“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय एकसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६१————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०४/२६ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ मानव चोला मरेर जान्छ खै कस्तो कर्म गरेर जान्छ सधैं अपमान गर्छौ किन? कति दुष्टता छरेर जान्छ कतिले दुःख हरेर जान्छ। -सुशीला पौडेल
पञ्चाङ्ग::०२ सरल र मिठास गर न बात साथी अन्यथा आफैँलाई नै हुन्छ घात साथी विधाताले बताएको सबै बराबरी , मानव बीच हुँदैन हेर जात साथी सुन्दर रुख कति मिलेको पात साथी । -प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३ आखिर चुक्नु रहेछ किन खै कसरी जुट्यो मन? मायाको टुसा उम्रन पाएकै थिएन टुट्यो मन बाचा र कसम खाएका सबैकुरा तोडिए पछि, दोबाटोमा पुग्न नपाउदै गोरेटो मै कुट्यो मन खुसीका मिठा सपनाहरू सिसा सरि फुट्यो मन।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ बल्ल हिजोदेखि झरी पर्यो यहाँ त्यतिन्जेलसम्म गर्नु गर्यो यहाँ पोहोर परार यस्तो हुँदैनथ्यो, बेकारमा पसिना पो झर्यो यहाँ अन्तिममा बल्ल थान सर्यो यहाँ। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग-०५ लौ तैयारी नै छ छिटो खाइहाल्नुस् खाना आयो हजुर बजारमा जताततै च्यात्तिएको नाना आयो हजुर ख्याल् छैन आफू नाङ्गै पो छु भन्ने बस् भिउज बढ्नु पर्यो, कसैले सुन्नै नमिल्ने यहाँ कस्तो गाना आयो हजुर भदौको खहरे झैं भाइरले जमाना आयो हजुर। -पशपती राई खोटाङ ।
सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई फोनमार्फत धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहलाई पर्सा अदालतले धरौटीमा रिहा गरेको छ।
धरौटीमा रिहा गर्न जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले आदेश दिएको डिएसपी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।अदालतले बिहीबार ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
साहमाथि तीनवटा मुद्दा दर्ता भएका थिए— ज्यान मार्ने धम्की, साइबर अपराध, र अफवाह फैलाउने।
यो विवादको सुरुवात मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवादबाट भएको हो। साहले मन्त्रीलाई फोन गरेर बिरगंजमा फैलिएको हैजाबारे गुनासो गर्दै मन्त्रीलाई त्यसको जिम्मेवार ठहराएकी थिइन्। अडियोमा उनले मन्त्रीप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेकी सुनिन्छ।
मिति २०८२ भदौ १४ गते सनिवारको दिन कमलामाई नगरपालिका वडा नं १२ सिन्धुली राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला सप्पन्न भएको छ ।
कमलामाई नगर समितिको पहलमा रहेको यस भेला मा रा स्वपा सिन्धुली जिल्ला सभापति लगायत नगर समितिका प्रतिनिधि लगायत रा स्वपा शुभचिन्तक हरुको बेजोड उपस्थिति रहेको थियो । यसैगरी आजको भेलामा सुरेन्द्र बहादुर कार्कीको सभापतित्व मा ९ जनाको कार्यसमिती र ४ सल्लकर समिति गठन भएको छ।
सभापति सुरेन्द्रबहादुर कार्की उपसभापति हस्तबहादुर थापा सचिव पोष्टराज श्रेष्ठ सदस्यहरु हेमबहादुर श्रेष्ठ भुवन विक राधा न्यौपाने विष्णुकुमारी कार्की ढाल ब रसाइली नबराज घिसिङ सल्लाहकार फडिन्द्र ब राय चेत कुमार बराल प्रदिप कार्की गंगाबहादुर मगर नवगठित समिति लाई शुभकामना व्यक्त गर्दै रा स्वपाले संगठन बिस्तार कार्यक्रम निरन्तर तिब्र गतिमा अगाडि बढाउने समेत बताएको छ भेलामा भ्रष्टाचार ब्यथीती बिसङ्गती अन्याय अत्याचारको विरुद्धमा युवा एकता अहिलेको आबश्यक्ता हो भन्दै उपस्थित रा स्व पा प्रेमी हरुले अब क न पा 12 लगायत सिन्धुली जिल्ला नै घण्टीमय बनाउने भनी प्रतिबद्धता जनाउनु भयो ।
बीरगंज – अन्तर्राष्ट्रिय ब्रह्माकुमारी संस्थाका पूर्व मूख्य प्रशासिका राजयागिनी डा प्रकाशमणी दादीज्यूको १८ औं पुण्य स्मृतिदिवस तथा विश्वबन्धुत्व दिवसको पुनीत अवसरमा उहाँले आफ्नो आध्यात्मिक चारित्रिक र मानवीय मूल्यहरुद्वारा मानव जीवन र जगतको समुन्नती हेतु गर्नुभएको विशद् योगदान प्रति सम्मान गर्दै समाज, राष्ट्र र विश्वमा शान्ति, सद्भाव, विश्व बन्धुत्व र अमनचयन को पवित्र संकल्प सहित विर्ताको ओम् शान्ति भवन सभागृहमा ब्रह्माकुमारी रविना दिदीज्यूको अभिभावकत्वमा श्रध्दाञ्जली समारेह एवं योगसाधना कार्यक्रम सुसम्पन्न भएको छ ।
करिब १२ वर्ष कै कलिलो उमेरमा ब्रह्माकुमारी संस्थामा प्रवेश गरी राजयोगको गहन साधनालाई आत्मसात गर्दै आफ्नो जीवनकालमा अपरिमित त्याग तपस्या सात्विकता र दिव्य व्यक्तित्व मार्फत करुणा दया अहिंसा विश्वबन्धुत्व र शान्तिको सन्देश विश्वका करिब १३३ राष्ट्रहरुमा फैलाउनु भई तत्कालीन समयमा विश्व नेता नेल्सन मण्डेला, पुज्य दलाई लामा, मदर टेरेसा, इन्दिरा गान्धि, राजीव गान्धी नेपालका तत्कालिन महाराजा विरेन्द्र नेपालका राष्ट्र सन्त योगी नरहरीनाथ, जगदगुरु शंकराचार्य तथा सैयौँ धर्मगुरु, जगतगुरु, महामण्डलेश्वर, ईसाइ धर्मका प्रधान विसप, विश्व मुश्लिम लिगका प्रधान मैलाना द्वारा दादी अर्थात् सबै आध्यात्मिक हस्तीहरुकी ठूली दिदीको उपमाले सुसम्मानीत हुनुभयो ।
साथै भारत, नेपाल, श्रीलंका, अमेरिका, माल्दिव्स, बेलायत, अरब, दुबइ, जापान लगायत अनेकै राष्ट्रहरु द्वारा पुज्य हस्तीको रुपमा सम्मानीत हुँदै संयुक्त राष्ट्र संघबाट समेत अन्तर्राष्ट्रिय शान्तिदूत अवार्डले सम्मानीत हुँदै वैश्विक आध्यात्मिक एवं सामाजिक नेतृको रुपमा सारा जगतलाई आफ्नो दिव्य पालना प्रदान गर्नुभएको थियो । उहाँले सन् २००७ अगस्त २५ मा आफ्नो आध्यात्मिक सम्पूर्णता प्राप्त गरी भौतिक देह त्याग गरी महाप्रयाण गर्नु भएको थियो । जुन दिवसलाई विश्वमा विश्व बन्धुत्व दिवसको रुपमा मनाइरहेको छ ।
यसै सन्दर्भमा यसपाली सोही अवसर पारेर विश्वमा रहेको रगतको अभावलाई पूर्ति गरी मानवताको सेवामा टेवा पुर्याउने संकल्पका साथ भारत नेपाल र केही अन्यदेशहरुमा २२ अगस्त देखि आज २५ अगस्त सम्म विशाल अन्तर्राष्टिय रक्तदान शिविरको आयोजना गरी १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन गरी विश्व किर्तिमान कायम गर्दै विश्व समाज सेवा जगतमा एक अभूतपूर्व स्वर्णिम इँतिहास ब्रह्माकुमारी संस्थाले रच्ने समेत लगभग पक्का भईसकेको छ ।
साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा
रियाद, साउदी अरेबिया – नेपाली राजदूतावास, रियादले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै सचेतनामूलक हाते पुस्तिका विमोचन गरेको छ। विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको उक्त पुस्तिका नेपाली श्रमिकहरूबीच कानुनी, सामाजिक र व्यवहारिक पक्षमा जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको हो।
दूतावासले जनाए अनुसार, पुस्तिकाले साउदी अरबको श्रम कानुन, बसोबास र कार्यसम्बन्धी आवश्यक जानकारी तथा श्रमिकहरूले जानअन्जानमा गर्नसक्ने गल्तीहरूबारे सचेत गराउनेछ। यसले उनीहरूको सुरक्षामा योगदान पुर्याउनुका साथै समस्यामा पर्नबाट जोगाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै दूतावास प्रतिनिधिहरूले साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा, यस्ता प्रयासहरू अत्यन्त आवश्यक र उपयोगी हुने बताए।
दूतावासले यस पुस्तिकामा राखिएका जानकारी श्रमिकहरूबीच व्यापक रूपमा साझागर्न समेत अपिल गरेको छ, ताकि सबै नेपालीले विदेशमा सुरक्षित र सम्मानजनक जीवन यापन गर्न सकून् भन्ने दुतावासको उद्देश्य रहेको छ !
साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेका मध्ये विभिन्न कारणले जेलमा रहेका नेपालीहरूको संख्या ४५४ रहेको छ भने मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नेपालीको संख्या ३ रहेको नेपाली दूतावासले जानकारी दिएको छ।
त्यस्तै, दुर्घटना वा गम्भीर बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या ४ रहेको छ। हालसम्म सम्पर्कमा नरहेका तर दूतावासमा विवरण प्राप्त भएका नेपालीहरूको संख्या ११ जना रहेको पनि उल्लेख गरिएको छ।
विभिन्न कारणले मृत्यु भई नेपाल फर्काउनु पर्ने नेपालीको संख्या १५ रहेको छ। तीमध्ये ४ जनाको लागि NOC (अनुमति पत्र) जारी भइसकेको छ भने बाँकी ११ जनाको प्रक्रिया जारी छ। उल्लेखनीय छ, तीमध्ये १ जनाको मृत्यु आगलागीबाट भएको र सो स्थानमा दुई अन्य विदेशी नागरिकको समेत मृत्यु भएकाले DNA परीक्षण गरी शवको पहिचानपछि नेपाल फर्काउने तयारी भइरहेको बताईएकोछ।
जस अन्तरगत नेपाल सरकार तथा साउदीस्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ५१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, नाम, दाम तमाम आशाकारी भइरहने बानी हाम्रो पोल्टोमा बिनाकाम ? २, देशदेशान्तर फलिरहन्छ फल जसको चल्छ पाखुरी गोजी भरिरहन्छ हरपल । ३, उनको बोलीको छुरी चल्छ अचेल जताततै बनेर अचानकको हुरी । ✍️म्यामराज राई भोजपुर … १, कतै नहेरी रमिता सिर्जनामा ध्यान दिई लेखौँ झिल्का कविता । २, साहित्यको नयाँ विधा झिल्का कविता मार्फत विचार राखौँ सिधा । ३, साहित्य क्षेत्रमा लागेर झिल्का कविता लेखियो मनमा इच्छा जागेर । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, सत्य पटक्कै डराउँदैन झुट महाशत्रु उसको जसले चोर भगाउँदैन। २, पापमा पुण्य पल्किॅंदैन कराउॅंछ एकदिन धुरी झिल्काबिना आगो सल्किॅंदैन। ३, जस्ले गर्छ पाप हुन्छ त्यो सिपालु उसकै हुन्छ पदचाप। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर … १, आउँछौ सुटुक्क जान्छौ थाहा पाउँदिनॅं मैले मन चोरी लान्छौ। २, तिम्रो नाम लेख्दा हात थरर काम्छ कस्तो होला देख्दा? ३, दिल मेरो छुन्छ तिमी नजिकै बस्दा कसो गरूँ हुन्छ? ✍️सतीश पण्डित भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ ) … १, कात्रोमा नहुने गोजी त्यसैले यहाँ बाँचुञ्जेल खाऔँ लाऔँ मनमोजी । २, सुकर्म गर्न आएका गरी सुकर्म हामीले मानिस जीवन पाएका । ३, सन्तुलित आहार भोगी स्वस्थ बनेका यहाँ नबनौँ आफै रोगी । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, पानी मिठो कुवाको जाडो छ माया कपडा लगाऊ भुवाको । २, लामा छन् रात कस्तो पिरती बस्यो सकिन्नन् कहिल्यै बात । ३, बसेपछि न्यानो माया हदै प्यारो लाग्दोरहेछ एकार्काको बनेर छाया । ✍️त्रिलोचन भण्डारी मेचीनगर झापा … १, जङ्कफुड खानुको सट्टा मकै, भटमास भुटी राख्नुहोस् एकदुइ बट्टा । २, नदिनु दोष कसैलाई जङ्कफुडले रोग निम्त्याउॅंछ बेलैमा ध्यान पुर्याई । ३, घरबाटै टिफिन बोकौँ हामी सबै मिलीजुली जङ्कफुड खान रोकौँ । ✍️हिरामाया श्रेष्ठ गजुरी -१, धादिङ … १, कालो बादल छाउँदैछ सचेत रहनु सबै देशमा सङ्कट आउँदैछ। २, चरीले गुँड बनायो यी भ्रष्टाचारी नेताहरू लासझैँ डुङडुङ गनायो । ✍️दीप गोले तामाङ रौतहट … १, नगरी हुँदैन काम जीवन पर्छ चलाउनै महत्त्वपूर्ण हुन्छ दाम । २, नजानेरै पिरती लगाउॅंछ। बुझ्दैन एक अर्कोलाई धोकामा रमिता देखाउॅंछ। ✍️भूपेन्द्र राना मगर धादिङ … १, छोडी घर सन्सार, पार गर्छन् मान्छे, मर्त्यलोकको व्यस्त भन्सार । २, लिनु सके जस्तै छोड्न पनि सक्नुपर्छ अनि हुन्छौँ मस्तै । ३, विश्वास दिलायौ मलाई, अन्धकारमा हिॅंडाउँदैछौ मनको दियो जलाई । ✍️दीपा गुरुङ ‘समभाव’ खोटाङ … १, जागौँ सबै जागौँ अबेर होला चाँडै उन्मुक्तिको बाटो लागौँ। २, आलस्य सारा त्यागी बालबालिका सबै जानु पाठशाला कापी च्यापी। ✍️बिके मुखिया दार्जिलिङ, भारत … १, घुम्टो ओढ्यो बादलको धुन घन्किएन यहाँ ताल बिर्सियो मादलको। २, कठङ्रिने जाड़ो आउँदैछ स्वास्थ्य बिग्रँदै गयो चिसोले मूलबाटो समाउँदैछ। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, सुन्दर गाउँ, सहर हाँस्दै खेल्दै रमाउँदै घुम्नलाई लाग्यो रहर ! ✍️आर्त अकुलीन … १, थामेर छोड्यौ हातहरू पलपलमा मुर्छिन्छ जिन्दगी सम्झिएर मायाका बातहरू। ✍️ ताराप्रसाद चापागाईँ … १, हामी ठग्न जान्दैनौँ हिजोको कुरा छोडिदिनुस् तपाईंले भनेको मान्दैनौँ। २, चोर भनेपछि चोरेको चोरको सङ्गत गरेपछि अख्तियारले मलाई छोडेको। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, मान्छेले मान्छेलाई तौलिन्छ तल झार्न खोजेर नसक्दा बेस्सरी बौलिन्छ । २, थाल्दछ कमजोरी खोतल्न निम्न कोटिको मानसिकता मन कुँडिन्छ बोल्न । ३, साहित्यमा कुटनीतिक चाल अनेकौँ रङ्गहरू भरेर फिजाउछ नकचरी जाल । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, चौतारीमा तिमीलाई पर्खिएँ साँझसम्म आइनौ तिमी रुँदैरुँदै घरतिर फर्किएँ। २, नआउनेले आउँदिनॅं भनिनौ धनमा दाँजेकी रहिछौ मलाई रत्तिभर गनिनौ। ३, विशाल मन थियो झोपडी घर देखेर मायाले धोखा दियो। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, उसको सम्झनामा बसेको रुवायो धुरुक्कै मायाले, लाग्छ किन फसेको ? २, बाँच्नुको थोरै आस यही रहेछ जिन्दगी, पीडाको अनगिन्ती रास। ३, छाडेर कयौँ रहर गाउँमा बसेको छु, चाहिन्छ लाग्दैन सहर। ✍️शंकर कार्की मकवानपुर … १, बोल्नेको पिठो बिक्छ बिक्दैन नबोले चामल अमिल्दो बखेडा झिक्छ । २, सोच्ने छैनन् सपूत सम्झौतामै देश सके सबै खाले कपुत । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५, जुम्ला … १, जिन्दगी अनौठो चोला कोही अजम्बरी छैन समयलाई नहेप्नु होला। २, दैव नजिक सरी समय आए पश्चात् मानिसलाई लान्छ हरि। ३, दिल कति रुन्छ ? मृत्युलोकमा पुगेपछि खै ! कुरा कसले सुन्छ। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क -३, खोटाङ (हाल भक्तपुर) … १, सामाजिक संस्कार स्विकारौँ सभ्यतालाई उॅंचो राख्न सारा विकृति हटाऔॅं । २, गरौँ देशको सेवा साझा सम्पत्ति हाम्रो होइन कसैको पेवा । ३, आआफ्नो स्वार्थ त्यागौँ देशको विकास गर्न एकैसाथ सबै लागौँ । ✍️जयनारायण नेपाल इलाम (हाल सूर्य विनायक – २, बालकोट, भक्तपुर ) … १, मडारियो शीतलहर तराईमा बस्तीहरूमा कठिनता बोकेर करुणामय गरिबको बसाइमा। २, खानपिनमा समस्या आउने घरभरि बालबच्चा भरिपूर्ण कठिन परिस्थिति छाउने। ३, ठुला कुराहरू शासकमा गरिबहरू बसेका पीडाले खाना, नानाको आसमा। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, भुइॅंकुहिरो लाग्यो छपक्क तातो न्यानोमा बस्नू, सास निभाइदेला थपक्क । ✍️बिबा तामाङ दार्जिलिङ। … १, कापी कलमको रथमा सयर गरौँ सदैव साहित्यको सुमधुर पथमा । ✍️प्रेम थापा “मन” बागलुङ … १, सहरभन्दा गाउँ घमाइलो पारिलो घाममा बसेर सुन्तला खानु रमाइलो । २, गाउँ घरलाई नजानु चटक्कै माया मारेर विदेशतिर मन नलानु। ३, खान जे पाइन्छ दु:ख, सुख जसरी खुसी नै जमाइन्छ। ✍️कला ढकाल झापा … १, तिमीले दिएको हातले, अनाथ खुसीले हाँसेको धोकामा अल्झायौ लातले । २, सुम्पेको तिमीमा जीवन कसम खाएर बाँचेकोमा खाल्डामा पुर्यायौ नमन । ✍️जी.वि. घोराही, दाङ … १, सबैमा देशको माया भएपछि मात्र हजुर देशको बदलिन्छ काया। २, कुरीति बेथिति फालौँ समाजलाई बलियो बनाउन अब कुसंस्कार नपालौँ। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, सुन्दर हाम्रो नेपाल लाग्दछ गौरव सधैँ देखेर सेतो हिमाल। २, नेपाली माटो मलिलो पौरखी हाम्रा पाखुरी बनाऔॅं उर्बर चम्किलो। ✍️दुर्गा भट्टराई मोरङ … १, तिमी मेरो रानी कहिले हुन्छौ मेरो तिमि तिर्खाको पानी । २, आइजा मेरी प्यारी मेरी श्रीमती बनेर बस्नेछु तिमीलाई स्याहारी । ✍️उपेन्द्र राज बिश्वकर्मा अछाम … १, सम्बन्ध नङ, मासुको उस्तै हुन्छ होइन आँखा र आँसुको । २, पर्छ मुटु कमाउन रुनुपर्छ कि फेरि डर लाग्छ रमाउन । ✍️साबित्री प्याकुरेल धादिङ … १, खानुपर्छ वनभोज जाडोमा मिलेर एकै ठाउँ पकाऊ ठुल्ठुला भाँडोमा। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, एकतामा अनेकता हुन्छ मिलेर बस्न सके देख्नेको मुटु छुन्छ ! २, संस्कार इतिहासको मन्त्र नेपाली मनमनमा घुसेको सुहाउँदो हुनुपर्छ जनतन्त्र। ३, आमाबाबु ढोग्न पाऔॅं आफ्नै सन्तानले सधैँ समाजमा संस्कार छाऔॅं । ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, जिन्दगी बगेको खोला। बाँचुन्जेल हाँसखेल गरौँ भोलि होला, नहोला। ✍️वेल थोकर तामाङ मकवानपुर … १, नपिउनु पानी कुवाको तातो खाएर बचिन्छ ओढेर सिरक रुवाको। २, आमाको मायाले मलाई सताउन सतायो दिलमा पीडाले बिनासिद्धि जलाई। ३, सपना मिठो बोकेर तिमीलाई भेट्न गएको लागेछौ दैलो ठोकेर। ✍️भगवती दवाडी झापा … १, राष्ट्रनिर्माण पनि गर्यो ? गफ चुटेर हुँदैन। देशको खातिर मर्यो ? २, जनता सबै रुँदैछन्। फोहरी नेतृत्व मिल्काउन, सबै जागरुक हुँदैछन् । ३, जनता दुखीको दुखी जनता सबै नङ्ग्याएर आफू सुखीको सुखी । ✍️शैलेन्द्र पण्डित तनहुँ … १, नगर्नु कसैले अति अहङ्कार र घमण्डले आफैलाई हुन्छ खती। २, सुधार्नु आफ्नो मति पछि लागेर नराम्रोको कोही जाँदैन सती। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, चिरबिर गर्दै आई चरी मेरो वरिपरि चारतिर आँगनीमा छाई । २, म चौतारीमा बस्छु माया तिमी आए मायाले अॅंगालोमा कस्छु । ३, तिमीलाई छोडी जाँदैछु धेरै धेरै टाढा खोक्रो याद लाँदैछु । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, तराईमा चल्यो शीतलहर न्यानो लुगाको अभावमा गरीबलाई पर्यो कहर। २, जाडोले जीउ थर्थर झुपडीको बास गरिबको सम्झँदा आँशु बर्बर। ३, सरकार आफ्नै तालमा कुर्सीको लागि दौडधुप बेवास्ता गरिबको हालमा। ✍️सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, बोलीको रङ्ग उड्यो रङ्गीबिरङ्गी छन् चालीहरू बाध्ने तुना चुँड्यो । २, सागरभन्दा छ गहिरो मायाको बुध थियो छुट्दा मनमा पहिरो । ३, चाँदनी रूप राम्रो मनै लोभ्याउने सारा लठ्ठै मन हाम्रो । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सु,प,अछाम … १, दोहोरो चरित्र बोकेका नेताले गर्छन् शासन भाषण धेरै खोकेका। २, जीवनको हेर अन्त्यतिर स्वर्ग जान्न नपाइने भन्ने लाग्छ पिर । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई -४, झापा … १, उसको बोलीमा छुरी सानैको हो साथी पर्यो एउटै धुरी । २, दर्शन मिल्छ बिहानीमा घोचपेच हुन्छ सुरु फोटो हुन्छ सरानीमा । ३, पिरोमा हुन्छ गुलियो हामी दुईको सम्बन्ध विगतका कुरा भुलियो। ✍️धनमाया चौधरी कैलाली … १, माया निष्ठुरी बन्यो उ आफ्नो स्वार्थमा जतासुकै जा, भन्यो । २, जीवन दुखी भयो यो अमूल्य जिन्दगी सहँदासँहदै जिन्दगी गयो । ३, कल्पिन्छ मनमा माया सम्झेर सागरसरि भयो तिम्रो मायाको छाया । ✍️वेदु न्यौपाने … १, अन्तर्मनको यस्तो चाहना भेदभावले जरा नगाडोस् हुन्छ जिन्दगीमा वेदना । २, बोल्नु अगाडि सोच्नु स्वाङ् पारेर हुँदैन वास्तविकता मात्रै रोज्नु । ३, मनको मैलो धुनु कहिले हीनताबोध नहोस् सम्झेर नजिन्दगीमा नरुनु । ✍️पृथक प्रकृति झापा … १, जाँगरमा लागेपछि घुन रिस गरेरमात्र नसकिने सफलताको शिखर छुन । २, आउॅंछन् बाधा कति हिम्मत हार्नु हुन्न चाहे आओस् जति । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सबैलाई यहाँ आउँदैछ साल नयाँ बनेर फेरि खुसी छाउँदैछ। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ भारत … १, लाग्छ मेरो सरकार गर्दैछ दुस्साहस यसरी कुल्चिन तरबारको धार । २, कठैबरी बुढाहरूको काम घमण्डले जानिफकार पनि बेकारमा भए बदनाम । ३, भुसुना, कमिला, ठान्दा चेपुवामा परे आफै लहरो, पहरो तान्दा ! ✍️विवश पारदर्शी झापा … १, ओढाएर अपराधीलाई खादा पुरा गर्दैछ सरकारले जनतासँग गरेका बादा l २, भरभराउँदा युवाको लाम दिनहुँ देख्दा एयरपोर्टमा हृदयमा पर्छ डाम l ३, लुटेर कमाए दाम लाग्दैन कहिल्यै पनि नेताको घैँटोमा घाम l ✍️बाबुराम गौतम गुल्मी … १, मुटुभरि चोट दिएर एक्लै कहाँ जान्छौ ? दिलमा खत लिएर! २, नरिसाए हुन्थ्यो भन्छु एकान्तमा बसेर पलहरू सम्झी सम्झी गन्छु ! ३, रमाएर के गर्नु भित्र मुटु दुख्छ कसको भर पर्नु ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सल्बलाइरहन्छ जहिल्यै मन बुझाऔॅं खै कसरी ? नभएपछि प्रशस्त धन। २, रहेछ दु:खीको चोला जति गरे नि! नहुने कस्तो होला? ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. – ६ सङ्खुवासभा … १, नाम अनुसार दाम मिलेन भन्दैमा साथी छोड्नु हुँदैन काम । २, चिसोले फड्का चाल्यो बिरामी हुने डर मनमा खेल्न थाल्यो । ३, सम्बन्धले मन छुन्छ बुझौँ बुझाऔॅं साथी सङ्गठनमा बल हुन्छ । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा। … १, गाउँघरको मनोरम हेर कति स्वस्थकर हुन्छ विचार गर बसेर । २, राम्रो संस्कार लिन अचेलका युवा वर्ग खै हिच्किचाउँछन् किन ? ३, देशको भलाइ गर्न जो लागि पर्छ पछि पर्दैन मर्न । ✍️ललिता गिरी सिन्धुली … १, ढिला भयो कामकाज देशको ढुकुटी रित्याएर गर्दैछन् अझै राज ! ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, खोज्दा दाम कमाउँन मिहिनेत नगरी खाली नखोजौं अरूलाई रुवाउन। २, चारैतिर हुन्छ फल पाखुरी बजार्दा मात्रै आउँछ साथमा हरपल। ३, थालौं गर्न कर्म कमाउने नाममा अरुलाई नपारौँ है मर्म। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका,बोस्टन। … १, हुनेले हेर्दैन यहाँ अभावले गाँजेको जीवनमा गरिबीले टेर्दैन जहाँ। २, कसरी समाधान गर्ने अपुरो खड्किरहेछ सधैँ खालि पेट भर्ने। ✍️दुर्गा आचार्य मोरङ … १, रच्नु कलम समाएर मिठो झिल्का कविता, मनको अभिव्यक्ति पोखेर । २, ज्ञानको ज्योति छर्नु, निर्मल समाज निर्माणमा, शिक्षाको भण्डार भर्नु। ३, नेताको महल झलमल्ल, भोट दिने जनताहरू, हेरिरह्यो परि वाल्ल। ✍️देव स्याङ्देन, कालेबुङ। … १, जिन्दगी डरलाग्दो कस्तो ? बेग्लै सोचाइ आउॅंदाखेरि कर्कलाको पानी जस्तो । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, बेलैमा पुर्याउनु ध्यान गफले देश बन्दैन भ्रष्ट नेता सावधान । २, राजनीति अनौठो खेल बिज्ञहरु सडकमा कराउने सत्तामा मेट्रिक फेल। ३, शीतलहर चल्यो ठन्डीबाट जोगिने उपाय चोकचोकमा धुनी बल्यो। ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, गोर्खे सन्तानहरू हामी देशको सिमाना तैनाथ सिपाहीमा देखिन्छ दामी । २, देशमा रोजगार छैन विदेशी युवाहरू जति जनताहरू बैंक हैन । ✍️प्रेम शर्मा “एकान्त प्रेमी “ … १, किन तिमी जतिखेरै गर्दै रिस डाह खुट्टा तान्छौ मेरै । ✍️सरिता सेढाई धादिङ … १, मनमा किन ठसठस ? तर म हाँसिरहेछु गुम्दैन मेरो साहस। २, करतुत तिम्रो ज्यादा फटाहा अधिक नहोऊ बन्दिनॅं कसैको बाधा । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, बिगारी दियो जुनी रहेछ पापी साह्रै मानव रूपको खुनी । २, मानवीय श्रेष्ठ चोला राम्ररी संरक्षण गर्नु नबनोस् नालीको घोला । ३, जन्ममरण शाश्वत सत्य आफैँलाई जलाएर अहङ्कारले जीवनकाल बनाउछ फत्य। ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, साँच्चै सोची ल्याउॅंदा, जीवन छ तमासा , जीवन गाथा गाउॅंदा। २, आज छ अमन , समयको खेल यो, भोलि पार्छ दमन। ३, मानव जगत्को अर्थ भोग्दै जाँदा देखियो, नबुझेरै हो व्यर्थ। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, मेरो मनको चाहाना सबैको दुःख हटोस्, नयाँ सालको शुभकामना । २, ल्याओस् खुसीको हर्ष सबैलाई खुसी दिएर , भित्रियोस् नयाँ वर्ष । ३, मनमा उमङ्ग भरौँ दिएर उपहार आपसमा , आत्मीयता कायम गरौँ । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, लाएर माया जातमा माया हुँदैन दलितमा ! मानिसबिच किन बात ? २, यस्तै कारणले मरण जातपात भनी दु:ख नपरोस् मायामा शरण । ✍️भोलामान बर्देवा धरान -८, सुनसरी … १, जिन्दगी अनौठो खेल अजम्बरी छैन कोही नगरौँ कसैलाई जालझेल । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, भयो मबाट भूल चिन्न सकिनँ समयमा तिमी विषालु फूल ! २, धनको पछि लाग्यौ कदर गरिनौ मायाको मलाई छोडी भाग्यौ । ✍️वसन्त अनुभव घोराही, दाङ … १, विपना बनेर आयौ, छोड्यौ केवल पीडा सपना किन देखायौ ? २, बसेको थियो मन, तिमीभित्र नै गहिरो सकेर सारा धन । ३, चाहिएको थियो माया, दियौ घृणाको मुहान व्यर्थ सुकाएँ काया । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) १. जडिबुटी यत्रतत्र पाइने हुन्छ अत्यन्त उपयोगी जिउँदा, मर्दा चाहिने । २. टाउको दुखाइ खरोमा चिया बनाई खानसकिन्छ रुघाखोकी र जरोमा ! -वसन्त अनुभव, दाङ —————<•>————— २) रोपौँं तुलसी घरमा जानेर यसको महत्त्व नपर्नु अरूको भरमा । -नागेन्द्रप्रसाद यादव —————<•>————— ३) १. एकादशी तिथि पवित्र तुलसीकाे पूजा गरेर अध्यात्मिक काम मित्र । २. रुघाखाेकी ज्वराे आएमा पकाएर खाऊ बिहान आराममा बस्ने खाएमा । -जि.बि.चिन्तन घाेराही, दाङ —————<•>————— ४) १. तुलसीको मठ घरमा रोपी राख सबैले नपर कतै भरमा । २. दिन भयो घमाइलो गर काम समयमा अनि गर रमाइलो । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— ५) दल राखी छोपेर महत्व कार्तिक महिनाको तुलसी मठमा रोपेर । -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— ६) १. तुलसी आँगनीको छेउ दबाईकाे काम गर्छ हुर्काउन पानी देऊ । २. एकादशी भाेकै बसाैँ पेट खाली राख्न पटुकी राम्ररी कसाैँ । -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी —————<•>————— ७) १. असारमा तुलसी रोपेर माला लगाई पूजौँ मठलाई चट्ट पोतेर । २. हेर्दा राम्रो झट्टै सधैँ प्रयोग गरे रोग हुन्छ चट्टै । -अनिता भण्डारी ताप्लेजुङ —————<•>————— ८) अन्धविश्वासी भएर हैन गुणकारी मानिन्छ तुलसी जानिकन नोक्सान छैन । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— ९) आज ठुली एकदशी चिन्तन गरौँ तुलसीको मोठको छेउमा बसी । -तोयानाथ चापागाईं दमक,झापा —————<•>————— १०) १. तुलसीको पत्ता खानु रुघाखाेकी लागेमा हेर पर्दैन अस्पताल जानु । २. ओैषधीकाे गर्छ काम थाहा पाइरहनु सदा तुलसी हाे नाम । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर —————<•>————— ११) तुलसी अति राम्रो जानी राखौँ सबैले बचाउँछ जिवन हाम्रो । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा —————<•>————— १२) १. स्वास्थ्यमा सुधार आउँछ तुलसी पानी खानाले लागेको रुघाखोकी हराउँछ । २. रोग शरिरको जन्जिर गुणकारी तुलसी खाँदा स्वस्थ बन्छ शरीर । -सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— १३) गरौँ तुलसीको पूजा नित्य बिहान सधैँ खालीपेट नखाई भुजा ! -जनक बिसी, दक्षिण भारत कोचिनबाट —————<•>————— १४) १. विष्णुले श्राप पाए झार हुनु भनेर त्यसैले मठमा आए ! २. तुलसी औषधी हुनाले मान्छेले मास्छन् भनेर पौराणिक कथा हाले । -गुणनिधि घिमिरे अमेरिका —————<•>————— १५) १. विभिन्न ठाउँका मेला एकादशीमा गरौँ रमाइलो एकसाथ भएर भेला ! २. पाईन्छ वरपर हाम्रो चिसोले स्वास्थ्य बिगारे तुलसी खानु राम्रो । -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —————<•>————— १६) एकादशीमा तुलसीको विवाह धूप दिप नैवेद्यले जीवनको पुग्दछ चाह । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १७) १. हरिबोधिनी एकादशी जानौँ तुलसी पुजा गर्दै आयुर्वेदिक औषधी मानौँ । २. रुघाखोकी निको पार्छ उमालेर तुलसी खाएमा सानातिना समस्या टार्छ । -बेदु न्यौपाने —————<•>————— १८) सुन साथी सवाई तुलसी रोप्नु घरमा हुन्छ ठुलो दबाई । -दीपा समभाव दुबेकोल खोटाङ्ग —————<•>————— १९) असारमा तुलसी रोपिन्छ हिन्दु परम्परा अनुसार पूजा गरी पोतिन्छ । -कला ढकाल, झापा —————<•>————— २०) मठमा रोप्न काइदा रुघाखोकी र ज्वरोमा तुलसीले गर्छ फाइदा । -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— २१) व्रत हरिबाेधनी एकादशीकाे समस्त हिन्दुहरूले गर्छन् दामाेदरसँग विवाह तुलसीकाे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— २२) तुलसी रोपौँ राम्रो सबैको घरहरूमा हेर जीवन बचाउछ हाम्रो । -प्रेम शर्मा ” एकान्त प्रेमी” —————<•>————— २३) आज हरिबोधनी एकादशी तुलसी साँची राखेर घोटौँ कर्मको कसी । -चिरञ्जीवी श्रेष्ठ धनकुटा । —————<•>————— २४) १. तुलसी सर्वोत्तम बुटी हरेक घरमा रोपौँ महल अथवा कुटी । २. तुलसीको मठमा सर्दा मोक्ष भइन्छ भन्छन् अन्तिम यात्रा गर्दा l -बाबुराम गौतम, गुल्मी —————<•>————— २५) १. रोपौँ तुलसी घरमा अमर कोही छैन रहौँ ईश्वरकै भरमा । २. परापूर्वदेखि चलन चलेको ईश्वरमा आस्था राख्नु तर किन छलेको ? -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— २६) १. मेटिन्छ हाम्रो दशा सबैको घर घरमा रोप्नुहोस है तुलसा । २. उपयुक्त जडिबुटी मानेर खुवाउँछौ मात्रा मिलाई निको हुने ठानेर । -हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— २७) १. तुलसीकाे पुजा गरेँ राेग विनाश हुन्छ माताकाे शरणमा परेँ । २. मनमा मिल्दछ शान्ति तुलसीकाे पूजा गरेँ घरमा हुँदैन क्रान्ति । -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट । —————<•>————— २८) हरिबोधनी एकादशीको महत्व विष्णुको अवतार तुलसी मानिन्छ बहुगुणी तत्व ! -चुडामणी देवकोटा पुरानोनैकाप काठमाडौँ —————<•>————— २९) तुलसीको पूजा गरेर वातावरण स्वच्छ बनाउँला धार्मिक आस्था भरेर ! -पुष्पा राई, बादेल, खोटाङ । —————<•>————— ३०) समाऔँ साहित्यको रसी स्रष्टाज्यूहरूलाई शुभकामना छ मनाउँदै हरिबोधनी एकादशी ! -प्रेम थापा “मन”बागलुङ —————<•>————— ३१) एकादशीको महिमा बुझेर सुखशान्तिको कामना गराैँ पवित्र तुलसी पुजेर ! -जयनारायण नेपाल बालकोट ,भक्तपुर —————<•>————— ३२) १. आज पर्व एकादशी तुलसीको पूजा आराधना हृदयमा शुद्धता कसी । २. भन्छन् विष्णु सहचरी आँगन मठ लिपपोत तुलसीको पूजा गरी ! -मोती योन्जन सुब्बा, दार्जिलिङ —————<•>————— ३३) १. रोपौँ तुलसी आँगनमा शुभ लक्षण देखिन्छ सकारात्मक सोचे मनमा । २. बनाई सफा मन रोप्दा घरमा तुलसी पाइन्छ सदा अक्सिजन ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————— ३४) तुलसा औषधी हुँदा सम्हालेर राख्छौँ यो सबैको मन छुँदा । -सुरेशकुमार पाण्डे —————<•>————— ३५) हरिबोधनी एकादशी आज साक्षी राखेर तुलसी हुनेछन् राम्रो काज ! -कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ —————<•>————— ३६) धर्म, संस्कृति जोगाऊँ शान्ति मिल्छ सबैलाई अध्यात्ममा मन लगाऊ ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा —————<•>————— ३७) १. तुलसीको पूजा गरेर मन शान्ति बनाए भजन स्तोत्र जपेर ! २. तुलसीको गुण बुझेर जताततै रोपे वातावरण शुद्धिकरण हुन्छ खुलेर ! -भगवती दवाडी ,झापा —————<•>————— ३८) वनस्पति भगवान्का रूप आज ठुली एकादशी पुजेर बालौँ धूप ! -अम्बिका गिरी —————<•>————— ३९) १. कहिलेकाही व्रत बसेर हुन्छ स्वास्थ्यलाई फाइदा धर्मको गहिराइमा पसेर ! २. तुलसी औषधीमा जाती झनै विशेष हरिबोधनी फूल तार्नेको ताँती ! -सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— ४०) १. एकादशीको महिमा बुझेर सुख समृद्धिले भरौँ तुलसीको पूजा गरेर । २. तुलसीको जपन गरौँ अज्ञानतालाई हटाएर अब श्रद्धाको भक्तिमा परौँ ! ✍️ विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ —————<•>————— ४१) तुलसीकाे पूजा गर आज एकादशी हाे मरेपछि स्वर्गमा सर ! -नवराज भट्ट कञ्चनपुर —————<•>————— ४२) भोकै व्रत बसी पूजा गरेर मोठमा मनाइयो तुलसी एकादशी ! -अमृत कोइराला पोखरा —————<•>————— ४३) हरिबोधिनी एकादशी आज तुलसी विवाहको दिन प्रचुर अक्सिजनको राज ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————— ४४) १. गर्दछ राम्रो काम खाइन्छ रुघाखोकी लाग्दा तुलसी यसको नाम । २. देवीको रूपमा पुजेर सम्मान दिने परम्परा औसधिको महत्त्व बुझेर ! -पृथक प्रकृति ,झापा —————<•>————— ४५) १. औषधीय गुणले युक्त दैनिक सेवन गरेमा रुघाखोकीबाट भइन्छ मुक्त ! २. उज्यालो देखिन्छ आँगन भगाउँन रोग टाढा गरौँ तुलसी रोपन ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— ४६) तुलसी धेरै उपयोगी एक उत्तम औषधी तन्दुरुस्त पार्छ रोगी ! -बिबा तामाङ दार्जिलिङ —————<•>————— ४७) एकादशीको महिमा अपरम्पार मनै आनन्द हुन्छ बुझ्दा तुलसीको सार ! -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————— ४८) १. तुलसीको विवाह गरियो दुलाहा शालिग्राम प्रभुलाई कन्यादान दिनेमा परियो । २. आज उपवास बसियो हरिबोधिनी एकादशीको दिन काममा कम्मर कसियो । -अरुण कुमार भुजेल , दार्जीलिङ भारत। —————<•>————— ४९) बुझाैँ आयुर्वेदिक महत्व हुन्छ तुलसीकाे विरुवामा एन्टी ब्याक्टेरियल तत्व ! -काेपिला अधिकारी सिरानचाेक,गाेरखा —————<•>————— ५०) बहुगुण औषधीय तत्त्व भरिपूर्ण हुन्छ तुलसी आयुर्वेदिक वैज्ञानिक महत्त्व ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— ५१) १ एकादशी तुलसीको महिमा पौराणिक महत्त्व रहेकोले संस्कृतिको बढाउँछ गरिमा ! २. तुलसीको सुवास हरर फैलिन्छ चल्दा हावा मीठो सुगन्ध सरर ! -कृष्ण बजगाई, भक्तपुर —————<•>————— ५२) १. तुलसी देन प्रकृतिको उपयोग गरौँ अधिक पहिचान हिन्दु संस्कृतिको ! २. पूजेर दिपक जलाउनु घरमा तुलसी लगाएर दुषित जिवाणु भगाउनु ! -मनोहरी पौडेल गैडाकोट १ —————<•>————— ५३) १. एकादशी महिमा अपार निराहार बसेर एकदिन आफ्नो जीवन सपार ! २. आयुर्वेदिक औषधी तुलसी स्वस्थ रहला वायुमण्डल रमाउनेछन् रातमा शशी ! -होमप्रसाद नेउपाने धरान, सुनसरी —————<•>————— ५४) एकादशी व्रत बस्दै आमा दिदीबहिनी आज तुलसीमा माला कस्दै ! -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— ५५) कात्तिक शुक्ल एकादशी गरियो पूजा तुलसीको भक्तिभावले व्रत बसी ! -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— ५६) १. बस्नु व्रत एकदशी पूजा गरि तुलसीको भक्ति घरैमा बसी ! २. गुणयुक्त तुलसीलाई पूजेर राेपौँ घरघरमा सबैले वातावरण शुद्ध बुझेर ! -दुर्गा भट्टराई मोरङ —————<•>————— ५७) १. तुलसी बहुगुणी तत्त्व सबैले घरघरमै रोपौँ बुझेर यसको महत्त्व ! २. तुलसी विष्णुको अवतार अत्यावश्यक विरुवा भएकोले रोप्न गरौँ हतार ! -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन —————<•>————— ५८) पर्व एकादशी ठूलो तुलसी रोप्दाखेरि हेर हुन्छ उत्तम ओखतीमूलो ! -सरिता सेढाई, धादिङ —————<•>————— ५९) व्रत एकादशी बसेर घुम्न गए साधुसन्त मुखमा खरानी घसेर ! -अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>—————
साप्ताहिक झिल्का लेखन अभ्यासको ३८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, दसैँ आयो आँगनमा मनाऔॅं आफ्नै पाराले उत्सव बनाएर आफ्नोपनमा । २, ऋण नबोकाउने गरेर धार्मिक सहिष्णुतामा दसैँ बोलाऔॅं पाहुना सम्झेर । ३, दसैँले सद्भाव बढाउॅंछ देखासिकीमा नरमाऔॅं कदापि सम्बन्धलाई नवीकरण गराउॅंछ ।
म्यामराज राई … १, सिको नगरी खास निल्न सकिन्छ जति उत्रै हालौँ गास । २, कसैले अप्रिय नभनोस् नभुलौँ आफ्नो औकात दसैँ दशा नबनोस् ! ३, जथाभावी खर्च हानेर ठोक्नु नपरोस् टाउको दसैँ एकदिन मानेर !
वसन्त अनुभव, घोराही, दाङ … १, दसैँ खुसीले मानौँ कदापि देखासिकी नगरी आफ्नो हैसियत जानौँ । २, दसैँको महत्त्व बुझेर विकृति हटाउन लागौँ खुला मैदानमा उठेर । ३, फजुल खर्च नगरोस् मानौँ चाडपर्व उमङ्ले दसैँ दशा नबनोस्।
भोज प्रसाद मगर, गैंडाकोट -३, पुर्वी नवलपरासी … १, दसैँ आयो हाँसेर रमाऔॅं खुसीले सदैव सबैमा माया गाँसेर । २, संस्कार संस्कृति धान्नु मान्यजनको आशीर्वाद थापेर ठुलोले भनेको मान्नु । ३, निधारमा टीका थापेर सदैव मान्ने जनको टाउकोमा जमरा राखेर ।
बेदु न्यौपाने … १, हैन देखासिकी गरेर औकातले भ्याउने मात्रै गरौँ हाँसीखुसी भरेर। २, संस्कार, संस्कृति मानेर मान्यजनको हातबाट टीका लगाई आसिक लिएर। ३, गरौँ यसको सामना सबैमा आउने बडादसैँको हार्दिक मङ्गलमय शुभकामना।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, के बोकेर आयो? यसपालि दसैँ पर्व त्यसै सन्नाटा छायो ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, दसैँ आयो हेर , आफ्नो गोजी हेर्नू, नक्कल नगर्नु धेर । २, अर्काको शरीर खाएर, आनन्द नलिनु भन्छु बोतल सबै रित्याएर । ३, दसैँ खास बनोस् , सबैलाई दसैँको शुभकामना पानी छिट्टै रोकियोस् ।
दीपा समभाव, दुबेकोल खोटाङ्ग … १, ऋण बोकाउन आयो चपेटामा परेको बेला दसैँले दशा देखायो । २, केही छैन घरमा मेरो दसैँ जान्छ ढिँडो फर्सीको भरमा ३, दसैँ होइन दसा गरीबलाई सधैँ गरिबको लाग्दैछ अब नसा।
ललिता गिरी, सिन्धुली … १, पुजौँ चन्द्रघण्टा माता मनमा श्रद्धा हाम्रो आजन्म सनातनी नाता । २, हामी चिन्तन गरौँ फूल चढाएर मनले माताको शरण परौँ । ३, कर्मको मातासँग खाता माता हाम्री ममत्व सुखरूपी छाया छाता ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, गर्दछौँ विपत्तिको सामना कसरी दिऊॅं विपतमा बडादसैँको तिमीलाई शुभकामना ।
चिरञ्जीवी श्रेष्ठ, धनकुटा । … १, चाडपर्व दसैँ हाम्रो फजुल खर्च नगरी दसैँ मनाऔॅं राम्रो । २, रातो टीका लगाऔॅं अछेता प्रयोग नगरी दसैँ हामी मनाऔॅं । ३, दसैँ बनोस् खास दसैँको सबैलाई शुभकामना नहोस् कसैको उठिबास ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १, मुस्कुरायो विपतमा पनि लेखेर राख त्यही हुन्छ संसारको धनी।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, विजयादशमीको पावन अवसरमा दुर्गाभवानीले बास गरून् सबै मानिसको घरघरमा । २, रङ्ग र रसैमा नराम्रो सुन्न नपरोस् यो साल दसैँमा । ३, दसैँ जस्तो चाडमा नभुलौँ कोही पनि रक्सी अनि जाँडमा ।
हिरामाया श्रेष्ठ, गजुरी १ धादिङ … १, जमरा राखेर घरमा दसैँ मनाऔॅं हाँसेर नपरौँ कसैको करमा। २, ठुलाको आसिक लिऊँ आमाबाको सम्मान गरौँ सानालाई माया दिऊॅं ।
सविता भट्टराई, जनकपुरधाम … १, नगर शरीरको नाश छन् उस्तै मान्छे नगरौँ नयाँ आस। २, चोरले चोरी गर्छ पूजा गर्छ मन्दिरमा अनि काममा सर्छ। ३, दसैँको छ शुभकामना हर्षोल्लासमा मनाउनु चाड नहोस् दु:खसँग सामना!
नवराज भट्ट, कञ्चनपुर … १, विवेकले काम गरौँ निभ्दैछ स्वाभिमानको दियो सबैमा सद्भाव भरौँ । २, विकृतिको अन्त्य गरौँ मनाऔॅं चाडपर्व रमेर समाज सुसंस्कारले भरौँ ।
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी … १, खुसी बोकेर आयो गाउँ शहर सबैतिर दसैँको रौनक छायो । २, दसैँ नेपालीको पर्व जोगाउदै संस्कार संस्कृती सबैले गरौँ गर्व ।
अनिता भण्डारी, ताप्लेजुङ … १, जीवन बनोस् खास एकपटकको यो जुनीमा आनन्द रहोस् बास। २, आनन्दको पल आयो रमाइलो गरौँ सबैले दसैँको रमझम छायो। ३, हरेक वर्ष आउँछ परदेशीको मन दुखिरहन्छ गाउँको सम्झना छाउँछ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, यसपालिको दसैँ सुनसान दैवीप्रकोपले धेरै क्षति कसको गर्नु गुनगान ? २, झण्डा नदेखाऊ हातमा राहत झोलामा देखाएर ब्रह्मलुटको रणनिती रातमा।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, कहिले बिगार्यो पानीले समयमा सोच नपुग्दासम्म कहिले बिगार्यो जवानीले !
आर्त अकुलीन … १, चोट नलागोस् मनमा दसैँ तिहारमा रमाइलो हुन्थ्यो साँच्चै बालापनमा। २, परिस्थितिले नगरोस् बदमास दसैँको शुभकामना सबैमा गरौँ रमाउने प्रयास।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, रमाइलो गरौँ दसैँमा साथीभाइ भेटघाट गरौँ नक्कल नगरौँ रसैमा । २, सामाजिक सद्धवान गरौँ हिन्दु बौद्ध किरातलाई विभेद दिमागमा नभरौँ । ३, हत्या हिंसा नगरीकन चाडपर्व मनाऔॅं सबैले शान्ति मिल्दैन मरीकन।
एवाइ प्रभात, सहिदभुमि ३ धनकुटा … १, सद्भावको एउटै भावना देश प्रदेशमा सबैलाई बडादसैँ पर्वको शुभकामना । २, बेमौसमी झरी भएर चाडपर्वको तामझाम मिलाउँदै सबै प्रताडना सहेर । ३, चाडपर्वको नौलो उमङ्ग बालबालिका खुसी देखिन्छ हातेमालोमा पर्दै दङ्ग ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जब चाडपर्व आउँछ घरको यादले जहिलेसुकै परदेशी युवालाई रुवाउँछ l २, दसैँ बनोस् खास हरेक जनको घरघरमा नवदुर्गाले गरून् बास l ३, सबैले गरौँ गर्व गच्छे अनुसारको खर्चद्वारा मनाऔँ खुसीले चाडपर्व l
बाबुराम गौतम, गुल्मी … १, नहोऊन् जनता वञ्चित प्रतिभा हुन्छ सबमा सधैँलाई राखौँ सञ्चित ।
प्रेम थापा “मन”, बागलुङ … १, आउनलाई त आयो हिन्दुहरूको ठूलो पर्व प्रकृतिले खुसियाली खायो । २, घरबास उठाएर रुवायो आँखामा आँसुको बाढी प्रकृतिले प्राण उडायो । ३, रोदनले खुसीयाली हरायो पीडैपीडाको भुमरी चल्नलाई यसपालि हाप्सिलो करायो।
घनश्याम पन्त, हरिवन सर्लाही … १, खुसी बोकी आउँछ दसैँ सबैतिर हेर आनन्दले मन रमाउँछ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. ६ संखुवासभा … १, पुजेर शक्ति देवका मानव हामी सबैले त्यागेर भव भेदका । २, बढप्पन सबैले त्यागेर सामान्य जीवन उत्तम भगवान् भक्तिमा लागेर । ३, सधैँभरि उच्चतम भावना यो सालको बडादसैँको सबैलाई छ शुभकामना ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मान्यजनको आशीर्वाद पाएर हामी एकसाथ रमाउॅंछौ बडादसैँमा हर्षोल्लास गाएर । २, केवल खुसी छान्छौँ भुलाएर भएको पीर मिलिजुली चाडपर्व मान्छौँ । ३, चाडपर्व आएपछि खाली परदेशीको दु:ख रोदन फेरि सुन्नुपर्यो यसपालि ।
पृथक प्रकृति ,झापा … १, झिल्का लेख्न झरेँ दसैँको शुभ अवसरमा शुभकामना अर्पण गरेँ! २, सुहाउँदैन देखावटी हाँसो कसरी खुसी हुनु लगाएर गलामा पासो!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, दसामा दसैँ आयो बिचल्ली भेलबाढी पहिरोले जनतामा ग्रहण छायो ।
दिलिप राई ‘सगर’ … १, बोकेर मखमली हर्ष आउ बडादसैँ आँगन मेटाई सारा सङ्घर्ष । २, घाँटी हेरेर मनाउनु देखासिकी गरेर होइन सद्भाव साट्ने बनाउनु । ३, मिलन हुन् छुट्टिएका दसैँको निउॅं पारेर जोडिउन् मन चुट्टिएका ।
राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला … १, दसैँ सबैको हराभरा देखासिकी नगरी मनाऔॅं लाग्ला है दशा ।
जनक बिसी, दक्षिणभारत कोचिन … १, चाडपर्व घरमा छायो खुसी कतै दुःख यसपालिको दसैँ आयो । २, बडादसैँको समय आएर गाउँघरमा छ रमाइलो जताततै खुसी छाएर । ३, चाडपर्व हामीले मान्नुपर्छ बडादसैँमा भएर खुसी खर्च गर्न जान्नुपर्छ ।
कृष्ण बजगाई, भक्तपुर … १, देशको राष्ट्रिय पर्व मनाऔॅं हर्ष, उल्लासले सबैलाई लागोस् गर्व। २, आयो है चाडबाड घाँटी हेरेर मात्र निल्ने गरौँ हाड। ३, उराठ लाग्नु हुँदैन मिठो मुस्कान दिएर बोले दुःखले छुँदैन।
शशीश्री आचार्य … १, दुर्दशा कसैलाई नपरोस् देख्ने आँखामा भविस्यको टुसा मनमा पलाओस्।
सुनगाभा पोखरेल, हाल: नेपालगन्ज … १, हृदयदेखि प्रफुल्ल हाँस्यो उमङ्ग जोशको जाँगर समाजामा नाता गाँस्यो । २, दसैँ जताततै फिक्का न गोजीमा नोट गरिबको हातमा सिक्का । ३, समय खेर नफाल बेलैमा गरेको सङ्घर्षले वैमनस्य मनमा नपाल ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, चाडपर्व दसैँ आयो आदिशक्ति दुर्गा देवी भवानीको चर्चा छायो । २, परदेशी घर आए टाढिएका सबै परिवरसँगै आफन्तले मिल्न पाए। ३, भुलाएर व्यथा पीर पिङ खेल्दै रमाउँदै मनलाइ राखे थिर !
विवश पारदर्शी, झापा … १, काव्य परिवर्तनको वाहक कसैको आस्थामा बिनसित्ति दुरुत्साही नगरौँ अनाहक । २, कलम लेखकको हतियार कोरियोस् श्रमजीवीको गाथा नहोस् बेथितिको मतियार ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, उठौँ अब जङ्गी चाडपर्व आयो है बढिरहेछ दिनदिनै महङ्गी ।
दीप गोले तामाङ … १, दुर्गा माताको शक्तिले गरून् सबैको कल्याण नवारात्रिमा पुज्छौँ भक्तिले। २, थाप्छौँ जमरा टीका लिन्छौँ मान्यको आशीर्वाद , नबनोस् चाड फिका। ३, सबैमा खुसी छाओस् नेपालीका घर आँगनमा , चाडको माहोल आओस्।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, दसैँ आयो भन्छन् सर्वत्र छ रमाइलो केटाकेटी दक्षिणा गन्छन् । २, वर्ष दिनको चाड रमाइलो हुने भयो दु:ख मान्न छाड । ३, मेरो सधैँ चाहना सबैको भलो होस् दसैँको यही शुभकामना ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, पशुपन्छीको हत्या गरी दसैँ मनाउछौ मान्छेहरू मनमा पापैपाप भरी। २, हिन्दुहरूको दसैँ पर्व। मङ्गोलियन हूँ म छैन खासै गर्व ।
वेल थोकर तामाङ, बकैया – ८, बस्तिपुर, मकवानपुर … १, खुसीको महोत्सव दसैँ बाढीले बिचल्ली पारेर सर्नु नपरोस् बसैँ ! २, दसैँको शुभकामना जनमा सुख शान्ति समृद्धिसँगै खुसी छाओस् मनमा ! ३, खुसी सबको चाहना दसैँ भव्य बनाऔॅं यही छ शुभकामना ।
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, हातको मुठी फुकाऔॅं दुखमा परेकाको लागि गुनको मूल्य चुकाऔॅं । २, घरघरमा जमरा राखौँ कसैलाई नपरोस् रुन थारुका ढिक्री चाखौँ । ३, ठुलाबाट आशिर्वाद लिऔॅं आपसमा सद्भाव राखेर सानालाई आशिष् दिऔॅं ।
धनमाया चौधरी कैलाली … १, चाडपर्व यसै आयो रुवाउनु रुवायो सबैलाई सम्पत्ति परिवार खायो । २, गरिबीको चपेटामा आयो चाडपर्व यसरी धमाधम बाढीले देश खायो ।
दुर्गा आचार्य, मोरङ … १, तिमी आफै जाऊ लाग्नु छैन पछि चाहिएन झुटो दाउ । २, मलाई टोलाई नहेर तिम्रो नजर बुझ्छु मेरो हृदय चिरेर।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, आयो दसैँ आज सहज साधारण मनाऔँ नमानि कुनै लाज । २, काढेर ऋण लगाउँदिन जस्तो पाक्ला घरैमा बाहिरको भोजले अघाउँदिन । ३, संसारै हुन्छ घर आफ्नै बुतामा उठौँला नपरौँ कसैमा भर ।
पुष्पा राई, बादेल, खोटाङ … १, महान् चाड आयो रमेर मनाउँ पर्व हर्ष उमङ्ग ल्यायो ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, देवतालाई सधैँ भाखेर गर्छौँ कार्यहरू हामी , मनमा आस्था राखेर । २, नौ रङ्गको जमरा पूजा गरौँ माताको जीवन बन्छ हराभरा। ३, कमेराले घर लिपेर सिँगारी भित्ताहरू हामीले , दसैँको स्वागतमा हेर ।
सीमा कार्की समर्पण … १, बगाउॅंदा बाढीले सलल चिच्चाएर गुहार माग्दा हाँस्छ सरकार गलल।
लोक बहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत … १, तन्दुरुस्त होस् तन दाहिना बनून् देवी होस् स्वच्छ मन । २, धनकी देवी छाउन सबका घर घर धन पैसा पाउन । ३, पवित्र मनको कुरा पूरा गरून् माता लक्ष्मीको आशिष् पूरा ।
भिक्षु ईश्वर, सुदुरपश्चिम, रामारोशन गाउँपालिका अछाम … १, सबैका घरघरमा आयो महान् पर्व बडादसैँ मनमा हर्षले छायो। २, राखौँ आपसमा सुभावना यो बडादसैँमा स्वीकार्नुहोस् यो भुँइमान्छेको शुभकामना। ३, टीका हुन्छ निधारमा कानमा जमारा पनि छाउँछ सुखशान्ति परिवारमा।
सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, दसैँ आयो फेरि तडकभडक छोडेर सबै मनाउनु घाँटी हेरी । २, विकृतिलाई हटाएर सबै फिजाऔॅं सद्भाव हामीले अबको यो दसैँ ।
दुर्गा भट्टराई, मोरङ … १, आयो दसैँ पर्व आफूसँग जे छ त्यसैमा गरौ गर्व ।
देवकृष्ण काफ्ले … १, कति मिठो संस्कार शारदीय ऋतुले बोकेको जमघटको स्वादिलो अचार । २, प्रकृति अस्तित्वकी भोकी सम्झना अतितको दसैँको आयो वेदना बोकी ।
ममिता पौडेल भण्डारी … १, धुलो मैलो फालेर दसैँ मनाउन तयारी घरका भित्ता टालेर । २, प्रदेशी दाजुभाइ फर्किए दसैँ तिहार मनाउन सपरिवारमा खुसी दिए ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, आयो दसैँ चाड महान् पर्व हाम्रो नखानु रक्सी जाँड।
बिके मुखिया … १, दसैँ नेपालीहरूको पर्व नवदुर्गा भवानीको पूजा गर्दा लाग्छ गर्व । २, घर जानेको लर्को नमनाउनु कसैले पनि ओढेर ऋणको बर्को। ३, चर्की आउँछ छाती भोका नाङ्गा देख्दा दसैँ नआएकै जाति ।
रुना कर्माचार्य दाहाल, चितवन … १, दसैँ घर आएको झिल्काकार सर्जकहरु र मान्यजनहरूको माया पाएको ।
रबि पौडेल ,जैमिनी -७ बाग्लुङ … १, बाढी पहिरोको आहत खान बस्नका लागि जुटाऔॅं मिलेर राहत । २, दुखसुखको साथी बनौँ अर्कालाई पीडा पर्दा होस्तेमा हैंसे भनौँ । ३, हुन्न दुखमा आत्तिनु सुख भयो भन्दैमा कोही कहिल्यै नमात्तिनु ।
जयनारायण नेपाल, इलाम ,(हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ) … १, नराम्रो कसैले नभनोस् फजुल खर्चले दसैँ कसैको दशा नबनोस् । २, ऋणले सेकिन्छ ढाड दु:ख पाइन्छ घाँटी नहेरी निल्दा हाड । ३, बसेपछि जुवाको खालमा उजाडिन्छ सुन्दर घर डुबिन्छ ऋणको आहालमा ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, दसैँ यसपालि वर्षाको जोखिम मोलेर नहिँडौँ गरेर नक्कल अर्काको । २, फजुल खर्चलाई घटाऔॅं दुर्दशा हुन्छ आफैलाई देखासिकी भाव हटाऔँ । ३, चाडपर्व हाम्रो पहिचान वैज्ञानिक संस्कृति मानेर जोगाउनु पर्छ स्वाभिमान ।
पद्मा काश्यप पाण्डे, मोरङ … १, बाढी र पहिरो जताततै गाएको देखेर मनमा चोट गहिरो । २, साह्रै विक्षिप्त भइयो सबैको दुःख देखेर झन् पीडा थपियो ।
साउदी : साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको सहभागिता हुने भएको हो।
नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा विश्वकर्मा आउने भएका छ्न्।
सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गरिने छ। जसको आयोजना साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।
काठमाडौं- नेपाल र श्रीलंकाबीच बुधबार बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ। खेल हुने तय भएको अमेरिकास्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच बिहान ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत नभइ खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन्।
यो सँगै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। यसअघि श्रीलंका सुरुवाती दुई खेलमा पराजित भएको थियो। नेपालको भने यो दोस्रो खेल हो।
विश्वकपअन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो खेल गुमाएको थियो।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले दोस्रो खेल बंगलादेशसँगपनि हारेको थियो।
अब अन्तिम खेल बाँकी हुँदा श्रीलंकाको केवल १ अंक रहेको छ। यदि उसले अन्तिम खेल जितेपनि अब शीर्ष आठमा पुग्ने छैन।