।। विवाह गर्नासाथ गाउँ घर छोडेर सहर बस्ने मानिस लाई गाउँ प्रत्यागन गरेर स्वजन सङ्ग घुलमिल हुन सिकायौ ।। दशै तिहारमा मात्र गाउँघर जाने दाजुभाइ,दिदिबहिनी,केटाकेटीहरु लाई गाउँमा प्रत्यागन गरेर उकाली ओराली पाखापखेरिमा हिड्न सिकायौ ।। मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।।
म ठुलो जात म जान्ने म नै धनी भन्ने हरुलाई अहङ्कार (रिपु) तोड्न सिकायौ।।
सास्कृतिक सम्बन्धि परम्परा बिर्सिसकेका नेपालीलाई पुरातत्िवक रितिरिवाजमा हिड्न सिकायौ ।। मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई धेरै-धेरै कुरा गर्न सिकायौ ।। विश्वको हात मिलाउने परम्परा लाई तोडेर हामी सारा नेपालीको नमस्कार गर्ने सस्कारमा जोड् दियौ।।
मेरो सलाम छ कोरोना तिमीले हामी नेपाली लाई नेपालमानै सुन फल्छ त्यसको लागि परिश्रमका साथ आत्मनिर्भर हुन पर्छ। आफ्नै देशमा रगत पसिना बगाउन पर्छ भन्ने कुरा एक चेतनशिल प्राणीलाई बोध गरायौ ।।