उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २९ भाद्र २०७९, बुधबार २३:१३ मा प्रकाशित

  • समय
    साउने भेल
    हाँसो आँसुको खेल !


    जिन्दगी
    बगेको गण्डकी
    सधैँ जिम्मेवारीमा बन्दकी !


    जीवन
    दु:खको लगन
    सम्झँदा रसाउँछ नयन !


    मन
    रहरको भण्डार
    आँसु बगेर सागर !


    सपना
    आशाको त्यान्द्रो
    कल्पनामा बुनिन्छ मान्द्रो !


    विवाह
    दुई दम्पती
    नमिल्दा सन्तानको विपत्ति !


    सम्पत्ति
    हुने खानेको
    छैन हुँदा खानेको !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    Leave a Reply