पञ्चाङ्ग चित्रपट भाग:-११ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०५/३०
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ११[एघारौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिकाको बारेमा पञ्चाङ्ग यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन
सोमनाथ लुइटेल “रवि पाल्पाली”
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & भवानी घिमिरे
समायोजन ————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०१
भाषणमा सीमित कागजमा कोरिएको बाल अधिकार छ । आसेपासेको घेरा बन्दीमा नै सोरिएको बाल अधिकार छ । संविधानमा नै सुनिश्चित गर्न सकेको छैन बाल दिवस , नियमलाई ध्वस्त बनाएर फोरिएको बाल अधिकार छ। बालबच्चालाई बन्धक राखी चोरिएको बाल अधिकार छ।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” , पाल्पा हाल बर्दिया ।
चित्रपट पञ्चाङ्ग ०२
मनमनमा लेखिनुपर्छ बाल अधिकार । हरकुनामा टेकिनुपर्छ बाल अधिकार । कागजको खोस्टो मात्र कदापि हुनुहुँदैन, व्यवहारमै भेटिनुपर्छ बाल अधिकार । सही आँखाले हेरिनुपर्छ बाल अधिकार ।
❤️वसन्त अनुभव, घोराही, दाङ।
चित्रपट पञ्चाङ्ग ०३
संबिधानले दिएको कति पाए हेर। बालबालिकाको नाममा के खाए हेर। सरकार बच्चाले दु:ख नपाओस कत्ती , नेपालका कर्णधार के के लाए हेर। शिक्षाले नै गर्दा कहाँ कहाँ छाए हेर।
❤️जानुका गौतम, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०४
बाल अधिकारमा मुखले बोलेर हुदैन , अहिले गर्ने पछिको काम मोलेर हुदैन । जिम्मेवारी लिनुपर्छ सब अभिभावकले , उपचार गर्न कानुनमा घोलेर हुदैन , सुरक्षा बजारमा दोकान खोलेर हुदैन ।
❤️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
बाल अधिकार नारामा मात्र सिमित बोलेको भेटिए । कस्तो सजिलोसँग नियमितरूपमा घोलेको भेटिए। कस्ले गर्ने खबर दारी सबैको एउटै चाल भेटिन्छ, अन्यत्रबाट बाहिरी संस्कार ल्याएर मोलेको भेटिए। कमाई खाने माध्याम बालअधिकार खोलेको भेटिए ।
❤️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग ०६
बाल बालिकाहरुले हक अधिकार पाउनु पर्छ । सम्पुर्ण हाम्रा बाल बालिकामा खुसी छाउनु पर्छ । पोषिलाे खाना रोग निवारण खोप लाउनु पर्छ , पढ्न लेख्न रमाउदै बिद्यालयमा धाउनु पर्छ । बाल बालिकाको अधिकारका गीत आउनु पर्छ ।
❤️तारा घिमिरे, संखुवासभा ।
चित्रपट पञ्चाङ्ग ०७ [१] सबैको मनमा ज्ञान छर्नु पर्छ बाल अधिकारमा। शिक्षाले नै बच्चालाई भर्नु पर्छ बाल अधिकारमा। भाषणले मात्रै देखाएर कदापि हुनेछैन यहाँ , नयाँ सीप ज्ञान दिन झर्नु पर्छ बाल अधिकारमा । सहि तरिका सदैव गर्नु पर्छ बाल अधिकारमा । [२] बाल अधिकार सदैब तरिकाले गर्नु पर्छ। बालबालिकामा ती खुसी दिंदै ज्ञान छर्नु पर्छ। भाषणमा मात्रै देखाएर केही हुने नै छैन, शिक्षाको ज्ञान दिंदै सबैमा त्यो ज्ञान भर्नु पर्छ। यिनैमा नयाँ सिप त्यो ज्ञानमा मन झर्नु पर्छ।
❤️बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग ०८
बालबालिका कोपिला भविष्य विकासका राजा हुन् । टपक्कै टिप्ने अनगिन्ति दिमागिय चाल ताजा हुन् । शोषणमा कुनैलाई नपारी शिक्षा दिनु सबैले , पछि बाबुआमालाई यिनैले भरिदिने खाजा हुन् । मनोरञ्जनका भरिपूर्ण लौ हेर आफैँ बाजा हुन् ।
❤️जमुना आचार्य कोइराला, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ०९
ठूला कुरा हैन काम गरौँ आउनुहोस् सबै । बालश्रम रोक्न अघि सरौँ आउनुहोस् सबै। व्यवहारमा खरो उत्रिन सिकी सबै जना , बाल-बालिकाको दुःख हरौँ आउनुहोस् सबै। सत्कर्ममा अब लागि परौँ आउनुहोस् सबै।
❤️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १०
संबिधानमा नि लेखिनुपर्छ बाल अधिकार, हर कानुनमा टेकिनुपर्छ बाल अधिकार, सेताे कागजकाे पानामा मात्रै त्यो नराख बारै धेरै जसाे गरी भेटिनुपर्छ बाल अधिकार, मनैदेखिबाट हेरिनुपर्छ बाल अधिकार।।
❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
चित्रपट पञ्चाङ्ग ११
बाल बालिकाहरूले आफ्नो हक लिन धाउनु पर्छ । उनीहरुको मन सधैं खुशी नै खुसी छाउनु पर्छ । सडकमा गरेका भाषणले मात्रै हुन्न अधिकार, विभिन्न रोग निवारण खाेपहरू नि लााउनु पर्छ । बाल बालिकाहरूले आफ्नो अधिकार पाउनु पर्छ ।
❤️दुर्गा भट्टराई, मोरङ ।
चित्रपट पञ्चाङ्ग १२
कलिलो बाल मस्तिष्क पहिला त यो खाली हुन्छ । भरिन्छ त्यो खाली जब त्यहाँ असल माली हुन्छ । पाउनैपर्छ उसले आधारभूत अधिकार , अवसर पाए उसको पनि बज्ने ताली हुन्छ । जति राम्रो स्याहार गर्यो उति राम्रो बाली हुन्छ।
❤️पशपति राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १३
बाल दिवस मनाउँ कत्ती शोषण नगरी तिमी । कु पोषणका सिखार छन हाम्रै देशै भरी तिमि । उपहास बन्यो समाज नै मज्दुर जन्माई यहाँ , डुलेका देश विदेश काम गर्न घरि घरी तिमी । लेख पढ गर्ने वेला हेर पसिनाको झरी तिमी ।
❤️सुरेशकुमार पान्डे, घोराही १८ दाङ ।
चित्रपट पञ्चाङ्ग १४
बाल दिवसमा बच्चाकाे हक आउनु पर्छ । देशको कर्णधार नेपालमा छाउनु पर्छ । संबिधानले दिएको अधिकार पर्छ केके? सरकारले स्कुल स्कुलमा नै धाउनु पर्छ । शिक्षा दीक्षा बिद्यार्थीले निशुल्क पाउनु पर्छ ।
❤️पार्वती अर्याल, भरतपुर चितवन ।
चित्रपट पञ्चाङ्ग १५
मञ्चमा माइक समाएर के गर्नु ? ताली दिने मास जमाएर के गर्नु ? श्रमिक बालबालिका कमि भएन , मात्रै दिवसमा रमाएर के गर्नु ? सन्तति नरहे कमाएर के गर्नु ?
❤️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १६
पहिलो प्रयास १
मेरो मन आज धेरै डराएको हो की? छेउमा आई काग नि कराएको हो की? केहुने हो बिमारी छन घरमा सिकिस्त समयमा औषधी नगराएको हो की ? आज भोलि भन्दै दिन सराएको हो की ?
❤️सीता शर्मा, वीरगन्ज ।
चित्रपट पञ्चाङ्ग १७
पारीकाे खेतमा गाई चराएकाे हाे कि! तर्सिएर गयाे गाई डराएकाे हाे कि! वस्तु चाेरी लाने चाेरकाे छ बिगबिगी! गुहार भन्दै ती मान्छे कराएकाे हाे कि! कतै भेटिएन बाच्छो हराएकाे हाे कि!
❤️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १८
देशका भाबी पिँढी हुन । बा आमाका त सिँढी हुन । देखाऊ उज्ज्वल भविष्य , कसैले भन्ने बिढी हुन । घर घरको छिँढी हुन ।
❤️सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
बालबालिकालाई नै ज्ञान छर्नु पर्छ सरकार । अधिकारबाट बञ्चित गरे मर्नु पर्छ सरकार । संविधानले दिएको अधिकार नखोसिदिनु कैले, हकहितको लागि नेता तल झर्नु पर्छ सरकार । कर्णधार हुन हाम्रो भर त पर्नु पर्छ सरकार ।
❤️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २०
आजका बालबालिका भोलिका कर्णधार हुन सक्छन् । चन्द्र र सुर्यलाई पनि बालबालिकाले छुन सक्छन् । बालकलाई शोषणमा नपारी शिक्षा दिनु सबैले , बाबाआमालाई लागि यिनैले सेवागरि रुन सक्छन् । देशको लागि लडाकु बनि दुश्मनलाई धुन सक्छन् ।
❤️भावना न्यौपाने ,काठमाडौं नेपाल ।
चित्रपट पञ्चाङ्ग २१
बालबालीकाले आफ्नो भविष्यको लागि शिक्षा चुन्ने गर्छन् । अगाडि कसरी बढिन्छ भनेर सिक्ने कुरा बुन्ने गर्छन् । अलिकति उचनिच भयो भने जीन्दगी बिग्रन्छ यहाँ , सम्हालेर जानु सोधेर थाह नपाए मात्र सुन्ने गर्छन् । पढ्नु पर्छ ज्ञानी भएर ठूलो मान्छे कसरी भन्ने गर्छन् ।
❤️ अम्विका अधिकारी, विर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग २२
बालबालिकाको हितमा केही त गर्नु पर्छ । यसमा सरकारको पनि ध्यान पर्नु पर्छ । सबैलाई छ बालदिवसको शुभकामना , सधैं राम्रो राम्रो कुराले दिमाग भर्नु पर्छ । उज्वल भविष्यको लागि सन्देश छर्नु पर्छ।
❤️सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग २३
बाल बालीकाको श्रम शोषणमा पर्नु हुन्न । खानेखेल्ने लेख्नेपढ्ने अधिकार हर्नु हुन्न । संविधान कानुनले यहीँ कुरा भन्छ सधैँ , परम्परा भनेर बालविवाह गर्नु हुन्न । उनको आत्मनिर्णयको स्वैच्छिक मर्नु हुन्न !
❤️बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग २४ [१] छोराछोरी बराबरी हामी हुनुपर्छ । राम्रा राम्रा काम गरी दामी हुनुपर्छ । पुरातन संस्कार तोडेर अब हामी , विश्वमा नै अब अग्र-गामी हुनुपर्छ । असल सन्तान भई नामी हुनुपर्छ । [२] बालक हौँ पढ्न अनि खेल्न पाउनु पर्छ । खर्क तिर हैन हामी स्कूल धाउनु पर्छ । पढ्न,लेख्न ,खेल्न पाउने हाम्रो अधिकार , शिक्षा, दिक्षा लिई हामी विश्व छाउनु पर्छ । सबै मिली एकताको गीत गाउनु पर्छ ।
❤️पद्मा रिजाल, बाँके ।
चित्रपट पञ्चाङ्ग २५
मलाई निस्वार्थी जतिपनी छन् महोदय खास लाग्छ। यहाँ माया गर्छ त्यो टाँडा भएपनी सँधै पास लाग्छ। हामीले के नै ल्यायौ र के गुमायौ सम्झ त साथीहरू, तिमीले चालेका हरेक लक्ष खै किनहो काँश लाग्छ। एकदिन अवश्य फर्केर आउँछौ भन्ने आश लाग्छ।
भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने यो एक मात्र एअरवेज कम्पनी हो। ‘शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेका छौँ’, जजिरा एअरवेज नेपालको अपरेसन प्रमुख संगीता रौनियारले भनिन्, ‘राम्रो प्रतिक्रिया आए भविष्यमा विमान थप गरेर पनि सेवा दिने छौँ।’
जजिराले कुवेतका लागि उडान भर्ने गरे पनि यात्रुहरूले ट्रान्जिट गरेर अन्य मुलुकमा पनि विमानस्थलबाट जाने गरेका छन्। विमानस्थलबाट सिधा कुवेत र ट्रान्जिट गरेर दोहा, दुबई र साउदी अरेबियामा बढी यात्रुहरू जाने गरेको अपरेसन प्रमुख रौनियारले बताइन्।
हालसम्म एयरलाइन्सले कुबेत–भैरहवाबीच हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान भर्दै आएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एअरवेजले कुबेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए।
कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाईयात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना गएका छन्। जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले हवाई उडान भर्दै आएको छ। यो विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एअरवेजबाट काठमाडौं–कुबेतभन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा वीरगन्जसम्मका यात्रुले कुबेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन्। हंगेरीको वायुसेवा कम्पनी विज एयरले पनि अक्टोबर ३० देखि दुबईको अवुधाबी–भैरहवा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ।
दशैंका लागि विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किंदा टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्याउनुहोला । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ ।
तुलनात्मक रुपमा विदेशबाट तोकिएभन्दा बढी परिमाणमा सुन, रक्सी र मोबाइल ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले अनुसार सरकारको झिटीगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए जफत हुने उनको भनाइ छ ।
झिटीगुन्टा आदेशले दिएको सुविधामा पनि अरुको समान बोकेर ल्याएको पाए तोकिएको दरमा भन्सार तिराउने गरेका छौं,’ उनी भन्छन्, ‘सुन, रक्सी र स्मार्टफोन (आईफोन) ल्याउनेहरुले बढी नियम मिचेको पाउँछौं ।’
सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने व्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिन अनुरोध गर्छन् भन्सार प्रमुख पोखरेल ।
परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्ने क्रम पनि बढेको छ । विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँछन् । तोकिएको भन्दा बढी ल्याए सामान सिधै जफत हुने वा महँगो भन्सार तिर्नुपर्ने पनि हुनसक्छ । कतिपय सामान त परिमाणभन्दा बढी ल्याएमा जफत समेत हुनसक्छ ।
के-केमा भन्सार लाग्दैन ?
विदेशबाट महँगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट बढीमा १ लिटर मात्रै रक्सी ल्याउन पाइन्छ ।
यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट हुन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।
वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर, अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।
विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन दिइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्बन्धित सामानमा पनि भन्सार लाग्दैन ।
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १/१ थान ल्याउन भन्सार तिर्नुपर्दैन ।
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री ल्याउन भन्सार लाग्दैन । तर, ठूलो परिमाणमा ल्याउन पाइँदैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
यात्रुको अवस्था, परिवार संख्या, विदशेमा व्यतित गरेको अवधि लगायतलाई ध्यानमा राखेर भन्सार अधिकारीले औचित्य हेरेर तोकिएभन्दा बढी परिमाणका वस्तु रहेछन् भने छोडिदिन सक्ने व्यवस्था छ ।
६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ ।
शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २–२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।
यो सीमा नाघेर आएका सामान भने आर्थिक एन अनुसारको भन्सार महसुल तिरेर मात्रै छुटाउन सकिने छ ।
३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महसुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।
विदेशमा बसेका व्यक्तिले नेपालमा बसेका आफन्तलाई ल्याएका ३५० डलर मूल्यसम्म्का जुनसुकै वस्तु पनि प्रमाण हेरेर छोडिने नियम पनि छ ।
चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । तर, सोभन्दा बढी परिमाणमा ल्याएमा दोब्बर भन्सार महसुल लिएर मात्रै भन्सार जाँचपास हुने व्यवस्था छ ।
सुनको व्यवस्था
विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।
५० ग्रामसम्म सुन ल्याउँदा दश ग्रामको ९ हजार ५०० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार ५० ग्रामको ४७ हजार ५ सय रुपैयाँ भन्सार लाग्छ ।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्नेछ । यसअनुसार थप ५० ग्रामका लागि ५२ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।
५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप सय ग्रामसम्म ल्याएमा प्रति १० ग्राम १२ हजार ५०० रुपैयाँका दरले भन्सार लाग्ने व्यवस्था छ । सोभन्दा ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।
‘अहिले काँचो सुनलाई बेरुवा औंठी वा बाला बनाएर गहना भन्दै ल्याउनेहरु पनि छन्,’ विमानस्थल भन्सार प्रमुख पोखरेल भन्छन्,‘तस्करी गर्ने नियतले ल्याइने सुन बरामद गरेर तोकिएको परिमाणसम्म भए भन्सार तिराएर छाड्छौं, तोकिएभन्दा बढी भए जफत समेत गर्छौं ।’
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ।
प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनहरूलाई भने ‘ह्वाइट लिस्ट’ मा राखिसकेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई दर्ता गरिराख्नु पर्दैन। दर्ता भएकोबारे प्राधिकरणले मोबाइलमा सूचना पनि पठाइरहेको छ।
आजदेखि भाे नेपाल भित्रिने सबै फोन एमडिएमएस प्रणालीमा दर्ता गर्नुपर्छ। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।
विदेशबाट आउँदा चलाइरहेको मोबाइल ल्याउँदा के हुन्छ?
विदेशबाट नेपाल आएका वा आउने व्यक्तिले चलाइरहेको फोन नेपालमा ल्याउँदा त्यस्ता फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुँदैन।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यस्ता मोबाइल पनि दर्ता गर्नुपर्छ। यसका लागि मोबाइल ल्याउने वा चलाउने व्यक्ति आफैंले दर्ता गर्न सक्छन्। दर्ता गर्न कहीँ जानु पर्दैन। प्राधिकरणको वेबसाइटमार्फत गर्न सकिन्छ।
विदेशमा प्रयोग गरिरहेका मोबाइल नेपाल फर्किँदा सँगै ल्याउन पाउने व्यवस्था छ। तर ती फोनको आइएमइआई नम्बर प्राधिकरणमा व्यक्ति आफैंले अनलाइनमार्फत दर्ता गर्नुपर्ने हुन्छ,’ अध्यक्ष खनालले भने, ‘उपहारका रूपमा वा कसैले ल्याइदिएका फोनलाई पनि वेबसाइटमार्फत दर्ता गर्न सकिन्छ।’
विदेशबाट नयाँ फोन ल्याउँदा के हुन्छ?
हाल भन्सार विभागको व्यवस्थाअनुसार विदेशबाट आउँदा एक जनाले एउटा फोन सँगै ल्याउन मिल्छ। विदेशबाट कसैले मोबाइल पठाउँछ भने त्यस्ता फोनको भन्सार शुल्क तिर्नुपर्छ। भन्सार शुल्क तिर्नेबित्तिकै फोनको आइएमइआई प्राधिकरणमा दर्ता हुन्छ र उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ।
हाल मोबाइल आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तः शुल्क बुझाउनुपर्ने व्यवस्था छ। व्यक्तिले सोही बराबर रकम भन्सारलाई मोबाइल लिनु अघि तिर्नुपर्छ। त्यसैले यसरी ल्याएका मोबाइलमा समस्या भएन।
दर्ता कहाँ र कसरी गर्ने?
प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर फोनको आइएमइआई दर्ता गर्न मिल्छ। दर्ता गर्नका लागि व्यक्तिको नाम, आइएमइआई, मोबाइलको ब्रान्ड, मोडल नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल आइडी र नागरिकता, पासपोर्ट वा व्यैक्तिक पहिचान खुल्ने परिचय पत्रको नम्बर भरेर यसको फोटो समेत अपलोड गर्नुपर्छ।
अध्यक्ष खनालका अनुसार यस्ता फोनको आइएमइआई दर्ता गर्न मोबाइल विदेशबाट पठाएको वा सँगै ल्याएको भन्ने प्रमाण गर्ने कागजातको फोटो अपलोड गर्नुपर्ने हुन्छ।
दर्ता भएपछि उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ। आवेदन स्वीकृत भए फोन ब्लक हुँदैन। एकपटक दर्ता भएको व्यक्तिको सम्पूर्ण विवरण यसमा हुन्छ। त्यसैले एउटै व्यक्तिले धेरै फोन दर्ता गर्दा वा गर्न खोजेमा प्राधिकरणले जाँच गरिरहेको हुन्छ। त्यसैले सबै दर्ताका लागि गरिएको आवेदन स्वीकृत हुन्छ भन्ने हुँदैन।
प्राधिकरणमा मोबाइल दर्ता गर्दा शुल्क लाग्छ कि लाग्दैन?
व्यक्ति आफैंले फोन दर्ता गर्न चाहेको खण्डमा कुनै शुल्क नलाग्ने अध्यक्ष खनालले जानकारी दिए।
उनले भने, ‘हामी अनलाइनमार्फत विवरण पूरा भए निःशुल्क दर्ता फारम स्वीकृत गर्छौं।’
के नेपाल आउने पर्यटकले पनि फोन दर्ता गर्नुपर्छ?
अध्यक्ष खनालका अनुसार केही समयका लागि नेपाल घुम्न वा काम परेर आउनेले पनि नेपाली सिममा फोन चलाउन परे दर्ता गर्नुपर्छ।
‘नेपालको सिम प्रयोग गर्न चाहेको खण्डमा सेटमा सिम प्रयोग भएलगत्तै फोन दर्ता गर्न एसएमएसमार्फत मेसेज पठाइन्छ,’ उनले भने।
यस्ता पर्यटकले भ्रमणको अवधि खुलाएर पासपोर्ट र भिसाको फोटो अपलोड गरी प्राधिकरणको वेबसाइटमा भएको फारम भर्न सकिन्छ। उक्त फारम जाँच गरी प्राधिकरणले फोनलाई एमडिएमएस प्रणालीमा अस्थायी रूपमा दर्ता गरिदिन्छ।
अस्थायी रूपमा दर्ता भएका मोबाइल सेटहरू ह्वाइट-लिस्टमै हुन्छन्। अवधि सकेपछि सूचीबाट सेटको विवरण आफैं हट्छ। कुनै व्यक्ति तोकिएको अवधिभन्दा बढी समय नेपाल बस्छ भने त्यस्तो खण्डमा पुनः अवधि तोकेर दर्ता गर्नुपर्छ।
‘तोकिएको अवधिभन्दा अगावै कोही विदेश फर्किन्छन् भने पनि समस्या हुँदैन। हाम्रो प्रणालीबाट अवधि सकेपछि विवरण आफैं हट्छ। विदेश पुगेपछि त्यो फोन त्यसै चलिहाल्छ। कुनै समस्या हुँदैन,’ अध्यक्ष खनालले भने।
आइएमइआई नम्बर आफूले नराखेको भए प्राधिकरणले पत्ता लाइदिन सक्छ?
एमडिएमएस प्रणाली लागू भएसँगै अपराध नियन्त्रण पनि हुने अपेक्षा छ। एमडिएमएसमा दर्ता भएका फोनहरू ट्र्याक गर्न सजिलो हुन्छ।
खनालका अनुसार तपाईंलाई फोनको आइएमइआई नम्बर याद छैन, फोन नम्बर मात्रै याद छ भने आफ्नो सेवा प्रदायकलाई निवेदन दिएर सिमको नम्बरबाट सेटको आइएमइआई नम्बर निकाल्न सकिन्छ। प्रहरीलाई पनि हराएको फोन खोज्न मद्दत मिल्छ।
फोन नभेटिएको खण्डमा फोन ब्लक समेत गर्न मिल्छ। यसले गर्दा फोन हराएको व्यक्तिको विवरण बाहिरिनबाट रोक्न सकिन्छ।
कुनै पनि फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ।
३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।
नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।
यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।
मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।
मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।
यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।