• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

टुक्का साहित्य समाज काठमाडौद्वारा ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न

  • १७ असार २०७८, बिहीबार १४:०८ मा प्रकाशित
  • राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको दिन पारेर टुक्का साहित्य समाज काठमाडौले ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न गरेको छ।

    उक्त शृङ्खलामा नेपाल लगायत विश्वका नेपाली भाषी ६२ जना टुक्का साहित्यकारहरुले सहभागिता जनाएको शृङ्खलाकि संयोजक बिमुन्स पौडेलले बताउनुभयो । साथै सहभागी टुक्काकारहरुलाई राष्ट्रिय धान दिवस तथा असार पन्ध्रमा केन्द्रित रहेर टुक्का लेख्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

    शृङ्खलामा सहभागी टुक्काकारहरुलाई संयोजक पौडेल र टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको शुभकामना दिनुका साथै सक्रिय सहभागिताका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

    राष्ट्रिय धान दिवस तथा असार पन्ध्र सम्वन्धि टुक्का अभ्यासमा सहभागी टुक्काकारका टुक्काहरू जुन
    झ्याउरे छन्द/असारे लय वा स्वच्छन्द थिए ।
    (झ्याउरे छन्द सूत्र – ३+२,३+२,३+३ = १६ अक्षर ( पाँच, दश र सोह्र अक्षरमा विश्राम।)
    …………………………………………
    (१**)
    १)
    नरुनु आमा ढाडस दिन्छु रोपाईंको बेला,
    छोरो छ टाढा बाउसे छैन नगर्नु झमेला।
    २)
    चाहेको कुरा पुग्दैन आमा अभागी छोरोको,
    कसरी आउँ खल्तिमा छैन टिकट मोरोको ।
    ३)
    चिउरा दही मुछेर खानु सम्झना राखेर,
    राखनु आमा एउटा भाग देवता भाकेर ।
    ४)
    कोरोना छ रे गाउँमा सबै बिरामी सुनिन्छ,
    नजानु  कतै  एकापसमा सरेको बुझिन्छ।
    ५)
    रोपौंला धान आउँने साल कोरोना नभए,
    जेठकै मैना टिकट काट्ने गरेको छु तय।
    ६)
    तिरौँला ऋण गर्दैछु दु:ख यै परबासमा,
    विश्वास गर मनग्य लिइ आउँछु खासमा ।
    ७)
    दिनेछु  बरु  नखाइकन  हजार  डलर,
    ज्यानको आश खेतबारी त्यो हुन्देऊ बगर ।
    ८)
    हुदैन रुन एकलो हुँदा बुझाउँनु मन,
    के गर्नु आमा दुनियाँ भरि ठुलो रैछ तन।
    ✍️शर्मिला श्रेष्ठ, ललितपुर
        हाल अमेरिका
    …………………………………………
    (२**)
    असार पन्ध्रमा दहि र चिउरा खाउँला
    खेतमा धान राेप्दै असारे गीत गाँउला।
    ✍️ अरुण नदी खत्री, काठमाडाैं 
    …………………………………………
    (३**)
    १.
    राष्ट्रिय धान दिवस हाम्राे सफल मनाऊँ,
    उन्नत कृषि प्रविधि साथ समृद्ध बनाऊँ।
    २.
    छुपुमा छुपु राेपेर धान गीतकाे भाकामा,
    दही र च्युरा अचार खाँदै खुसी छ अाँखामा ।
    ३.
    खेताला खुसी खेलेर हिलाे थकाई छलेर,
    भगाई दिए जग्गाकाे धनी हिलो नै दलेर।
    ४.
    असार पन्ध्र बर्षात धेरै रुझेर झरीमा,
    धानकाे बीउ राेपेझैं माया जिन्दगी भरीमा।
    ५.
    राेपेर मानाे फलाई मुरी जीवन धानेर,
    किसान दाजै हर्षित सधैं सुकर्म जानेर।
    ✍️ताराप्रसाद चापागाईं
    …………………………………………
    (४**)
    १)
    असारको पन्ध्रमा दहि च्युरा खाउँला,
    मानो रोपी मुरी फलाउन बेसी जाउँला
    २) 
    गैरिखेतको रोपाईमा म साथी आउँला,
    मलको भारी बोकेर सँगैसँगै जाउँला।
      ३)
    देख्छु आज सबैलाई भएकोछ हतार,
    किसानलाई छैन फुर्सद लाग्यो असार।
    ४)
    भन्न त  हाम्रो नेपाल भूमिलाई कृषि प्रधान देश भन्छन् ,
    नयाँ बस्ति बसाऔँ भन्दै उर्बर जमीन डोजरले  खन्छ्न्।
    ✍️उषा केसी, ललितपुर
    …………………………………………
    (५**)
    १.
    असारे पन्ध्र घुमेर आयो चेलीको आँगन
    पटुको भरी मकै र भट्ट फुकाई मागन।
    २.
    धानका बाला झुल्नेछ भोलि पहेँला  सुनौला
    असारे पन्ध्र जाँगर शीप खेतमा बुनौँला।
    ३.
    काकाले आली लगाए हेर रङ्गिलापुरमा
    काकीले मकै भुटेर ल्याइन् भोकको सुरमा ।
    ४.
    निवारो पाक्यो बारीको छेउँ टिपन खाउँला
    गर्मीले गल्न दिँदैन खाए खै कहाँ पाउँला?
    ५.
    आकाश भरि बादल कालो घेरियो हेरन
    खेतको बीउ बगेर जाला डोरीले बेरन।
    ६.
    आगन ठूलो बाबाको घर नाचौँला निर्भय
    असारे पन्ध्र मादल ठोकी काटौँला समय।
    ✍️पौडेल विमुन्स
    …………………………………………
    (६**)
    १.
    बिहानदेखि काम गर्दा लाग्छ खेतमै चन्द्रमा
    रमाउनुपर्छ सबैले आज असारे पन्ध्रमा ।
    २.
    असारे पन्ध्र दही र च्युरा साउनमा खाने खीर
    घरमा छैन पातली नानी यो मनमा छैन स्थिर ।
    ३.
    नार हल गोरु त्यो सिमखेत पानीले भिजायो
    हिलो र माटो छ सारीभरिमै हलीले गिजायो ।
    ४.
    खेलौँला भलो जोतौँला हलो त्यो गैरी खेतमा
    धानको बीउ हातमा लेऊ माया अचेतमा ।
    ५.
    असार माया मङ्सिर फुल्छ भरिन्छ यो मन
    हाँसी र खुसी भएमा अरू खोज्दैन जीवन ।
    ✍️श्रीकृष्ण शर्मा,पोखरा
    …………………………………………
    (७**)
    १.
    असारको महिना हरियाली,
    गाउँ बस्न पाएन यसपाली।
    २.
    धान रोप्दा धेरै रमाईलो हुन्छ,
    गाउँको यादले मेरो मन छुन्छ।
    ✍️जगत थापा, बझाङ
    …………………………………………
    (८**)
    १
    असारे बिउ हातमा लिइ झरिमा रोप्नुछ
    हली,बाउसे र खेताला संगै मेलो छोप्नुछ
    २
    रमाउदै रोप खेताला,खेतमा पसेर,
    बाअामा हेर्नु रमाइलो,अालिमा बसेर।
    ३
    मिली खाने दही चिउरा खेतैमा बसेर,
    असारे गाउदै राेपौला हिलाेमा पसेर।
    ४
    जाेग्गिएन नयाँ चाेली हिलाेले रंगियाे,
    मिलेर खेलियो हिलो नरिसाउ संघीहो
    ५
    रोपेर मुठी फलाउला मुरी भकारी भरौला ,
    बसेर खाउला वर्षाै भरि रमाइलो गरौला।
        ✍️नानीबाबा अधिकारी,  कलंकी
    …………………………………………
    (९*)
    (१)
    धरतीमा धानको गहना फलाऔं,
    माटोलाई सुनले उर्वरा बनाऔं!
    (२)
    उजाड बन्नु हुन्न धरती मुसुक्क हाँसोस्,
    प्रत्येक घरमा सबैको खुसियाली साँचोस्!
    ✍️- शरद प्रधानाङ्ग, विराटनगर-७
    …………………………………………
    (१०**)
    १//
    हल गोरु नार्दै अोराली झर चन्द्र,
    मनाउनु पर्छ आज असार पन्ध्र।
    २//
    मुठि रोपेर मैले फलाउनु छ मुरि,
    किसान बनेर म देखाउँ चुरिफुरी।
    ३//
    खनि खोस्री गरेर धर्ति गलाउँछु,
    धान रोपेर मैले सुन फलाउँछु।
    ४//
    हल गोरु नारेर बाउसे गरि,
    रोप्नेछु यसरी धान बर्षेैभरि।
    ५//
    मिहेनतले अब लेखाउँछु तक्दीर
    सुन फलाई मैले भित्र्याउँछु मङ्सिर।
    ✍️पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे
    …………………………………………
    (११**)
    ।।१।।
    आज त हाम्रो नेपालमा भन्छन् पन्ध्र असार,
    खेतीपाती  भन्दा  धेरै  हुन्छ  अचेल प्रचार।
    ।।२।।
    गैरी खेत  जोत्ने  हलो  बुवा  बनाउन  लागे,
    छोरो दाँदे बिग्र्यो भन्दै बाजेसित हात मागे।
    ।।३।।
    हलगोरू  दानापानी  आमाले  गरिन् व्यवस्था,
    छोरीको जिम्मामा रोपाहारको बुझ्ने अवस्था।
    ।।४।। 
    रोपाइँ पालो तोकिएको बाउसे जानुपर्ने,
    मैझारो मेरो भयो अब सकेको उता गर्ने।
    ।।५।।
    पानी परेर कुलो आयो रोपाइँ गरिन्छ,
    मुठी खाई मुरी उब्जाई भकारी भरिन्छ।
    ।।६।।
    यो पालीको भव्य रोपाइँ बेठी बजाएर,
    दही-चिउरा जति खाने सारा खुवाएर।
    ।।७।।
    रिमझिम  वर्षा, रामरसमा  हिलो छ्यापेर,
    टोलमा खुशी बाँडे आज सबै काम सकेर।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
        हाल:-जापान
    …………………………………………
    (१२**)
    //१//
    फुपू र आमा धान है रोपछन्, दिनभरी लाएर
    दहीचिउरा खाजा बोकेर दीदी, आउछिन् धाएर
    //२//
    चुहिदो झरी दिनै र भरी, असारे पन्ध्रमा
    ढल्कियो घाम बित्यो है दिन, उदाए चंद्रमा
    //३//
    थकथके हिलो आँचल भरी, हेरन लागेको
    इ हात र गोडा हेरन बरै, हिलो ले खाएको
    ✍️पदमा शर्मा आँचल
    …………………………………………
    (१३**)
    १//
    असार पन्ध्र दहि चिउरा खाउ
    मानो लाई रोपि मुरि फलाउ
    २//
    देश का असल सन्तान बन्नु
    खुसी भै खेत अनि बारी खन्नु
    ✍️साधना पौडेल
    …………………………………………
    (१४**)
    १//
    जाउ अब खेतमा सबै रोप्न लाई धान
    मानाको मुरी फलाउ बनेर किसान
    ✍️लालीमाया थापा मगर,
    …………………………………………
    (१५**)
    १.
    असार लाग्याे पानीकाे वर्षा ,,
    जतासुकै  बाढीकै  छ चर्चा ।।
    २.
    भए  पनि , काम  गर्न  गाराे,,
    पन्ध्र असार् , राेपैंकाे चटाराे ।।
    ३.
    पानी  पराेस् , नपराेस्  असिना ,,
    माेती बनाेस् किसान् काे पसिना ।।
    ४.
    मानाे खाएर मुरी  छ फलाउन ,,
    त्यसैबाट   घरखर्च    चलाउन ।।
    ५.
    धानै राेपौं , फाँट् अनि टारीमा ,,
    काेदाे   मकै, राेपौंला  बारीमा ।।
    ६.
    किसानकाे जस्तै हाेस् भावना,,
    धान् दिवस् काे छ शुभकामना ।।
    ७.
    धानकाे खेती, गर्ने याे मैना, हिलाेमा पसेर ,,
    वर्ष दिन् भरि , पाइने खान, घरैमा   बसेर ।।
    ८.
    दही  र  च्यूरा,  मुछेर  खाने,   चलनै  चलेकाे,,
    मंसिर मैना, पाइयाेस् देख्न, धान् धेरै फलेकाे ।।
    ९.
    असारे पन्ध्र , खेलेर हिलाे,  हिलैमा दापेर,,
    त्याे खले गराे , गरिन्छ पूजा, भकारी थापेर ।।
    १०.
    अन्नकाे भण्डार् , बनाई राख्न , राेपौं है अनाज,,
    खाद्यान्न  सँगै,  सद्भाव राम्रो ,  बनाअौं  समाज ।।
    ११.
    हजुर पनि नटेक्नी हिलाे ,,
    सधैंभरि सुकिलाे मुकीलाे
    -✍️ थापा रुद्र , भानु – ११, तनहुँ
    …………………………………………
    (१६**)
    १//
    रोपेर धान आजको दिन मनाऔं असार,
    खाएर मानो उब्जदा मुरी खुशी छ संसार।
    २//
    दही र च्युरा खाजामा मिठो मुलाको अचार,
    बाउसे हली गाउद्यौ गीत के छ है बिचार।
    ✍️घनश्याम पौडेल, पोखरा
    …………………………………………
    (१७**)
    [१]
    सानोछ खेत हेरन मेरो कसरी बताउँ,
    तातोछ हावा चर्कियो घाँम सुक्योनी तलाउँ,
    [२]
    असार पन्ध्र मनाउँ साथी खेतमा रोपेर,
    भाचियो हलो फुस्कियो म्वाला बनाउँ  खोपेर।
    [३]
    चर्किलो घाँम बडेर आयो बसौन छायामा,
    छुपुमा छुपु रोपेर धान आनन्द मायामा।
    [४]
    बाडुल्की लाग्यो सम्झियौ क्यारे विदेशी मायालु,
    घरमा आमा केगर्दै यहाँ भन्दछौ दयालु।
    [५]
    मंसिर लाग्यो उठाउँ वाली भरौन भकारी,
    किसान हामी खुसीछौं यहाँ भएनौ लाचारी
        ✍️शाेभा अर्याल
         बुटवल १४ रूपन्देही
    …………………………………………
    (१८**)
    १//
    किसान जस्ताे महान काेहि छैन याे धरामा
    राेपेर मानाे उब्जाउछन् मुरी एउटै गरामा ।
    २//
    श्रम गर्छन् किसान हरपल बाेकेर काेदाली
    साथी हाे अाज धान राेप्नुपर्छ झर है अाेराली ।
    ३//
    छुपुमा छुपु राेपेर धान बाेकेर हातमा बीउ
    किसान तिमी संसारमा महान् बनेर सधैँ जिउ ।
    ✍️लक्ष्मी घिमिरे
    …………………………………………
    (१९**)
    १.
    रोपाइँ गरि खेतमा भोलि अन्नको  भकारी
    अहिले छिटो सकेर  काम हिड्नको तयारी ।
    २.
    असार मास हिलोमा धान रोपेर जाउँला
    गएर घर बसेर हामी चिउरा खाउँला ।
    ३.
    जनता प्रति कुनै जिम्मेवार छैनन् नेता
    मिलेर लागेका ढुकुटी रित्याउन उता ।
    ४.
    खै यो देशमा सधैं देखिन्छ अत्याचार
    निमुखा गरिब माथि हुन्छ हारैहार।
    ५.
    ठुलठुला जघन्य अपराध पनि
    छोड्छन् नातागोता भनेर  जानि।
    ६.
    कहिल्यै  नआउने भए  गरिबीका  दिन
    सधैं  तनावमा नै अडेको  छ जीवन।
    ७.
    भन्छन् कला हुँदा  त जेपनि  काम पाइन्छ
    तर यहाँ जति राम्रो त्यति  गोता खाइन्छ।
    ✍️दुर्गा भट्टराई,  मोरङ
    …………………………………………
    (२०**)
    १//
    आफैले अब सुधार गरौँ गाउँ हामी सबै मिलेर,
    मनको पिडा सबै पोखाऊँ एकजुट भई हिँडेर।
    २//
    शुभ बिहानी असारे मेलो हतार छ आज,
    गैरीमा रोपाइँ छ्याप्ने हो हिलो नमाने  लाज ।
    ३//
    समान भनी नबोल्ने र नलेख्ने त छैन कोही,
    समाजमा समान व्यवहार देखाएको खोइ ?
    ✍️धनु शर्मा
    …………………………………………
    (२१**)
    १)
    कैलाशका अधिपति शिव बाबा रमाएर
    पुम्दिकाेटमा अाइबसे अाशन जमाएर ।
    २)
    पर्यटनको प्रबर्द्धनमा पाेखराकाे   शान्छ ।
    भक्तजनको  अास्थाविश्र्वास पूरा ध्यान तान्छ ।
    ३)
    ताल नदि भरिपुर्ण  हेरिरहुँ जस्ता
    माछापुच्छ्रे अन्नपूर्ण अाहा हिउँ कस्ता ।
    ४)
    अाउनुहाेला पाेखरामा स्वागत गर्छुअाज ।
    फुलकाे माला पहिरिएर नाच्नु पर्छ साँझ ।।
    ✍️रामकृष्ण दवाडी
    …………………………………………
    (२२**)
    १.
    चारैतिर वनमा त्यो हरियाली सजाएको
    बाढीले धनजन, बासको क्षति बनाएको ।
    २.
    सुधारौ बानी पिउने गरौ सुरछित पानी
    असारे मास छुपु र  छुप पात रोप्ने बानी
    ✍️नवीन जोशी
    …………………………………………
    (२३**)
    १.
    असारे मेलो चलाऊँ हामी साथीको साथमा
    रमाई आज किसान राख्छ कोदाली हातमा
    २.
    हिलोमा खेल्ने दब्दबे छ्याप्ने सानीको जीउमा,
    मिलाई रोपौं आजको दिन धानको वीउमा।
    ३.
    असार पन्घ्र खेतमा गई रोपाइँ गरेर
    चिउरा दही केरा नि तासी खाउँला बाँडेर।।
    ✍️भगवती दवाडी ,
    …………………………………………
    (२४**)
    १
    असारको यो महिना हाम्रो लागि अति नै खास,
    धान रोपाईले सबै व्यस्त छैन घरमा  वास ।
    २
    संस्कृति हाम्रो हो नि  असारको पन्द्रह आज ,
    कोही चैँ यहाँ दही चिउरा खान मान्छन् लाज ।
    ३
    असारको महिना सबैको लागि अति भयो खास ,
    धान रोपाईमा व्यस्त सबै नै छैन घरमा वास ।
    ४
    असारे झरी उस्तै नै छ हिलो लाग्दैछ फालीमा ,
    बारम्बार मेरो आँखा त उतै जाँदैछ सालीमा ।
    ✍️राजेन्द्र प्रधान पाशा
    …………………………………………
    (२५**)
    १.
    असार पन्ध्र मिलेर हामी लौ गीत गाऔन
    खेतमा गई रोपेर धान मिलेर नाचौंन ।
    २.
    आउॅछ याद त्यो बाला पन हिलोमा खेलेको
    रोपाईॅ गरी जोतेर गोरु खेताला पेलेको ।
    ३.
    नगर हल्ला नरोपी धान आजको दिनमा
    अस्ताए घाम समय बित्छ मिलिक्कै छिनमा ।
    ४.
    चिउरा दहि खाउॅ है आज सबैनै मिलेर
    केराको कोसो त्यसैमा राखी कप्लक्क निलेर ।
    ५.
    भकारी भर्ने रोप्नुछ धान आजकै दिनमा
    नहुनु अल्छी जॅागरी बन नपर्न ऋणमा ।
    ✍️-राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- आबुधाबी, युएई
    …………………………………………
    (२६**)
    १।
    असार पन्ध्र राष्टिय हाम्रो जाँगर चलाऊँ,
    चिउँरा दहिँ  कटर आँप सस्कृती जगाऊँ।
    २।
    उठन साथी उज्यालो भयो जानुछ मेलामा,
    उखाल बीउ बसेर तिमी रोपौन बेलैमा।
    ३।
    छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
    बनाई कुलो लगाई पानी आएर गोडौला।
    ४।
    असारे गित घन्किन थाल्यो त्यो पारी पाखामा,
    दोहोरी गाए सुशेली हानी सुरिलो भाकामा।
    ५।
    मैजारो आयो सानिमा हाम्रो आएर सघाऊँ,
    लगाई बेठी वाउँसे हली हिलोमा रमाऊँ।
    ६।
    लहमा लह धानको वाला भुईमा छुएको,
    पसायो धाँन फलेको वाला हेरन नुहेको।
    ७।
    छरेर मानो उव्जाई मुरी भकारी भरौला,
    सकेर काम खेतमा हाम्रो गाउँमा सरौला।
    ८।
    आउँछ तिज भेलामा हामी खुसिमा नाचेर
    तिजको गित बजाई ताली कम्बर भाँचेर
    ✍️कमला पाण्डे पराजुली, झापा
    …………………………………………
    (२७**)
    १//
    पानी भरी गोरु नारी, खेतमा जोताइ ।
    हिलो पार्दै बेर्ना रोप्दै, गर्दै छन् रोपाइँ ।।
    २//
    गाउँछन् गीत छ्याप्छन् हिलो, पसिना चुहाई।
    बाउसे रोपार  डट्छन् यहाँ, वर्षाले नुहाई ।।
    ✍️नरबहादुर साउद
    …………………………………………
    (२८**)
    १.
    कहिल्यै हिलो नदेख्या परीले ,
    लडि होलिन् नि असारे झरीले ।
    २.
    आज रुद्रले त क्या राम्रो लेखेका ,
    छन् कि उनले परिलाइ देखेका।
    ३.
    धेरै मख्ख नपर नानी ,
    भर् हुन्न परिको जवानी ।
    ४.
    धेरै भयो त असारे झरी,
    किन होला रोकिन्न क्यै गरी ।
    ✍️ललिता कालु विन्दास
    …………………………………………
    (२९**)
    खान मीठो आफैलेनै रोपेको
    भात मीठो कसौंडीमा छोपेको
    ✍️रघु न्यौपाने
    …………………………………………
    (३०*”)
    रोपेर धान  उब्जाइ खेती पाल्नुछ जहान
    खनेर वारि रात र दिन काम गर्ने किशान
    ✍️हरिशचन्द ठकुरी
    ,…………………………………………
    (३१**)
    १.
    कसैलाई यही असार महिना लाग्दछ बेकार
    किसानलाई भने खुशीकाे मीठाे लाग्दछ बहार।
    २.
    बाँझो नै राखे उर्वर भूमी माटाेले धिकार्ला ।
    किसानी पेट भाेकाे नै रहे कसले स्वीकार्ला ?
    ३.
    असार पन्ध्र नेपाली माझ धानकाे दिवस ।
    सार्थक रहाेस् सबैकाे लागि नबनाेस् विवश ।
    ४.
    पसिना पाेख्ने पाखुरा निम्ति कलम चलाअैां
    दिएर साथ पीडामा सदा मलम लगाअाैं।
    ५.
    काेला र दही चिउरासँग मुछेर खाऊँला ।
    असार पन्ध्र बिउका मुठा राेपेर अाऊँला ।
       ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    …………………………………………
    (३२**)
    १//
    आज धान दिवसको  असार
    मीठो मिठो खानुपर्छ  कसार ।
    २//
    धान रोपेँ भनी  हिलो घस्छौ
    तस्बिर खिच्न खेतमा पस्छौ ।
    ३//
    काम गर्दा शरीरको  रगत  चुहिन्छ
    बेच्ने बजार  नहुँदा अनाज कुहिन्छ ।
    ४//
    मल बिउको महङ्गी कहिलेसम्म बोल
    उब्जायो अनाज पाइदैन उचित  मोल ।
    ५//
    देशको उन्नति नहुनु यहीँ कारण भने
    फसल फल्ने ठाउँमा सहर बजार बने ।
    ६//
    भोको पेट भरिदिने देउता हुन् बुझ्नु
    गर्नु  आदर  उनै किसानलाई  पुज्नु ।
    ७//
    नेपाल देशको निशान
    मै हुँ सच्चा चिन्नु किसान ।
    ✍️ रिजाल विनोद
    बेलबारी २ मोरङ
    …………………………………………
    (३३**)
    १.
    श्रमिक अनि किसानमा खुशीयाली छायो
    आज  असार  पन्ध्रमा धान दिवस आयो ।
    २.
    यतिबेला किसानहरु हुन्छन् खेतमा भेला,
    मानो खाई मुरी मुरी उब्जाउने यही बेला ।
    ३.
    भेला  भई   बजाउँछन   खेतमा   बेठी  बाजा,
    किसानहरु खान्छन् आज दही चिउरा खाजा ।
    ४.
    हली बाउसे गह्रा सम्याउँछन चमत्कारले,
    छुपुछुपु रोप्छन धान खेतमा रोपाहारले ।
    ५.
    यही  हिलोमा परिश्रमको फूलहरु फूल्छन्
    मंसिरमा खेतभरी नै धानको बाला झुल्छन् ।
    ✍️डम्बर थामी ‘अनुपम’, कालिन्चोक गाउँपालिका-६, दोलखा ।
    …………………………………………
    (३४**)
    १.
    धान दिवस  नेपालीको  हो  राष्ट्रिय पर्व,
    आफ्नै मौलिक संस्कृतिमा गर्नुपर्छ गर्व ।
    २.
    हाँसखेल  ठट्टा  गर्दै  हाँस्छन  मुर्छा परी,
    रमाइलो गर्छन हिलो छ्यापाछ्याप गरी ।
    ३.
    रोपाहारले  मीठो  स्वरमा  असारे  गीत गाउँछन्
    धानको बीउको जमरा र हिलोको टीका लाउँछन्
    ४.
    खेतको बीचमा हुन्छ ठूलो खले गरो,
    रोपाहारले बाँध्छन भकारी नि दर्‍हो ।
    ५.
    बालीनाली सप्रिन्छ नि निरन्तर पानी परी,
    कृषिप्रधान देश हाम्रो स्वर्गको टुक्रा सरि ।
    ✍️ रचना मोक्तान “यात्री”
      नमोबुद्द नगरपालिका वडा न ५ काभ्रे
    …………………………………………
    (३५**)
    वर्षाको यो बोलामा
    जानू पर्छ मेलामा
    ✍️विशाल सुवेदी
    …………………………………………
    (३६**)
    १.
    छुपुछुपु रोपौँ धान,
    राष्ट्रियता हाम्रो मान।
    २.
    घामका झुल्का आलीमा,
    पूर्व सुनौलो लालीमा।
    ३.
    धानका ब्याड काढौँला,
    सुख र दु:ख बाँडौला।
    ✍️महेन्द्र मान बलामी
    दक्षिणकाली-९,फर्पिङ ,काठमाडौ
    …………………………………………
    (३७**)
    १.
    असार पन्ध्र धान रोपेर मनाउला,
    रमाएर हामी दही चिउरा खाउँला।
    २.
    छुपु म छु पु  हिलोमा धान रोपौला,
    असारे गीत गाएर हामी नाचौँला।
    ३.
    धान रोप्न बेसी झरौ,
    हामी परिश्रम गरौ।
    ✍️सुशीला पौडेल
    …………………………………………
    (३८**)
    १.
    हिलो खेल्दै रमाउदै खेतको आलीमा
    नजर तिमीमा दही चिउरा थालीमा।
    २.
    टपरीमा चिउरा ठेकीमा दही छ खेतको आलीमा
    हाम्रो पिरती लहलह झुलानुपर्छ यसै पालीमा।
    ✍️निम्बा, सल्यान
    …………………………………………
    (३९**)
    छुपु र छुपु धान रोपौँ साथी असार मास
    हिलो नि छ्यापौँ कोरोना काल छ नआइ पास
    ✍️मिसु श्रेष्ठ, काठमाडौं
    …………………………………………
    (४०**)
    १.
    असार पन्ध्र दही र चिउरा बसेर खाउला,
    खेताला हली मिलेर सँगै बाउसे गाउला ।
    २.
    छुपुमा छुपु धानका बीउ रोपेर गरामा,
    अमृत फल्छ श्रमले सिँचे उर्वर धरामा ।
    ३.
    कालो र निलो चम्कन्छ त्यसै वर्खाको बादल,
    हिलोमा डुब्यो कठै नि बरै कान्छीको आँचल ।
    ४.
    बीउको डोको बोकेर जेठा टुप्लुक्क आलिमा,
    झुल्कियो हाँस्दै मुसुक्क गरि मनको थालिमा ।
    ५.
    खेतको हिलो सम्याईकन फरुवा हेँगाले,
    आलिमा बस्यो टुसुक्क काले सुस्ताई मजाले ।
    ६.
    बीउका मुठा यता र उता नफाल बेसरी,
    गराको हिलो उछिट्टी बन्यो मुखमा केसरी ।
    ७.
    दोहोरी टुक्का हानौला मुक्का गीतको तालमा,
    भिडौला लहै केटा र केटी अहिले सालमा ।
    ८.
    बोकेर खाजा चिप्लदै बाटो आईन साहुँनी,
    अलिक खाजा नमान्ने थप्न कन्जुस बाहुँनी
    ९.
    खाएर खाजा गुन्जियो गीत असारे भाकामा,
    कोइली जस्तो मधुर स्वर गुन्जियो पाखामा ।
    १०.
    रोपेर धान लगाई कुलो साँझमा फर्कौला,
    अँध्यारो भए समाई हात साथैमा तर्कौला ।
    ११.
    खाएर मानो उब्जाऔं  मुरी यही हो समय,
    कसरी हुन्छ सम्पन्न राष्ट्र कृषिमा नगए ।
    १२.
    जसरी हुन्छ भित्राउ अब प्रविधि उन्नत,
    सुरक्षा गर्दै पुरानो कुरा बढे के हुन्नत ?
    १३.
    प्रविधिमैत्री भएमा कृषि छिटो र छरितो,
    नचाख्दासम्म लाग्ने हो बस्तु न मिठो न तितो ।
    १४.
    सत्कर्म गरौ वचन मन लगाई पहिले,
    पछुतो गर्न भुलेर पनि पर्दैन कहिले ।
    १५
    असार पन्ध्र राष्ट्रिय धान दिवस मनाऔं
    कृषिमा आत्मनिर्भर राष्ट्र नेपाल बनाऔं ।
    ✍️वसन्त अनुभव
    घोराही – १४, दाङ
    …………………………………………
    (४१**)
    १.
    असार पन्ध्र  खर्कमा  मेलाे गाइन्छ नाचिन्छ,
    साथी र सँगी खेलेर हिलो मजैले हासिन्छ ।
    २.
    छुपुमा छुपु तिमीले धान राेपेकाे रमाई,
    त्यो दिन अझै  सम्झना गाढा  छदैछ मलाई  ।
    ३.
    खाउँला खाजा चिउरा दही थालमा मुछेर,
    चुठेर मुख बसाैला कान्छा मत्राेले पुछेर ।
    ४.
    थुपारी माटाे चिटिक्क अाली हातले मसार,
    धानको पर्व मनकाे गर्व  हाेे पन्ध्र  असार ।
    ✍️केशव ढकाल
    …………………………………………
    (४२**)
    १.
    तिमीलाई माया कसरी छोडौँला
    तिमीसँग मैले पिरती जोडौँला
    २.
    गरे गर नगरे के विश्वास
    बाईजाने हू नहुनू निश्वास
    ✍️मुस्कान कुमार मुस्कान
    …………………………………………
    (४३**)
    १.
    असारे झरी ती घुम ओडी रोपारले गितगाउँछन् ,
    हलो र जुवा गोरुमा नारी हली खेत जोत्न धाउँछन् ।
    २.
    बाजागाजा सोरठी नाच्दै किसान गर्दैछन् रोपाइँ कत्रा ,
    असार पन्द्रमा दही चिउरा खाँदै धान रोप्दैछन् खत्रा ।
    ३.
    लागिरहेछ आज असार पन्द्र खेत टारी हरियाली सजाउन ,
    गरा हरुमा धानबीउ रोपेर मंङ्शिरमा ती बाला झुलाउन ।
    ४.
    सबैको यही छ आज चाहना ,
    असार पन्द्रको शुभकामना  ।
    ✍️वेदु न्यौपाने, काठमाडौं,
    …………………………………………
    (४४**)
    १.
    आकाशमा सुर्य उदाउँछ बिहानी रातमा चन्द्र
    बर्षमा आउने दहि चिउरा खाने असार पन्ध्र
    २.
    फाटेको लुगा लगाउने हो सिएर
    असारे पन्ध्र मनाउने है मिलेर
    ✍️अनुग्रह राना मगर (पुस्प)
    संखुवासभा हाल मलेसिया
    …………………………………………
    (४५**)
    जनता पाल्ने जनताको श्रम असारमै रोपिन्छ,
    वर्षामा परिश्रम गरे पो भोकको ज्वाला छोपिन्छ !
    ✍️भूषण जंग, अष्ट्रेलिया
    …………………………………………
    (४६**)
    १.
    असार महिना कृषिको कर्म
    आलि र कोदालो अर्म र पर्म।
    २.
    घरमा हेर लाले माले हल छन्
    दिनभरि जोतेर हली गल्छन् ।
    ३.
    दिनभरि आफू यता र उता खेतको मेलाले,
    भात खान गाह्रो हुन्छ है राति हातको ठेलाले।
    ४.
    नरोपी धान कसरी खाने हो कुन्नि आफ्नै चेलाले
    नगरी हतार पर्खिन्न फेरी असारको बेलाले।
    ५.
    सहजै बन्छन् हाम्रो कार्य सबैको भेलाले,
    बिर्सिन्छौं फेरि राति र रिवाज आफ्नै हेलाले।
    ✍️प्रकाश बुढाथोकी, असम भारत।
    …………………………………………
    (४७**)
    १.
    दॉया लायौ पिपलु त बॉया लायौ वर
    पर्ख  न पर्ख हलि दाजै संगै जाउला घर ।
    २.
    असार मासको हिलोमा रमाई आऊ खेलौ पियारी
    जाऊँ हिंड मेला रोपौली धान फरिया सियारी ।
    ३.
    असारको पन्द्र जॉदा हिला माथि खोक आहै हिला माथि खोक,
    न छन् बाबा न छन् आमा किन लाग्छ भोक आहै  किन लाग्छ भोक ।
    ५.
    असार मासको दब दबे हिलो छुन्न म नभन
      प्रदेश जान दिन्न म अब दिन मात्र नगन ।
    ✍️इन्दिरा देवकोटा
    …………………………………………
    (४८**)
    १.
    असारे पन्ध्र उत्सव एक मिलेर मनाअौँ ,
    दही र चिउरा खाएर भोक पनि मेटाअौँ
    २.
    छिपछिपे हिलोमा नै  धान रोपेर
    असार पन्ध्र मनाअौँ सबै मिलेर
    ३.
    मिठो मसिनो जे छ त्यही  खाउला ,
    असार पन्ध्र राम्ररी मनाउला l
    ✍️रिता खराल ,रुपन्देही
    …………………………………………
    (४९**)
    १.
    छुपु छुपु धान रोप्नुपर्छ है असारे गीत गाउदै
    परम्परा नभुलौ नि मेलो पुरा गरौ पर्म लाउदै।
    २.
    मानु रोप्ने अनि मुरी फलाउने आश  किसानलाई  हुन्छ
    समयमै  मल ,जल र बल प्रयोग गर्नाले खुशी छुन्छ।
    ३.
    नौलो प्रबिधि प्रयोगमा ल्याई धेरै उब्जनी गर्नुपर्छ
    समयमा  माटो जाँच गरेर बीउ बिजन छर्नुपर्छ।
    ✍️इश्वरी अधिकारी, लमजुङ
    …………………………………………
    (५०**)
    (१)
    बिपत्ता पटुकी कसेर,
    खेतका आलिमा बसेर ।
    (२)
    दही चिउरा मेली खाउँ,
    असारे गीत पनि गाउँ ।
    (३)
    मुठी धान रोपेर मुरी,
    जोगाउनु पर्दछ हुरी ।
    (४)
    असारे हिलो टेक्नुपर्छ,
    रोप्ने गराको मेलो सर्छ  ।
    (५)
    भाग्यमानी हौं हामी कति,
    अरु सबै कछुवा गति ।
    ✍️-ऋषिराम खनाल, मध्यविन्दु ६ नवलपुर ।
    …………………………………………
    (५१**)
    १.
    असारको पन्ध्र दही र चिउरा खेताला हरुलाई,
    रोपाहार पाइयो बाउसे गर्न जाउ है दाजुभाइ।
    २.
    असारे गीत गाउला है सानु गैरी खेत झरेर
    जाउलानी घुम्न सङ्ग्राती बजार मैजारो गरेर।                  
    ✍️नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ
    हाल: गोदावारी लालितपुर।
    …………………………………………
    (५२**)
    १.
    हे अन्न तिमिबिना रहन्न
    तिम्रो अपमान अहँ सहन्न।
    २.
    असारको बेला हलो र कोदालो किसानको काँधमा
    नबुझी किन गर्दछ्न् लडाइँ उभिएर साँधमा।
    ३.
    सिँगार्छु तिमीलाई रोपाइँ गरी हिलो र पानीले
    उघार्छु घुम्टो काटेर त्यो बाली नियमित बानीले।
    ४.
    रुख रहेछ जिन्दगी यो पीडा दुख पिर पलाउने
    अपेक्षाको बीउ रोप्दा नि उपेक्षाको फल फलाउने।
    ✍️मुक्तिनाथ अधिकारी , भरतपुर चितवन
    …………………………………………
    (५३**)
    मेहनतगरि छुपु छुपु रोप्छौं असारमा धान
    उब्जनीपछि खान्छौं अनि उब्रिए दिन्छौं पनि दान।
    -✍️रतन पाण्डे’पारतन’, दार्जीलिङ।
    …………………………………………
    (५४**)
    (१.)
    बाउसेले सम्याए खेत ताछेर आली,
    उम्रिएका उखेलेर घाँसपात फाली ।
    (२)
    गोरु कुदे सरर हेर माटो सम्याए
    चरा सारुङ चिरबिर गर्दै रमाए ।
    (३)
    आज असारको पन्ध्र धान रोप्ने दिन
    रोपाहालाई फुर्सद छैन एक छिन ।
    (४)
    गाउँदै असारे भाका धान बिउ रोप्दै
    के-के टुक्का बुनिरहेछन भाका छोप्दै ।
    (५)
    मेलैसँग रोपे है धानको बिउलाई
    हिलैले होली खेले रंगाए जिउलाई ।
    (६)
    नाच्दै गाई बाउसेले कोदाली समाए
    हाँसे खित्का छोडी रोपाहाहरु रमाए ।
    (७)
    आकाशमा कालो बादल भोलि खुल्नेछ
    धानको बाला मसीरमा लहै झुल्नेछ ।
    ✍️• गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी ।
    …………………………………………
    (५५**)
    /१/
    असार पन्ध्र समाजिक संजालमा मात्रै हुने भयो,
    हाम्रो धर्म संस्कृति खै आज भोलि तँ हराउँदै गयो।
    /२/
    यसो भन्दा कति जनालाई नपच्ला,
    निर्यात हुने धान चामल तँ बच्ला।
    /३/
    भए जति युवाहरु गए विदेश तिर,
    घरमा बाबा आमालाई असारमा पीर।
    /४/
    धान दिवस मनाउँदा तँ साह्रै खुसी हुन्छ,
    एक छाक खान नपाउँदा भित्री मन रुन्छ।
             … ✍️राम सागर रावल
                    अत्तरिया कैलाली
    …………………………………………
    (५६**)
    १.
    धान दिवस मनाउँदा त साह्रै खुसी हुन्छु
    एक छाक खान नपाउँदा दिनरात रुन्छु
    २.
    घर छोडेर किन सुत्नु हुन्छ खोला
    अब मेरो जीवनमा के कस्तो होला।
    ३.
    मेरो भाग्या ले सधैं छल्छ
    यता दुखै दु:खमा चल्छ।।
    ४.
    रहर होइन मेरो बाध्यता थियोे
    बाढी पहिरोले नै त्यही पनि लियो
    ५.
    सधैं काम गर्न खेत तिर झर्छु
    झर्दा झर्दै नै कुन दिन म मर्छु
    ६.
    मेरो जस्तै हजुरको नि व्यथा
    मनका पीडा अरुलाई केथा।।
    ७.
    मेरो मुटुमा गहिरो घाउछ ताजै
    युवा नै परदेश खेतबारी बाँझै।
    ✍️प्रेम सुनार दैलेख
    …………………………………………
    (५७**)
    असार मास यो दर्के झरी रुझायाे जिउज्यान
    दही केरा खाई आऊ न साथी राेपाैँ है लाै धान ।
    -✍️दुर्गा बनबासी
    …………………………………………
    (५८**)
    /०१/
    रोपेर मानो  उमार्ने मुरी  सपना सोचेर,
    गर्दैछ काम  पटुकी भरि  चिउरा बोकेर।
    /०२/
    असारे गीत  लाएर मित  दोहोरी जमायो,
    बाहुसे दाजै  रोपारे बैनी  मेलैमा रमायो।
    /०३/
    खेताला सबै हेर लौ आज मातेछ छ्याङले,
    बाहिर जाँदा रोकेछ क्यार भाटुको झ्याङले।
    /०४/
    कृषि प्रधान  देश हो हाम्रो  रोपाइँ चल्दै छ,
    सोरेको हिलो दाँदेले आज नौनाडी गल्दै छ।
    ✍️अरुण कुमार भुजेल, गाेरुवथान भारत
    …………………………………………
    (५९**)
    १.
    आधा खेत त चिरिसके आधा खेतमा पहिराे,
    हेरन हाै सञ्जालमा, दहि चिउराकाे ओहिराे ।
    २.
    भत्काईहाले विकासेले मूलखाेलाकाे शिर,
    खहरेले बाटाे भूल्याे, कठै! पस्याे बस्ति तिर ।
    ३.
    न त जन बाँकी रह्याे न रह्यो पसिनाकाे धन,
    केही बाँकी नहुने भाे नगरे चिन्तन गहन ।
    ✍️- शान्ति याक्साे वन
    …………………………………………
    (६०**)
    अब त उठौँ जुटौ सबै मज्दुर हरु,
    ब्यबस्था मिल्काउँ सङ्घर्ष गरौँ बरु।
    ✍️सुरेशकुमार पान्डे, दाङ
    …………………………………………
    (६१**)
    भर्खरै उठेको नास्ता खाँदैछु,
    बाख्रा लगेर गोठाला जाँदैछु।
    ✍️पारस भट्ट
    …………………………………………
    (६२**)
    १//
    आमाले गाई पालेका छन् आफ्नै गाउँमा,
    चिउरा हालि दहिमा अनि मुसिन्  भाँडामा।
    २//
    आजको दिन मेलामा गई भिजेछ कपडा,
    मिलेर गाँऊ असारे सबै  नगरौँ  लफडा ।
    ३//
    रोपेर धान खेतमा भोलि झपक्क फलाऊ ,
    फाटेको मन टुक्कमा आई अब त सिलाऊ।
    ४//
    नराखौँ बाजोँ कसैले पनि आफ्नो जमिन,
    पाउछ भोलि मिठोमा खाना राखे है ध्यान।
    ५//
    असारे पन्ध्र परेको दिन  सबैलाई  कामना,
    मिलेर सबै  चिउरा र दहि खाने हाम्रो चाहना ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक
    …………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on टुक्का साहित्य समाज काठमाडौद्वारा ‘१२ औं टुक्का अभ्यास शृङ्खला’ सम्पन्न

    टुक्काकार वसन्त अनुभवका झ्याउरे छन्दका १५ असारे टुक्काहरु

  • १६ असार २०७८, बुधबार १६:०५ मा प्रकाशित
  • (असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस २०७८ को अवसरमा रचित झ्याउरे छन्दका १५ टुक्काहरु)

    असार पन्ध्र दही र चिउरा बसेर खाउला,
    खेताला हली मिलेर सँगै बाउसे गाउला ।
    १

    छुपुमा छुपु धानका बीउ रोपेर गरामा,
    अमृत फल्छ श्रमले सिँचे उर्वर धरामा ।
    २

    कालो र निलो चम्कन्छ त्यसै वर्खाको बादल,
    हिलोमा डुब्यो कठै नि बरै कान्छीको आँचल ।
    ३

    बीउको डोको बोकेर जेठा टुप्लुक्क आलिमा,
    झुल्कियो हाँस्दै मुसुक्क गरि मनको थालिमा ।
    ४

    खेतको हिलो सम्याईकन फरुवा हेँगाले,
    आलिमा बस्यो टुसुक्क काले सुस्ताई मजाले ।
    ५

    बीउका मुठा यता र उता नफाल बेसरी,
    गराको हिलो उछिट्टी बन्यो मुखमा केसरी ।
    ६

    दोहोरी टुक्का हानौला मुक्का गीतको तालमा,
    भिडौला लहै केटा र केटी अहिले सालमा ।
    ७

    बोकेर खाजा चिप्लदै बाटो आईन साहुनी,
    अलिक खाजा नमान्ने थप्न कन्जुस बाहुनी ।
    ८

    खाएर खाजा गुन्जियो गीत असारे भाकामा,
    कोइली जस्तो मधुर स्वर गुन्जियो पाखामा ।
    ९

    रोपेर धान लगाई कुलो साँझमा फर्कौला,
    अँध्यारो भए समाई हात साथैमा तर्कौला ।
    १०

    खाएर मानो उब्जाऔं मुरी यही हो समय,
    कसरी हुन्छ सम्पन्न राष्ट्र कृषिमा नगए ।
    ११

    जसरी हुन्छ भित्राउ अब प्रविधि उन्नत,
    सुरक्षा गर्दै पुरानो कुरा बढे के हुन्नत ?
    १२

    प्रविधिमैत्री भएमा कृषि छिटो र छरितो,
    नचाख्दासम्म लाग्ने हो बस्तु न मिठो न तितो ।
    १३

    सत्कर्म गरौ वचन मन लगाई पहिले,
    पछुतो गर्न भुलेर पनि पर्दैन कहिले ।
    १४

    असार पन्ध्र राष्ट्रिय धान दिवस मनाऔं
    कृषिमा आत्मनिर्भर राष्ट्र नेपाल बनाऔं ।
    १५

    घोराही उपमहानगरपालिका – १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on टुक्काकार वसन्त अनुभवका झ्याउरे छन्दका १५ असारे टुक्काहरु

    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसरमा टुक्का अभ्यास कार्यक्रम

  • १३ असार २०७८, आईतवार २३:४२ मा प्रकाशित
  • सहभागी टुक्काकारहरु

    काठमाडौ, १२ असार
    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले शनिबार टुक्का अभ्यास कार्यक्रम सन्चालन गरेको छ। टुक्कालाई कविताको उपविधाको रुपमा लिने गरिन्छ ।

    उक्त कार्यक्रममा देश तथा विदेशमा रहनु भएका नेपाली भाषी ४६ जना टुक्काकारहरुले उक्त विषयमा टुक्काहरू सृजना गर्नुभएको समाजका अध्यक्ष एवं टुक्का साहित्यका प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनु भयो ।

    कार्यक्रमको संयोजन समाजका अध्यक्ष ताराप्रासाद चापागाईंले गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

    ……………………………………
    मिति २०७८ असार १२ गते “अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवस” काे अवसरमा अभ्यास गरीएका टुक्काहरू

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १/
    लाग्न त लागेका छौं हामी वर्षौं देखि यो लागु पदार्थ तस्करी विरुद्ध,
    कानुन र गतिलो सरकार नहुँदा सकेका छैनौँ उन्मूलन शुद्ध ।
    २/
    लुकिलुकी तस्करी गर्छन् पहुँचवालाले सडक पेटी सम्म लागु पदार्थ,
    निर्मुल गर्न सकिन्थ्यो र नि भागको लोभमा वास्ता गर्दैनन् यहि हो यथार्थ।
    ३/
    लागु पदार्थ तस्करलाई कानुन सबल पारी लाउँनु पर्छ हतकडी,
    पहुँचवाला नभनी निगरानीको ब्यबस्था कडा हुनुपर्छ है!हरघडी ।
    ४/
    लागु पदार्थ सेवनबाट बचाउँन पहल गर्नुपर्छ घर बस्ती बाट,
    कुलतमा फसी भविष्यका कर्णधार बालबालिका नपुगुन् कहिल्यै घाट।
    ५/
    आफै पनि बचौँ अरुलाई पनि बचाउँ यहि फैलाउँन सकौँ सन्देश,
    अनि मात्र बच्न सक्ने छन् सर्वसाधारण शहर देखि गाउँ परिवेश ।

    -शर्मिला श्रेष्ठ,ललितपुर
    हाल परदेश

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
    लागु  पदार्थहरू नखाऊ
    कुसंगतमा कहिल्यै नगाऊ ।

    – अरूण नदी खत्री, काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागु अाैषध तस्करी र दुर्वेशनमा नलागाैं,
    अपराध अनि कुबाटाे देखि सधै टाढा भागाैं ।
    २
    कुसंस्कार अपराध बढने लागू अाैषध छुन्न,
    सुनाैलाे भविष्य काेर्छु तर दुर्बेशनी भई रुन्न ।
    ३
    लागू अाैषध अाेसारपरास तस्करलाई नछाेडाैं,
    अल्लारे हाम्रा बालबालिकाहरूकाे ध्यान अन्तै माेडाैं ।

    – ताराप्रासाद चापागाईं
    धुनिबेशी न.पा.-९ धादिङ
    हाल काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    डुबिरहेछु आज जीवन मरणको दशामा
    कसरी म फँसेछु यो लागु पदार्थको नशामा ?
    २
    रक्सी खाएर घरभित्र आउँछौ
    श्रीमती कुटेर भन के पाउँछौ ?
    ३
    लागु पदार्थले मानसिक रोगी बनाउँछ
    जान्छ इज्जत समाजमा निर्घिनी गनाउँछ ।
    ४
    लागु पदार्थको सेवनले सर्छ डरलाग्दो रोग
    ल्याउँछ घरमा सबैको अनि मनमा हुन्छ शोक ।
    ५
    बालबालिकाहरू छन् लागु पदार्थको कारोबारमा
    कानुन कहाँ छ खै ? सरकार देखियोस् व्यवहारमा ।
    ६
    के मन छैन तिमीलाई हाँस्न ?
    ती राता ओठमा गुराँस टाँस्न ।
    ७
    चाहन्छु म सधैँ रम्दै जीवनमा नाच्न
    लागु औषधले नपरोस् सडेर बाँच्न ।
    ८
    बुझ एकैछिनको मजाले अन्त्य के डाक्छ
    फसेँ दुर्व्यसनमा आफ्नै देह घीन लाग्छ ।
    ९
    मादकताले हुँदैन तनाव केही कम
    जस्तो पीडामा पनि नखाने खाऊ कसम ।
    १०
    हरेक टोलमा अब यौटा नियम बनाऔँ
    लागु पदार्थ मुक्त समाजको खुसी मनाऔँ ।

    श्रीकृष्ण शर्मा पोखरा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सानासाना केटाकेटी खसाखुसु गर्छन्
    भित्र भित्रै लागु औषध सेवनमा पर्छन्।
    २
    खोजी गरौँ दुर्गतिमा लाग्ने बालबच्चा
    जोगाउनु पर्छ अब बन्नु हुन्न कच्चा।
    ३
    लामो थियो जिन्दगानी छोटो बन्न पुग्यो
    समाज भाँड्ने जाली किरो किन कता लुक्यो?
    ४
    हुदै हुन्न दोषीलाई लुकाउन फेरि
    जाग उठ दैत्य को हुन् सोध केरी केरी ।
    ५
    भविष्यका कर्णधार रहून् स्वस्थ चङ्गा
    जागरुक बनौँ सबै नफैलियोस् दङ्गा।

    – पौडेल विमुन्स, पाेखरा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नुहाएर मात्र बाहिर सफ़ा हुन्छ तन
    खानपान को शुद्धता ले चोखो हुन्छ मन
    २
    नबगाऊ जिंदगी लाई बोतलको पानीमा
    नसिध्याऊ जिंदगी रोग नै रोग को खानिमा

    – पदमा शर्मा आँचल, कालाचिनी भारत ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    टाठाबाठाको ललिपपमा झुभिएका कैयौं युवाशक्ति,
    बेरोजगारले थन्किए छन् कति लागु पदार्थको भक्ति!
    २
    अगुवा नै चरूवा भएपछि कसरी हुन्छ विकास,
    लागु पदार्थमा अल्झिएपछि कसरी हुन्छ निकास!
    ३
    देशले छैन हारेको तर तस्करले मारेको,
    लागु पदार्थ दुर्व्यसनले कस्तो रोग सारेको!

    – शरद प्रधानाङ्ग,विराटनगर-७

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    भोक लागे अन्न खाऊ नपिउँनु है नशा,
    यो नशाले लेराउँछ साँढे सातको दशा।
    २
    लागु पदार्थ अोसार पसार गर्न लगाऊँ रोक,
    राम्रो काम गर्नेलाई दिऊँ पुरस्कार सबैथोक।
    ३
    शिप भए काम गरे खान पाईन्छ बस्दा,
    अकालमै मर्नु पर्छ दुर्ब्यसनमा फस्दा।
    ४
    चेतनाको दियो बाली युवा जगाउँ,
    कुलतबाट छुटाउँदै काममा लगाउँ।
    ५
    दुर्ब्यसनले समाजलाई पछि पार्ने गर्छ,
    सबै मिली आजैबाट छिटो हटाउनु पर्छ॥

    -पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    मादक खानेले बिस्तारै कम गर्दै छोडौँ,
    खाँदै नखानेले सज्जन साथी मात्र जोडौँ।
    २
    ऊ,तिमी,म मिली नखाऔँ सुर्तीजन्य पदार्थ,
    स्वस्थ हुँदा रमाउँदै बाँचिने कुरा यथार्थ।
    ३
    जाँड-रक्सी सेवन गर्दा गाँजा,भाङ,धतुरो,
    जोस आउँछ होस गुमाई ठोकिन्छ पुर्पुरो ।

    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
    हाल:-जापान

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जाे नशामा जीवन खाेज्दछ ,
    उहीँ छिटाे मृत्युमा पुग्दछ ।
    २
    अमृत समान जिन्दगीमा विष नराेपाैं ।
    जिउमा नशा चढाएर मुहार नछाेपाैं ।
    ३
    अवैध हाे लागू औषध त्याे सबै काराेबार,
    जीवन मरण सवाल छ राखाैं सराेकार ।

    – त्रिलोचन भण्डारी, मेचीनगर , झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    गरेर धुम्रपान,
    यहाँ हुँदैन सान।
    १
    जस्ले धुम्रपान गर्छ,
    उ अकालमै नै मर्छ।
    ३
    धुम्रपान  सेवन  नगरौं,
    जताततै नै चेतना छरौं।

    – जगत ‌थापा सुदुरपश्चिम बझाङ्ग

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    कहिले  सुन तस्कर त कहिले नुन तस्कर
    हुन्छ चै के हाम्रो देशमा घातीको मात्रै लस्कर ।
    २
    दुर्व्यसनि अति बढ्यो है आधा  पिढिले गर्ने नशा
    यो क्रम चलिरहे देशमा लाग्नेछ शनिको दशा।
    ३
    कानुन  मात्र लेखेर हुन्न व्यवहारमा लागु  गरौ
    लौन सरकार खोक्रो बन्दैछ देश सचेतना छरौ।
    ४
    बाबा आए साहुसँग घर खेत बैना राखी
    छोराछोरी मस्ती गर्ने अफिम चुरोट चाखी।

    – इश्वरी अधिकारी, लमजुङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नगर खिसी दुर्व्यसनीको देखेर हाल,
    उसले सुधार्ने छ पक्कै पनि अर्को साल ।
    २
    लागू पदार्थले गर्दैन कसैलाई हित,
    टाढै रहन सक्यौ भन्ने हुन सक्छ जीत ।
    ३.
    चाहेर पनि सकिन्न देख्न बादल भित्रको घाम
    लौ त्यागौ अपराध हो कुलत र दुर्व्यसनी काम ।
    ४.
    दुर्व्यसनीमा फस्दा तिमी फस्छौ एक्लै
    तिम्रो चिन्तामा बा आमा पिरमा बेग्लै
    ७
    लागू पदार्थ सेवन गर्नेहरु जतापायो उतै झर्छन्
    चिन्तै चिन्तामा आमा-बाबा आफन्त अनि साथीभाइ पर्छन्।

    – रचना माेक्तान यात्री, काभ्रेपलाञ्चाेक

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    यति राम्रो युवाकाे जमात,
    कुलतमा लागेर नमात।
    २
    धनकाे नास कुलतले जेलकाे बास,
    त्यो तस्करी छोराको अामालाइ के अास
    ३
    तिमी नजानी कुलतमा फसेछौ कसरी,
    जिन्दगीलाई धुवाँमा नउडाऊ यसरी।

    – नानीबाबा अधिकारी,
    कलंकी, काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सचेत नागरिक र समाज सधैँ अघि सर्नु,
    लागू पदार्थ ओसार-पसार पुरै बन्द गर्नु।
    २
    कुलतमा फसे पछि निस्कनै गाह्रो,
    चेतना जगाउने काम अझ साह्रो।
    ३
    गाँजा र अफिम हेरोइन र चरेस्,
    छोरो तँ यसको अघिपछि नपरेस्।
    ४
    नत मान सम्मान नत छ पुष्ट ज्यान,
    दुर्व्यसनी राम्रो हैन लिनु पर्छ ज्ञान।
    ५
    सम्पत्ति सँगै शरीरको नास,
    ड्रग्सले पार्छ यस्तै उठिबास।

    – अरूण कुमार भुजेल
    गोरूबथान, कालेबुङ्ग,
    पश्चिम बंगाल।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    पिउने बानी नगरौं  सराव
    यस्ले गर्छ जीवनमा खराव ।
    २
    राम्रो  होइन गर्नु  कसैले  धूम्रपान
    लिन सक्छ फ़ेरि अकालमा ज्यान ।
    ३
    धूम्रपान गर्दा हुन्छ फोक्सोमा हानी
    आजैबाट छोड्नु होस् है खराब बानी ।
    ४
    धूम्रपान सम्झिनूस् यो हो जहर
    कसैले   पिउने    नगर्नुस्  रहर ।
    ५
    धूम्रपान किन्ने पैसा होस् बचत
    यस्तै असल सिकाउनुस् आदत ।

    – तारा घिमिरे, संखुवासभा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️

    १
    लागुऔषध खान्न भने शुरूवातमा मत,
    करै गरे साथीभाइले नखाउ भने खत ।

    २
    चुरोट तान्यो वियर पिइयो देखाउन हिरो,
    थाहाथेन त्यतिबेला बन्दैछु पटमुर्ख जिरो ।

    ३
    अलि अलि गर्दागर्दै पुरै फसे लतमा,
    दुर्व्यसनी बनाईछाडे साथी मुफतमा ।

    ४
    चुरोट खाइयो सुर्ती खाइयो तानियो नि गाँजा,
    जाड र रक्सी सेवन गर्दा लाग्दथ्यो आँफै राजा ।

    ५
    लागुऔषध सधैं ल्याउथे बोक्दै तस्कर दुई,
    चट्ट खायो नाकमा सुँघ्यो अनि लगाउने सुई ।

    ६
    निर्भरता यति बढ्यो ड्रग नभई हुन्न,
    ओभर डोज नभएर रत्ति छुदै छुन्न ।

    ७
    सुरुमा त पैसा माग्यो नपाएमा चोरी,
    लुटपाट् गरेर नि भर्यो मनको बोरी ।

    ८
    बिस्तारै पछि पछि बनियो नि तस्कर,
    विश्वास छैन अरुको हेर रत्तिभर ।

    ९
    नखाउ साथी लागुऔषध नबनौं है तस्कर,
    फसेपछि पछुतोले सताउछ जीवनभर ।

    १०
    विचार गरौं आफ्नो स्वास्थ्य आफैं अघिसरी,
    जाडरक्सी सुर्ती ड्रग नछोउ केहिगरी ।

    – वसन्त अनुभव, घोराही – १४, दाङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    दिनोदिन युवावर्गको नैतिकस्तर खस्दैछन् ,
    लागुपदार्थको कुलतमा नानीहरु फस्दैछन् ।
    २
    जो जो फँस्यो दुर्व्यसनको नराम्रो नशामा ,
    निश्चय नै हुन्छ उसको जीवन दशामा ।
    ३
    लागुपदार्थको विरूद्ध  सचेत भई जागौँ ,
    परिवार र समाजको उन्नतितिर लागौँ ।
    ४
    नशाले गर्छ घर अनि  सम्बन्धमा खति ,
    अकालैमा गर्छ यसले शरीरको क्षति ।
    ५
    लागुपदार्थको बेचबिखनले समाजलाई  भित्रभित्रै खाँदैछ,
    भविष्यको कर्णधारहरूको भने जिन्दगी नाश भएर जाँदैछ।

    – राजेन्द्र प्रधान पासा, दार्जिलिङ्ग

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    बिरानो थियो नजिकिँदै आयो,
    जो मनमा बस्यो  कलेजी खायो।
    २
    छ जिन्दगी चुरोटमै अडेको,
    धूवाँसँगै जान्छ पीडा गडेको।

    – अनिल खग्रास

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    धूर्त अवैध धन्दा गर्नु हुन्न राति ,
    खान लाउनलाई छन् कामका ताँती ।
    २
    हाम्रा जंगलका गैंडा ,बाघ, मृग हुन् धन,
    तिनका खाग छालाका लागि मार्ने छन् जन।

    – भगवती दवाडी ,झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    म जे लेख्छु यिनै आँखा ले देखेको लेख्छु,
    छन् वरिपरी नै यिनकै काहाँनी देख्छु।
    २
    जन्मियो, हुर्कियो, ठूलो भयो छोरा,
    कुलतमा लागेर फसेछ मोरा।
    ३
    नाना थरी खादै पिउँदै थालेकाे हिँड्न,
    नसाको तालमा लाग्याे मान्छेहरू गिड्न।
    ४
    चोरी डकैती पागेट मार भयो,
    घरको सामानहरु बेज्दै गयो।
    ५
    रक्सी जाँड गाँजा छोडेर चरेस खान थाल्यो,
    कुसँगतका साथी भाइ  सहजै यहाँ  पाल्यो।
    ६
    पैसा नहुदा बाआमालाई घुर्क्याउँने ,
    एक दुईचोटिमा तँ मीठो फुर्क्याउँने।
    ७
    हरे शिव यो कस्तो छोरा जन्मियो,
    आज आएर उल्टै किन सन्कियो।
    ८
    धुरु धुरु रुदै परिवार आज,
    कुलतको सँगतले गर्छ राज।
    ९
    चरेस खाने सुई हान्ने इँजत लुट्न थाल्यो,
    वरपर दिदी बैहिनी आफ्नु बँसमा गाल्यो।
    १०
    अन्तिम भयो ओछ्यान लाग्यो बिहोसी को चालमा,
    मर्ने दिन आयो अब यसको नि यहिँ  सालमा।
    ११
    सुन्नु दाजु भाइ बन्दु तपाईं हामी मिलेर,
    लागू पदार्थ विरुद्ध  कुरा गरुम छिनेर।

    – कमला पाण्डे पराजुली, झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जाड, रक्सि,चुराेट,बिडि अाएर अाफै बिमार,
    अाफू नखाउँ घर परिवारकाे राखाै बिचार।
    २
    कति नराम्रो बानि रहेछ खराब,
    राति दिन पिएर अाउँछाै सराब।
    ३
    हिड्छाै जताततै साथ मा गाज भाङ लिएर,
    दिनहुँ घरमा झगडा गर्ने रक्सि पिएर।
    ४
    धन जनकाे हुन्छ सत्यनाश,
    नगर रक्सि चुराेटकाे अाश।

    – शाेभा अर्याल, बुटवल

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    अहिले नै लागु पदार्थ, जाँड र रक्सी त्यागाैं,
    देह-शक्ति कमजाेर हुन्छ सचेतामा लागाैं।
    २
    नशामुक्त देशको निर्माणमा लागौं
    समय रहँदै लौ अब सबै जागौं ।
    ३
    नशाको विरोधमा गाऊँ – घरलाई सचेत गराऊँ
    आफ्नो कर्तब्य ठानेर एक सुन्दर समाज बनाऊँ।
    ४
    जुन दिन रित्तिने छ हाम्रो समाजबाट नशा,
    हट्ने छ नि:सन्देह देशको शिरबाट  दुर्दशा।

    – निरुविन्दु परियार, भारत

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जानीजानी नगरौं  ध्रुम्रपान ,
    ख्याल ख्यालैमा यस्ले लिन्छ ज्यान ।
    २
    जिन्दगी भर पर्ने छ मार,
    आफैंलाई पर्ने त हो भार।
    ३
    कसैले पनि नखेल्नु जुवा र तास ,
    धनको नाश जीवनको बनिबास ।
    ४
    न त तिमीलाई न मलाई काईदा ,
    खाएको भन्दा नखाएकै भो फाईदा ।

    – ललिता अभागी, सिन्धुली

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    लागू पदार्थ र अवैध तस्करी कसैले पनि नगरुन्,
    पापको घैटो देखेर वैतरणी बाटो दैवले नहरुन्।

    -रतन पाण्डे’पारतन’, दार्जीलिङ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नगर्नु नशा सेवन रोगले पार्छ बसमा,
    सकिन्छ सम्पत्ति साथी नाता रहन्न उसमा ।
    २
    लागु पदार्थ दुर्ब्यसनी ओसार पसार नगर्नु,
    नैतिक काम होईन यस्ता काममा अघि नसर्नु ।

    – पुष्पासायरा, बिराटनगर ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    नपिउनु भन्दै डाक्टर चुरोट आफै पिउॅछन्
    यिनीहरू लौ कसरी अब धेरै दिन जिउॅछन् ।
    २.
    दुर्व्यशनी बढ्दै गए युवा खतम भए
    सम्झाइ बुझाइ गर्ने जमात कता गए ।
    ३.
    प्रयोग नगरॅौ लागू पदार्थ कसैले पनि
    विकास गर्न सकिन्छ हेर लौ देशको अनि ।
    ४.
    नशाभित्र झुलेर नै यहॅा युवा जति नाश भए
    समाज अनि आफू बिर्सिएर पतित हॅुदै गए ।
    ५.
    सल्लाह दिन सजिलो छ कार्यान्वयन गाह्रो
    नशेडीलाई नशा छोड्न किन भएको साह्रो ।

    – राजेशराज गड्ताैला
    हाल युएई

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    खराब हो लागु औषध जीवन नै सडाउँछ
    अमुल्य यो शरीर पनि बिगारेर गलाउँछ।
    २
    खानु हुन्न भन्दाभन्दै आफैँ खायो उसले  जानीजानी
    छुटाउनलाई समस्या भो गर्छ अहिले आनाकानी ।
    ३
    कडा कानून बुझ्दाबुझ्दै गलत काम गर्यो उसले
    चेत थियो तर पनि आज बिर्सेछकी सम्झी जसले ।

    – माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर, गाईघाट हाल ताप्लेजुङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागू औषध जीवनलाई हानि
    यसबाट रहौं सदा सावधानी।
    २
    कालो कर्तुत कानुनको दृष्टिमा
    लागू औषध ख़राब हो सृष्टिमा।
    ३
    अवैध ओसार-पसार नगरौं,
    नशालु वस्तुमा अगाडि नसरौं ।
    ४
    मानिस नै हो सबभन्दा ज्ञानी
    नशामा नउडाऔं जिन्दगानी।
    ५
    ओसार-पसार नगरौं ड्रग पनि
    अरू नै काम गरे हुन्छ है आम्दानी।
    ६
    परिवारलाई पिर पारी शासना,
    नपरोस्,यही आजको शुभकामना।

    – भूषण जंग, ललितपुर
    हाल अस्ट्रेलिया

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    अब नगरौं भन्छु मान्दैन यो मन,
    भाङ खाएर भएको छु रन बन।
    २
    मदिरा पिएर जथाभावी नबोल,
    दुईदिनको जीवन हो अनमोल!
    ३
    बस्छु सधैं रुखको छायामा,                 
    बाँच्ने चाह छ तिम्रो मायामा।
    ४
    भित्री  मुटुमा  छुरा  हानी  बाहिर राम
    निष्ठुरीले जति सम्झे पनि छैन काम।
    ५
    अन्तै बुनेपछि तिमीले माया जाल,
    मर्नु बाँच्नु भएर सम्झेको छु काल।
    ६
    चुरोट पिएर ज्यान लाई धोका
    नफालाै है सधैं जताततै  खोका।
    ७
    रक्सी पिएर आमा बहिनी नभन्ने,
    जथाभावी आरोप  लगाएर खन्ने।

    – प्रेम सुनार, दैलेख

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    लागुपदार्थ ऒसारपसार  बढ्दै छ गएको  ,
    यस्ता विकृतिलाई नै फ्याक्दै जानुपर्छ भएको l
    २
    गैरकानुन कार्य हो लागुपदार्थ  ओसारपसार ,
    नगरौँ है कसैले पनि विकृतिको प्रचारप्रसार l
    ३
    ज्यानै जान सक्छ गैरकानुन कामले ,
    सचेत रहौँ लोभमा नफसौ  दामले l
    ४
    लागुपदार्थ ओसारपसार मिलेर रोक्नुपर्छ ,
    विश्वमा भएका यी विकृति फाल्ने सोच बोक्नुपर्छ ।
    ५
    पैसाको लोभमा कसैले नि गैरकानुनी काम नगरौँ,
    लागुपदार्थको ओसारपसार विरुद्ध आवाज भरौँ ।

    – रिता खराल , रुपन्देही

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सान देखाउँछ खाई  ठुला र ठालु,
    हुन्छ लागू पदार्थ नशालु, बिषालु ।
    २
    गाँजा,भाङ त्यही दिमागी भार,
    मनै देखि गरौँ है प्रतिकार ।
    ३
    लागू पदार्थले गर्छ स्वास्थ्यलाई हानी,
    हुन सक्छ ठुलै जीवन भर कहानि।
    ४
    पीडामा त धूम्रपान काईदा,
    सेवन गरे हुन्छ बे-फाइदा ।
    ५
    केही छिनलाई आनन्द दिन्छ,
    धूम्रपानले हाम्रो ज्यान लिन्छ।
    ६
    खाए पछि मच्चाउँछ हंङ्गमा,
    धावा गर्छ शरिरको अङ्गमा।

    – महेश तामाङ,
    बेल्कोट्गढी-६, नुवाकोट

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    मदिरा पिएर जथाभावी नबोल,
    दुईदिनको जीवन हो अनमोल।

    – हिँउकला खतिवडा,
    कैलाली ।

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    नगरौं सेवन लागू अाैषध र धुम्रपान,
    भित्र भित्रै खाेक्राे पारी यसले लिन्छ ज्यान।

    – विशाल सुवेदी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    शरीरमा असन्तुष्ट रोग भर्छ,
    नशा पिउनु हुन्न है घात गर्छ।
    २
    युवा बिग्रियो है नशामा झुलेर,
    रातो दिन रेष्टुरेण्टमा भुलेर।
    ३
    हजुर हाम्रो गाउँका बिरे,चामे अनि काले,
    अलि-अलि गर्दै बच्चाले पनि पिउन थाले।
    ४
    दिन रात टोलाउँछन् सुनसानमा बसेर,
    बेकार भए युवाहरू कुलतमा फसेर।

    – प्रकाश बुढाथोकी,
    असम भारत।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    छोडौ सबै रक्सी जुवा तास,
    हुन्छ जिवनको सत्यनाश।
    २
    भ्रष्टाचारी बसेका छ्न देशै भरी ,
    कमाए छ्न  धन  गरेर  तस्करी।

    – हरिश चन्द, बैतडी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    शिक्षाको कमि धेरै भयाे समाजमा,
    धूम्रपान मुल्य बढाउ बजारमा ।
    २
    सबै शिक्षित भए समाजमा हट्छ
    लागू अाैषध बिरुद्धमा मन बड्छ।

    – साधना पाैडेल, अाेखलढुंगा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️

    १
    छाेडौं सबैले धूम्रपान,
    जोगिन्छ अनि हाम्रो ज्यान ।
    २
    बनायौ कुलतरहित समाज
    छरेर जनचेतनाका आवाज ।
    ३
    लागुपदार्थ ओसारपसारमा  लगाउनु पर्छ रोक,
    जसले समाजमा राम्रो काम गर्छ हुनेछ सबै थोक ।

    – दुर्गा भट्टराई, मोरङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लेखेर पठाए मायाँको उपहार,
    त्यसमा थियो देशभक्तलाई प्यार।
    २
    भोलि भेट हौँला मसाल बालेर,
    आउँछु यो ब्यबस्थालाई फालेर।
    ३
    आउ मिलेर बनाउ शुन्दर देशलाई,
    प्रगतिशिल बिचार ल्याउहै दाजु भाई।
    ४
    बिचारमा मिठास अनि विवेक हुनैपर्छ,
    त्यसैले त घर समाजको राम्रो हित गर्छ।

    – सुरेशकुमार पान्डे,
    घोराही उप महानगर पालिका१८ दाङ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    हानिकारक हुन्छ लागूपदार्थ,
    यसकाे सेवन  नगर्नु किमार्थ।
    २.
    नअाउनु अब कहिल्यै पिएर,
    बस्दैछु फाटेकाे याे मन सिएर।
    ३.
    नफस्नु लागू  पदार्थकाे  नशामा,
    जिन्दगी जाकिन्छ फेरि दुर्दशामा।
    ४.
    नखानु कसैले रक्सी भाङ चरेस,
    खाएसरी हुन्छ  जिन्दगीमा हरेस।
    ५.
    लागू पदार्थ बिरुद्ध  सक्रीय बनौं,
    समस्या अायाे भने अरुलाई भनौं ।

    – थापा रुद्र , भानु – ११, तनहुँ

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    नगर्नु दुई नंबरी धन्दा कसैले,
    यस्तो काम आजै गरौं बन्द सबैले।

    – खगिन रिदम लामा,
    खोटाङ ईन्द्रेणी पोखरी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जसले खान्छ सधैं नशा,
    उसले लिन्छ सबै दशा ।
    २
    लागू पदार्थको सेवनले लिन्छ हाम्राे ज्यान,
    यसलाई नछाेएकै एकदम राम्रो झन।
    ३
    अाजै देखि सबैले दुर्व्यसनमा नफस्ने प्रण गराै,
    समाजबाटै हटाउन जागृतिका स्वरहरु भराै ।
    ४
    अाउ अब समाजबाट दुर्व्यसनलाई बनाउ सधैं टाढा,
    धुम्रपान बिनाकाे जीवन हुन्छ उत्तम र हरपल गाढा ।
    ५
    शिक्षा छराै समाजमा चेतनाकाे दियाे बालाै,
    दुर्व्यसनकाे बिरुद्धमा  सबले पुन्ज फालाै ।
    ६
    उखेलेर जरैदेखि दुर्व्यसनलाई  फाल्नुपर्छ,
    कच्याककुचुक सबै ति जरा यसका गाल्नुपर्छ ।
    ७
    नशा पिउने साना हुन्छन् काेही सारै बच्चा,
    कुलतले जीवन बन्छ अति सारै कच्चा।
    ८
    नपिउनु  जिवनमा नशा,
    पियाै भने लाग्छ ठूलो दशा।

    – लक्ष्मी घिमिरे, झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागू औषधका धन्दा रोकेर अब देशमा,
    चेतना छर्नुपर्नेछ नयाँ यो सुस्त भेषमा ।
    २
    बेरोजगार ती यूवा युवती जनता सब,
    लागू औषध ओसारपसार बन्दहोस् अब ।
    ३
    जहाँ ती घर भांडिन्छन् लागू औषधले सुन,
    सप्रिन्छ घर साराका सुनिदे मुरली धुन ।

    – ऋषिराम खनाल
    मध्यविन्दु ६ नवलपुर ।

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    जिर्ण बन्छ शरीर परदिन लागू पदार्थको नसालेे,
    रहन्न इज्जत अनि अस्थिर मन घुमाउँछ दशाले ।

    – मिसु श्रेष्ठ, काठमाडाैं ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    लागूपदार्थ  सेवन  गर्ने  तिम्रो  बानी,
    पुर्याउँछ स्वास्थ्यलाई बुझौं निकै हानि।
    २.
    बनिन्छ खराब,
    नछुनु  सराब।
    ३.
    सोचेर नै  कुरा  दिनुपर्छ  ध्यान,
    लागूपदार्थले लिनसक्छ ज्यान।

    – रविन भण्डारी

    ✍️✍️✍️✍️✍️ टुक्का✍️✍️✍️✍️✍️
    आफ्नो अनि सन्ततिको सधै उज्वल भविष्य सोचौं,
    लागु पदार्थ र तस्करीलाई घृणा भावले घोचौँ।

    – नवीन जाेशी, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्य1 Comment on अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसरमा टुक्का अभ्यास कार्यक्रम

    उदक अभ्यास – ५ मा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुको सहभागीता

  • १२ असार २०७८, शनिबार २०:०९ मा प्रकाशित
  • अभ्यासमा दिइएको तस्बिर

    उदक साहित्य यात्राको अभ्यास ५ अन्तर्गत आज नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुले सहभागीता जनाउनु भएको छ । उदकलाई नेपाली साहित्यको लघुविधाको रुपमा चिनिन्छ । अभ्यासका लागि दिइएको तस्बिर हेरेर आफुलाई महसुस भएको भावनालाई एउटा उदक बनाएर अपरान्ह ५ बजेसम्ममा सहभागी हुन भनिएको उदक साहित्यका प्रवर्तक, साहित्यकार एवं उदक अभ्यास ५ का प्रशिक्षक आर्त अकुलिनले बताउनु भयो ।

    प्रशिक्षक अकुलिनका अनुसार उदक साहित्य अभ्यासमा सहभागी उदकयात्रीहरुको उदक यसप्रकार रहेको छ ।

    १
    इन्द्रेनी
    सात रङ्ग
    सङ्घर्षमय जीवनको उमङ्ग !

    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    …………..

    २
    सप्तरङ्गी
    मनमाेहक दृष्य
    प्राकृतिक जटाले भरीपूर्ण !

    ✍️ बलराज गिरी, कैलाली
    ……………..

    ३
    मनमोहक
    सप्तरङ्गी चमक
    आत्मिक भाव प्रेम !

    ✍️ होमप्रसाद न्यौपाने, धरान -११, सुनसरी
    ………………

    ४
    रङ्ग
    प्राकृतिक सृष्टि
    अनमाेल रहेछ दृष्टि !

    ✍️ दामाेदर ढकाल, भाेजपुर
    ………………

    ५
    सृष्टि
    जल अनुकुलता
    जीव जगत इन्द्रेनी !

    ✍️ विष्णुदीप सङ्कल्प, ठिमी, भक्तपुर
    ………………

    ६
    प्रकृति
    निश्चल निष्पाप
    चुम्न दिन्छे स्वीकृति !

    ✍️ पशपती राई, खोटाङ
    ………………

    ७
    रङ्गिन
    इन्द्रेणीको रङ्ग
    प्रेम भाव उमङ्ग !

    ✍️ बिमला आठपहरिया, धनकुटा
    ………………

    ८
    प्रकृति
    अनाैठाे आकृति
    नासेमा आउने विकृति !

    ✍️ सविता के.सी., काठमाडौं
    ………………

    ९
    मनमाेहक
    सप्तरङ्गी इन्द्रेनी
    अनुपम प्राकृतिक झरना !

    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ………………

    १०
    झरना
    प्राकृतिक छटा
    सातै रङ्ग इन्द्रेनीको !

    ✍️ वसन्त अनुभव, घोराही-१४, दाङ
    ………………

    ११
    सुन्दर
    मनमोहक दृश्य
    पानी झरना इन्द्रेनी !

    ✍️ कृष्णदास जोशी, ललितपुर
    ………………

    १२
    इन्द्रेनी
    संयाेजन प्रकृतिकाे
    विविध रस जीवनकाे !

    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौं
    ………………

    १३
    झरना
    कलकल पानी
    अनुपम प्राकृतिक सुन्दरता !

    ✍️ रामसुन्दर थारू, कैलाली
    ………………

    १४
    इन्द्रेनी
    प्रकृति सुन्दरी
    विविध रङ्गको गुच्छा !

    ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी
    ………………

    १५
    सुन्दरता
    प्राकृतिक  सृष्टि
    सत्यम् शिवम् दृष्टि !

    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा
    ………………

    १६
    प्रकृति
    सुनौलो संसार
    जिउने गर्विलो आधार !

    ✍️ अरुणा श्रेष्ठ ‘अनु’, झापा
    ………………

    १७
    मोहक
    झरना इन्द्रेनी
    सौन्दर्य छटा प्रकृतिको !

    ✍️ रामचन्द्र ढकाल, चितवन
    ………………

    १८
    सप्तरङ्गी
    स्वच्छ प्रकृति
    जीवनको सुन्दर आकृति !

    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ………………

    १९
    प्रकृति
    सृजनाकाे मुहान
    व्रम्हकाे अनुपम वरदान !

    ✍️ खलवीर नाराज, तनहुँ
    ………………

    २०
    प्रकृति
    स्वस्थ फोक्सो
    रङ्गीविरङ्गी इन्द्रेनी जगतको !

    ✍️ टीकाराम पुनमगर, सल्यान
    ………………

    २१
    झरना
    निरन्तर अविरल
    रङ्गको साथमा झरझर !

    ✍️ रामकृष्ण दवाडी, पाेखरा
    ………………

    २२
    प्रकृति
    जीवनको रङ्ग
    एक अनुपम आकृति !

    ✍️ आर्त अकुलीन, कैलाली
    ………………

    २३
    सृष्टि
    सुन्दर दृष्टि
    सदियौं सुन्दर प्रकृति !

    पुष्कर अथक रेग्मी, श्रीनगर, तानसेन पाल्पा
    ………………

    २४
    आहा
    मोहनी लाग्दो
    झरनासँगै सुन्दर इन्द्रेनी !

    ✍️ जय धामी, बझाङ
    ………………

    २५
    प्रकृति
    जटा लताको
    उमङ्ग मन साराको !

    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ………………

    २६
    प्रकृति
    छालको गति
    अनुपम जिन्दगीको मेल !

    ✍️ हृदय लेकाली, भैरहवा
    ………………

    २७
    मिलन
    घाम पानी
    लागेको मनोहर इन्द्रेनी !

    ✍️ पुष्पा सायरा, बिराटनगर
    ………………

    २८
    ढानी
    मन मोह्न्यइली
    चम्पन मोर बस्ती !

    ✍️ सागर कुस्मी, कैलाली
    ………………

    २९
    प्रकृति
    सप्तरङ्गी झरना
    जीवनको अमूल्य निधि !

    ✍️ प्रभादेवी पौडेल, चितवन
    ………………

    ३०
    बर्षात
    हिलो मैलो
    धान रोप्ने असार !

    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    ………………

    ३१
    सप्तरङ्गी
    अनेकाैँ भाव
    शुभ अशुभ दर्शन !

    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर
    ………………

    ३२
    दृष्टि
    सुन्दर प्रकृति
    उदकमा किरण सप्तरङ्गी ।

    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
    ………………

    ३३
    सप्तरङ्गी
    इन्द्रेनी राम्रो
    लोभियो मन हाम्रो !

    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा
    ………………

    ३४
    साैन्दर्य
    खाेलानाला छालमा
    इन्द्रेनी प्रकृतिको जालमा !

    ✍️ मनोज थापा, कैलाली
    ………………

    ३५
    प्रकृति
    सुन्दर हुन्छ
    हामीले माया गर्नुपर्छ !

    ✍️ सुस्मिता भट्टराई, अर्घाखाँची
    ………………

    ३६
    प्रकृति
    इन्द्रेनी जल
    सम्झिँदा मनै कलकल !

    ✍️ प्रतीक रावल, झलारी, कञ्चनपुर
    ………………

    ३७
    बादल
    पानी तानेर
    इन्द्रेनी साथ लिएर !

    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
    ………………

    ३८
    प्रकृति
    सौम्य मनमोहक
    आफैमा सुन्दर आकृति !

    ✍️ लक्ष्मी बस्याल बर्दिया
    ………………

    ३९
    प्रकृति
    गरिरहेछ झेल
    बाढी पहिरो भेल !

    ✍️ उर्मिला पन्त पाण्डे, काठमाडौं
    ………………

    ४०
    प्रकृति
    स्वच्छ इन्द्रेनी
    देखियो सप्तरङ्गी आकृति !

    ✍️ नानीमाया सुनुवार, उदयपुर
    ………………

    ४१
    फुरुङ्ग
    इन्द्रेनी रङ्ग
    प्राकृतिक छहरा उमङ्ग !

    ✍️ अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली
    ………………

    ४३
    प्रकृति
    सप्तरङ्गी झरना
    घाम पानीको दृश्य !

    ✍️ धर्मिला कार्की‌, काठमाडौं
    ………………

    ४४
    इन्द्रेनी
    वर्षा बाढी
    प्रकृतिको  अनुपम दृश्य !

    ✍️ खड्गबहादुर गुरुङ, कैलाली
    ………………

    ४५
    इन्द्रेनी
    स्वर्गकाे प्रेमपास
    अङ्कमाल धरती आकाश !

    ✍️ टीकाराम जोशी, कैलाली
    ………………

    ४६
    झरना
    सात रङ्ग
    धेरै सुन्दर दृश्य !

    ✍️ कविता आचार्य, कैलाली
    ………………

    ४७
    मौसम
    बादल वर्षा
    झरना घाम उमङ्ग !

    ✍️ अनुपमा आकृती, कैलाली
    ………………

    ४८
    इन्द्रेनी
    चोर्यो मन
    सप्तरङ्गी देखियो गगन !

    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक अभ्यास – ५ मा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुको सहभागीता

    एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन ! रातभरी शिरानीमा , मायां साटी निदाउन !!

  • १२ असार २०७८, शनिबार २०:०६ मा प्रकाशित
  • एउटै मायां काफी हुन्छ, जिन्दगी यो बिताउन !
    रात भरी शिरानीमा, मायाँ साटी निदाउन !!

    हजार हुन्छन् ताराहरू, जून केवल एउटा हुन्छ !
    लाखौं मान्छे भेटे पनि, रोज्नु पर्ने एउटा हुन्छ !!
    एउटै छाती काफी हुन्छ, दुःख सुख विसाउन !
    रात भरी शिरानीमा, मायां साटी निदाउन !!

    एउटा मुटु लाई दुखे, अर्को लाई दुख्ने गर्छ !
    मायां बिना जीन्दगी यो, खहरे झैं सुक्ने गर्छ !!
    चोखो मायाँ जान्दैन त्यो, कैले पनि रिसाउन !
    रात भरी शिरानीमा, मुटु साटी निदाउन !!

    एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन !
    रातभरी शिरानीमा , मायां साटी निदाउन !!

    शुशील पराजुली,मकवानपुर

    Posted in मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन ! रातभरी शिरानीमा , मायां साटी निदाउन !!

    “किन हटेनन् अझै बिभेदहरु ?”

  • ११ असार २०७८, शुक्रबार १६:४३ मा प्रकाशित
  • रगत पसिनाले सिंचीत माटोमा
    अङ्कुरित बिज हुर्काउँदै,

    पल्लवित लोकतन्त्रको वृक्षमा
    गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
    वीरताको अमर गाथा कोरेकाहरु,

    परिबर्तनको प्रतिफलबाट बन्चित भएर
    बाँचिरहेछन् ,
    गुमनाम जिन्दगी !

    जीवनोपयोगी शिक्षाबाट ठगिएर
    व्यापारिकरणको नङ्ग्राले चिथोरिएर
    ठालुहरुको होच्याइबाट थलिएर
    थिलथिलो भएका पाठशालाहरुले
    जन्माइरहेछन् ,
    बेरोजगार बहादुर र कान्छाहरु ।

    पुर्णीमालाई लखेटेर
    औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
    झलमलाई रहेछन् ,
    पितृसत्तात्मक सोचका ताराहरु ।

    असमानताको कालोपत्रे बिछ्याउँदै
    एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,
    एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

    पहिचान लुकाउनेहरुको विवशता देखेर,
    सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।

    आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
    छुवाछूतले फाटेका मन सिलाउने मेसिन
    आविष्कार नहुनुका कारणहरु,
    खोजिरहेछन् आरनहरु ।

    सङ्कीर्णताको माला भिरेर
    अहङ्कारको टीका लगाएर
    ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
    शीतयुद्धमा भाग लिइरहेछन् ,
    धर्मका अनुयायीहरु ।

    हुरी बतास र बर्षादसँग
    आत्मासमर्पण गरिरहेछन् ,
    चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।

    वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै
    बगिरहेछन् निरन्तर,
    भोकको आगोलाई निभाउन नसकेका
    अभावलाई बगाउन नसकेका
    पसिनाका नदिहरु ।

    सुशासनको रटानले तिर्खाएर
    धारा उपधाराहरुले
    प्यास मेटेकाहरु सामुन्ने
    ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
    आखिर,
    किन हटेनन् अझै बिभेदहरु ???

         ~~समाप्त~~

    मुकुन्द कृष्ण थापा

    खोटाङ

    Posted in साहित्यLeave a Comment on “किन हटेनन् अझै बिभेदहरु ?”

    टुक्का साहित्य समाज काठमाडौद्वारा विश्व बालश्रम विरुद्ध दिवशको अवसरमा खुला टुक्का प्रतियोगिता कार्यक्रम सम्पन्न

  • ३० जेष्ठ २०७८, आईतवार १२:३५ मा प्रकाशित
  • काठमाडौ, २९ जेठ
    विश्व बालश्रम विरुद्ध दिवशको अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले आयोजना गरेको विशेष खुल्ला टुक्का प्रतियोगिता कार्यक्रमको नतिजा घोषणा गरिएको छ । भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष एवं टुक्काका प्रणेता ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

    उक्त खुला टुक्का प्रतियोगितामा खोटाङका टुक्काकार मुकुन्द कृष्ण थापा प्रथम, काठमाडौंका टुक्काकार शम्भु लाल श्रेष्ठ द्वितीय र काभ्रेपलान्चोककी टुक्काकार रचना मोक्तान तामाङले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा नेपाल लगायत विश्वका विभिन्न स्थानमा रहेका नेपाली भाषी टुक्काकारहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा समावेश भएका टुक्काहरु मध्ये सुचनामा उल्लेखित सम्पूर्ण नियमहरू पूरा भई उत्कृष्ठ १५ मा परेका टुक्काकारहरुको टुक्का मुल्यांकनकर्ता समक्ष मुल्यांकनका लागि पठाइएको जानकारी प्रतियोगिताकी संयोजक एवं समाजकी सचिव पौडेल बिमुन्सले गराएकी थिइन ।

    कविताको उपविधाको रुपमा रहेको टुक्काका प्रतियोगी टुक्काहरुको मुल्यांकनकर्तामा तिलक लुइँटेल गुरु, बिनोद दाहाल गुरु र समाजकी सल्लाहकार शर्मिला श्रेष्ठ रहनुभएको थियोे । शनिबार आयोजित उक्त भर्चुअल कार्यक्रममा बोल्दै मुल्यांकनकर्ताद्वय तिलक लुइँटेल र बिनोद दाहालले मुल्यांकनका क्रममा देखिएका सबल र दुर्बल पक्षको चर्चा गर्नुका साथै राम्रो टुक्का लेखनका लागि अमुल्य सुझाव प्रदान गरेका थिए ।

    समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले प्रतियोगितामा सहभागी सम्पूर्ण टुक्काकारहरू तथा कार्यक्रम सफल बनाउन महत्वपूर्ण याेगदान दिने टुक्का साहित्य समाजका पदाधिकारी सदस्यहरू, निर्णायकहरू लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गरेका थिए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरुलाई क्रमशः नगद रु ५००, ३०० र २०० कासाथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतियोगिताका विजेताहरुलाई दिइने पुरस्कारको प्रायोजन समाजका सदस्य सचिव जगत थापाले गरेका थिए भने कार्यक्रमको संचालन समाजकी सचिव पौडेल बिमुन्सले गरेकी थिइन ।

    “विश्व बालश्रम विरुद्ध दिवश” विशेष खुल्ला टुक्का प्रतियोगितामा सहभागी मध्ये सुचनामा उल्लेखित सम्पूर्ण नियमहरू पूरा भई उत्कृष्ठ १५ मा पर्न सफल टुक्काकारका टुक्काहरू

    /१/
    भोलीको राष्ट्रशक्ति बालबालिका अन्यायमा नथिचियोस्,
    बाँच्न पाउने उसको अधिकार कतै बाट नमिचियोस् !
    /२/
    आज आँसु पिएर भोलीको भविष्य जुठ्यानमा खोज्छु,
    चाहना पुरा गर्न रातको अध्यारोमा सपना रोज्छु!
    /३/
    आँतमा बल्छ भोकको आगो त्यसैले नसके पनि गर्छु श्रम,
    चोर्नु र ढाँट्नु आउँदैन आँसु पिउँछु कसैले नसोचे भ्रम!

    • शरद प्रधानाङ्ग
      विराटनगर-७

    /१/
    ती सबै साथीभाइ मिलेर खेल्दैछन् गट्टामा
    बालबालिकाले काम नगरुन् इँट्टा भट्टामा ।
    /२/
    दु:ख पाएका बालकलाई खानाका लागि डाकिदे
    बालश्रम गराउँनेलाई चिसो खोरमा जाकिदे ।
    /३/
    ज्ञानको शिक्षा दिएर चेतनाको ज्योति छर
    आफ्नै घरबाट त्यो बालश्रमको अन्त्य गर ।

    • विनोद रिजाल
      बेलबारी २मोरङ

    /१/
    बालअधिकार सुनिश्चित गर्नअघि सरौ,
    कुटपिट हिंसा र हत्या नगर्ने प्रण गरौं।
    /२/
    स्वस्थ-शिक्षा र आहार हो आधारभूत कुरा,
    बालकको यिनै अधिकार गर्न पर्छ पूरा।
    /३/
    बालश्रम र शोषण जघन्य अपराध हो जानौँ,
    बालमैत्री भावनाको संरक्षण सर्वोपरि ठानौँ।

    • अरूण कुमार भुजेल,
      गाेरुवथान, भारत

    /१/
    गरिवीको कारण हो विश्व बाल श्रम बढेको,
    कठै बालबालिका माथि कति शोषण भएको।
    /२/
    सबैको रहर हुन्छ सानामा खेल्ने रमाउने,
    आउनुस् सबै मिलिजु लि बालश्रम हटाउने।
    /३/
    पढ्ने लेख्ने उमेरमा काम गर्छन् बालबालिका,
    मिलेर नै रोक्नुपर्छ बालश्रम विश्वभरिक।

    • रिता खराल,
      गैड्डहवा ९ रुपन्देही

    /१/
    न चूल्हो बल्यो, न घर व्यवहार नै चल्यो !
    भट्टीमा बालबालिकाको भविष्य नि जल्यो ।
    /२/
    बालबालिका कोपिला हुन फूल्न दिनुपर्छ,
    फूलहरुमा भमरा आइ भुनभुन गर्छ ।
    /३/
    नथोपरौं बालश्रम वाधा व्यवधान सारा अरु,
    बालबालिका हुन भविष्यका चम्किला ताराहरु

    • रचना मोक्तान तामाङ
      नमोबुद्द नगरपालिका वडा न ५ काभ्रेपलान्चोक

    /१/
    सडक खाते बालक भनि, किन छिंछिं दुर दुर?
    भोको पेटको सवाल छ, त्यसको के नैछ कसुर ।
    /२/
    किताब बोकि पढ्ने बेला, कवाडी खोज्दै हिड्छ नुर,
    गाडी होटल कारखानाको, बन्छ बाल मजदुर ।
    /३/
    बालश्रमको अन्त्य गरौं, पढुन बनाई तालिका,
    देशका कर्णधार हुन आजका यी बालबालिका ।

    • वसन्त अनुभव
      घोराही उपमहानगरपालिका – १४, दाङ

    /१/
    बाल बालिकालाइ न हेपाैँ,
    धेरै न बोलौँ धेरै न खेपौँ।
    /२/
    बच्चा हरुबाट पनि ज्ञान लिउँ,
    आफुमा भएको ज्ञान पनि दिउँ।
    /३/
    आजका बालक भोलिमा कर्णधार
    बदल्ने छन् पुरै एक दिन संसार

    • पारस भट्ट प्यासी,
      मेलौली बैतडी

    /१/
    श्रम नलगाउ बालकलाई दर्द पिडाले रुन्छ,
    भविष्य भोली बिग्रियो भने सम्झेर पछुतो हुन्छ।
    /२/
    हँसाउ खेलाऊ पढाऊ बालकसँग खुसी मनाउ,
    विश्व भरि देशलाई चिनाउने दह्रो मुठ्ठी बनाउ।
    /३/
    गल्ली,गाउँ,शहर,देश सबैतिर सन्देश छर्नुपर्छ,
    बालश्रम गराउनु हुँदैन भन्ने विवाद गर्नुपर्छ।

    • प्रकाश बुढाथोकी।
      ठेगाना- असम(भारत)

    /१/
    बालश्रम शोषण विरुद्धमा हामी लागि परौँ ,
    सडक पेटि छाड्ने होईन ब्यबस्थापन गरौँ ।
    /२/
    बालश्रम बिरुद्धको अभियानमा लागि,
    खोस्नु पर्छ है अधिकार पाईंदैन मागि ।
    /३/
    सस्तोमा नै ठुलाहरुले गर्छन् तानातान ,
    बाल शोषण गर्नु हुन्न यति कुरा जान ।

    • ललिता अभागी
      सुनकोशी ५ सिन्धुली
      हाल काठमाडौं

    /१/
    कामदार बालबालिका पनि हुन सक्तछन् नेपालको सुन्दर भविष्य!
    शिक्षा र स्वास्थ्यको अवसर दिई सक्षम बनाउने देखियोस् परिदृष्य!
    /२/
    बालश्रम उन्मूलन गर्नलाई, गोष्ठी सम्पन्न हुन्छ तारे होटलमा!
    भोलिपल्ट तिनै बालकलाई अवसर, पैसा साट्ने खाली बोतलमा!
    /३/
    एउटा बाल श्रमिक तन्देरी नभए सम्म धैर्य गरेर पर्खियो !
    युवा हुन्छ खाडी तिर जान्छ, यसरी बाल श्रम निवारण गरियो !

    • प्रमोद भट्टराई ‘प्रतीक’
      कौशलटार, भक्तपुर
      (हाल बिराटनगर)

    /१/
    कहीँ कतै दिल भित्र नपालाैँ है भ्रम ,
    कानूनकाे बिपरित हुन्छ बालश्रम ।
    /२/
    बालश्रम बिरुद्धमा उठाउँछाैँ नारा,
    यूवा उठे सँगसँगै उठ्छ देश सारा ।
    /३/
    लालाबाला याे देशका भाेलि खम्बा बन्छन् ,
    बालश्रम बिरुद्धमा जानकार भन्छन् ।
    नाम: केशव प्रसाद ढकाल `प्रीतबीज´
    ठेगाना : सिरान्चाेक ७, उपल्लो गाेहाेरे, गाेरखा

    /१/
    खोइ कहॅा छ सरकार बाल श्रम हॅुदा
    आशु कोही पुछ्दैन यहॅा टुहुरो त्यो रॅुदा ।
    /२/
    भविष्यका कर्णधार ति नगरॅौ बाल शोषण
    देशका खम्बा बन्नेछन् है गरे पालन पोषण ।
    /३/
    पल्ला घरमा बिहानै काम गर्ने सानो भाइ देखें
    पुलिसलाई तुरुन्तै एउटा उजुरी पत्र लेखें ।
    -राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग
    बसाइ- कॅाडाघारी, काठमाण्डौ
    हाल- आबुधाबी, युएई

    /१/
    श्रम गराएर त्यसै रिस नभर,
    बालबालिका माथि शोषण नगर।
    /२/
    दुःख भए मनका सबै कथा व्यथा लिनुपर्छ,
    बालबालिकालाई पढ्ने अवसर दिनुपर्छ।
    /३/
    बाल दिवस छ भनी कसरी मैले मनमा भर्नु,
    श्रम नगरी चुलो बल्दैन भन्नुहोस् अब के गर्नु।
    रविन भण्डारी
    कानेपोखरी २ दलेली मोरङ

    /१/
    आजका साना कोपिला, भोलिका सुन्दर फूल
    नगरौँ स्कुल छोडी, श्रममा पठाउने भुल
    /२/
    बालश्रम बिरुद्ध बोल्नेहरुको प्यास, जुन पानीले मेटिन्छन्
    त्यहि पानी बेचिरहेकाहरु भने, बालबालिका नै भेटिन्छन्
    /३/
    सधैँको लागि समाप्त गर्ने भए, बालश्रम शोषण
    राज्यले नि:शुल्क गर्नुपर्छ, शिक्षा र पालन-पोषण

    • मुकुन्द कृष्ण थापा
      खोटाङ

    /१/
    पढ्ने,खेल्ने उमेरमा नै ज्याला-मजदुरी कति गर्नु?
    सहन नसकि पीडा अनेक झर्छन् आँसु जति झर्नु।
    /२/
    प्रभावकारीरुपमा लागू होस् कानुन बालश्रम अन्त्य गर्न,
    अवसर पाए तिनैले सक्छन् विश्वभर खुशीको रंग भर्न।
    /३/
    विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ हरेक वर्ष,
    शिक्षाको उज्ज्वल ज्योति पाए तिनले सबमा छाउँथ्यो हर्ष।

    • शम्भु लाल श्रेष्ठ
      नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाण्डौ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य4 Comments on टुक्का साहित्य समाज काठमाडौद्वारा विश्व बालश्रम विरुद्ध दिवशको अवसरमा खुला टुक्का प्रतियोगिता कार्यक्रम सम्पन्न

    कोरोना खोप ज्येष्ठ नागरिकको लाइन (फोटो फिचर)

  • २५ जेष्ठ २०७८, मंगलवार १५:१० मा प्रकाशित
  • २५ जेठ, काठमाडौं । ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप मंगलबारदेखि दिन थालिएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्षका नागरिकलाई खोप वितरण गर्ने गरी अभियान सुरु गरिएको थियो ।
    काठमाडौं महानगरपालिकाले मंगलबार ६४ वर्षका नागरिकका लागि खोप लगाउन वडास्तरमा खोप केन्द्र तोकेको छ । चीनले ८ लाख डोज भेरोसेल खोप दिएपछि ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । खोप लगाउन धेरै खोप केन्द्रमा ज्येष्ठ नागरिक लामो लाइन बसेका थिए ।
    यसअघि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाले भने यो खोप पाउने छैनन् । उनीहरुका लागि सरकारले एस्ट्राजेनेकाले उत्पादन गरेको खोप ल्याउने तयारी गरेको छ ।

    Posted in साहित्यLeave a Comment on कोरोना खोप ज्येष्ठ नागरिकको लाइन (फोटो फिचर)

    लघुकथा – गुमराह

  • २१ जेष्ठ २०७८, शुक्रबार २२:३८ मा प्रकाशित
  • ✍️ वसन्त अनुभव

    “रिपोर्ट त त्यति राम्रो छैन तर एकपटक सिटि स्क्यान र एफ एन ए सि रिपोर्ट हेरौ ।”  दिसा, पिसाब, रगत, एक्सरे लगायत भिडियो एक्सरेको रिपोर्ट हेरिसके पछि डाक्टरले भने ।

    “हस डाक्टर साब” भन्दै म बुवालाई लिएर बाहिरिए ।
    “के भएको रहेछ? डाक्टरले के भने? सन्चो त हुन्छ नि ?” बुवाले भन्नुभयो । डाक्टरको कुरो बुवाले सुन्नु भयो कि भनेर चिन्तित भएको मलाई बुवाको प्रश्नले राहत मिल्यो ।

    “रिपोर्ट सबै ठिकै छरे । त्यति टाढा दाङबाट आउनुभएको छ । एउटा अर्को जाँच पनि गराउनुस भन्नुभएको छ ।” मैले बुवालाई संझाउदै भने ।

    सिटि स्क्यान र एफ एन ए सि जाँच नेशनल हस्पिटलमा नहुने भएपछि उक्त जाँचका लागी अर्को दिन बिहान सबेरै बि.पि.मेमोरियल क्यान्सर हस्पिटल पुगे ।

    लाईन लागेर टोकन लिई उक्त जाचका लागि सम्बन्धित वार्डमा बुवालाई लिएर गई बल्लतल्ल सिटि स्क्यान गराए । त्यसदिन एफ एन ए सि जाँच नभएपछि अर्को दिन बुवालाई लगेर स्याम्पल दिई आए ।

    रिपोर्टका लागि पाँच छ दिन पछि आउनुपर्ने भयो । अस्पताल नजिकै होटेलमा बस्यौं । औषधि खाएपनी खासै काम गर्दैनथ्यो । दिउँसो यताउता गरेर मन बहलाए पनि बुवा रातभरि पीडाले छट्पटाउनु हुन्थ्यो । म लाचार भएर हेरिरहन्थे ।

    अति नै पिडा भएपछि आत्तिदै भन्नुहुन्थ्यो “हेर बाबु म बाच्दिन । यत्रो पैसा खर्च भइसक्यो बिसको उन्नाइस भएको छैन । अब खर्च नगर । मलाई घर लैजा ।”

    “हैन बुवा नआत्तिनुस ! सन्चो हुन्छ । पैसा खर्च भयो भनेर चिन्ता नगर्नुस । ज्यान भन्दा ठूलो पैसा हैन नि । फेरि कति पो खर्च भएको छर ।” मैले बुवालाई संझाउदै भने ।

    यस्तै गरि दिन बित्दै गए । एफ एन ए सि को पनि रिपोर्ट आयो । बुवालाई लगेर पुनः नेशनल हस्पिटल गए । डाक्टरलाई रिपोर्ट देखाए । सुरुमा तपाईहरु यहाँ किन आउनु भएको । मैले अस्ति नै बिदा दिएको होइन भनेर डाक्टर रिसाए । त्यो सुनेर बुवा पनि रिसाउनु भयो । मैले बुवालाई बाहिरै बसालेर भित्र गए । डाक्टरलाई रिपोर्ट देखाए ।

    “बुवालाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उहाँको उपचार संभव छैन । शारीरिक कमजोरी र उमेरका कारण केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ । ” रिपोर्ट हेरिसकेपछी डाक्टरले भने ।

    डाक्टरको कुरो सुनिसकेपछी म छाँगोबाट खसेजस्तो भए नजिकको कुर्सीमा थुचुक्क बस्दै रुदै भने – “डाक्टर साब त्यसो नभन्नोस । जसरी हुन्छ मेरो बुवालाई बचाईदिनोस । जति खर्च लाग्छ म दिन्छु । घरबास सबै बेच्छु । त्यतिले नपुगे म आफ्नो एउटा किड्नी बेचेर भएपनी उपचार गराउछु । त्यसो नभन्नुस । मेरो बुवालाई सन्चो पारिदिनोस ।”

    मैले जति नै अनुनय विनय गरेपनि उनले बुवाको उपचार हुन नसक्ने बताए । मैले बुवालाई सान्त्वना दिदै केही पेनकिलर र भिटामिन औषधि लेखिदिन विनम्र अनुरोध गरे ।

    “बुवा ! तपाईंलाई खासै केहिभएको छैन। छातीमा सानो दाग छ । औषधि लेखिदिन्छु नबिराई खानु होला । पिर नलिनुहोस अझै तीस पैतिस वर्ष बाँच्नुहुन्छ ।” बुवालाई संझाउदै डाक्टरले भने ।

    “अघि रिसाउदै थियो । अहिले यस्तो भन्छ । तसँग कति दिन बाँच्छ भनेको छ डाक्टरले ।” बुवाले बाहिर निस्कने बित्तिकै मसँग सोध्नुभयो ।

    “हत्तेरी बुवा ! धेरै विरामी हेर्दा कहिलेकाही डाक्टरको मुड अफ हुन्छ क्या । त्यही भएर रिसाएका हुन । सामान्य समस्या हो औषधि खाए ठिक हुन्छ, भनेका हुन मसँग पनि । ब्यर्थै चिन्ता लिनुहुन्छ । ” मैले बुवालाई गुमराहमा राख्दै भने ।

    मेरो भित्रैदेखि भक्कानो फुटेर आयो । म दौड्दै वासरुम गए । बेस्सरी रोए । घर फर्कन लागेको जानकारी घरमा गराए । त्यसपछि आँसु पुछे । मुहारमा बनावटी मुस्कान ल्याउदै बुवा छेउ आए । स्याउ काटेर बुवालाई खान दिर ।

    “स्याउ बाटोमै खादै गरौला । अहिले गाडी छुट्छ हिड अब जाम ।” बुवाले आत्तिदै भन्नुभयो । “हस ! बुवा” भन्दै बुवालाई डोराउदै बाटो लागे ।

    घोराही – १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथा – गुमराह

    गाउँ पनि छोडेनौ नि

  • ८ जेष्ठ २०७८, शनिबार ११:२३ मा प्रकाशित
  • गाउँ पनि छोडेनौ नि, नत छोड्यौ शहर ।
    जता हेर्यो हे कोरोना!, मात्र तिम्रै कहर ।

    नत भन्यौ बालबच्चा, नत जवान वृद्ध,
    निलेकैछौ कुप्लुक्कै, मान्छे चारै प्रहर ।

    कामधन्दा बन्द भाछ, बल्नै छोड्यो चुल्हो,
    गरिबदु:खी सोच्न विवश, पिउने होकी जहर ।

    जगतको हाल देख्दा, यो मन साह्रै दुख्छ,
    अविरल बगिराख्छ, यी आँखाका नहर ।

    दोस्रो तेश्रो भेरियन्ट, बंशज वृद्धि गर्दै,
    विश्व ध्वस्त पार्ने तिम्ले, गर्यौ कित ठहर ।

    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on गाउँ पनि छोडेनौ नि

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P