
गाउँ पनि छोडेनौ नि, नत छोड्यौ शहर ।
जता हेर्यो हे कोरोना!, मात्र तिम्रै कहर ।
नत भन्यौ बालबच्चा, नत जवान वृद्ध,
निलेकैछौ कुप्लुक्कै, मान्छे चारै प्रहर ।
कामधन्दा बन्द भाछ, बल्नै छोड्यो चुल्हो,
गरिबदु:खी सोच्न विवश, पिउने होकी जहर ।
जगतको हाल देख्दा, यो मन साह्रै दुख्छ,
अविरल बगिराख्छ, यी आँखाका नहर ।
दोस्रो तेश्रो भेरियन्ट, बंशज वृद्धि गर्दै,
विश्व ध्वस्त पार्ने तिम्ले, गर्यौ कित ठहर ।

