• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला -११०

  • १६ असार २०८०, शनिबार २०:३२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    परिवेश
    असार पन्ध्र
    कृषिमा निर्भर देश !
    -वसन्त अनुभव, दाङ

    [२]
    राेपाइँ
    गमलामा धान
    देखासिकीमा बिर्से आफ्नोपन !

    • भवानी घिमिरे, सर्लाही

    [३]
    जमिन
    घर घडेरी
    गमलामा धान रोपाई !

    • जमुना कायस्थ, पोखरा

    [४]
    नाटक
    धान दिवस
    गमलामा बिजन विवस !

    • राेशन पराजुली, धरान

    [५]
    रोप्यौँ
    धान ग़मलामा
    तिमीलाई मलाई सबैलाई !

    • मधुसुदन शर्मा

    [६]
    दिवस
    गमलामा धान
    जनता भए विवश !

    • बेदु न्यौपाने, काठमाडौँ

    [७]
    प्लटिङ
    विष आयात
    स्टेजमा धान दिवस !

    • निरज कोइराला, इटहरी

    [८]
    चटक
    गमलामा धान
    रोपी नदेखाऊ नाटक !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [९]
    खेत
    जोत्छ गोरुले
    कहिले रोप्छ पनि !

    • युगल त्रिन

    [१०]
    लगाएर
    गमलामा धान
    खुसी देशका जहान !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८

    [११]
    कृषि
    असारको सार
    पहेँला सुनका बाला !

    • आर्त अकुलीन, कैलाली

    [१२]
    गमला
    धानको जात
    कति खानु भात !

    • सरिता सेढाई, धादिङ

    [१३]
    नमुना
    हाँस्यास्पद सरकार
    लाज मर्दो कार्यक्रम !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, काठमाडौँ

    [१४]
    धान
    गमलामा राेप्ने
    भारतबाट चामलको आयात !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर

    [१५]
    दिवस
    लजायो गमला
    उता खेतबारी बाँझै !

    • विनयी एच एन
      कविकुञ्ज लीलामय
      इनपा-९, इलाम

    [१६]
    नाटक
    धान दिवसको
    गमला भयो खेत !

    • रमा पन्त, पाल्पा

    [१७]
    खेती
    गमलामा अचम्म
    देशमा अनौठो दृश्य !

    • साहित्य प्रेमी सलिन

    [१८]
    रोपाईॅ
    हिलोमा नपसी
    बाहिरै भौकाको छोपाई !

    • घनश्याम पौडेल, पोखरा

    [१९]
    रोपेर
    गमलामा धान
    हुँदैन देशको उत्थान !

    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क, अर्घाखाँची

    [२०]
    विकास
    जमिन घडेरीमा
    रोप धान गमलामा !

    • समुन्द्रा शर्मा, सुनसरी

    [२१]
    धान
    गमलाको सिलखान
    कृषिमा ठुलो अपमान !

    • अच्युत घिमिरे, भुटान

    [२२]
    रोपाइँ
    चौतर्फी हतारो
    कृषकलाई कामको चटारो !

    • टिकाराम पुन ‘टिपु’

    [२३]
    धान
    दिवस मनाए
    कृषिप्रधान देश भनाए !

    • पशपती राई, खोटाङ

    [२४]
    गमला
    खेतका गरा
    बनायौं आज हराभरा !

    • मन्दिरा सेढाई, मलेखु, धादिङ

    [२५]
    रोपाईं
    कामको चटारो
    नेतालाई लाजको पसारो !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२६]
    धान
    चामलको घान
    महङ्गीले टुट्यो जलपान !

    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ

    [२७]
    दिवस
    नेताकाे चटक
    कृषक सधैं मर्कामा !

    • नारायणप्रसाद उपाध्याय , कैलाली ।

    [२८]
    उपहास
    गमलामा धान
    कृषिमा तिब्र विकास !

    • विवश पारदर्शी, झापा

    [२९]
    गमला
    यति सानाेमा
    राेपेर ककसले खाला !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [३०]
    रोपाइँ
    जमिन बाँझो
    खेती गरेको गमलामा !

    • धनमाया चौधरी, कैलाली

    [३१]
    धान
    गमलामा सजाउने
    कृषिप्रधान देशको हाल !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [३२]
    असार
    धान दिवस
    खेत खिएर सकिएको !

    • गुणनिधि घिमिरे, अमेरिका

    [३३]
    आएको
    अषाढ पन्ध्र
    मनाउँदै धान दिवस !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३४]
    सचेत
    समस्या समाधान
    कृषिप्रधान देशका किसान !

    • अम्विका अधिकारी, झापा, बिर्तामोड

    [३५]
    दिवस
    गमलामा धान
    राेप्दैँ मनाउन विवश !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [३६]
    विचित्र
    देशका शासक
    विभिन्न चरित्र भेषका !

    • दुर्गा आचार्य, मोरङ

    [३७]
    देखावटी
    राजनीतिक परम्परा
    कृषि क्षेत्रको उपहास !

    • नारायण कोइराला, तानसेन, पाल्पा

    [३८]
    असार
    कृषिको मेला
    जमानाअनुसारको अनेक खेला !

    • ईश्वरी अधिकारी, लमजुङ

    [३९]
    सहर
    गमलामा राेपाईँ
    गाउँमा खेत बाँझै !

    • उर्मिला के.सी., धनकुटा

    [४०]
    विकृति
    खेतभरि वनमारा
    असारमा गमलामा धान !

    • श्रद्धा आचार्य, पोखरा

    [४१]
    धान
    गमलामा रोपाइँ
    कृषि क्रान्तिको अपमान !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [४२]
    गमला
    धान रोप्ने
    कसरी पेट भर्ने ?

    • मङ्गला उपाध्याय, बारा

    [४३]
    नाटक
    धान दिवसको
    आखिर सर्वाधिक घातक !

    • कविता आचार्य, कैलाली

    [४४]
    बिउमारा
    हिलाम्य देश
    गलामा धानका बाला !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [४५]
    गमला
    धान रोप्नेलाई
    देखाएर जनता सोस्ने !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    धान
    परिश्रमी किसान
    नेतालाई फोटो पहिचान !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [४७]
    नबनाए
    किसानको उपहास
    गमलामा रोपेर धान !

    • बद्री पोखरेल, विराटनगर

    [४८]
    नेता
    बाँझा खेत
    गमलामा असार पन्ध्र !

    • इन्दिरा देवकोटा, कपिलवस्तु न.पा.-३

    [४९]
    राेपाइँ
    गमलामा धान
    कृषिप्रधान देशको पहिचान !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [५०]
    असार
    बाँझो खेत
    युवाको जमात परदेश !

    • कल्पना पहाडी, सिन्धुली

    [५१]
    बिउ
    गमला गलामा
    पारेर देश थलामा !

    • चन्द्रावती अधिकारी, कोहलपुर

    [५२]
    कृषि
    गमलामा धान
    जिल्ल पर्‍यो किसान !

    • मुरामि, कुमारीगाल, काठमाडौँ-७

    [५३]
    असार
    पस्ना चुहल
    फरल खेती हमार !

    • सागर कुस्मी, कैलाली

    [५४]
    रोपाइँ
    बार्दलीको गमलामा
    भकारी भरिन्छ कसरी ?

    • वासुदेव ज्ञवाली, पाल्पा, तानपा, धु्वघाट-१

    [५५]
    आश्चर्य
    कठै हामी
    गमलामा उत्पादन भात !

    • शारदा आचार्य, ललितपुर

    [५६]
    लिप्सा
    असार पन्ध्रको
    नाटकमा देखिने मोह !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [५७]
    बाढी
    झर्‍यो दक्षिण
    सुख्खा बन्जर पश्चिम !

    • कमला देवकोटा, पाल्पा

    [५८]
    गलामा
    फूल मासेर
    धानकाे बिउ गमलामा !

    • मिना देवकोटा

    [५९]
    गमला
    धान्य दिवस
    उत्पादनमा उच्च बृद्धि !

    • सुरेशचन्द्र घिमिरे, काठमाडौँ

    [६०]
    मञ्च
    धान दिवस
    प्रतिबिम्ब आयाेजककाे साेचकाे !

    • टीकाराम जाेशी, टीकापुर

    [६१]
    किसान
    धानकै अपमान
    नेतृत्वको हाँस्यास्पद ज्ञान !

    • तोया घिमिरे, शङ्खमूल, काठमाडौँ

    [६२]
    नेता
    कस्तो बैगुनी
    हिलोमा टेक्नै नहुने !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल

    [६३]
    विचित्र
    रोपाइँ गमलामा
    छैन मलजल खेतमा !

    • चक्र शाही, कैलाली

    [६४]
    वर्षा
    आषाढकाे झरी
    जताततै पानीकाे मनपरि !

    • नवराज भट्ट, कञ्चनपुर

    [६५]
    कृषि
    असारको सङ्कल्प
    खेतको बारी शोभायुक्त !

    • त्रिलोक रामदम
    Posted in UncategorizedLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला -११०

    आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन 

  • १३ असार २०८०, बुधबार २१:०३ मा प्रकाशित
  • श्रमिकका सरोकार र समस्याबारे बृहत छलफल हुने

    आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधवार बाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको  माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो । सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्रसहित गैरआवासीय नेपाली संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल हुनेछ । यस्तै, दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विभिन्न सत्रमा घनीभूत छलफल हुनेछ । 

    मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ । 

    यसका साथै, सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।  वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत छ । 

    सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघिय संसदका माननीय सांसद रघुवीर महासेठ,वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राम चन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दुतावास, बहराईनका महामहिम राजदुत श्री तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका महामहिम राजदुत श्री नवराज सुवेदी, नेपाली दुतावास, कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका महामहिम राजदुत श्री डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा  रहेको छ । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शनिबार (३० जून, २०२३) सम्पन्न हुनेछ ।

    Posted in UncategorizedLeave a Comment on आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा सुरु, रक्षामन्त्री पूर्णबहादुर खड्काद्वारा उद्घाटन 

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको- १०८

  • २ असार २०८०, शनिबार २०:२३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    यन्त्र
    उल्टो मन्त्र
    पाङ्ग्रै पाङ्ग्राको जन्त्र !

    • अच्युत घिमिरे, भुटान

    [२]
    साधन
    धेरै लोड
    मनभित्र विपरित सोच !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [३]
    देश
    समस्याको चाङ
    यथास्थिति नेतृत्व चिन्तन !

    • पशपती राई, खोटाङ

    [४]
    भारी
    डाँडा पारि
    लैजाऊ गोरु नारी !

    • सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ

    [५]
    नेतृत्व
    पुरानो साेच
    बिपरित यात्रा दुर्घटना ।

    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [६]
    यसरी
    हुन्छ भताभुङ्ग
    अरूलाई बनाउन खोज्दा !

    • शिव ज्ञावली, गुल्मी

    [७]
    परिस्थिती
    अनगिन्ती सम्भाव्यता
    बेमेल आपसी सम्बन्ध !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [८]
    अवस्था
    देखिन्छन् कस्ता
    मिलाएर गरौँ ब्यवस्था !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [९]
    चौतारी
    अनौठो छहारी
    थाकेको एक जिन्दगी !

    • आर्त अकुलीन, कैलाली

    [१०]
    गाडी
    उकाली ओराली
    कठिन जिन्दगीको भारी!

    • कविता आचार्य, कैलाली

    [११]
    तनाव
    चिन्तन मनन
    निकास छिन्न भिन्न !

    • कमला देवकोटा, पाल्पा

    [१२]
    बोझ
    हर रोज
    आएन देहमा मोज !

    • तोयानाथ चापागाईं, दमक, झापा

    [१३]
    बोझ
    थप्दै गयौ
    अहिले आफैं रोयौ !

    • मङ्गला उपाध्याय, बारा

    [१४]
    जीवन
    मालबाहक वाहन
    आकस्मिक दुर्घटनाको शिकार !
    कण्ठ राज गिरी, टीकापुर, कैलाली

    [१५]
    जिन्दगी
    लादिएकाे गाडी
    यात्रा उकाली ओराली !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [१६]
    बोझ
    थेग्नै नस्कने
    विचार नै गर्नुपर्ने !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [१७]
    बोझ
    अत्याधिक भार
    दुख आफ्नै कतिले !

    • धनमाया चौधरी, कैलाली

    [१८]
    अस्तव्यस्त
    जीवन सुधार्ने
    छैन कुनै सस्त्र !
    शाेभा आचार्य गाैतम, काठमाडौँ

    [१९]
    भारी
    काँधमा जिम्मेवारी
    उचित व्यवस्थापनकाे अभाव !

    • श्रद्धा आचार्य, पोखरा

    [२०]
    जीवन
    तनाव ग्रस्त
    कार्य भए अस्तव्यस्त !

    • बालकृष्ण खनाल ‘बि के विरही’
      टीकापुर, कैलाली

    [२१]
    जिन्दगी
    कामको चाप
    सुख दुःखको कहानी !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [२२]
    जिन्दगी
    न्यून क्षमता
    बढी भार खन्याउनु !

    • दुर्गा आचार्य, मोरङ

    [२३]
    जीवन
    अनौठो भारी
    छैन बस्ने छहारी !

    • बेदु न्यौपाने, काठमाडौँ

    [२४]
    बाेझ
    आबश्यक सामाग्रीकाे
    उपगाेगिता नजान्दाकाे परिणाम !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [२५]
    परिस्थिति
    यस्तो भाग्य
    नहोस् दुस्मनको पनि !

    • प्रदिप नेपाली, पर्वत

    [२६]
    जिन्दगी
    गन्तव्य एक
    झमेला आउने अनेक !

    • डम्बर थामी अनुपम, दोलखा

    [२६]
    खाना
    चौरासी व्यञ्जन
    खान हुने नहुने !

    • मानन्धर रमेश

    [२८]
    जिन्दगी
    अनगिन्ती बोझ
    परिस्थितिको सामना गर्नुपर्ने !

    • सुरेङ्गेली कान्छो, झापा

    [२९]
    छ
    तर छैन
    ठ्याक्कै आफूलाई मिल्ने !

    • घनश्याम पौडेल, पोखरा

    [३०]
    गहन
    भाव वहन
    गाह्रो हुन्छ सहन !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३१]
    जीवन
    दु:खको पराकाष्ठा
    पीडाको पहाड सहन !

    • शारदा आचार्य, काठमाडौँ

    [३२]
    भएको
    खप्न गाह्रो
    एकैपटक अत्याधिक बोझ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३३]
    क्षमता
    छ कम्ती
    बोझ छन अनगिन्ती !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [३४]
    त्यसकै
    बाेकेर भारी
    सहनु परेको दिक्दारी !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [३५]
    सहयात्री
    बाटोमा अलपत्र
    हुँदैछ समयको कालरात्री !

    • अम्विका अधिकारी, झापा, विर्तामोड

    [३६]
    क्षमता
    गलत आँकलन
    महत्वाकांक्षाले जीवनमा तनाव !

    • टीकाराम जाेशी, टीकापुर

    [३७]
    भार
    थाम्नै नसक्ने
    औकात बिनाको मार !

    • विवश पारदर्शी, झापा

    [३८]
    भारी
    डाँडा पारी
    लैजाउ अब कसरी !

    • दुर्गा भट्टराई, मोरङ

    [३९]
    भारी
    सकिएन लैजान
    यो ठाउँ सारी !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [४०]
    जिन्दगी
    समस्याको भारी
    बढ्दैन सवारी अगाडि !

    • इन्दिरा देवकोटा,कपिलवस्तु नपा-३

    [४१]
    क्षमता
    महत्त्वपूर्ण हुने
    कामको परिणाम निकाल्न !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [४२]
    भारी
    बोक्नुपर्ने आखिरी
    धान्नैपर्ने परिवारको जिम्मेवारी !

    • सरिता सेढाइ, धादिङ

    [४३]
    अवस्था
    पालो
    पालाको पौँचो
    गति समय परिवेश !

    • घनश्याम पौडेल, गौरीगङ्गा-९, कैलाली

    [४४]
    वजन
    कमजोर तन
    साहारा बलियो मन !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४५]
    जीवन
    चुनाैतीकाे पहाड
    दुई दिनकाे रामछाया !

    • लता पाैड्याल, इटहरी उप न. पा. १७

    [४६]
    इन्जिन
    सकियाे इन्धन
    बिच बाटाेमा अलपत्र !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [४७]
    अजङ्ग
    समस्याको चाङ
    सुल्झाउने उपायको सोचमा !

    • गोपाल प्रसाद पौड्याल, विराटनगर

    [४८]
    दयनीय
    रितिथितिको भित्र
    बिग्रेको सबै मनस्थिती !

    • जमुना कायस्थ, पोखरा

    [४९]
    टायर
    गोर्खाली कम्पनी
    निजीकरणले सखाप भताभुङ्ग !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: काठमाडौं

    [५०]
    आवश्यकता
    धेरै देखिएको
    भार बढी भेटिएको !

    • रिता खराल, रुपन्देही

    [५१]
    साथी
    जिन्दगीको गाडी
    कसरी बढाउँ अगाडि ?

    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी

    [५२]
    वास्तविकता
    साधनको असहजता
    व्यवहारमा निकै कठिनाई !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [५३]
    सफर
    अनेक रहर
    कठिन जिन्गिक डगर !

    • सागर कुस्मी, कैलाली

    [५४]

    जिन्दगी
    कठिन यात्रा
    बाटोमा देख्यो जात्रा !

    • वसन्त अनुभव

    [५५]
    समय
    निरन्तर बगिरहेछ
    जिवनकाे पाङग्रा गुडिरहेछ !

    • गुणनिधि घिमिरे, अमेरिका
    Posted in Uncategorized1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको- १०८

    ठोरीमा नाम पहिचान नभएको दुर्लभ प्रजातिको सर्प फेला।

  • ३२ जेष्ठ २०८०, बिहीबार १३:४३ मा प्रकाशित
  • जेठ 32- नेपाल राष्ट्रिय आधारभूत बिधालय निर्मलबस्तीमा आज अनौठो नाम पहिचान नभएको दुर्लभ प्रजातिको सर्प भेटिएको छ । बिधालय परिसरमा करीब १ हात लामो हेर्दामा अजिङ्गर सर्पको छालाको रङ देखिए पनि अजिङ्गर सर्प नभएको स्थानियहरुको दावी छ ।

    दुर्लभ प्रजातिको सर्प देखिएको र यसको नाम समेत पहिचान गर्न नसकिएकाले उक्त सर्प लाई नियन्त्रणमा लिई निर्मल उपभोक्ता समिति मार्फत पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाईएको समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले बताउनु भयो । पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले पनि यो दुर्लभ प्रजातिको सर्प भएको कारण अध्ययन तथा अनुसन्धान पछि मात्रै कुन प्रजातिको सर्प हो भन्ने थाहा हुने बताएको छ।

    यसैबीच ठोरी-४ स्थित पानी ट्याङ्कीमा रहेको सर्प दशं उपचार केन्द्रकालाई उपचार केन्द्र सरसफाइका लागि भ्याकुम किलिनर प्रदान गरीएको निर्मल उपभोक्ता समीतिका अध्यक्ष श्रेष्ठले बताउनु भयो।

    श्रोत :रेडियो बिजयबस्ती न्युज

    Posted in UncategorizedLeave a Comment on ठोरीमा नाम पहिचान नभएको दुर्लभ प्रजातिको सर्प फेला।

    ५५ लाख बराबरको सुन सहित एक युवक पक्राउ

  • ३२ जेष्ठ २०८०, बिहीबार १३:१५ मा प्रकाशित
  • जेठ ३१- ५५ लाख बराबरको सुन सहित वीरगञ्जका एक युवक हेटौडामा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय किसन साह रहेका छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित साहलाई नियन्त्रणमा लिएको थियो ।

    मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीकाअनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।प्रहरीलेसाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

    Posted in UncategorizedLeave a Comment on ५५ लाख बराबरको सुन सहित एक युवक पक्राउ

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७७

  • २२ चैत्र २०७९, बुधबार १८:१६ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७७ औँ शृङ्खला यही चैत ११ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७७औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    खाली देख्छु जल्नेहरू, गर्नेहरू डाहा,
    प्रगति त देखिसहन्नन् भन्दैनन् आहा ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    दुश्मन हुन् ती आफ्नै भए नि आरिसले जल्ने,
    त्यस्तै हुन्छन् बर्बराउँदै जाँड खाएर ढल्ने।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२]
    आकासै राम्रो देखिन्छन् यहाँ चन्द्रमा र ताराले,
    तिम्रो र मेरो मित्रता देख्दा रिस गर्छन् साराले।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३]
    प्रगति गरोस् भन्ने मान्छे छन् र कहाँ,
    गरिहाले प्रगति सबै जल्ने यहाँ ।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [४]
    आँसु लुकाई परेलीमा, तिमीलाई कुरिरहेँ,
    चोट दियौ नसोचेको लास बनेर लडिरहेँ ।
    🌑भरत खड्का

    [५]
    गाउँमा भन्दा सहरमा, बस्ने जनसङ्ख्या धेरै,
    विवश छन् बाँच्न नरक तुल्य जीवन लिएरै ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [६]
    आरिसले मर्नेहरू आउ अघि जाउ,
    कुरा काट्दै हिड्नु अझै बढ्छन् मेरा पाउ ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [७]
    डाहा गर्ने र अरूको प्रगतिमा जल्नेहरू जहाँ हुँदैनन्
    तिनीहररूकै प्रगतिमा अरू कोही कसैले पनि छुदैनन्।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामछाप:-सुनापति-१
    हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [८]
    दौँतरी बनेर मन मस्तिष्कमा छुन्छ,
    प्रगति गर्दा नि गिराउन जाल बुन्छ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [९]
    डाहा साहा गर्या हाेइन आकाश माथि उड,
    असल बाटाेमा समाएर राम्राे सँग गुड।
    🌑धन कुमारी रेग्मी
    भरतपुर

    [१०]
    हरे जलन हुँदै पछि पर्छौ किन गर्छौ डाहा ,
    देश विकास कहिल्यै छैन केको चाहियो आहा।
    🌑बेदु न्यौपाने
    काठमाडौ ❤️

    [११]
    दुईचार जना शत्रु नभई प्रगति नै हुन्न,
    तिनीहरूको नाथे रिसले मलाई केही छुन्न ।
    🌑सरिता सेढाई
    धादिङ

    [१२]
    यस्तै हो प्रगतिमा आँखा लाउने धेरै हुन्छ,
    आफू मेहनत गर्दैन, अरूको देखी रुन्छ ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा- ६ संखुवासभा

    [१३]
    आहारिसेलाई दिनुपर्छ जलेर नै मर्न,
    छाड्नुहुन्न निराश बनेर आफ्नो काम गर्न ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौं

    [१४]
    टनाटन छन् त तिम्रै मात्रै झोला,
    भलै, बिर्स्यौ क्यारे ! मरिजाने चोला।
    🌑म्यामराज राई
    भोजपुर।

    [१५]
    जति डाहा गरेपनि हुन्न यहाँ केही,
    जल्नेहरू जल्दै गर्छन् शुद्ध राखाैँ देही ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१६]
    परिश्रमीहरूकाे आहारिस पाे किन सधैँ गरिराख्नु,
    आहारिसेले मेहनत गरी परिश्रमकाे फल चाख्नु ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [१७]
    जल्नेहरू जलिरहुन् न आफू जल्नु हुन्न,
    जल्नेले प्रगतिको शिखर कहिल्यै छुन्न।
    🌑दीपक ठटाल जलन,२५.०३.२३

    [१८]
    समयअनुसार सबै अघि पछि चल्ने,
    किन हो प्रगतिमा आफ्नाहरू धेरै जल्ने ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [१९]
    चल्दै थियो चलिरहनेछ, खुट्टा तान्ने खेला,
    म मात्रै अघि बढ्छु सफलता पार्दछु फेला।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [२०]
    आरिसले जल्नेलाई अझ जल्न नै दिए हुन्छ,
    आखिर खरानी भएपछि उसको दिल रुन्छ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२१]
    डाहा गर्ने त आफ्नै हुन्छन् काटी हिँड्छन् कुरा,
    अघि देख्दा आहा भन्छन् पिँठमा हान्छन् छुरा ।
    🌑एस जी दाहाल
    मोरङ

    [२२]
    जल्नेहरू जल्दै गरुन् छोड्नु हुँदैन आफ्नो कर्म,
    सत्संगत मात्र गर्न नछोड्नुहोस् कहिले धर्म ।
    🌑भगवती दवाडी
    झापा

    [२३]
    साँचेर दम्भ उत्सव जस्तै खुसीले नाचेका,
    अर्काको भलो नदेख्ने मान्छे हाँसेर बाँचेका !
    🌑आर्त अकुलीन
    कैलाली

    [२४]
    जल्नेहरू जलिरहनेछन् , तर हात्तीको आफ्नै चाल,
    खहरे नि वर्षातमा ~उर्लि ~गर्जन्छ उचालेर छाल।
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २
    सल्यान

    [२५]
    जल्न देऊ ,जति जल्छन् उति गल्छन् ।
    एक दिन पक्कै शत्रु आफैँ ढल्छन् !
    🌑बिबस पारदर्शी

    [२६]
    पग्लिनेछ,मनको कुरा दयालु होलान् कोही,
    मनको इच्छा पूरा गरे त, रुने छैन गोही ।
    🌑होम प्रसाद
    धरान,सुनसरी

    [२७]
    मुटु जलाऊ, आरिस अनि रिस पनि गर,
    जो जो गर्छौ डाहा मेरो, त्यसले जलेरै मर ।
    🌑राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    हाल- प्रवास

    [२८]
    जल्नेहरू जल्दै गरुन् अघि बढ्दै जानुपर्छ,
    आफ्ना पाइला त सधैँ प्रगतिमा लानुपर्छ ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [२९]
    खान पाए वा वा गर्छन्, खराबै भएपनि साराले,
    जतासुकै भद्रगोल भा’छ, समाज यस्तै पाराले।
    🌑शंकर कार्की
    थाहा३ मकवानपुर।

    [३०]
    जल्नेहरू जलिरहन्छन् गरी रिस र राग,
    कुनै दिन हुन्छ तिनलाई पक्कै भागाभाग ।
    🌑बाबुराम पाण्डे
    अर्घाखाँची

    [३१]
    जल्नेलाई जल्न देउ, उहीँ सेकिन्छ,
    सुर्यलाई हत्केलाले कहाँ छेकिन्छ?
    🌑रोजिन श्रेष्ठ।
    खोटाङ

    [३२]
    कठै भन्ने दिन गए सबै बिचरा भइरहे
    सबैले आफ्नै बिन बजाउँछ दुख सहिरहे।
    🌑सांग्रिस जी

    [३३]
    रिसराग त्यागेमा हुन्छ सबकाे जय,
    घमण्ड बाेक्ने काे ठूलाे भयाे महाशय ?
    🌑एस वि प्रगति
    झिमरुक, प्यूठान

    [३४]
    आरिसे बानी,
    आँखामा पानी ।
    🌑रचना शर्मा प्रतीक्षा

    [३५]
    शताब्दिदेखिको बानी हाम्रो हेर आरिस गर्ने,
    जिन्दगीभर रिस गरेरै त्यतिमै हामी मर्ने ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।

    [३६]
    बेरोजगारको काम हुँदैन अरूको चियो चर्चो गर्छन्,
    आफूहरू किनारमै छुट्छन् आँट गर्नेले नै खोलो तर्छन्!
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [३७]
    कति जल्छ जल्न देऊ न आरिसेलाई, नछोडआफ्नो काम,
    आफू असल बन्ने, अरूको भलै गर्ने यस्तै छ हाम्रो ठाम ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [३८]
    मेरो जिन्दगी बनाउँदै लान्छु अझ धेरै आहा
    जिन्दगी मेरो देखेपछि पो बल्ल पाउँछन् थाहा ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [३९]
    अगाडि चिप्लो घसेर पछाडिबाट हान्ने नगर छुरा,
    जल्नेहरू पानीमा डुब्दै गर पोल्ला, गर्दा अर्काको कुरा ।
    🌑अम्बिका अधिकारी

    (४०]
    रिसले आफू खा भन्छन् बुद्धिले खा अर्को,
    मेरो प्रगतिमा तिमी किन मान्छौ झर्को ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [४१]
    बगलीमा छुरा राख्ने गर्छन् नाटककार,
    डाहा गर्ने त धेरै हुन्छन् बनौँ होसियार ।
    🌑चन्द्रकली राना मगर
    नौबहिनी ३, प्युठान

    [४२]
    जल्नेहरूलाई जल्न देउ भित्रभित्रै पाकुन् ,
    प्रगतिका पाइला देखेर डाहा गर्दै थाकुन् ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४३]
    जल्न देउ जल्नेहरूलाई जलिजली मर्छ,
    अवैतनिक कर्मचारीले सेक्युरिटी गर्छ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४४]
    मानिस हरपल रिसले छ जलेको,
    बिना तेल झैँ बत्ती हरपल बलेको ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [४५]
    आफू टोलीकै नाइके भएर पनि राम्रो काम गर्न जान्दैनन्
    सुझ न बुझसँग कराउने मात्र, जान्नेले भनेको मान्दैनन् !
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [४६]
    शोषण र दोहनको आगो बाले हेर,
    समाजमा आहाभन्दा डाहा नै छ धेर।
    🌑रामशरण न्यौपाने,भक्तपुर

    [४७]
    आरिसले जल्नेलाई जलिरहन पुगोस् भन्छु,
    परिआए आँसु लुकाएर सबै थोक सहन्छु।
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [४८]
    अरूले गरेको आरिस किन आफू पनि नगर्ने काम,
    कामै नगरी बसेर अब कसरी आगाडि आउला माम।
    🌑सहयात्री शोभा अर्याल
    बुटवल

    [४९]
    छक्याउँछन् जनतालाई छद्म भेसी माउले,
    कुल्ची दिन्छन् भावनालाई अपवित्र पाउले ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५०]
    जले जति आफैँ जलोस् मरेपनी मरोस्
    बाँदर हो बिगार हुने काम मात्रै गरोस् ।
    🌑दस्ता कौशिक,पाँचथर।

    [५१]
    गर्नेहरूको डाहा गरेर भित्र भित्रै जलेका हुन्छन्,
    गर्ने खुबी हुन्न रत्तिभर अल्छिको कसरी दिन खुल्छन्।
    🌑सुरेशकुमार पान्डे
    दाङ घोराही

    [५२]
    कुरा काट्ने काट्दै गर्छन् हुँदैन बाटो मोड्नु
    लक्ष्य लिई अघि बढ्नु पर्छ हुँदैन छोड्नु।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [५३]
    डाहा ईर्ष्या गर्नेहरू आफैँ भोग्छन् कसी,
    मुर्च्छा जति परे पनि बस्लान् घुँडा धसी।
    🌑मनोहरी पौडेल
    गैडाकोट १

    [५४]
    जति सक्दछाै तिमी मेराे, प्रगतिमा डाहा गर्ने गर,
    आफ्नाे लक्ष्यअनुसार कदापि पछि हट्ने छैन तर ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५५]
    देखासिकी गरी खानु भन्ने गर्छन्,
    गर्न नसक्नेहरू डाहाले मर्छन्।
    🌑भगवती दवाडी
    दमक,झापा

    [५६]
    जल्नेहरू ती जलिराख्छन्, अगाडि त बढ,
    कर्मठ ती पाइला चाली शिखरमा चढ ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ
    [५७]
    खाली देख्छु जल्नेहरू, गर्नेहरू डाहा,
    प्रगति त देखिसहन्नन् भन्दैनन् आहा ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७७

    “नेपाल कतार मैत्री समाज” कतारद्वारा सिरान्चोक बयापानी स्थित मुस्लिम समुदायलाई खाद्यान्न सामाग्री वितरण ।

  • ७ चैत्र २०७९, मंगलवार १८:२६ मा प्रकाशित
  • समर्पण रम्जान

    ७ चैत २०७९, मंगलबार ! मुस्लिम धर्मावलम्बीहरुको २०७९ को पवित्र रमजान उल मुबारक महिना सुरु हुनै लाग्दा “नेपाल कतार मैत्री समाज” कतारले सिरानचोक ३ हर्मि स्थित अली जदीद ईस्लामिक पाठशालाको समन्वयमा सिरान्चोक बयापानी स्थित मुस्लिम समुदायमा अबस्थित गरिब,असहाय तथा एकल महिलाहरुलाइ मध्यनजर गर्दै सहयोगार्थ नगद तथा खाद्यान्न सहयोग गरेको छ।
    समाजका अध्यक्ष, समाजसेवी, अत्यन्तै दयालु तथा सहयोगी मनका धनी, कतारका लागी मानवअधिकारवादी एवं प्रोफेसर मोहम्मद रमजान अली मियाँ ज्यु काे बिशेष पहल मा उक्त सहयोग उपलब्ध गराइएको थियो ।

    सहयोगार्थ वितरण कार्यक्रममा वडाका वडा सदस्य निजामु दिन मियाँ का साथमा समाजका भद्र भलाद्मी तथा अन्य बुद्धिजीवी लगायतको विशेष उपस्थितिमा करिब ८ जना लाई नगद अनि २६ घरपरिवालाई खाद्यन्न गरी जम्मा ३४घर परिवार लाई नगद तथा खाद्यान्न वितरण गरिएको थियो।

    कार्यक्रममा अली जदिद ईस्लामिक पाठशाला बयापानीका शिक्षक हाफिज अलाऊ दिन मियाँले सहयोगी संस्था तथा समाजका अध्यक्ष रमजान अलि मियाँ लाई विशेष धन्यवाद दिदैं ब्यवस्थापन समिती नहुँदा राहत र सहयोग बितरण गर्न समेत केहि कठिनाइ भएको दर्साए । भने गाउँका समाजसेवी स्माइल दिन मियाँले यस किसिमका कार्यक्रमहरुले निम्न स्तरका वर्ग लाई ठुलो राहत मिलेको बताएका थिए ।

    समाजसेवी, बुद्दिजिवी, लेखक तथा मानवअधिकारवादी रमजान मियाँ बिगत १७ वर्ष देखि कतार र नेपाल बिचको मैत्री सम्बन्ध बिकासका निम्ति कतारमा कार्यरत गर्दै गर्दा नेपालको बिकासका लागि अनगिन्ती सहयोगी कार्यहरू गरेर नेपाललाई ठूलो योगदान पुराउदैँ आउनु भएको र अझैं बयापानी स्थित अलि जदिद ईस्लामिक पाठशाला वरिपरि रहेका समुदायको गाउँको बिकासमा बाटो, उक्त समुदायमा सञ्चालनमा रहँदै आएको छछरे खानेपानी योजना, लगायत अन्य खाने पानी योजना र विद्यालयको उत्थानका लागी हरेक सहयाेगकाे निम्ती नेपाल कतार मैत्री समाज सदैव तैयार रहेको अध्यक्ष रमजान बाबु मियाँले बताउनु भयो।

    Posted in UncategorizedLeave a Comment on “नेपाल कतार मैत्री समाज” कतारद्वारा सिरान्चोक बयापानी स्थित मुस्लिम समुदायलाई खाद्यान्न सामाग्री वितरण ।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-९३

  • २० फाल्गुन २०७९, शनिबार २१:२९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    मान्छे
    लोभको चाल
    पछिपछि अदृश्य काल !

    • वसन्त अनुभव, घोराही, दाङ

    [२]
    मानव
    नबन लोभी
    आउँदै पछ्याउँदै काल !
    भगवती दवाडी, दमक, झापा

    [३]
    काल
    लखेट्दै आउने
    मान्छे पैसा समाउने !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [४]
    मान्छे
    लोभमा फस्ने
    काल फिलाउने जाल !

    • भवानी घिमिरे, सर्लाही

    [५]
    लोभ
    पैसाको ल्याउने
    सबैको पछाडि महाकाल !

    • डुकछिरिङ लेपचा, भारत

    [६]
    मानव
    लोभको घर
    दौडिन्छ वरपर काल !

    • सरस्वती श्रेष्ठ, सुनसरी

    [७]
    लोभ
    धनपछि मानव
    मानवपछि अदृष्य काल !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [८]
    काल
    छुटाइ दिने
    लाेभ लालचकाे घर !

    • राेशन पराजुली, धरान

    [९]
    मान्छे
    लोभको जाल
    पछिपछी आयो काल !

    • सरिता सेढाई, धादिङ

    [१०]
    काल
    लोभको भाँडो
    पैसाले कहिल्यै नभरिने !

    • आर्त अकुलीन, कैलाली

    [११]
    समय
    पैसाको पछी
    काल बस्छ हेरी !

    • रमा पन्त, पाल्पा

    [१२]
    लोभ
    अगाडि दौडन्छ
    पछ्याउँदै कालले खेद्छ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [१३]
    मान्छे
    लोभ जहिल्यै
    धनले अघाउदैन कहिल्यै !

    • रतन बिष्ट, आलिताल, डडेल्धुरा

    [१४]
    जिन्दगी
    लोभले भर्यो
    अन्तिममा कालले मार्यो !

    • हीरा तामाङ, काभ्रे

    [१५]
    मान्छे
    पैसाको भान्से
    कतिबेला कालले खान्छे !

    • सविता के.सी., काठमाडौँ

    [१६]
    जीवन
    लाेभ गर्दागर्दै
    सकिन्छ भेटिदैन लक्ष्य !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [१७]
    काल
    हान्दैछ फाल
    लक्ष्य बिना अनिकाल !

    • मिलन के. सी.(थापा)

    [१८]
    लोभ
    लक्ष्य पैसाको
    हेरन काल आएको!

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१९]
    मानव
    जिवनभर अपुरो
    पैसामा लोभकै कुरो !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२०]
    काल
    पछ्याइ रहेछ
    छोडदैन मान्छे धन !

    • अमृत सुवेदी, रुपासात, कास्की

    [२१]
    संसार
    सुन्दर दलदल
    तरीका आफू अन्सार !

    • शारदा गौतम आचार्य

    [२२]
    भेटिने
    लोभको लाभ
    लाभले पार्दछ विलाप !

    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी

    [२३]
    मानव
    दौडिन्छ लोभमा
    कालले बनाउँछ शोकमा !

    • सरस्वती वली, बर्दिया

    [२४]
    नभरिने
    लोभको भाँडो,
    उमेरले काटेर डाँंडो !

    • भुपेन्द्र राना मगर, धादिङ

    [२५]
    लोभ
    होला लाभ
    पछि फेरि बिलाप !

    • दुर्गा भमरकोटे, काठमाडौँ

    [२६]
    लक्ष्य
    दौडदै मानव
    कालले हेर पछ्याउँदै !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२७]
    जीवन
    समाप्तिको बाटोमा
    धन सोहोर्ने दौडमा !
    गोपाल प्रसाद पौड्याल, विराटनगर

    [२८]
    स्वार्थ
    चेतनाको अनिकाल
    लोभले निम्ताउँछ महाकाल !

    • ऋजु दिल्पाली,इटहरी-१, सुनसरी

    [२९]
    मान्छे
    अदृश्य काल
    पैसामा काढ्छ राल !

    • पशपती राई, खोटाङ

    [३०]
    काल
    अन्तिम सत्य
    जिउन आवश्यक धन !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [३१]
    मानव
    भौतिकताको दौडमा
    असामयिक कालको ढोकामा !

    • एस बी देशभक्त, लमही, दाङ्ग

    [३२]
    मान्छे
    लोभले भरिएको
    कलियुगको प्रभाव झल्किएको !

    • रिता खराल,रुपन्देही

    [३३]
    दौड
    धन प्राप्तिको
    लखेट्दै अदृष्य काल !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [३४]
    अदुरदर्शिता
    लोभको हुत्याइमा
    पुगिन्छ मृत्युको मुखमा !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [३५]
    लोभ
    भासियो स्याल
    सम्पतिमा चुहायो राल !

    • अम्बिका अधिकारी, झापा, बिर्तामोड

    [३६]
    मान्छे
    पैसाको पछि
    साथमा काल पनि !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [३७]
    मानव
    लोभमा लिप्त
    हुनेछ मरेपछि तृप्त !

    • टीकाराम पुन ‘टिपु’
      छत्रेश्वरी गाँउपालिका-२, सल्यान

    [३८]
    मानव
    सम्पन्नताको दौडमा
    काल आउँदैछ प्रहारमा !

    • त्रिलोक रामदम

    [३९]
    परिस्थिति
    दौडिरहेका मानिस
    ज्यानको प्रवाह नगरी !

    • खेमराज पुरी, कैलाली

    [४०]
    उपभोक्तावाद
    राजाको चाहना
    चपरी मुनिको बास !

    • कोमलप्रसाद अधिकारी, कैलाली

    [४१]
    मानिस
    लोभको भाँडो
    काल खोज्दैछ चाँडो !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

    [४२]
    नदौडे
    धनको पछि
    जानुछ एकदिन मरेर !

    • मङ्गला उपाध्याय, बारा

    [४३]
    मानव
    प्रगतिको निम्ति
    जीवन सुम्पदै गरेको !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [४४]
    निल्दै
    कालले चपाउँदै
    यद्यपि लोभलालचमा दौडँदै !

    • उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौँ

    [४५]
    मृत्यु
    तितो सत्य
    तैपनि लोभको लक्ष्य !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [४६]
    मानव
    लोभको भाँडो
    बनिरहेको माटाको भाँडो !

    • म्यामराज राई, भोजपुर

    [४७]
    उदक/
    जिन्दगी
    भागदौडकै नालले
    सोच्दैन पछ्याएछ कालले!

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [४८]
    मानव
    लोभी दानव
    पछ्याउँदै हिड्छ काल !

    • धनमाया चौधरी, कैलाली

    [४९]
    मानिस
    लोभको घर
    जीवन पैसाको भर !

    • कविता आचार्य, कैलाली

    [५०]
    जीवन
    दाउ लगाई
    राखेका बिटो कमाई !

    • जमुना कायस्थ,पोखरा

    [५१]
    दौडिँदै
    कमाउने लोभमा
    सकिन्छ यहाँ जिन्दगी !

    • बाबूकाजी सुवाल

    [५२]
    धन
    माहदेवका त्रिनेत्र
    कमाउने तरिका विचित्र !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [५३]
    मान्छे
    धेरै आसक्ति
    सधै पैसाको भक्ति !

    • दुर्गा भट्टराई, मोरङ

    [५४]
    गाँठ
    मान्छेको ताक
    बुझ्दैन कालको हाँक !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    Posted in Uncategorized, ताजा अपडेट, राजनीति, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-९३

    पञ्चाङ्ग चित्रपट भाग :- २९

  • २२ माघ २०७९, आईतवार २१:१२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २९
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/२० गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २९[उनन्तिसौ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन  धादिङबाट
    —————–
    सरिता सेढाई

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपय  पञ्चाङ्ग   [०१]

    दौरा सुरुवाल कोट टोपी हाम्रो भेष हो रे ।
    टिष्टा सतलज सम्म सबै हाम्रो देश हो रे ।
    बावु बाजे  पिता पूर्खा लागे देश बढाउन,
    लडे भिडे रे  देशको लागि ठूलो रेश हो रे ।
    आजभोली हालत के भो मात्रै मधेश हो रे।

    ✍️गुणनिधि घिमिरे सूर्यविनायक ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    चार किल्लाभित्रको माटो रहेछ देश ।
    हिॅडेर नसकिने  बाटो  रहेछ  देश।
    मुटुभित्र सॅगालेर राख्न सक्यौॅ भने,
    बिहान र बेलुकाको आटो रहेछ देश।
    स्वार्थ भन्दा फरक पाटो रहेछ देश।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    टिष्टादेखि  सतलज सीमा आफैँ खाेल्छ।
    हिजो नेपाल ठूलो थियोे नक्साले बाेल्छ।
    भूमि   सानो  भएपनि  छैन  मन सानो ,
    मायाप्रीति  लगातार  दुनियाँमा  घाेल्छ ।
    शान्ति अनि मानवता  छताछुल्ल ढाेल्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    सुन्दर अनि शान्तमा गनिन्छ हाम्रो देश नेपाल।
    भेष भुषामा झपक्क बनिन्छ हाम्रो देश नेपाल।
    चारै तिर हरियाली बन पाखा कल कल खोला,
    पर्यटनको खानि हो भनिन्छ हाम्रो देश नेपाल।
    सम्पदाको प्रतिकमा जनिन्छ हाम्रो देश नेपाल।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    मन सानो नहोस् देश यो सानो नहोस्।
    हामी बस्ने घर अरुको छानो नहोस् ।
    मातृ भूमि नेपालको होस् मानचित्र ,
    रक्षा होस् सिमानाको सत्ता कानो नहोस्।
    मायाले मुरी मुरी भरोस् मानो नहोस्।

    ✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    हिजो थिए हाम्रा पू्र्खाहरू कहाँ आज हामी कता हेर यहाँ ।
    यस्तो कारुणिक अवस्थादेखि चस्स दुख्छ मनमा धेर यहाँ।
    सिमा रक्षा र तारवार छैन झगडा कुर्सी मै  भै रहे पनि,
    भोलि छिमेकीले सिङ्गै देश निल्न लाउदैन कत्ती बेर यहाँ ।
    देश बचाउन करोड जनता जाग्नै पर्छ एक फेर यहाँ ।

    ✍️रुपा  गौतम , निज्गढ बारा ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    टिष्टा देखुन सतलज सम्म विशाल थियो।
    संसारमा  गुलाम  नभएको मिसाल थियो।
    थर्कमान थिए गोर्खा विरहरूलाई  देखी,
    हाम्रो मस्त यो मधेश पहाड निसाल थियो।
    विर जातिलाई देखी दुनियाँ रिसाल थियो।

    ✍️सुरेशकुमार पान्डे।
    दाङ घोराही १८
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    राम्रो  भूमि  देख्नै  हुन्न हडपेर लगि छाडेका छन्।
    चारैतिरबाट भ्याएसम्म मस्त किल्ला गाडेका छन्।
    किन राख्दथे यतैका पो  नेतृत्व पनि मिलेपछि,
    आफ्ना आर्जित जमिनहरु घटाएर बाँडेका छन्।
    सिमानामा न त तारबार न तगारो फाँडेका छन् ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    दुइ ठुला देशको बिचमा सानो मेरो देश छ।
    अरु देशको भन्दा भिन्न मेरो देशको भेष छ।
    हिमाल पहाड तराई मिली बनेको छ देश,
    खोला नाला ती वन जंगल हरियाली फेस छ।
    जे जस्तो भयपनि मलाई मेरै देश बेस छ।

    ✍️सरिता सेढाई धादिङ
    …………………………………………………………

    पञ्चाङ्ग   [१०]

    तराई,पहाड, हिमालकाे देश हाम्रो।
    जातीय विविधता भएको भेष हाम्रो।
    आफ्नाे देश राम्रो देख्दा  गर्व लाग्छ,
    देश हिमालले सजिएको लेस राम्रो।
    खाेलानाला, हरियाली डाँडा फेस राम्रो ।

    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    सगरमाथाको देश हाम्रो सान हो ।
    वीर गोर्खालीको यहि राम्रो मान हो।
    विकास अनि समृद्धि हाम्रो चाहना ,
    नेपाल र नेपालीको त यामान हो।
    बुद्धले दिएको शान्ति ज्ञान  दान हो ।

    ✍️तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    टिष्टादेखि सतलजसम्म हिजो हाम्रो देश ।                                                    मेचीदेखि महाकालीसम्म आज राम्रो देश।                                           सुगौली सन्धिलाई सम्झदा पनि मुटु दुख्छ,                                         दुई छिमेकीको बिच चेपिएको दाम्रो देश ।                                        थाह छैन कहाँ पुग्ने हो भोलिको चाम्रो देश ।   
                                       
    ✍️देबकी के.सी. , दक्षिणकाली ३,काठमाडौ ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    ग्रेटर नेपाल कल्पनामा मात्र सिमीत भयाे हाम्रो ।
    पटके सन्धिमा सिध्याएर नेपाल यस्ताे गयो हाम्रो ।
    अझै बाँध लगाउँदै पिल्लर सार्दछ छिमेकी ,
    नेता आसन फेरेर गरेकाे शासन के बयो हाम्रो ।
    गएकाे भूमी आउँदै नआउने विलय लयाे हाम्रो ।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    सहिदको सपना पुरा गर्ने कोहि भइदिए हुने।                                                   
    भ्रष्टाचारको भारी बोक्नेहरु चाडै गइदिए हुने।
    बलात्कार ,हत्याहिंसा, अपराध बढाउनु भन्दा नि,
    समय खर्चिलो पावन्धीलाई छोडि धोइदिए हुने।
    कता टिष्टा सतलज चिनेर राष्ट्र रइदिए हुने।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड।
    ………………………………………………………

    चित्रमा पञ्चाङ्ग   [१५]

    अभिभावक सरह हेर्न नासो राख्ने सरकार छ हामीलाई।
    देश, जनताको हित् गर्ने सरकारको दरकार छ हामीलाई।
    पुर्खाहरुको नासो, जनताहरूको उन्नति प्रगतिका खातिर,
    आफ्नो सम्पत्ति नै संरक्षण गर्न नसक्ने अधार छ हामीलाई।
    गर्न सके पुर्खाले आर्जित सम्पत्तिमा अपकार छ हामीलाई।

    ✍️रामप्रसाद पुरी बादेल, खोटाङ ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    नेपाल बिशाल थियो रे।
    कहि भारतले लियो रे।
    मेची कालीमा सिमीत,
    पुर्खाको श्राप पियो रे।
    थियो त हाम्रो मियो रे।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    फर्केर आउ युवा परदेश छोडेर आउ।
    देश जोगाउन तिमी त्यो मन मोडेर आउ।
    पराइले मिच्दै छ सिमा देश रहन्न अब,
    मेट बिदेशी तक्दिर पर्खाल फोडेर आउ।
    मनमा देश छ काँधमा झण्डा बोकेर आउ।

    ✍️रतन बिष्ट_ आलिताल,डडेल्धुरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    हिमाल पाहाड तराई बाडिएकोछ मेरो देश।
    हाम्रो सिमाना चारकिल्ला गाडिएकोछ मेरो देश।
    हरियो वन् नेपालो धन् गित सुनेकै हौला हैन र।
    लिपुन्लेक अधुरामा बैरी  फाँक्यडिएकोछ मेरो देश।
    यिनै भ्रष्टचारी ले धेरै माडिएकोछ मेरो देश।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    हाम्रो देशको आफ्नै ठूलो शान छ।
    विश्व सामु एतिहासिक मान छ।
    गरिब भनेर कसैले नहेप्नु,
    दुश्मनको जहिले लागि हान छ।
    आत्मीयताको लागि भने दान छ।

    ✍️ह्यारिस काठमाडौं ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    प्रकृतिको यो धनी देश हाम्रो ।
    अरु भन्दा फरक भेष हाम्रो ।
    बिश्वमा   चिनिने नेपाली भनी ,
    शुद्धता  नै मनको  क्लेश हाम्रो ।
    चुडेर  रहेकोे याे शेष हाम्रो ।

    ✍️दुर्गा भट्टराई , मोरङ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    पुर्व,पश्चिम चट्ट फैलिएकाे देश हाम्राे ।
    दाैरा,सुरुवाल,काेट टाेपी हाे भेष हाम्राे।
    पाैरखी र मिहनेती हामी सवैले जानाै,
    परिश्रम गरी खाँदा लाग्दैन ठेस हाम्राे।
    गाेर्खाली सन्तान हामी मिलकाे फेस हाम्राे।

    ✍️उर्मिला के.शी. , धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    मेरो देशमा हीराको खानी छ हेर ।
    चिन्न नसक्ने नराम्रो बानी छ हेर ।
    सीप र श्रमको सही प्रयोग भए,
    पाल्छ देशले निस्वार्थ  दानी छ हेर ।
    फुट्न छोडौँ जुध्दै आफ्नै हानी छ हेर ।

    ✍️प्रभा पोखरेल , अमेरिका ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    हाम्रो देश कहाँसम्म छ नक्शाले बताउँछ यहाँ।
    हेर्दा सारा नेपालीको रगत तताउँछ यहाँ।
    हाम्रो देश कित्ता कित्तामा बिक्री हुँदै  छ दिनहुँ,
    हाम्रो देशको मायाले दैनिक सताउँछ यहाँ।
    हाम्रो देश किन अरु देशले जताउँछ यहाँ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    देशलाई बचाउने नेता भएनन् । 
    इतिहास रचाउने नेता भएनन् ।
    दोहन गर्ने मात्र भए नेताले नै ,
    हौसियत जचाउने नेता भएनन्। 
    राम्रोसँग मच्चाउने नेता भएनन् ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………

    चित्रपट   पञ्चाङ्ग    [२५]
                                                                                  स्वर्ग जस्तो जन्मभूमि नेपाल हाम्रो देश छ।                               नेपालीको छुट्टै चिन्न आफ्नै त्यो भुषा भेष छ।                                       जन्मभूमि नेपाल जस्तो स्वर्ग नि  प्यारो छैन ,                                         मेची काली तिब्बत नेपाल नक्साको रेस छ।                                   वीर गोर्खाली सन्तान भन्ने हाम्रो फेस छ।  
                                                                                                               ✍️बेदु न्यौपाने,काठमाडौ ✍️ ।                                                                                     ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    नेपालको सिमाना मिच्ने छिमेकी छ ।
    नेपालकै पानीले सिच्ने छिमेकी छ ।
    सुस्ता लिपुलेक लिम्पेधुरा हाम्रो हो ,
    दिनदिनै सिमाना किच्ने छिमेकी छ ।
    नेपालको अस्तित्व घिच्ने छिमेकी छ ।

    ✍️कला ढकाल ,झापा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग    [२७]
                    
    विदेशीले नेतालाई नचाउने भयो ।
    नेपालको धनमाल पचाउने भयो।
    सिमाना दिनहुुँ सार्ने काम छिमेकी छ ,                                        चोर डाकालाईहरू बचाउने भयो।
    लोभी हुँदै इतिहास रचाउने भयो ।

    ✍️गिता रिजाल , धरान ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    मलाई आस देशको ।
    किन हो खास देशको ।
    कपास सौम्य माटोमा ,
    स्वादिष्ट गाँस देशको।
    मेरो त बास देशको ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………

    चित्रपट पञ्चाङ्ग   [२९]

    थोरै थोरै गर्दै देश साँघु-रीन थाल्यो।
    राजनीति देख्दा किन लाग्न घिन थाल्यो ।
    देशभक्ति ओँठे भन कहिलेसम्म ?
    भ्रष्टाचार देशको बरु के दिन थाल्यो ।
    गुमेका भूमी के नेपालले लिन थाल्यो ।

    ✍️तेजप्रसाद खनाल , लमही दाङ्ग ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [३०]

    कमिलाले माटो खन्दा घर बन्छ अरे ।
    फलाम तताई पिट्दा शर बन्छ अरे ।
    चलन यहाँ चल्दै छ स्वीकार्दै छौँ हामी ,
    बिहे गरे छाेरीकाे नि थर बन्छ अरे ।
    घाँस राम्ररी सुकेमा खर बन्छ अरे ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग :- २९

    घोराही तुलसीपुर फोरलेन सडक बारे आज काठमाडौंमा छलफल।

  • १० माघ २०७९, मंगलवार ११:४७ मा प्रकाशित
  • उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज काठमाडौंमा फोरलेन सडकसम्बन्धी छलफल राखिएको छ ।

    फोरलेन सडक निर्माणमा पहल गरिरहनुभएका निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वलीभद्र रानाको पहलमा मन्त्री, आयोजना कार्यालयका प्रतिनिधि, ठेकेदारलगायतको उपस्थितिमा फोरलेन सडक निमार्णका विषयमा छलफल हुनेछ ।

    आधिकारिक प्रतिनिधि भइसकेपछि घोराहीमा कार्यालय समेत स्थापना गरेर सुनिलजंग रायमाझीले काम गर्न शुरु गर्नुभएको छ । वलीभद्र रानाले निर्माण व्यवसायी महासंघको पहलमा काम शुरु गर्न लागेको बताउँदै ठेक्का रद्द भएमा दङालीले झन दुःख पाउने भएकोले पहल गरेर यो काम गर्न लागेको बताउनुभयो । ‘ठेक्का तोड्दा पाँच वर्ष विजोग हुने अवस्था हुन्छ । त्यसकारण सकेसम्म यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हेतुले मैले पहल गरेर काम शुरु गरेको हो’– उहाँले भन्नुभयो– ‘काम शुरु गर्न प्राविधिक कुरा हेर्नुपर्छ । बालुवा गिट्टी थुपारेर मात्रै काम हुँदैन । पुराना पेटी ठेकेदारको सबै क्लियर गराएर मात्रै काम हुन्छ ।

    त्यो भइरहेको छ ।’उहाँले पुराना ठेकेदारसँगको कारोबार मिलान गरेर नयाँढंगले काम शुरु हुने बताउनुभयो । ‘शुरुमा एकै चोटी २५ ठाउँबाट काम शुरु गर्ने इस्टिमेट भइसकेको छ, पाँच ठाउँ ग्राभेलको काम गर्ने र यस वर्ष असारसम्म बबईदेखि सर्रासम्म आधा पिच सक्ने अर्को आर्थिक वर्षको चैतसम्म सबै काम सक्ने गरी योजना बनेको छ’– उहाँले भन्नुभयो– ‘फोरलेन र टु लेनको सडकमा शुरुमा फोर लेन मात्रै काम गर्ने र बाँकी टु लेन पनि फोर लेन बनाउने गरी छ । हामीले बजेटको लागि पनि पहल गरिरहेका छौं । पैसा थप गर्न एक्जिम बैंक पनि तयार छ ।’

    Posted in Uncategorized, मुख्य खबर, राजनीतिLeave a Comment on घोराही तुलसीपुर फोरलेन सडक बारे आज काठमाडौंमा छलफल।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P