
१
खोला
पानीको मुहान
हिमालबाट निरन्तर बगिरहन्छ !
२
चोला
जीवनको चक्र
सुखदुःखको एक अभ्यास !
३
पोलो
मौरीको घार
मिहिनेत कर्मिको झुण्ण !
४
भलो
उपकार सहयोग
मानवताको आफ्नै व्यबहार !
५
आकाश
ब्राह्मणको उचाइ
आखाले नभेटाउने दृश्य !
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा


आभार व्यक्त गर्दछु ।