उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १ आश्विन २०७९, शनिबार १०:२९ मा प्रकाशित
  • १.
    काेलाहल
    कानलाई अप्ठ्यारो
    शान्ति आनन्दकाे जीवन !

    २.
    मातृभूमि
    अत्यन्त प्याराे
    पुर्खाकाे परिश्रम पसिना !

    ३.
    नेपाल
    सुन्दर देश
    आफ्नै किसिमकाे भेष !

    ४.
    जाँताे
    अर्काकाे उपकार
    आफू दुब्लाएर जाने !

    ५.
    धाराे
    नहुने भेद्भाव
    खुसीले पानीकाे प्रयाेग !

    ६.
    केरा
    मीठाे फल
    पातकाे ठूलो महत्त्व !

    ७.
    घिउ
    बुद्धिकाे विकास
    शक्तिवर्धक गाेरस पान !

    ८.
    जडीबुटी
    औषधीकाे भण्डार
    पहिचानकाे जटिल समस्या !

    ९.
    व‌ैतरणी
    गाईकाे पुच्छर
    हिन्दु धर्मकाे संस्कार !

    १०.
    वेद
    ज्ञानकाे भण्डार
    ऋषिमुनिकाे कठिन तपस्या !

        - नवराज भट्ट

    महेन्द्रनगर, कञ्चनपुर

    Leave a Reply