
तिमी मेरै साथ हुन्छौ भन्ने के थाहा
नपाउदा मलाई रुनछौ भन्ने के थाहा !
लुकी लुकी एकान्तमा मेरै गीत हरु
तिमी घरि घरी सुन्छौ भन्ने के थाहा !
म पनि त कस्तो हुँ त्यो मन नबुझ्ने
लाखौमा मलाई चुन्छौ भन्ने के थाहा !
खै के के सोच्यो तिम्रो मनले पनि
यहि मेरो मन छुन्छौ भन्ने के थाहा !
मुटुमै बसाएँ भनेर भन्यौ रे सबैलाई
त्यहि मुटु भित्र थुन्छौ भन्ने के थाहा !

