
खोक्रो आडम्बर ओढी देशलाई अन्धकार तर्फ धकेल्ने नेता चाहिँदैन ।
देशको रक्षक बनी जनतालाई निर्मम प्रहार गर्ने सत्ता चाहिँदैन ।।
निराशाका रेखाहरू मेट्न नसक्ने सामन्त्य राज्य चाहिँदैन ।सडकमा प्राण छोड्ने बनाएर कुर्सीको खेलमा व्यस्त हुने सरकार चाहिँदैन ।।
गरीब, दु:खीलाई भोकै मार्ने समृद्धिका नारा चाहिँदैन ।
जनमतलाई भ्रष्टाचारको लाइसेन्स बनाउने सर्वहारा चाहिँदैन ।।
लास मात्र गन्ने नीति तिम्रो राजनीतिको सार चाहिँदैन ।
स्वाभिमानीलाई भिख दिने विदेशीको पार चाहिँदैन ।।
आशीर्वाद हो जीवन अभिशापको नाम चाहिँदैन ।
स्वास्थ्य रक्षा गर सरकार धरहराको शान चाहिँदैन ।।
- जायदा खातुन

