उदक अभ्यास – ५ मा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुको सहभागीता

  • १२ असार २०७८, शनिबार २०:०९ मा प्रकाशित
  • अभ्यासमा दिइएको तस्बिर

    उदक साहित्य यात्राको अभ्यास ५ अन्तर्गत आज नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुले सहभागीता जनाउनु भएको छ । उदकलाई नेपाली साहित्यको लघुविधाको रुपमा चिनिन्छ । अभ्यासका लागि दिइएको तस्बिर हेरेर आफुलाई महसुस भएको भावनालाई एउटा उदक बनाएर अपरान्ह ५ बजेसम्ममा सहभागी हुन भनिएको उदक साहित्यका प्रवर्तक, साहित्यकार एवं उदक अभ्यास ५ का प्रशिक्षक आर्त अकुलिनले बताउनु भयो ।

    प्रशिक्षक अकुलिनका अनुसार उदक साहित्य अभ्यासमा सहभागी उदकयात्रीहरुको उदक यसप्रकार रहेको छ ।

    १
    इन्द्रेनी
    सात रङ्ग
    सङ्घर्षमय जीवनको उमङ्ग !

    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    …………..

    २
    सप्तरङ्गी
    मनमाेहक दृष्य
    प्राकृतिक जटाले भरीपूर्ण !

    ✍️ बलराज गिरी, कैलाली
    ……………..

    ३
    मनमोहक
    सप्तरङ्गी चमक
    आत्मिक भाव प्रेम !

    ✍️ होमप्रसाद न्यौपाने, धरान -११, सुनसरी
    ………………

    ४
    रङ्ग
    प्राकृतिक सृष्टि
    अनमाेल रहेछ दृष्टि !

    ✍️ दामाेदर ढकाल, भाेजपुर
    ………………

    ५
    सृष्टि
    जल अनुकुलता
    जीव जगत इन्द्रेनी !

    ✍️ विष्णुदीप सङ्कल्प, ठिमी, भक्तपुर
    ………………

    ६
    प्रकृति
    निश्चल निष्पाप
    चुम्न दिन्छे स्वीकृति !

    ✍️ पशपती राई, खोटाङ
    ………………

    ७
    रङ्गिन
    इन्द्रेणीको रङ्ग
    प्रेम भाव उमङ्ग !

    ✍️ बिमला आठपहरिया, धनकुटा
    ………………

    ८
    प्रकृति
    अनाैठाे आकृति
    नासेमा आउने विकृति !

    ✍️ सविता के.सी., काठमाडौं
    ………………

    ९
    मनमाेहक
    सप्तरङ्गी इन्द्रेनी
    अनुपम प्राकृतिक झरना !

    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ………………

    १०
    झरना
    प्राकृतिक छटा
    सातै रङ्ग इन्द्रेनीको !

    ✍️ वसन्त अनुभव, घोराही-१४, दाङ
    ………………

    ११
    सुन्दर
    मनमोहक दृश्य
    पानी झरना इन्द्रेनी !

    ✍️ कृष्णदास जोशी, ललितपुर
    ………………

    १२
    इन्द्रेनी
    संयाेजन प्रकृतिकाे
    विविध रस जीवनकाे !

    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौं
    ………………

    १३
    झरना
    कलकल पानी
    अनुपम प्राकृतिक सुन्दरता !

    ✍️ रामसुन्दर थारू, कैलाली
    ………………

    १४
    इन्द्रेनी
    प्रकृति सुन्दरी
    विविध रङ्गको गुच्छा !

    ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी
    ………………

    १५
    सुन्दरता
    प्राकृतिक  सृष्टि
    सत्यम् शिवम् दृष्टि !

    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा
    ………………

    १६
    प्रकृति
    सुनौलो संसार
    जिउने गर्विलो आधार !

    ✍️ अरुणा श्रेष्ठ ‘अनु’, झापा
    ………………

    १७
    मोहक
    झरना इन्द्रेनी
    सौन्दर्य छटा प्रकृतिको !

    ✍️ रामचन्द्र ढकाल, चितवन
    ………………

    १८
    सप्तरङ्गी
    स्वच्छ प्रकृति
    जीवनको सुन्दर आकृति !

    ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
    ………………

    १९
    प्रकृति
    सृजनाकाे मुहान
    व्रम्हकाे अनुपम वरदान !

    ✍️ खलवीर नाराज, तनहुँ
    ………………

    २०
    प्रकृति
    स्वस्थ फोक्सो
    रङ्गीविरङ्गी इन्द्रेनी जगतको !

    ✍️ टीकाराम पुनमगर, सल्यान
    ………………

    २१
    झरना
    निरन्तर अविरल
    रङ्गको साथमा झरझर !

    ✍️ रामकृष्ण दवाडी, पाेखरा
    ………………

    २२
    प्रकृति
    जीवनको रङ्ग
    एक अनुपम आकृति !

    ✍️ आर्त अकुलीन, कैलाली
    ………………

    २३
    सृष्टि
    सुन्दर दृष्टि
    सदियौं सुन्दर प्रकृति !

    पुष्कर अथक रेग्मी, श्रीनगर, तानसेन पाल्पा
    ………………

    २४
    आहा
    मोहनी लाग्दो
    झरनासँगै सुन्दर इन्द्रेनी !

    ✍️ जय धामी, बझाङ
    ………………

    २५
    प्रकृति
    जटा लताको
    उमङ्ग मन साराको !

    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ………………

    २६
    प्रकृति
    छालको गति
    अनुपम जिन्दगीको मेल !

    ✍️ हृदय लेकाली, भैरहवा
    ………………

    २७
    मिलन
    घाम पानी
    लागेको मनोहर इन्द्रेनी !

    ✍️ पुष्पा सायरा, बिराटनगर
    ………………

    २८
    ढानी
    मन मोह्न्यइली
    चम्पन मोर बस्ती !

    ✍️ सागर कुस्मी, कैलाली
    ………………

    २९
    प्रकृति
    सप्तरङ्गी झरना
    जीवनको अमूल्य निधि !

    ✍️ प्रभादेवी पौडेल, चितवन
    ………………

    ३०
    बर्षात
    हिलो मैलो
    धान रोप्ने असार !

    ✍️ सरस्वती श्रेष्ठ, इटहरी
    ………………

    ३१
    सप्तरङ्गी
    अनेकाैँ भाव
    शुभ अशुभ दर्शन !

    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर
    ………………

    ३२
    दृष्टि
    सुन्दर प्रकृति
    उदकमा किरण सप्तरङ्गी ।

    ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
    ………………

    ३३
    सप्तरङ्गी
    इन्द्रेनी राम्रो
    लोभियो मन हाम्रो !

    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा
    ………………

    ३४
    साैन्दर्य
    खाेलानाला छालमा
    इन्द्रेनी प्रकृतिको जालमा !

    ✍️ मनोज थापा, कैलाली
    ………………

    ३५
    प्रकृति
    सुन्दर हुन्छ
    हामीले माया गर्नुपर्छ !

    ✍️ सुस्मिता भट्टराई, अर्घाखाँची
    ………………

    ३६
    प्रकृति
    इन्द्रेनी जल
    सम्झिँदा मनै कलकल !

    ✍️ प्रतीक रावल, झलारी, कञ्चनपुर
    ………………

    ३७
    बादल
    पानी तानेर
    इन्द्रेनी साथ लिएर !

    ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
    ………………

    ३८
    प्रकृति
    सौम्य मनमोहक
    आफैमा सुन्दर आकृति !

    ✍️ लक्ष्मी बस्याल बर्दिया
    ………………

    ३९
    प्रकृति
    गरिरहेछ झेल
    बाढी पहिरो भेल !

    ✍️ उर्मिला पन्त पाण्डे, काठमाडौं
    ………………

    ४०
    प्रकृति
    स्वच्छ इन्द्रेनी
    देखियो सप्तरङ्गी आकृति !

    ✍️ नानीमाया सुनुवार, उदयपुर
    ………………

    ४१
    फुरुङ्ग
    इन्द्रेनी रङ्ग
    प्राकृतिक छहरा उमङ्ग !

    ✍️ अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली
    ………………

    ४३
    प्रकृति
    सप्तरङ्गी झरना
    घाम पानीको दृश्य !

    ✍️ धर्मिला कार्की‌, काठमाडौं
    ………………

    ४४
    इन्द्रेनी
    वर्षा बाढी
    प्रकृतिको  अनुपम दृश्य !

    ✍️ खड्गबहादुर गुरुङ, कैलाली
    ………………

    ४५
    इन्द्रेनी
    स्वर्गकाे प्रेमपास
    अङ्कमाल धरती आकाश !

    ✍️ टीकाराम जोशी, कैलाली
    ………………

    ४६
    झरना
    सात रङ्ग
    धेरै सुन्दर दृश्य !

    ✍️ कविता आचार्य, कैलाली
    ………………

    ४७
    मौसम
    बादल वर्षा
    झरना घाम उमङ्ग !

    ✍️ अनुपमा आकृती, कैलाली
    ………………

    ४८
    इन्द्रेनी
    चोर्यो मन
    सप्तरङ्गी देखियो गगन !

    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    One thought on “उदक अभ्यास – ५ मा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी उदकयात्रीहरुको सहभागीता”

    1. धन्यवाद हिमालय दृस्टी …सम्पुर्ण उदक यात्रीलाई बधाई।

    Leave a Reply