• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

  • १० जेष्ठ २०८१, बिहीबार १४:३६ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङले गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ मा अवस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, सिसहनिया देउखुरीमा यही जेठ १५ गते उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।

    उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिने चिकित्सालयका सूचना अधिकारी बसन्त बहादुर के.सी.ले बताउनुभयो । शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण सेवाका साथै नि:शुल्क औषधी वितरण, भिडियो एक्सरे, प्रयोगशाला(सुगर जाँच) तथा परामर्श सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

    शिविरमा नाक, कान र घाँटीको चेकजाँच, शल्यचिकित्सा( पाइल्स, फिसर, फिस्टुला लगायत गुदागत र अन्य रोगको चेकजाँच), वात तथा नशा रोग परिक्षण सेवा, बालरोग, छालारोग, काय चिकित्सा (जनरल आयुर्वेद) सेवा, स्त्री तथा प्रसूति रोग परिक्षण सेवा, लगायतका सेवाहरू उपलब्ध रहेको सूचना अधिकारी के.सी.ले बताउनुभयो ।

    साथै सूचना अधिकारी के.सी.ले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्याको परिक्षण विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा गराई स्वास्थ्यलाभ लिनुहुन स्वास्थ्य समस्याबाट पीडित समस्त आमाबुबा, दाजुभाइ तथा दिदीहरूमा हार्दिक अपिल पनि गर्नुभयो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

    इफ्तारी पार्टी तथा भलिबल प्रतियोगिता सम्पन्न

  • ४ चैत्र २०८०, आईतवार २२:२१ मा प्रकाशित
  • भलिबल प्रतियोगितामा युवा क्लब जेद्दाद्वारा पहिलो स्थान हासिल गर्न सफल

    समर्पण रम्जान, जेद्दा साउदी अरब !
    ईस्लाम धर्मावलम्बीहरुको महान पवित्र महिना रमदानको पावन अवसरमा ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया जेद्दा द्वारा गत १५ मार्च शुक्रबारका दिन आयोजित इफ्तारी पार्टी तथा भलिबल प्रतियोगिता कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा नेपाली युवा क्लब जेद्दा बिजयी भइ पहिलो स्थानको ट्रफी उचालेको छ ।


    दावा सेन्टरका नेपाली दाइ मन्जुर अलि मियाँको सभापतित्व, र नेपाली महाबाणिज्य दूतावास जेद्दाका बाणिज्य दुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा युसुफ मियाँद्वारा संचालित उक्त कार्यक्रममा दावा सेन्टरका मुदिरहरु, एनआरएनए साउदिका उपाध्यक्ष राज गिरि लगायत अन्य एनआरएनए एनसिसि तथा आरसिसि जेद्दाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु र खेल प्रेमी दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
    प्रमुख अतिथिको मन्तव्य सहित कार्यक्रमको पहिलो चरण सकिए लगत्तै उपस्थित सबै पाहुना तथा नेपाली खेल प्रेमी दाजुभाइहरुलाइ खाना सहितको इफ्तारी खुवाइएको थियोे ।


    कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथिले भलिबल सर्भिस गरेर भलिबल प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो । जस मध्येबाट नेपाली युवा क्लब र पोखरा टिम ए बिच भएको प्रातिस्प्रधामा नेपाली युवा क्लब जेद्दा बिजयी भयो भने पोखरा टिम ए ले दोस्रो स्थान हासील गर्यो ।
    निशुल्क खेलाइएको उक्त भलिबल प्रतियोगिताका बिजेता टिम नेपाली युवा क्लब जेद्दालाई आयोजकको तर्फबाट मन्जुर अलि मियाँले मेटल लगाइदिदैँ ८०० साउदी रियल (ने रु २८,०००) ट्रफी, र दोस्रो हुनेलाइ एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरञ्जीवी बस्नेतले मेटल लगाइदिदैँ ५०० साउदी रियल (ने रु १७५००) पुरस्कार स्वरुप प्रदान गरेका थिए ।

    Posted in UncategorizedLeave a Comment on इफ्तारी पार्टी तथा भलिबल प्रतियोगिता सम्पन्न

    राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागी पर्यटन दूत नियुक्त !

  • १९ फाल्गुन २०८०, शनिबार ०१:५५ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) नेपाल सरकारको फागुन १३ गते बसेको मन्त्रीस्तरिय बैठकबाट साउदी अरबका लागी पर्यटन प्रवर्द्धक ( पर्यटन दूत) नियुक्त भएका छन् !

    साउदी अरबलाई कर्मथलो बनाएका राजेन्द्र अर्याल (जोन) एउटा सफल व्यवसायीको रूपमा पनि चिनिन्छन् ।

    २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा पनी परिचित छन्।
    उनले गैर आवासीय नेपाली संघ १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सह-संयोजक र २१/२४ लगाएत २४/२६ का लागी पनी संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।

    मन्त्री स्तरीय बैठकबाट साउदी अरेबियाका लागि पर्यटन दूत नियुक्त भएका राजेन्द्र अर्याल साउदी अरबलाई व्यावसायिक कर्मथलो बनाउँदै आफूसँग बचेको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन्‌ ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर1 Comment on राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागी पर्यटन दूत नियुक्त !

    सर्लाही:- नापी कार्यालय मलङ्गवाका प्रमुखसहित ११ जना घाइते,एकको मृत्यु।

  • २३ माघ २०८०, मंगलवार १८:५७ मा प्रकाशित
  • सर्लाही,२३ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति भएको सवारी दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुखसहित गाडीमा सवार ११ जना घाइते भएकोमा कार्यालय सहयोगी बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको हो । घिमिरेको उपचारका क्रममा एलएस न्युरो अस्पताल कलैया, बारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अन्य १० जना घाइते उपचाररत छन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी गम्हरिया गाउँदेखि उत्तर नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    घाइते १० जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा नगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।

    त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीदनगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको एलएस न्युरो अस्पताल कलैया, तीन जनाको नेशनल मेडिकल कलेज बीरगन्ज, एक जनाको बयोधा अस्पताल वीरगन्ज र एक जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ ।

    दुर्घटनापछि गाडीभित्रै च्यापिएका घाइतेलाई स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पंजियार थारुले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ ।

    उखु बोकेको ट्याक्टरका चालक फरार रहेका र उनको खोजी भइरहेको डिएसपी थारुले बताउनुभयो । कर्मचारी मिलन केन्द्र सर्लाहीको अध्यक्ष समेत रहेका प्रमुख नापी अधिकृत मानन्धरसहितको टोली माघ २७ गते आयोजना गरिएको वनभोज (पिकनिक) कार्यक्रमको तयारीमा जुटेको थियो ।

    मानन्धरको नेतृत्वमा पछिल्लो समय नापी कार्यालय मलङ्गवाको कार्यालय व्यवस्थापनदेखि सेवामा व्यापक सुधार हुँदै गएको भन्दै प्रशङ्सा हुने गरेको छ ।

    नेपाल पोस्ट डेली बाट

    Posted in UncategorizedLeave a Comment on सर्लाही:- नापी कार्यालय मलङ्गवाका प्रमुखसहित ११ जना घाइते,एकको मृत्यु।

    जेद्दाको अल रवाबीमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुदैँ ।

  • ३ माघ २०८०, बुधबार १७:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब! नेपाली महावाणिज्यदुतावास जेद्दा र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा अगामी  २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबी क्षेत्रमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने भएको छ ।

    महाबाणिज्य दूतावास जेद्दा देखी करिब ३५-४० किलोमिटरको दुरिमा रहेको जेद्दाको अल रवाबी तथा वरपरका क्षेत्रहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ राहदानी नविकरणबाट प्रत्यक्ष सेवा दिने र साउदी अरबमा  कार्यरत रहदै गर्दा अपनाउनु पर्ने सचेतना सम्बन्धि बिस्तृत जानकारी दिने र स्वास्थ्य चेक अप समेत गराइ स्वास्थ्य सम्बन्धि  परामर्श दिने उद्देश्यका साथ संचालन हुने उक्त कार्यक्रमबाट डेड दुई सय नेपालीहरु लाभान्वित हुने जेद्दा स्थित  एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरिले जानकारी गराएका छन्  ।

    मुलतः पुर्ण श्रमिकमैत्री हुने उक्त कार्यक्रममा श्रमिकद्वारा उठाइएका श्रम सम्बन्धित समस्या तथा जिज्ञासाहरुलाइ  सम्बोधन गर्ने, समाधानका उपाय बारे जानकारी दिने, सामाजिक सुरक्षा कोषबारे बिस्तृत जानकारी दिने, नेपाली डाक्टर तथा नर्सहरुद्वारा स्वास्थ्य चेकअप गर्ने, साथै केहि मात्रामा भएपनि बैंकिङ्ग सेवा दिने कुरा उपाध्यक्ष गिरिले जनाएका छन् । 

    शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने उक्त कार्यक्रम श्रमिकका लागि  निकै फलदायी रहेको र यस्तो कार्यक्रम आगामी दिनहरू बिरैलै हुने जानकारी दिदै उक्त कार्यक्रममा उपस्थित भएर भरपुर सेवा लिनका लागि जेद्दा स्थित अल रवाबी वरिपरिका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाले आफ्नो फेसबुक पेजद्वारा सूचना जारी गर्दै  हार्दिक आब्हान पनि गरेको छ ।

    कार्यक्रम आयोजकले यदि कोहि कसैलाइ राहदानीका लागि अनलाइन फारम भर्नु छ या कार्यक्रम बारे अन्य बृस्तित जानकारी लिनु छ भने तलको सम्पर्क नम्बरमा कल गर्न समेत अनुरोध गरेको छ ।

    थप जानकारीका लागी निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ ..!

    चिरञ्जीवी बस्नेत 054 504 5597
    रम्जान दिन मियां 0556565419
    ताम्रराज काफ्ले 050 687 9434
    बिष्णु रावल    0577486243

    अनलाईन प्रि-इनरोलमेन्ट लिन्क:
    https://emrtds.nepalpassport.gov.np/

    कार्यक्रम लोकेसन
    Location 👇
    https://maps.apple.com/?ll=21.479342,39.265217&q=Jeddah%20-%20Ar%20Rawabi%20District&t=m

    Posted in Uncategorized3 Comments on जेद्दाको अल रवाबीमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुदैँ ।

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११५

  • १० पुष २०८०, मंगलवार ११:०५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नखानुथ्यो खाइहालेँ गरेँ नुनको सोझो,
    पचाउनै कठिन भयो बन्नपुग्यो बोझो ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    जता गयो उतै छाद्छौ, नहेरिकनै ठाउँ,
    पदको गरिमा नराख्दा देख्यौ बल्ल बाउ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    मस्ती गरेको पैसाको खेलो,
    मिलाउँदै छन् है मेसोमेलो ।
    ✍️
    भेष कुमारी लामिछाने
    रुपन्देही
    [३]
    मस्तै खाइयो पचाइयो गरियो हामीले चैन,
    यस्तो रमाइलो त हजुर कसैलाई नि छैन।
    ✍️
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    [४]
    हिउँदमा सुक्ने खहरे, वर्षातमा साँघु चाहियो तर्दा,
    निल्नु न ओकल्नु भयो अहिले तातो खोले मुखमा पर्दा ।
    ✍️
    उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [५]
    यो पनि मै त्यो पनि मै गर्छु भनी तम्सिने हुँदा,
    फसे आफैँ आएनन् कोही विगतमा एक्लै रुँदा।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [६]
    अलिनो कसरी खानु हजुर म त नुन खान्छु,
    नुनको सोझो गर्दागर्दै उसकै घरमा जान्छु ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    [७]
    मौका भएर पाइन्जेल खाए मैले धेरै,
    कस्ले सक्छ निकाल्न अदालत सबै मेरै ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।
    [८]
    खाउँखाउँ लाग्दालाग्दै झिगो पर्छ भागमा,
    भ्रष्टाचारको अन्त्य गरौँ यो पालि मागमा ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    खान यतिसम्म खाइयो, डकार आउने गरी खाइयो, मस्तले पचाइयो‌,
    भ्रष्टाचारमा सामेल बनाइयो, आँखै नहेरीकन खुशियाली मनाइयो।‌
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१०]
    दालमा कालाे थियाे, शङ्का त पहिल्यै भयाे,
    कति ठूलाे अपराधी रै’छ ज्यान नै गयो ।
    ✍️
    प्रद्युम्न चालिसे
    [११]
    किन हो किन रित्तोझैँ लाग्छ गाउँ र सहर,
    आँखामा हेर बग्दैछ आज पीडाको नहर !
    ✍️
    आर्त अकुलीन
    [१२]
    खानुसम्म नै खायौ पहिले पचाउन भएछ गाह्रो,
    नुनको सोझो गरेँ भन्छौ अब पचाउन भयो साह्रो ।
    ✍️
    बेदु न्यौपाने 🇳🇵
    [१३]
    नुनको सोझो गर्छु भन्दै खाएको थिएँ टन्न,
    बल्लतल्ल ज्यान जोगाएर हिँडेको छु धन्न ।
    ✍️
    सरिता सेढाई धादिङ
    [१४]
    नखानु थियो खायौ भ्रष्टले, पेटमा के घोलौला
    शल्यक्रिया गर्नु छ, सत्य अब कहिले खोलौला ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [१५]
    खाऊ तिम्रै छ दिन खाएको पचाउन,
    सकेनौँ आखिर आफ्नो देश बचाउन ।
    ✍️
    हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [१६]
    लोभी आँखा स्वार्थी मन पापी पेट हजुर साथमा,
    कामै गर्न मन लाउँदैन पैसा नपरे हातमा ।
    ✍️
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१७]
    मौका पर्दा हिरा फोर्‍यौ चुस्यौ मिठो रस,
    बल्ल बुझ्यौ गाँठी कुरा कुना पसी बस ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१८]
    नुनको सोझो गर्नैपर्‍यो नत्र हुन्छ हानी,
    गाह्रो हुँदो रहेछ हेर्नुस् सत्य बोल्ने बानी ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    [१९]
    के नै पाएँ जस्तो गरि हसुरेथ्यौ देखाई दुनियाँलाई जात्रा,
    भन्दाभन्दै समाइहालेउ जसरी भए नि पार गर यात्रा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२०]
    भ्रष्टाचारमा कमाएको पचाउने, अहिले गाह्रो भयो सुन पचाउन,
    पहिले धेरैले साथ दिए, अहिले डराएर आएनन् कोही बचाउन ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    कति धेरै पो खान सक्छस् तैँले खानसम्म खानू,
    एकदिन आँफै सकिन्छस् पाउँदैनस् केही लानु ।
    ✍️ समुद्र
    [२२]
    लोभले लाभ लाभले बिलाप भन्ने कुरा भुल्यौ,
    त्यतिबेला घमण्डले कोही चाहिन्न भन्दै फुल्यौ ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौ
    [२३]
    खाएपछि हग्नै पर्‍यो कनिकुथी जसैगरी,
    नुनको सोझो गर्नै पर्‍यो उस्कै शरण परी ।
    ✍️
    विवश पारदर्शी
    झापा,
    [२४]
    मौका पाए भ्रष्टाचार, नपाएपछि विरोध गर्छ,
    नियतिले कोल्टे फेर्दा, मान्छे पनि नहेरेरै तर्छ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि छेन्ताङ धनकुटा
    [२५]
    चाकरी चाटुकार पनि नाङ्गिन्छन् एकचोटि ,
    नुनको सोझो गर्नेमा पनि हुन्छन् उच्चकोटि ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२६]
    नुनको साेझाे गर्नेकाे त छैन खासै काम,
    जसले छलकपट गर्याे उसकै नाम ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२७]
    नुनको सोझो बनिरहे झन् धूर्त बन्दै,
    विदेशमा बसेको छु सधैँ पैसो गन्दै ।
    ✍️
    भगवती दवाडी , झापा
    [२८]
    समुद्ररहित यो देशमा निकाल्दैछन् नुन,
    नुन निकाल्ने नेताहरूले थुपार्दैछन् सुन।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [२९]
    नुनकै साेझाे गर्छु भनी दर्शन छाट्यौ,
    डुबेर खुनमै, स्वजनलाई नै ढाट्याै ।
    ✍️
    हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    [३०]
    जो सोझो छ उसकै मुखमा घोचो,
    बाठाहरू मिलाउँछन् चोचोमोचो !
    ✍️
    पवन कुमार बुढाथोकी
    [३१]
    समस्या र आफ्नो शरीरको घाउ छोपी नराखे आफ्नैबाट रेटिन्छन्
    नुनचुक बोक्ने आफन्त तमसुक बोक्ने ठग्ने साहु धेरै भेटिन्छन् ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ हाल बारा सिमरा
    [३२]
    खानु माथि नि घिच्नु पाइयो नाची नाची खायौं ,
    बाेक्रैसँग खाइयाे केरा नपाउनेले पायौं ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३३]
    यो कलीमा पाइदैन नुनको सोझो गर्नेहरू,
    हार्दिक नमन,यस्तै खबर सुन्न पॅाऊ अरू ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगंज, बॅाके ।
    [३४]
    देश बिग्रिएता पनि धनको सोझो गरौँ,
    नुनको सोझो भन्दै पापको घडा नभरौँ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [३५]
    भक्ति मेरो प्रभुको सलामी र गुलामीमा,
    आउँछन् आउँन्नन् पछौटे मेरो मलामीमा।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    [३६]
    आँसु पिएर बसेको किन पाउँला नुन,
    जतासुकै जे गरे नि देखिने छैन गुन ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    [३७]
    खुस्किगयो मुखबाट ,बोल्नै नहुने कुरो,
    धक्का लाग्यो योजनामा हुनेभयो अपुरो।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    [३८]
    खानुसम्म खायौँ, देश डुब्यो लौ कति सताएका,
    जन्मदै ऋणको भार थोपर्ने लाज पचाएका ।
    ✍️
    यमुना प्रधानाङ्ग’मुना’
    २०८०/०९/०७ शनिबार
    वीरगञ्ज, पर्सा हाल: ललितपुर
    [३९]
    सोझो रुख नै काटिन्छ हेर , दुनियाँमा पहिले,
    सकियो जमाना, नुनको सोझो गर्नेको अहिले ।
    ✍️
    शुक्रराज कुँवर
    धरान १०
    [४०]
    खान्न खान्न भन्दै खान हुन्न चारमाना,
    जानुपर्ला यार खानै छोडी पाइखाना ।
    ✍️
    बिके माकजू ,भक्तपुर ।
    [४१]
    नुनको सोझो गर्दा पनि लाग्न सक्छ पाप,
    दाजुभाइको युद्ध गर्ने बसेको छ छाप ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [४२]
    नखाउन्जेल हो खाउ खाउ लाग्ने ,
    खाएपछि अरूको आरिस जाग्ने ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो)
    कनकाई ४ झापा
    [४३]
    देशलाई धितो राखेर खाए,
    माटो ढुङ्गा रूख सबै पचाए ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [४४]
    कसले सक्छ मेरो जस्तो पावर देखाउन,
    आइलागेको खाएको मैले नाम लेखाउन ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [४५]
    आहा! सुन्दर देखिन्छ आमाको चोली,
    सबैभन्दा मिठो लाग्छ आमाको बोली !
    ✍️:
    कृष्ण धामी – बझाङ
    [४६]
    नुनको सोझो भन्दाभन्दै विदेशतिर गयौ
    लम्पसारवादले देशै डुबाउने भयौ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४७]
    लोभको भाँडो भरिन्न त्यो कहिल्यै हेर,
    श्रमिक जनको पसिना नजाओस् खेर ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [४८]
    कमाउनु कमाए बगाए पैसाको खेलो,
    देश नै सक्काउने गर्दैछन मेसो मेलो।
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही , बुटवल

    ४८)
    ढुकुटी नै रित्तिएछ नुनको सोझो गर्दागर्दै
    हाँडी घोप्टे बनिएछ लोभको भाँडो भर्दाभर्दै l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    [४९]
    पाएपछि कसले छाेड्थ्याे लाएकाे त्याे बानी,
    दिनेले जब दिन्छन् भने पाए जति हाे खानी।
    ✍️
    भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [५०]
    खाइयो भन्दैमा नगर्ने काम गर्नु हुन्नथ्यो,
    गल्ती काम गर भन्दा नगरे खुसी मिल्दथ्यो ।
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, बेलका-२, गल्फडिया, उदयपुर ।
    [५१]
    नखाने कुरा भए गलगिद्ध खाऊ,
    खाने कुरा भए परपरै पन्छाऊ ।
    ✍️
    लक्ष्मी रिजाल
    सप्तरी, रूपनगर, कञ्चनरूप~१२, मधेस, नेपाल ।
    [५२]
    मालिककाे पाउ पर्छु उसकै चाकरीमा बाेल्छु,
    आफ्नो माैलिक संस्कारलाई आगाे लगाई पाेल्छु।
    ✍️
    मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा न पा-२,रुपन्देही
    [५३])
    सोचे थिएँ पहिला त देशकै लागि लड्छु भनी,
    सबले पिए सकिएनँ हेरी बस्न साधु बनी ।
    ✍️
    पुष्पा राई, खोटाङ।
    [५४]
    देखेपछि खाउँखाउँ लाग्छ नखाउँ भने मन मान्दैन,
    पैसा दिएर रिझाउनुछ आफन्त अनि खुट्टा तान्दैन ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    [५५]
    हसुर्दा जति नै पच्छ, अगस्ति बस्छ पेटमा,
    न्याय मूर्छा परेको छ, अख्तियार छ सेटमा ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    [५६]
    मौका पाए भने सबैजना कुर्सीतिरै ताक्ने,
    माखो मार्ने केही होइन तलबभत्ता पाक्ने ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    [५७]
    झन्डा भनेको कलेजो हो मुटु हो बुझेमा,
    अस्तित्व समाप्त बन्ने यही झन्डा झुकेमा ।
    ✍️
    चूडा निर्भीक
    [५८]
    नुनकाे साेझाे गर्न खाेज्दा धेरै दुख गर्छ,
    चतुर चढ्छ काँध माथि साेझाे ज्यूँदै मर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [५९]
    पाएको बेला खाइहाल्यौ लोभी बनेर,
    सोचेनौ नि पछि तिर्नुपर्छ की भनेर ।
    ✍️
    सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [६०]
    नभन्नुथ्याे भनिहाले, र त पासाे लाग्याे बाेली,
    सहनै मुस्किल भयो र त कुरिरहेँ भाेलि ।
    ✍️
    खुनराज काेईराला
    सिद्दलेक -३ ग‌रीगाउँ,धादिङ
    [६१]
    खान्छु सकेजति, नखाऊ नभन,
    खाएँ त देशकै, नदुखाऊ मन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा , ललितपुर
    [६२]
    नुनको सोझो गर्दागर्दै, गयो जीवन सारा,
    पाइनँ जस कतै, जुटाउनै कठिन चारा ।
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११५

    पञ्चाङ्ग चित्रपट भाग-५३

  • २७ कार्तिक २०८०, सोमबार १८:४७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिपन्नौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/२३ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५३[ त्रिपन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग

    पञ्चाङ्ग:०१

    देखाउनै भनेर फोटाेेहरू खिच्ने धेरै छन् यहाँ।
    अरूको पाए भने जति पनि घिच्ने धेरै छन् यहाँ।
    यहाँ आफैलाई महान भनेर अरूलाई हेप्नेहरू
    आफू राम्रो अरु खराब भन्दै थिच्ने धेरै छन् यहाँ।
    सहि कुरालाई नि झुठाे भनी मिच्ने धेरै छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    अरूलाई चिथेर मोजमस्ती गर्ने यहाँ छन्।
    फोटो खिच्न अनावश्यक भ्रम छर्ने यहाँ छन्।
    बिरालाको ख्यालख्याल कठै साना मुसा भने,
    हाँसो हाँसो गर्दा गर्दै अकाल मर्ने यहाँ छन् ।
    अर्कैको खुसीका लागि बलिमा पर्ने यहाँ छन् ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३

    भित्ता मैला काती थिए।
    त्यहाँभरी हाती थिए।
    को को थिए तिनीहरू,
    हजुर्बा र नाती थिए।
    देख्दाखेरी जाती थिए ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञचाङ्ग:०४

    खुड्किलामा गोडा थमाएको देखियो।
    लडौँलाकि भन्दै। कमाएको देखियो।
    रमाइलो गर्न आएका यी विद्यार्थी,
    हात्ति चढी राम्रो समाएको देखियो।
    ठाउँठाउँ सिट जमाएको देखियो ॥

    मधुसुदन प्रसाद घिमिरे

    पञ्चाङ्ग:०५
    अध्ययन गर्न अल्छी लाग्छ रमाइलोमा नै भुल्छौ हामी।
    यसो हातमा पुस्तक लिएर बस्न पाको छैन झुल्छौ हामी।
    अनुशासन न सिके शिष्यले न त सिकाए गुरुले नै,
    नचाहिने कुरामा फ्याट्ट प्रतिक्रिया दिएर खुल्छौ हामी।
    समयको पर्वाह नगरी लखर – लखर डुल्छौ हामी।
    -पशपती राई खोटाङ ।

    Posted in UncategorizedLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-५३

    मौलापुर नपाका रीना कुमारी नगरप्रमुखबाट पदमुक्त

  • ३० आश्विन २०८०, मंगलवार १२:४१ मा प्रकाशित
  • वीरगंज/ रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकि छिन् ।

    मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

    साह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट निर्वाचित भए पनि उहाँले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको हो ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

    पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनि माओवादी पार्टीको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ ।

    Posted in Uncategorized, राजनीतिLeave a Comment on मौलापुर नपाका रीना कुमारी नगरप्रमुखबाट पदमुक्त

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ११९

  • १७ भाद्र २०८०, आईतवार १४:१३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]

    Posted in UncategorizedLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ११९

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ३६

  • ३१ असार २०८०, आईतवार २१:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छत्तिँसौँमा पुगेका छौं।भोलि भानुजयन्ती परेको हुँदा, भानुजयन्ती विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध छ।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०३/ २८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३६[ छत्तिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    जन्मजयन्ती मनाउन म अघि सर्छु भानुभक्तको।
    नेपाली साहित्यकाे अधीनमा नै पर्छु भानुभक्तको।
    रामायण पाठ लयमा सुन्दै सुनाउदै सबैलाई,
    हृदयमा आनन्दकाे अनभूति भर्छु भानुभक्तको।
    केही शब्दहरु काेरेर सम्मान गर्छु भानुभक्तको।

    पञ्चाङ्ग:०२

    सफल हुनु भयो साहित्यमा पाइला चालेर भानुभक्त।
    आदिकवि बन्नु भयो कवितामा भाव हालेर भानुभक्त।
    भानु जयन्ती मनाअाैं मिलेर सम्मान गराैं हृदय देखि,
    सबैको मन मुटुमा बस्नु भो भावना पालेर भानुभक्त।
    साहित्यिक श्रीवृद्धिमा लाग्नु भयो ज्यान फालेर भानुभक्त।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३

    जन्मिए माता धर्मादेवीको कोख बाट भानुभक्त।
    पिताजी धनञ्जय थिए कोही न नाट भानुभक्त।
    लिएर शिक्षा घांसिबाट समेत बने आदिकवि,
    बाल्यकालमा विवाह दु:खसुख साट भानुभक्त।
    बिलय हुन्छ भौतिक पुगे सेति घाट भानुभक्त।

    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:०४
    यहाँ रामायण लेखेर नाम कमाए भानुभक्तले।
    रामायणको पुस्तक हातमा समाए भानुभक्तले।
    भानुजयन्तीको सबैमा विशेष शुभकामना दिन्छु,
    धेरैको घर घरमा पुस्तक थमाए भानुभक्तले।
    साहित्यमा नै हातेमालो गर्दै रमाए भानुभक्तले।
    ह्यारिस

    पञ्चाङ्ग:०५

    उनन्तीस गते आयो आऊ भानुभक्त।
    तीस गते लागे पछि जाऊ भानुभक्त।
    खुबै भए एक हप्ता रमाएर बस,
    जे दिएको यही बेला खाऊ भानुभक्त।
    सोचिएको जे छ ऐले पाऊ भानुभक्त।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०६
    भानुभक्त रामायणले गर्दा नाम चल्याे उनकाे।
    त्यसैले नेपालीहरू बीच साहित्य फल्याे उनकाे।
    सरल स्वभावका धनी तथा विद्वान थिए उनी,
    एउटा कृति लेख्नु पर्छ भनि मन गल्याे उनकाे।
    रामायणले नै सधैंका लागि आगाे बल्याे उनकाे।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:,०७

    तिम्रो नै पाइलाले आज साहित्य बाँचेको छ ।
    कति तिम्रै लयमा नेपालीहरू नाँचेको छ ।
    नेपाली मन्को तिमी नअस्ताउने भानु भयौ ,
    नेपालको कुना कुनामा साहित्य साँचेको छ ।
    आहिले सर्जकेले साहित्यलाई भाँचेको छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग :०८

    साहित्यमा सफल व्यक्तित्व थिए भानुभक्त।
    नेपालीमा रामायण लेखि दिए भानुभक्त।
    भानुभक्तले कहिल्यै नबिर्सिने छाप छाेडे,
    साहित्य निखार्न दुःख सुख पिए भानुभक्त।
    अाँसु कवि बनेर सधैँ चिनिए भानुभक्त ।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    आफूलाई राम्ररी चिनाए भाका हालेर भानुले।
    संस्कृतको रामायण नेपालीमा ढालेर भानुले।
    रम्घामा जन्मेका घाशी बाट अर्ती उपदेश पाई,
    अगाडि बड़े घाँसीको अर्तिलाई गालेर भानुले।
    ठूलो कीर्तिमान राखे अभिमान फालेर भानुले।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:१०
    आदिकवि भानुभक्तले रचेका कृतिका गरौँ शुभकामना।
    यी आदिकवि भानुभक्त जन्मजयन्तीको भरौँ शुभकामना।
    मानवीय दृष्टान्तलाई छर्लङ्ग पारिने भानुभक्त कृति छन्,
    भानुभक्त कविका काव्य कृति नै विश्वमा छरौँ शुभकामना।
    भानुभक्त काव्यका कृति पढेर सागर तरौँ शुभकामना।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:११
    अक्षर-१८

    भानुभक्तले गर्दा कृति र नाम चल्याे साहित्यमा।
    नेपालीहरूमा फूलसंगै फल फल्यो साहित्यमा ।
    उ मनका धनी,सरल स्वभावका विद्वान थिए,
    लेख्नलाई अडको थाप्नेको मन ढल्याे साहित्यमा।
    भानुले गर्दा सधैंका लागि आगाे बल्याे साहित्यमा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१२
    साहित्य आकाशमा उदाए भानु।
    भक्तिमा लेखनीका हराए भानु।
    लेखे नेपाली भाषामा रामायण ,
    कथा अमृतसरि गराए भानु।
    जनले अति मन पराए भानु।
    टीकाराम जाेशी, टीकापुर।

    पञ्चाङ्ग:१३
    राम्रो कामको प्रेरणा लिएर भानु हुन्छ
    नलिए त सधैंको लागि स्वर्ग जानू हुन्छ
    धर्ती त दुई दिनको ससुराली मात्रै हो
    बसुन्जेल ससुरालीमा मिठो खानु हुन्छ,
    आखिर घर एक्लै जाने हो के लानु हुन्छ?
    पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१४
    चम्किला तारा भयौ तिमी भानु।
    उज्यालो छर्दै गयौ तिमी भानु।
    हाम्रो देशका शान हुन् कवि यी,
    इतिहासमा रयौ तिमी भानु।
    दुःख पिडा नि सयौं तिमी भानु।

    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१५

    मरेर गए पनि चम्किरहेका तारा भानुभक्त।
    रामायण लेखेर भए सवैका प्यारा भानुभक्त।
    कृतिमान राखेर प्रेरणा दिँदै अघि बढी रहे,
    आफ्ना धेरै काव्य र कृतिले छाए सारा भानुभक्त।
    रामायणकाे ती खण्डमा बगाए धारा भानुभक्त।

    उर्मिला के.शी.
    धनकुटा !

    Posted in UncategorizedLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ३६

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P