कविता : शिक्षक

  • २१ मंसिर २०७७, आईतवार २२:३५ मा प्रकाशित
  • सलिना मियाँ
    ठेगाना : गोरखा
    भबिष्य हाम्रो चम्किन्छ कहाँ शिक्षा नै नरहे ।
    गन्तव्य हाम्रो भेटिन्छ कहाँ शिक्षक नै नरहे ।।

    शिक्षा नै हो धन हाम्रो शिक्षा नै गहना
    शिक्षक ले गर्दा लगाउन पायौं गला मा गहना ।।

    सिकाउने त हजारौं भेटिन्छन् सोच्छन् अाफै ठुलो
    एउटा मात्र शिक्षक ले हो बनाउने हामी लाई ठुलो ।।

    भबिष्य हाम्रो चम्किन्छ कहाँ शिक्षा नै नरहे
    गन्तव्य हाम्रो भेटिन्छ कहाँ शिक्षक नै नरहे ।।

    मान्छे पैसा नभए पनि कपडा नभए पनि बाच्छ
    तर शिक्षा भएन भने मान्छे सबै भएर पनि उसको जीवन अन्धकार हुन्छ ।।

    मान्छे हरु किन सोच्ने गर्छन् पैसाले सबै थोक किन्न पाउँछ
    जति नै पैसा भए पनि नसकिदो रहेछ शिक्षा किन्न ।।

    शिक्षा नै सबै भन्दा ठुलो धन हो मनन् गर्न सिकौ
    शिक्षक नै सबै भन्दा महान् व्यक्ति हुन सम्मान गर्न सिक ।।

    भविष्य हाम्रो चम्किन्छ कहाँ शिक्षा नै नरहे
    गन्तव्य हाम्रो भेटिन्छ कहाँ शिक्षक नै नरहे ।।

    Leave a Reply