वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
सूचनामा हैजा सङ्क्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ । नागरिकहरूलाई पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि साबुन पानीले हात धुन, सरसफाइका नियमहरू पालना गर्न, काँचो सागसब्जी तातोपानीले पखालेर मात्र खान र सङ्क्रमणबाट जोगिन आवश्यक उपायहरू अवलम्बन गर्न अनुरोध गरिएको छ ।
महानगरपालिकाले सम्बन्धित सबैमा सूचना कार्यान्वयन गर्न र स्वास्थ्य सुरक्षाप्रति सचेत रहन अपिल गरेको छ । शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडाहरूमा हैजा सङ्क्रमण पुष्टि भएको छ । जोखिम बढ्दै गएपछि सङ्क्रमण फैलिन दिनबाट रोक महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको बुझिएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गत १६ जुलाई २०२५ का दिन दशौँ राष्ट्रिय महाधिवेशनबाट उमेश भट्टराईको अध्यक्षतामा आफ्नो २०२५ – २७ कार्यकालको लागि सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ! उक्त महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईद्वारा २०२५- २७ कार्यकालमा एनआरएनए साउदी अरबले गर्ने कार्य योजनाहरू सार्वजनिक गरेका छन्।
आफ्नो नेतृत्वमा रहेका २०२५- २७ कार्यसमितिले यो कार्यकाललाई पूर्णरूपमा श्रमिकमैत्री बनाउँदै कूटनीतिक सम्बन्धलाई प्रगाड बनाउने र अन्य श्रमिक हक हितका थुप्रै कार्यहरू गर्ने अध्यक्ष भट्टराईले जनाएका छन् उक्त कार्यहरूमध्य नौ बुँदे प्रमुख प्रमुख कार्ययोजनाहरू अध्यक्ष भट्टराईले सार्वजनिक गरेका छन्।
नौ बुँदे कार्ययोजनाहरू सार्वजनिक गर्दै अध्यक्षले आफ्नो यो कार्यकाललाई नमुना बनाउने पनि जानकारी गराएका छन्। यो कार्यकाललाई पछिल्ला कार्यकालहरु भन्दा पृथक बनाउने पनि उहाँको भनाइ रहेको छ। उहाँको नेतृत्वको कार्यकालका लागि सार्वजनिक गर्नुभएको कार्ययोजनाहरू जस्ताको त्यस्तै :-
१) साउदीमा कार्यरत श्रमिकहरूको हक हितका लागि र समस्यामा परेका श्रमिकहरूको समस्या समाधानको लागि नेपाली राजदुताबास रियाद र नेपाली महावाणिज्यदुतावास जेद्दा सँगको सहकार्य अझै प्रगाढ बनाउने
२) श्रमिकमैत्री सांस्कृतिक, सामाजिक र आपतकालिन सहयोगमा सदैव तत्पर रहने
३) संस्थालाई थप पारदर्शिता, जवाफदेहिता बनाउनका लागि कार्यसमितिका पदाधिकारीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने ४) हरेक ४-४ महिनामा संस्थाको सम्पूर्ण आर्थिक प्रतिबेदन सार्वजनिक गर्ने
५) साउदी अरबमा सक्रिय रहेका राजनीतिक दलका भातृ संगठन लागायत अन्य सबै जातीय, तथा क्षेत्रिय संस्थाहरु सँगको सहकार्यलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने
६) सामाजिक सुरक्षा कोष लगायत साउदीमा कार्यरत रहनुभएका नेपालीहरूलाई साउदीमा गर्न हुने , नहुने कार्यहरुको बारेमा नियोगहरुको सहकार्यमा बिभिन्न क्षेत्रमा प्रशिक्षण तथा श्रमिक सचेतना कार्यक्रमहरु गराउने
७) भूतपूर्व एनआरएनका अग्रज पदाधिकारीहरूलाई कुनै न कुनै माध्यमद्वारा संस्थामा जोड्ने र श्रमिक हक हितका लागि हातेमालो गर्ने
८) आफ्नो माततमा रहेका क्षेत्रीय संगठनहरूलाई श्रमिकमैत्री बनाउँदै मजबुत बनाउने
९) संस्थाको समाचार सम्प्रेसनको लागी नेपालका बिभिन्न राष्ट्रिय मिडियाहरुसंग दुइपक्षिय सम्झौता कायम गर्ने
दाङ जिल्लाको बधिया भाले अहिले देशभरि चर्चाको केन्द्रमा परेको छ। करिब ४०० किलोमिटर टाढा काठमाडौँसम्मका रेस्टुरेन्टहरूले समेत दाङबाटै बधिया भाले ल्याई ग्राहकलाई परोस्ने गरेका छन्।
बधिया भाले सामान्य लोकल भालेभन्दा फरक हुन्छ। यसमा अण्डकोष निकालिएको हुन्छ, जसका कारण यसको मासु खँदिलो, स्वादिलो र पोषिलो मानिन्छ। यिनै विशेषताका कारण बधिया भाले विशेष अवसर र उपहारका रूपमा समेत बढी मागिन्छ।
यसको पालन–पोषणमा समय, ध्यान र मेहनत बढी लाग्छ, तर गुणस्तर र स्वादका कारण यसको लोकप्रियता हरेक वर्ष बढ्दो छ। विशेष गरी दसैंदेखि माघसम्म यसको माग उच्च हुने गरेको छ।
आज दाङको बधिया भाले केवल स्थानीय परिकार मात्र नभई, देशभरि माग हुने व्यावसायिक उत्पादन र उपहार संस्कृतिको प्रतीकका रूपमा समेत स्थापित हुँदै गएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो । साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।
राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो । गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”
परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
बिगत केहि महिनादेखि रूपन्देही जिल्ला कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारबाट अड्डासार गर्दै शनिबार बुद्ध एयरको फ्लाइटमा काठमाडौं ल्याएर ललितपुरको नख्खु कारागारमा लगिएको छ । उनलाई अहिले ‘सीआरसी’ ब्लकमा राखिएको छ, जहाँ विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलम पनि राखिएका थिए। आलमलाई पछि उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त गरिएको थियो।
रुपन्देही जिल्ला कारागारको थुनामा रहेका रास्वपा सभापति लामिछानेकै मन्जुरीनामा अनुसार नक्खु कारागार सरुवा गरिएको हो । कारागार स्रोतका अनुसार उनलाई ‘सीआरसी’ ब्लकमा राखिने छ जसमा करिब ४ सय कैदीबन्दी छन्। तर लामिछानेलाई भने आन्तरिक प्रशासनले छुट्टै कोठामा राख्ने तयारी गरेको छ। नख्खु कारागारका एक अधिकारीले भने, “अरु कैदीबन्दीलाई जस्तै सुविधा उहाँलाई पनि दिइनेछ। संरचनाका हिसाबले नख्खु भैरहवा कारागारभन्दा सहज र सुरक्षित रहेकोछ।”
गत जेठ १४ गते लामिछानेले रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते अनुमति दिए पनि तत्काल सरुवा हुन सकेको थिएन। गृह प्रशासनले पछिल्लो निर्णयपछि उनलाई आज भैरहवाबाट काठमाडौं ल्याई नख्खु कारागारमा पूर्याएको हो।
कारागार सरुवाको निवेदन दिदा समेत बेवास्ता गरिएपछि रास्वपा सांसदहरूले पार्टी सभापति रविको हकमा कारागार सरुवामा फरक नियम किन भन्दै प्रश्न उठाउदै आएका थिए ।शनिबार विदाको दिन भएपनि रुपन्देही कारागार, सीडीओ कार्यालय र प्रशासनले प्रक्रिया पूरा गरेर कारागार सरुवा गरेका हुन्
लामिछानेलाई कारागारमा पुर्याउँदा रास्वपा समर्थकहरूको उल्लेख्य भीड पनि रहेको थियो।
.. आज मिति २०८२ साल साउन महिनाको ३१ गते शनिबार का दिन कमलामाई नगर पालिका १३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला सम्पन्न भएको छ। आजको यस प्रथम वडा भेलामा बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी, जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि ,कमलामाइ नगर समितिका विभिन्न पदअधिकारी लगायत १५० जना भन्दा माथीको उपस्थिति रहेको थियो ।
कमलामाई नगर समितिको पहलमा रहेको यस वडा भेला दीपेन्द्र ठकुरी को अध्यक्षतामा ९ जना कार्यसमिति ५ जना सल्लाहकार गरी १४ जना को वडा समिति गठन गर्न सफल भएको छ । भ्रष्टाचार ब्यथीती बिसङ्गती अन्याय अत्याचारको विरुद्धमा युवा एकता अहिलेको आबश्यक्ता भन्दै क न पा १३ बाट पुरानो पार्टी काङ्ग्रेस , एमाले , माओवादी परित्याग गरि ९७ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्ने युवाहरूलाई बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी र दिपेन्द्र ठकुरीले स्वागत सम्मान गर्नु भएको थियो । आजको भेलामा नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै सभापति लामिछाने लाई प्रतिसोध भएको भन्ने हस्ताक्षर अभियान समेत सफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ५ को ऐतिहासिक प्रथम वडा भेला सम्पन्न भएको छ । यसैगरी आजको वडा भेलामा राम बुढा क्षेत्रीको सभापतित्वमा सचिव रोमन अधिकारी लगायत ११ जनाको कार्यसमिति चयन भएको छ । प्रथम वडा भेलाकै दिन रा स्व पा प्रति बिश्वास र चाहाना राख्दै लगभग १५० जनाको भन्दा धेरै उपस्थिति थियो ।
रा स्व पा सभापति लामिछाने लाई भएको अन्याय अत्याचार प्रतिसोधको विरुद्ध युवाहरू अब एक हुनुपर्ने भन्दै सिर्थौली ५ मा काङ्ग्रेस एमाले माओवादी परित्याग गरि ४३ भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन । दुधौली नगरपालिकाको जम्मा १४ वडा मध्य आज ११औं वडा भेला रहेको थियो बाकी ३ वडा हरुमा पनि छिटै भेला सम्पन्न गराउने भनी नगर सभापति बिजय कार्कीले जानकारी दिनु भयो । सिन्धुलि जिल्ला दुधौली नगरपालीका वडा.न ५ मा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम एतिहासिक वडा भेला बाट चयन हुनु हुने सम्पुर्ण कार्य समितिहरु लाई रा स्व पा प्रमी हरुले देश बिदेश बाट बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।
साउन २१, बीरगंज | उमेश कुशवाहा पर्सा र बारा फोटोग्राफर एसोसिएसनको आयोजनामा दुई दिने निःशुल्क क्यामरा सर्भिसिङ क्याम्प सुरु गरिएको छ। बीरगंजको घण्टाघरस्थित रेल्वे रोड, वडा नं. ८ को धर्मशालामा यो क्याम्प संचालनमा आएको हो।
क्याम्पमा भारतको बिहार राज्य, पटनाबाट आएको पारस एण्ड सन्स क्यामरा सर्भिस सेन्टरको ८ सदस्यीय विशेषज्ञ टोलीले क्यामरा सर्भिसिङ सेवा प्रदान गरिरहेको छ।
यो निःशुल्क सर्भिसिङ क्याम्प पर्सा, बारा, रौतहट र भारतको रक्सौल क्षेत्रका फोटोग्राफरहरूका लागि निकै उपयोगी सावित भएको छ। पर्सा फोटोग्राफर एसोसिएसनका अध्यक्ष मुकेश सर्राफका अनुसार, “बाहिर गइरहनु नपरी बीरगंजमै क्यामरा सर्भिसिङ हुनुले फोटोग्राफरहरूलाई ठूलो सहजता मिलेको छ।”
एसोसिएसनले फोटोग्राफरहरूको प्राविधिक आवश्यकतालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू समय-समयमा आयोजना गरिरहने प्रतिबद्धता जनाएको छ।
तीज गीतको बाढीले भरिभराउ नेपाली सांगीतिक बजारमा युवानेतृ इन्दिरा निरौलाको शब्द रचना र मीठो स्वरकी धनी उदउमान गायिका समीक्षा अधिकारीको स्वर सजिएको ‘ए ! आमा…म त जिउँदै मरेँ’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । नेपाली महिलाहरुको समसामयिक पीडाँ र आँसु समेटिएको गीतको लयमा वरिष्ठ कलाकार बिमल राज क्षेत्रीले साथ दिएका छन् । ख्यातिप्राप्त कलाकार क्षेत्रीको लयले गीतलाई अझ जीवन्त बनाएको छ। निरौलाको मर्मस्पर्सी शब्द रचनाले सिंगारिएको गीतमा समीक्षाको मिठासपूर्ण स्वरले दर्शक/स्रोतालाई मनोरञ्जन प्रदान गर्नुका साथै भावुक बनाएको छ।
‘दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइँन’ शब्दबाट सुरु भएको यो गीत यथार्थ कथामा आधारित भएको पाइन्छ । जसमा न्यायको नाममा गरिएको अन्याय, समाजको संवेदनशील घाउ र चेलीहरूको अपमानको कथा पोखिएको छ । अदालतको ढोका ढक्ढक्याउँदा पनि न्याय नपाउने हजारौँ छोरीहरूको प्रतिनिधित्व गर्ने यस गीतले बर्तमान न्यायालयमा भएको विकृति, न्यायको खरिद–बिक्री र अपराधीको संरक्षणको तीतो सत्यलाई बेवाक शैलीमा उजागर गरेको छ ।
यो गीतमा निर्मला पन्तजस्ता अनेकौँ चेलीहरूको पीडामा प्रतिध्वनित छ जसले न त आत्मसम्मान जोगाउन सकिन्, न त न्याय पाउन। पीडाले ‘म त जिउदै मरे आमा’ भन्ने शब्द न्याय पाउन नसकेर आत्महत्याको डिलमा पुगेका चेलीहरूको कथालाई यो गीतले कलात्मक ढंगले उजागर गरेको छ ।
यस मार्मिक गीतको शब्द रचनाकार युवानेतृ, लेखक संघको केन्द्रीय सदस्य, समसामयिक विषयमा धारिलो कलम चलाउँदै आएकी, सिन्धुली जिल्ला भूमि आयोगकि सदस्य इन्दिरा निरौला हुन् । जसले न्यायका लागि कलमलाई अस्त्र बनाउदै यो गितको सिर्जना गरेकी छिन। पीडामा डुबेका हजारौँ चेलीहरूको साझा स्वर समेटिएको गीतले यो मुलुकका लाखौं छोरीहरुको प्रतिनिधित्व गर्छ।
निरौलाको यो तीज गीत केवल मनोरञ्जन प्रदान माध्यम मात्र नभई एउटा नारी आन्दोलनको स्वर भएको भान हुन्छ । यसमा पीडितको चित्कार र परिवर्तनको मागहरु प्रस्फुटित भएका छन् । न्याय, समानता र संवेदनशीलताको प्रश्नमा सोच्न बाध्य पार्ने यो सिर्जनाले तीजको सांस्कृतिक सौन्दर्यभित्र लुकेको सामाजिक विद्रोहलाई उजागर गरेको छ तेज सिलवाल सिन्धुली ले बताए ।
पूरा भिडियो हेर्नका लागि यो लिन्कमा गएर हेर्न सक्नुहुनेछ
१. शीर्षक र विलोम शिल्पको प्रयोग दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।
२. शैलीगत रचनाशिलता
लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।
तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।
३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ
कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।
‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।
४. लघुकथाको प्रभावकारिता
कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्याएको जस्तो लाग्छ ।
यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।
५. समालोचनात्मक निचोड
‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।
यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”
दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:
६. सन्देश
६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन
यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।
६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ
साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।
६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ
यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।
६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश
यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।
६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो
‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।
यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”
७. निष्कर्ष
दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ । कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’ ००० (विलोम लघुकथा) 🔴 विलोम लघुकथा- स्वाद ✍️ दीपक लोहनी
‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् । मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
००० कुरिलो घर काठमाडौं । ~~~~~~~ (उत्तरकथा) 🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका ✍️ नन्दलाल आचार्य
‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?
त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान… उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’
शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।
सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला- सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।
पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो । बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो- बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए । पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ, र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !
‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर । ‘उनी’ले त आँखाको इशाराले बोलाइन्, तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें- त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।
र, त्यो ‘ब्रहमलीन’ पल… शब्दहरूसँग विचार पनि पल्टिए, कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो । र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’
अब जो-कोही भन्छन्- ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’, म भन्छु- ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’ ००० २०८२/०४/२०
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।