“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय त्रिहतरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७३———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१०/१९
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
प्रगतिमा लगाउनु हो जिन्दगी
दुष्टलाई भगाउनु हो जिन्दगी
दुईचार मानिसले खेदो खनोस्,
यस्तालाई डगाउनु हो जिन्दगी
खुशीयाली जगाउनु हो जिन्दगी।
-सुशीला पौडेल
पञ्चाङ्ग-:०२
देश दनदनी जल्दाखेरि कसले आँसु झार्यो यहाँ
आफू एक्लै बाजी मारौंला भन्दै सयौं काजी मार्यो यहाँ
मुर्दावाद जिन्दावादको नारा घन्किदैथ्यो सडकमा
मुर्छित् थिइन् आमा एकछाक नुन कसले बार्यो यहाँ
गाली र तालीले जित्यो लोकतन्त्र देशले हार्यो यहाँ
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३
बलिदान अन्याय परेरगयो देशमा,
जनताको धड्कन मरेर गयो देशमा
धेरै गरिबको बास उजाडिएको देखेँ,
आमा बुबाको भाग्य हरेर गयो देशमा
सहिदको सपना टरेरगयो देशमा।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
आँधी तुफान खाेलाकाे प्रवाह गरेनौ
बम बारुद गाेलाकाे प्रवाह गरेनौ
देशको निम्ति दिएर आफ्नो बलिदान,
अमुल्य मान्छे चाेलाकाे प्रवाह गरेनौ
शिव शंकर भाेलाकाे प्रवाह गरेनौ ।
-भवानी घिमिरे
सर्लाही ।
ॐ
पञ्चाङ्ग:०५
“”””””””
मित्रहरूले पठाएको म खाँदै छु मिठाे सेल साथी
स्वार्थ मिल्यो भने हजुर हाम्रो हुन्छ छिटाे मेल साथी
अब उधारोमा काराेबार चल्ने समय गयाे प्रभु!
राजनीतिमा जहिलेसुकै हुन्छ ठेलमठेल साथी
सत्तारूढ हुन यहाँ अवश्य हुन्छ जालझेल साथी ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।








