सिन्धुली कनपा -१३ रास्वपाको प्रथम वडा भेलामै ९७ भन्दा माथी पार्टी प्रवेश

  • ३२ श्रावण २०८२, शनिबार २१:१८ मा प्रकाशित
  • .. आज मिति २०८२ साल साउन महिनाको ३१ गते शनिबार का दिन कमलामाई नगर पालिका १३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला सम्पन्न भएको छ। आजको यस प्रथम वडा भेलामा बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी, जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि ,कमलामाइ नगर समितिका विभिन्न पदअधिकारी लगायत १५० जना भन्दा माथीको उपस्थिति रहेको थियो ।

    कमलामाई नगर समितिको पहलमा रहेको यस वडा भेला दीपेन्द्र ठकुरी को अध्यक्षतामा ९ जना कार्यसमिति ५ जना सल्लाहकार गरी १४ जना को वडा समिति गठन गर्न सफल भएको छ । भ्रष्टाचार ब्यथीती बिसङ्गती अन्याय अत्याचारको विरुद्धमा युवा एकता अहिलेको आबश्यक्ता भन्दै क न पा १३ बाट पुरानो पार्टी काङ्ग्रेस , एमाले , माओवादी परित्याग गरि ९७ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।

    पार्टी प्रवेश गर्ने युवाहरूलाई बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी र दिपेन्द्र ठकुरीले स्वागत सम्मान गर्नु भएको थियो । आजको भेलामा नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै सभापति लामिछाने लाई प्रतिसोध भएको भन्ने हस्ताक्षर अभियान समेत सफल भएको छ ।

    Tejsilwal

    Tejsilwal

    दुईवटा वडाको है सर